অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

ऊर्जा सदुपयोग गर्ने तरीका

विद्युत्को सदुपयोग गर्ने तरीका

स्वच्छ ऊर्जाको प्रयोग सँगसँगै, विद्युत्बाट हुने प्रदूषण कम गर्ने महत्वूर्ण उपाय भनेको विद्युत्को सावधानपूर्वक प्रयोग हो । यदि हामीले थोरै विद्युत् खपत ग¥यौं भने हाम्रो पावर प्लान्टले धेरै उत्पादन गर्नु पर्दैन वा धेरै प्रदूषण गर्नु पर्दैन ।ऊर्जाको राम्रो उपयोगिताको लागि सरकारले विभिन्न उपायहरू अबलम्बन गर्न सक्दछ । जस्तैः उद्योगहरूलाई स्वच्छ उत्पादन पद्धति अवलम्बन गर्न लगाउनु (पृष्ठ ४५८ मा हेर्नुहोस्) र भैरहेको पावर प्लाण्ट एवं पावर लाइनमा सुधार गर्नुपर्ने हो ।

ऊर्जाको खपत घटाउनुहोस् र ऊर्जा खेर नफाल्नुहोस्

विद्युत्को अत्याधिक उपयोग गर्ने व्यक्ति र उद्योगधन्दाहरूको माग घटाउनु एक प्रकारले खनिज तेल एवं इन्धनको उपभोगलाई घटाउनु हो । सरकारले ऊर्जाको माग घटाउन उद्योगधन्दाहरूलाई व्यापारीवर्गलाई र सहरी मानिसहरूलाई ऊर्जाको न्यूनतम उपयोग गर्नु भनेर हौसला प्रदान गर्नु पर्दछ ।

कम ऊर्जाको उपभोग गर्नाले ऊर्जा उत्पादनको लागत एवं जनताको स्वास्थ्य र वातावरणमा पर्ने असर दुवैलाई न्यून गर्न सकिन्छ । सरकारले अत्याधिक विद्युत् खपत गर्ने उद्योगहरूलाई बढी कर लगाउन सक्दछ । सरकारले विद्युत् दिनको विभिन्न समयमा उपभोग गर्न प्रोत्साहन गर्न सक्छ जसले गर्दा यसको माग एकै समयमा अत्याधिक हुँदैन । ठूल्ठूला व्यापारिक संगठनहरूले विद्युत्लाई अन्य ब्यापार जस्तो बनाई दिएको छ । जति धेरै उत्पादन, बिक्री वितरण गर्न सक्दछ उति धेरै मुनाफा कमाउँदछ । खनिज तेल वा इन्धनको उपभोग गरी जति धेरै विद्युत् उत्पादन गरिन्छ वातावरण र स्वास्थ्यमा त्यत्ति नै धेरै हानी पु¥याउँदछ । त्यसैले व्यापारिक संस्थाहरूलाई ऊर्जाको उत्पादन बढाउनुभन्दा पनि संरक्षण गर्न बाध्य गराउनु पर्दछ ।

विद्युतीय पावर गृह एवं प्रसारण लाइनमा सुधार

विद्युतीय पावर प्रसारण लाइनले विद्युत् उत्पादन गरिने पावर गृहबाट जहाँसुकै उपयोग गरिने ठाउँमा लैजान्छ । एउटा पाइपमा पानी बगे जस्तैः लाइनमा विद्युत् एक ठाउँबाट अर्को ठाउँमा प्रसारण हुन्छ । चुहिने पाइपबाट पानी खेर गएजस्तैः नराम्ररी मर्मत सम्भार गरेको खण्डमा विद्युत्को नाश हुन्छ । साथै कमसल खालको विद्युत् प्रसारण लाइनबाट धेरै विद्युत्को नास हुन्छ । भैरहेको विद्युतीय उत्पादन गृहलाई पनि सुधार गरी बढी सफा र सुरक्षित तरीकाले विद्युत् उत्पादन गर्न सकिन्छ । भैरहेको पावर गृहलाई सुधार गर्नु नयाँ गृह बनाउनुभन्दा कम लागत र वातावरण एवं जनस्वास्थ्यमा कम हानी पु¥याउँदछ ।

यातायात

विद्युत् ऊर्जाको खपत सँगसँगै संसारभरी अर्को ठूलो ऊर्जाको खपत भनेको इन्धनको रूपमा यातायातका साधनहरू जस्तैः ट्रेन, हवाईजहाज, ट्रक, बस र अन्य यातायातका साधनहरूमा उपभोग हुने गरेको पाइन्छ । विद्युत् जस्तै गरीब राष्ट्रको मानिसहरूभन्दा धनी राष्ट्रको मानिसहरूले धेरै यातायात इन्धनको प्रयोग गर्छन् । यातायात इन्धनबाट हुने प्रदूषणको कारणले दम, ब्रोन्काइटिस् र क्यान्सर हुन्छ । यसले विश्व उष्णीकरण पनि निम्त्याउन मद्दत गर्छ ।

कम इन्धन बाल्नु र धेरै सफा यातायात राख्नुको सट्टा धनी राष्ट्रको मानिसहरू विशेषगरी अमेरिकाका मान्छेहरूले सार्वजनिक यातायात धेरै र निजी गाडीको कम प्रयोग गर्नुपर्दछ । सहर र यातायात विभागले कार भन्दा साइकल चढ्ने प्रेरणा दिनुपर्दछ ।

जैविक इन्धनको समस्या

जब स्वचालित इन्जिन (ब्गतयmबतष्अ भ्लनष्लभ० को आविष्कार भयो, बोटबिरुवाबाट बनेको इन्धन जस्तैः ख्भनभतबदभि इष् िर अल्कोहलबाट चल्ने बनाइएको थियो । तर अहिले पेट्रोलबाट उत्पादन हुने ग्याँस र डिजेल सस्तो भएकोले स्वचालित इन्जिन, मोटरसाईकल, ट्रक र हवाइजहाजको मुख्य इन्धन नै पेट्रोल भएको छ । बोट विरुवामा आधारित इन्धनको उपयोग रोक्नका लागि पेट्रोलियम कारखानाहरूले धेरै मेहनत गरिरहेको छ । अब खनिज तेल पनि महङ्गो भएको छ । त्यसैले धेरै देशहरू पेट्रोललाई हटाएर बोट विरुवामा आधारित इन्धन प्रयोग गर्न खोजिरहेका छन् । पाल्म, सोयाविन, क्यानोला, मकै र अरु बिरुवाबाट बनेको तेललाई जैविक इन्धन वा एग्रो इन्धन भनिन्छ । हेर्दा यो राम्रो समाधान हो किनकी बोटबिरुवा नवीकरणीय हुन्छ । तर एग्रो इन्धनबाट समस्या समाधान गर्नुभन्दा पनि यसमा धेरै समस्याहरू हुन्छ ।

  • खानको लागि प्रयोग गरिने बिरुवाबाट तेल उत्पादन गर्नाले मानिसको खानाको लागि बाली उत्पादन गर्न र कारको तेलको लागि बाली उत्पादन गर्नेबीच प्रतिस्पर्धा हुन्छ । अत्याधिक मानिसहरू खाना नपाइरहेको अवस्थामा हामीले खानाका लागि उपयोग हुने सामग्रीलाई तेलमा परिणत गर्न सक्ने सक्षम हुन सक्दैनौं ।
  • खनिज तेल माथिको निर्भरतालाई कम गर्नु पर्ने एउटा कारण चाहिं विश्व उष्णीकरणलाई घटाउनु पनि हो । तर जैविक तेल बनाउन चाहिने बालीको उत्पादन गर्न पेट्रोलियम, रसायनिक मल, कृषि औजार र बाली उब्जाउने ठाउँबाट प्रशोधन, वितरण र प्रयोग गर्ने ठाउँसम्म पु¥याउनलाई यातायातको जरुरी पर्दछ ।
  • जब जंगललाई काटेर जैविक इन्धन उत्पादन गर्ने बाली लगाइन्छ । विश्व उष्णीकरण गर्ने ग्याँस सोस्ने रुखको विनास भएर जान्छ । उदाहरणको लागि पाल्म (तार) को खेतीबाट जैविक तेल उत्पादन गर्दा डिजेलको उपभोगबाट हुने विश्व उष्णीकरण १० गुणाले बढी गराउँदछ ।

स–साना बा“धहरू

स–साना बाँधको सहायताले बिजुली उत्पादन गर्न सकिन्छ । जसलाई लघु जलविद्युत् योजना भनिन्छ । नदी एवं खोलामा प्रशस्त पानी भएको ठाउँमा यस्ता लघु जलविद्युत् योजनाबाट गाउँले समुदायमा निकै कम लागतमा विद्युत उत्पादन गर्न सकिन्छ । यस्ता किसिमका योजनाहरू गाउँलेहरू मिलेर स्थापना र व्यवस्थापन पनि गर्न सकिन्छ । यस्ता हजारौं लघु विद्युत परियोजनाहरू चीन, भारत र नेपालका गाउँ र सहरहरूमा हजारौं मानिसलाई विद्युत पु¥याइरहेको छ । साना लघु जलविद्युत् योजनाहरूमा नदी वा खोलाबाट पानीलाई माथिबाट पाइपको सहायताले तलसम्म ल्याउने गरिन्छ । पाइपबाट तल आउने पानीको बलले गर्दा टर्वाइन घुमाउन मद्दत गर्दछ र फेरि पानी नदी वा खोलामा फर्किन्छ । स–साना बाँधले मानिसलाई बिस्थापित पनि गर्दैन र ठूलो बाँध जस्तैः पानीको बहाबमा पनि परिवर्तन ल्याउँदैन । लघु जलविद्युत् योजनाहरूमा बाध्य केही मिटर मात्रै अग्लो बनाएर पानीलाई टर्बाइनतिर डो¥याइन्छ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 1/28/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate