मृगौलाको दीर्घरोग पूर्णतया निको हुँदैन तर त्यसको उपचार गरिएन भने त्यो अन्तिम अवस्थाको मृगौला रोगमा (इन्ड स्टेज किड्नी फेल्योर) परिणत हुन्छ । मृगौलाको दीर्घरोग भएका व्यक्तिमा रोगको कुनै लक्षण नदेखिन पनि सक्छ । तर मृगौला रोगको निदान चाँडै गर्न सकियो भने उपयुक्त चिकित्सा उपचार गर्न सकिन्छ र मृगाौला बिफल हुनबाट जोगाउन अथवा मृगौला बिफल हुने प्रकृयालाई मन्द गर्न सकिन्छ । तसर्थ, मृगौलाको समस्या छ भन्ने शंका मात्र लाग्यो भने पनि तुरुन्त उपचारमा जान र चाँडो निदान गर्न सुझाव दिइन्छ
जोसुकैलाई मृगौलाको समस्या हुन सक्छ तर देहायका अवस्थाहरूमा जोखिम बढी हुन्छ :
मृगौलाको समस्या पत्ता लगाउन प्राय गरिने उपयोगी परीक्षणहरूमा पिसाब परीक्षण, रगत परीक्षण र रेडियोलोजिकल (पेटको भिडियो एक्सरे) जस्ता परीक्षणहरू पर्दछन् ।
पिसाबको नियमित परीक्षण
विभिन्न प्रकारका मृगौला रोगको निदानका लागि पिसाबको विभिन्न परीक्षण उपयोगी हुन्छ ।
माइक्रोएल्बुमिनुरिया
माइक्रोएल्बुमिनुरिया भन्नाले पिसाबमा अत्यन्त कम मात्रामा प्रोटिन (एल्बुमिन) हुनु हो । यो परीक्षणबाट मधुमेहले गर्दा मृगौला विफल हुन सक्ने पहिलो र प्रारम्भिक संकेत हो । यस चरणमा सही उपचार भएमा रोग निको हुन सक्छ ।
पिसाबका अन्य परीक्षण निम्न छन्ः
विभिन्न मृगौला रोगको सही निदानका लागि विभिन्न रक्त परीक्षण आवश्यक हुन्छ ः
रगतमा क्रिएटिनिन र युरियाको मात्राले मृगौलाले कति काम गरेको छ भन्ने थाहा हुन्छ । क्रिएटिनिन र युरियाहरू सामान्यतया मृगौला मार्फत रगतबाट बाहिर निस्कने दुईवटा पदार्थ हुन् । मृगौलाले कम काम गर्न थाल्यो भने रगतमा क्रिएटिनिन र युरियाको मात्रा बढ्छ । रगतमा क्रिएटिनिनको सामान्य मात्रा ०.९ देखि १.४ मिलिग्राम प्रति डेसिलिटर हुन्छ भने रगतमा युरियाको सामान्य मात्रा २० देखि ४० मिलिग्राम प्रति डेसिलिटर हुन्छ । त्यो भन्दा बढी देखिएमा मृगौलामा क्षति भएको भन्ने बुझिन्छ । युरियाको तुलनामा क्रिएटिनिनको मात्राले मृगौलाले काम गरे नगरेको बढी भरपर्दो रुपमा मार्गदर्शन गर्छ । हामीले यँहा के पनि याद राख्नु पर्छ भने, मृगौलाको कार्य क्षमता ५०% कम भई सक्दा मात्रै रगतमा क्रियटिनिनको मात्रा बढ्न थाल्छ । रगतमा क्रियटिनिनको मात्राबाट मृगौलाको शुद्घिकरण दर (इ.जी.एफ.आर.) थाहा पाउन सकिन्छ । इ.जी.एफ.आर. मृगौलाको कार्य क्षमता पत्ता लाउने भरपर्दो परीक्षण हो
स्वस्थ मृगौलाले हेमोग्लोबिन रहने रातो रक्तकोषको उत्पादनमा मद्दत गर्छ । हेमोग्लोबिन कम भयो भने त्यसलाई रक्तअल्पता भनिन्छ । रक्तअल्पता मृगौलाको दीर्घरोगको एउटा महत्वपूर्ण संकेत हो । तर रक्तअल्पता अन्य खाले बिरामीहरूमा पनि हुन्छ ।
मृगौलाका बिरामीहरूमा गरिने विभिन्न रक्त परीक्षणहरूमा, रगतमा चिनीको मात्रा, रगतको एल्बुमिन, कोलेस्टेरोल, इलेक्ट्रोलाइट्स, क्याल्सियम, फोसफोरस, बाइकार्बोनेट, युरिक एसिड, रगतको अम्लपन आदि पर्दछन् ।
यो परीक्षण सजिलोसँग, सुरक्षित र चाँडो हुन्छ । यसबाट मृगौलाको आकार, संरचना र अवस्थिति, मुत्रनलीमा भएको अवरोध, पत्थरी वा कुनै फोका भए नभएको जस्ता जानकारी प्राप्त हुन्छ । खासगरी मृगौलाका दीर्घरोगीहरूलाई अल्ट्रासाउन्डबाट दुईवटै मृगौलाको अवस्था थाहा पाउन मद्दत गर्दछ । कतिपय मृगौला रोगमा मृगौला सानो भएको पनि पाईन्छ ।
मुत्रप्रणाली वा मुत्रवाहिनी नलीमा पत्थरीको निदान गर्न पेटको एक्सरे गरिन्छ ।
यो एक प्रकारको विशिष्ट एक्सरे परीक्षण हो । यस परीक्षणमा नसाबाट एक प्रकारको औषधी (रेडियो कन्ट्रास्ट एजेन्ट) दिइन्छ । यस परीक्षणबाट पत्थरी, अवरोध, फोका र मृगौलाको संरचना र काम सम्बन्धी असामान्यपनको समस्या थाहा हुन्छ । रेडियो कन्ट्रास्ट इन्जेक्सनले खराब मृगौलालाई अझ बढी क्षति पु¥याउँन सक्छ । त्यसैले मृगौलाले काम नगर्ने समस्या भएका बिरामीहरूलाई यो परीक्षण हानिकारक हुन सक्छ । इन्ट्राभेनस युरोग्राफी एक्सरे परीक्षण भएकाले गर्भावस्थामा रहेको शिशुलाई हानिकारक हुन सक्छ । त्यसैले गर्भवती महिलालाई यो परीक्षण गर्नु हुँदैन
भ्वाइडिङ सिस्टोयुरेथ्रोग्राम वा भी.सी.यु.जी. (पहिले माइक्टुरेटिङ सिस्टोयुरेथ्रोग्राम वा एम.सी.यु. भनेर चिनिने) भनेको मुत्रप्रणालीमा संक्रमण भएका र भेसिकौरेटेरल रिफ्लक्स भएका बालबालिकाहरूका लागि एउटा अत्यन्त महत्वपूर्ण निदानात्मक एक्सरे हो ।
केही खास मृगौला रोगको निदानका लागि सी.टी. स्क्यान, रेनल डोप्लर, रेडियोन्युक्लियर अध्ययन, रेनल एन्जियोग्राफी र रेट्रोग्रेड पाइलोग्राफी आदि उपयोगी हुन सक्छन् ।
मृगौलाको बायोप्सी, सिस्टोकोपी र युरोडाइनामिक्स जस्ता विशेष परीक्षणहरू खास मृगौलाका समस्यामा रोग निदानका लागि आवश्यक हुन्छन् । कहिले काहीँ मृगौलाको कार्य क्षमता थाहा पाउन न्युक्लियर स्टडि पनि गर्नु पर्ने हुन्छ ।
केही खास मृगौलाका रोगहरूको निदानका लागि मृगौलाको बायोप्सी एउटा महत्वपूर्ण परीक्षण हो ।
मृगौलाको बायोप्सी गर्दा सियो छिराएर मृगौलाको तन्तुको एउटा सानो टुक्रा झिकिन्छ र त्यसलाई माइक्रोस्कोपबाट परीक्षण गरिन्छ । केही खास मृगौला रोगको वास्तविकता निदान गर्न मृगौलाको बायोप्सी गरिन्छ ।
केही खास मृगौला रोगहरूमा शारीरिक परीक्षण र सामान्य परीक्षणहरूबाट रोगको सही निदान गर्न सकिदैन । त्यस्ता बिरामीहरूलाई मृगौलाको बायोप्सीले थप जानकारी प्राप्त गर्न सहयोग गर्छ जसले सही निदान पनि गर्छ ।
मृगौलाको बायोप्सीले केही खास मृगौला रोगको निदान गर्छ । यसबाट प्राप्त जानकारीले चिकित्सकले प्रभावकारी उपचार योजना बनाउन र बिरामी र तिनका परिवारलाई रोगकोबारे जानकारी दिन मद्दत गर्छ ।
सबैभन्दा सामान्य विधि भनेको सुई बायोप्सी हो जसमा खोक्रो सुइलाई छालाबाट छिराएर मृगौलासम्म पु¥याइन्छ । अर्को कम प्रयोग हुने विधि भनेको खुला बायोप्सी हो, जसको लागि शल्यक्रिया नै गर्नुपर्छ ।
अरु कुनै पनि शल्यक्रिया जस्तै केही बिरामीहरूमा मृगौलाको बायोप्सी पछि पनि केही जटिलताहरू देखिन सक्छ । बायोप्सी गरेको ठाउँमा सामान्य दुख्ने वा असहज हुने तथा रातो पिसाब हुनु असामान्य होइन र यो आफैँ रोकिन्छ । पिसाबबाट धेरै रगत गएमा रगत चढाउनु पर्ने हुन सक्छ ।
स्रोत : Kidney Education Foundation
Last Modified : 10/22/2019