অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

सामुदायिक फोहर र व्यवस्थापन

घरयासीलाई फोहर, काम नलाग्ने सामान र अरु धेरै नाम दिइन्छ । यस्ता फोहरले स्वास्थ्य समस्या ल्याउनै पर्छ भन्ने छैन । यो त आम्दानीको स्रोत वा अरु सामान बनाउने स्रोत पनि हुन सक्छ । तर जब फोहरलाई राम्रोसँग संकलन गरिएन, छुट्याइएन, पुनः प्रयोग गरिएन अथवा राम्रोसँग विसर्जन गरिएन भने यसले नराम्रो गन्धको साथै स्वास्थ्य समस्या ल्याउन सक्छ । हामी मध्ये धेरैले हाम्रो घरको फोहर कसैले न कसैले त केही गरी ध्यान राख्छन् भनेर फालिदिन्छौं । विशेषगरी गरिब मानिसहरू, बाँकीको समुदायले बनाएको फोहरमा बस्न बाध्य हुन्छन् । फोहरलाई काम लाग्ने सामान बनाउन छुट्याउने, संकलन गर्ने, सफा गर्ने र पुनः प्रयोग गर्ने काम पनि यस्तै गरिबहरूले नै गर्छन् । सबैजना यस्तो काम स्वास्थ्य र वातावरणलाई जोगाउन महत्वपूर्ण छ भनेर सहमति जनाउँछन् तर यो काम गर्ने मानिसलाई विरलै राम्रो पैसा दिइन्छ वा सम्मानले हेरिन्छ । फोहरलाई व्यवस्थापन गरेर मात्र मानिस र वातावरणमा हुने हानि कम हुँदैन, हामीले उत्पादन गर्ने फोहरको मात्रामा नै कमी गर्नुपर्छ र जतिसक्दो त्यसलाई काम लाग्ने सामान वा स्रोतमा परिणत गर्नुपर्छ । सबैजना र विशेष गरी कारखाना र सरकारले उनीहरूले उत्पादन गर्ने फोहरको जिम्मेवारी लिनुपर्छ र फोहरको उत्सर्जन घटाउनुलाई प्रथम प्राथमिकता दिनुपर्दछ ।

कसरी इसे ले राम्रो स्वास्थ्य र सम्मान प्राप्त गर

हरेक दिन इसेङ्ग फोहर संकलन गर्न इण्डोनेसियाको बाण्डुङ्ग शहरमा जाने गर्थे । किनकि उनको घर राम्रो फोहर पाउने ठाउँभन्दा टाढा थियो । त्यसैले उनी धेरै जस्तो समय फोहरको भारी बोकेर ओहरदोहर गर्नमा व्यत्तित गर्थे । हरेक रात इसेङ्ग अर्को बिहान व्यापारीलाई बेच्न फोहर छुट्याउँथे । कुनै व्यापारी सिसा किन्थे, कोही फालम किन्थे त कोही कागज किन्थे । तर उनको घरमा थुप्रिएको फोहर भने कुनै व्यापारीले किन्दैनथे । उनेको घर भयानक फोहर राख्ने ठाउँ भएको थियो र त्यसबाट छुट्कारा पाउने उनको लागि कुनै ठाउँ थिएन । कहिलेकाहीँ फोहरले गर्दा उनी महिनौसम्म संक्रमित भई विरामी हुन्थे । लामखुट्टे उनको घरमा टायरको फोहरमा अण्डा पार्ने हुनाले उनलाई बारम्बार ज्वरो आउने र मलेरिया हुने भयो । यस्तो मेहनेतपछि पनि पसल र बाटोमा फोहर जम्मा गरी छुट्याउने गर्दा उनलाई प्रहरीले पनि प्रायः दुःख दिने गर्थे । इसेङ्ग र अरु फोहर संकलकहरूले एउटा संस्था खोल्ने निधो गरे जसले उनीहरूले संकलन गरेको फोहर बेच्न, जानकारी र सामानहरू एक आपसमा बाँडेर अरु फाइदाहरू प्रदान गर्छ । उनीहरू वातावरण र कामदारहरूको हकमा काम गर्ने स्थानीय संस्थामा गए, र सबै मिलेर उनीहरूले स्रोत पुनःप्रशोधन कार्यक्रम चलाउने विचारमा पुगे । वातावरणमा काम गर्ने संस्थाका मानिसहरूले, सरकारलाई स्रोत पुनःप्रशोधन कार्यक्रममा सहयोग गर्न, नियम बनाउन र व्यापारीहरूले फोहर संकलकहरूलाई राम्रो व्यवहार गर्नुपर्ने कुरा माग गरे । शहरको सरकारले सहमति जनायो र इसेङ्ग र अरुहरूले पनि फोहर संकलन गर्न सक्ने ठाउँमा केन्द्र स्थापना भयो । फोहर संकलन गरेर छुट्याउनका लागि केन्द्रमा ल्याउन वा सीधै कवाडी व्यापारीकोमा पु¥याउन सजिलो पार्न हरेक फोहर संकलकलाई एउटा गाडा ९ऋबचत धष्तज ध्जभभकि० प्रदान गरियो । स्रोत पुनःप्रशोधन केन्द्रले कामदारहरूलाई धारिलो सामान अथवा प्रदूषित फोहरबाट जोगाउन पञ्जा र जुत्ता प्रदान ग¥यो । जब वातावरणमा काम गर्ने संस्थाका मानिसहरूले इसेङ्गलाई मलेरिया भएको थाहा पाए, उनलाई स्वास्थ्य संस्थाबाट औषधि उपचार गर्न मद्दत गरे । इसेङ्ग अझै पनि फोहर संकलन गर्न मेहनत गर्छन् तर अब उनको स्वास्थ्य राम्रो भएको छ र उनको घर पनि फोहर फाल्ने ठाउँ जस्तो देखिंदैन । उनलाई र अरु फोहर संकलकलाई प्रहरी र व्यापारीहरूले समुदाय सफा राखेकोमा पाउने पर्ने सम्मान दिन्छन् र शहर स्रोत पुनःप्रशोधन केन्द्र र सफा शहरप्रति गौरव गर्छन् ।

कुनै फोहर कही जादैन

फोहर सबै ठाउँका लागि समस्या भएको छ किनभने हामी धेरै फोहर उत्पादन गर्छौं । हामीले हाम्रो वरिपरि हे¥र्यौं भने प्लाष्टिक, सिसा र फलामले बनेको फोहरहरू देख्न सक्छौं जुन कहीँ जाँदैनन् । कुनै बेला खाना वा अरु सामानलाई प्राकृतिक वा पुनः प्रयोग गरिएको वस्तु जस्तैः केराको पात र पत्रिकामा बेरिने गरिन्थ्यो । भाडा र अरु महत्वपूर्ण सामानहरू माटो, काठ र पृथ्वीबाट सीधै उपलब्ध वस्तुबाट बनाइन्थ्यो । जब यी वस्तुहरू फ्याँकिन्थ्यो, यी फोहरमा परिणत हुँदैनथे किनभने यी वस्तु चाँडै कुहिएर र पृथ्वीमै विलिन हुन्छन् । तर अहिले, कारखानाहरूले प्लाष्टिक, फलाम र रसायन प्रयोग गर्ने भएकोले, यी सामानहरू प्रयोगपश्चात् फोहर हुने गर्छन् । बोतल, बाल्टिन र व्यागदेखि कार र कम्प्युटरसमेत बलियो र हलुका वस्तुबाट बनाइन्छ, तर यो कुहिन धरै समय लाग्छ । सामानहरूलाई क्यान , बोतल र प्लाष्टिको झोलामा राख्नाले उनीहरूलाई बेच्न र ढुवानी गर्न सजिलो हुन्छ तर यसले अझै धेरै फोहर उत्पादन गर्छ ।

प्लाष्टिक झोलाको जीवनचत्र

पहिले मानिसहरू बास्केट र कपडाको झोला सामान बोक्न प्रयोग गर्थे । अब हामी प्लाष्टिकको झोला प्रायेग गर्छौ जसले गर्दा यो सबैभन्दा धेरै प्रयोग हुने प्लाष्टिकको उत्पादन भएको छ । करौडौं प्लाष्टिक सामानहरू हरेक वर्ष बनाइन्छ र फ्याँकिन्छ ।

कमजोर व्यवस्थापन र मिश्रित फोहर

जब हाम्रो समुदायमा फोहर थुप्रिन्छ वा वरिपरि छरिन्छ, यो नराम्रो देखिनुको साथै नराम्रो गन्ध र स्वास्थ्यमा खराब असर पु¥याउँछ । जब फोहर छुट्याईँदैन तब फोहरको मात्रा र यसबाट हुने समस्या हुनुपर्ने भन्दा धेरै हुन्छ । जब हानिकारक फोहर जस्तैः पुरानो ब्याट्रि र स्वास्थ्य सेवाबाट आउने फोहरहरू, फोहर जस्तै कागज र खानाको टुक्रासँग मिसिन्छन्, त्यो मिश्रण अझै खतरनाक हुन्छ । यसलाई राम्रोसँग व्यवस्थापन नगरिएमा फोहरले स्वास्थ्य समस्या ल्याउँछ ।

  • खुल्ला थुप्रिएका फोहरहरूमा मुसा, भिंगा, लामखुट्टे, साङ्ग्ला र अरु कीराहरू उत्पन्न हुन्छन् । जसले विभिन्न रोगहरू ल्याउँछन् । जस्तैः मलेरिया, डेंगु, हेपाटाइटिस, टाइफाइड आदि ।
  • फोहर राखिने र फालिने ठाउँमा कीटाणुहरू बढ्छन् । यसले नजिक खेल्ने बच्चाहरू र फोहर संक्लन गरेर बेच्ने मानिसहरूलाई असर पु¥याउँछ । फोहरमा हुने कीटाणुहरूले विभिन्न स्वास्थ्य समस्या ल्याउँछ । जस्तैः झाडापखाला, हैजा, लुतो, टिटानस र अरु छाला र आँखासम्बन्धी रोग ।
  • पानी बग्ने ठाउँ र फोहर पानी जम्ने ठाउँमा फोहर जमेर पानी बग्न दिंँदैन । यसले पानी जमाउँन सक्छ जसमा कीराहरूको उत्पादन हुन्छ र पानी पर्ने समयमा बग्न सक्छ । यसरी बग्ने नहरहरू जसमा मानिस र जनावरहरूको मल हुन्छ, त्यसले खानेपानी र माटोलाई प्रदूषित गर्न सक्छ ।
  • जब फोहरको ठूलो थुप्रो भत्किन्छ यसले नजिकै बस्ने मानिस वा फोहरमा काम गर्ने मानिसलाई असर पु¥याउँछ ।
  • फोहरमा भएको विषाक्त रसायनहरू पानीको स्रोत र माटोमा पसेर मानिसहरूको लागि धेरै वर्षसम्म विषाक्त बनाइराख्छ । कहिलेकाहीँ विषाक्त वस्तु भएको फोहर पड्किन वा आगजनी पनि हुन सक्छ ।
  • जब प्लाष्टिक र अरु विषाक्त फोहर खुला ठाउँमा वा भष्मीकरण यन्त्र मा जलाइन्छ, त्यसबाट हानिकारक रसायन हावामा मिसिन्छ र विषाक्त खरानीले माटो र पानी प्रदूषित गर्छ । छोटकरीमा, यस्तो विषाक्त रसायनले छातीमा खराबी, खोकी, वाकवाक लाग्ने, वान्ता हुने र आँखामा असर गर्छ । लामो समयमा यसले क्यान्सर र जन्मसम्बन्धी खराबी जस्तो रोगहरू उत्पन्न गर्छ । भष्मीकरण यन्त्रको अधिक जानकारीको लागि पृष्ठ ४२३ हेर्नुहोस्)

फोहरबाट उत्पन्न विरामीको उपचारको लागि, जहाँ डाक्टर नभए त्जभचभ क्ष्क ल्य वा अरु सामान्य स्वास्थ्य सेवासम्बन्धी किताब हेर्नुहोस् । फोहरमा काम गर्दा हुने धेरै विरामीहरूबाट पञ्जा, मास्क, बुट अथवा बन्द जुत्ता लगाउनले बँच्न सकिन्छ । (फोहरमा काम गर्दा सावधानीको लागि, पृष्ठ ४०६ र अनुसूची १ हेर्नुहोस्

सामुदायिक सरसफाइ र स्रोत पुनर्संकलन

समुदायलाई हानिकारक फोहरबाट बचाउनाले र फोहरलाई स्रोतमा परिणत गर्नाले सामुदायिक स्वास्थ्य, वातावरण र पैसा जोगाउन सकिन्छ । उदाहरणको लागि अर्जेन्टिनाको फोहर संकलन समूहले के थाहा पाए भने यदि व्युनस आयर्स शहरको सबै काम नलाग्ने कागज संकलन गरेर पुनःप्रशोधन गरिएमा त्यसले १० मिलियन अमेरिकी डलर वर्षमा बचाउन सकिने रहेछ । यदि यो पैसा शहरको सबै फोहर संकलकहरूलाई दिइने हो भने एक जनाले १५० डलर महिनामा कमाउन सक्ने रहेछन् । हरेक मानिस र हरेक समुदायले फोहर घटाउन र सुरक्षित विसर्जन गर्ने जिम्मेवारी लिन सक्छन् । तर समुदायले धेरै गर्न सकेपछि, फोहर एउटा राजनीतिक समस्या हो जुन सरकार, कारखाना र समुदाय मिलेर, मानिसहरूको स्वास्थ्य सुधार गर्ने लक्ष्य लिएमा समाधान गर्न सकिन्छ । सरकारले कारखानाहरूलाई जतिसक्दो कम फोहर उत्पादन गर्न लगाएर मानिस र वातावरणमा पर्ने फोहरको भार कम गर्न सक्छ (पृष्ठ ४५८ हेर्नुहोस्) । सरकारले मानिसहरूलाई पुनः प्रयोग गर्ने र सुरक्षित व्यवस्थापन गरेर पैसा जोगाउने, रोजगारी सिर्जना गर्ने र सामुदायिक समस्या समाधान गर्न प्रोत्साहन गर्ने कार्यक्रमलाई सहयोग गर्नुपर्छ (पृष्ठ ३९५, ४०१, ४०८ र ४१६) ।

सामुदायिक फोहर गमन

सामुदायिक फोहर गमनले मानिसहरूलाई फोहरको समस्या हेर्न र त्यसको बारेमा समाधान गर्ने मौका दिन्छ । मानिसहरूले फोहरसम्बन्धी आफ्नो जिज्ञासा र सफा, स्वास्थ्य समुदायको आशामा आवाज उठाउन सक्छन् । फोहर गमनको बेलामा वा त्यसपछि, समूहले समुदाय सफा गर्न र स्रोतको पुनः प्रशोधनको लागि के के कदम चाल्न जरुरी छ छलफल गर्न सक्छन्

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 12/18/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate