मृगौला रोगहरू थाहै नपाई लाग्न सक्ने खालका हुन्छन् । त्यसैले यसलाइ साइलेन्ट किलर पनि भनिन्छ । थाहनै नपाई लाग्ने मृगौला रोगले निरन्तर रूपमा मृगौलाको कार्यक्षमतामा ह्रास गराउँदै लगी मृगौला विफल बनाउन सक्छन् र यस्तो अवस्थामा ज्यान बचाई राख्नका लागि डायलाइसिस गर्नुपर्ने वा मृगौला प्रत्यारोपण गर्नुपर्नेसम्म हुन सक्छ । विकासोन्मुख देशहरूमा रोगको उपचारमा लाग्ने ठूलो धनराशि र उचित उपचारका अभावमा ५ देखि १० प्रतिशत मृगौला विफलभएको बिरामीहरूले मात्र डायलाइसिस र मृगौला प्रत्यारोपण जस्ता उपचार गराउन सक्छन भन बाँकी बिरामीहरू खास उपचारै नपाई मर्छन् । मृगौलाको दीर्घरोग आम रूपमा पाइन्छ र यो पूर्णतया ठीक हुँदैन, त्यसैले रोकथाम मात्र यसका एकमात्र विकल्प हो । दीर्घरोगबारे समयमै थाहा भयो र उपचार गन सकियो भने डायलाइसिस र मृगौला प्रत्यारोपण जस्ता उपचार गर्नुपन अवस्थासम्म पुग्नबाट यसलाई जोगाउन वा पछि धकेल्न सकिन्छ ।
आफ्ना मृगौलालाई कहिल्यै बेवास्ता नगर्ने । मृगौला रोगको हेरविचार र रोकथामलाई निम्न लिखित शीर्षकहरूमा चर्चा गर्न सकिन्छः
मृगौलालाई स्वस्थ बनाइराख्ने सातवटा प्रभावकारी उपाय निम्न छन्ः
नियमित शारीरिक अभ्यास र शारीरिक परिश्रमले रक्तचापलाई सामान्य राख्दछ र रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ । त्यस्ता शारीरिक परिश्रमहरूले मधुमह र उच्च रक्तचापको जोखिमलाई कम गरी मृगौलाका दीर्घरोगको जोखिम पनि कम गर्दछ ।
ताजा फलफूल र तरकारी सहीतको स्वस्थ खाना खाऔँ । खानामा प्रशोधित खानेकुरा, चिनी, चिल्लो पदार्थ र मासुको मात्रा कम गरौँ । ४० वर्षभन्दा बढी उमेर पुगेकाहरूकाले खानामा कम नुन खाँदा उच्च रक्तचाप र मृगौला रोगको रोकथाममा मद्दत पुग्न सक्छ ।
स्वस्थ खाना र नियमित व्यायामका साथ आफ्नो वजनलाई नियन्त्रणमा राखौँ । यसले पनी मधुमेह, मुटुको रोग र मृगौलाको दीर्घरोगका अन्य समस्याहरूलाई रोक्न मद्दत गर्न सक्छ ।
धूमपानले एथेरोस्लेरोसिस (रगतको नसामा बोशो जम्ने समस्या) निम्त्याउँछ, जसले मृगौलासम्म पुग्ने रगतको प्रवाहलाई कम गरी मृगौलाका कार्यक्षमतामा ह्रास गराउँछ । अध्ययनले के देखाएको छ भने, धूम्रपानल मृगौलाको समस्या भएकाहरूलाई मृगौलाको कार्यक्षमता झन कम गर ाउँछ ।
नियमित रूपमा दुखेको कम गर्ने औषधीहरू प्रयोग नगरौँ । आइबुप्रोफेन र न्याप्राक्सेन जस्ता औषधी नियमित रूपमा लियो भने तिनले मृगौलालाइ क्षति पु¥याई कामै गर्न नसक्ने बनाउन सक्छन् । आफ्नो मृगौलालाइ जोखिममा नपारी दुखेको कम बनाउने सर्वोत्तम उपाय के हुनसक्छ भनेर चिकित्सकसँग सल्लाह गरौँ ।
पर्याप्त पानी (दिनको करिब ३ लिटर) पिउनाले पिसाबलाई पातला बनाउन मद्दत गर्छ र शरीरबाट सबै विषालु पदार्थ फाली मृगौला रोगलाइ रोक्न मद्दत गर्छ ।
मृगौला रोगहरू प्रायः थाहै नदिई लाग्ने हुन्छन् त्यसैले रोगले धेरै च्यापी नसकुन्जेल तिनले कुनै लक्षण देखाउँदैनन् । मृगौला रोगको चाँडो निदान गर्न र रोकथामका लागि सबैभन्दा प्रभावकारी र शक्तिशाली तर अत्यन्त कम प्रयोग गरिएको विधि भनेको मृगौलाको नियमित परीक्षण नै हो । मधुमेह, उच्च रक्तचाप र बढी वजनको समस्याबाट पीडित वा परिवारमा मृगौलाको दीर्घरोग भएका व्यक्तिहरूमा मृगौला रोगको जोखिम बढी हुन्छ र त्यस्ता व्यक्तिहरूका लागि वर्षेनि मृगौला परीक्षण अनिवाय मानिन्छ । आफ्नो मृगौलाको माया गर्ने मानिसले ४० वर्ष पुगेपछि नियमित मृगौला परीक्षण गर्न बिर्सनु हुँदैन । मृगौला रोगको चाँडा निदानका लागि कुनै पनि व्यक्तिले कम्तीमा वर्षको एकपटक रक्तचाप नाप्ने, पिसाब परीक्षण गराउने र रगतको क्रिएटिनिन परीक्षण गराउन गर्नुपर्छ । यसलाई संक्षिप्तमा ब्,द्य,ऋ,म्,भ् भनी प्रयोग गर्न सकिन्छ ।
मृगौलाको दीर्घरोग भनेको निको नहुने रोग हो । तर चाँडो निदान, आहारलाई नियन्त्रण, नियमित अनुगमन गर्न सकियो, र उचित उपचार भयो भने यसलाई धेरै हदसम्म रोकथाम गर्न सकिन्छ । उच्च रक्तचापलाई चौबीसै घण्टा नियन्त्रण गर्नु मृगौला र मुटु बचाउन एउटा प्रभावकारी उपाय हो । रक्तचापलाई १३०÷८० mmज्न भन्दा कम राख्नुपर्छ । रक्तचापलाई राम्रोसँग नियन्त्रण गर्ने सर्वोत्तम उपाय भनेका घरमा नियमित रूपमा रक्तचाप जाँची त्यसको आँकडा चिकित्सकलाइ देखाउने हो । मृगौलाको दीर्घरोगका बिरामीहरूमा मुत्रनलीमा अवरोध, मृगौला रोगका औषधी जस्ता कुराहरू थाहा पाउनु आवश्यक हुन्छ । ज्वरो आए, झाडा पखाला लागे, या अरु कुनै नयाँ समस्या देखिए तुरुन्त मृगौला विशेषज्ञलाई जँचाउनु पर्छ ।
अटोसोमल डोमिनेन्ट पोलिसिस्टिक मृगौला रोग भनेको मृगौलाको वंशाणुगत समस्या हो जसमा ६ देखि ८ प्रतिशत बिरामीलाई डायलाइसिस गर्नुपन हुन्छ । पोलिसिस्टिक मृगौला रोग अर्थात् मृगौलामा फोका हुने रोगका समस्या भएको परिवारको वयस्क व्यक्तिलाई यो रोगको जोखिम बढी हुन्छ त्यसैले समयमा निदानका लागि अल्ट्रासाउन्ड गराउनुपर्ने हुन्छ । या रोग निको हुँदैन तर उच्च रक्तचापलाई नियन्त्रण ग¥यो, मुत्रनलीमा हुने संक्रमणको उपचार ग¥यो, आहारलाई व्यवस्थित ग¥यो र अन्य रोगका उपचारबाट यसलाई नियन्त्रण गर्न, जटिलता हुनबाट जोगाउन र मृगौलाका कार्यक्षमतामा ह्रास हुने दरलाई कम गर्न सकिन्छ ।
बालबालिकामा कुनै कारण बिना ज्वरो आयो, बारम्बार पिसाब भइरह्यो, पिसाब गर्दा पोल्यो, अरुचि भयो वा कम तौल भयो भने मुत्रनली संक्रमणको शंका गर्नुपर्छ । मुत्रनली संक्रमणको उपचार ढिलो भयो वा सही ढंगबाट भएन भन ज्वरो सहीतको प्रत्येक संक्रमणको आक्रमणले मृगौलालाई क्षति पु¥याउन सक्छ । यस्तो क्षतिमा मृगौलामा दाग लाग्ने, मृगौलाको वृद्धि कम हुने,उच्च रक्तचाप हुने र पछि कुनै बेला मृगौलाले काम गर्न छोड्न सक्छन् । यस कारणले समयमै बालबालिकाको मुत्रनली संक्रमणका निदान हुनु अत्यावश्यक हुन्छ ।
मुत्रनली संक्रमण दोहोरिने वा उपयुक्त एन्टिबायोटिक उपचारले पर्याप्तसँग काम नगर्ने बिरामीहरूको समस्याका अन्य भित्री कारणहरूको मूल्यांकन गर्नुपर्छ । मुत्रनली अवरोध, पत्थरी रोग जस्ता केही खास अन्तर्निहित समस्याहरूको उपचार गरिएन भने तिनले मृगौलामा क्षति पु¥याउँछन् । त्यसैले, समयमै निदान र अन्तर्निहित कारणहरूको पहिचान गनु अत्यावश्यक हुन्छ ।
बिनाइन प्रोस्टेटिक हाइपरट्रोफीको समस्यामा धेरै पटक पिसाब लाग्ने, पिसाब गर्न गाह्रो हुने र थोपा थोपा पिसाब हुने लक्षण हुन्छ । धेरले यसलाइ उमेरका कारणले हो भन्ने गलत धारणाले गर्दा लामो समयसम्म यस्ता लक्षणहरूलाई बेवास्ता गर्दछन् । उपचार नगरिएको बिनाइन प्रोस्टेटिक हाइपरट्रोफीले मृगौलालाई स्थायी रूपमा क्षति पु¥याउन सक्छ । समयम उपचार गरियो भने मृगौला विफल हुनबाट जोगाउन सकिन्छ ।
कम उमेरमा उच्च रक्तचापको समस्या हुनु असामान्य कुरा हो र यो क कारणले भएको हो भनेर राम्रोसँग थाहा पाउनु एकदमै आवश्यक हुन्छ । कम उमेरमा उच्च रक्तचाप हुनुको पछाडि मृगौला रोग एउटा सबैभन्दा मुख्य कारण हो । त्यसैले उच्च रक्तचाप भएका कम उमेरका व्यक्तिहरूका मृगौलाको परीक्षण गर्नु अति आवश्यक हुन्छ ।
स्रोत : Kidney Education Foundation
Last Modified : 12/15/2019