অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

मधुमेह रोग - कारण र उपचार

परिचय

हर्मोन्‍स वा शरीरका अन्‍तःस्‍त्रावी ग्रन्थीहरूद्वारा निर्मित स्‍त्रावमा कमी वा अधिकताले अनेक रोगहरू उत्‍पन्‍न हुन्छन् जस्तै - मधुमेह, थायरइड रोग, मोटोपन, कदसम्बन्धी समस्‍याहरू, अवाञ्छित रौँ उम्रिनु आदि इन्सुलिन नामो हर्मोनको कमी वायसको कार्यक्षमतामा कमी आउनाले मधुमेह रोग वा डाइबी‍टीज मेलीट्स रोग हुन्छ।

विश्‍व स्‍वास्‍थ्‍य सङ्गठनका सर्वेक्षण अनुसार वर्ष 2025 मा भारतमा दुनियाका सबैभन्दा धेर पाँच करोड, सत्‍तर लाख मधुमेह रोगी थिए भनिन्छ। विकसित देशहरूमा यो रोग बढनबाट रोक्न सकिन्छ तर विकासशील देशहरूमा खासगरी भारतमा यो एउटा महामारी जस्तै विकराल रूप लिँदै गरेक देखिन्छ। प्रतिवर्ष विश्‍वमा लाखौँ मधुमेहका रोगीहरूको अकाल वा आकस्मि‍क मृत्‍यु हुन्छ, जबकि जीवनका यी अमूल्‍य वर्षहरूलाई बचाएर सामान्‍य जीवनयापन गर्न सकिन्छ।

द्रुत गतिमा बढदै गरेको शहरीकरण, आधुनिक युगका समस्‍याहरू वा तनु, अचानक खानपान वा रहन-सहनमा आएको परिवर्तन तथा पाश्चत्यकरण (फास्‍ट फूड, कोकाकोला इन्जेक्‍शन) प्रचुर मात्रामा भोजनको उपलब्‍धता वा शारीरिक श्रमको कमीका कारण  मधुमेह हाम्रो देशमा आजभोलि चाँडै बढदै छ। मधुमेह वा शुगर रोग हुँदा रगतमा ग्लुकोज सामान्‍य भन्दा धेर हुन्छ र ग्लुकोजका साथै बोसो तथा प्रटिनको उपापचन पनि प्रभावित हुन्छ यो रोग कुनै पनि उमेरमा हुन सक्छ भारतमा 95 प्रतिशत भन्दा धेर रोगी वयस्‍क छन्।

मधुमेहका प्रमुख लक्षणहरू

  • वजनमा कमी हुनु।
  • धेरै भोक, तिर्खा वा पेसाब लाग्नु।
  • थकाइ, पिँडुला दुख्ने।
  • पटक-पटक सङ्क्रमण हुनु वा घाउ ढिलो निको हुनु।
  • हात खुट्टा झनझन गर्नु, सुन्ने लाग्नु वा पोल्ने गर्नु।
  • नपुङ्सकता।

कतिपय मान्छेमा मधुमेह धेरै हुने सम्भावन हुन्छ,  जस्तै-मोटो व्‍यक्ति, परिवार वा वंशमा मधुमेह हुनु, उच्‍च रक्‍तचाप भएको रोगी, जुन मान्छेले व्‍यायाम वा शारीरिक श्रम कम गर्छ वा गर्दैन, शहरी व्‍यक्तिहरूमा गाउँको भन्दा धेरै मधुमेह रोग हुने सम्भावना हुन्छ।

मधुमेह रोगका विकृतिहरू

शरीरका सबै अङ्गहरूमा यस रोगको प्रभाव पर्दछ, कहलेकाहिँ विकृति भए पछि मात्र रोगको निदान हुन्छ र यसरी यो रोग वर्षौँदेखि चुपचाप शरीरमा रहिआएको हुन्छ।

केही खास दीर्घकालिन विकृतिहरू-

  • प्रभावित अङ्गमा परेको प्रभावको लक्षण
  • असमयमा आँखामा मोतिबिन्दु देखा पर्नु, बनिनु, कालापानी, पर्दाविकल हुनु (रेटिनापेथी) वा धेरै बिग्रेर हुने अन्धोपन।
  • मुटु तथा धमनीमा हदयघात (हार्ट एटेक) रक्‍तचाप, हदयशुल (एन्जाइना)।
  • मिर्गौँला, मूत्रमा धेरै प्रटिन जानु, अनुहार वा खुट्टामा वा पूरा शरीर सुन्निनु र अन्‍तमा मिर्गौँलाको कार्यहीनता वा रीनल फेल्‍योर हुनु।
  • मस्तिष्‍क वा स्‍नायु तन्त्रमा उच्‍च मानसिक क्रियाहरूको विकृति जस्तै- स्‍मरणशक्ति, संवेदनाहरूमा कमी हुनु, रिङटा लाग्नु, नपुंसकता (न्‍युरोपेथी), हार्ट एटेक आदि।

निदान

रगतमा रहेको ग्लुकोज सजिलै जाँच गर्न सकिन्छ। सामन्‍यतः ग्लुकोजको खाएर जाँच गराउने आवश्‍यकता हुँदैन प्रारम्भिक जाँचमा पेसाबमा ऐलबुमिन वा रगतमा बोसोको अनुमान पनि गराउनु पर्छ।

उपचार

मात्र रगतमा ग्लुकोजको मात्रा कम गर्नु मात्रै मधुमेहको पूर्ण उपचार होइन। उपयुक्‍त भोजन र व्‍यायाम अत्‍यन्त आवश्‍यक हुन्छ।

कतिपय प्रमुख खाद्यवस्‍तुहरू जसलाई थोरै मात्रामा प्रयोग गर्नु पर्छ।

नुन, चीनी, गुँड, घिउ, तेल, दूध र दूधबाट बनिएका वस्तुहरू पराठा, मीठा खाने कुराहरू, आइसक्रीम, मिठाई, मांस, अण्‍डा, चकलेट, सुकेको नारियल आदि।

खाद्यप्रदार्थ जुनचाहिँ धेरै मात्रामा खानु पर्छ।

  • हरिया सब्जीहरू, काँक्रो, काँकरी, गोलभेडा, प्‍याज, लसुन, कागती र सामान्‍य खोर्सानी तथा मसलाहरूको प्रयोग गर्न सकिन्छ। आलु, चामल र फलहरूको सेवन गर्न सकिन्छ। ज्‍वार, चना र गहुँका आटाको रोटी (मिस्‍सी रोटी) धेरै उपयोगी हुन्छ। तोरीको तेल अरू तेलहरू (सोयाबीन, बदम, सूर्यमुखी) सँग प्रयोग गर्नु,खाना खाने समय जहाँसम्म सम्भव हुन्छ निश्चित हुनु पर्छ र लामो समयसम्म‍ भोको बस्नु हुँदैन।
  • खानाको मात्रा चिकित्‍सकद्वारा रोगीको वजन र ऊचाईका हिसाबले केलोरीको गणना गरी निर्धारित गरिन्छ।
  • करेला, दाना मेथी आदिले कतिपय रोगीहरूलाई केही फायदा हुन सक्छ तर यिनैमा भर परेर औषधीको उपयोग नगर्नु निरर्थक हो।

उपचारको दोस्रो उपाय हो व्‍यायाम- सधैँ लगभग 20-40 मिनट छिटो हिँडनु, पौरिनु, साइकल कुदाउनु आदिमा पहिले यो सुनि‍श्‍चित गर्नु आवश्‍यक हुन्छ कि तपाईँको शरीर व्‍यायाम गर्ने योग्‍य छ कि छैन। योगाभ्‍यास पनि उपयोगी हुन्छ। एकदम खाली पेट व्‍यायाम गर्नु हुँदैन।

भोजनमा उपयुक्‍त परिवर्तन र व्‍यायामले जहाँसम्म रगतमा ग्लुकोज नियन्त्रित रहन्छ त्यही अर्कातिर शरीरको वजन सन्तुलित रहन्छ र रक्‍तचाप नियन्त्रण गर्नमा सहायक हुन्छ।

औषधीहरू

नानीहरूमा मधुमेहको एकमात्र उपचार हो सधैँ इन्सुलिन लिनु। वयस्‍कहरूमा गोलीहरू र टीकाको उपयोग गर्न सकिन्छ। यो एकदम झुटो कुरा हो कि जसले एकपल्ट इन्सुलिनलिन सुरुगऱ्यो उसले जिन्‍दगी भरी टीका लगाइरहनु पर्छ। गर्भावस्‍थामा इन्‍सुलिन नै एकमात्र उपचार हो।

विकसित देशहरूमा मधुमेहको स्‍थायी उपचारमाथि खोजी जारी छ र मिर्गौँला प्रत्‍यारोपणका साथ-साथै पेनक्रियास् प्रत्‍यारोपण पनि गरिँदै छ, जबकि यो हालै अति व्‍यापक र कारगर साबित भएको छैन।

मधुमेहका रोगीहरूले के सावधानीहरू लिनु पर्छ

  • नियमित रूपमा रक्‍त ग्लुकोज, रगतमा बोसो र रक्‍तचापको जाँच गर्नु।
  • निर्देशानुसार भोजन र व्‍यायामले सन्तुलित वजन राख्नु।
  • खुट्टाक पनि त्यति नै ध्‍यान राख्नु पर्छ जति आफ्नो अनुहारको राखिन्छ किनकि खुट्टामा मामुली जस्तो देखिने घाउले छिटो छिटो गम्भीर रूप लिन्छ र गैंग्रीनमा परिवर्तित हुन्छ जसको परिणाम स्‍वरूप खुट्टो काट्नु पर्ने पनि हुन सक्छ।
  • हाइपाग्‍लाइसिमियासँग मुकाविला गर्नका लागि आफूसँग सधैँ केही मीठो वस्‍तु राख्नुहोस्, धेरै बेरसम्म भोको बस्नु हुँदैन।
  • धूम्रपान र मदिरापान त्‍याग गर्नु।
  • अनावश्‍यक औषधीहरूको उपयोग नगर्नु।
  • अचानक औषधी बन्‍द कहिल्यै नगर्नु।
  • सरकारद्वारा एड्स, टी.बी, औलो,  कुष्‍ठ रोग आदिमा करोडौँ रूपया खर्च गरिन्छ जसको राम्रो परिणाम देखिँदै छ। यसरी मधुमेहलाई पनि श्रेणीमा ल्याएर यसबाट प्रभावी तरिकाले लागि पर्ने आवश्‍यकता छ।

स्त्रोत: स्वास्थ्य विभाग, झारखण्ड सरकार



© 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate