सबै समुदाय र घरहरूका लागि ठीक हुने चर्पीको कुनै पनि प्रकार हदैन । त्यसैले हरेक चर्पीका फाईदाहरू बुझ्नु आवश्यक हुन्छ । ढल निकाससँग गाँसिएका चर्पीहरू बनाउन गाह्रो हुन्छ त्यसैले यस पुस्तकमा पानी कम प्रयोग गर्ने किसिमका चर्पीहरूको मात्रै विस्तृत बयान गरिएको छ
र्पी कहाँ बनाउने भनेर निर्णय गर्दा ईनार र सतहमुनिको पानी दूषित नहुने कुरामा ध्यान दिनु पर्दछ । विभिन्न स्थानीय अवस्थाहरूका कारण सतहमुनिको पानी दूषित हुने खतरा हन्छ जस्तैः माटोको प्रकृति, त्यस क्षेत्रको चिसोपना, र भूमिगत पानीको गहिराइ । तर केही समान्य नियमको पालनााट भूमिगत पानीलाई सुरक्षित बनाउन सकिन्छ । खाडलको पिंध सतहमुनिको पानी भन्दा २.५ मिटर माथि हनुपर्दछ । यदि माटो भिजेको अवस्थामा तपाईले खाडल बनाउनु हुन्छ भने वा यदि खाडल पानीले भरियो भने त्यहाँ चर्पी बनाउनु राम्रो हुदैन । पानीको सतह सुख्खा याममा भन्दा वर्षा याममा धेरै माथि हुन्छ भन्ने कुरा सधै याद राख्नुहोस् । पानीको भेल आउने ठाउँमा खाल्डे चर्पी बनाउनु हुन्न । यदि खाल्डे चर्पीबाट भूमिगत पानी दूषित हुने खतरा रहन्छ भने सतहमाथि चर्पी बनाउनुहोस् (जस्तैः सुख्खा चर्पी) भूमिगत पानी ओरालो बग्छ । त्यसैले यदि त्यहाँ कुनै विकल्प हुँदैन तर यदि भूमिगत पानी दूषित हुनसक्ने ठाउँमा चर्पी बनाउनु प¥यो भने नजिकैको ईनारभन्दा ओरालोमा चर्पी बनाउनुहोस्
बन्द खाल्डे चर्पीबन्द खाल्डे चर्पीमा प्वाल भएको प्लेटफर्म हुन्छ र सो प्वाल (प्रयोग नहुँदा) छोप्न ढक्कन पनि हुन्छ । प्लेटफर्म काठ, कंक्रिट वा मुढाबाट बनाउन सकिन्छ र त्यसमा माटोले छोपिन्छ । कंक्रिट प्लेटफर्ममा पानी भित्र छिर्दैन त्यसैले धेरै वर्ष टिक्छ । बन्द खाल्डे चर्पीमा प्लेटफर्मलाई जोगाउन र खाल्डो भत्किनबाट जोगाउन सिमेन्टको गोलो बिम हुन जरुरी हुन्छ । हावा आवत जावत गर्ने सुधारिएको खाल्डे चर्पीमा गन्ध र ि́ंगा कम गर्न हावा जाने पाइप प्रयोग गरिन्छ ।
खाल्डो चर्पीको समस्या भनेको एकपटक खाल्डो भरिसकेपछि सो चर्पी प्रयोग गर्न सकिन्न । खाल्डोमा भरिएको फोहरबाट फाइदा लिन त्यहाँ रुखहरू रोप्ने । यसका लागि प्लेटफर्म, रिङ्ग, बिम, छेकबार हटाउने र फोहरलाई ३० सेन्टिमिटर र माटो र सुख्खा ́ारपातको मिश्रणले छोप्ने । फोहर थिग्रींन केही महिना छोड्ने र त्यहाँ माटोले भरिन दिने । त्यसपछि रुखरोप्ने । अर्को उपाय भनेको चर्पी प्रयोगमा हुँदाको बेला नै प्रशस्त माटो राख्दै जाने र २ वर्षसम्म फोहर कुहिन दिने । त्यसपछि यसलाई खनेर फोहर निकाली मलको रूपमा प्रयोग गर्नेर सो खाल्डो पुनः प्रयोग गर्ने । चर्पी वरपर खाल्डो वा केही काम गरिसकेपछि सँधै राम्ररी हात धुने ।
१. १ मिटर चौडार २ मी. गहिरो खाल्डो खन्ने ।
२. खाल्डोको माथि वरपर ढुगां, कंक्रिट वा अन्य सामग्रीले लाइन बनाउने जसले प्लेटफर्मलाई थाम्नुका साथै खाल्डो भत्किनबाट जोगाउँछ । कंक्रिट रिङ्ग बिमले पनि राम्रो काम गर्छ (पृष्ठ १२२) ।
३. खाल्डो माथि राख्न प्लेटफर्म र छेकबार बनाउने । कंक्रिट प्लेटफर्मले सबैभन्दाराम्रो काम गर्छ । तर स्थानीय सामग्रीहरू जस्तैः मुढो वा बाँस र माटोले पनि काम दिन्छ । यदि मुढोबाट प्लेटफर्म बनाउनुहुन्छ भने सजिलै नकुहिने काठको प्रयोग गर्नुहोस् ।
कीटाणुहरू र कीराहरू प्वाल नजिकै जम्मा हुन सक्छन्, खुट्टा राख्ने ठाउँले यसबाट हुन सक्ने स्वास्थ समस्याबाट जोगाउछ । यदि मानिसहरू बस्न रुचाँउछ भने गोलो प्वाल बनाइ अयलअचभतभ सिट बनाउने
साँचोमा सिट बनाउनको लागि २ वटा भिन्न साइजका बाल्टिन एकभित्र अर्को राख्ने । भित्री र बाहिरी बाल्टिन बीच केही ३ वटा खाली ठाउँ हुनुपर्छ । भित्री बाल्टिन सतहमा अड्काउनका लागि त्यसमा केही गिट्टी चट्टानले भर्ने । दुई बाल्टिन बीचमा सिमेन्ट भर्ने
हावा आवतजावत हुने सुधारिएको खाल्डे चर्पी एक किसिमको बन्द खाल्डे चर्पी हो जसले गन्ध र कम आउने गर्दछ ।
हावा भेन्ट पाइपको माथि भएर बहन्छ र नराम्रो गन्ध बाहिर लग्छ । छेकबारले चर्पी अध्याँरो बनाउँछ त्यसैले प्वाल वरपर भएका पाइप माथिको उज्यालोतिर जान्छ र तारको जालीमा पर्दछ र मर्छ ।
१. २ मिटर गहिरो र १.५ मिटर चौडा खाल्डो खन्ने । खाल्डो माथि ईट्टा छाप्ने वा खाल्डोलाई बसाउन कंक्रिट रिङ्ग बिम् राख्ने र यदि छेकबार धेरै गह्रौ छ भने, सतह बाहेक पुरै खाल्डोमा इटा छाप्ने । ईंटाहरूको बीचमा तरल पदार्थ बाहिर पठाउन खाली ठाउँ छोड्ने ।
२. १.५ मी. ह १ मी. को प्लेटफर्म बनाउने र त्यसमा २ वटा प्वाल हुनुपर्छ । दोस्रो प्वाल प्लेटफर्मको किनारमा हुनुपर्छ जुन हावा जाने पाइपको लागि हो ।
३. खाल्डो र प्लेटफर्म वरपर छेकबार बनाउने ।
४. कम्तिमा ११ से.मी चौडाको हावा जाने पाइप सानो प्वालमा फिट गर्ने । हावा जाने पाइपमा कालो रंगले रंगाउने जसबाट ताप सोस्नुका साथै हावा आवतजावत राम्रो हुन्छ । हावा जाने पाइपको माथि लामखुट्टे जालीले छोप्ने तामा वा खिया नलाग्ने लामो समयसम्म टिक्ने हुनु पर्दछ । हावा जाने पाइप छाना भन्दा ५० से.मी. माथि उठ्ने गरी बनाउने ताकी हावाले नराम्रो गन्ध बाहिर निकाल्न सकियोस् ।
यदि हावा जाने पाइप माकुराको जालीले बन्द भयो भने त्यसमा पानी खन्याउने
यदि छेकबार भित्र पर्याप्त अध्यारो भएन भने वा यदि प्वाल नछोपिकन त्यसै छाडियो भने पाइप माथिसम्म उड्दैन । यदि चर्पी माथि छानो छैन भने वा यदि जाली बिग्रियो वा हावा जाने पाइपमा छि¥यो भने त्यहाँ नियन्त्रण कम हुन्छ ।
पारिस्थितिक प्रणाली स्वरूपका चर्पीले दिसार पिसाबलाई माटो र मलमा परिणत गर्दछ । यसले कीटाणुहरू फैलनबाट रोक्छ र हानीकारक फोहरलाई महत्वपूर्ण स्रोतमा परिवर्तन गरी मानव स्वास्थ र वातावरणको सुधार गर्दछ ।
पारिस्थितिक प्रणाली स्वरूपका चर्पीहरूले पानीे जोगाउनुका साथै संरक्षण पनि गर्दछ किनभने यसको प्रयोगमा हात पखाल्न बाहेक अरु पानीको आवश्यकता पर्दैन । यो अरु चर्र्पीहरूको तुलनामा भूमिगत पानीको लागि सुरक्षित पनि छ किनभने यो सतह माथि बनाइन्छ र साँघुरो प्वालमात्रै प्रयोग गर्दछ ।
पारिस्थितिक प्रणाली स्वरूपका चर्पीहरू सहर, नगर वा गाउँहरूमा पनि बनाउन सकिन्छ । यसमा खाल्डे चर्पीहरू भन्दा बढी मर्मत गर्नुपर्दछ (तर पानी हाल्ने चर्पीमा जति चाहि मर्मत चाहिदैन) ।
त्यसैले यसले कसरी काम गर्छ भनेर मानिसहरूले बुझ्नु जरुरी हुन्छ ।
राम्रो स्वास्थ माटोलाई जैविक मलको आवश्यकता पर्दछ (वनस्पति र अन्य जीवित वस्तुहरू मरेर कुहिएपछि बाँकि रहेको बस्तु) । यसरी जैविक बस्तुहरू कुहेर माटोमा मिसिने प्राकृतिक तरीकालाई कम्पोस्टि भनिन्छ ।
कसानहरूले बाँकी खाना र जनावरका मलबाट कम्पोष्ट बनाउँछन् र त्यसलाई माटोमा मिसाउँछन् । यसबाट अन्न उब्जनीका लागि आबश्यक पौष्टिक तत्व प्रदान गर्दछ । मानिसलाई बलियो र स्वस्थ हुन खानाबाट पौष्टिक तत्वको आवश्यक भए ́ै वनस्पतिलाई पनि बलियो र फल फलाउनका लागि माटोबाट पौष्टिक तत्वको आवश्यकता पर्दछ
मानव विकारबाट पनि मल बनाउन सकिन्छ । मानव मलमा भएका पौष्टिक तत्व माटो सुघार्न प्रयोग गर्न सकिन्छ । तर यसमा रोगका कीटाणुहरू पनि हुन सक्छ । यस कारणले जनावरका मल र खाद्यबाट कम्पोष्ट बनाउनका लागि भन्दा मानव विकारबाट मल बनाउँदा बढी ध्यान दिनुपदर्छ
भरखरको मानव दिसा प्रयोग गर्नु हुदैन । तर एकपटक मल बनिसकेपछि यसले सुरक्षितका साथ विरुवाहरू, रुखहरू तथा अन्य अन्नहरू रासायनिक मलविना नै उत्पादन गर्न मद्दत गर्दछ ।
पसाबमा दिसाको तुलनामा कम कीटाणुहरू हुन्छन् र बढी पौष्टिक तत्व हुन्छ । यसले गर्दा पिसाव मलको रूपमा प्रयोग गर्न सुरक्षित हुनुका साथै महत्वपूर्ण पनि हुन्छ । तर विरुवामा पिसाव प्रयोग गर्दा कडा हुन्छ, त्यसैले पहिले केहि विशेष प्रकारको प्रशोधन गर्नुपर्दछ (पृष्ठ १३४)
इकोलोजिकल चर्पीहरू दुई किसिमका हुन्छन् कम्पोष्ट चर्पीहरू र पिसाब (मुत्र) छट्टयाउने वा सुख्खा चर्पीहरू । दुवै चर्पीहरूबाट सुरक्षित मल बनाउन सकिन्छ । धेरैजसो
मानिसहरूले यी दुई थरीका चर्पीलाई कम्पोष्ट चर्पी नै भन्छन् । तर यसमा केही महत्वपूर्ण भिन्नताहरू छन् । दुवै किसिमका चर्पीहरूमा एक वर्ष पुरानो दिसा कम्पोष्टको चाङमा मिसाउन सकिन्छ र रुख रोप्न प्रयोग गर्न वा सोझै माटोमा मिसाउन सकिन्छ ।
मेक्सिकोको मोरेलोसका धेरैजसो सहरहरूमा धेरै मानिसहरूले इकोलोजिकल सुख्खा चर्पी प्रयोग गर्छन् । ला साइनेगा भन्ने एक छिमेकी ठाउँलाई सुख्खा चर्पीको विशेष अवश्यकता प¥यो किनभने त्यो भिजेको ओरालोमा पथ्र्यो जहाँ खाल्डे चर्पीहरू बग्थ्यो । समस्या समाधान गर्न समुदायका सदस्य विशेष प्रकारको चर्पीको भाँडो किन्यो जसमा पिसाब दिसाबाट छुट्ट्याइन्थ्यो । यी चर्पीको भाँडो स्थानीय स्थानीय स्तरमा सानो वर्कसपमा केही स्थानीय कामदारले बनाएका थिए । यी कामदारहरूले समुदायलाई यसलाई कसरी प्रयोग गर्ने भनेर तालीम दियो । ला साइनेगाका धेरैजसो मानिसहरूले फलफूल तथा अन्य बोटबिरुवाहरू हुर्काएर बेच्न थाले । त्यस ठाउँमा पहिलो पटक सुख्खा चर्पी प्रयोग गर्ने व्यक्तिले चर्पीमा संकलित पिसाब (मूत्र) र कम्पोष्ट मल रुख बोटबिरुवाहरूमा मलका रूपमा प्रयोग गर्न सकिने कुरा पत्ता लगायो । जब तिनीहरूका छिमेकीले रुखहरू छिटो र स्वस्थकर रूपमा हुर्केको पाए, त्यसपछि उनीहरूले पनि सित्तैमा मल दिने नयाँ चर्पी प्रयोग गर्न इच्छुक भए । ला साइनेगामा अहिले करीब सबैले नै यस्ता चर्पीहरू प्रयोग गर्छन् । स्थानीय वर्कशपहरू यस्ता चर्पीहरू निर्माणमा व्यस्त छन् र समुदायले स्वस्थ्य र सम्पन्न जीवन पनि पायो
यो चर्पीले रुख रोप्नका लागि मल बनाउँछ । यो चर्पी निर्माण गर्न सजिलो छ र खाल्डो पुरा भरेपछि पुरै चर्पीका सामग्रीहरू सार्न मिल्नेगरी बनाइएको हुन्छ
खुल्ला र रुख रोप्न सकिने ठाउँहरूका लागि यो चर्पी राम्रो हुन्छ । साथै भूमिगत धेरै पानी भएको ठाउँहरूका लागि पनि यो चर्पी राम्रो मानिन्छ किनभने यसको खाल्डो सानो हुन्छ । चर्पीको खाल्डोमा माटोले पुरेर रुख रोप्नाले फोहर कुहिन मद्दत गर्दछ
फलफूलको बगैंचा वा अन्य महत्वपूर्ण रुखहरूको बगैंचा बनाउनका लागि यो उत्तम उपाय हो । यदि रुख रोप्ने कुनै योजना छैन भने अन्य कुनै चर्पी प्रयोग गर्नुहोला
आफूले चाहेको ठाउँमा सतहसम्म गरेर त्यहाँ कंक्रिट रिङ्ग बिम् राख्ने । रिङ्ग बिम्भित्र १ मिटर गहिरो खाल्डो खन्ने । त्यसपछि रिङ्ग बिम्लाई सुरक्षित गरिराख्ने । खाल्डो र रिङ्ग बिम्माथि प्लेटफर्म बनाउने । गोपनियताका लागि सार्न सजिलो हुने किसिमको हल्का छेकबार बनाउने ।
दुई खाल्डे कम्पोष्ट चर्पी रुख रोप्न बनाइने साधारण कम्पोष्ट चर्पी जस्तैः नै हुन्छ तर यसमा खाल्डोमा रुख रोप्नुको सट्टा कम्पोष्ट निकालेर बगैंचा वा खोतहरूमा प्रयोग गरिन्छ । यो चर्पी परम्परागत खाल्डे चर्पीको तुलनामा सतहमुनिको पानीका लागि सुरक्षित हुन्छ किनभने यसको सानो खाल्डोमा फोहर माटोसँग मिसाइन्छ र सुक्न दिइन्छ जसबाट कीटाणुहरू मर्छ र त्यसपछि मात्रै निकालिन्छ ।
१ देखि १.५ मिटर गहिरो, १ मिटर चौडा र ३० सेन्टिमिटरको फरकमा दुई खाल्डो खन्ने । दुवै खाल्डोमा लाइनिङ्ग गर्ने वा रिङ्ग बिम राख्ने । एउटा खाल्डो माथि प्लेटफर्म र साधारण छेकबार राख्ने र अर्को खाल्डो माथि कंक्रिट वा काठको ढक्कन लगाउने । पहिलो खाल्डो भरिञ्जेलसम्म प्रयोग गर्ने । ६ जनाको एउटा परिवारको सो खाल्डो १ वर्षमा भरिन्छ
१. जब पहिलो खाल्डो लगभग भरिन्छ, त्यसमा ३० से.मी. माटोले पुर्ने र कुनै काठ वा कंक्रिट स्ल्यावले छोप्ने ।
२. प्लेटफर्म र छेकबार अर्को खाल्डोमा सार्ने । त्यसलाई पनि भरिञ्जेलसम्म प्रयोग गर्ने । पहिलो खाल्डोलाई त्यत्तिकै छोड्ने । अथवा यसलाई २ महिनासम्म थिग्र्याएपछि केही माटो थपेर त्यस खाल्डोमा कुनै मौसमी तरकारी जस्तैः गोलभेडा रोप्ने । त्यस खाल्डोमा भएका फोहर कुहिने क्रममै भएकोले जमीनमुनि उम्रने अन्नहरू जस्तैः गाँजर र आलु नरोप्नु नै बेस हुन्छ ।
३. जब दोश्रो खाल्डो भरिन्छ, पहिलो खाल्डोलाई साबेल प्रयोग गरेर खाली गर्ने । ताजा मल हटाउन पञ्जा लगाउनेर हटाइसकेपछि राम्ररी हातखुट्टा धुने ।
४. खाल्डोबाट निस्केका सुख्खा मल पछि चाहिने बेला प्रयोग गर्न कुनै खुल्ला झोला वा बाल्टिनमा जम्मा गरेर राख्ने । प्लेटफर्म छेकबार पुनः पहिलो खाल्डोमा राख्ने र दोश्रो खाल्डोका मललाई थिग्रिन दिने र यहि प्रक्रिया दोहो¥याइ रहने ।
सुख्खा चर्पीमा खाल्डो प्रायः हुँदैन । यी चर्पीहरू जमीनमाथि बनाइन्छ र त्यसैले यसका फोहरहरू हटाउन सजिलो हुन्छ । यसमा पिसाब र दिसा छुटाउन भिन्नाभिन्नै भाँडो प्रयोग गरिन्छ । यसले फोहर सुख्खा राख्न मद्दत गर्छ । जसले कीटाणुहरू मलका रूपमा प्रयोग गर्न मद्दत गर्छ । यो चर्पी सतहमाथि बनाइने हुनाले राम्ररी बनाइएका सुख्खा चर्पीले भूमिगतको पानी दूषित गर्दैन । सुख्खा चर्पी बनाउन खाल्डे चर्पीभन्दा बढी महङ्गो पर्छ । यसको सुरक्षित प्रयोगका लागि तालीम चाहिन्छ किनभने यो चर्पी खाल्डे चर्पी र पानी हाल्ने चर्पीको तुलनामा भिन्नै प्रयोग गरिन्छ र साथै यसलाई राम्ररी रेखदेख गर्न केही थप कार्य गर्नु आवश्यक हुन्छ । तर यो चर्पी फोहरबाट मल बनाउन चाहने मानिसहरूका लागि राम्रो रोजाई हुन सक्छ, जहाँः
यस सुख्खा चर्पीमा २ वटा भागहरू छन् जसमा दिसा सुरक्षित मलमा परिणत हुन्छ । एउटा भाग चर्पीको रूपमा प्रयोग गरिन्छ भने अर्कोमा दिसा सुख्खा हुन्छ र कुहिन्छ । यस विशेष चर्पीे दुवै महिला र पुरुषका लागि उपयोगी हुन्छ जहाँ दिसाबाट पिसाब छुट्टिन्छ । पिसाब ट्युब भएर चर्पीको बाहिर भएको कन्टेनरमा जम्मा हुन्छ । लगभग १ वर्षपछि सुख्खा दिसा निकाली कम्पोष्टको चाङमा थपिन्छ वा खेत वा बगैंचामा प्रयोग गरिन्छ । जम्मा गरिएको पिसाब पानीमा मिसाई मलको रूपमा प्रयोग गरिन्छ (पृष्ठ १३४) ।
इकोलोजिकल प्रणाली चर्पीले राम्ररी काम दिनका लागि त्यसमा मानव विकार मात्र प्रयोग गरिनुपर्छ । महिनावरी भएका महिलाहरूले सुरक्षित साथ इकोलोजिकल चर्पी प्रयोग गर्न सक्दछन् । तर प्याड वा अरु वस्तुहरू चर्पीमा हल्नु हुँदैन । नकुहिने, नटुक्रिने वस्तुहरू जस्तैः क्यान, बोतल, प्लाष्टिक वा धेरै मात्रामा कागजहरू पारिस्थितिक प्रणालीका चर्पीमा खसाल्नु हुँदैन । थोरै मात्रामा कागज, पातहरू, काठको धूलो र अन्य झारपातहरूको प्रयोग यो चर्पीका लागि ठीक हुन्छ किनभने यी वस्तुहरू माटोसँग मिसिन्छ ।
सुख्खा चर्पीको फोहर÷मल सुख्खा भएपछिर थोरै गन्ध वा गन्धरहित भएपछि मात्रै यसलाई निकाल्नु राम्रो हुन्छ । यसका लागि यी फोहारहरू चर्पीको भाँडोमा १ वर्षसम्म सुख्खा हुन दिनुपर्दछ । जब यसका फोहरहरू निकाल्न ठीक भए जस्तो लाग्छ, भाँडो खोल्नुहोस् यदि फोहरको चाङ भिजेको छ भने केही सुख्खा भारपात वा खरानी मिश्रित माटो थप्नुहोस र केही हप्ता सम्म छोड्नुहोस् । फोहरको चाङ सुख्खा भएपछिर कडा गन्ध आउन छाडेपछि यो मलका रूपमा प्रयोग गर्न तयार भयो । त्यसपछि यसलाई सावेलले निकाल्ने । एक वर्षसम्म सुख्खा हुन दिएपछि यसमा भएका धेरैजसो कीटाणुहरू मरिसक्छ र यो मल बगैंचाको माटोमा सिधैं प्रयोग गर्न सुरक्षित हुन्छ । तर यदि कुनै शंका भएमा यो फोहर कुनै खुल्ला झोला वा बाल्टिनमा जम्मा गरी सूर्यको प्रकाशमा सुक्न दिने वा कम्पोष्टको चाङमा राख्ने
केही किसानहरूले मूत्र मिश्रित मलहरू प्रयोग गर्छन् किनभने मूत्रमा अत्यावश्यक पौष्टिक तत्वहरू जस्तैः नाइट्रोजन र फोस्फरस हुन्छ जसले बोटबिरुवा हुर्कन मद्दत गर्छ । मूत्र दिसाको तुलनामा प्रयोग गर्न सजिलो पनि हुन्छ । तर यही राम्रो मलले कहिलेकाहीं पानीको स्रोतहरू दूषित गर्दछ । मूत्रमा रगत खाने कीरा पनि हुन सक्छ । यही कारणले गर्दा मूत्र पानीको स्रोतहरू वा मानिसहरूले नुहाउने वा पिउने पानी नजिक प्रयोग गर्नु हुँदैन ।
बन्द भाँडोमा पिसाब (मूत्र) केही दिनसम्म जम्मा गरेर राख्ने । यसले पिसाबमा भएका कीटाणुहरू मार्छ र साथै पौष्टिक तत्व हावामा हराउनबाट बचाउँछ । मूत्र मल बनाउनका लागि १ कन्टेनर मूत्र र ३ कन्टेनर पानी मिसाउने । हप्ताको करीब ३ पटक तपाईले बोटबिरुवामा सो मूत्रद्वारा मल दिन सक्नुहुन्छ । मूत्र दिई उब्जाइएका वनस्पतिहरू रसायनिक मल दिएका जस्तैः हुन्छ र यसमा पानी कम मात्रै लगाए पुग्छ । पातहरू खान प्रयोग गरिने बिरुवाहरू जस्तैः स्पिन्याच वा अरु हरिया सागसब्जीहरू राम्ररी हुर्कन्छन् । मूत्र लगाएपछि राम्ररी हात धुनुपर्छ ।
कम्पोष्टमा पिसाब हालेर सो मिश्रणलाई कुहाई मलमा परिणत गरी बोटबिरुवा रोप्नका लागि नयाँ माटो तयार गर्न सकिन्छ ।
१. सुख्खा चर्पीबाट पिसाब जम्मा गर्ने । प्रत्येक लिटर मूत्रमा १ चियाचम्चा मलिलो माटो वा कम्पोष्ट राख्ने ।
२. सो मिश्रणलाई ४ हप्तासम्म नछोपिकन राख्ने । यसबाट नराम्रो गन्ध आउँछ त्यसैले यो प्रक्रिया मानिसहरूबाट टाढा गर्नुहोस् (यो मूत्रको मिश्रण कुहिन्छ र खैरो रंगमा परिवर्तन हुन्छ ।
३. ठूलो भाँडामा सुख्खा पातहरू, पराल वा अन्य सुख्खा विरुवाहरू राख्ने । भाँडोको तलतिर बाक्लो प्लाष्टिक राख्ने ताकि पानी चुहिनबाट रोकिन्छ ।
४. त्यसमा ाभचmभलतभम मूत्र थप्ने । ७ भाग बिरुवा ९उबिलत mबततभच० सँग १ भाग मूत्र मिसाउनु राम्रो हुन्छ । (करिब ३ लिटर मूत्र हरेक ३० घन सेन्टिमिटर बिरुवा ९उबिलत mबततभच० को लागि)
५. पातलो तह माटोले छोप्ने (१० से.मी. भन्दा कम) बीऊ वा बिरुवा रोप्ने ।
६. हरेक दुई दिनमा सो मिश्रण (१ भाग पिसाबसँग १० भाग पानी) ले पानी दिने । (त्यो मिश्रण माथि दिइएको भन्दा अलि कम पोषणको मिश्रण हो किनभने यो मिश्रण खुल्ला बगैंचा वा खेतको सट्टा बन्द भाँडोमा प्रयोग गरिन्छ) सुख्खा बिरुवाहरू १० देखि १२ महिनामा मलिलो माटोमा परिवर्तन हुन्छ । यो नयाँ माटो रुख बिरुवा रोप्न प्रयोग गर्न सकिन्छ ।
यस पुस्तकमा भएका चर्पीहरू इकोलोजिकल सरसफाइका केही छनौटहरू मात्रै हुन् । यसलाई सुधार्न सकिन्छ र समुदायका विभिन्न आवश्यकता परिपूर्तिका लागि अनुकूल पनि बनाउन सकिन्छ । सुख्खा चर्पीले राम्ररी काम दिनका लागि निम्न कुराहरू चाहिन्छः
सूर्यको तापले फोहर कुहाउन मद्दत गर्छ । चर्पीको निर्माण गर्दा खण्ड र भाँडोको ढोका सूर्यतिर फर्कने गरी बनाउनुहोस् र ढक्कन, ढोकामा कालो रंगले रङ्ग्याउनुहोस । यसले खण्ड तताउन मद्दत गर्छ, हावा आवतजावत हुन्छ र कीटाणुहरू चाँडै मार्छ ।
हावाको बढी बहाबले पनि फोहर कुहाउन मद्दत गर्छ । बाँस, मकैको बोक्रा, डाँठ वा अन्य सुख्खा वनस्पतिजन्य वस्तुहरू खण्डको सतहमा प्रयोग गर्नु अघि नै ओछ्याउनाले फोहरभित्र हावा पसि छिटो सुकाउन मद्दत गर्छ
भारतका मानिसहरूले दुवै पिसाब र पखालेको पानी बिरुवाहरूमा पठाउने सुख्खा चर्पी अपनाएका छन् ।
यहाँ चर्पीमा फोहर खाल्डोमा पठाउन पानीको प्रयोग गरिन्छ । यो चर्पी सहरी र ग्रामीण दुवैक्षेत्रहरूमा प्रयोग गरिन्छ । जहाँ दिसा सफा गर्न पानीको प्रयोग हुन्छ । यस किसिमको चर्पी खाल्डे चर्पी भन्दा त्यति महङ्गो हुँदैन । राम्रारी बनाएका पानी हाल्न मिल्ने चर्पीले गन्ध कम गर्ने भएकाले यस किसिमको चर्पी घरभित्रै वा घर नजिकै पनि बनाउन सकिन्छ ।
पानी हाल्न मिल्ने चर्पी मा कंक्रिट प्लेटफर्ममा प्लाष्टिक, फाइबर ग्लास वा सिमेन्टको भाँडो वा थचक्क बस्न हुने प्यान प्रयोग गरिन्छ । भाँडो वा प्यानमा प्रायः पानी जम्ने ठाउँ हुन्छ जसले भिजेको खाल्डोबाट गन्ध र कीटाणुहरूको वृद्धि कम गर्दा कंक्रिट प्लेटफर्म खाल्डो माथि राखिन्छ । अथवा यो १ वा २ वटा खाल्डोमा पाइपको माध्यमबाट जोडिन्छ
यदि एउटै मात्र खाल्डो भएमा खाल्डो नभरेसम्म प्रयोग गर्ने र भरिसकेपछि सो खाल्डो खाली गर्ने । यदि दुइवटा खाल्डो भएमा त्यसमा दुवै खाल्डोसँग जोडिने एउटा जंक्सन बक्स हुन्छ जसबाट फोहोर दुवै खाल्डोमा जान्छ । पहिलो खाल्डो लगभग नभरेसम्म प्रयोग गर्ने त्यसपछि फोहर दोश्रो खाल्डोमा पठाउने
माटोको प्रकृति र भूमिगत पानीको तह हेरी पानी हाल्ने चर्पीहरू ईनारबाट ३ मिटर भन्दा कम दूरीमा निर्माण गर्नुहुँदैन । गिलो माटो भएको ठाउँमा यस्तो चर्पीहरू ईनारबाट कम्तीमा २० मिटर टाढा बनाउनुपर्छ
हरेक पटक चर्पी प्रत्येक गरिसकेपछि पानी खन्याउनु पर्दछ । चर्पी प्रयोग गर्नुअघि केही पानी खन्याउँदा उबल सफा हुन्छ । चर्पी सँधैं सफा गर्नुपर्छ । थचक्क बस्ने प्यान सफा गर्ने डिटरजेन्ट पाउडर÷सोडा र लामो ब्रुस प्रयोग गर्ने । खाल्डोबाट फोहर पोखिन÷माथि आउन सक्छ यदिः
यदि खाल्डो राम्ररी बनाइएको छ भनेर माटोको अवस्था र गिलोपन सुहाउँदो छ भने फोहर बिस्तारै वरपरको माटोले सुरक्षितका साथ सोस्छ र खाल्डो खाली गर्नु जरुरी हुँदैन । यदि फोहर कुहिएन र माटोमा सोसेन भने खाल्डो खाली गर्नुपर्ने हुन्छ । खाल्डोको ढक्कन खोली लगभग ३० सेन्टिमिटर जति माटो (२ हात) थप्ने र ढक्कन बन्द गरिदिने । दुई वर्षपछि यसका फोहर सावेलको प्रयोग गरी निकाली मलको रूपमा प्रयोग गर्न सकिन्छ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 11/17/2019