जुन कुरा पुनः प्रयोग पुनः प्रशोधन वा कम्पोष्ट बनाउन मिल्दैन त्यसबाट सुरक्षित तरीकाले मुक्ति पाउनुपर्छ । केही मानिस फोहरलाई जलाउन सबैभन्दा राम्रो भन्छन् । अरु मानिस फोहर बाल्दा आउने धुवाँबाट बँच्न फोहरलाई खाल्डो खनेर पुर्नमा विश्वास गर्छन् । यथार्थमा फोहर व्यवस्थापन गर्ने यी दुवै तरीकामा समस्या छन् । कागज र कार्डबोर्ड पुनः प्रयोग, पुनः प्रशोधन र कम्पोष्ट गर्न नमिल्ने ठाउँमा टुक्रा बनाएर, बालेर खान पकाउन प्रयोग गर्न सकिन्छ । तर सानो मात्रामा पनि प्लाष्टिक र रबर बाल्नाले विषाक्त रसायन निस्कन्छ । जस्तैः डाइअक्सिन , फ्यूरान र पी.सी.बी. जसले धेरै स्वास्थ्य समस्या उत्पन्न गर्छ (अध्याय १६ र पृष्ठ ४२३ मा हेर्नुहोस्) ।
कुनै अरु प्रक्रियाले व्यवस्थापन गर्न नमिल्ने फोहरलाई सानिटरी ल्यान्डफिल (सुरक्षित ल्यान्डफिल) मा राख्न वा सानो खाल्डो खनेर पुर्न सकिन्छ (पृष्ठ ४१२ हेर्नुहोस्) । सानो खाल्डोमा पुर्दा, खाली एउटा खाल्डो पानीको स्रोतभन्दा टाढा खन्नुहोस्, त्यसमा फोहर राखेर माटोले छोपिदिनुहोस् । जब हानिकारक रसायन भएको फोहरलाई पुरिन्छ, रसायन जमिनभित्र गएर खानेपानीलाई प्रदूषित गर्न सक्छ । यदि विषाक्त फोहरबाट छुटकारा पाउने कुनै सुरक्षित प्रक्रिया छैन भने (उदाहरणको लागि, उत्पादकलाई फर्काउने वा विषाक्त गुणलाई हटाउने), त्यसलाई सानिटरी ल्यान्डफिलमा सुरक्षित तरीकाले राख्नु नै सबैभन्दा उत्तम हुन्छ ।
विषाक्त फोहर भनेको रसायन भएको फोहर हुन् जुन हाम्रो स्वास्थ्य र वातावरणको लागि हानिकारक हुन्छ (विषाक्त फोहरले कसरी हानि गर्छ भनेर थाहा पाउन अध्याय १६ हेर्नुहोस्) । विषाक्त फोहरबाट हुने हानिबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको यसको उत्पादनमा रोक लगाउनु नै हो । सरकारले विषाक्त पदार्थ र यसको उत्पादन निषेध गर्नुपर्छ । समुदायले घरायसी विषाक्त पदार्थको विकल्पको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ र मजदुर संगठनले कारखानामा विकल्पको विकासमा जोड दिनुपर्छ । संकलन र व्यवस्थापन केन्द्र बनाउनाले जमिन र समुदायको पानीको स्रोत प्रदूषित हुनबाट जोगिन्छ । (घरमा प्रयोग हुने विषाक्त पदार्थको सुरक्षित विकल्पको लागि पृष्ठ ३७३ र विषाक्त पदार्थको बारेमा जान्न अध्याय १४, १६ र २० हेर्नुहोस्)
सरकारले विषजन्य पदार्थको प्रयोग, भण्डारण, व्यवस्थापनसम्बन्धी नीति जारी गर्नु सबैभन्दा राम्रो हुन्छ किनभने विषाक्त फोहरको सुरक्षित व्यवस्थापन जटिल र महङ्गो हुन्छ । यस नीतिमा विषाक्त फोहरको सुरक्षित विसर्जन र त्यसबाट बँच्न समुदायका सदस्यहरूका लागि शिक्षा र प्रशिक्षण समावेश भएको हुनुपर्छ । यहाँ विषाक्त फोहरको विसर्जनको लागि केही नीतिहरू छन्ः
स्थानीय स्वास्थ्यकर्मी र स्रोत पुनर्लाभ केन्द्रबाट आफ्नो क्षेत्रको विषाक्त फोहरबाट छुटकारा पाउने सबैभन्दा राम्रो तरीका सिक्नुहोस्
यदि सुरक्षित तरीकाले प्रयोग र विसर्जन नगरिएमा साधारण घरायसी सामानले पनि हानिकारक फोहर उत्पादन गर्नसक्छ । रंग र रंगका भा“डाहरूः बन्द गरिएको रंगका भाँडहरू चिसो ठाउँमा भण्डार गर्नुहोस् । एकचोटी रंगको प्रयोग भएपछि खाली भाँडालाई कुच्चाएर, कागजले बेरेर र प्लाष्टिकको झोलामा हालेर क्बलष्तयचथ ीबलमाष्िि मा गाडिदिनुहोस् । लेटेक्स रंग अरुभन्दा कम विषाक्त भएपनि विसर्जन प्रक्रिया चाहिं अरु रंगको जस्तै हुन जरुरी छ
घोलक ग्रिज हटाउने, टर्पेन्टाइन पेन्ट निकाल्ने घोलकलाई बन्द डिब्बामा चिसो ठाउँमा भण्डारण गर्नुहोस् ताकि यसलाई आगोले नछोओस् । एकचोटी घोलक प्रयोग भएपछि त्यसको भाँडामा सानो सानो प्वाल बनाइदिनुहोस् ताकी यसको पुनः प्रयोग नहोस् । यसलाई पनि कुच्च्याएर कागजले बेरेर प्लाष्टिकमा हाली फोहर फ्याँक्ने ठाउँमा पुरिदिनुहोस् वा सिल्ड भाँडामा बन्द गरिदिनुहोस् ।
प्रयोग भएका गाडीका तेलः तेललाई कहिले पनि जमिनमा वा पानी जाने बाटोमा फ्याँक्नु हुन्न । प्रयोग भएका तेल कहिलेकाहीँ अटो सर्भिसिङ्ग स्टेशन क्भचखष्अष्लन मा पुनः प्रशोधन गरिन्छ । प्रयोग भएका गाडीका तेल घर बनाउँदा काठको खम्बा मा लगाउन प्रयोग हुन सक्छ, ताकी त्यो जमीनमा नकुहियोस् र यसलाई हिटर बाल्न पनि प्रयोग हुन सक्छ ।
ब्याट्रि कुनै ठाउँमा व्याट्रीलाई पुनःप्रशोधन गर्न सकिन्छ । तर ब्याट्रीलाई हातले पुनःप्रशोधन गर्न भने खतरनाक हुन्छ र उचित प्रशिक्षण र सुरक्षित उपकरण नभइकन यो गरिनु हुँदैन ।
विषादी विषादी राखिएको भाँडोमा प्वाल पारिदिनुहोस् वा त्यसलाई नष्ट गरिदिनुहोस् ताकि त्यसको पुनः प्रयोग नहोस् । त्यसलाई क्बलष्तबचथ ीबलमाष्िि मा लगेर पुरिदिनुहोस् (कृषिमा र घरमा थोरै विषादी कसरी प्रयोग गर्ने भनेर अध्याय १५ र पृष्ठ ३६७ हेर्नुहोस्) । स्वास्थ्य सेवा कार्यबाट आउने फोहर जस्तैः रगत लागेको व्याण्डेज , फोहर सुई र अरु धारिलो उपकरण, फ्याँकिएको औषधि आदि । (स्वास्थ्यसम्बन्धी फोहर कसरी कम गर्ने, भण्डारण गर्ने र विसर्जन गर्ने भनेर जान्नको लागि अध्याय १९ हेर्नुहोस्)
स्यानिटरी ल्यान्डफिल भनेको खाल्डो हो जसको तल्लो भाग सुरक्षित बनाइएको हुन्छ र जहाँ फोहरलाई तह तहमा राखेर, कडा बनाउनका थिचिन्छ र अन्त्यमा छोपिन्छ । यस्त फोहर विसर्जन गर्ने ठाउँले फोहरबाट हुने हानिलाई घटाउन र खुला फोहर फ्याक्ने ठाउँभन्दा सुरक्षित हुन्छ । तर सबैभन्दा राम्रो क्बलष्तबचथ ीबलमाष्िि पनि भरिन्छ र केही वर्षपछि चुहावट हुन थाल्छ । हाम्रो फोहरको समस्यालाई समाधान गर्न, पहिलो प्राथमिकता चाहिँ फोहर उत्सर्जनलाई नै घटाउनु पर्दछ । खुला फोहर फ्याँक्ने ठाउँलाई स्यानिटरी ल्यान्डफिलमा परिणत गर्न सकिन्छ । अथवा समुदायले नयाँ फोहर फ्याँक्ने ठाउँ निर्माण गरेर फोहरलाई त्यहाँ लगेर पुरानो ठाउँलाई सफा गर्न सक्दछन् । सानिटरी ल्यान्डफिलले समुदायको स्वास्थ्य जोगाउँछ, जबः
स्यानिटरी ल्यान्डफिलको निर्माण र निरीक्षणमा धेरै काम हुने भएकोले यो विशेष गरी समुदाय, स्थानीय सरकार र संस्थाहरूको (जस्तैः चर्च वा व्यवसाय) सहकार्यमा निर्माण गरिन्छ । फोहर विसर्जन गर्ने ठाउँले समुदायको स्वास्थ्य तबमात्र जोगाउँछ जब यसको उचित व्यवस्थापन हुन्छ । राम्रो व्यवस्थापनमा कामदारहरूको लागि प्रशिक्षण र सहयोग र स्रोत पुनर्लाभ केन्द्र, विषाक्त फोहर संकलक र स्थानीय सरकारसँग सहकार्य समावेश भएको हुनुपर्छ ।
फोहर फ्याँक्ने ठाउँ बनाउने योजनाको पहिलो कदम, ठाउँको छनौट हो । धेरैजस्तो ठाउँमा फोहर फाल्नुभन्दा पहिले सरकारलाई त्यस ठाउँको विशेष अध्ययनको (ठाउँको स्थितिको गहिरो अध्ययन) जरुरत पर्छ, निर्माण अघि । यो भनेको त्यहाँको माटो र ढुङ्गाको प्रकार, विरुवाको प्रकार र पानीको स्रोत अनि घरबाट कति टाढा छ त्यसको दुरी । स्वास्थ्य र सुरक्षाको लागि फोहर फ्याँक्ने ठाउँ कमसे कम तल दिएको जस्तो हुनुपर्छ ।
सबैभन्दा माथिल्लो जमिनको पानीको सतहभन्दा खाल्डोको तल्लो भाग २ मिटर माथि हुनुपर्छ ।
फोहर फ्याँक्ने ठाउँमा बनाइने खाल्डोको आकार त्यहाँ जम्मा हुने फोहरको मात्रामा भर पर्छ । सबै खाल्डोहरूको माथिल्लो भागभन्दा तल्लो भाग सानो हुनुपर्छ ताकि त्यो नभत्कियोस् । यस्तो आकारले फोहरलाई राम्रोसँग जम्मा बनाउन पनि मद्दत गर्छ किनभने फोहरको तौलमाथि धेरै हुन्छ र तल कम हुन्छ । हरेक घण्टाको आधारमा फोहर फ्याँक्ने ठाउँको गेटमा राखिएको चिन्हले त्यहाँ काम गर्ने कामदारलाई कुन समयमा कस्तो फोहर र कसरी र कहाँ राखिनु पर्दछ भनि निमन्त्रणा गर्न सजिलो हुन्छ ।
जमिनको पानीलाई सुरक्षित गर्न फोहर फ्याँक्ने खाल्डोको तल्लो भागमा सुरक्षित तहको जरुरत पर्छ । राम्रो तह कडा माटो , ढुङ्गा र माटो बाट बनाउन सकिन्छ । फोहर फ्याँक्ने ठाउँलाई कडा माटो भएको ठाउँमा बनाउनाले सजिलो हुन्छ । यदि राम्रो तह बनाउन स्रोत छ भने प्लाष्टिकको बाक्लो तह वा बाक्लो कपडाले अझै बढी सुरक्षा दिन सक्छ र पाइप र पम्पको प्रणालीको व्यवस्था गरेर फोहर पानी बाहिर निकाल्न सक्छ ।
फोहर फ्याँक्ने ठाउँलाई भर्ने तरीका फोहरको मात्रा, मानिसले कति समय काम गर्नुपर्छ र त्यहाँको स्थानीय मौसममा भर पर्छ । पानी धेरै पर्ने र थोरै फोहर हुने ठाउँ जस्तैः नगर जहाँ शून्य फोहर को प्रयोग गरिन्छ (पृष्ठ ४१६) त्यहाँ हरेक हप्ता वा महिनामा नयाँ खाल्डो खनेर माटो र ढुङ्गाको तह बनाउन सकिन्छ (ठूलो खाल्डोलाई चाहिने भन्दा पातलो तह) । कसैले फोहर ल्याउने, खाल्डो भर्ने, त्यसलाई कडा बनाउने र माटोले छोप्ने कामको जिम्मेवारी लिन्छन् फोहरलाई अलिअलि गरेर पुर्नाले खाल्डोमा पानी जम्नबाट रोक्छ । धेरै फोहर हुने समुदायमा ठूलो खाल्डो खन्न सजिलो हुन्छ । काम गर्ने मानिसहरूले त्यहाँ फोहर ल्याएपछि खाल्डोमा हाल्छन् । हरेकचोटी फोहर थपेपछि त्यसलाई थिचिन्छ र सम्म पारेर ठूलो पात (जस्तैः एबmि, द्यबलबलब वा र माटो, खरानी र बालुवाले पुरिन्छ । यसले दुर्गन्ध फैलन र कीराहरू उत्पन्न हुनबाट रोक्छ । खाल्डोको माथि ठूलो छत बनाउनले परेको पानीबाट जोगाउँछ ।
जब खाल्डो भरिन्छ त्यसलाई ९० से.मी. गहिरो माटोको तहले छोप्नुपर्छ । जंगली फूल र घाँस त्यसमा रोप्न सकिन्छ तर खानहुने तरकारी र फलफूल भने रोप्न मिल्दैन । जबसम्म फोहर फ्याँक्ने ठाउँ विरुवाले पूरै ढाकिंदैन तबसम्म चरिचरण गर्ने जनावरलाई टाढा राखिनु पर्छ ।
फोहर राखेर माटोले छोपिएको खाल्डोलाई केही समस्याका साथ सुरक्षित व्यवस्थापन गर्न सकिन्छ । तर जब फोहर पानी र ग्याँस (मिथेन– ःभतजभलभ० जम्मा हुन्छ, यसले समस्या उत्पन्न गर्न सक्छ ।
यदि फोहरमा परेको पानी जमेमा त्यसले दुर्गन्ध फैलाउँछ र फोहरबाट आउने विषाक्त पदार्थ भूमिगत पानीमा पु¥याउँन सक्छ । यसैको कारणले फोहर फ्याँक्ने ठाउँको वरिपरि सुरक्षित तह बनाउन र खोला, नाला, तालको नजिक यसको निर्माण नगर्न अत्यन्त जरुरी हुन्छ । चुहावट रोक्ने सबैभन्दा राम्रो उपाय भनेको फोहर फ्याँक्ने ठाउँको माथि छत निर्माण गर्ने र त्यसलाई प्लाष्टिकले छोप्ने जबसम्म त्यसको माथि विरुवा आदि लगाएर व्यवस्थापन गरिंदैन ।
मिश्रित फोहर भएको फोहर फ्याँक्ने ठाउँमा कीटाणु बढ्न सक्छ र त्यसले मिथेन ग्याँस उत्पन्न गर्न सक्छ । मिथेन ग्याँसले आगलागी र विस्फोट गराउँछ र यसले विश्व उष्णीकरणमा पनि योगदान दिन्छ (पृष्ठ ३३ हेर्नुहोस्) । धेरै ठाउँमा मिथेन ग्याँसलाई संक्लन गरी बिजुली निकालिन्छ । यदि तपाईसँग यस्तो गर्न स्रोत नभएमा, मिथेन ग्याँसलाई बाहिर निस्कने ठाउँ बनाइदिनु नै सबैभन्दा राम्रो हो । साधारण ग्याँस निस्कने बाटोमा ढुङ्गाले बनाइएको गोलो वा चारकुने आकारको चिम्नि हुन्छ जसलाई तारहरूले बाँधिएको हुन्छ अथवा तपाई २०० लिटरको दुवै मुख खुल्ला भएको ड्रमको प्रयोग पनि गर्न सक्नुहुन्छ । फोहर फ्याँक्ने ठाउँको उचाइसँगै ग्याँस निस्कन बनाइको मार्गको पनि उचाई बढाउनु पर्छ । कतिवटा यस्तो मार्ग चाहिन्छ भन्ने कुरा खाल्डोको आकार र फोहरको प्रकारमा भर पर्छ । जुन फोहर फ्याँक्ने ठाउँमा घाँस र विरुवा उमारिएको हुन्छ त्यसबाट पनि मिथेन उत्पन्न हुन सक्छ । यदि त्यहाँ गोलो आकारको ठाउँमा मरेका घाँसहरू छन् भने त्यस ठाउँबाट मिथेन निस्किरहेको हुन सक्छ । त्यस्तो ठाउँमा मानिसलाई रोक्नको लागि संकेत राखिनु पर्छ किनकि त्यस ठाउँमा विष्फोट हुन सक्ने सम्भावना हुन्छ । तालिम प्राप्त मानिसले मात्र कसरी विष्फोटन रोक्ने भनेर जाँच गर्न सक्छन् ।
ंसारभरीको समुदायहरू आफ्नो फोहर शून्यमा घटाउने उपाय खोजीरहेका छन् । शुन्य फोहर भनेको फोहरलाई घटाउने र पुनः प्रशोधन गरेर पुनः प्रकृतिमा वा स्वास्थ्य र वातवरणमा असर नपर्ने गरी बजारमा फर्काउनु हो । शून्य फोहरका लक्ष्य पूरा गर्न कारखानाहरूले एकचोटी मात्र प्रयोग हुने वस्तु जस्तैः प्लाष्टिकको उत्पादन घटाउने वा गर्दै नगर्ने जिम्मेवारी लिनुपर्छ । शहरहरूले फोहर व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न सक्छन् । जसले फोहरलाई कम्पोष्ट मल, पुनः प्रशोधन र घटाउँछ । सफल हुनको लागि योजनामा फोहरबाट असर परेका मानिसहरूलाई समावेश गरिनुपर्छ (शून्य फोहरको बारेमा थाहा पाउन स्रोत हेर्नुहोस्) ।
दक्षिण भारतको सुन्दर समुद्र तटमा रहेको शहर कोभलम ९प्यखबबिm० पर्यटकहरूको लागि लोकप्रिय ठाउँ हो । तर कोभलममा पर्यटक झण्डै जान छोडिसकेको थियो फोहरको कारणले । तीस वर्षको पर्यटनमा, कोभालममा सुरक्षित तरीकाले फोहरबाट मुक्ति पाउने उपाय थिएन । फोहर राख्ने भाँडो थिएन, पुनः प्रशोधन गर्ने योजना थिएन, थोरैमात्र कम्पोष्ट बनाइन्थ्यो र हरेक वर्ष आउने हजारौं पर्यटकले शहरलाई फोहरले पुरिदिएका थिए । प्लाष्टिकका झोलाले शहरको पानीको पाइपमा अवरुद्ध खडा गरे, फोहरको थुप्रोबाट लामखुट्टे बढ्न थाले र शहर नराम्रो र अस्वस्थ्य हुन थाल्यो । स्थानीय सरकारले फोहर संकलन गर्ने र जलाउनको लागि भष्मीकरण यन्त्र ९क्ष्लअष्लभचबतयच० राख्ने निधो ग¥यो । तर धेरै मानिसले फोहर बाल्नाले यसलाई विषाक्त खरानी र धुवाँमा परिणत गर्ने र हावामा मिसिने कुरामा विवाद गर्न थाले । छलफलपछि सरकारले, भष्मीकरण यन्त्र (इन्सिनेरेटर) नराख्ने भयो र त्यसको सट्टामा विकल्प दिन समूहलाई सोध्यो । थानल संरक्षण समूह ९त्जबलब ि ऋयलकभचखबतष्यल न्चयगउ० भन्ने संस्थाको अगुवाईमा शून्य फोहर प्रणालीको कुरा अगाडि बढायो । अरु समुदायको मानिसहरू पनि शून्य फोहरको विचार बाँड्न त्यहाँ आए । मुरली नाम गरेकी एक महिलाले कसरी उनले फ्याँकिएको नरिवलको बोक्रा ९क्जभिि०, एबmि को पात र कागजको टुक्राबाट कचौरा, कप, चम्चा, व्याग र अरु प्रयोग गर्न मिल्ने सामान बनाएर बेचेको कुरा देखाइन् । कम्पोष्ट र फ्याँकिएको फोहरलाई पुनः प्रयोग गर्ने नयाँ तरीकालाई प्रोत्साहन दिएर कोभलम शून्य फोहरको जन्म भयो । केही वर्षभित्र कोभलम सुन्दर र सफा र पहिलाको भन्दा अझै धनी भयो । अब यहाँ पर्यटकको लागि नयाँ आकर्षण बनेको छः शून्य फोहर केन्द्र । धेरै होटलहरूमा अहिले नरिवलको बोक्राबाट बनाइएको कप र पातबाट बनाइएको प्लेटको प्रयोग गरिन्छ । शून्य फोहर केन्द्रका महिलाहरू कम्पोष्टको प्रयोग भएको उब्जाउ माटोमा तरकारी र केरा उमार्छन् र शहरले मानिसको र जनावरको मलबाट विजुली निकाल्ने उपकरण बनाएको छ कोभलम अहिले पुरै भारत र विश्वको लागि उदाहरण भएको छ । यहाँ शून्य फोहरले कसरी समुदायको स्वास्थ्य र प्राकृतिक सुन्दरता बढाउँछ अनि पुनस्र्थापना गर्छ र भविष्यको सन्ततिको लागि वातावरण कसरी जोगाइन्छ भनेर देखाइएको छ ।
धेरैजस्तो सरकारसँग फोहर व्यवस्थापनको लागि नीति र नियम छन् । सामुदायिक कार्यको एउटा लक्ष्य भनेको यस्ता नीति र नियमहरूले मानिसको स्वास्थ्य र वातावरण जोगाउँछ भनेर विश्वस्त हुनु हो । अर्को यदि यसले त्यस्तो गर्दैन भने त्यसको परिवर्तन गर्नु हो ।
धेरै वर्षसम्म फिलिपिन्सको फोहर खुल्ला ठाउँमा थुपारियो वा जलाइयो । तर जब धेरै फोहरका कारण प्रदूषण झन् बढ्यो तब धेरै समुदायले सरकारलाई फोहर बाल्ने कार्य हटाउन कार्यक्रम राख्न र खुला ठाउँमा फोहर फ्याँक्नमा पनि रोक लगाउन पनि दबाब दियो । शिक्षा कायक्रमबाट यो कार्य १९८५ देखि शुरु भयो । कार्यकर्ताहरू देशभर समुदायलाई फोहर बन्नबाट कसरी जोगाउने भनेर सिकाउन थाले । उनीहरूले मानिसलाई कसरी फोहर कम गर्ने र पुनः प्रयोग र कम्पोष्ट बनाउन कसरी छुट्याउने भनेर देखाउन थाले । उनीहरूले हरेक क्षेत्रका मानिसलाई किसानदेखि नेता र पुरेतसम्मलाई फोहर कम गर्ने कार्यमा सहकार्य गर्न निमन्त्रणा दिए । सोही समयमा उनीहरूले समुदाय र सरकारी प्रतिनिधिलाई फोहर बाल्नाले कसरी विषाक्त पदार्थ निस्कन्छ भनेर शिक्षा पनि दिए । उनीहरूले फोहर बालेर निस्कने विषाक्त पदार्थ कसरी अण्डा र अरु खानामा आउँछ भनेर देखाए । उनीहरूले सरकारलाई दिएको दबाब तब सफल भयो जब भष्मीकरण यन्त्रलाई १९९९ मा सफा वायु ऐन ९ऋभिबल ब्ष्च ब्अत० अन्तर्गत निषेधित गरियो । सन् २००० मा सरकारले पुनःप्रशोधन कार्यक्रम थालनी ग¥यो र खुल्ला फोहर फ्याँक्ने ठाउँलाई क्बलष्तबचथ ीबलमाष्िि मा परिणत गरिनु पर्ने नियम पनि पारित ग¥यो । सन् २००१ मा सरकारले स्रोत पुनर्लाभ केन्द्र शहर र नगरमा स्थापना गर्न इकोलोजिकल वेस्ट म्यानेजमेन्ट नियम पारिस्थितिक फोहर व्यवस्थापन कानुन पारित ग¥यो । नियमले सबैभन्दा बढी असर पुगेको मानिसहरू (फोहर संकलक छुट्याउने र पुनः प्रशोधन गर्ने) लाई फाइदा पुगे नपुगेका कुरामा विश्वस्त हुनका लागि कार्यक्रममा संलग्न मानिसहरूले काम गर्न जारी राखे । यस्ता कानुनहरू फोहर कसरी विसर्जन गरिनुपर्छ भन्ने कुराको मापदण्ड निर्धारण महत्वपूर्ण हुन्छ । जब मानिसहरूले आफ्नो फोहरको जिम्मेवारी लिन्छन् र कानुन बनाउने मानिसलाई कानुन बनाउन र लागू गर्न दबाब दिन्छन्, सबैलाई फाइदा हुन्छ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 12/20/2019