खाद्यजन्य फोहरलाई कागज वा सिसा आदिसँग छुट्याउनाले पुनः प्रयोग गर्ने, पुनः प्रशोधन गर्ने र सामानहरूबाट छुट्कारा पाउन सजिलो हुन्छ । साथै यसले मिश्रित फोहरबाट हुने समस्याबाट पनि जोगाउँछ (पृष्ठ ३९०) । फोहरलाई स्रोतमै छुट्याउनु राम्रो फोहर व्यवस्थापनको पहिलो चरण हो, तर यसले समस्याको समाधान त्यत्तिखेर मात्र गर्छ जब फोहर छुट्याएपछि त्यसको व्यवस्थापन गर्ने राम्रो तरीका अपनाइन्छ । फोहर स्रोतमा छुट्याउनु एउटा सम्पूर्ण व्यवस्थापन पद्धतिको भाग मात्र हो, जसमा पुनः प्रयोग, मल बनाउने, सँधैभरी संकलन गर्ने, पुनःप्रशोधन गर्ने र सुरक्षित व्यवस्थापन गर्ने समावेश हुन्छ ।
शहर र गाउँ दुवै क्षेत्रमा उत्पादन हुने फोहरको सबैभन्दा ठूलो भाग कुहिने फोहर वा चिसो फोहर को हुन्छ (बाँकी खाना र बगैंचाबाट निस्कने फोहर जस्तै सुकेको विरुवा र पात) । यस्ता फोहरलाई घाम र पानीले विखण्डित गर्दछ वा जीवहरूले (कीरा, जीवाणु, खाने गर्छन् र मलमा परिणत हुन्छ (पृष्ठ ४०० हेर्नुहोस्) । फोहरमा धेरैजसो कागज, सिसा, फलाम र प्लाष्टिक हुने गर्छन् । यो फोहरको ठूलो भाग सामान प्याक गरेर आएका वस्तुहरू हुन् । घरेलु फोहरमा विषाक्त वस्तु पनि समावेश हुन सक्छन् । जस्तैः रंग, ब्याट्री, प्लाष्टिकका डाइपर, गाडीको तेल, पुरानो विषादी र सफा गर्ने सामानका भाँडाहरू ।
फोहर घर वा व्यवसाय जसले उत्पादन गर्छ वा जसले संकलन गर्छ उसले छुट्याउन सक्छ । तपाईको समुदायले पुनः प्रयोग, पुनः प्रशोधन र व्यवस्थापन गर्नको लागि फोहर संकलन र छुट्याउने जस्तो प्रणाली प्रयोग गरेपनि यस्तो काम गर्ने मानिसलाई उचित सम्मान र आफूले गरेको कामको उचित ज्याला दिन अत्यन्त जरुरी हुन्छ । संकलकहरूले फोहर छुट्याएर र महत्वपूर्ण सामान बेचेर र बाँकीको सामान पुनः प्रशोधन केन्द्रमा ल्याएर पैसा कमाउन सक्छन् । कुनै संक्लकहरूले घरमा फोहर छुट्याउनेलाई केही पैसा बढी दिने वा नछुट्याइएको फोहरको लागि कम पैसा दिन सक्छन् । यदि फाहेर घरमा छुटयाइन्छ भने सुख्खा सामानहरू घरभित्र एउटा भाँडोमा राख्नुपर्छ । कुहिने फोहर राखेको भाँडा चाहिँ घर बाहिर राख्न सकिन्छ र घरमै मल बनाउन सकिन्छ अथवा छिमेकमा रहेको मल बनाउने योजना भएको ठाउँमा संकलन गर्न सकिन्छ (पृष्ठ ४०० देखि ४०३ मा हेर्नुहोस्) ।
कुहिने फोहर नै फोहरको मुख्य भाग भएकोले यस्तो फोहरलाई छुट्याएर मल बनाउनाले फोहर हदैसम्म कम हुन्छ । माटोमा प्राङ्गारिक मल थप्नु, अन्नबालीको लागि चाहिने पौष्टिक तत्व जमिनमा नै पुनः थप्ने एउटा तरीका हो । प्राङ्गारिक मल बनाउने सबैभन्दा उत्तम तरीका उपलब्ध ठाउँमा भर पर्छ । सानो मात्रा मल भाँडामा राखेर घरमा वा व्यावसायिक कार्यालयमा नै बनाउन सकिन्छ । ठूलो मात्रामा मल चाहिँ शहर वा नगर र खेत जहाँ फोहर जम्मा गर्न धेरै ठाउँ छ, त्यहीँ बनाउन सकिन्छ (मल प्रयोग गर्न, पृष्ठ २८७) ।
गड्यौंलाहरू मल बनाउने प्राकृतिक उत्तम प्राणी हो । सानो बाकसमा भएको गड्यौंलाले घरयासी खाद्यजन्य फोहरलाई तपाईको बगैंचाको लागि हुने राम्रो माटोमा परिणत गर्छ । तपाईसँग मल बनाउनको लागि ठूलो ठाउँ नभएको बेला गड्यौंला भएको बाकसले मल बनाउने एउटा तरीका प्रदान गर्छ । काठ वा प्लाष्टिकको बाकसको तल्लो भागमा हावा छिर्न र पानी र माटो बाहिर निस्कन प्वाल बनाउनुहोस्
अर्को बाकस अथवा थाल प्वाल पारिएको बाकसको तल राख्नुहोस् जसमा गड्यौंलाले बनाएको माटा जम्मा हुन्छ । माथिल्लो बाकसलाई कागजको टुक्रा, पराल र खानाको साना साना टुक्राले भर्नुहोस् । त्यसमा एक झोला राम्रो गड्यौंला, बगैंचा केन्द्र वा कृषककोबाट ल्याएर हाल्नुहोस् । खानाको टुक्रा बेलाबेलामा हाली रहनुहोस् र बाकसलाई ओसिलो राख्नुहोस् तर चिसो नबनाउनुहोस् । गड्यौंलालाई घामबाट बचाउनको लागि माथिल्ला भागलाई छोप्नुहोस् । तपाईंले हालेको फोहर कुरा गड्यौंलाले खाएपछि त्यसले माटो बनाउँछ र गड्यौंलाको संख्या पनि बढ्छ । कुनै गड्यौंला तलको भाँडामा खस्न सक्छन् त्यसलाई फेरि माथि राख्नुहोस् वा त्यसलाई आफ्नो बगैंचाको नयाँ माटोमा राख्नुहोस् ।
बेनिन को राजधानी पोरटो नोभोमा कुनै समय चार तल्ला घरजतिको फोहरको थुप्रो सडकमा थियो । तपाई सोंच्न सक्नुहुन्छ यसले धेरै स्वास्थ्य समस्या ल्यायो र यसबाट आउने कडा गन्धले ठाउँलाई बस्न अनुपयुक्त बनाए । केही मानिसहरूले मल केन्द्र खोलेर फोहरलाई प्रयोग गर्न मिल्ने मल बनाउने निधो गरे । समाज सेवा संस्थाबाट आएको पैसाले उनीहरूले पुनः प्रशोधन गर्न र मल बनाउन ठूलो ठाउँ खोजे । फ्रेन्च संस्थाले पोरटो नोभो समूहलाई एउटा ट्रयाक्टर र २ वटा ट्रेलर प्रदान ग¥यो । उनीहरूले ट्रेलरलाई रेलको स्टेशन र फुटबल खेल्ने ठाउँ नजिक लगेर राखे र मानिसहरूलाई फोहर त्यसैमा राख्न प्रोत्साहन गरे । अब, हरेक साँझ, ट्रयाक्टरले ट्रेलरलाई मल बनाउने ठाउँसम्म लान्थ्यो र त्यहाँ युवाहरूले फोहर छुट्याउने गर्थे ।
कुहिने फोहरलाई खाल्डोमा राखिन्थ्यो र तारको पातले ले छोपेर मल बनाइन्थ्यो । मल बनाउने मानिसले उष्णता , हावाको बहाब र ताप जाँच गथ्र्यो ताकी मल चाँडै बनोस् । दुई महिनापछि मल प्रायेगको लागि तयार हुन्छ । योजनाका केही युवाहरूले मलको प्रयोग बजार बगैंचाको लागि गर्न थाले । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबाट आएको पैसाले उनीहरूले बीउ र अन्न रोप्नको लागि जमिन किने । बेनिन को यो क्षेत्रमा माटो कहिले राम्रो भएको थिएन तर लगातार प्रयोगका कारण बिग्रिएको भने थियो । तर माटो राम्रो बनाउने मलका कारण युवा मालीहरू पौष्टिक र ताजा तरकारी उमार्न सक्षम भए । गाउँलेहरूले पनि आफ्नो बगैंचाका लागि मल किन्न थाले । तरकारी र मल बेचेर आएको पैसाले उनीहरूले नयाँ उपकरण किन्न र बेरोजगारहरूलाई फोहर छुट्याउने र बजार बगैंचाको काममा लगाउन थाले । यसरी योजनाले आफैंलाई सहायता गर्न र लगातार विस्तार हुन थाले ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 12/9/2019