तपाईले सक्ने जति सामान पुनः प्रयोग गर्नुहोस्
एउटा मानिसको फोहर अर्कोको लागि उपयोगी समाग्री हुन सक्छ । संसारभरी, मानिसहरूले सुरक्षित तरीकाले फ्यालिएका सामान पुनः प्रयोग गर्ने तरीका निकालेर पैसा र वातावरण जोगाउँछन् ।
- टायरबाट जुत्ता, बकेट र प्लान्टर्स बनाउनुहोस् ।
- टिनका डिब्बाबाट बत्ती , प्लान्टर्स र मैनबत्ति राख्ने सामान बनाउनुहोस् ।
- ध्बहभम ँययम ऋयलतबष्लभचक बाट बजारमा जाने व्याग बनाउनुहोस् ।
- नरिवलको बोक्राबाट कप, काँटा र चम्चा बनाउनुहोस् ।
- केराको पातबाट प्लेट र कचौराहरू बनाउनुहोस् ।
- फलामका टुक्राबाट स्टोभ , दियो र कलाकृति बनाउनुहोस् ।
- कागजलाई लामो टुक्रा बनाएर काटेर घर तताउन ताप निरोधकको रूपमा लागि प्रयोग गर्न सकिन्छ वा ब्रिकेट बनाएर बाल्न सकिन्छ ।
- काठको धुलोलाई मल बनाउन, मल र अरु जैविक पदार्थसँग मिसाएर ब्रिकेट बनाउन सकिन्छ ।
पुनः प्रशोधनले फोहरलाई स्रोतमा परिणत गर्दछ
पुनः प्रशोधनमा, प्रयोगमा नआउने वस्तुहरूलाई प्रयोग गर्न मिल्ने वस्तुहरूमा परिणत गरिन्छ । केही वस्तुहरू जस्तैः फलाम र रबरलाई कारखानामा पुनः प्रशोधन गरिनुपर्छ । अरु पदार्थ जस्तैः कागज र सिसालाई पुनः प्रशोधन गर्न कम उपकरण र ठाउँ चाहिने हुनाले यसलाई सानो कारखाना वा मानिसहरूको घरमा पनि गर्न सकिन्छ । पुनः प्रशोधन फोहर कम गर्ने एउटा महत्वपूर्ण तरीका हो । तर पुनः प्रशोधन मा सरकार र उद्योगको सहयोग साथसाथै समुदाय र मानिसहरूको प्रतिबद्धता चाहिन्छ । यदि पुनः प्रशोधन गरिएको सामानको लागि बजार नभएमा वा सुरक्षित तरीकाले पुनः प्रशोधन नगरिएमा, यो कुनै पनि हालतमा समाधान होइन ।
पुनः प्रशोधनले फोहरबाट नयाँ सामान उत्पादन गरेर यसलाई घटाउँछ र साथै बनाउनको लागि प्रयोग हुने ऊर्जा पनि बचाउँछ । उदाहरणको लागि नयाँ कागज बनाउँनु भन्दा पुनः प्रशोधन गर्दा २ ÷ ३ ऊर्जा कम लाग्छ । त्यस्तै कच्चा धातुबाट स्टिल बनाउँदा भन्दा फलामका टुक्राबाट स्टिल बनाउँदा कम ऊर्जा लाग्छ । कच्चा बक्साइट धातुबाट अल्मुनियम बनाउँनु भन्दा टुक्राहरूबाट बनाउँदा कम ऊर्जा चाहिन्छ
पुनः प्रशोधनलेः
- वातावरणलाई प्रदूषित बनाउने फोहरको मात्रा घटाउँछ ।
- व्यवस्थापन गर्नुपर्ने फोहरको मात्रा घटाइ पैसा र ठाउँ जोगाउँछ ।
- एउटै स्रोतलाई एकचोटीभन्दा बढी प्रयोग गर्नाले स्रोतको प्रयोगमा कमी आउँछ ।
- थोरै कच्चा पदार्थ भित्र्याउनु पर्ने हुनाले स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई मद्दत गर्छ ।
- रोजगारी प्रदान गर्छ ।
कस्तो वस्तु पुनः प्रशोधन गर्न सकिन्छ ?
- पुनःप्रशोधन गर्न सक्ने वस्तुहरू स्थानीय पुनः प्रशोधन गर्ने कारखानामा भर पर्छ ।
- बालुवा , सोडा, खरानी र चुनबाट सिसा बनाइन्छ । सिसाको व्यवस्थापनपछि पनि यो आफ्नो स्रोत पदार्थमा भने टुक्रिदैंन । सिसालाई पुनः प्रशोधन गर्दा रङ्गको आधारमा छुट्याइन्छ र तताएर झोल बनाइन्छ र नयाँ भाँडाको आकार दिइन्छ । केही सिसाहरूलाई घर र सडकमा प्रयोग हुने वस्तुको रूपमा पनि पुनः प्रशोधन गरिन्छ ।
- अल्मुनियम जमिनबाट निकालिएको बक्साइट नामको खनिजबाट बनाइन्छ । यो पनि सिसा जस्तै आफ्नो पुरानै स्रोतमा टुक्रिदैंन । अल्मुनियमलाई पगालेर क्यान वा अरु आकार दिएर पुनः प्रशोधन गरिन्छ ।
- स्टिलमा टिन लगाइएका क्यान जस्तैः सुप र फलफूलका क्यानलाई टिन र स्टिल छुट्याएर पुनः प्रशोधन गरिन्छ । स्टिल र टिनलाई सफा गरिन्छ र अझै क्यानहरू र अरु चिजहरू बनाउन बेचिन्छ ।
- रबर रुखबाट आउने प्राकृतिक चोप र पेट्रोलियमबाट बनाइन्छ । रबरलाई सानो सानो टुक्रा पारी वा पगालेर नयाँ वस्तु बनाई पुनःप्रशोधन गरिन्छ ।
- कागज , काठ, कपास र अरु बलियो रेसा विरुवाबाट बनाइन्छ । पुनः प्रशोधन गरेर त्यहि वस्तुमा परिणत गर्न मिल्ने केही वस्तु मध्ये कागज पनि एक हो । व्यावसायिक कागज धेरै जस्तो कारखानामा पुनः प्रशोधन गरिन्छ । कागजलाई हातले नै पुनः प्रशोधन गरेर घरको लागि र बेच्नको लागि सुन्दर वस्तुहरू बनाउन सकिन्छ ।
- विषाक्त पदार्थ भएका वस्तुहरू जस्तैः कम्प्युटर, ब्याट्री , विद्युतीय उपकरणहरू , रङ्ग, घोलक विषादी र यसलाई राख्ने भाँडाहरूलाई ध्यान दिएर व्यवस्थापन गर्नुपर्ने हुनाले पुनः प्रशोधन गर्ने कामदारहरूले यस्तो रसायनहरूको सम्पर्कमा आउँदैनन् (पृष्ठ ४१० देखि ४११ र ४५९ देखि २६२ हेर्नुहोस्) । यिनीहरूमध्ये केही पुनः प्रशोधन गर्न मिल्दैन त्यसैले पहिला नै यसको थोरैमात्र उत्पादन गर्नुपर्छ ।
- प्लाष्टिक पुनः प्रशोधन गर्दाको समस्या प्लाष्टिक पुनः प्रशोधन गर्दा यसको गुण घट्छ । एउटा प्लाष्टिकको बोतललाई पुनः प्रशोधन गरेर फेरी बोतल नै बनाइदैन तर त्यसलाई त्यो भन्दा कम गुण भएको अरु नै सामान बनाइन्छ । यसको कारणले प्लाष्टिकलाई काम नलाग्ने हुनुभन्दा पहिला केही पटक मात्र पुनः प्रशोधन गरिन्छ । कुनै प्लाष्टिक पुनः प्रशोधन गर्दा विषाक्त धुवाँ निस्कने गर्छ जुन कामदार र समुदायको लागि हानिकारक हुन्छ (पृष्ठ ४०९ देखि ४२३) । धेरैजस्तो पुनः प्रशोधन गर्ने उद्देश्य रहेको प्लाष्टिक पनि फोहर राख्ने ठाउँमा लगेर फ्यालिन्छ । त्यसैले सकभर थोरै प्लाष्टिकको प्रयोग गर्नु नै राम्रो हो ।
फोहर संकलन, ढुवानी र भण्डारण
यदि तपाईको समुदायमा भरपर्दो फोहर संकलनको सेवा छैन भने तपाई आफैले सरकार र व्यवसायको मद्दत लिएर संकलनको काम थाल्न सक्नुहुन्छ । तपाईले योजना बनाउँदा संकलित वस्तुहरूलाई ठूलो पुनः प्रशोधन व्यवसायमा बेच्नुहुन्छ वा सामुदायिक पुनः प्रशोधन योजनामा दिनुहुन्छ भन्नेबारे सोंच्नु पर्दछ । तपाईको फोहरले जति थोरै दूरी पार गर्छ त्यत्ति नै राम्रो हुन्छ । तर धेरै समुदाय स्थानीय तवरमा पुनः प्रशोधन गर्न असक्षम हुन्छ र त्यसको लागि अरु उपाय खोज्नुपर्छ ।
फोहरलाई तयार पार्ने तरीका
फोहरलाई संकलन, ढुवानी र भण्डारण गर्ने तरीका तपाईसँग भएको ठाउँ, कसले काम गर्छ, फ्याँकिएको सामान कसले किन्छ र त्यो के को लागि प्रयोग हुन्छ भन्ने कुरामा भर पर्छ । नराम्रो गन्ध र कीटाणुलाई फैलनबाट रोक्न सामानहरूलाई सफा गरेर, सुकाएर र फैलाएर राख्नुपर्छ वा थोरै ठाउँ प्रयोग गर्न चाङ् लगाएर राख्नुपर्छ वा कुनै घटनाको सम्भावना कम गर्नुपर्छ । कम्प्युटर रेडियो र टी.भी.मा धेरै पुनः प्रशोधन गर्न मिल्ने र बेच्न मिल्ने भाग हुन्छ तर अझ बढी त्यसमा विषाक्त पदार्थ हुन्छ । यस्तो सामानहरूलाई प्रशिक्षण र सुरक्षित प्रक्रिया र हावा आवतजावत हुने ठाउँको प्रयोग गरेर ढुवानी गर्नुपर्छ ९ अनुसूची १ हेर्नुहोस् ० । सबै विषाक्त वस्तुको भाँडाहरूलाई विशेष ध्यान दिनुपर्छ (पृष्ठ ४१० देखि ४११ हेर्नुहोस्) ।
फोहर संकलकको लागि स्वास्थ्य र सुरक्षा
फोहर संकलकहरू फोहरबाट हुने सबै स्वास्थ्य समस्याको खतरामा हुन्छन् । खतराबाट जोगिनको लागि फोहर संकलकलाई स्वास्थ्य समस्याबाट जोगिन के गर्नुपर्छ र यदि समस्या भएमा उपचारको लागि कहाँ जानुपर्छ भनेर प्रशिक्षण जरुरी हुन्छ । यदि फोहर संकलकहरूले सहकारी वा सानो व्यवसाय संगठित रूपमा गरेमा स्रोत जुटाउन, प्रशिक्षण लिन र सरकार र अरु समुदायबाट सुरक्षित उपकरण किन्नको लागि सहयोग पाउन र आफ्नो कामलाई सुरक्षित बनाउन सजिलो हुन्छ
सामुदायिक स्रोत पुनर्संकलन केन्द्रको सुरुवात
्रोत पुनःप्रशोधन केन्द्र भनेको पुनः प्रयोग गर्न मिल्ने र पुनः प्रशोधन गर्न मिल्ने सामान संकलन गर्ने ठाउँ हो । यो सामुदायिक मल योजना, बजार बगैंचा र पुरानोबाट नयाँ सामान बनाउने, सामान साट्ने जस्तैः लुगा, पर्दा, फर्निचर, जुत्ता, सिसाको बोतल, भाँडा, घर बनाउने सामान आदि सुरु गर्ने ठाउँ पनि हुन सक्छ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका