मानव विकारहरू जस्तैः दिसा र पिसाबमा भएका कीटाणुहरूले पानी, खानेकुरा र माटो दूषित पार्दछ जसबाट गम्भिर स्वास्थ्य समस्या निम्त्याउँदछ (पृष्ठ ५१ देखि ५८) । चर्पी निर्माण तथा व्यवस्थापन गरी सुरक्षित तवरले मानव विकारहरू तह लगाउनाले र राम्ररी हात सफा गर्नाले कीटाणुहरू फैलन कम गर्दछ । यो हाम्रो स्वास्थ्यका लागि अत्यावश्यक पनि हो ।
तपाईको समुदायले चाहे खाल्डो ९एष्त० चर्पी प्रयोग गरोस् वा मानव विकारलाई मलमा परिणत गर्ने चर्पी, मानव विकारलाई पानीले बगाएर निकासमा मिसाउने प्रकारको चर्पी वा अरु नै कुनै प्रकारको चर्पी प्रयोग गरोस् तर यी सबैको मुख्य उद्देश्य भनेको मानव विकारबाट पिउने पानी, खानेकुरार हाम्रो हातहरू दूषित हुन नदिनु हो । सुरक्षित र आरामदायक चर्पी जति महत्वपूर्ण छ त्यति नै चर्पी प्रयोग गरिसकेपछि राम्ररी हात धुनु आवश्यक हुन्छ । सुरक्षित चर्पी र सफा गरी हात धुनु दुवैले मानव विकारबाट उत्पन्न कीटाणुहरूबाट सार्न सक्ने रोगहरूलाई कम गर्दछ
असुरक्षित चर्पी र ढल प्रणालीहरू भूमिगत पानी प्रदूषणका प्रमुख कारक हुन् । सफा पानीको अभाव भएकाले मानव विकारलाई पानी दूषित नहुने तवरले तह लगाउनु अत्यन्त बढ्दो महत्वपूर्ण हुन गएको छ
यदि मानिसहरूले आफ्नो व्यक्तिगत व्यवहार वा “बानी व्यवहार परिवर्तन” गरी सफारहे मात्र स्वास्थ समस्याहरू र सरसफाइको कमीले हुने मृत्यु रोक्न सकिने कुरामा केही स्वास्थ्यकर्मीहरू विश्वास गर्दछन् । तर बानी व्यवहार परिवर्तन गर्न प्रायः असफल हुन्छ किनभने मानिसहरूले आफ्नो दैनिक जीवनमा सामना गर्नुपर्ने विभिन्न अवस्थाहरू जस्तैः गरीबी, सफा पानीको अभाव वा एउटा राम्रो चर्पीको परिवर्तन हुँदैनन् । जब तिनीहरूका व्यवहारहरू परिवर्तन हुँदैनन् तब मानिसहरू आफै आफ्ना खराब स्वास्थ्यका दोषी हुन्छन्
दक्ष मानिसहरूले केही प्राविधिक समाधानहरू प्रस्ताव गर्न सक्छन् । जस्तैः पानी प्रयोग नहुने आधुनिक चर्पीहरू वा महङ्गा ढल निकास व्यवस्थापन पद्धतिहरू । तर यी प्राविधिक समाधानहरूले अरु कतैतिर काम गरे तापनि यसले समाजका परम्पराहरू र अवस्थाहरूलाई साथ दिन्छ भन्न मिल्दैन । यो पुस्तकमा देखाइएका केही चर्पीहरू केही समुदायहरूका लागि ठीक नहुन सक्छन् । मानिसहरूका संस्कृति, जीवनशैली र वास्तविक अवस्थाहरू नबुझि प्रस्ताव गरिएका केही प्राविधिक उपायहरूले समाधानभन्दा बढी समस्या उत्पन्न गर्दछ
जबसम्म खराब स्वास्थ्यका लागि मानिसहरूलाई नै दोषी ठहराइन्छ र स्थानीय अवस्था नबुझी प्राविधिक समाधानहरूलाई बढावा दिंदै जान्छ समुदायमा रोगव्याधीको समस्या रहिरहन्छ । दीर्घकालीन रूपमा स्वास्थमा सुधार ल्याउन स्वास्थ प्रवद्र्धकहरूले समुदायका मानिसहरूसँग मिलेर ध्यानपूर्वक काम गरेर तिनीहरूका आवश्यकता, सामथ्र्य र परिवर्तनका चाहानामा आधारित भएर समाधानहरूको विकास गर्नुपर्दछ ।
मानिसहरूले सुधारिएको सरसफाइको चाहना गर्नुमा स्वास्थ नै सधैं मुख्य कारण हुँदैन । मानिसहरूले निम्न अन्य कारणहरूले पनि सरसफाइ चाहिरेको हुन्छन् ।
हरेक मानिस र हरेक समुदायको मानव विकारहरू व्यवस्थापन गर्ने आफ्नै तरीका हुन्छ चाहे यसको अर्थ मानिसहरू पिसाब फेर्न र दिसा गर्न झाडी वा वनमा नै जाने मात्र नै किन नहोस् । गाउँका सबै मानिसहरूले एउटै तरीका प्रयोग गर्दैनन् र सबै मानिसहरूले एउटै तरीकाले फोहर व्यवस्थापन गर्दैनन् । केही मानिसहरू यसलाई परिवर्तन गर्न चाहन्छन् भने कोही चाहँदैनन् । चाहे यसको अर्थ नयाँ प्रकारको चर्पी निर्माण गर्नु, सुरक्षित चर्पीसम्म पहुँच बढाउनु वा अरु कुनै परिवर्तन होस्, प्रायः सबै सरसफाइका तरीकाहरूमा सुधार गर्न सकिन्छ ।
एकै पटकको ठूलो परिवर्तन भन्दा सानो र चरणबद्ध परिवर्तन सजिलो हुन्छ । स–साना परिवर्तनहरू जसले स्वास्थ, सुरक्षा र आरामदायमा ठूलो असरहरू गरेका उदाहरणहरूमाः
जब चर्पी प्रयोगकर्ताले नै चर्पीसम्बन्धी निर्णयहरू गर्छन्, तिनीहरूका सरसफाइसम्बन्धी आवश्यकता पूर्ति हुने सम्भावना पनि बढी हुन्छन् । पारिवारिक, छरछिमेक र गाउँको सरसफाइसम्बन्धी निर्णयले तल्लो भेगका मानिसहरूलाई असर पार्न सक्ने हुनाले छिमेकी समुदायहरूको आपसी मिलेमतोमा काम गर्दा सबैको स्वास्थमा सुधार हुन सक्दछ ।
रकार वा अन्य कुनै संस्थाको सरसफाइसम्बन्धी अभियान सफल हुनु वा नहुनु सामुदायिक सहभागितामा भर पर्दछ
चर्पी सफा गर्न कसैलाई मन पर्दैन । तर कसैले त यसलाई सफा गर्नैपर्छ । प्रायगरी चर्पीको योजना बनाउने, निर्माण गर्ने तथा जोड्ने पुरुषहरूको काम वा विशेषज्ञको काम मानिन्छ । तर तल्लो स्तर तथा दैनिक गरिनुपर्ने चर्पी सरसफाइको काम भने प्रायःजसोे महिला वा समाजका तल्लो वर्गका मानिसहरूको भागमा पर्दछ । यस्तो नराम्रो काम यदि सधैंजसो महिला र गरिब मानिसहरू जसले कुनै प्रारम्भिक निर्णयहरू गर्दैनन्, तिनीहरूको भागमा मात्र पार्नु पक्षपात हुन्छ ।
सामाजिक विवाद उत्पन्न भए तापनि यदि यस्तो गर्न मन लाग्ने किसिमका कामहरू बाँडेर ग¥यो भने चर्पी सधैं सफा हुने निश्चित हुन्छ
चर्पी प्रयोग गर्ने सवालमा महिला र पुरुषहरूका भिन्ना भिन्नै आवश्यकता तथा चलनहरू हुन्छन् । महिलाहरू भन्दा बढी पुरुषहरू सार्वजनिक तथा खुल्ला ठाउँहरूमा शौच गर्न सजिलो मान्दछन् । परिवारमा महिलाहरूको भागमा बढी कामहरू पर्दछन् जस्तैः बालबच्चा स्याहार गर्ने, पानी तथा दाउरा संकलन गर्ने, खाना पकाउने र सरसफाइ गर्ने । यी कारणहरूले गर्दा तिनीहरूलाई सुरक्षित, सफा, आरामदायी र निजी चर्पीको सुविधा उपयोगमा असर पार्ने गर्ने हुन्छ
रसफाइ सम्बन्धित योजना बनाउने कार्यमा महिलालाई समावेश नगरिंदा ठूलो स्वास्थ्य समस्या आउन सक्ने खतरा रहन्छ किनभने त्यसमा तिनीहरूका आवश्यकताहरू पूर्ति हुने सम्भावना कम हुन्छ । यदि सबैको स्वास्थ्य सुधार्ने हो भने सामुदायिक सरसफाइमा परिवर्तन ल्याउँदा पुरुषहरूले महिलाहरूका आवश्यकतालाई पनि ध्यानमा राख्नु पर्छ । सामुदायिक सरसफाइ योजनामा थोरै काम गराएर सजिलै महिलाहरूलाई सहभागी गराउन सकिन्छ ।
प्रायःगरी महिलाहरूले बच्चाहरूलाई सिकाउने तथा रेखदेख गर्छन् । जब महिलाहरूका आवश्यकताहरू पूर्ति हुँदैनन् साथमा बालबच्चाहरूका आवश्यकताहरू पनि पूर्ति हुँदैनन् । घरायसी तथा सामुदायिक सरसफाइ योजनामा महिलाहरू समावेश गरिएन भने पूरै समुदाय प्रभावित हुन पुग्दछ
बालबालिका तथा असमर्थ वयस्कहरूलाई चर्पी प्रयोग गर्न सजिलो बनाउने थुप्रै विधिहरू छन् । मानिसहरूलाई तिनीहरूको सामर्थताअनुसार भिन्नभिन्न सुविधाको आवश्यकता पर्दछ । त्यसैले असमर्थ व्यक्तिहरूलाई पनि योजना बनाउने कार्यमा सहभागी गराउनु उत्तम हुन्छ । सबैका आवश्यकताहरू पूर्ति हुने समाधान पत्ता लगाउन सिर्जनशील हुनुहोस् ।
यदि कुनै व्यक्तिलाई थचक्क बस्न कठिनाई हुन्छ भने साधारण हातले अडेस लिने ठाउँ वा बस्ने ठाउँलाई अलि माथि उठाइदिनुहोस् । वा यदि चर्पी जमीनमा भए मेच वा स्टुलमा प्वाल पार्ने र चर्पीमाथि राख्ने ।
यदि कुनै व्यक्तिलाई उसको शरीर सम्हाल्न कठिनाई छ भने उसको पछाडि, छेउहरूमा र खुट्टामा अडेस दिन र सिट बेल्ट वा बार लगाइदिने ।
अन्धो मानिसहरूको लागि घरदेखि चर्पीसम्म डोरी बाँधेर वा पर्खाल बनाएर मार्गनिर्देश दिने ।
यदि कुनै व्यक्तिलाई लुगा मिलाउन कठिनाई हुन्छ भने लुगा खुकुलो वा तान्न मिल्ने लगाउने । लुगा राख्न सफा र सुख्खा ठाउँ बनाउने ।
यदि कसैलाई बस्न कठिनाई हुन्छ भने चलाउन मिल्ने समाउने ठाउँ र खुड्किला बनाउने ।
सरसफाइको कमिका कारण बालबालिकाहरू रोगी हुने खतरा बढी हुन्छ । ́ाडापखाला तथा जुकाले वयस्कहरूलाई पनि सताउँछ भने बच्चाहरू यस्ता रोगहरूका कारण मर्न पनि सक्छन् । यदि बच्चाहरूलाई सफा रहन सकिने सुरक्षित र सजिलै प्रयोग गर्न सकिने चर्पीको व्यवस्था भयो भने तिनीहरू कमै मात्र बिरामी हुन्छन् । खाल्डे ९एष्त० चर्पी साना बच्चाहरूका लागि खतरनाक र डरलाग्दा हुन्छन् किनभने त्यहाँ अध्याँरो र ठूलो प्वाल हुन्छ । धेरै बालबालिकाहरू प्रायःगरी केटीहरूले सुरक्षित चर्पीको अभावमा विद्यालय छाड्ने गर्दछन् । चर्पी निर्माणमा बच्चाहरूको सहयोग लिएर र सरसफाइको कमजोरीबाट हुन सक्ने बिरामीका बारेमा शिक्षा दिएर स्वस्थ बानी व्यवहारको विकास गराउन सकिन्छ ।
सबै दिसामा हानिकारक कीटाणुहरू हुन्छन् र यसको कारणले बच्चाहरूका साथै बयस्कहरूलाई पनि गम्भिर रोग लाग्न सक्छ । गाउँहरूमा अभिभावकहरूले चर्पी प्रयोग गर्न निकै साना बच्चाहरूका लागि घर नजिकै प्वाल बनाएर यसको प्रयोग गराएपछि एक मुठ्ठि माटोले छोप्ने गर्दछन् । यी कुराहरू पनि महत्वपूर्ण छन्ः
केटाकेटीहरूलाई राम्ररी पुछ्न र पखाल्न सिकाउने र साथै चर्पी प्रयोग पछि राम्ररी हात पखाल्न सिकाउने । केटीहरूलाई मुख्यगरी अगाडिबाट पछाडि पुछ्न सिकाउने अगाडि पुछ्दा कीटाणुहरू यौनाङ्ग तथा योनीमा फैलन सक्छ जसका कारण मूत्राशयमा सक्रमण हुनुका साथै अन्य स्वास्थ समस्याहरू हुन सक्छन् ।
युद्घ, प्राकृतिक प्रकोप वा अरु कुनै कारणबाट विस्थापित धेरै भन्दा धेरै मानिसहरू अप्ठ्यारो अवस्थामा बस्न बाध्य हुन्छन् । यस्तो आकस्मिक बसोबास जस्तैः शरणार्थीहरूको शिविरहरूमा सरसफाइ पहिलो प्राथमिकता हुन्छ ।
साधारण खाल्डोहरू स्थानीय सामग्रीहरूमा छिट्टै तयार गर्न सकिन्छ । एउटा घेरिएको प्वाल एउटा परिवार वा साना परिवारहरूको समूहका लागि उपयुक्त हुन्छ । खाल्डे चर्पी तल्लो भेगमा पानिको स्रोतभन्दा टाढा बनाउनुपर्दछ तर चर्पी प्रयोग गर्न धेरै दूरी पार गर्नुपर्ने गरी बस्तीबाट टाढा पनि बनाउनु हुदैन । साधारण खाल्डोको तुलनामा खाल्डे चर्पीमा खुट्टाराख्न सजिलो बनाउनका लागि तखता हुन्छ । खाल्डे चर्पी सम्भव भएसम्म गहिरो बनाउनुपर्छ (२ मिटरसम्म) तर यदि कामदारहरूको कमी भएमा खाल्डो साँघुरो हुन सक्छ । हरेक प्रयोगकर्ताले आफ्नो दिसा केही माटोले छोप्नु पर्दछ । खाल्डो भरिन लागेपछि त्यसलाई पुरै माटोले छोप्नुपर्दछ । त्यहाँको मलिलो माटोले रुख बिरुवालाई फाइदा गर्दछ । खाल्डो वरिपरि गोपनियता र वर्षाबाट जोगिनका लागि कुनै सरल पर्खाल वा छेकबार बनाउन सकिन्छ । कुनै कपडा, नर्कट वा त्यहाँ उपलब्ध कुनै सामग्रीहरूबाट छेकबार बनाउन सकिन्छ । चर्पी गोपनियता का साथै महिला र बालबालिकाहरूको लागि सुरक्षित बनाउनका लागि विशेष ध्यान दिइनुपर्दछ ।
सहर वा नगरहरूमा स्वास्थ समस्याहरू तुरुन्तै फैलन्छ । सरकारी तथा अन्य संस्थाहरूको सहयोगविना मानिसहरूको चाप बढी भएमा सहरहरूमा सरसफाइका सेवाहरू सुधार्न गाह्रो हुन्छ । यस पुस्तकले यस्ता समस्या समाधानका लागि केही उपायहरू प्रदान गर्ने कोशिस गरेको छ ।
सहरी क्षेत्रमा कुनै पनि किसिमका चर्पीको निर्माण गर्न सकिन्छ । र यदि सरसफाइ सेवासँगै बगैंचा, सहरी कृषि, स्रोत पुनस्र्थापना र पुनः प्रशोधन र सफा ऊर्र्जा पनि समावेश गरियो भने सहरमा बस्नका लागि ́न् बढी स्वास्थकर र आनन्ददायी हुन्छ । जब स्थानीय सहरी सरकारले छिमेकी समूहहरूसँग मिलेर सिर्जनात्मक समाधानमा सहभागी हुन्छ, त्यसको परिणाम ́न् बढी सफा र स्वस्थकर हुन्छ ।
ढल निकास पद्धतिमा पाइपमा भएका फोहर पठाउन पानीको प्रयोग गरिन्छ । यसबाट मुख्यतया भीडयुक्त सहरी क्षेत्रहरूमा सामुदायिक स्वास्थ सुधार हुन्छ । तर स्वास्थ समस्या हल गर्न फोहर पानी, पानीको मुहानमा मिसाउन अघि र पुनः प्रयोग गर्नु अघि प्रशोधन गरिनु पर्दछ । तर फोहर पानी प्रशोधन धेरै महंगो हुने भएकाले यसलाई प्रशोधन विना नै बिसर्जन गरिन्छ । यसका कारणले फोहर र कीटाणुहरू, जुकाहरू, र यसमा भएका हानिकारक विषाक्त रसायनहरू फैलिन्छ जसबाट हेपाटाइटिस, हैजा, टाइफाइट जस्ता स्वास्थ समस्याहरू फैलिन्छ । महंगा फोहर पानी प्रशोधन पद्वतिमा फोहर बगाउन पानीको प्रयोग गरिन्छ, पानीको प्रयोग प्राय प्रभावकारी एवं दिगो हुँदैनन् र विभिन्न समस्याहरू देखापर्दछ । जस्तै—
यदि विभिन्न किसिमका फोहरहरू जस्तैः उद्योगका विषाक्त रसायनहरू ढलमा मिसाइयो भने ढलबाट विभिन्न स्वास्थ समस्याहरू उत्पन्न हुन सक्छ । यस्तो मिसावटबाट पानी प्रशोधन तथा सुरक्षित पुनः प्रयोग गर्न धेरै गाह्रो हुन्छ । ढल वा फोहर पानी सफा गर्ने सबैभन्दा सुरक्षितर कम खर्चिलो माध्यम भनेको यसको उत्पत्ति स्थान नजिकै नै प्रशोधन गरी त्यो पानीलाई माटोमा मिसाइ बोट विरुवाहरूलाई पोषण दिनु हो । यसका लागि सबैभन्दा प्रचलित माध्यम भनेको सेप्टिक ट्यांक (ठोस पदार्थ संकलन र कुहिनका लागि ठूलो ट्यांकी) र लिचेट फिल्ड (जहाँ तरल फोहर बाहिर निकालेर पानीमा वा माटोमा मिलाइन्छ) हो । यस तरीकाका लागि प्राविधिक योजनाको आवश्यकता पर्दछ । ढल निकास पद्दतिमा धेरै मात्रामा पानीको प्रयोग गरिन्छ जुन थोरै वा पानीविना पनि गर्न सकिन्छ । थोरै पानी भएका वा ढल निकास पद्दतिका लागि खर्च गर्न नसक्ने समुदायहरूका लागि अरु नै प्रकारका चर्पी लाभदायक हुन्छ
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 1/11/2020