অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

आधिकारिक सामाजिक स्वास्थ्य कार्यकर्ता (ASHA)

आधिकारिक सामाजिक स्वास्थ्य कार्यकर्ता (ASHA) एउटा तालिम प्राप्त महिला सामुदायिक स्वास्थ्य कार्यकर्ता हुन्। यिनको छनौट समुदायबाट हुन्छ र समुदायकै लागि जवावदेही हुन्छन्, अशालाई समुदाय र सार्वजनिक स्वास्थ्य प्रणालीबिच मध्यस्तको रूपमा सामना गर्न प्रशिक्षित गरिन्छ। आशा योजना वर्तमानमा 33 राज्यहरूमा छन्। (गोवा,चण्डीगड र पन्डुचेरी बाहेक)

ASHA हरूको छनौट प्रक्रिया

ग्रामीण क्षेत्रहरूमा

  • आशा मुख्यत गाउँको एक निवासी हुनु पर्छ विवाहित/विधवा/छोडपत्र भएको 20-45 वर्षकीलाई प्राथमिकता दिइन्छ।
  • उनी एउटा साक्षर महिला हुनु पर्छ। छनौट प्रक्रियाका लागि कक्षा 10 सम्म योग्य र राम्रो आचरणका साथ राम्रो अङ्कका साथ उपलब्ध हुनु पर्छ। यो योग्यताका साथ कुनै उपयुक्त व्यक्ति उपलब्ध छ भने मात्र चयन हुन सक्छ।
  • आशाको छनौट विभिन्न समुदाय समूहहरू, आत्म-मदत समूह,आँगनवाडी संस्थानहरू,ब्लक नोडल अधिकारी, जिल्ला नोडल अधिकारी,गाउँ स्वास्थ्य समिति र ग्राम सभाको एक कठोर प्रक्रिया मार्फत् चुनिए पछि मात्र गरिन्छ।

शहरी क्षेत्रहरूमा

  • आशा “फोहर बस्ति/ कमजोड समुदाय”को एक महिला हुनु पर्छ र जसलाई शहर/ जिल्ला स्वास्थ्य समूहबाट कमजोर समूहको पहिचान गरी छनौट छाँनिन्छ।
  • उनी विवाहित/विधवा/तलाक भएको/छुटिएको हुनु पर्छ र 25 देखि 45 वर्षको हुनु पर्छ।
  • आशा सित प्रभावकारी संचार कौशल हुनु पर्छ जसले गर्दा कार्यक्षेत्रमा कार्य गर्दा क्षेत्र/ जनसङ्ख्या लाई प्रभावकारी तरिकाले संवाद गरेर नेतृत्वको गुणलाई निखार्न सकिन्छ।
  • उनी कम्तिमा पनि 10 कक्षा सम्म औपचारीक शिक्षा प्राप्त शिक्षित महिला हुनु पर्छ। XII कक्षा पढेका इच्छुक महिलाहरूलाई विशेष ग्राहयता दिइन्छ, पछि तिनीहरूको जीवन सुधारका लागि ANM/GNM नामाङ्कनको सुविधा दिइन्छ।
  • यदि कुनै विशेष कमजोर समुदायमा सुहाउँदो शिक्षित महिला उपल्बध छैन भने उमेर र शिक्षाको हकमा केही लचिलो हुने छ।
  • उपेक्षित र शिक्षित प्रतिनिधित्वको बिच सन्तुलन कायम गर्नुपर्छ।
  • सामाजिक कार्य गर्नका लागि उनलाई परिवार र समाजको समर्थन चाहिन्छ।
  • वञ्चित जनसङ्ख्या समूहबाट पर्याप्त प्रतिनिधिलाई सुनिश्चित गरी पछि ती समूहरूलाई राम्रो सेवा प्रदान गर्ने।
  • शहरी आशा वा NRHM वा RCH II, JnNURM, SJSRY आदि विद्यमान महिला कामदारहरूको समुदाय जस्ता वर्तमान योजनाहरू दिएको हुन सक्छ। तिनीहरूको प्राथमिकता निवास, उमेर र शिक्षा माथि उल्लेखनीय मापदण्ड पुरा गर्ने र आफ्नो गतिविधिहरूलाई सक्षम समय प्रदान गर्ने।

ASHAहरूको उपलब्धता

ग्रामीण क्षेत्रहरूमा

एउटा सामुदायिक स्वयम् सेवक जस्तो आशा (आधिकारिक सामाजिक स्वास्थ्य कार्यकर्ता) 1000 जनसङ्ख्याका लागि प्रत्येक गाउँमा। राज्यले यिनीहरूको भर्तीमा स्थानीय अवस्था, मामला र जनसङ्ख्याको आधारमा शिक्षा योग्यतामा छुट दिएको छ।

शहरी क्षेत्रमा

  • आशाको चयन गर्नुभन्दा पहिले यसलाई शहर/ जिल्ला स्वास्थ्य समाजले नगर/शहर क्षेत्रका “फोहर बस्तीमा बस्ने/ कमजोड समुदाय”लाई नक्साङ्कन गरेर आशाको चयनका लागि पहिचान गर्नु महत्वपूर्ण हुन्छ।
  • शहरी क्षेत्रमा आशाको सामान्य छनौट प्रक्रिया ‘‘एक आशा प्रति 1000-2500 जनसङ्ख्याका लागि” हुने छ। शहरी सन्दर्भमा घर सामान्यता धेरै साना भौगोलिक क्षेत्रभित्र स्थित भएकाले आशाले आफ्नो विचार अनुसार 200-500 घर परिवारको कभर गर्न सक्छ।
  • 2500 भन्दा बढी जनसङ्ख्या कभर गर्नका लागि अर्को आशा संलग्न हुन्छ। भौगोलिक तितरबितर वा सामाजिक रूपमा छरिएर बसोवास गरेको र आर्थिक विपन्न समूह “फोहर बस्ती/कमजोड समुदायI”मा आशाको चयन सानो जनसङ्ख्याका लागि गर्न सकिन्छ।

जहाँ एक विशेष

  • एउटा विशेष भौगोलिक क्षेत्र जहाँ एक विशेष जाति/कमजोड समूहको उपस्थिति छ यस्तो मामलामा तोकिएको जनसङ्ख्याका लागि एकभन्दा बढी आशाको चयन गरिने छ। यस्तो अवस्थामा एउटा आशाको छनौट हुन सक्छ र एउटा विशेष समुदाय विशेष गरी कमजोर समुदाय जसबाट उनीहरूका आवश्यकतालाई सम्बोधन गरी उचित तरिका निर्दिष्ट सामाजिक-सांस्कृतिक रूपमा गरिन्छ।
  • एउटा विशेष भौगोलिक क्षेत्र जहाँ एक विशेष जाति/कमजोड समूहको उपस्थिति छ यस्तो मामलामा तोकिएको जनसङ्ख्याका लागि एकभन्दा बढी आशाको चयन गरिने छ। यस्तो अवस्थामा एउटा आशाको छनौट हुन सक्छ र एउटा विशेष समुदाय विशेष गरी कमजोर समुदाय जसबाट उनीहरूका आवश्यकतालाई सम्बोधन गरी उचित तरिका निर्दिष्ट सामाजिक-सांस्कृतिक रूपमा गरिन्छ।
  • चयन गरिएको आशाहरूको प्राथमिकता आँगनवाडी केन्द्रमा निहित हुने छ, जसले चरणबद्ध रूपमा सेवाहरूलाई फोहरबस्तीमा घरदैलो सम्म पुर्‍याउने छ।
  • 50,000 वा कमको जनसङ्ख्यासित शहरी बसोवासमा,आशालाई ग्रामीण क्षेत्रको रूपमा चयन गरिने छ।
  • जवाहर लाल नेहरू राष्ट्रिय शहरी नवीकरण मिसन (JnNURM),स्वर्ण जयन्ती शहरी रोजगार योजना (SJSRY) आदि जस्ता सामुदायिक स्वंयसेवक समुदायहरूलाई पनि यस उदेश्यका लागि उपयोग गर्न सकिन्छ।

कार्यहरू र जिम्मेदारीहरू

एकजना आशाको भूमिका एक समुदाय स्तरमा हेरविचार गर्नु हो। यसमा विभिन्न कार्यहरू मिलेका हुन्छन् : स्वास्थ्य हेरविचार सेवा पहुँचको सुविधा, स्वास्थ्य सेवाको जनचेतना विशेष गरी गरिब र पछौटे वर्गका लागि स्वास्थ्य सञ्चालन, राम्रो स्वास्थ्यका लागि सामुदायिक कार्य, गर्भवती र प्रसव अवस्थामा उपचारात्मक सेवा उचित संस्थानमा उनीहरूको तालिम र सिप अनुसार गराउने।

आशाका लागि क्षतिपूर्ति

आशा कामदार मुख्यतया एउटा “मानार्थ स्वयंसेवक” हो तर तोकिएको अवस्थामा उनको समयका लागि दिइएको छ (जस्तै प्रशिक्षण उपस्थिति, मासिक समीक्षा,अन्य सभाहरूका रूपमा)। यसको अलावा उनी विभिन्न राष्ट्रिय कार्यक्रम अन्तर्गत प्रोत्साहनका लागि योग्य हुने छिन्। उनले केही स्वास्थ्य उत्पादनहरू जस्तो कि कन्डमहरू, गर्भनिरोधक चक्कीहरू,सेनेटरी प्याडहरू आदिको सामाजिक मार्केटिङ गरी आय गर्न सक्ने छिन् । उनको कार्यको बनावट उनको जीविकोपार्जनमा असर नपर्ने गरी उनले पाउनु पर्ने मौद्रीक क्षतिपूर्ति उनले बिताएको समय र गरेको कार्यको आधारमा भुक्तानी उपलब्ध हुने छ।

सम्बन्धित स्रोतहरू

  • ASHAको बारेमा
  • शहरी सन्दर्भमा महिला आरोग्य समिति र आशाका लागि नियमहरू
  • शहरी क्षेत्रमा आशाहरूका लागि प्रेरणा प्रशिक्षण मोड्युल

स्रोत: राष्ट्रिय स्वास्थ्य मिसन

Last Modified : 2/19/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate