অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

सामुदायिक फोहरमैला कार्यक्रम

एकचोटी समुदायमा फोहरबाट हुने समस्याको साझा सोंच भएपछि त्यसले समस्याको समाधानको लागि कदम चाल्न सक्छ, शुरुवात चाहिं समुदायको आवश्यकता र सामथ्र्यतासँग मिल्न सक्ने योजनाबाट हुन सक्छ । एउटा सम्पूर्ण सामुदायिक फोहर कार्यक्रममा तल लेखिएको सबै कदमहरू समावेश हुन सक्छन् (अधिक जानकारीको लागि अघिल्लो केही पृष्ठ)

  • उत्पादित फोहरको मात्रा घटाउनुहोस्, खासगरी विषाक्त र पुनः प्रयोग गर्न नमिल्ने सामानहरूको ।
  • फोहर हुने ठाउँमा नै फोहरलाई छुट्याउनुहोस् ।
  • अन्न र अरु कुहिने वस्तुको प्राङ्गारिक मल बनाउनुहोस् ।
  • पुनः प्रयोग गर्न मिल्ने सबैलाई पुनः प्रयोग गर्नुहोस् ।
  • सामानहरू पुनः प्रशोधन गर्नुहोस् र सरकार र कारखानालाई सामुदायिक पुनः प्रशोधन कार्यक्रमको लागि दबाव दिनुहोस् ।
  • फोहरलाई सुरक्षित तरिकाले संकलन, ढुवानी र भण्डारण गर्नुहोस् । यस्तो काम गर्ने मानिसलाई मुनासिव ज्याला र सम्मान गर्नुहोस् ।
  • पुनः प्रयोग र पुनः प्रशोधन गर्न नमिल्ने फोहरलाई सुरक्षित तरीकाले विसर्जन गर्नुहोस् ।

फोहर कम गर्ने

हाम्रो घरमा, बाटोमा र खेतमा हुने फोहरको सुरुवात कारखानामा उत्पादन हुने र पुनः प्रयोग र पुनः प्रशोधन गर्न नमिल्ने वस्तुबाट हुन्छ । सामुदायिक कार्यक्रमको एउटा उद्देश्य मानिसहरूलाई फोहर हुने थोरै सामान प्रयोग गर्न मद्दत गरी फोहरलाई दीर्घकालीन रूपमा कम गर्नु हो । फोहर कम गर्ने केही उपायहरूः

  • धेरै पत्रमा बेरिएको सामान खरिद नगर्ने ।
  • सिसा र दह्रो कागजलाई, प्लाष्टिक र फलामको सट्टामा प्रयोग गर्ने ।
  • आफ्नै टोकरी र झोला प्रयोग गर्ने र बजारमा दिइएको प्लाष्टिकको झोला नलिने ।
  • एकैचोटी धेरै खाना किन्ने जसले घरमा ल्याइने झोलाहरू कम हुन्छ । समुदायले व्यापारी र स्थानीय सरकारसँग मिलेर व्यवस्थापनपन र स्वास्थ्य समस्या ल्याउने सामानलाई समुदायमा आउनबाट रोक लगाउन सक्छ । सामुदायिक संस्थाले सरकारलाई दबाब दिएर व्यवसायीहरूलाई उनीहरूले उत्पादन गरेको फोहरको जिम्मेवारी उठाउन कानुन बनाउन लगाउन सक्छ ।

प्लाष्टिकका झोलालाई निषेध गरिनु

अलस्काको इम्मोनाक गाउँको बाहिर प्लाष्टिकका झोलाहरू फोहर फाल्ने ठाउँबाट निस्कन्थे र हावामा उड्ने गर्थे । गलेना नाम गरेको नजिकको शहरमा गएर रुखमा अड्किन्थे वा स्युकुन खोलामा बग्थे । नदिहरू समुद्रमा मिसिने ठाउँमा प्लाष्टिकका झोलाहरू मरेका सील र सालमोन मा बेरिएको अवस्थामा पाइन्थ्यो । तीनवटा गाउँले प्लाष्टिक १९९८ मा निषेध गरेको हुनाले यो समस्या अहिले हुँदैन । यही कुरालाई अगाडि बढाउँदै, अलस्का प्रान्तका अरु ३० वटा समुदायले पनि प्लाष्टिक निषेध ग¥यो र यो अहिले बढ्दै छ । शहर र गाउँहरूमा मानिसहरूलाई कागज र कपडाको झोला बोक्न प्रोत्साहन गरिन्छ, जुन धेरै वर्षसम्म प्रयोग गर्न सकिन्छ । अलस्कामा प्लाष्टिकविरुद्ध अभियानमा, वातावरण संरक्षण विभाग र स्युकुन नदि जलाधार भित्र बस्ने समुदायले मानिसलाई प्लाष्टिक झोलालाई अरु कुरा बनाएर कसरी पुनः प्रयोग गर्ने भनेर कार्यक्रम सञ्चालन ग¥यो । अब मानिसहरू प्लाष्टिकको झोलालाई काटेर हाते व्याग, ढोकामा राख्ने चकटी टोकरी र अरु महत्वपूर्ण सामानहरू बनाउँछन् । उनीहरू त्यसलाई बेचेर पैसा पनि जम्मा गर्छन् जसले कुनै बेला नाला जाम गर्ने र बाटोभरि फोहर हुने गथ्र्यो

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 12/10/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate