অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

फोहरबाट हुने हानिबाट बच्ने उपायहरू

फोहर जलाउँदा हुने समस्या

धेरै स्वास्थ्य संस्थाहरू स्वास्थ्यजन्य फोहरमैला र यसमा भएको जीवाणुलाई नष्ट गर्न फोहरलाई भष्मीकरण यन्त्रमा जलाउने गर्दछन् । फोहर जलाउने प्रक्रियालाई सबभन्दा सजिलो उपायको रूपमा लिइन्छ किनकी यसले गर्दा विभिन्न खाले फोहरलाई संकलन गरी सिधै भष्मीकरण यन्त्रमा फालिन्छ । तर फोहरलाई जलाउँदा यसले फोहरको समस्यालाई समाधानको साटो झन विर्गादछ । फोहरलाई भष्मीकरण यन्त्र वा खुल्ला रूपमा आगो लगाएर जलाएको खण्डमा, यसले विभिन्न रसायनिक प्रदूषणहरू हावामा र माटो एवं भूमिगत पानीमा विषाक्त खरानी मिसिन जान्छ । मर्करी, लिड र अन्य गह्रौं धातुहरू वातावरणमा मिसिन गई वातावरणलाई विषाक्त बनाउँदछ ।

प्लाष्टिकको प्रयोग गरी सुईको भाइल र रगत संक्लन गर्ने थैला, ट्यूब्स र सिरिञ्जहरूलाई जलाउनाले अत्यधिक विषाक्त रसायन डाइक्सिन र फ्यूरान उत्सर्जन हुन्छ । यो रसायनको कुनै रंग हुँदैन, गन्ध हुँदैन र यसले क्यान्सर निम्त्याउनुको साथै महिला पुरुष दुवैलाई बाँझो बनाउन सक्दछ र अन्य गम्भीर स्वास्थ्य समस्याहरू सृजना गर्दछ (विस्तृत जानकारीको लागि अध्याय १६ र २० हेर्नुहोस्) । कहिलेकाहीँ भष्मीकरण यन्त्रले धेरै ठूलो तापक्रममा काम नगर्ने भएको र चाहिने समयसम्म नचल्ने भएकोले फोहरलाई पूर्ण रूपमा जलाउन सक्दैन । कुनै कुनै भष्मीकरण यन्त्र खास किसिमको फोहरलाई जस्तैः खोप कार्यक्रमबाट निस्कने फोहरको लागि बनाए पनि अन्तिममा सबै खाले फोहर जलाउनको लागि प्रयोग गरिन्छ । जस्तैः औषधि, विषादी र अन्य हानिकारक वस्तुहरूलाई जलाउन प्रयोग गरिन्छ । नेपालमा भने भष्मीकरणको प्रयोग कागज, कागजको बट्टा, प्लाष्टिकको ग्लोभ पनि जलाउने प्रयोग गरेको पाइन्छ ।

अक्सर गरी स्वास्थ्यजन्य फोहरमैलाको सुरक्षित व्यवस्थापन गर्नलाई सर्वप्रथम पुनः प्रयोग गर्न सक्ने गरी स्रोतमा नै छुट्याउनु पर्दछ । पुनः प्रशोधन र पुनःप्रयोग गर्न सक्ने फोहरलाई छुट्टाछुट्टै ठाउँमा छुट्याउनु पर्दछ । त्यसपछि संक्रमित फोहरलाई निसंक्रमित गर्नु पर्दछ । भष्मीकरणको वैकल्पिक प्रविधिहरूबाट स्वास्थ्यकर्मीहरूले खाएको बाचा “कसैलाई हानि नपु¥याउने” लाई प्रयोग गरी फोहर व्यवस्थापनको गाह्रो कामबाट मुक्ति पाउन सकिन्छ ।

स्वास्थ्य संस्थाजन्य फोहरबाट हुने हानिबाट बच्ने उपायहरू

कुनै सानो स्वास्थ्य चौकी वा ठूलो अस्पताल होस् वा कुनै घरमै हुने गरेको उपचार होस्, स्वास्थ्य उपकरणहरू र स्वास्थ्यजन्य फोहरलाई सुरक्षित तरीकाले व्यवस्थापन गरिएमा यसबाट हुने हानिबाट बाँच्न सकिन्छ ।

  • फोहरको मात्रा घटाउनेः स्वस्थजन्य सामानहरू किन्दा राम्रो ध्यान पु¥याएको खण्डमा यसबाट निस्कने फोहरको मात्रालाई घटाउन सकिन्छ ।
  • स्रोतमै छुट्याउनेः फोहर उत्सर्जन हुने ठाउँमा नै फोहरलाई छुट्याउनु पर्दछ ।
  • निसंक्रमण गरेरः रोगका जीवाणुहरू भएको संक्रमित फोहरलाई निसंक्रमण गर्ने ।
  • प्रशोधन गरेरः रसायनिक फोहरलाई प्रशोधन गरेर कम हानिकारक फोहरमा परिणत गर्ने ।
  • विसर्जनः स्वास्थ्यजन्य फोहरलाई कम भन्दा कम हानि पु¥याउन सक्ने किसिमले विसर्जन गर्ने ।
  • तालीमः स्वास्थ्य संस्थाका सबै सम्बन्धित कर्मचारीहरू जस्तै फोहर संकलन, जम्मा गर्ने, सफा गर्ने, नर्स, डाक्टर र व्यवस्थापनका मानिसहरूलाई आवश्यक तालीम प्रदान गर्नुपर्दछ ।

एउटा क्लिनिक, स्वास्थ्य केन्द्र वा अस्पतालले उपयोग गर्ने प्रविधि एवं तरीकामा भन्दा पनि फोहर उत्सर्जन गर्नेदेखि लिएर संकलन गर्ने, जम्मा पार्ने र खास गरी नयाँ मानिसले के के र किन गर्नुपर्दछ भन्ने कुरा बारे जानकारी पाउनु चाहिँ जरुरी हुन्छ । प्रायः मानिसले नयाँ नयाँ तरीकाहरू अपनाएर कामलाई सजिलो बनाउँदछ । केही क्लिनिकहरूमा फोहर संकलन गर्ने, तालीम दिने र सुरक्षित पद्धति अपनाएको नअपनाएको भनरे अनुगमन गरी राख्नु पर्दछ (पृष्ठ ४४३ देखि ४४६ मा हेर्नुहोस्) ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका



© 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate