অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

वर्मीकम्पोस्ट बनाउने विधि

वर्मीकम्पोस्ट बनाउनका लागि यस विधिमा क्षेत्रको आकार (area) आवश्यकतानुसार राखिन्छ तर मध्यम वर्गको किसानहरूका लागि 100 वर्गमिटार क्षेत्र पर्याप्त हुन्छ। राम्रो गुणस्तरको गडेउला खाद बनाउनका लागि सिमेन्ट तथा इटाहरूले पक्की क्यारीहरू (Vermi-beds) बनाइन्छ। प्रत्येक क्यारीको लम्बाइ 3 मिटार, चौडाइ 1 मिटार एवम् ऊँचाइ 30 से 50 सेमी0 राखिन्छ। 100 वर्गमिटार क्षेत्रमा यस प्रकारको लगभग 90 क्यारीहरू बनाउन सकिन्छ। क्यारीहरूलाई तेज प्रकाश र वर्षा बाट बचाउन र गडेउलाको तीव्र प्रजननका लागि अँध्यारो राख्का लागि छानो र चारैतर्फ बेराहरूलाई हरियो नेटले ढाक्न अत्यन्त आवश्यक छ।

क्यारीहरूलाई भर्नका लागि रूख-बिरूवाहरूको पातहरू घाँस,सब्जी र फलहरूको छिल्काहरू, गोबर आदि अपघटनशील कार्बनिक पदार्थहरूको चुनाव गरिन्छ। यी पदार्थहरूलाई क्यारीहरूमा भर्नु भन्दा पहिले ढिस्को बनाएर 15 देखि 20 दिनसम्म सडनका लागि राख्न आवश्यक छ। सडनका लागि राखिएको कार्बनिक पदार्थहरूको मिश्रणमा पानी छरेर ढिस्कोलाई छोडिन्छ। 15 देखि 20 दिन पछि फोहोर अर्धगलेको रूपमा (Partially decomposed ) आउँछ। यस्तो फोहोर गडेउलाका लागि धेरै नै रोम्रो भोजन मानिएको छ। अर्धगलेको फोहोरहरूलाई क्यारीहरूमा 50 से.मी. ऊँचाइसम्म भरिन्छ। कचरा भरेको 3-4 दिन पछि पातहरूको क्यारीमा केचुवाहरू छोडिन्छ र पानी छरेर प्रत्येक क्यारीलाई गिलो बोराहरूले ढाकिन्छ। एक टन फोहोरहरूबाट 0.6 देखि 0.7 टन गडेउला खाद प्राप्त हुन्छ।

चक्रीय चार हौद विधि (Four-pit method)

यो विधिमा चुनिएको स्थानमा 12’x12’x2.5’(लम्बाइ x चोडाइ x उचाइ) को खाल्डो बनाइन्छ। यो खाल्डालाई ईटाको बेराले 4 बराबर भागहरूमा बाडिन्छ। यस प्रकार कुल 4 क्यारीयहरू बन्दछन्। प्रत्येक क्यारीको आकार लगभग 5.5’ x 5.5’ x 2.5’ हुन्छ। बिचको विभाजक बेरा मजबुतीका लागि दुई इटाँहरू (9 इन्च) को बनाइन्छ। विभाजक बेरामा समान दूरीमा हावा र गडेउलालाई आउन जानका लागि प्वाल छोडिन्छ। यस प्रकारको क्यारीहरूको संख्या आवश्यकतानुसार राख्न सकिन्छ।

यो विधिमा प्रत्येक क्यारीलाई एक पछि एक भरिन्छ अर्थात पहिलो एक महिनासम्म पहिलो काम खाल्डो भरिन्छ, खाल्डो पूरा भरिएपछि पानी छरेर कालो पलिथिनले ढाकिन्छ ताकि फोहोरको विघटनको प्रक्रिया आरम्भ होस्। यसपछि दोस्रो खाल्डोमा फोहोर भर्न आरम्भ गरिन्छ। दोस्रो महिना जब दोस्रो खाल्डो भरिन्छ तब ढाकिन्छ र फोहोर तेस्रो खाल्डोमा भर्न आरम्भ गरिन्छ। यो समयसम्म पहिलो खाल्डोको फोहोर अर्धगलितका रूपमा आउँछ। एक दुई दिनपछि जब पहिलो खाल्डामा गर्मी (heat) कम हुन्छ तब त्यसमा लगभग 5 किग्रा (5000) गडेउला छोडिन्छ। यसपछि खाल्डालाई सुकेको घाँस अथवा बोराहरूले ढाँकिन्छ। फोहोरमा गिलोपन बनाई राख्न आवश्यकतानुसार पानी छरिराख्नु पर्छ। यस प्रकार 3 महिनापछि तेस्रो खाल्डो फोहोरले भरिन्छ तब यसलाई पनि पानीले भिजाएर ढकिन्छ र चौथो खाल्डामा फोहोर भर्न आरम्भ गरिन्छ। बिस्तारै-बिस्तारै जब दोस्रो खाल्डाको गर्मी कम हुन्छ तब त्यसमा पहिलो खाल्डोबाट गडेउला विभाजक बेरामा बनेको प्वालहरूबाट आफै प्रवेश गर्छन् र त्यसमा पनि गडेउला खाद बन्न आरम्भ हुन्छ। यस प्रकार चार महिनामा एकपछि एक गरी चार खाल्डाहरू भरिन्छन्। यो समयसम्म पहिलो खाल्डामा जसलाई भरिएको तीन महिना भई सकेको हुन्छ। तब गडेउला खाद (वर्मीकम्पोस्ट) बनेर तयार हुन्छ। यो खाल्डाको सबै गडेउला दोस्रो एवम् तेस्रो खाल्डामा बिस्तारै-बिस्तारै  बिचको बेरामा बनिएको प्वालहरूद्वारा प्रवेश गर्छन्। अब पहिलो खाल्डाबाट खाद निकाल्ने प्रक्रिया आरम्भ गर्न सकिन्छ। खाद निकाली सकेपछि त्यसमा पुन: फोहोर भर्न आरम्भ गरिन्छ। यो विधिमा एक वर्षमा प्रत्यके खाल्डामा एक पल्टमा लगभग 10 कुन्टल फोहोर भरिन्छ जसबाट एक पल्टमा 7 कुन्टल खाद (70 प्रतिशत) बनेर तयार हुन्छ। यस प्रकार एक वर्षमा चार खाल्डाहरूबाट तीन चक्रहरूमा कुल 84 कुन्टल खाद (4x3x7) प्राप्त हुन्छ। यसको अलावा एक वर्षमा एक खाल्डाबाट 25 किग्रा र 4 खाल्डाहरूबाट कुल 100 किग्रा गडेउला पनि प्राप्त हुन्छ।

गडेउला खाद बनाउने चरणबद्ध विधि

गडेउला खाद बनाउनका लागि चरणबद्ध निम्न प्रक्रिया अप्नाइन्छ।

चरण-1

कार्बनिक अवशिष्ट/ फोहोरबाट पत्थर, काँच, प्लास्टिक, सिरेमिक तथा धातुहरूलाई अलग गरेर कार्बनिक फोहोरको ठुलो ढेलाहरूलाई तोडेर ढिस्को बनाइन्छ।

चरण–2

मोटो कार्बनिक अवशिष्टहरू, जस्तै-पातहरूको फोहोर, बिरूवाका हाँगाहरू, उँखुको भुसा /खोयालाई 2-4 इन्च आकारको सानो-सानो टुक्डाहरूमा काटिन्छ । यसले खाद बन्नमा कम समय लाग्छ।

चरण–3

फोहोरबाट दुर्गन्ध हटाउन तथा अवाच्छित जीवहरूलाई मार्न फोहोरलाई एक फुट मोटो सतहका रूपमा फुलाएर घाममा सुकाइन्छ।

चरण–4

अवशिष्टलाई गाईको गोबरमा मिलाएर एक महिनासम्म सडाउनका लागि खाल्डाहरूमा हालिन्छ। चाहिँदो नरम बनाउन सधै पानी छरिन्छ।

चरण–5

गडेउला खाद बनाउन सर्वप्रथम भुइँमा बलुवाको 1 इन्च मोटो पर्त ओच्याएर त्यसमाथि 3-4 इन्च मोटाइमा फसलको अवशिष्ट/मोटो पदार्थहरूको पर्त ओछ्याइन्छ। पुन: यसमाथि चरण-4 बाट प्राप्त पदार्थहरूको 18 इन्च मोटो पर्त कसरी ओछ्याइन्छ भने यसको चौडाइ 40-45 इन्च बन्दछ। बेडको लम्बाइलाई छानामा उपलब्ध ठाउँको आधारमा राखिन्छ। यस प्रकार 10 फिट लम्बाइको बेडमा लगभग 500 कि.ग्रा. कार्बनिक अवशिष्ट समाहित हुन्छ। बेडलाई अर्धवृत्त प्रकारमा राखिन्छ जसले गडेउलालाई घुम्न पर्याप्त स्थान तथा बेडमा हावाको प्रबन्धन सम्भव हुन सक्छ। यो 17 प्रकारको बेड बनाइसकेपछि चाहिँदो नरम बनाउन पानी छर्किरहनुपर्छ अनि त्यसपछाडि यसलाई 2-3 दिनका लागि छोडिन्छ।

चरण–6

जब बेडको सबै भागहरूमा तापमान सामान्य हुन्छ तब यसमा लगभग 5000 गडेउला / 500 0ग्रा0 अवशिष्टको दरले गडेउला तथा कोकुनको मिश्रण बेडको एक तर्फबाट कसरी राखिन्छ भने यो लम्बाइमा एक तर्फबाट पूरै बेडसम्म पुग्छ।

चरण–7

सम्पूर्ण बेडलाई राम्ररी/कटिएको अवशिष्टलाई 3-4 इन्च मोटो पर्तले ढाकिन्छ, अनुकूल परिस्थितिहरूमा गडेउला पूरै बेडमा आफै फैलिन्छ। धेरै गडेउलाहरू बेडमा 2-3 इन्च गहराइमा रहेर कार्बनिक पदार्थहरूको भक्षण गरी उत्सर्जन गरि रहन्छन्।

चरण–8

अनुकूल आर्द्रता, तापक्रम तथा हावामय परिस्थितिहरूमा 25-30 दिनहरूको पछाडी बेडको माथिल्लो सतहमा 3-4 इन्च मोटो गडेउला खाद एकत्र हुन्छ। यसलाई अलग गर्नका लागि बेडको बाहिरी आवरण सतहलाई एक तरफबाट हटाइन्छ। यसतो गर्दा जब गडेउला बेडको गहिराइमा जान्छ तब गडेउला खादलाई बेडबाट सजिलै अलग गरे तत्पश्चात् बेडलाई पुनः पहिलेकैझै मसिनो फोहोरहरूले ढाकेर पर्याप्त आर्द्रता बनाई राख्नका लागि पानी छर्किइन्छ।

चरण–9

लगभग 5-7 दिनहरूमा गडेउला खादको 4-6 इन्च मोटो एक अर्को पर्त तयार हुन्छ। यसलाई पनि पहिलेझैँ चरण-8 कोझै अलग गरिन्छ तथा बेडमा फेरी पर्याप्त आर्द्रता बनाइराख्नका लागि पानी छर्किइन्छ।

चरण–10

त्यसपछाडी हरेक 5-7 दिनहरूको अन्तरालमा अनुकूल परिस्थितिमा पुन: गडेउलाले खादलाई 4-6 इन्च मोटो पर्त बनाउछ जसलाई पहिलेको चरण-9 को झै अलग गरिन्छ। यस प्रकार 40-45 दिनहरूमा लगभग 80-85 प्रतिशत गडेउला खाद एकत्र गरिन्छ।

चरण–11

अन्तमा केही केचुआ खाद गडेउला तथा केचुआहरूको अण्डाहरू (कोकुनद) सहित एउटा सानो ढिस्कोका रूपमा बाँकी रहन्छ। यसलाई दोस्रो चक्रमा केचुआहरूको संरोपको रूपमा प्रयुक्त गरिन्छ। यस प्रकार लगातार गडेउला खाद उत्पादनका लागि यो प्रकृयालाई दोहराई रहिन्छ।

चरण–12

एकत्र गरिएको गडेउला खादबाट गडेउलाको अण्डाहरू अव्यस्क गडेउला तथा गडेउलाद्वारा नखाइएको पदार्थहरूलाई 3-4 से.मी. आकारको छान्नेले छानेर अलग गरिन्छ।

चरण–13

अतिरिक्त नमी हटाउनका लागि छानिएको केचुआ खादलाई पक्की सतहमा फैलाइन्छ। तथा जब नमी लगभग 30-40 प्रतिशतसम्म रहन्छ तब यसलाई एकत्र गरिन्छ।

चरण–14

गडेउला खादलाई प्लास्टिक/एच0 डी0 पी0 ई0 थैलोमा सिल गरेर पेक गरिन्छ ताकि यसमा नमी कम नहोस्।

वर्मीकम्पोस्ट बनाउदा ध्यान राख्ने योग्य कुराहरू:-

कम समयमा राम्रो गुणस्तरवाला वर्मीकम्पोस्ट बनाउन निम्न कुराहरूमा विशेष ध्यान दिन अति आवश्यक छ:-

  • वर्मी बेडहरूमा गडेउला छोडनुभन्दा पहिले काँचो मलको (गोबर वा आवश्यक फोहोर) आंशिक विच्छेदन (Partial decomposition) गरिन्छ जसमा 15 देखि 20 दिनको समय लाग्छ अनि यसो गर्नु अति आवश्यक छ।
  • आंशिक विच्छेदनको चिन्न थुप्रामा गहराईसम्म हाथ हाल्दा गर्मीं महसुस हुनु हुँदैन। यस्तो स्थितिमा फोहोरको नमीलाई पल्टाउदा आंशिक विच्छेदन हुन्छ।
  • आंशिक विच्छेदनको चिन्न थुप्रामा गहराईसम्म हाथ हाल्दा गर्मीं महसुस हुनु हुँदैन। यस्तो स्थितिमा फोहोरको नमीलाई पल्टाउदा आंशिक विच्छेदन हुन्छ।
  • वर्मीवेडहरूमा फोहोरहरूको तापमान 20 देखि 27 डिग्री सेल्सियस रहन अत्यन्त आवश्यक छ। वर्मीबेडहरूमा कडा घाम पर्न नदिने। कडा घाम पर्नाले फोहोरहरूको तापमान अधिक हुन्छ परिणामस्वरूप गडेउला तल जान्छन् अथवा अक्रियाशील भई अन्ततः मर्दछन्।
  • वर्मीबेडमा ताजा गोबरको उपयोग कदापि नगर्ने। ताजा गोबरमा गर्मी (Heat) अधिक हुने कारणले गडेउला मर्दछन् अतः उपयोगभन्दा पहिले ताजा गोबरलाई 4 र 5 दिनसम्म ठण्डा अवश्य हुन दिने।
  • गडेउला खाद तयार गर्नका लागि कार्बनिक फोहोरहरूमा गोबरको मात्रा कम्तीमा 20 प्रतिशत अवश्य हुनुपर्छ।
  • घासलाई फुल आउनुभन्दा पहिले गाईको गोबरमा मिलाएर कार्बनिक पदार्थको रूपमा आंशिक विच्छेदन गरी प्रयोग गर्दा राम्रो गडेउला खाद प्राप्त हुन्छ।
  • फोहोरको पी.एच.उदासीन (7.0को लगभग) रहँदा गडेउलाले छिट्टो कार्य गर्छ अतः  वर्मीकम्पोस्टिङ बनाउँदा फोहोरको पी.एच. उदासीन बनाई राख्ने। यसका लागि फोहोर भर्दा त्यसमा खरानी अवश्य मिलाउने।
  • गडेउला खाद बनाउँदा कुनै पनि प्रकारको कीटनाशकहरूको उपयोग नगर्ने।
  • खादलाई पल्टाउँदा या तयार कम्पोस्टलाई एकत्र गर्दा खुर्पी या फावडको प्रयोग कदापि नगर्ने।

स्त्रोत : डा. डी कुमार एवम् डा. धर्म सिंह, जगत सिंहद्वारा लिखित, इन्डिया वाटर पोर्टल,राष्ट्रीय जैविक खेती केन्द्र,गाजियाबाद

Last Modified : 3/5/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate