मधुमेह चिकित्सासँग जुडेका महत्वपूर्ण कुराहरू आज मधुमेहका लागि धेरै खालका उपचार उपलब्ध छन् । भिन्ना-भिन्नै औषधीहरू तथा अरू तरिकाले प्रयोग गरिने मधुमेहको चिकित्साका लागि गरिरहिएको छ। सधैँ यस दिशामा नवीन अनुसन्धान भइरहेका छन्। तर प्राकृतिक चिकित्साका दृष्टिकोणले मधुमेह पूर्णरूपले चिकित्सा गर्न यो आवश्यक हुन्छ कि हामी पूरा शरीरलाई एउटा एकाइ मानेर त्यसको सर्वांगीण चिकित्सामाथि आफ्नो ध्यान केन्द्रित गर्नु पर्छ। यस्तो पनि देखिएको छ कि मधुमेहका धेरै जसो रोगीहरूमा अग्नाशयका साथ-साथै यकृत पनि प्रभावित भएको हुन्छ। कहिलेकाहिँ मिर्गौँलाको समस्या पनि यसका साथै जुड़ेको हुन्छ। त्यसैले मधुमेहको चिकित्सा गर्दा हामीले पाचन संस्थानलाई दरो बनाउनमा ध्यान दिनु पर्छ जबकि कब्ज तथा पेटसम्बन्धी अरू विकारहरू निको पार्न सकियोस्। शरीरमा रहेका यी सबै अङ्ग-प्रत्यङ्गले अग्नाशयले राम्ररी काम गर्नमा सहाय गर्दछ। भन्नुको मतलब यो हो कि पूरा शरीर सन्तुलन भएको अवस्थामा कार्य गर्नु पर्छ। मधुमेहले ग्रस्त भएका रोगीहरूका लागि भोजनका धेरै प्रारूप बनाइएका छन्। जसको पालन गर्ने परामर्श चिकित्सहरूद्वारा दिइन्छ। तर यसका साथै रहन-सहनले स्वास्थ्यप्रद तरिकाहरूलाई पनि पर्याप्त प्रमुखता दिनु नितान्त आवश्यक हुन्छ। मात्र स्टर्च तथा शर्करायुक्त पदार्थहरू भोजनमा घटाउनु पर्याप्त हुँदैन। हामीले पूरै शरीरलाई सन्तुलित बनाउन पोषणमा ध्यान दिनु पर्छ। यस्ता धेरै थोर मान्छे देख्न पाइन्छ कि जसले केवल मधुमेहले ग्रस्त हुन्छन् तथा अरू रोग हुँदैन। चिकित्साको लक्ष्य मधुमेहका चिकित्साको पहिलो लक्ष्य हो रगतमा शर्कराको स्तर यथा सम्भव समान्य राख्ने वा त्यसलाई छेउछाउमा राख्नु। दोस्र लक्ष्य ह मधुमेहका जटिलताहरू घटाउनु वा त्यसबाट यथासम्भव बच्नु। यस दोस्रो लक्ष्य प्राप्त गर्नु भन्दा पहिले लक्ष्य प्राप्तिमाथि नै निर्भर गर्दछ। राम्रो उपचार के हो? मधुमेह नियन्त्रण गर्नु नै यसको सबैभन्दा राम्रो उपचार हो। प्राकृतिक उपचार, नियन्त्रित आहार तथा सन्तुलित व्यायाम अनुशासित ढङ्गले पालन गर्दै हामीले केवल यो रोगलाई नियन्त्रण मात्र होइन नियन्त्रित अवस्थामा राख्न सकिन्छ जबकि यसका जटिलताहरू बाट पनि आफूलाई धेरै मात्रामा बच्न सकिन्छ। मधुमेहको उपचार वस्तुतः तीन प्रकारले गर्न सकिन्छ। - केवल आहारमाथि नियन्त्रण तथा प्राकृतिक उपचारद्वारा - आहार नियन्त्रण तथा रगतमा शर्कराको स्तर घटाउने औषधीहरूको प्रयोगद्वारा - आहार नियन्त्रण तथा इन्सुलिनद्वारा मधुमेह नियन्त्रण गर्ने सर्वोत्तम तरिका हो– सन्तुलित तथा नियन्त्रित भोजन, नियमित व्यायाम तथा योगाभ्यास, नियमित प्राकृतिक स्वास्थ्यप्रद दिनचर्या तथा यदि आवश्यक भयो भने औषधीहरूको सेवन। प्राय: नियन्त्रित भोजन, व्यायाम, नियमित र तनाउ रहित दिनचर्याले यसमा ठूलो भूमिका निर्वहन गर्दछ। प्राकृतिक चिकित्साको भूमिका प्राकृतिक चिकित्सा स्वस्थ जीवन बाँच्ने कला तथा स्वस्थ रहने विज्ञान हो। प्राकृतिक चिकित्साको उद्देश्य हो रोगीलाई पुन: प्रकृतिको नजदिक ल्याएर त्यसलाई स्वास्थ प्रति जागरूक र आत्मनिर्भर बनाउनु। प्राकृतिक उपचारहरूको समुचित परिपालन, पूर्णत: प्राकृतिक खाद्यहरूवा यथासम्भव प्राकृतिक खाद्यहरूलाई नियमित सेवन तथा व्यवस्थित अनुशासित तथा तनाव मुक्त रहन-सहनको पालन गर्दै रोग हटाएर रोगीलाईपुन: प्राकृतिको सान्निध्यमा ल्याउने प्रयास गरिन्छ। जहाँसम्म मधुमेहको प्रश्न छ प्राय: विशेषज्ञहरू यसलाई कुनै रोग हो भन्दैनन्। यो पाचनतन्त्रको एउटा भागको कमजोरीका कारणले हुने गर्दछ र यस कमजोरीलाई सुधार्न सकिन्छ। त्यसैले प्राकृतिक चिकित्सा मधुमेहका रोगीलाई उपचार गर्दा उसको सामान्य स्वास्थ्य सुधार्नुमा विशेष ध्यान दिन्छन्। रोगीका शरीरको प्रतिरोधक क्षमतालाई बढाएर उसको पाचनतन्त्र शक्तिशाली बनाउने प्रयास गरिन्छ। यी सबै कामहरूमा विभिन्न प्राकृतिक उपचारले राम्रोसँग सहाय गर्दछ। यसका साथै रोगीको मानसिक स्थितिमा सकरात्मक सुधार ल्याएर शारीरिक श्रम तथा व्यायाम गर्नका लागि प्रेरित गरिन्छ। प्राकृतिक चिकित्साका दृष्टिकोणले मधुमेहको कारण प्राकृतिक चिकित्सामा भनिन्छ कि सबै रोग प्राकृतिका नियमहरूको उल्लङ्घनको परिणाम हो। मधुमेह पनि यसमा एउटा हो। प्राकृतिक चिकित्साका आचार्य डा. हेनरी लिन्डलारले यसलाई यसरी व्यक्त गरेका छन् ---- विशिष्ट प्राकृतिक उपचार प्राकृतिक उपचारहरूलाई साधारणत: दुई वर्गहरूमा विभाजित गरिन्छ भनिन्छ। यिनमा भुडीमा तातो, चिसो सेक भुडीमा माटाको पट्टी, आवश्यकतानुसार एनिमाको प्रयोग तथा कटिस्नान आदि हुन्। यसका अतिरिक्त केही विशिष्ट उपचार हुन्छन् जुन रोगका विशेष स्थितिलाई हेरेर गरिन्छ। जस्तै माटाको लेप तथा कुनै विशेष स्थानलाई लपेट्नु आदि। मधुमेह रोगमा कटिस्नान, भुडीकलपेट, अग्नाशयका स्थानमा माटाको पट्टी तथा त्यहाँको रक्त संचारणलाई उन्नत बनाउनका लागि भाइब्रेटरको प्रयोग आदिलाई विशिष्ट उपचारहरूका श्रेणीमा राख्न सकिन्छ। कटिस्नान बिहान तथा बेलुका दस-दस मिनटको तथा हप्तामा एक – दुईपल्ट तातो-चिसो कटिस्नान गर्नु पर्छ। यदि कब्ज छ भने शरीरलाई पटक-पटक तापक्रमको पानीले राती भुडीमा चिसो-तातो लपेटनु पर्छ। सधैँ बिहान: मौसम तथा शारीरिक शक्तिको अनुसार 15 मिनट देखि आधा घन्टासम्म नाङ्गो शरीरमा चिसो पानीले नुहाउनु पर्छ। यसका अतिरिक्त योगासनहरूको अभ्यास तथा बिहानीको भ्रमण आदि पनि विशिष्ट उपचारहरूको श्रेणी पर्दछ। दिनमा धेरैपल्ट 100 पटकसम्म गहिरो साँस फेर्ने अभ्यास गर्नु राम्रो हुन्छ। यहाँ के आवश्यक हुन्छ भने चिकित्सकको सलाहका अनुसार वा उनको देखरेखमा यी सबै उपचारहरूको प्रयोग गरियोस्। रोगीको दैनिक उपचार तालिका प्रसिद्ध प्राकृतिक चिकित्सा डो.खुशीराम शर्मा “दिलकश” लेआफ्नो पुस्तक “रोगहरूको प्राकृतिक चिकित्सा” मा मधुमेहको रोगीलाई दैनिक उपचार तालिका निम्न प्रकारले दिएका छन्– बिहान शौच गरेपछि यदि भुडी सफा भएन भने ताजा पानीको एनिमा गर्नु पर्छ। भुडीमा माटाको पट्टी 20 मिनटसम्म लगाए पछि 5 देखि 10 मिनटसम्म कटिस्नान गरेर छिटो-छिटो हिँडने घुम्ने गर्नु पर्छ। बेलुका फेरि कटिस्नान गर्नुपर्छ। केही दिन पछि बिहान मेहन स्नान र बेलुका कटिस्नान गर्नु जारी राख्नुहोस्। मेहन स्नान चिसो पानीले गर्नु होस् र कटिस्नान गर्मीमा ताजा पानीले तथा जडोमा मनतातो पानीले गर्नुपर्छ। तातो–चिसो स्नान हप्तामा एक-दुईपल्ट गर्नु पर्छ। मालिश र घुम्न जानु विशेष रूपले लाभदायक हुन्छ। मालिश लगभग 1 घन्टाको हुनु पर्छ। त्यसपछि मनतातो पानीले नुहाउनु पर्छ। बिहान 2-3 कि. मीको डुलाई गर्न सकिन्छ। स्नान गर्दा राजहाडमा 5 मिनटसम्म चिसो पानी हाल्नुहोस्। स्नान पछि पूरा शरीरमा सुक्खा मालिश गरेर शरीरको पानी सुकाउनु होस्। भुडीमा तातो–चिसो सेक हप्तामा एक–दुईपल्ट तथा राती सुत्ने बेलामा पेडुमा भिजेको लुगा बेर्नु पर्छ। नारङ्गी रङ्गको बोतलले सूर्यतप्त पानी मिलाएर 50 मि. ली. मात्रामा बिहान,बेलुका खाना खाए पछि खानुहोस्। रगतमा बढेको शर्करा कम गर्नका लागि सारा शरीरमा भिजेको लुगाले बेर्नु वा सूर्य स्नान जसबाट पसिना निस्कन्छ तथा तातो स्नान वा बिजुलीका सुक्खा स्नान राम बाण हो। यदि रोगी धेरै दुब्लो छ भने भिजेको लुगाले बेर्नु हुँदैन। राती सुत्नुभन्दा पहिले सम्पूर्ण शरीरमा स्पन्ज गरे पछि रोगीलाई मनतातो पानीको टबमा स्नान गर्नाले राम्रो निन्द्रा लाग्दछ र छटपटाहट हराउछ। सम्पूर्ण शरीरको स्नान 92 डिग्री फारेनहाइटको लगभग 20 देखि 30 मिनटसम्मको हुँदा धेरै लाभ हुन्छ। जहाँ व्यायाम रडुलाई जरूरी छ त्यहाँ रोगीका लागि शारीरिक र मानसिक विश्राम पनि उत्तिकै आवश्यक हुन्छ। ब्रह्मचार्य व्रत पालन गर्नु पनि यस्ता रोगीहरूका लागि आनिवार्य हो।