सबै समुदायका हरेक व्यक्तिलाई स्वास्थ्यको अधिकार तथा सफा, स्वच्छ एवं स्वस्थ्य वातावरणको अधिकार हुन्छ । तर प्रायःजसो यी अधिकारहरूको सम्मान गरिंदैन । अति आधारभूत आवश्यक चिजको अभावबाट वा वातावरणमा पाइने अत्यधिक खतरनाक पदार्थबाट धेरै मानिसहरूको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ । यस्ता प्रभावबाट खासगरी बढी प्रभावित र सम्वेदनशील समुदायमा खासगरी, समुदाय, धर्म, लिंग, जात, गरिबी वा अन्य कारणले निम्न स्तरमा पर्ने व्यक्तिहरू बढी प्रभावित हुने गरेको पाइन्छ । उनीहरू सम्भवतः नराम्ररी र पहिले प्रभावित हुन्छन् ।
शक्तिशाली व्यक्तिहरूबाट सफा, स्वस्थ्य, उन्नतशील र रमाइलो वातावरणमा बाँच्ने अधिकारको हनन्विरुद्ध प्रभावित व्यक्तिको लडाईलाई वातावरणीय न्याय भनिन्छ ।
संसारमा यस्ता वातावरणीय स्वास्थ्य अन्यायमा परेका धेरै प्रभावित समुदायका कथाहरू छन् । यस वातावरणीय न्याय र स्वास्थ्यको अधिकारको लागि लडिरहेको विभिन्न मानिसका कथाहरू भन्न सकिन्छ । यस अध्यायमा यस्तै कथाहरू भन्न खोजिएको छ ।
डसेम्बर ३ तारिख सन् १९८४ को रात भोपाल, भारतमा घटेको दर्दनाक घटना हो यो । भोपालका एक धेरै जनघनत्व तथा गरिब बस्तीमा अवस्थित एउटा विषादी उद्योगबाट निकै ठूलो मात्रामा विषालु ग्याँस निष्केर हावामा मिसिन गयो । उद्योगका आपतकालीन सूचना प्रवाह पद्धति बन्द रहेको कारण नजिकैको समुदायले कुनै किसिमको सावधानीको सूचना पाएन ।
विषालु ग्याँसले त्यस रात धेरै मानिसको ज्यान लियो । तीन दिनपछि करिब ८००० मानिसहरूको मृत्यु भैसकेको थियो तर विनाशको अन्त यत्तिमा मात्र सीमित भएन । वास्तवमा यो त शुुरुवात मात्र थियो । अहिलेसम्मको २० वर्षयता, २० औं हजारभन्दा बढी मानिसहरू त्यस ग्याँसको प्रभावबाट मरिसकेका छन् । धेरैलाई सिकिस्त र विकराल किसिमको बिरामीहरू जस्तैः श्वास प्रश्वासको समस्या तथा कठिनाई, सँधैभरी कफ, ज्वरो, हातखुट्टा सुन्निएको, कमजोरी, डर, त्रास, मनोवल गिरेको तथा क्यान्सर समेतबाट प्रभावित भएको पाइयो । बच्चाहरू तथा दोस्रो पुस्ताका बच्चाहरूमा समेत विभिन्न किसिमका जन्मजात समस्याहरूमा खासगरी खुट्टाहरू लङ्गडो, ढिलो बढ्ने, प्रजनन तथा स्नायु प्रणालीसम्बन्धी धेरै समस्याहरूबाट प्रभावित भएका छन् । करिब १ लाख ५० हजारभन्दा बढी मानिसहरू भोपालमा यी विषालु ग्याँसबाट प्रत्यक्ष प्रभावित भएका छन् ।
आजसम्म पनि विषालु ग्याँस चुहिएको ठाउँहरू सफा गरिएको छैन र ती बन्द भएका उद्योग दर्दनाक घट्नाको प्रतिविम्व भएर बसिरहेको छन् । विषाक्त रसायनहरू त्यत्तिकै हावामा मिसिएर रहेको र भूमिगत जल प्रदूषित भैरहेको छ । धेरै मानिसले पाउनु पर्ने आवश्यक स्वास्थ्य सेवा कहिले पाएनन् । यसकारण भोपालका मानिसहरूले घटना विगतमा घटेको भनेर विश्वास वा सोच्दैनन् । उनीहरूले यो घटना अझै जारी छ र उनीहरूले हरेक दिन यसलाई झेल्नुपर्छ भनेर सोचिरहेका छन् ।
उक्त विषादी उद्योग एक बहुराष्ट्रिय कम्पनीको हो । जुन धेरै देशहरूमा सञ्चालित छ । यसलाई यूनियन कार्वाइड कम्पनी भनिन्छ । बाँचेका मानिसहरूलाई थाहा छ की उनीहरूको जिन्दगी यसरी प्रभावित गर्ने कुरा ठीक होइन । प्रभावित व्यक्तिहरूसँग आफ्नो बिमारीको जाँचको लागि पैसा र काम गर्न नसक्ने परिवारको सदस्यहरूको हेरचाह गर्न पैसा छैन । उनीहरूले यसको जिम्मेवारी कम्पनीले लिनुपर्ने भने.र माग गरिरहेको छन् । तर यूनियन कार्वाइड कम्पनीको भनाईमा खतरा त्यहाँ काम गर्ने मजदुरको कारणले भएकोले घटनाको जिम्मेवारी लिन चाहँदैनन्
अरु मानिसहरू जस्तैः अधिकार र न्यायको लागि संघर्ष गरिरहेका छन्, भोपाल घटनाबाट प्रभावित व्यक्तिहरू । उनीहरूलाई थाहा छ की उनीहरूको गरिबीले समस्यालाई अझै जटिल मात्र बनाउँदैन, यो घटना घट्नुको ठूलो कारण पनि उनीहरूको गरिबी नै पनि हो ।
भोपालको दुर्घटना एउटा दुःखद घटना थियो र हो जुन कहिले पनि नघट्नुपर्ने थियो । तर यो जति दुःखदायी हुुनमा कुनै आश्चर्य मान्नु पर्ने कुरा छैन । “तर किन...?” अभ्यासले यस भोपाल दुर्घटनाको जरासम्म पुग्न मद्दत गर्दछ ।
संसारभरीमा गरिब र निम्न वर्गका मानिसहरू बस्ने स्थानमा संस्थानहरूले प्रदूषित उद्योगहरू, हानीकारक वस्तुहरूको भण्डारणलगायत खतरापूर्ण औद्योगिक प्रतिष्ठानहरूको स्थापना गर्ने गरेको पाइन्छ । यसरी गरिब देश र गरिब समुदाय खतरनाक उद्योग, उत्पादनहरू र प्रदूषणको भण्डारण गर्ने ठाउँमा परिणत हुन्छ । तसर्थ वातावरण संरक्षण भन्नाले खाली वातावरणीय स्वास्थ्य मात्र नभईकन हामीले दैनिक उपभोगका वस्तुहरूमा गर्ने परिवर्तन, उपभोगपछि फाल्ने बानीमा मात्र नभएर कसरी शक्तिशालीले आफ्नो शक्तिको दुरूपयोग गर्दछ र हामी मध्ये निकै समस्या झेलीरहेको सम्वेदनशील व्यक्तिलाई अझै बढी स्वास्थ्य समस्या झेल्न बाध्य बनाउने बारे छ ।
भोपाल ग्याँस दुर्घटनाबाट बाँचेका मानसिहरू सबै मिलेर काम गर्दै उनीहरूको दुःखबारे कम्पनीलाई जिम्मेवार बनाउन र ध्यानाकर्षण गराउन लागिपरे । उनीहरूले भोक हडताल, गरेर आफ्नो कुरा नसुनेसम्म केही खान पिउन मानेनन् । उनीहरूले खाना र पानीबिना ७५० किलोमिटर (४६६ माइल) पैदल यात्रा गरी राज्यको राजधानी गए । उनीहरू देशको राजधानी दिल्ली पनि पैदल गई न्यायको माग गरे । महिलाहरू राज्यको मुख्य मन्त्रीको कार्यालय अगाडि टेण्ट हालेर धर्नामा बसे । तीन महिनासम्म त्यहीं क्याम्प चलाए । दिन प्रतिदिन बिहानदेखि रातीसम्म आफ्नो मागहरू बुलन्द पारे
घटनाको धेरै वर्षपछि मात्र अदालतले यूनियन कार्वाइड कम्पनीलाई अमेरिकी डलर ४७० मिलिएन डलर (४७ करोड डलर) सरकारलाई तिर्न आदेश दियो । यो एउटा महत्वपूर्ण विजय थियो । तर यो पर्याप्त थिएन । धेरैजसो पैसा प्रभावित जीवित व्यक्तिहरूसम्म पुगेन ।
यूनियन कार्वाइड कम्पनीलाई अर्को डाउ नाम गरेको कम्पनीसँग बेच्ने बित्तिकै डाउ कम्पनी यसको जवाफदेहिता बोक्नबाट अस्वीकार गर्न थाल्यो वा प्रभावित व्यक्तिहरूको उपचार खर्च दिन मानेन । यसरी नत भारतीय सरकार, जहाँ घटना घटेको थियो नत अमेरिकी सरकार जहाँ दुवै कम्पनी (डाउ र यूनियन कार्वाइड) अवस्थित छ, ले प्रभावित व्यक्तिलाई न्याय दिलाउन चाहेनन् ।
तत्पश्चात् घटनाबाट बाँच्न सफल व्यक्तिहरूले संगठित रूपमा अन्तर्राष्ट्रिय स्तरमा न्यायको लागि वकालत गर्न जारी राखे । उनीहरूले विद्यार्थीहरू, वातावरणमा काम गर्ने समूहहरू र मानवअधिकारका लागि काम गर्ने संस्थाहरूसँग सहयोग जुटाए । संसारभरीका मानिसहरूको सहयोग गर्दा भोपाल घटनाबाट प्रभावित जीवित व्यक्तिहरूले न्यायको लागि आफ्नो माग दुवै यूनियन कार्वाइड र डाउ केमिकल कम्पनीको मुख्यालयमा जम्मा गराए । यसरी यी मानिसहरूले अरुलाई पनि आफ्नो समस्याकोबारेमा ध्यानाकर्षण गराउन भोक हडताल गर्न र आवश्यक पहल गर्न उत्प्रेरणा प्रदान गरे । सबैजना मिलेर आ–आफ्नो परिवारलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न लागि परे । अन्य हानिकारक घटनाबाट प्रभावित व्यक्तिलाई पनि सघाए र बाँच्न मद्दत गरे
भोपालका लागि पंक्तिबद्ध भएर “भोपाल फेरि नाई” भनेर नारा बुलन्द पारे । उनीहरूको एउटै उद्देश्य भने भविष्यमा यस्तै पुनः अर्को वातावरण्ीय घटना नघटोस् भनेर थियो । अन्तर्राष्ट्रिय स्तरमा वकालत गरेर उनीहरूले संसारभरीका मानसिलाई खतरनाक रसायनको दिर्घायु प्रभावबारे शिक्षा दिए । भोपाल ग्याँसका घटनाबाट जीवित मानिसहरूले सबैलाई यस्ता औद्योगिक घटना जहाँपनि जुनसुकै बेला घट्न सक्दछ र गरिब जहिले पनि अरुभन्दा अत्यधिक प्रभावित हुन्छ भन्ने कुरा जनायो । अधिकार र न्यायको लागि उनीहरूको संघर्ष र प्रयास अन्य कुनै सामुदायिक संगठनहरूको लागि नमूना बनेको छ ।
लामो समयसम्म कुनै व्यक्तिले एउटा खतरनाक रसायनको सम्पर्कमा आयो भने यसले धेरै ठूलो खतरा निम्त्याउँदछ । भोपालको घटनामा हजारौं मानिसहरू एकैचोटी विषालु ग्याँस श्वासप्रश्वास र छालाको माध्यमबाट प्रभावित भएका थिए । यो एउटा अल्पकालीन तुरुन्तै हुने घटना थियो । तर रसायनिक घटनापश्चात उक्त ठाउँमा कुनै किसिमको सरसफाइ नभएको कारण रसायन उद्योगको चारैतिर फैलियो, शहरको माटो र खानेपानी समेत विषाक्त भए । अहिले पनि निकै वर्षपछि मानिसले रसायनबाट प्रदूषित पानी पिउन बाध्य छन् र यसलाई हामी अहिले पनि घटिरहेको घटनाको रूपमा लिन्छौं ।
जहाँसम्म भोपालको जस्तो ठूलो रसायनिक प्रदूषणले निम्त्याएको घटना होस् वा सँधैभरी विषालु रंग रोगन, घोल वा अन्य साधारण पदार्थबाट हुन सक्ने प्रभावलाई न्यूनीकरण गर्न पहिले गर्नुपर्ने कुरा भनेको यी रसायनहरूभन्दा टाढा राख्नु हो, जसले गर्दा यसको सम्पर्कमा धेरैबेरसम्म आउन नपरोस् । त्यसपछि भविषयमा हुन सक्ने सम्पर्कलाई रोक्न सक्नुपर्दछ (विषालु रसायनबाट हनु सक्ने स्वास्थ्य समस्याबारे विस्तृत जान्न अध्याय १६ हेर्नुहोस्)
भोपालका मानिसहरू वातावरणीय न्यायको लागि संघर्षरत छन् । साथै उनीहरू घटनाबाट प्रभावित व्यक्तिहरूको उपचारमा पनि जुटेको छ । घटनाका जीवित मानिसहरू र अन्य स्वंयम्सेवकहरू मिलेर एउटा “सम्भावना” नाउँ गरेको स्वास्थ्य चौकीको स्थापना गरी सम्पूर्ण समुदायलाई स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आएको छ । यसको लागि कुनै धर्म र जातसम्बन्धी केही भिन्नता ल्याएको छैन । हिन्दी शब्द सम्भावनाको अर्थ संस्कृतमा “सम्भाव्यता” हो ।
सम्भावना स्वास्थ्य चौकी वातावरणीय स्वास्थ्यको लागि एउटा नमूना हो । यो सम्भव भएसम्म सुरक्षित एवं दिगो रूपमा सञ्चालित छन् । उदाहरणका लागिः
भोपाल घटनाबाट बाँचेका जीवित व्यक्तिहरूले सामुदायिक रूपमा गरेको कामबाट लामो समयसम्मको लागि स्वास्थ्य तथा सबैको हितको लागि खेलेको भूमिका संसारका मानिसहरूको लागि वातावरणीय अधिकार तथा न्यायको लागि लड्न प्रोत्साहन प्रदान गर्दछ । यी खतरनाक रसायनहरूबाट सृजित समस्यालाई न्यूनीकरण गर्ने निम्न सिद्धान्तहरू उपयोगी सावित भएका छन् ।
उद्योग एवं सरकारले प्रायःजसोे वातावरणीय प्रभावलाई खतराको रूपमा आत्मसात गरेको पाइन्छ । यहाँसम्मकी भोपालमा भएको घटनालाई पनि विकासको लागि केही खतरालाई स्वीकार गर्न सक्नुपर्दछ भनिएको रहेछ । यसको सिधा मतलब के हो भने केही व्यापारीको मुनाफालाई सुचारु राख्न हामी जस्तैः मानिस मध्ये सम्वेनदशील व्यक्तिहरूको जीवनको बलि दिइन्छ । मुनाफाको यस्तो रूप कुनै पनि हालतमा त्यत्ति धरै मात्रामा हानी पु¥याउनु र मानिसको स्वास्थ्यमा र स्वास्थ्य वातावरणमा बाँच्न पाउने अधिकारको हनन्सँग मान्य हुँदैन । यदि यूनियन कार्वाइड कम्पनी वा भारतीय सरकारले थोरै भए पनि सतर्कताका सिद्धान्तबाट निर्देशित भएको भए (पृष्ठ ३२ मा) भोपाल विषाक्त ग्याँसबाट सृजित घटनालाई सायद हुनबाट रोक्न सकिन्थ्यो होला ।
सुरक्षा संयन्त्रले खतरा घटाउन सक्दछ । तर कुनै किसिमको सुरक्षा प्रणाली अपनाएको खण्डमा पनि उद्योगहरूमा केही न केही खतराको सम्भावना भने जहिले रहिराख्दछ । यदि हामीले यस्ता खतराको सम्भावनालाई रोक्न सक्दैनौं भने यसको प्रभाव सबैमा बाँडिनु पर्दछ नकी केवल गरिब मानिस र नजिकका समुदायमात्र सदैव प्रभावित हुन परोस् । दीर्घकालीन रूपमा सकेसम्म अत्यधिक सुरक्षित हुन उद्योगहरूलाई मुनाफा भन्दा पनि सुरक्षा र दिगोपनालाई बढी मान्यता दिनेगरी सञ्चालन तथा संगठित गरिनु पर्दछ । यो पूरा गर्न औद्योगिक प्रतिष्ठानहरूले सुरक्षित तथा अत्यधिक न्यायपूर्ण ढङ्गले काम गर्नुपर्दछ र सरकारले पनि यी औद्योगिक प्रतिष्ठानहरूलाई जवाफदेही बनाउन सक्नु पर्दछ । यसको लागि हामीले हाम्रो नेताहरू र सरकारमा निर्णय लिने सत्तासिन शक्तिशाली अधिकारीलाई पूर्णतया सतर्कताको सिद्धान्तबाट निर्देशित निर्णय गर्न माग गरेर वातावरणीय अधिकारलाई प्रोत्साहन गर्न सकिन्छ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका ।
Last Modified : 2/19/2020