होम / ऊर्जा / पर्यावरण / स्वच्छ ऊर्जा / स्वच्छ ऊर्जा उत्पादन विधिहरू
सेयर
Views
  • State: Open for Edit

स्वच्छ ऊर्जा उत्पादन विधिहरू

वायु ऊर्जा

सयौं वर्षदेखि वायुबाट उत्पादित ऊर्जाले पानी तान्ने र खाद्यान्न पिन्ने काम गर्ने गरेको छ । आजका दिनमा आएर यूरोप र उत्तरी अमेरिका राष्ट्रहरूमा वायुको उपभोग गरी विद्युत उत्पादन गर्ने गरेको पाइएको छ ।

भारत, चीन, दक्षिण अफ्रिका र ब्राजिल, ठुला साना वायु मिलले ब्लेड चलाएर विद्युत उत्पादन गर्दछ ।

वायु शक्ति एउटा सस्तो र खनिज तेलबाट चल्ने वा ठूलो विद्युत उत्पादन केन्द्रबाट उत्पादित बिजुलीभन्दा राम्रो उपाय हुन सक्दछ । ठूलो स्केलको वायु ऊर्जा परियोजनाहरू प्रायःजसो राष्ट्रिय विद्युत प्रसारण लाइन, वायु ऊर्जालाई राम्ररी काम गर्न लगातार रूपमा कडा वायुको प्रवाहको जरुरी पर्दछ । समुद्री तटीय क्षेत्र, खुल्ला मैदान र पहाडी क्षेत्र वायु शक्तिको लागि उपयुक्त ठाउँ हुन्छ । सबैजसो ठाउँमा वायुको गति समान नरहने हुँदा टर्वाइनबाट उत्सर्जित ऊर्जालाई भण्डारण ब्याट्रीमा गर्नुपर्ने हुन्छ ।

साना आकारका वायु ऊर्जा

विश्वका केही भागहरूमा वायु ऊर्जाबाट टर्वाइन चलाएर घरहरूमा ब्याट्रीलाई चार्ज गरिन्छ । वायु ऊर्जा उत्पादनको लागि सधैंभरी एकैनासे बग्ने हावाको गति चाहिने हुन्छ । वायु टर्वाइन महङ्गो हुने र यो सम्भवतः घरमा र गाउँमा वायु ऊर्जाबाट विद्युत आपूर्ति गर्ने राम्रो प्रविधिको छनौट नहुन सक्दछ ।

शुरुमा वायु ऊर्जा पद्धति सोलर ऊर्जा पद्धतिभन्दा राम्रो र कम खर्चिलो लागे पनि वायु ऊर्जा पद्धतिमा लामो समयको दौरान बढी मर्मत सम्भार चाहिन्छ ।

सौर्य ऊर्जा

हामी आफ्नो जीउमा सूर्यको तातो र घरमा तातोको अनुभव गर्दछौं त्यो नै सौर्य ऊर्जा हो । सौर्य ऊर्जा प्रयोग गर्न धरै तरीकाहरू छन् जस्तैः पानी तताउन, पानी कीटाणु रहित पार्न, खाना पकाउन र घर तातो राख्न सकिन्छ । सौर्य ऊर्जा विद्युत निकाल्न पनि प्रयोग गरिन्छ ।

सौर्य ऊर्जालाई विद्युतमा परिणत गर्न सौर्य प्यानल वा सौर्य सेलको आवश्यकता पर्दछ जसले सौर्य किरणलाई सोस्दछ । सधैंभरी सूर्यको किरण नआउने भएकोले यसबाट उत्पादित विद्युतलाई ब्याट्रीमा भण्डारण गर्नुपर्ने हुन्छ । जसबाट पछि बिजुली बाल्ने, मोटर चलाउने र अन्य मेसिनहरू चलाउन मद्दत पुग्दछ ।

सौर्य ऊर्जा पद्धति स्थापना गर्न शुरुमा महङ्गो पर्दछ किनकी सोलर प्यानल, ब्याट्री र अन्य सामग्रीहरू चाहिन्छ । तर सौर्य किरणको कुनै पैसा पर्दैन र नवीकरणीय ऊर्जा पनि हो । एक पटक सौर्य ऊर्जा पद्धति स्थापना गरिसकेपछि यसलाई चलाउन र मर्मत सम्भार गर्न थोरै पैसा पर्दछ । सौर्य ऊर्जा पद्दतिमा सबभन्दा महङ्गो मर्मत सम्भार भनेको ३ देखि ५ वर्षमा ब्याट्री फेर्नुपर्ने र सोलर प्यानल फुटेको खण्डमा फेर्नु पर्दछ ।

सौर्य ऊर्जाबाट पानी तताउने

सौर्य ऊर्जाको किरण प्रशस्त पाउने ठाउँमा यसको एउटा प्रत्यक्ष प्रयोग चाहीं पिउनको लागि र नुहाउनको लागि पानी तताउनु हो । यसको लागि सूर्यको किरण सोस्ने कालो रङ्गले रङ्गाएको पाइप र पानी राख्ने भाँडोको मात्र आवश्यकता पर्दछ ।

मध्यम किसिमको जलवायु पाउने ठाउँमा पानी तताउन सौर्य ऊर्जा संकलन गर्ने सौर्य प्यानलको पनि आवश्यकता पर्दछ । यो साधारण पानी तताउने भन्दा बढी खर्चिलो हुन्छ । तर सौर्य किरणबाट विद्युत निकाल्न प्रयोग गरिने सौर्य प्यानल भन्दा कम खर्चिलो पर्दछ । यो गैर नवीकरणीय इन्धनको प्रयोगबाट पानी तताउनु भन्दा सस्तो हुन्छ ।

जैविक ऊर्जा

धेरैजसो मुलुकहरूमा जैविक पदार्थ (रुखविरुवा र जनावरबाट निस्केको फोहर पदार्थ) घरमा प्रयोग गरिर्ने ऊर्जाको सर्वसुलभ ऊर्जाको स्रोत हो । जैविक पदार्थमा भएको ऊर्जा लगाउँदा वा यसलाई कुहाउँदा (सडाउँदा) बायोग्याँस उत्सर्जन हुन्छ ।

रुखबाट प्राप्त हुने जैविक पदार्थ नवीकरणीय हो तर जब यसलाई इन्धनकोरूपमा जलाउँदा विश्वव्यापी उष्णीकरण र स्वास्थ्य समस्या निम्त्याउँदछ । दाउरा वा गोबर प्रयोग गरिएमा यसलाई सानो आकारको जैविक ऊर्जा मानिन्छ ।

अर्को तर्फ ठूलो आकारको जैविक ऊजा भन्नाले बालीनालीबाट आउने फोहर पदार्थलाई उपयोग गरी बिजुलीको उत्पादन गर्नु हो । उदाहरणको लागि क्यूवामा उखुको खोस्टाको प्रयोग धेरै मात्रामा गरी बिजुली उत्पादन गर्ने गरेको पाइन्छ । यसै प्रकारले धानको भुस, काठको धुलो र अन्य प्रकारको जैविक पदार्थ ऊर्जा उत्पादनको लागि उपयोग गर्न सकिन्छ । यी जैविक ऊर्जाका स्रोतहरू नविकरणीय भए पनि समुदायको स्वास्थ्य तथा वातावरणको लागि चाहिँ अति नराम्रो हो ।

जैविक बायोग्याँस जैविक पदार्थलाई कुहाएपछि उत्पन्न हुन्छ । यसरी उत्पादित बायोग्याँसलाई बन्द भाँडामा संकलन गरेर यसबाट खाना पकाउन सानो ज्वाला उत्पादन गर्न सकिन्छ वा विद्युतको उत्पादन गरी तताउने, प्रकाश पार्ने, पानी तान्ने, मोटर संचालन र खेतमा उपयोग गरिने औजारहरूको संचालन गर्न उपयोग गर्न सकिन्छ । मानव मलमूत्र, जनावरको गोबर तथा बिरुवाबाट निस्कने फोहर पदार्थबाट बायोग्याँस उत्सर्जन गरी यी फोहर पदार्थहरूलाई स्रोतको रूपमा परिवर्तन गर्नु वातावरण तथा जनस्वास्थ्यको लागि राम्रो हो । बायोग्याँस विभिन्न खाले जैविक पदार्थको उपयोग गरी उत्पादन गर्न सकिन्छ ।

बायोग्याँस एउटा नदेखिने र गन्ध नआउने ग्याँस हो । जलाउँदा यो सफा निलो ज्वाला (आगो) बल्दछ । खाना पकाउन ठोस दाउरा जलाउनुभन्दा जैविक ग्याँसको प्रयोग गर्नाले घरभित्रको वायु प्रदूषण घटाउनुको साथै दाउराको लागि रुख काट्नु पर्दैन जसले वन विनाश हुनबाट जोगाउँछ । जैविक ग्याँसको उपयोग पश्चात बाँकी रहेका मल खेतीपातीको लागि साह्रै नै उपयोगी हुनको साथै एकदमै राम्रो हुन्छ । जैविक ग्याँसको उपभोगबाट जलवायु परिवर्तन र विश्वव्यापी भैरहेको उष्णीकरण पनि निम्त्याउँदैन ।

  • जनावरहरूको मल (गोबर) र मूत्र
  • मानिसको मल र मूत्र
  • खानाबाट निस्केको फोहर जस्तैः मासु, भात, हाड, र तरकारीको बाँकी भागहरू
  • बालीनालीको अवशेषहरू जस्तैः खोस्टा, पात, बोक्रा, हाँगाबिंगा र घाँस आदि ।

बायोग्याँस एउटा नदेखिने र गन्ध नआउने ग्याँस हो । जलाउँदा यो सफा निलो ज्वाला (आगो) बल्दछ । खाना पकाउन ठोस दाउरा जलाउनुभन्दा जैविक ग्याँसको प्रयोग गर्नाले घरभित्रको वायु प्रदूषण घटाउनुको साथै दाउराको लागि रुख काट्नु पर्दैन जसले वन विनाश हुनबाट जोगाउँछ । जैविक ग्याँसको उपयोग पश्चात बाँकी रहेका मल खेतीपातीको लागि साह्रै नै उपयोगी हुनको साथै एकदमै राम्रो हुन्छ । जैविक ग्याँसको उपभोगबाट जलवायु परिवर्तन र विश्वव्यापी भैरहेको उष्णीकरण पनि निम्त्याउँदैन ।

सानो जैविक ग्याँस (बायोग्या“स) प्लान्ट बनाउने तरीका

बायोग्याँस प्लान्टको आकार एवं रूपरेखा प्रयोग गरिने फोहर पदार्थको प्रकार एवं प्रकृति, जलवायु र संरचना बनाउने उपलब्ध भएका सामग्रीहरूमा भर पर्दछ । विभिन्न प्रकारको फोहरबाट विभिन्न मात्रामा ग्याँस उत्पादन हुने भएकोले कति मात्रामा फोहर बायोग्याँस उत्पादनको लागि कति गाईवस्तुहरू चाहिने कुरा यकिन गर्न गाह्रो छ । गाईवस्तु, सुँगुर, कुखुरा एवं मानिसको मलमूत्र प्रयोग गरी बायोग्याँस उत्पादन गर्न सकिन्छ । गाईवस्तुको गोवरबाट सबभन्दा बढी बायोग्याँस उत्पादन हुने भएकोले यो सबभन्दा राम्रो स्रोत हुन सक्छन । दैनिक ५ घण्टा (२ वटा मुख भएको चुलोमा) खाना पकाउन ४÷५ वटा गाईवस्तुको गोबर आवश्यक पर्छ । बायोग्याँस प्लाण्ट बनाउनुभन्दा पहिले आफूलाई चाहिने मात्रामा बायोग्याँस उत्पादन गर्न सक्ने फोहर पदार्थ उपलब्ध छ कि छैन भन्ने कुरा यकिन गर्नुपर्छ ।

जैविक ग्या“सको साधारण परिकल्पना

बायोग्याँस प्लाण्ट बनाउन विस्तृत जानकारीको लागि स्रोत सामग्रीहरू हेर्नुहोस् ।

साईकल ऊर्जा

साईकलको उत्पत्ति भएदेखि नै यो एउटा राम्रो मेसिनको रूपमा परिचित छ । साईकलको प्रयोगबाट सजिलै यताउता घुम्न मानवशक्तिको प्रयोग गरेर गर्न सकिन्छ र सँगै यसको वातावरण तथा जनस्वास्थ्यमा अनगिन्ति फाईदाहरू छन् । तर यस भन्दा पनि बढी मानिसको ऊर्जा साईकलको माध्यमबाट उपयोग गरेर विभिन्न थरीका मेसिनहरू चलाउन सक्दछ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

2.83333333333
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top