অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

सामुदायिक पानीको संरक्षण

सामुदायिक पानीको संरक्षण

  1. पानी र सामुदायिक स्वास्थ्य
    1. उद्योगले सामुदायिक पानीको खपत गर्दछ
  2. सामुदायिक जनजेतना अभिवृद्धि
    1. सफा पानी सुरक्षित नै हुन्छ भन्न सकिन्न
    2. सुरक्षित पानीको लागि जा“च
  3. खानेपानी वितरणमा सुधार
    1. समाधानको पहिचान
    2. योजना बनाउनमा महिला महत्वपूर्ण
    3. २ वृतहरू
    4. खानेपानीमा सुाधारको लागि बाधाहरू
    5. समुदायभित्रै समाधानको उपायहरू पत्ता लगाउनु
    6. गाउ“लेहरूले विकास कार्यकर्तालाई सिकाएको पाठ
  4. पानीको स्रोतको संरक्षण
  5. संरक्षित इनार
    1. सुरक्षित ईनार र पानी कुवा बनाउने चरणहरू
  6. पारिवारिक ईनारको सुरक्षा
    1. डोरी, बकेट र खम्बा
    2. पानी तर्काउने सतहको व्यवस्था
    3. ईनारको मर्मत एवं सम्भार गर्ने
    4. ईनार र धाराबाट बढी भएको पानी बाहिर पठाउने
    5. ईनारबाट पानी तान्ने
    6. पम्प रोज्ने तरीका
    7. डोरीबाट पानी तान्ने पम्पः सस्तो र सुलभ तरीकाले पानी तान्ने तरीका
  7. पानीको मुहानलाई सुरक्षित गर्ने
    1. मुहानको वरिपरिको क्षेत्र सुरक्षित गर्ने
    2. मूल बाकस बनाएर पानी जम्मा गर्ने
    3. पाइप र मूल बाकस छिटो छिटो सफा गर्नु पर्नेहुन्छ
  8. आकाशे पानी संकलन
    1. आकाशे पानीलाई सुरक्षित खानेपानी बनाउने तरीका
    2. मरुभूमिमा आकाशे पानी संकलन

पानी मानव जीवनको लागि अति आवश्यक छ । मानिस, जनावर, र रुख, बिरुवा सबैलाई बाँच्न र बृद्धि विकास गर्न पानी चाहिन्छ । तर धेरै ठाउँमा स्वस्थ रहनको लागि पर्याप्त पानी हुँदैन । धेरै मानिसलाई पानी संकलन गर्न निकै टाढासम्म जानुपर्दछ । पाएको पानी पनि प्रायः पिउन योग्य हुँदैन ।

जब एउटा समुदायमा सुरक्षित एवं सफा खानेपानी प्राप्त हुन्छ, सबै मानिसहरूको स्वास्थ्य स्थिति राम्रो हुने गर्दछ । जब महिला एवं केटीहरूलाई टाढासम्म गएर पानी ल्याउनुपर्ने बोझबाट मुक्त हुन्छन् तब उनीहरूसँग स्कूल जाने र समुदायमा घुलमिल गर्न पर्याप्त समय हुन्छ । जसले गर्दा सबैको स्वास्थ्य र रहनसहनमा सुधार आउँदछ । पर्याप्त सुरक्षित पानी पाइएको खण्डमा बच्चाहरू स्वास्थ्य तरीकाले हुर्किन्छन् र दूषित पानीको कारण झाडापखालाको प्रकोप पनि न्यून हुन्छ ।

पानी र सामुदायिक स्वास्थ्य

पानी प्रकृतिको देन हो र पानी सुरक्षा (सधैंभरी पर्याप्त स्वच्छ पानीमा पहुँच) सामुदायिक स्वास्थ्यको एउटा अति आवश्यक भाग हो । जब मानिसहरू मिलेर पानी संकलन, भण्डारण र पानीको साझा स्रोतको उपयोगबारे निर्णय गर्छन् तब समुदायमा पानीको सुरक्षा सुनिश्चित गर्न सक्दछन् ।

पर्याप्त सुरक्षित पानी प्राप्त गर्न प्रायः सबै मानिसहरूले चाहिने आवश्यक काम गर्न इच्छुक हुन्छ वा चाहिने पैसा तिर्न इच्छुक हुन्छन् । तर धेरैजसो ठाउँमा मानिसलाई चाहिने खानेपानी जीवाणु, कीटाणुहरू वा विषाक्त रसायनहरूबाट दूषित भईसकेको हुन्छ वा उद्योगले आफ्नो प्रयोजनको लागि लिइसकेको हुन्छ वा औद्योगिक कृषि वा मानिसले तिर्नै नसक्ने महङ्गो मूल्यमा बिक्री गरिएको हुन्छ । पानीको उपयोगिताकोबारेमा निर्णय गर्दा मानिसलाई बाँच्नको लागि र स्वास्थ्य रहनको लागि चाहिने आवश्यक पानीलाई पानीको मूल्य कति पर्छ, कसरी संरक्षित गरिएको छ, कसरी वितरण गरिएको छ र उपभोग गरिएको छ भन्दा पनि बढी महत्व दिनुपर्दछ ।

उद्योगले सामुदायिक पानीको खपत गर्दछ

भारतको दक्षिणी भागमा अवस्थित पलाचिमादा गाउँमा किसानहरूले धान र नरिवलको खेती गर्दछन् । धेरै वर्षा हुने र मलिलो माटोको कारण किसानहरू राम्रो उब्जनी गरी राम्रो जीविकोपार्जन गरिरहेका थिए । तर केही वर्ष यता गाउँकै छेउमा आएर एउटा कोकाकोला उत्पादन गर्ने उद्योग स्थापना भएपछि यस ठाउँमा परिवर्तन आयो ।

कोकाकोला कम्पनीले निकै गहिरो ईनार खनेर मिठो कोकाकोला पेय बनाउन आवश्यक भूमिगत पानी निकाल्न शुरु ग¥यो । प्रत्येक दिन उद्योगले करीब ५,००,००० लिटर पानी खपत गर्न थाल्यो । उद्योगको स्थापना भएको दुई वर्ष पछाडि गाउँलेहरूले लगाएको बालीनाली मर्न थाले । घरमा भएको ईनारहरू पनि सुक्न थाले । मानिसले भात पकाउँदा चामल खैरो भएर जाने र नराम्रो गन्ध आउन थाल्यो । त्यहाँको पानी खानाले र नुहाउनाले छाला चिलाउने, कपाल झर्ने, हाड जोड्नी दुख्ने, हड्डी कमजोर हुने र नसा सम्बन्धी समस्याहरू देखिन थाले ।

उनीहरूले भूमिगत पानी उद्योगबाट प्रदूषित भएको थाहा पाए । आफ्नो स्वास्थ्य बचाउनको लागि गाउँलेहरूले घरको लागि टाढाबाट पानी संकलन गर्न थाले । एक वर्ष पानी बिलकुलै परेन तर कोकाकोला कम्पनीले सुख्खा समयमा पानी निकाली रह्यो । गाउँलेहरूले कोकाकोला कम्पनीबाट दिनानुदिन उनीहरूको जिवनको लागि चाहिने पानी र बिरुवालाई चाहिने आवश्यक पानी ट्रकमा हालेर बाहिर लगिरहेको हेरिरहे । गाउँको टाढासम्मका पानीको स्रोतहरू पनि सुकेर गए । जब धेरैभन्दा धेरै मानिसहरू बिरामी हुन थाले मानिसहरू जम्मा भएर कोकाकोला कम्पनीलाई कसरी भएपनि पानी झिक्नबाट रोक्न सकिन्छ भन्ने कुरामा छलफल गर्न थाले ।

छलफलपछि २००० भन्दा बढी मानिसहरू कम्पनीसम्म शान्तिपूर्ण ¥याली गरी कम्पनीलाई त्यहाँबाट छाडेर जान र पानीको ह्रासको कारण भएको क्षतिपूर्तिको माग राखे । कम्पनीले यसको जवाफमा हरेकदिन एक एक ट्रक पानी गाउँमा पठाइदिन थाले । तर उक्त एक ट्रक पानी गाउँलेहरूको पानीको माग पूर्ति गर्न पर्याप्त थिएन । ५० दिनको लगातार आन्दोलनको दौरान करीब १३० जना महिला र पुरुषहरूलाई प्रहरीले हिरासतमा लिए । एक महिनापछि १००० जनाको फेरि ¥याली फेरी कम्पनीसम्म गयो र फेरि प्रहरीले धेरैलाई हिरासतमा लिए ।

संघर्षले पलाचिमादाका मानिसलाई निकै कठिनाईको सामना गर्नुप¥यो । तर यसले सबै मानिसहरूलाई एकजुट भएर आफ्नो सफा पानी पाउने हकबारे माग गर्न मद्दत पु¥यायो । धेरै वर्षपछि स्थानीय सरकारले पनि मानिसहरूलाई सघाउन थाले र कम्पनीलाई भूमिगत पानी सुख्खायामको बेला उपयोग गर्नबाट बन्देज लगायो । तर राज्य सरकारले कम्पनीलाई लगातार भूमिगत पानी उपभोग गर्न पाउनुपर्छ भनेर निर्देशन ग¥यो । यस्तो पानीको उपभोगसम्बन्धी द्वन्द्व अदालतसम्म पुग्यो र अन्तमा पलाचिमादाका मानिसहरूले अदालतमा मुद्दा जिते र कोकाकोला कम्पनी बन्द भयो ।

पलाचिमादाका मनिसहरूले आफ्नो पानीमाथिको अधिकारको लागि संघर्ष गरिराखेको कुराले भारत भरी र संसारभरीको ध्यानाकर्षण गरायो । उनीहरूको संघर्षले अन्य धेरैलाई प्रेरणा प्रदान गर्न सफल भयो । खानेपानी पर्याप्त नभएको ठाउँमा कोकाकोला जस्तैः मिठो पेय पदार्थ बनाउनको लागि कुनै औचित्य रहँदैन । खासगरी कम्पनीले प्रयोग गर्ने पानीको कारण मानिस बिरामी भएर जान्छ भने ।

नेपालमा पनि खास गरेर शहरी क्षेत्रहरूमा पनि काठमाडौं उपत्यकामा यस्ता भूमिगत पानीको अत्याधिक दोहन गरी विभिन्न पेय पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने धेरै उद्योगहरू खुलेका छन् । तसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

सामुदायिक जनजेतना अभिवृद्धि

एकजना महिलाले सधैं टाढाबाट खानेपानी संकलन गर्दाको काम कति गाह्रो हो भन्ने कुरा भनिराख्नु पर्दैन तर उनीहरूले यस्तो गाह्रो कामलाई परिवर्तन गर्न सक्ने कुरा महसुस गर्न सक्दैनन् ।

जब सबैजनालाई सफा खानेपानीको समस्यासम्बन्धी अनुभव हुन्छ, उनीहरू सबै मिलेर परिवर्तनको लागि मिलेर काम गर्न थाल्छन् । सामुदायिक जनचेतना अभियान परिवर्तनको लागि सबभन्दा प्रथम चरणको काम हुन आउँदछ र जसमा सबै समूहमा मिलेर सँगै विभिन्न कामहरू गर्नु पनि समावेश हुन्छ ।

पानीको जिम्मेवार कर्मचारीस“ग कुराकानी

ईनारको खानेपानी वितरण प्रणाली वा अन्य कुनै खानेपानी वितरण प्रणालीको संचालनको लागि कुनै व्यक्ति वा समूह वा व्यापारीवर्ग जिम्मेवार छ कि ? सरसफाइको लागि कोही व्यक्ति वा समूह जिम्मेवार छ कि ? कुन समूहले खासगरी पानी संकलन गर्छ, बोकेर ल्याउँदछ, प्रशोधन गर्दछ र भण्डारण गर्दछ ? पानी वितरण गर्ने मानिसको सँगसँगै सबै मिलेर सजिलै क्षेत्रको सबै पानीको स्रोतहरूको सूची तयार पार्ने । मानिसले खानेपानीको मात्रा एवं गुणस्तरबारे के कुरा गर्दछन् ? हरेक दिन मानिसहरू कति पानी उपभोग गर्दछन् ? के पानी खान, नुहाउन, लुगा धुन, गाईबस्तुहरूलाई खुवाउन, खेती गर्न र अन्य कति पानीको आवश्यकता पूरा गर्न फरक फरक स्रोत प्रयोग गरिन्छ ? के यी सबै कुराको लागि चाहिने आवश्यक पानी पर्याप्त छ कि छैन ? के त्यहाँ पानीको मुहान वा आपतकालीन पानी भण्डारण गर्ने भण्डार छ ?

मानिसले पानी संकलन गर्ने ठाउ“को निरीक्षण गर्नुहोस्

विभिन्न प्रकारको पानीको स्रोतमा विभिन्न खानले समस्या हुन्छ र विभिन्न समाधानको उपायहरू पनि हुन्छ । पानीको मुहान जस्तैः कुवा, ईनार, मुल आदि पानीको स्रोत (नदी, खोला, ताल र पोखरी) र वर्षाको पानी संकलन क्षेत्र आदिको निरीक्षण गर्ने । हरेक पानीको स्रोत भएको ठाउँमा पानी कसरी उपभोग भएको भन्ने वा कुनै किसिमको संक्रमण भएको भन्नेबारे छलफल गर्नुहोस् ।

पानीको स्रोतको र प्रदूषणको स्रोतको नक्सांकन गर्ने,

हामीले बनाउने नक्सामा बस्तीको समिपमा रहेको सबै पानीको स्रोतहरू लगायत पानी प्रदूषित हुने स्रोतहरूबारे पनि दर्साइएको हुन्छ । विभिन्न रङ्गको प्रयोग गरेर सफा पानी र प्रदूषित पानीको स्रोतहरूलाई देखाउनुहोस् ।

के तपाईको पानी सुरक्षित छ?

पानी सुरक्षित भएको नभएको थाहा पाउन कठिन छ । स्वास्थ्यलाई हानी पु¥याउने कुनै कुरालाई हेरेर, सुँघेर वा जाँच गरेर सजिलै थाहा पाउन सकिन्छ । अरु बेला जाँचेर मात्र पानी प्रदूषित भएको थाहा पाउन सकिन्छ । पानी प्रदूषित हुने कारणबारे थाहा पाएर पानी प्रदूषित हुनबाट बचाउने उपायबाट धेरै किसिमको स्वास्थ्यजन्य समस्या हुनबाट बचाउन÷ रोक्न सकिन्छ (अध्याय ५) ।

सफा पानी सुरक्षित नै हुन्छ भन्न सकिन्न

यो अभ्यासबाट पानीमा भएको खतरनाक वस्तुहरू हेरेर, सुँघेर वा जाँच गर्न नसकेको अवस्थामा पनि पत्ता लगाउन मद्दत पुग्दछ ।

समयः १५ देखि ३० मिनेट

सामग्रीः ४ वटा सफा बोतलहरू, हिलो, नून, चिनी, प्रशोधित पानी,

यो अभ्यास शुरु गर्नुभन्दा पहिले ४ वटा सफा बोतलहरूमा उमालेको पानी क्लोरिन राखेको पानी वा अन्य कुनै अर्को प्रविधिबाट प्रशोधित पानी भरेर राख्नुहोस् । यसरी भरेको पानीको एउटा बोतलमा एक चम्चा हिलो, अर्कोमा एक चम्चा नुन र अर्को तेश्रोमा एक चम्चा चिनी राखेर बोतललाई राम्ररी चलाउनुहोस् । अन्तिम बोतलममा केही पनि नराख्नुहोस् । यी सबै बोतलहरूलाई समूहको अगाडि ल्याउनुहोस् ।

समूहको मानिसहरूलाई पालैसँग यी बोतलको पानी सुँघ्न भन्नुहोस् । त्यसपछि उनीहरूलाई कुनै पनि बोतलबाट पानी खान बोलाउनुहोस् । साधारणतया हिलोपानी भएको बोतलको पानी कसैले पनि पिउँदैन तर अन्य बोतलको पानी भने सबैले पिउँदछ ।

धेरै मानिसले पानी पिइसकेपछि उनीहरूले हिलो बोतलको पानी किन पिएन भनेर सोध्नुहोस् । त्यसपछि उनीहरूले पिएको पानीको स्वादबारेमा सोध्नुहोस् । उनीहरूले यसकोबारेमा के सोचिरहेका छन् । के उनीहरू मध्ये कसैले केही नभएको पानी पिएको रहेछ ? उनीहरूलाई यो पानी मात्र हो भनेर कसरी थाहा भयो ? र यसमा कुनै जाँच बिना, नसुँघेर वा नचाखेर केही नभएको कुरा कसरी थाहा भयो ?

यसपछि त्यहाँ भएको वस्तुहरूबारे कुरा गर्नुहोस् । जसले गर्दा पानीलाई पिउन असुरक्षित गराउँदछ । यो जीवाणु पनि हुन सक्दछ जसले गर्दा झाडापखाला लगाउँदछ वा विषादी एवं अन्य रसायनहरू मिसिएको छ । यी सबै कुराहरू हाम्रो पानीको स्रोतमा छ भन्नेबारे कुनै आधारहरू छन् कि छै्रनन् ? वा अन्य कुनै तरीकाले हेरेर वा सुँघेर पानी सुरक्षित वा असुरक्षित रहेको भन्नेबारे थाहा पाउन सकिन्छ ?

सुरक्षित पानीको लागि जा“च

प्रयोगशालामा पानीको गुणबारे जाँच गर्न प्रायः पानीको नमूना परीक्षण गरिन्छ । यी जाँचहरूले पानीको प्रदूषणको मात्रा एवं प्रकारबारे जानकारी दिनुको साथै रसायनिक संक्रमण थाहा पाउन मद्दत पुग्दछ । तर यो प्रविधि खर्चिलो हुन सक्दछ । तसर्थ, पानीसम्बन्धी विभिन्न मुद्दाबारे समुदायलाई जागरुक बनाउनुको साथै पानीको स्रोतलाई संरक्षण गर्नु उपयुक्त पानीको गुण परीक्षण गर्नुभन्दा राम्रो हुन्छ (पृष्ठ ७५ मा हेर्नुहोस्) ।

केही पानी परीक्षण गर्ने किट स्थानीय स्तरमा पानीमा रहेको जीवाणु पत्ता लगाउन उपयोग गर्न सकिन्छ । उदाहरणको लागि ज्द्द क् परीक्षण सस्तो (५ वटा परीक्षणको करीव १ डलर) पर्दछ र छिटो परिणाम पनि दिन्छ । तर यस परीक्षणले कहिलेकाहीं हानीरहित जीवाणुबारेमा गलत परिणाम दिन्छ र रसायन तथा अन्य परजीविको फूलहरूकोबारेमा केही पत्ता लगाउन सकिंदैन ।

खानेपानी वितरणमा सुधार

नयाँ खानेपानी वितरण प्रणालीको विकास गर्नुभन्दा पहिले भइरहेको प्रणालीलाई राम्रो सफा र धेरै पानी आउने बनाउनु पर्दछ । पानी वितरण प्रणालीमा सुधार गर्ने योजना बनाउनुपूर्व स्थानीय स्तरमा पाइने स्रोतहरूको सूची तयार पार्नुहोस् । स्रोतहरूमा जस्तैः पानीको स्रोत, ईनार, ट्याङ्की र पाइप बिछ्याउने सीप भएका व्यक्तिहरू समूह परिचालन तथा कामको लागि सहयोगी व्यक्ति र पहिले पानी संकलन गर्दाको अनुभवी वरिष्ठ व्यक्तिहरूको सूची बनाउनु पर्दछ ।

समाधानको पहिचान

पानीको वितरण प्रणालीमा सुधार गर्ने कार्य समुदायमा रहेको मुख्य समस्याहरू मध्येका कुन समस्यालाई सजिलै पहिले समाधान गर्न सकिन्छ भन्ने कुरामा भर पर्दछ । तसर्थ समस्याको मूल जरो निर्मूल पार्न र समुदायका हरेक व्यक्तिको आवश्यकतालाई परिपूर्ति गर्ने खाले योजना बनाउन महत्वपूर्ण हुन्छ ।

खासगरी थोरै पानी उपलब्ध भएको अवस्था र पानी प्राप्त गर्न कठिन भएको अवस्थामा हरेक पानीको स्रोतहरू के के को लागि उपभोग गर्ने भनेर निर्णय गर्ने । वर्षात्को पानी संकलन ट्याङ्की बनाउने, संकलन ट्याङ्की र पानी वितरण प्रणालीले समुदायको नजिकैसम्म पानी ल्याउन मद्दत गर्दछ (पृष्ठ ८६ र ९१ हेर्नुहोस्) । यदि यो सम्भव नभएमा समुदायले अझै पनि सबैको लागि पर्याप्त पानी सुनिश्चित गर्ने प्रयास गर्नुपर्दछ ।

  • पानी संकलन गर्ने काममा साझेदारी गर्ने ।
  • पानी जीवाणुबाट सुरक्षित राख्ने उपायहरूबारे सबैलाई देखाउनुहोस् (पृष्ठ ९२ देखि ९९ सम्म) । यदि समुदायमा पानी वितरण प्रणाली पहिलेदेखि अवस्थित रहेको छ भने समुदायले निम्न लिखित कामहरू गर्नुपर्दछ ।
  • पानी संकलन गर्ने उपायहरूमा सुधार गर्ने ।
  • बिग्रिएको पाइप तथा धाराहरूको मर्मतसम्भार गर्ने ।
  • पानीको माथिल्लो स्रोतहरूको संरक्षण गर्ने ।
  • पानीको संरक्षण एवं जोगाउने नयाँ उपायहरूको अबलम्बन गर्ने ।

जहा“ पानीमा रसायनिक प्रदूषण हुने सम्भावना भएमा, पानी परीक्षण गर्नुभन्दा पहिले अन्य पानीको स्रोतहरूको उपभोग गर्ने । यदि परीक्षण परिणामले पानीमा रसायनिक प्रदूषण भएको देखिएमा अन्य पानीको स्रोतको उपयोग गरिराख्ने र रसायनिक प्रदूषणको कारणलाई निर्मूल पार्ने तर्फ कार्य गर्ने । रसायनिक प्रदूषण फैलाउने उद्योगलाई आफ्नो प्रदूषित पानीलाई सुरक्षित तरीकाले विस्थापन एवं प्रशोधन गर्ने र स्वच्छ उत्पादन प्रक्रिया उपनाउने र किसानहरूलाई कमसेकम विषादी एवं रसायनिक मलको उपयोग गर्ने भनेर सल्लाह दिने ।

योजना बनाउनमा महिला महत्वपूर्ण

महिलाहरूलाई पुरुषको भन्दा पानीको आवश्यकता फरक फरक हुन सक्दछ । परिवारलाई चाहिने पानीको संकलन तथा उपचार प्रायःजसो महिलाले गर्दछ । तर पानी वितरण प्रणालीको निर्माण तथा मर्मत सम्भार प्रायः पुरुषहरूले गर्दछ । महिला र पुरुषको काम र आवश्यकता फरक फरक हुने भएकोले योजना बनाउने काममा महिलाको सहभागिता आवश्यक पर्दछ ।

२ वृतहरू

यो अभ्यासले महिलाहरूलाई पानीको आवश्यकता र बाधाहरूको बारेमा सोंच्न मद्दत गर्दछ ।

समयः ४५ मिनेट

सामग्रीः ठूलो नक्सा बनाउने कागज (कलम र सिसाकलम)

महिलाहरूलाई १० जनाभन्दा नबढाईकन समूहमा विभाजन गर्नुहोस् र पेन एवं कागज दिनुहोस् ।

महिलाहरूलाई १० जनाभन्दा नबढाईकन समूहमा विभाजन गर्नुहोस् र पेन एवं कागज दिनुहोस् । प्रत्येक समूहले कागजमा २ वटा गोलाकार वृत्तहरू कोर्न भन्नुहोस् । सानो वृत्त ठूलो वृत्तभित्र पर्ने गरी कोर्नुहोस् । ठूलो वृत्तभित्र समुदायलाई असर पर्ने पानी, सरसफाइ तथा स्वास्थ्यजन्य समस्याहरूकोबारेमा चित्र वा सूची तयार गर्नुहोस् र सानो वृत्तमा खासगरी महिलालाई मात्र असर गर्ने समस्याहरूबारे चित्र वा सूची बनाउनुहोस् । दुवै समूहलाई पुनः एकै ठाउँमा ल्याएर छलफल गर्नुहोस् । दुवै वृत्तभित्र सूचीकृत गरेको समस्याहरू कसरी फरक रहेछ भन्नेबारे हेर्नुहोस् । समस्याहरू कसरी समान छन् भने पनि हेर्नुहोस् । दुवैमा के समाधानका उपायहरू पत्ता लगाउन सकिन्छ ? कसरी हामीले महिलाको समस्याले पूर्ण विचार दिन सकिन्छ भन्ने कुरा सुनिश्चित गर्न सकिन्छ ?

यो अभ्यास महिला तथा पुरुष दुवै रहेको समूहमा गर्न सकिन्छ । यसो गर्दा पुरुषहरूको छुट्टै एउटा समूह बनाउनु पर्दछ र सानो एउटा वृत्तको सट्टामा सानो २ वटा वृत्त कोर्न लगाई महिला एवं पुरुषको समस्याहरूको छुट्टाछुट्टै सूचीकृत गर्नुहोस् । जब दुवै समूह फेरि सँगै छलफलमा आएपछि पुरुषहरूलाई महिलाहरूको समस्या समाधानको लागि कसरी मद्दत पु¥याउन सक्दछ भनेर सोध्नुहोस् । जसमा घरको नजिकै शौचालय, पुरुषले पनि पानी संकलन तथा बोकेर ल्याउने काम, बच्चाहरूसँग धेरै समय बिताउने आदि कामहरूमा मद्दत पु¥याउन सक्दछ । महिला र पुरुषबीच निकै ठूलो भिन्नता रहेको अवस्थामा महिलाहरूले आफ्नो समस्याको बारेमा पुरुषहरूको भन्दा पहिले छुट्टै छलफल गरेको राम्रो हुन्छ ।

खानेपानीमा सुाधारको लागि बाधाहरू

समुदायमा सुरक्षित पानी नहुनाको धेरै कारणहरू हुन सक्दछ । समस्याहरूमा खासगरी पैसाको अभाव, खानेपानी प्रणाली निमार्ण गर्ने ज्ञानको कमी, सरकारी मद्दतको अभाव, समुदायमा जनसहभागिताको अभाव आदि पर्दछ । सधैंभरी सुरक्षित खानेपानी वितरणको लागि एक एक गरी वाधाहरूको पहिचान तथा निराकरण गर्दै लानु पर्दछ । खानेपानी वितरण प्रणालीमा सुधार एवं सम्भार निम्न लिखित अवस्थामा गर्नु पर्दछ ।

  • तुरुन्तै गरिने सुधार जस्तैः धेरै पानी, सजिलै पहुँच वा कम बिरामी कम लागत ।
  • दैनिक गतिविधमा केही परिवर्तन गरेर ।
  • स्थानीय वातावरणमा सुधार जस्तैः कम भन्दा कम हिलो, कम लामखुट्टे वा बगैंचाको लागि धेरै पानी ।

समुदायभित्रै समाधानको उपायहरू पत्ता लगाउनु

इतिहासमा पूर्वकालदेखि हरेक समुदायले पानी पत्ता लगाउने, ढुवानी गर्ने र पानीको संरक्षण गर्ने उपायको विकास गरेका हुन्छन् । मानिसहरूले बाँसको सहायताले पानी पत्ता लगाउन पानी तलबाट माथि ओसार्न, पानी संकलन गर्नेका लागि विभिन्न किसिमका संरचनाहरूको निर्माण र वृक्षारोपण पानीको स्रोत र सिमसार क्षेत्रको संरक्षणको लागि गरेका छन् । उनीहरूले छिमेकका समुदायसँग पानी साझेदारी गर्ने सम्झौता गरेको छ । पानीसम्बन्धी द्वन्द्व हुनबाट रोक्न र पानीको संरक्षण गर्ने कार्यले भावी सन्ततीको लागि पानीको स्रोत बचाउन मद्दत गर्दछ । साथै पानी संकलन र प्रशोधन गर्ने नयाँ नयाँ उपाय अपनाएर पानी सुरक्षित एवं पर्याप्त गर्न सुनिश्चित गर्दछ ।

गाउ“लेहरूले विकास कार्यकर्तालाई सिकाएको पाठ

कोलम्बियाको एक गाउँमा विकास कार्यकर्ताहरूको समूह गाउँलेहरूलाई पानीको स्रोतको संरक्षण गरी झाडापखालाविरुद्ध लड्न सिकाउन आएको थियो । उनीहरूले गाउँको खानेपानी स्रोत नजिकैको पानीको मुहान हेर्न गए । मूल नजिकै रहेको गाईबस्तु तथा भूक्षयले पानीको मुहानलाई प्रभावित गरिरहेको पाए । विकास कार्यकर्ताले उनीहरूलाई दुईवटा साधारण समाधानको उपायहरू बताए । पानीको मुहान जोगाउन चारैतिर तार जालीको छेकबार लगाउने वा गाईबस्तुहरूलाई अन्य कुनै ठाउँमा चराउन लैजाने सल्लाह दिए । गाउँलेहरूले उक्त सल्लाह मन पराएनन् । उनीहरूले तारको छेकबार मानिसहरूले चोरेर लाने र उनीहरूसँग गाईबस्तुको लागि छुट्टै चरणको व्यवस्था गर्न पर्याप्त जग्गा तथा पैसा नभएको बताए । तर समस्या हेरेर उनीहरूले एउटा काम लाग्ने उपाय लिएर आए । उनीहरूले एक दिन सबै गाउँलेहरू मिलेर काँडेदार रुख बिरुवा पानीको मुहानको माथिल्लो भागमा रोपे । यसले गर्दा गाईबस्तुलाई मुहानको तल्लो भागको पानी खान बाध्य ग¥यो । यसो गर्दा गाउँको समस्याको समाधान भयो ।

पानीको स्रोतको संरक्षण

पानी, सतही पानी (नदीबाट, झरनाको पानी, तालको पानी वा पोखरीको पानी) वा भूमिगत पानी (जमीनमुनिको पानी संकलन र मूल वा ईनारबाट आउने पानी) को रूपमा पाइन्छ । सतही पानी प्रायः प्रदूषित हुने भएकोले बिना प्रशोधन पिउन प्रयोग गर्नु हुँदैन (पृष्ठ ९२ देखि ९९) । भूमिगत पानी प्रायः कीटाणु मुक्त हुन्छ किनकी यो बालुवा र माटोबाट छानिएर बगेको हुन्छ । तथापि भूमिगत पानी प्राकृतिक रूपमा पाइने खनिज पदार्थहरू जस्तैः आर्सेनिक र फ्लुराइड (पृष्ठ ६१) बाट प्रदूषित भएको हुन्छ । ढलको पानी फुटेर ,सेफ्टी ट्याङ्की वा शौचालय वा फोहर फाल्नाले वा उद्योगबाट र कृषि क्षेत्रबाट विषाक्त रसायनहरू पानीमा मिसिनबाट प्रदूषित हुन सक्दछ ।

जब जमीन र पानीको बाटोलाई राम्ररी हेरविचार गरिंदैन, भूमिगत पानीको मात्रा खतरापूर्ण रूपमा कम भएर जान्छ । जब जमीनमा रहेको रुखबिरुवालाई काटिन्छ, वर्षाको पानी जुन पहिले माटोमा सोसेर भूमिगत पानीको रूपमा सञ्चित हुने गर्दथ्यो, भेलको रूपमा नदीहरू र समुन्द्रमा मिसिन पुग्दछ ।

सतही पानी र भूमिगत पानीको संरक्षण गर्ने सबभन्दा राम्रो उपायः

  • दिगो खेतीपातीको अभ्यास गर्ने (अध्याय १५) ।
  • सुरक्षित शौचालयको निर्माण तथा उपभोग (अध्याय ७) ।
  • पानी संकलन हुने जलाधार क्षेत्रको संरक्षण गर्ने काम (अध्याय ९) ।

जब पानीको स्रोतको वरिपरि मानिसको बसोबास हुन्छ र उपयोग हुन थाल्छ, यसको संरक्षण कठिन हुँदै जान्छ । उद्योग संचालित ठाउँमा पानीको अत्याधिक उपभोग तथा प्रदूषित भएर जान्छ र पानीको आवश्यकता हुने मानिसले पनि यो समस्याबाट जोगिन सकिंदैन । यस्ता समस्याहरूको समाधान मानिसहरू एकजुट भएर पानी सुरक्षाको लागि सरकार माथि दबाब सृजना गर्नुका साथै उद्योगहरूलाई नियमको पालना गर्न लगाएर गर्न सकिन्छ ।

संरक्षित इनार

भूमिगत पानी तान्ने विभिन्न खाले ईनारहरू हुन्छ । सबैभन्दा साधारण चाहीं हातले खनेको कुवा हो । सबैभन्दा महङ्गो चाहिं धेरै गहिरोसम्म पाइपको सहायताले धारा राखी पानी तान्ने किसिमको पम्पलाई भनिन्छ ।

ईनार मानिसले पानी पिउन्जेल उपयोगी हुन्छ । समुदायको लागि राम्रो ईनार चार्हि ईनारको गहिराई र खन्ने प्वाल पार्ने र निर्माण सामग्रीहरूमा भर पर्दछ । प्रायःजसो समयमा साधारण ईनार जसबाट बाल्टिनको सहायताले पानी तान्ने गरिन्छ, अरु पम्पको सहायताले पानी तान्ने महङ्गो ईनारभन्दा राम्रो मानिन्छ । बढी संख्यामा रहेको कम गहिरो ईनार एउटा बढी गहिरो डिपवेलभन्दा राम्रो मानिन्छ किनकी एउटा सुकेर गएपनि अरुबाट पानी प्राप्त गर्न सकिन्छ ।

सुरक्षित ईनार र पानी कुवा बनाउने चरणहरू

ईनार खन्नु पूर्व यो सबैको पानी आपूर्ति गर्न सक्ने ईनार हो भनी सुनिश्चित गर्नुपर्दछ । इनारको पानी निम्न लिखित अवस्थामा खनेमा असुरक्षित हुन जान्छ ।

  • चर्पीको धेरै नजिकमा, ढलको पाइप, फोहर थुपार्ने खाल्डो वा गाईबस्तु राख्ने ठाउँको नजिकमा खनेको ईनार राम्रो हुँदैन । ईनार यी सबैभन्दा कम्तिमा ३० मिटर टाढा राख्नु पर्दछ ।
  • उद्योगधन्धा संचालन हुने ठाउँ, खानी संचालन हुने ठाउँ, तेल उत्खनन् हुने ठाउँ, अत्याधिक रसायनिक मल एवं विषादीको उपयोग हुने खेतबारीको नजिकै वा फोहरमैला बिसर्जन गर्ने ठाउँमा ईनार खनेमा ।
  • फोहर पानी तथा सतही पानी बगेर ईनारमा मिसिने अवस्थाको ठाउँ ।

साधारण सुधारबाट पानीलाई संक्रमित हुनबाट जोगाउन सकिन्छ । उदाहरणको लागि सफा भाँडो र डोरी मात्र ईनारको पानी झिक्न प्रयोग गर्ने । कुवाको चारैतिर माटो राख्ने, ईट्टा वा ढुङ्गाबाट बनेको रिङ्ग हालेर पानीलाई सुरक्षित गर्न सकिन्छ । कुवाको सतहलाई चिल्लाएर कुवा खस्नबाट र सुक्नबाट रोक्न सकिन्छ र गहिरो ईनार बनेर बढी पानी संकलन गर्न सकिन्छ । (कुवा सुरक्षित बनाउने केही उपायहरू अर्को पृष्ठमा चित्रमा हेर्नुहोस्)

ईनार खन्नुभन्दा पहिले वा पानीको वितरण प्रणालीमा महङ्गो सुधार ल्याउनुभन्दा पहिले स–साना सुधारको उपायहरूलाई हामी आफ्नो पानीको स्रोतलाई सफा गर्न प्रयोगमा ल्याएर उपयोग गर्नेतर्फ सोच्नुपर्दछ ।

कुवाको पानी कहिल्यै सिधैं पिउनु हुँदैन । पानीलाई कपडाले छानेर वा केही बेरसम्म स्थिर रहन दिएर पनि जीवाणुहरूलाई हटाउन सकिन्छ । अन्य पानीको प्रशोधनको प्रक्रियाहरू पेज ९२ देखि ९९ मा देखाइएको छ ।

पारिवारिक ईनारको सुरक्षा

सरकारद्वारा वा स्थानीय एवं अन्तर्राष्ट्रिय संस्थाद्वारा निर्मित ईनार वा पम्पहरू धेरै समुदायमा पाइन्छ । यस्ता गहिरो तथा बन्द ईनारहरूको पानी मानिस र जनावरबाट संक्रमित हुनबाट सुरक्षित हुन्छ । कतिपय अवस्थामा ईनारहरू धेरै पुरोनो भएकोले पम्पहरू काम गर्न छाडेकोले वा मर्मत गर्न जान्ने मान्छे त्यहाँबाट बाहिर गैसकेको वा चाहिने सामग्रीहरू नपाएकोले प्रयोगमा आईरहेको छैन । यसको कारण सफा पानीको वितरण सधैंभरी पु¥याउन सकिंदैन । फलस्वरूप मानिसहरू आफ्नो आवश्यकता आपूर्ति गर्न घण्टौं टाढा संक्रमित पानी संकलन गर्न जानु पर्दछ । अफ्रिका महादेशको केही भागमा सुरक्षित घरायसी ईनारले ट्युबवेललाई पूर्णतया बिस्थापन गरेको छ ।

सुरक्षित पारिवारीक ईनार एउटा साधारण हातले खनेको कुवा हो जसको भित्तमा लाईनिङ्ग गरेको हुन्छ र सिमेन्टको छोप्ने स्ल्याब, पानी तान्नको लागि ठाउँ र पानी संकलन गर्ने प्लेटफर्म आदि पर्दछ । यी सबै कुराले ईनारलाई सुरक्षित गर्दछ । यी सबैको सुरक्षित व्यवस्था र सुरक्षित तरीकाले पानी उपभोग गर्दा पारिवारीक ईनार पनि अति सुरक्षित हुन सक्दछ ।

ईनार कहा“ खन्नु पर्दछ ?

ईनार खन्दा नजिकैको ईनारमा पानी छ कि छैन भनेर हेर्नु पर्दछ । अरु नजिकै ईनार निकै गहिरो छ भने भूमिगत पानी निकै गहिरोमा प्राप्त हुन्छ जुन हातले खन्नलाई गह्रो हुन्छ । ईनार खन्ने ठाउँ राम्रो छ भनेर पत्ता लगाउन अर्को राम्रो उपाय भनेको वर्षैभरी धेरै पानी चाहिने बिरुवाहरूको उपस्थिति हुनु हो । गहिरो ठाउँहरूमा प्रायःजसो अग्लो ठाउँमा भन्दा बढी पानी पाइन्छ । तर गहिरो ठाउँमा ईनार खन्न यसलाई वर्षात्को पानीबाट सुरक्षित गर्नुपर्दछ ।

ईनारको भित्तामा पर्खाल वा रि· लगाउने

निकै साह्रो माटो भएको ठाउँमा ईनारको भित्तामा रिङ्ग वा ईट्टाको पर्खाल लगाउनु जरुरी देखिंदैन । तर पनि माथिको १–२ मिटरसम्म पर्खाल लगाउनु बुद्धिमानी हुन्छ । जसले गर्दा पर्खाल भत्कनबाट जोगाउन सकिन्छ । पुरै ईनारमा पर्खाल लगाए पनि निकै भरपर्दो हुन्छ । तर पछि फेरि ईनार गहिरो खन्नु प¥यो भने गाह्रो हुन्छ । ईनारमा ढुङ्गाको पर्खाल वा पोलेको ईट्टाको पर्खाल वा सिमेन्टको कङक्रिटको पर्खाल लगाउने गरिन्छ ।

डोरी, बकेट र खम्बा

खम्बाको सहायताले पुल्ली झुण्ड्याई ईनारको पानी तान्न सजिलो होस् भनेर बकेटको डोरी बेर्ने व्यवस्था गर्नुपर्दछ । पछि पम्प फिट गर्दा खम्बा सजिलै निकाल्न सकिन्छ । डोरीको छोउमा बकेट बाँध्नुहोस् । सकेसम्म फलामको सिक्रीको व्यवस्था गर्नुपर्दछ । किनकी यसमा जीवाणु बस्ने कम सम्भावना हुन्छ । तर यो महङ्गो हुन्छ । डोरी सस्तो भएको कारण चुँडिएको खण्डमा तुरुन्तै अर्को नयाँ लगाउन सकिन्छ ।

पानी तर्काउने सतहको व्यवस्था

पानी तर्काउने सतहको सहयताले बढी खेर जाने पानीलाई ढलसम्म तर्काउन सकिन्छ । यसले गर्दा ईनारको चारैतिर पानी जमेर हिलो हुन नदिनुको साथै जीवाणु एवं कीरा पनि जन्मन दिंदैन । जीवाणुहरू फुटेको भागमा जम्ने पानीमा जन्मिने भएको हुनाले पानी तर्काउने सतह राम्ररी बनाउनु पर्दछ ।

ईनारको मर्मत एवं सम्भार गर्ने

ईनारमा फोहर बाल्टिन वा डोरी खसाल्नाले पानी सजिलै प्रदूषित हुन पुग्दछ । ईनारको पानी सफा राख्न एउटा छुट्टै बाल्टिन सँधै ईनारमा मात्र उपभोग गर्नलाई राख्नुपर्दछ । पानी संकलन गर्नुभन्दा पहिले नै हात सफा गर्नु र ईनारको चारैतिर छेकबारको व्यवस्था गरी गाईबस्तुलाई ईनारभन्दा परै राख्नुपर्दछ ।

ईनारको पानी संरक्षण गर्न तपाईहरूले निम्न तरीका अपनाउन सक्नुहुन्छ

  • ईनारको ढकनी सदैव बन्द गरेर राख्नुपर्दछ ।
  • पानी तर्काउने सतह र ढल सधैं सफा राख्नुपर्दछ ।
  • पुल्ली र चेनमा ग्रीसको उपयोग गरी यसको उपयोग सजिलो बनाउन सकिन्छ ।
  • बच्चाहरूलाई ईनारको नजिक र पम्पसँग खेल्न दिनु हुँदैन ।
  • ईनारको चारैतिर बार लगाई गाईबस्तुलाई टाढा राख्नुपर्दछ ।
  • ईनारको हेरचाह गर्ने एकजना संरक्षकको व्यवस्था गर्नु पर्दछ ।

ईनार र धाराबाट बढी भएको पानी बाहिर पठाउने

पानी संकलन गर्दा पोखिने गर्दछ । पानी खाल्डोमा जम्मा भएपछि लामखुट्टे फैलिने ठाउँको रूपमा विकसित हुन्छ र मलेरिया फैलाउने र अन्य रोग निम्त्याउने हुन्छ । ईनार, धारा, भण्डारणबाट निस्कने निकास र अन्य पानी संकलन गर्ने ठाउँमा राम्रो ढलको व्यवस्था हुनु पर्दछ । बढी भएको पानीको राम्ररी उपयोग गर्न ईनारको चारैतिर रुख वा तरकारीको करेसाबारी लगाउने पर्दछ र पानी त्यही पठाउनु पर्दछ । रुख रोप्नु वा करेसाबारी बनाउन नसकेमा जमीनमा खाल्डो बनाई ढुङ्गा, ग्राभेल र बालुवाले भर्नु पर्दछ जसले पानी सोस्न मद्दत गर्दछ । यसलाई सोकपिट पनि भनिन्छ । यसले पानी जमेर लामखुट्टे फैलिनबाट रोक्न मद्दत गर्दछ ।

ईनारबाट पानी तान्ने

ईनारबाट पानी माथि तान्न पम्प चाहिन्छ । पम्पलाई काम गर्न विभिन्न किसिमको ऊर्जा चाहिन्छ । जसमा विद्युत्, ग्याँस, सौर्य ऊर्जा वा मानव शक्ति समावेश हुन्छ । पम्पको उपयोग कठिन भएमा वा बिग्रेको खण्डमा मानिसहरूले असुरक्षित ठाउँबाट पानी संकलन गर्न थाल्दछन् ।

पम्प रोज्ने तरीका

सबै पम्पमा एउटा कुरा समान हुन्छ । पम्प नचलेको खण्डमा पानी हुँदैन । आफैले बनाउन सक्ने, चलाउन सक्ने र मर्मत गर्न सक्ने पम्प सबैभन्दा भरपर्दो हुन्छ । स्थानीय स्तरमा पाइने मेकानिकले बनाउन र मर्मत गर्न सक्ने पम्प नै राम्रो हुन्छ । पम्प छान्न तलको विधिहरू अपनाउन सकिन्छ :

  • के पम्प महिला र पुरुष दुवैले चलाउन सक्छन् ? समुदायमा पम्प छान्दा के महिलाहरूलाई समावेश गरिएको थियो ?
  • पम्प चलाउन चाहिने ऊर्जा कुन प्रकारको उपलब्ध छ ? धेरै महङ्गो इन्धन वा विद्युत् नभएको ठाउँमा विद्युत्बाट चल्ने पम्प रोज्नु हुँदैन ।
  • के पम्प बिग्रेको खण्डमा स्थानीय स्तरमै पाइने पार्टपूर्जाबाट मर्मत गर्न सकिन्छ ?
  • के छिटोछिटो बिग्रिने पम्प तर स्थानीय स्तरमै बनाउन सक्ने पम्प राम्रो कि धेरै समयसम्म चल्ने तर बिग्रेको खण्डमा बनाउन नमिल्ने पम्प राम्रो ?

डोरीबाट पानी तान्ने पम्पः सस्तो र सुलभ तरीकाले पानी तान्ने तरीका

डोरीबाट पानी तान्ने पम्प परम्परागत समयदेखि चलिरहेको चीनमा डिजाइन गरिएको पम्प हो । यसले १५ मिटर गहिरो ईनारबाट पानी सजिलै निकाल्न मिल्दछ । जसरी मानिसले पाङ्ग्रालाई घुमाउँदछ, पानी पाइपको माध्यमबाट माथि आउँदछ र धाराबाट बाहिर निस्कन्छ । यो पम्प निकै कम खर्चमा बनाउन सकिन्छ र सजिलै जडान गर्न सकिन्छ । सबभन्दा छिटो बिग्रने भाग चाहिं यसको डोरी हो जुन फेर्नुभन्दा पनि जोडेर पम्प सुचारु गर्न सकिन्छ । धेरै देशहरूमा डोरीबाट पानी तान्ने पम्पको उपयोग गरेको पाइन्छ । किनकी यसलाई चाहिने सामग्रीहरू स्थानीय स्तरमै पाइन्छ । (स्रोत हेर्नुहोस्)

पानीको मुहानलाई सुरक्षित गर्ने

भूमिगत पानी सतहसम्म आएर बग्ने ठाउँलाई मूल भनिन्छ । मूलको पानी चट्टान, बालुवाबाट छानिदै अएर छिटो बग्ने भएको हुनाले यसलाई सुरक्षित पानी भन्न सकिन्छ, जबसम्म यो सतहमा आएर प्रदूषित भइसकेको हुँदैन । मूलको पानी सुरक्षित छ कि छैन भनेर हेर्न यसको स्रोत हेर्नु पर्दछ (जहाँबाट जमीन बाहिर आउँछ) र यो प्रश्नहरूको उत्तर खोज्नुपर्दछ ।

  • के यो साँच्चैको मूल हो या कुनै सतही पानी बगेर केही दूरीसम्म भूमिगत भई मूलको रूपमा बगेको हो ? यदि यसो हो भने यो मूलको पानी प्रायः प्रदूषित भएको हुन्छ र केवल वर्षात्को मौसममा मात्र बग्ने गर्दछ ।
  • के मूलको माथि ढुङ्गामा ठुलो खुल्ला भाग छ ? यदि छ भने वर्षात्को बेला मूलको पानी हेर्नुहोस् । यदि पानी निकै धमिलो छ भने सतही भेलबाट प्रदूषित हुन सक्दछ ।
  • के मूलको ठीक माथि वा वरिपरि प्रदूषणको स्रोतहरू छन् ? पनि प्रदूषित हुन सक्छ । मूलको नजिकै गाईबस्तु चर्ने चौर, चर्पी, सेप्टी ट्याङ्क, खेतबारीमा विषादी वा रसायनिक मलको उपयोग भएको वा अन्य मानव क्रियाकलाप यसमा समावेश हुन सक्छ ।
  • के मूलको वरिपरिको १५ मिटरसम्म खुकुलो माटो वा बालुवा छ ? जसले गर्दा भेलको पानी प्रदूषित भई भूमिगत पानीमा मिसिन जान्छ र मूलको पानी प्रदूषित हुन जान्छ ।

मुहानको वरिपरिको क्षेत्र सुरक्षित गर्ने

मूललाई सुरक्षित गर्नु, ईनार वा कुवा खन्नुभन्दा सस्तो पर्दछ । मूललाई एक पटक सुरक्षित पारेमा पाइपको सहायताले समुदाय नजिकै पानी ल्याउन सकिन्छ । मूलको नजिकैको क्षेत्र सुरक्षित पार्न चारैतिरबाट छेकबार लगाउनु पर्दछ र चारैतिर ढल खनी भेलको पानी र फोहर पानी तर्काउनु पर्दछ । यसो गर्दा गाईबस्तु पनि टाढा राख्न मद्धत पुग्दछ ।

मूलको चारैतिर स्थानीय रुखबिरुवा रोप्नाले अझ राम्रो सुरक्षा प्रदान गर्दछ । यसले गर्दा भूक्षयको रोकथाम तथा पानी संकलन गर्ने रमणीय ठाउँको विकास हुन्छ ।

मूल बाकस बनाएर पानी जम्मा गर्ने

मूल बाकस एउटा बन्द गर्न सक्ने कंक्रिट ईंट र मसलाको सहायताले बनाएर मूलको पानीलाई प्रदूषित हुनबाट जोगाउन मद्दत पुग्दछ । यसले पानी सिधै मूलको नजिकै वा पाईपको सहायताले गाउँ टोलसम्म लगेर संकलन गर्न सकिन्छ वा भण्डारण गर्न सकिन्छ । यस्ता किसिमको मूल बाकस भूँईंको ढाँचा वा स्थानीय सामग्रीहरूको मद्दतले बनाउन सकिन्छ ।

पाइप र मूल बाकस छिटो छिटो सफा गर्नु पर्नेहुन्छ

मूल बाकस बेलाबेलामा जाँच गरी राख्नु पर्दछ जसले गर्दा सँधैभरी सुरक्षित पानी पाई राख्ने कुरा सुनिश्चित गर्न सक्दछ । लेदो, पात पतिङ्गर, मरेको जनावरहरू एवं अन्य सामग्रीहरू पाईप र मूल बाकसमा जम्मा भई पाईपलाई बन्द गर्न सक्दछ र पानीलाई प्रदूषित गर्न सक्दछ । पाईपको मुखमा तारको जाली राखी असुरक्षित वस्तुलाई पाइपमा पस्नबाट रोक्न सकिन्छ । तारको जालीलाई पटक पटक सफा गरेर सधैंभरी पानी सुचारु रूपले पाईराख्न सुनिश्चित गर्न सकिन्छ ।

आकाशे पानी संकलन

आकाशे पानीको संकलन एउटा सरल र भरपर्दो सुरक्षित पानी वितरणको उपाय हुन सक्दछ । वर्षात्को पानी अत्याधिक वायु प्रदूषण भएको बाहेकको ठाउँमा सुरक्षित खानेपानी हुन सक्दछ । आकाशे पानी संकलन गर्नु खानेपानीको अभाव र सुरक्षित पानीको आवश्यकता दुवैको लागि एउटा राम्रो समाधानको उपाय बन्न सक्दछ ।

जमीन माथिको संकलन ट्याड्ढीहरू घरको नजिकै राख्न सकिन्छ । घरको छानाले आकाशे पानी जम्मा गर्दछ र ट्याङ्कीमा संकलन गर्न सकिन्छ । जस्ता वा फलामले बनेको छानाबाट पानी संकलन गर्न राम्रो हुन्छ । परालले छाएको छानामा धेरै धुलो हुने भएकोले सुरक्षित हुँदैन । सिसा, एसवेसटस, वा कालेपत्रले बनेको छानाको पानी विषाक्त हुन सक्दछ र असुरक्षित हुन्छ । पानी संकलन गर्ने ट्याङ्की सधैं सफा राख्नु पर्दछ र कहिले पनि विषाक्त रसायन जस्तैः विषादी र तेल भण्डारण गरेको हुनुहुँदैन ।

जमीनमा आकाशे पानी एवं भेलको पानी संकलन गर्न सकिन्छ । जमीनमा खाल्टो खनी तल्लो भागमा मलिलो माटो, टाइल, कङक्रिट वा प्लाष्टिक ओछ्याएर पानी संकलन गर्ने जलाधार बनाउन सकिन्छ । यो भण्डारण गाईबस्तुलाई पानी खुवाउन, नुहाउनको लागि पानी जम्मा गर्नको लागि उपयोग गरिन्छ । यदि यो जलाधार भण्डारणलाई खानेपानीको लागि उपयोग गर्ने हो भने यसको चारैतिर छेकबार लगाएर गाईबस्तुलाई टाढा राख्नुपर्दछ । भूईमा यसरी जम्मा गरेको पानी खानलाई सफा गर्नुपर्दछ ।

भूईंमा वा छतमा जम्मा गरेको आकाशे पानी भूमिगत ट्याङ्कीमा पनि भण्डारण गर्न सकिन्छ । यसरी पानीलाई चिसो र सुरक्षित छोपेर राख्न सकिन्छ । यो जमीन माथि बनाउने भण्डारण ट्याङ्की र किनेर राखिएको ट्याङ्कीभन्दा सस्तो हुन्छ ।

आकाशे पानीलाई सुरक्षित खानेपानी बनाउने तरीका

आकाशे पानीलाई खानेपानीको रूपमा सुरक्षित बनाउन यसलाई संक्रमण हुनबाट जोगाउनु पर्दछ । संकलित पानी सुरक्षित छ भनेर सुनिश्चित गर्न निम्न लिखित उपायहरू अबलम्बन गर्नुपर्दछ ।

  • वर्षात्को समय शुरु हुनुभन्दा पूर्व ट्याङ्की पाइप, छाना र छानाको गट्टर सफा गर्नुपर्दछ ।
  • भण्डारण गर्ने वस्तु कहिले पनि तेल, विषादी वा अन्य कुनै विषाक्त रसायन राख्न उपयोग भएको हुनु हुँदैन ।
  • वर्षको पहिलो वर्षात्को पानी ट्याङ्क भएर बाहिर फाल्नु वा सफा गर्नु पर्दछ ।
  • ट्याङ्कलाई छोपेर राख्नुपर्दछ र पानी संकलन हुने ठाउँमा वा मुखमा जालीको व्यवस्था गरी कीरा, पातपतिङ्गर र धुलोलाई बाहिरै छान्नु पर्दछ । यसले गर्दा लामखुट्टेको पनि विकास हुनबाट रोक्न सकिन्छ ।
  • सकेसम्म धाराको प्रयोग गरी पानी निकाल्नु पर्दछ । अन्य कुनै भाँडो अथवा बकेटको सहायताले पानी संकलन गरेमा यी भाँडाहरू सफा हुनु पर्दछ ।
  • थप सुरक्षाको लागि क्लोरिनको झोल राख्नुपर्दछ (पृष्ठ ९९) वा पानी छान्ने मेसिन जोड्नु पर्दछ (पृष्ठ ९६) ।
  • पानीलाई चलाउनु वा घोल्नु हुँदैन जसले गर्दा पानीमा भएको कीटाणु र धुलो ट्याङ्कको पिँधमा गएर बस्दछ ।
  • घरको छानालाई समय समयमा बढारेर सफा राख्नुले पनि सफा आकाशे पानी संकलन गर्न सकिन्छ ।

मरुभूमिमा आकाशे पानी संकलन

राजस्थानको थार मरुभूमिमा पोखरीको रूपमा आकाशे पानी संकलन गर्ने गरिन्थ्यो जसलाई नादी भनिन्थ्यो । गाउँका सबै मानिस र अन्य त्यस गाउँ भएर हुँदै जाने मानिस नादीमा संकलन गरेको वर्षाको पानी उपयोग गर्ने गर्दछ । नादीको व्यवस्थापन एवं मर्मत सम्भार गर्न गाउँका हरेक मानिस मिलेर काम गर्दछन् । पौराणिक कानूनले नादीको वरिपरि एवं नादीमा पानी आउने ठाउँका नजिकका रुखहरू काट्न रोक्दछ । गाईबस्तुहरू नादीबाट पर राखिन्छ । नादीको नजिकै मानिसहरूलाई दिसा पिसाब गर्नबाट बञ्चित गरिन्छ । हरेक महिनाको औंसीको दिनमा गाउँलेहरू मिलेर नादीमा जम्मा भएका बालुवा एवं माटोलाई पन्छाउने काम गरिन्छ । यसरी खन्दा नदी गहिरो हुनुको साथै पिंधमा जम्मा भएको कीटाणुहरू पनि सफा पार्न मद्दत पुग्दछ । खनिसकेपछि गाउँलेहरू फेरि पानीलाई जम्न दिन्छन् जसले गर्दा फेरि स्थिर भएर सफा पानी जम्मा हुन्छ । यसरी समुदाय समूहगतरूपमा पानीको संरक्षण गर्दछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका



© 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate