অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

सुकन्या समृद्धि योजना

परिचय

४ दिसम्बर, २०१४ मा सरकारले सानो बचतलाई प्रोत्साहन दिनुको निम्ति बालिकाहरूको विशेष जमा योजना ‘सुकन्या समृद्धि खाता’ (Sukanya Samridhi Account) को शुभारम्भ गरियो। ३ दिसम्बर, २०१४ मा सुकन्या समृद्धि खाता नियम-२०१४ लाई भारतको राजपत्रमा प्रकाशित गरियो। सुकन्या समृद्धि खाता बालिकाको आमा-बाबा या संरक्षकद्वारा बालिकाको नाममा, उ जन्मिएकोदेखि दस वर्षसम्मको आयु पुग्दासम्म खोल्न सकिन्छ।

प्रमुख बिन्दु

  • यदि कुनै बालिका, जो यो नियम शुरू भएको एक वर्ष पहिले दस वर्ष पुगेकी थिन्, उसले पनि खाता खोल्न सक्नेछिन्।
  • जमाकर्ता बालिकाको नामबाट केवल एकै खाता खोल्न अनि सञ्चालित गर्न सकिन्छ। आमा-बाबा या संरक्षकले केवल दुई बालिकाहरूको निम्ति खाता खोल्न सक्छन्, कोही जम्ल्याहा नानीहरू भए त्यसको प्रमाण पत्र प्रस्तुत गरेपछी तेस्रो पनि खाता खोल्ने अनुमति दिन सकिन्छ।
  • यो खाता एक हजार रुपियाँको प्रारम्भिक जमा राशीबाट खोल्नु पर्छ अनि एक वित्तीय वर्षमा यसमा न्यूनतम एक हजार अनि अधिकतर एक लाख पचास हजार रुपिया जमा गर्न सकिन्छ।
  • खातामा रकम खाता खोलेको तारिकदेखि चौध वर्ष पुरा भइञ्जेलसम्म जमा गर्न सकिन्छ।
  • यदि खातामा न्यूनतम राशि जमा गरिएको छैन भने न्यूनतम जमा राशी सहित ५० रु. प्रतिवर्षको जरिमानासहित खातालाई नियमित गराउन सकिनेछ।
  • ब्याजी अधिसूचित गरिने दरमाथि नै वार्षिक या मासिक तिरो तय गरिएको हुन्छ।
  • खाता बालिकाले दस वर्षको आयु पुरा गरेसम्म आमा-बाबाद्वारा खोलिनेछ अनि संचालित गरिनेछ। बालिकाको उमेर दस नाघेपछी उसले आफै आफ्नो खातालाई सञ्चालित गर्न सक्नेछिन्।
  • खाताबाट जमा राशीको पचास प्रतिशतसम्मको राशी निकाल्ने अनुमति तब दिईनेछ जब बालिका अठाह्र वर्षको हुनेछिन्।
  • बालिकाको यदि मृत्यु भएको खण्डमा संरक्षकले खाता बन्द गर्नसक्नेछ अनि राशि ब्याज सहित निकाल्न सकिन्छ।
  • खाता खोलेको तारिकदेखि २१ वर्ष पुरा भएपछी खाता परिपक्व (मेच्योर) हुनेछ।
  • यदि बालिकाको विवाह २१ वर्षको अवधिपूर्ण हुनभन्दा अघि हुन्छ भने विवाहको तारिक पछी खाता चलाउने अनुमति हुँदैन। खाता चल्नु बन्द भएपछी ‘राशि निकासी पर्चीद्वारा जमा राशिलाई ब्याज सहित प्राप्त हुनेछ।

कार्यप्रणाली

खाता खोल्नु

यस योजनाको लाभ लिनको निम्ति सबैभन्दा पहिला अधिकृत ब्याङ्क या पोस्ट अफिसमा एक खाता खोल्नु पर्छ। यो खाता छोरीको आमा-बाबा या अभिभावकले छोरी १० सालको पुगेसम्म खोल्न सक्नेछन्। एक छोरीको नाममा एकै खाता खोल्न सकिन्छ। यदि कसैको दुई छोरीहरू छन् भने उनीहरूको दुई अलग-अलग खाता खोल्नु पर्नेछ। यदि कसैको ट्रिप्लेट्स (तीन) छोरीहरू छन् भने उनीहरूलाई पनि यस योजनाको लाभ मिल्नेछ।

उमेर

सुकन्या जमा योजनाको तहत १० वर्षभन्दा अधिक उमेरको छोरीको खाता खोल्न सकिन्न। तथापी यस वर्ष एक सालको छुट दिईएको छ।

ब्याज दर

यस योजनाको तहत खातामा जमा राशिमाथि हर वर्ष भारत सरकारको तर्फबाट ब्याज दरहरूको घोषणा गरिनेछ। २०१४-१५ को निम्ति ब्याज दर ९.१ प्रतिवर्ष (परिवर्तनीय) तय गरिएको छ।

स्थानान्तरणको सुविधा

यस खातालाई जुनै शहरमा पनि खोल्न सकिन्छ, त्यहाँबाट त्यसलाई अन्य शहरहरूमा पनि स्थानान्तरित गर्न सकिन्छ। अर्थात् पुरै भारतवर्षमा जहाँ-कहीँ पनि स्थानान्तरित गर्न सकिन्छ।

जमा निधि

यस खातालाई न्यूनतम १००० रुपियाको राशि या त्यसको १०० रुपियाको गुणाङ्कको साथमा खोल्नु सकिन्छ। एक वित्तीय वर्षमा कम भन्दा कम १००० रुपिया अनि अधिकतम डेढ लाख रुपियासम्म यस खातामा जमा गर्न सकिन्छ। यो राशि खाता खोलेकोदेखि १४ वर्ष पुरा भएसम्म जमा रहनेछ।

अर्थदण्ड/जरिमाना

यदि कुनै खातामा नियमित रूपमा राशि जमा गरिएको छैन भने त्यस्तोमा ५० रुपिया प्रतिवर्षको अर्थदण्ड वा जरिमाना पनि लगाइने हुन्छ।

खाता सञ्चालन

सुकन्या जमा योजना खाताको सञ्चालन छोरीको अभिभावकद्वारा तबसम्म गर्नेछ जबसम्म त्यो नानीको उमेर १० वर्षको हुँदैन। १० वर्ष भएपछी छोरीले आफ्नो खाताको सञ्चालन आफै गर्न सक्नेछिन्।

निकासी

जब छोरी १८ वर्षको हुनेछिन् तब उसले जमा राशिको ५० प्रतिसत रकम उच्च शिक्षाको निम्ति प्राप्त गर्नेछ।

ट्याक्समा राहत

सुकन्या समृद्धि योजनाको तहत खोलिने खाताहरूको निम्ति ट्याक्समा छुट मिल्नेछ। यस योजनाको तहत खोलिने खाताहरूलाई आयकरको कानूनको धारा ८०-जी अनुरूप छुट दिईनेछ।

योजनासित जडित नवीन जानकारी

पीपीएफभन्दा अधिक ब्याज

सुकन्या समृद्धि खाता १० सालसम्मका छोरीहरूको निम्ति खोल्न सकिन्छ। छोरी १८ वर्षको पुगेपछी यसबाट ५० प्रतिसत राशि शिक्षा खर्चको निम्ति निकाल्ने अनुमति हुन्छ। २१ वर्षको उमेरपछी यसबाट पुरै राशि निकाल्न सक्नेछन्। सरकारले यसमाथि ९.१० प्रतिसत ब्याज दिँदैछन्। सुकन्या खातामा सालाना एक हजार रुपिया निवेस अनिवार्य छ अनि अधिकतम १.५० लाख रुपिया जमा गर्न सकिन्छ।

पहिला सुकन्या खातामा निवेश राशि माथि मात्र ट्याक्स छुट थियो तर यस बजटमा यसको ब्याज अनि परिपक्वतापछी प्राप्त हुने राशिमाथि पनि ट्याक्स छुट दिईएको छ। यस मामिलामा यो पीपीएफकै बराबरको भएको छ जसमाथि तीन स्तरहरूमा ट्याक्सको छुट मिल्दछ। तर ब्याजको मामिलामा सुकन्या खाता पीपीएफभन्दा धेर आकर्षक छ।

श्रोत-ईगजेट अफ इन्डिया- भारत सरकार।

Last Modified : 10/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate