অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

पानीलाई खानयोग्य सुरक्षित बनाउने तरीका

पानीलाई खानयोग्य सुरक्षित बनाउने तरीका

सुरक्षित पानीको स्रोत जस्तैः मुल वा सुरक्षित ईनारको संरक्षण एवं उपयोग गर्नु संक्रमित स्रोतको पानी जस्तैः नदीको पानी, कुवाको पानी संकलन गरी संशोधन गरेर खानु भन्दा राम्रो हुन्छ । तर संक्रमित स्रोतको पानी, पानीको गन्ध र स्वादले मानिसले खान अस्वीकार गरेमा वा पानी संकलन गरी घरमा लगी भण्डारण गरेको सबै अवस्थामा पानीको प्रशोधन गर्नुपर्दछ । खानेपानीको वितरण प्रणालीबाट संकलित पानी ट्याङ्कीको पानी र ईनारको पानीलाई पनि पिउनु पूर्व यदि संक्रमित रहेको छ भने प्रशोधन गरिनु पर्दछ ।

पानीको चाहिने मात्रा, पानीमा मिसिएको प्रदूषक के वस्तु हो ? कसरी भण्डारण गरिएको छ र के कति स्रोतहरू उपलब्ध छन् आदिमा पानीको प्रशोधन गर्ने तरीकामा भर पर्दछ । जुन तरीकाले पानी प्रशोधन गरेको भएपनि पानीलाई स्थिर हुन दिएर माथिको थिग्रिएको सफा पानी अर्को भाँडोमा खन्याउनु वा निसंक्रमण ९म्ष्कष्लाभअतष्यल० गर्न पूर्व पानीलाई छान्नु राम्रो हुन्छ (पृष्ठ ९४)। यसले गर्दा धमिलो माटोको कणलाई हटाउन सकिन्छ । माटोको धमिलोपना हटाएको खण्डमा पानीलाई निसंक्रमण गर्न सजिलो र बढी भरपर्दो बनाउँदछ ।

तल देखाइएको विधिहरूले पानीमा भएको रसायनिक÷ विषाक्त रसायनहरूबाट पानीको सुरक्षा गर्दैन । विषाक्त रसायन भएको पानी कहिले पनि पिउन, नुहाउन र लुगा धुनको लागि सुरक्षित हुन सक्दैन । यसले क्यान्सर, छालाको रोग, बच्चा नोक्सान हुने वा अन्य स्वास्थ्य समस्याहरू निम्त्याउँदछ ।

पानीलाई जीवाणुबाट सुरक्षित बनाउन तलका दुई चरणमा अपनाईएको विधिः छान्ने र निसंक्रमण गर्ने विधि अपनाउनुहोस् ।

पानीको स्थिरिकरण

पानीलाई स्थिर राख्दा, धमिलो माटोको कणहरू ठोस पदार्थ, जीवाणुहरू, कीराहरू जसले साना तिना बिरामी निम्त्याउन सक्छ । भाँडोको पिँधमा गएर जम्दछ । पानीलाई ५–६ दिनसम्म स्थिर गरेर राखेमा जीवाणुको संख्या निकै घट्छ । तर कुनै कुनै जीवाणु जस्तैः न्ष्बचमष्ब नामक जीवाणुलाई लामो समयसम्म पनि भण्डारण गरी राखेमा पनि मार्न सकिंदैन । यसको लागि अर्को प्रशोधनको विधि अपनाउनु पर्दछ । पानी थिग्रिसकेपछि छान्ने क्लोरिनको झोल हाल्ने र सौर्यको किरणबाट निसंक्रमित गर्नु पर्दछ ।

तीन गाग्री प्रविधि

तीन गाग्री प्रविधिमा पानी स्थिर भई जीवाणुहरू र ठोस वस्तु भाँडोको पिँधमा गएर जम्मा हुन्छ । यो प्रविधि एउटा भाँडोमा मात्र पानीलाई स्थिर हुन दिनुभन्दा बढी सुरक्षित हुन्छ तर पनि यसले पानीलाई पूर्णतया जीवाणु मुक्त बनाउन सक्दैन । तीन गाग्रीबाट पानी सफा गर्ने तरीका पछि पानीलाई अवश्य पनि निसंक्रमित गरिनु पर्छ (पृष्ठ ९७) ।

बिहान, पहिलो दिनः एउटा गाग्रीलाई पानीले भर्ने । माथिको मुख छोपेर दुई दिनसम्म थिग्रिन दिने ।

बिहान, दोश्रो दिनः दोश्रो गाग्रीमा पानी भर्ने मुख छोपेर दुई दिनको लागि छोड्ने । पहिलो गाग्रीको फोहर थिग्रिन शुरु भईसकेको छ ।

बिहान, तेश्रो दिनः पहिलो गाग्रीको सफा पानी तेश्रो खाली गाग्रीमा राख्ने, पानी खन्याउँदा पहलो भाँडा नं. १ को पिंधमा रहेको माटो अर्को भाँडो नं. ३ मा नजाओस् भन्ने सुनिश्चित गर्नुपर्छ । अब तेश्रो गाग्रीको पानी निसंक्रमण– को लागि तयार भइसकेको छ । पहिलो गाग्रीको सतहमा भएको फोहर पानी र माटो बाहिर खन्याउने । पहिलो गाग्रीलाई सफा गरी पानी भर्ने । छोपेर दुईदिनसम्म थिग्रिन दिने, यो पाँचौ दिनमा पानी निसंक्रमणको लागि तयार हुन्छ ।

चौंथो दिन, बिहानः निसंक्रमणको लागि दोश्रो गाग्रीबाट तेश्रो गाग्रीमा सफा पानी खन्याउने । दोश्रो गाग्रीलाई सफा गरेर फेरि पानी भर्ने । सफा पानीको गाग्री (गाग्री नं. ३) लाई केही दिनमा उमालेको पानीले सफा गर्नुपर्छ । सफा पाइपको माध्यमले पानीलाई एउटा भाँडोबाट अर्कोमा खन्याउँदा सिधै पानी खन्याउनुभन्दा कम थिग्रिएको माटो कम हलचल हुन्छ ।

बोटबिरुवाको प्रयोग

धेरै ठाउँमा मान्छेहरूले खानेपानी सफा राख्ने बोटबिरुवाको प्रयोग गर्दछन् । पूर्वी अफ्रिकामा मोरिंगाको बीऊ प्रयोग गरिन्छ । फिलिपिन्समा मोरिंगालाई मालुङ्गे भनिन्छ । भारतमा हर्सरेडिस वा सोइजन, हैटी र डोमिनिकन रिपब्लिकमा बेन्जोलिभको रुख भनिन्छ । मारिङ्गा बीऊको प्रयोग गर्न ।

पानी छान्ने प्रक्रिया

कीटाणु रहित पानी छान्ने धेरै तरीकाहरू छन् । कुनै फिल्टर जस्तैः सेरामिक फिल्टरलाई विशेष किसिमको उपकरण चाहिन्छ जबकि अरु फिल्टरलाई विशेष उपकरण चाहिंदैन र सजिलै थोरै वा धेरै पानी निसंक्रमित गुर्नभन्दा पूर्व छान्न सकिन्छ ।

कपडा फिल्टर

बंगलादेश र भारतमा खानेपानीबाट हैजाको कीटाणु हटाउन राम्ररी बुनेको कपडाले बनेको फिल्टरको प्रयोग गरिन्छ । किनकी हैजाको कीटाणु पानीमा पाइने साना जनावरसँग टाँसेको हुन्छ र फिल्टर गर्दा जनावरसँगै हैजाको कीटाणु पनि छानिन्छ । यस प्रविधिबाट गुनियाको कीटाणु पनि छान्न सकिन्छ । हामीले साधारतया सारी बनाउने कपडा जस्तैः रुमाल, नाइलन वा अरु कुनै कपडाबाट कपडा फिल्टर बनाउन सकिन्छ । नयाँ कपडा भन्दा पुरानो कपडाले राम्रो काम गर्छ किनकी पुरानो कपडाको रेशाले गर्दा राम्रो फिल्टर प्रक्रियाको लागि सानो एवं राम्रो बनाउँदछ ।

१.पानीलाई भाँडोमा थिग्रिन दिनुहोस जसले गर्दा ठोस पदार्थहरू तल पिंधमा थिग्रिन्छ ।

२. कपडालाई ठीक चार दोब्बर मोडेर भाँडोको मुखमा बाँध्नुहोस् वा मुख राम्ररी छोप्ने गरी सिधा पार्नुहोस् ।

३. पहिलो भाँडोको पानी बिस्तारै अर्को भाँडोमा खन्याउनुहोस् । जहिले पनि एउटै तर्फबाट कपडा प्रयोग गर्नुहोस् । नभए कीटाणु पानीमा जान सक्छ । कपडाको प्रयोगपछि धोएर घाममा सुकाउनुहोस् । यसले गर्दा कपडामा रहेको सबै कीटाणु मर्छ । वर्षा याममा ब्लिचबाट कपडा निसंक्रमण गर्नुहोस् । छानेको पानी भर्ने भाँडोलाई २ देखि ३ हप्तामा सफा गर्न सुनिश्चित गर्नुहोस् ।

सेरामिक फिल्टर

एउटा सानो फिल्टर माटो पेलेर बनाउन सकिन्छ । यसरी बनाएको फिल्टरमाथि चाँदीको लेप लगाएको हुन्छ जसले पानीमा भएको जीवाणुलाई मार्दछ । साधारण तालीम प्राप्त कुम्हालेले पनि यो फिल्टर बनाउन सक्छ । (अन्य विस्तृत जानकारीको लागि स्रोत हेर्नुहोस्)

कसरी कोइलाको फिल्टर बनाउने

यो फिल्टर सजिलै बनाउन सकिन्छ र थोरै पानीबाट पनि कीटाणु हटाउन सकिन्छ । सामग्रीः दुईवटा धातु वा प्लाष्टिकको बाल्टिन, हथौडा, एक दुई वटा ठूलो किला, एक बाल्टिन खस्रो बालुवा, बाल्टिनको एक चौंथाई कोइला । एउटा बाल्टिनको पिंधमा प्वालहरू पारेर सफा गर्ने जसलाई फिल्टर बाल्टिन भनिन्छ । सफा पानी नआउन्जेल बालुवालाई पखाल्ने । कोइलालाई स–सानो टुक्रा पार्ने । एक्टिभेटेड कोइलाले राम्रो काम गर्छ तर साधारण कोइलाले पनि काम चल्छ । ब्रिकेट ९द्यचष्त्रगष्ततभक० विषालु हुने भएकोले कहिले प्रयोग गर्नु हुन्न ।

फिल्टर बाल्टिनमा ५ से.मी. सफा बालुवा राखी माथिबाट पानी हाल्ने । पानी प्वालबाट निस्कनुपर्दछ । यदि प्वालबाट पानी ननिस्केमा प्वाल ठूलो पार्ने । प्वाल ठूलो भएको खण्डमा बालुवा पनि पानीसँगै बाहिर निस्कन्छ । यसो भएमा बालुवा हटाएर प्वाल माथि पातलो सफा कपडा राखी पुनः बालुवा राख्ने ।

बालुवामाथि ८ से.मी. कोइलाको धुलो राख्ने । अब १० से.मी. तल हुने गरी बाल्टिनमा बालुवा भर्ने ।

दोश्रो बाल्टिनको माथि दुईवटा लठ्ठी राखी फिल्टर बाल्टिनलाई माथि अड्याउने । संकलन गर्ने भाँडोमा सफा पानी नआउन्जेल फिल्टर बाल्टिनमा पानी खन्याइराख्ने । अब यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।

फिल्टर प्रयोग गर्नको लागि संकलन गरिएको पानी फिल्टरमा राख्नु पहिले थिग्रिन दिनुपर्छ। खानेपानी तलको सफा बाल्टिनमा संकलन हुन्छ । फिल्टर गरेपछि सुरक्षित हुनको लागि निसंक्रमण गरिनुपर्छ (पृष्ठ ९७ देखि ९९) । फिल्टर गर्दा कोइलामा कीटाणु टाँसिएर हुर्किने हुँदा केही हप्तामा कोइलालाई सफा गरिनु राम्रो हुन्छ । यदि फिल्टरको प्रयोग दैनिक हुन्छ भने अथवा केही दिनसम्म यसको प्रयोग नभएमा पनि सफा गर्न जरुरी हुन्छ ।

कसरी घरमा प्रयोग हुने बालुवाको फिल्टर बनाउने

यो एउटा घरमा सुरक्षित, अति प्रभावकारी र सस्तो पानी छान्ने प्रविधि हो । यो फिल्टरले सानो परिवारलाई चाहिने पर्याप्त पानी छान्न सकिन्छ (कम्तिमा ५० लिटर प्रति दिन) ।

एउटा २०० लिटरको पानी नचुहिने भाँडोलाई सफा गरी ब्लिचिङ्ग पाउडरले निसंक्रमित गर्ने । भाँडोमा कुनै किसिमको विषाक्त पदार्थ नभएको सुनिश्चित गरिनु पर्दछ ।

माथिबाट १÷३ को भागमा एउटा प्वाल बनाउने र भल्भ वा धारा लगाउने । प्वाल ठीक धाराको फिटिङ्गको साइज बराबरको मात्र हुनुपर्दछ । (उदाहरणको लागि धाराको फिटिङ्ग १२ मिलिमिटर छ भने १२ मिलिमिटरको प्वाल मात्र बनाउने ।) प्वालमा धारा फिट गर्नुहोस् र पुटिङ्गको माध्यमले राम्ररी पानी नचुहिने किसिमले फिक्स गर्नुहोस् । यदि ईट्टाको ट्याङ्कीको प्रयोग गरिएको छ भने भल्भलाई सिमेन्टले राम्रो जमाउनु पर्दछ ।

पानी संकलन गर्ने नरम पाइप तयार गर्नुहोस् । पाइपको तल्लो भागबाट ३५ से.मी.सम्म स–साना प्वाल बनाउने र छेउलाई पूर्णतया बन्द गर्ने । प्वालहरू तलतिर पर्ने गरी पाइपलाई गोलाकार बनाएर भाँडोको पिंधमा राख्ने ।

पाइपको माथिल्लो भाग धारामा जोड्ने । पाइपलाई धारामा क्लाम्प अथवा तारको सहायताले बाँध्ने ।

अब सफा ढुङ्गाको एक तह पानी संकलन गर्ने पाइपलाई छोप्ने गरी पिंधमा बिछ्याउने । गेगर ढुङ्गालाई सफा मसिनो कपडाले छोप्ने र भाँडोलाई नदीको सफा बालुवाले १० से.मी. तलसम्म भर्ने । फेरि बालुवालाई अर्को सफा मसिनो कपडाले छोप्नु पर्दछ ।

भाँडोलाई छोप्ने ढकनी बनाउनुपर्दछ । ढकनीको माथि पानी खन्याउनको लागि एउटा प्वाल बनाउने । प्वालको सिधा तल एउटा चाक्लो ढुङ्गा वा थाल राख्नुपर्दछ जसले गर्दा पानी खन्याउँदा बालुवामा हलचल हुँदैन । यसरी तयार भएको फिल्टरमा पानीले सफा गरिसकेपछि उपयोग गर्न तयार हुन्छ ।

बालुवाको फिल्टरको उपयोग एवं सम्भार गर्ने तरीका

बालुवाको फिल्टरको केही दिन प्रयोग पछि एक किसिमको हरियो तह (ब्याक्टेरिया र अल्गी) बालुवामाथि बनेर आउँदछ । यसले पानी प्रशोधनमा मद्दत गर्ने भएकोले यसलाई अटाउनु हुँदैन । यो हरियो तहलाई काम गर्न सधैंभरी बालुवा पानीले ढाकेको हुनुपर्दछ । (यसैको लागि धारा जहिले पनि बालुवाको भाग भन्दा अलि माथि हुनुपर्दछ ।) फिल्टरमा पानी सधैं हाल्नुहोस् एवं सफा पानी पनि सधैंभरी निकाल्नुहोस् । यदि फिल्टर सुकेर गएमा यो राम्ररी काम गर्न छोड्छ । फेरि सफा गर्नुपर्ने तथा पुनः बनाउनु पर्ने हुन्छ ।

पानीमा भएको ठोस पदार्थलाई थिग्रिन दिनको लागि फिल्टरमा खन्याउनु पूर्व केहीबेर स्थिर राख्नुपर्दछ । यसले गर्दा फिल्टरलाई सफा गरी राख्नुपर्ने जरुरी हुँदैन । किनकी फिल्टरमा सफा पानी नै प्रवेश गर्दछ । पानी खन्याउँदा झरना जस्तो गरेर पानी पठाएको खण्डमा पानीमा मिसिने अक्सिजनले पानीको स्वाद मिठो पार्दछ ।

जब फिल्टरबाट पानीको बहाब घट्दै जान्छ, फिल्टरलाई सफा गरिनुपर्ने हुन्छ । सबै पानी बगाएर हरियो तह सहित करिब १ से.मी. माथिको बालुवाको तह पनि हटाउनु पर्दछ । धेरै पटकको सफाइ पछि जब बालुवाको सतह आधाभन्दा बढी निस्किसकेपछि बाँकी सबै बालुवा एवं ढुङ्गालाई नयाँ बालुवा एवं ढुङ्गा राख्नुपर्दछ र पुनः शुरु गरिनु पर्दछ । एक वर्षमा करिब १ देखि २ पटक यस्तो गर्नु पर्ने जरुरी हुन्छ ।

आर्सेनिक फिल्टर

पानीबाट आर्सेनिक हटाउन, एउटा अर्को फलामको किला भएको भाँडो स्याण्ड फिल्टरको माथि राख्नुपर्दछ । ३ देखि ५ के.जी.सम्मको सानो आकारको फलामको किला राख्नुपर्दछ । ग्याल्भेनाइज्ड किल्लाको उपयोग गर्नुहुन्न किनकी किल्लामा खिया लाग्नु जरुरी हुन्छ । आर्सेनिक फलामको खियामा बाधिन्छ र खानेपानीबाट हटेर जान्छ । (विस्तृत जानकारीको लागि स्रोत हेर्नुहोस् ।)

पानीलाई निसंक्रमित गर्ने

पानीलाई निसंक्रमित गर्नाले यसमा भएको जीवाणु एवं कीराहरू मरेर जान्छ र पानी खानको लागि सुरक्षित हुन्छ । पानी निसंक्रमित गर्ने राम्रो उपायहरू उमालेर, सौर्य किरणको उपयोगबाट वा क्लोरिन झोलको उपयोग गरेर गर्न सकिन्छ ।

महत्वपूर्णः विषाक्त रसायनबाट यो प्रविधिले पानी सुरक्षित हुँदैन ।

उमालिएको पानी

पानी तताउने भाँडोमा पानी हाल्नुहोस् । उम्लन शुरु भएपछि भाँडो झिक्नुभन्दा पहिले एक मिनेटसम्म उम्लन दिनुहोस् । पहाडी भेगमा कीटाणु मार्न पानीलाई तीन मिनेटसम्म उमाल्नुपर्छ । किनकी पहाडी भेगमा पानी न्यूनतम तामक्रममा उमालिन्छ ।

उमालेको पानीको स्वाद फरक हुन्छ । उमालेको पानी सेलाएपछि बोतलमा खन्याई जोडले हल्लाउनुपर्छ । हल्लाउँदा पानीमा हावा मिसिन्छ र स्वाद बढ्छ ।

दाउरा अभाव भएको ठाउँमा पानी उमाल्न गाह्रो हुन्छ । खाना पकाइसकेपछि पानी तताउने तयारी गर्नुपर्छ तर आगो निभ्नुभन्दा पहिले तताएमा दाउराको खपत घटाउन सकिन्छ

कसरी सूर्यको किरणबाट पानीलाई निसंक्रमण गर्ने

सूर्यको किरणबाट पानीलाई निसंक्रमित गर्नु एउटा प्रभावकारी उपाय हो जसमा सूर्यको किरण र बोतल मात्र चाहिन्छ । थिग्राएर वा छानेर पानी सफा गरेमा सूर्यको किरणबाट छिट्टै निसंक्रमित गर्न सकिन्छ । सूर्यको किरण निकै कडा हुने इक्वेटरको नजिकका देशहरूमा राम्ररी काम गर्दछ । इक्वेटरभन्दा जति टाढा दक्षिण वा उत्तर दिशामा हामी जान्छौं, सूर्यको किरणबाट पानी निसंक्रमित गर्न उत्ति नै बढी समय लाग्दछ । (सूर्यको किरणबाट पानी निसंक्रमित गर्नेबारे थप जानकारीको लागि स्रोत हेर्नुहोस् )

प्लाष्टिक वा सिसाको बोतल वा प्लाष्टिकको व्यागलाई राम्ररी सफा गर्नुहोस् । प्लाष्टिकको बोतलले यसको लागि बढी उपयुक्त हुन्छ ।

बोतलमा आधा पानी भर्नुहोस् र २० सेकेण्डसम्म राम्ररी हल्लाउनुहोस् । यसले गर्दा पानीमा हावाको थोपाहरू मिसिन्छ । त्यसपछि बोतल पुरा भर्नुहोस् । पानीमा भएको हावाको थोपाहरूले पानीलाई छिट्टै निसंक्रमित पार्दछ ।

पानी भरेको बोतललाई छहारी नभएको र मानिस एवं जनावरले नचलाउने ठाउँमा जस्तैः घरको छानामा राख्नुहोस् । कम्तिमा बोतललाई ६ घण्टा पुरै सूर्यको किरणमा वा बादल भएको दिनमा २ दिनसम्म घाममा राख्नुहोस् ।

पानी सिधै बोतलबाट पिउन सकिन्छ । जसले गर्दा हात वा अन्य भाँडोबाट हुने संक्रमणबाट बच्न सकिन्छ ।

सूर्यको किरणबाट पानी छिटो र पूर्ण निसंक्रमण सोलर कुकरभित्र बोतल राखेर पनि गर्न सकिन्छ (पृष्ठ ३६४) ।

निबुवाको रस (कागतीको रस)

एउटा कागती÷निबुवाको रस एक लिटर पानीको बोतलमा राखी करीब ३० मिनेटसम्म छाड्नुपर्दछ । यसले धेरै हैजाको जीवाणु लगायत अन्य जीवाणुलाई समेत मार्दछ । यसले पानीलाई पूर्णतया सुरक्षित गर्दैन तर केही कुनै किसिमको पानी प्रशोधन नभएको हैजा संक्रमित क्षेत्रमा यो राम्रो उपाय हो । सूर्यको किरणबाट वा तीन गाग्री प्रविधिबाट पानी निसंक्रमित गर्नु अगावै पानीमा निबुवाको रस राख्नाले पानीलाई सुरक्षित गर्न सकिन्छ ।

क्लोरिन

पानीमा भएको धेरै जीवाणुहरूलाई मार्न क्लोरिनको प्रयोग सस्तो र सजिलै गर्न सकिन्छ । क्लोरिन थोरै प्रयोग गरेमा जीवाणु मर्दैन । क्लोरिन बढी प्रयोग गरेमा पानीमा स्वाद बिग्रिन्छ । सामुदायिक पानी वितरण प्रणालीमा यसको प्रयोग व्यक्तिगत घरभन्दा राम्रो गर्न सकिन्छ । घरधुरी स्तरमा पानी निसंक्रमित पार्न अर्को पृष्ठमा दिएको सुझाव राम्ररी हेर्नुहोस् । अत्याधिक मात्रामा क्लोरिनको प्रयोग वातावरण र मानिसको लागि हानिकारक हुन सक्दछ तर घरमा वा सामुदायिक पानीलाई निसंक्रमण गर्न प्रयोग हुने क्लोरिन प्रायः सुरक्षित हुन्छ । जीवाणुबाट हुने स्वास्थ्य समस्याबाट पीडित हुनुभन्दा क्लोरिनबाट पानी निसंक्रमित गर्नु सुरक्षित हुन्छ ।

कति क्लोरिन प्रयोग गर्ने ?

पानीमा प्रदूषणको मात्रा र प्रकार हेरी निसंक्रमित गर्न क्लोरिनको मात्रा कति चाहिन्छ भन्ने निक्र्यौल गर्न सकिन्छ । पानीमा जति बढी जीवाणुहरू छ यसबाट मुक्ति पाउनको लागि त्यत्तिनै बढी क्लोरिन चाहिन्छ । पानीमा क्लोरिनको मात्रा यसरी राख्नुपर्दछ कि यसले पानी भएको सबै जीवाणुलाई मारेर केही बढी हुने गरी क्लोरिनको मात्रा राख्नुपर्दछ । यसरी बाँकी रहेको क्लोरिनलाई फ्रि क्लोरिन पनि भनिन्छ । यसले पानीमा आउन सक्ने नया जीवाणुलाई मार्न उपयोगी हुन्छ । पानीमा फ्रि क्लोरिन भएमा यसको स्वाद र गन्ध केही क्लोरिनको जस्तो हुन्छ । यसले गर्दा पानी पिउन सुरक्षित छ भन्न सकिन्छ । यदि क्लोरिनको मात्रा धेरै छ भने पानीको गन्ध र स्वाद निर्कै टर्रो एवं नराम्रो हुन्छ । क्लोरिनको ठीक मात्रा प्रयोग गर्न हाम्रो क्लोरिन झोल कति कडा छ भन्ने थाहा पाउनु पर्दछ । क्लोरिन विभिन्न रूपमा आउँदछ जस्तैः ग्याँस, ब्लिचिङ्ग पाउडर, हाईटेष्ट हाइपोक्लोराइड ९ज्त्ज्०, घरमा उपयोग हुने झोल ब्लिच आदि । घरमा प्रयोग हुने ब्लिच क्लोरिन झोल सबभन्दा बढी प्रयोग हुने क्लोरिन झोलको रूप हो । यो पुस्तकमा घरमा ब्लिच क्लोरिनको उपयोग गरी पानी कसरी निसंक्रमण गर्न सकिन्छ भन्नेबार देखाइएको छ ।

घरमा उपयोग हुने ब्लिचमा फरक फरक मात्रामा क्लोरिन पाइन्छ । साधारणतया ३.५ % र ५ % को झोलमा पाइन्छ । पानीलाई निसंक्रमण गर्न चाहिने क्लोरिन ब्लिचको मात्रा सजिलै पत्ता लगाउन सकिन्छ । पहिले १% क्लोरिन ब्लिचको मुख्य झोल तयार पार्नु पर्दछ । हामीले यस झोललाई निसंक्रमण गर्न चाहिने पानीमा मिसाउनु पर्दछ । १% मुख्य क्लोरिन ब्लिच बनाउने तरीका

फोहर पानीः एक समस्या वा स्रोत ?

संसारमा पाइने पानीको मात्रा सधैंभरी एउटै रहने भएको हुनाले पानीको उपभोग फेरि फेरि गर्नुपर्दछ । तर भेलको पानी वा लुगा धुने पानी, खेतबारीमा लगाउने पानी, सरसफाइ गर्ने पानी वा उद्योगमा प्रयोग गर्ने पानीमा प्रायः जीवाणु र रसायनहरू मिसिएको हुनाले पिउन, नुहाउन र लुगा धुन असुरक्षित हुन्छ । खतरनाक विषाक्त रसायनहरू वा दिसा पिसाबबाट प्रदूषित नभएको पानीलाई साधारण प्रशोधन पश्चात पुनः प्रयोग गर्न सकिन्छ । प्रशोधनका उपाय र तरीका घरमा वा समुदायमा उत्सर्जन हुने फोहर पानीको मात्रा यसमा पाइने प्रदूषकको प्रकृति केको लागि उपयोग गर्ने हो र हामीसँग कति समय, ठाउँ र श्रमशक्ति पानी प्रशोधनको लागि खर्चिन सक्ने आदि कुरामा भर पर्दछ ।

ग्रेपानीको समस्या समाधान गर्ने उपाय

ग्रेपानी भन्नाले मानव मलमूत्र नमिसिएको घरबाट लुगा धुने वा अन्य घरायसी कामबाट उत्सर्जन हुने फोहर पानी हो । यदि हामीले नुहाउन वा लुगा धुन कुनै किसिमको विषाक्त साबुन वा क्लिनरको प्रयोग गरेको छैन भने यस्ता फोहर पानीलाई साधारण प्रशोधन पश्चात बगैंचामा पुनः प्रयोग गर्न सकिन्छ वा कुनै प्रशोधन बिनानै माटोमा बिसर्जन गर्न सकिन्छ ।

महत्वपूर्णः ग्रेपानी कहिले पनि खानको लागि सुरक्षित हुँदैन । हामीकहाँ धेरै किसिमको ग्रेपानी संकलन पद्धतिहरू छन् (स्रोत हेर्नुहोस्) । कुनै ग्रेपानी पद्धती राम्ररी काम गरेको रहेछ भन्नलाई यस प्रकारको हुनु पर्दछ ।

रिडबेड पद्धति (मानव निर्मित सिमसार) बाट ग्रेपानीलाई प्रशोधन गर्ने तरीका

प्राकृतिक रूपमा पानी सफा गर्ने उपायको अनुसरण गरी सिमसारको निर्माण गरी ग्रेपानीलाई प्रशोधन गर्न सकिन्छ । मानव निर्मित (रिडबेड) सिमसारबाट पानीलाई बिरुवा, माटो र चट्टानको माध्यमबाट छान्न सकिन्छ । पानीमा भएको पौष्टिक तत्व बिरुवाले लिन्छ र बिरुवामा भएको अक्सिजनले पानीलाई सफा गर्न मद्दत पु¥याउँछ । रिडबेड लेः बिरुवाको लागि चाहिने सिँचाईको लागि पानी दिन्छ । उमारिएको बिरुवाको अन्य उपयोगमा ल्याउन सकिन्छ । जस्तैः बाँस, वा रिंडड सधैंभरी जमिरहने पानीलाई राम्रो सुन्दर बगैंचामा परिणत गर्न सकिन्छ । महत्वपूर्णः मानव निर्मित सिमसारले मानव सिर्जित मलको प्रशोधन गर्न सकिंदैन ।

सिमसार बनाउने तरीका

मानव निर्मित सिमसार बनाउन निम्न कुराहरूमा ध्यान पु¥याउनु पर्दछ ।

  • सिमसारको लागि कति क्षेत्रफल एवं कति गहिरो बनाउनु पर्दछ ? प्रशोधन गर्नुपर्ने ग्रेपानीको मात्रा धेरै भएमा ठूलो क्षेत्र एवं बढी गहिराई भएको बेड बनाउनु पर्दछ । यदि पानी धेरै छिट्टो बग्दछ भने रिडबेडले राम्रो काम गरेको मानिंदैन ।
  • के पानीको स्रोत सिमसारभन्दा माथि छ कि ? सिमसार भएर पानी बगेकै हुनुपर्दछ । यसको लागि पानी कि त माथिबाट आउनुपर्दछ वा पम्प गरेको हुनुपर्दछ ।
  • सफा प्रशोधिन पानी कहाँ पठाउने ? के यो ट्यांकरमा संकलन गर्न सकिन्छ वा सिधै बगैंचामा लैजान सकिन्छ ?
  • सिमसार पर्याप्त जग्गा भएको कुनै ठाउँमा पनि बनाउन सकिन्छ । यदि जग्गाको अभाव छ भने जमीनमाथि बेसिनको प्रयोग गरेर पनि बनाउन सकिन्छ । जस्तैः एउटा २०० लिटर ड्रमको प्रयोग गरी सिमसार बनाउन सकिन्छ । पानी प्रशस्त बग्ने खाले माटो र उच्च भूमिगत पानी भएको ठाउँमा खाल्टो खनी मोटो प्लाष्टिक ओछ्याएर वा सिमेण्टको सहायताले पानी नआउने बनाउनु पर्दछ । मलिलो माटो पाइने ठाउँमा चाहिं यस्तो लाइनिङको जरुरी पर्दैन

शोधन गर्नुपर्ने पानीको मात्राः माटो र बिरुवाको प्रकार र अन्य अवस्थाहरूमा सिमसारको मर्मत सम्भारको आवश्यकता पर्दछ । हाम्रो सिमसार (रिडबेड) कसरी राम्रो काम गर्दछ भन्ने कुराबारे परीक्षण निम्न तरीकाले गर्न सक्दछ ।

यदि बिरुवा सुकेर जान्छ वा मर्दछ भने चाहिने पर्याप्त पानी नबगेको हुन सक्दछ । धेरै थप पानीको स्रोतहरू प्रणालीमा थप गर्न सकिन्छ । खाल्टो सानो र कम गहिरो बनाउन सकिन्छ वा नयाँ बिरुवा थप गर्न सकिन्छ ।

यदि पानी बगेन भने ठूलो ढुङ्गा, कम बालुवा वा पानी आउने पाइपलाई तल पार्नुपर्ने हुन सक्दछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 8/8/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate