অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

मधुमेह प्रबन्धनका लागि योग चिकित्सा

व्यायामको आवश्यकता

नियमित व्यायाम मधुमेहलाई नियन्त्रणमा राख्नका लागि अत्यन्त आवश्यक हुन्छ। शारीरिक श्रमले रक्त शर्करा धेरै मात्रामा प्रयोग हुन्छ जसले हर्दा बाह्य रूपले लिने गरेको इन्सुलिनको मात्रा पनि थोर हुन्छ। हिँडनु, बिस्तार-बिस्तारो दौडनु, साइकल कुदाउनु तथा योगाभ्यास आदि सबै यस दृष्टिले महत्वपूर्ण छन्। तापनि मधुमेहले ग्रस्त भएका रोगीहरूले हिँडनेमा पर्याप्त ध्यान दिनु पर्छ। यसले फोक्सोको क्षमता बढाउने गर्दछ। मुटुको कार्यक्षमतामा सुधार हुन्छ। पेशीहरूमा फैलावट तथा सङ्कुचन क्रिया हुनाले ती सशक्त हुन्छन्।

व्यायामद्वारा मधुमेह नियन्त्रण गर्नमा सहायता हुन्छ

नियमित रूपले व्यायाम गर्नु प्रत्येक व्यक्तिका लागि लाभदायक हुन्छ तर मधुमेहको चिकित्सा, आहार पश्चात् व्यायामको नै स्थान छ। हिँडनु, कुद्नु, पौरिनु, साइकल कुदाउनु तथा बगैँचा लगाउनु यस्तै व्यायाम हुन् जुनताहिँ विशेष श्रमसाध्य नभई मधुमेहका रोगीहरूका लागि उपयुक्त मानिन्छ। व्यायाम गर्ने नियमित अभ्यासले रगतमा शर्कराको मात्रा थोरै हुन्छ र औषधी  वा इन्सुलिन लिने गरेका मधुमेहका रोगीहरूले व्यायामको अनुपातमा औषधीका मात्राको निर्धारण गरी आफ्नो चिकित्सकका परामर्शद्वारा गरिरहनु पर्छ। व्यायाम शुरू गरे पछि औषधीको मात्रा पूर्णनिर्धारित नगरे रगतमा शर्कराको स्तर तल झर्ने खतरा रहिरहन्छ।

व्यायामका अरू केही लाभ पनि छन्। यसले मुटुको कार्यक्षमता बढाउछ। शरीरमा जमेको बोसो घटाउन वजन घटाउछन्। व्यायामको नियमित अभ्यासले मधोमेहका रोगीको मानसिक स्थितिमा धेरै सकरात्मक सुधार आउने गर्दछ। शरीरका अङ्ग–प्रत्यङ्गहरूमा रक्त सञ्चार बढाएर व्यायामले कलेस्ट्रोल तथा ट्राइग्लिसराइड्सको स्टर पनि घटाउछ।

मधुमेहका रोगीले व्यायाम गर्दा बीच-बीचमा आवश्यक्तानुसार विश्राम गरिरहनु पर्छ।

व्यायामसँग जुडेका सावधानीहरू

व्यायाम प्रारम्भ गर्नुभन्दा पहिले मधुमेहका रोगीले आफ्नो रक्त शर्कराको जाँच गर्नुपर्छ तथा आफ्नो चिकित्सकका निर्देशानुसार व्यायामको कार्यक्रम बनाउनु पर्छ। यसो गर्नु उचित हुन्छ किन भने एकदना अनुभवी तथा प्रशिक्षित प्राकृतिक योग चिकित्सकसँग यस बारेमा परामर्श लिएर योगाभ्यासको एउटा क्रम निर्धारण गर्नु पर्छ। व्यायाम गर्दा वा व्यायाम गरे पछि यदि थकान अनुभव भयो भने, आत्तेस लाग्यो भने, दुर्बलता अनुभव भयो भने, टाउको दुख्यो वा भारीपन लाग्यो भने सबै काम छोडेर तुरून्त सुत्नु पर्छ। उपर्युक्त लक्षण देखा पर्नुको अर्थ हो व्यायामको मात्रा शरीरको क्षमता भन्दा धेर भयो। हिँडने-डुल्ने गरेपछि यदि खुट्टा दुख्न थाल्यो भने, हिँडे पछि यदि खुट्टो दुखाइ रहिरह्यो भने हिँडने अभ्यास घटाउनु पर्छ। व्यायाम गर्दा कुनै खालको आघात वा चोट नलागोस् त्यसको ध्यान राख्नु पर्छ। यो पनि ध्यान राख्नु आवश्यक हुन्छ जबकि व्यायाम गरेपछि रोगीद्वारा खुवाइने आहारको मात्रा नबढोस् अन्यथा व्यायामबाट लाभ हुने सम्भवना थोरै हुन्छ।

योगाभ्यासको उपयोगिता

प्राय:मधुमेहलाई जीवनभरी चल्ने रोगको संज्ञा दिइन्छ तर योग तथा प्राकृतिक चिकित्साका दृष्टिले यो पाचनसम्बन्धी रोग मानिन्छ। नियमित योगाभ्यास गर्नाले यस रोगको स्थितिलाई धेरै मात्रामा नियन्त्रणमा राख्न सकिन्छ। मधुमेह नियन्त्रण प्रभावी रूपले गर्ने साधनहरूमा योग सबैभन्दा उत्कृष्ट साधन हो। व्यायाम गर्नमा असमर्थ मधुमेह भएका धेरै रोगीहरूले, घरेलु कामकाज गरिसकेर बिहान घुम्नका लागि घरबाट निस्कन नसक्ने महिलाहरू तथा प्रौढ़ व्यक्तिले नियमित रूपले योगाभ्यास गरेर आफ्नो रोग नियन्त्रण गर्न सक्छन्।

विभिन्न योगासनहरूको अभ्यास

मधुमेह भएका रोगीहरूका लागि लाभदायक प्रमुख योगासन कटिचक्रासन, ऊर्ध्वह्स्तोत्तानसन, पादहस्तासन, भुजङ्गासन, धनुरासन, पशिच्मोत्तानासन, कोणासन, सर्वांगासन, मत्स्यासन, मयुरासन, सुप्तपवनमुक्तासन, अर्धमत्स्येन्द्रासन, तथा श्वसन आदि हुन्। यसका अतिरिक्त अरू धेरै आसन पनि छन् जुनचाहिँ मधुमेह भएका रोगीहरूलाई लाभ हुन्छ। आसनहरूको अभ्यास कुनै योग प्राकृतिक चिकित्सकका रेख-देखमा तथा आफ्ना चिकित्सका परामर्शद्वारा प्रारम्भ गर्नु पर्छ। यी आसनहरूका अतिरिक्त सूर्य नमस्कार र नाडी शोधन प्राणायामको नियमित अभ्यास पनि यस रोगको नियन्त्रण गर्नमा प्रभावी रूपले काम गर्दछ।

सूर्यनमस्कारको लाभ

सूर्यनमस्कार पूरै शरीरको एउटा लयबद्ध व्यायाम हो। यसको नियमित अभ्यासले शरीरका सबै अङ्हरू र संस्थानहरूलाई सक्रिय र सशक्त बनाउने गर्दछ। यो विशेष रूपले पाचन संस्थान तथा अत:स्रावी संस्थानलाई प्रभावित गर्दछ जसको प्रभाव इन्सुलिनको स्राव गर्ने अग्नाशय ग्रन्थिमा पनिपर्दछ। यसका अतिरिक्त यो शरीरमा रक्त संचार उन्नत गर्दछ तथा स्त्रीहरूको प्रदर रोग हटाउदै गर्भाशय सबल बनाउछ। यसले शरीरका अतिरिक्त बोसो यसको लगातार अभ्यास गर्नाले घट्छ तथा मोटोपन हट्छ जुनचाहिँ मधुमेहको एउटा ठूलो कारण हो। यसको नियमित अभ्यासले तनाउ हटेर व्यक्तिको स्थिरता, एकाग्रता वा आत्मविश्वासमा वृद्धि हुन्छ।

Last Modified : 2/15/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate