অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

स्वस्थ घरको निर्माण र सामग्रीहरू

सावधानीपूर्वक बनाइएका घरहरूले सुरक्षित र स्वस्थ समुदायहरूलाई सहयोग पु¥याउँदछन् । घरलाई घाम र छायाँको उपयोग गर्न सकिने स्थानमा बनाउँदा तताउन र चिसो पार्न, प्रकाश र भेन्टिलेसनमा ठूलो सहयोग पुग्दछ । भवनका सामग्रीहरू जलवायु अनुकूल हुने गरी छान्नु समेत महत्वपूर्ण हुन्छ

घरको जग र पेटीले स्थायित्व दिने र चिसोपन, बाढी र हानीकारक जीवहरूबाट सुरक्षा दिन्छन् । प्लेटफर्महरू बालबालिका, बुढाबुढी अपाङ्ग मानिसहरूलाई घर बाहिर र भित्र गर्न सजिलोको लागि सिंढीभन्दा पनि थोरै ओरालो र उकालो पारेर बनाउन सकिन्छ ।

सौर्य प्रकाशको उच्चतम प्रयोग गर्नुहोस्

एउटा घर वा बासस्थान बनाउँदा सूर्यको किरणको उच्चतम प्रयोगका लागि वर्षका विभिन्न समयहरूमा सूर्य कहाँ हुन्छ भनी विचार गर्नुहोस् । गर्मी महिनाहरूमा मध्यान्हको समयमा सूर्यमाथि उक्लिन्छ र दिनको धेरैजसो समय प्रत्यक्ष ताप दिन्छ । चिसो महिनाहरूमा सूर्य आकाशको तल्लो भागतिर नै हुन्छ, थोरै ताप दिन्छ र आकाशको फरक बाटोमा हिंड्छ । दक्षिणी देशहरूमा सूर्य भएतिर झ्यालहरू र बाहिरका भित्ताहरू उत्तरतिर फर्केका घरहरू बढी आरामदायी हुनेछन् । उत्तर देशरुमा धेरैजसो झ्यालहरू र बाहिरका भित्ताहरू दक्षिणतिर फर्किनुपर्दछ । यो साधारण नियमले सम्पूर्ण घरमा तापलाई सोस्न र तातो बनाइ राख्न सहयोग गर्छ

तातोका लागि सामग्रीहरू छनौट गर्नुहोस्

चिसो हुने क्षेत्रहरूमा केही निर्माण सामग्रीहरूले घरभित्र ताप सोस्न र गर्मी राखिराख्न सघाउ पु¥याउँछन् । बढी मोटाइ भएका सामग्रीहरूले तापलाई अत्यन्त राम्रोसँग सोस्दछ । ढुङ्गा, ईट्टा, माटो र परालले बनेका ब्लकहरूले काठ वा नभरिएका कंक्रिटका ब्लकहरूभन्दा राम्रोसँग तापलाई सोसेर राख्ने गर्दछन् । कंक्रिट ब्लकहरूलाई माटो वा कंक्रिटले भरेमा तिनीहरूलाई ताप जम्मा गर्न सघाउ पुग्छ । यी सामग्रीहरूमध्ये कुनै पनि प्रयोग गर्दा ताप सोसेर राख्न लागि उत्तम भित्ताको मोटाई ४ देखि ५ इन्च हुन्छ

तातो र चिसोबाट बचाउनुहोस्

तापरोधक त्यस्तो सामग्री हो जसले तातो र चिसोबाट जोगाउँछ । एक मात्र पातलो भित्ता र सिलिङ्ग विनाको छानो हुनेभन्दा एउटा राम्रोसँग कुचालित गरिएको घर मा भित्री भित्ता र बाहिरी भित्ताहरूबीच खाली भाग र छानामुन्तिर सिलिङ्ग हुन्छ । यी खाली भागहरूमा काठको धूलो, उन, पराल, विर्को वा पातलो म्ष्गितभ द्ययचबह सँग भिजाएर सुकाइएका दह्रो कागज वा कागज जस्ता वस्तुहरूद्वारा भरिएमा धमिराले खानबाट बचाउन सकिन्छ ।

यदि तपाई दोहोरो भित्ताहरू बनाउन सक्नुहुन्न भने भित्रपट्टिको भित्ताहरूलाई कागज, फोम, कार्डबोर्ड वा त्यस्तै चिजहरूले ढाक्नुहोस् । यसले केही मात्रामा कुचालित गर्न सघाउ पु¥याउनेछ । परालको छानोले राम्रो कुचालित को काम दिन्छ । त्यस्तै ईट्टाको भुँई र साह्रो भुँईले पनि गर्दछन् । तापलाई घरभित्र वा बाहिर राख्नका लागि फुटेको ठाउँ वा झ्याल र ढोका वरिपरिका प्वालहरू टाल्नुहोस् । कोठालाई दिनको समयमा चिसो र रातमा ताप दिनका लागि झ्यालहरू छोप्नुहोस् । खुल्ने झ्यालहरूले पनि राम्रो भेन्टिलेसनका लागि हावालाई आवतजावत गर्न दिन्छन् ।

घर निर्माण सामग्रीहरूको छनौट

घर निर्माणमा प्रयोग गरिने सामग्रीहरूले एउटा सुविधा बिहिन आश्रय स्थल र एउटा स्वस्थ राम्रो (सुन्दर) आश्रयस्थलबीच ठूलो फरक ल्याइदिन्छ । तर जब जंगलहरू र जलाधरहरू नासिन्छन्, प्राकृतिक भवन निर्माण सामग्रीहरू जस्तैः काठ, छाउने पराल र अन्य वनस्पतिजन्य सामग्रीहरूको विनाश हुन्छ र ठूलो मात्रामा कंक्रिट र अन्य ।।।आधुनिक’ सामग्रीहरू उपलब्ध हुन्छन्, परम्परागत सामग्रीहरू र तिनीहरूबाट कसरी घर बनाउने भन्ने ज्ञान लोप हुन्छ वा धेरै मानिसहरूद्वारा परम्परागत ज्ञानको मान्यता दिइदैन । त्यस्तो अवस्थामा सर्वोत्तम घर निर्माण सामग्रीहरू निम्न प्रकारका हुन सक्दछः

  • जमीनबाट उपलब्ध भएको, पुनः प्रयोग गर्न सकिने वा घरको जीवन अवधि सकेर पछि पुनः जमीनमा फर्काउन सकिने ।
  • स्थानीय स्तरमै उत्पादिन हुने र उपयोग हुने र स्थानीय जलवायुसँग मिल्दो
  • हानिकारक रसायनहरू नभएका वा उत्पादनका लागि ठूलो मात्रामा ऊर्जा नचाहिने ।

परम्परागत र आधुनिक भवनका सामग्रीहरू

धेरैजसो परम्परागत घरहरू बनाउन माटो, बालुवा, चिम्ट्याइलो माटो, ढुङ्गा, पराल, काठ र छाना र भित्ताहरूका लागि बाँस, पराल, लहराहरूको प्रयोग गर्छन् । यी सामग्रीहरू बलिया, स्थानीय तहमै उपलब्ध र खर्च थोरै वा नपर्ने हुन्छन् । तर तिनीहरूमा केही समस्याहरू छन् । माटोका भित्ताहरू पानी परेको बेला पखालिन सक्छन्, परालका छानाहरू हानिकारक कीराहरूका लागि बासस्थान हुन सक्छन् र यी सामग्रीहरू मात्र प्रयोग गरिएका घरहरू लामो समय टिक्न सक्दैन । कारखानामा बनाइएका सामग्रीहरू जस्तैः कंक्रिट ब्लकहरू र धातुका छानाहरूले धेरै स्थानहरूमा परम्परागत सामग्रीहरूलाई विस्थापित गरेका छन् । मानिसहरूले प्रायः कंक्रिट प्रयोग गर्छन् किनकि यो प्रयोग गर्न सजिलो छ र परिवारले धेरै पैसा कमाएपछि थप बनाउने गरी घर विभिन्न चरनहरूमा बनाउन सकिन्छ । केही मानिसहरूका लागि कंक्रिटको घर बनाउनु भनेको आर्थिक सम्पन्नता र आधुनिक जीवनशैलीको प्रतिक हो । तर कारखानामा बनाइएका सामग्रीहरूबाट बनाइएका घरहरू मानिसको स्वास्थ्य वा वातावरणको लागि उत्तम नहुन सक्दछन् । तिनीहरू प्रायः चिसो मौसमका लागि राम्रोसँग ताप रोधक बनाइएका हुँदैनन् । कंक्रिट बनाउनका लागि धेरै पानी र प्रशस्त ऊर्जा चाहिन्छ । यदि तिनीहरू राम्रोसँग बाँधिएनन् भने कंक्रिट ब्लकका घरहरू भुँईचालोका समयमा सजिलै भत्कन सक्छन् । यी सामग्रीहरू खर्चिला पनि छन् र प्रायः ठूला नगर र शहरहरूका मानिसहरूका लागि मात्र उपलब्ध छन् । घर बनाउने योजना गर्दाका बखतमा उपलब्ध हुन सक्ने विभिन्न सामग्रीहरूका असल र खराब गुणहरूमा विचार गर्नुहोस् । अरुहरूले उनीहरूका घर एउटा तरीकाले बनाउँदैमा त्यो सबैका लागि राम्रो हो भन्ने हुँदैन ।

भूकम्प प्रतिरोधक घर

हरेक वर्ष धेरै मानिसहरूले ज्यान गुमाउँछन् किनकि मानिसहरू भूकम्प प्रतिरोध गर्न नसक्ने घरहरूमा बस्दछन् । राम्रोसँग नबाँधिएका कंक्रिट ब्लक वा मजबुत नभएको ईंटा वा माटोका घरहरू र कडा जगबिनाका घरहरू भुँईचालोसँग बढी जोखिममा हुन्छन् । परम्परागत र लचिला सामग्रीहरूबाट जस्तैः माटो र लठ्ठाहरू, काठ वा परालका झुप्पाहरूबाट बनेका र प्लाष्टरले ढाकिएका (हेर्नुहोस् स्रोत ० घरहरू भुँईचालोहरूबाट हुने हानिलाई प्रतिरोध गर्न बढी सक्षम हुन्छन् । परम्परागत सामग्रीहरू सँगसँगै सुधारिएको घर बनाउने प्रक्रियाहरू जस्तैः जग, ऋचयकक(दचबअभ र पानी नछिर्ने प्लाष्टरहरूलाई समायोजन गर्दा घरहरूलाई सुरक्षित, बढी आरामदायी र खर्च बहन गर्न सकिने बनाउन सक्दछ । माटाका घरहरूमा हुने भुँईचालोका हानिहरूको खतरालाई घटाउनः

  • कम उचाइको, एक तले, साना घरहरू बनाउनुहोस् ।
  • सम्भव भएमा विशेषगरी कुनाहरूमा गोलाकार भित्ताहरू बनाउनुहोस् ।
  • यदि तपाई वर्गाकारमा बनाउँदै हुनुहुन्छ भने कुनाहरूलाई काठका ऋचयकक(दचबअभ ले मजबुत बनाउनुहोस् । यदि काठ उपलब्ध छैन भने तपाई तारको प्रयोग गर्न सक्नुहुन्छ ।
  • जगलाई फुटेका ईंटा वा ठूला ढुङ्गाहरूमा ीष्mभ ःयचतबच वा कंक्रिट मिसाएर साह्रो जमीनमा बनाउनुहोस् । जगका सामग्रीहरूलाई लठ्ठाहरू, बाँस, फलामको तार वा धातुका रडहरूद्वारा बाँध्नुहोस् ।
  • भित्ताहरूमा जगमा च्गकज ःबततष्लन, लठ्ठी, कीला, धातु र फलामको तार प्रयोग गरेर सिमेन्टले जोडेर बनाउनुहोस् ।
  • छानाको लागि हलुका सामग्रीहरूको प्रयोग गर्नुहोस् ।
  • ईंटा वा ब्लकका घरहरूलाई सुरक्षित बनाउन ईंटा वा ब्लकहरूका तहहरूका बाँध्नुहोस् । ऋचयककदभबm हरूलाई एउटा भित्ताबाट अर्कोसम्म बाँध्नुहोस् र तेर्सो दचबअभक हरूलाई बिमहरूका बीचमा बाँध्नुहोस् । जसले गर्दा घरलाई यताउता चल्नबाट रोक्नेछ

समुदायहरूस“ग योजना बनाउनु

जब मानिसहरू तिनीहरूका घरहरू र समुदायहरूको घरहरू योजना बनाउने र निर्माणसँगै गर्ने गर्छन् । तिनीहरूको जीवनमाथि बढी नियन्त्रण रहन्छ र तिनीहरूले आफ्ना आवश्यकता, आशा र चाहनाहरू पूरा गर्ने योजनाको विकास गर्न सक्दछन् । सम्भव भएसम्म सरकार र समुदायको विकासमा संलग्न निकायहरूले, मानिसहरूलाई तिनीहरूका आफ्नै निवास परियोजनाहरूका योजना गर्न र सम्भार गर्नमा सहभागी गराउनुपर्दछ । एउटा जागरुक समुदायमा प्रत्येक घर साझा सार्वजनिक क्षेत्रहरू जस्तैः बगैंचाहरू, पानी र लुगा धुने सुविधाहरू, बजारहरू, विद्यालयहरू र मानिसहरू अन्तरक्रिया गर्न अन्य स्थानहरूसँग गाँसिएको हुन्छ । घरहरू बनाउन मानिसहरूले सँगसँगै काम गर्नुपर्ने हुन्छ । योजनाकारहरू, निर्माणकर्ताहरू, विकास एजेन्सीहरू र हाउजिङ्ग दिलाउनेहरूले मानिसहरूलाई शिक्षा, दक्षता, बाँडफाँड र पूर्ण संलग्नता बढाउने तरीकाले सँगसँगै काम गर्न प्रोत्साहन गरेमा तिनीहरूले हाउजिङ्ग मात्र बनाउने छैनन् तिनीहरूले स्वस्थ समुदायहरू पनि बनाउने छन् ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका



© 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate