हामी सबै राम्ररी के जान्दछौ भने भूमिमा पाइने गडेउला मनुष्यका लागि बहुपयोगी हुन्छन्। भूमिमा पाइनेवाला गडेउलाले खेतमा रहेका बोट-बिरूवाको अवशेष एवम् कार्बनिक पदार्थहरूलाई खाएर साना-साना डल्लाहरूका रूपमा परिवर्तित गर्दछन् जसले बिरूवाका लागि देशी खादको काम गर्छ। यसको अतिरिक्त गडेउलाले खेतमा ट्रेक्टरभन्दा पनि राम्रो जोताइ गरी दिन्छ जसले बिरूवालाई बिना नोक्सान पुर्याएर अन्य विधिहरूबाट सम्भव हुँदैन। गडेउलाद्वारा भूमिको उर्वरता (Fertility) उत्पादकता (Productivity) र भूमिको भौतिक, रासायनिक एवम् जैविक गुणहरूलाई लामो समयसम्म अनुकूल बनाई राख्नमा मदत मिल्छ।
गडेउलाका केही प्रजातीहरू भोजनको रूपमा प्रायः अपघटनशील व्यर्थ कार्बनिक पदार्थहरू (Bio-degradable organic wastes) को नै उपयोग गर्दछन्। भोजनका रूपमा ग्रहण गरिएका यी कार्बनिक पदार्थहरूको कुल मात्राको 5 देखि 10 प्रतिशत भाग शरीरको कोशिकाहरू द्वारा अवशोषित (absorb) गरिन्छ र शेष मल (excreta) का रूपमा विसर्जित हुन्छन् जसलाई वर्मीकास्ट (Vermi-cast) भनिन्छ। नियन्त्रित परिस्थितिमा गडेउलालाई व्यर्थ कार्बनिक पदार्थ खुवाएर उत्पादन गरिएको वर्मीकास्ट र केचुवाहरूको मृत अवशेष, अण्डाहरू, कोकुन, सूक्ष्मजीव (Micro-organisms) आदिको मिश्रणलाई गडेउला खाद (Vermi-compost) भनिन्छ।
वर्मीकम्पोस्टको रासायनिक सङ्गठन मुख्य रूपले उपयोगमा लिइएको अपशिष्ट पदार्थहरूको प्रकार, तिनको स्रोत एवम् निर्माणको तरिकाहरूमा निर्भर गर्दछ। सामान्य तरिकाले यसमा विरूवाहरूका लागि आवश्यक लगभग सबै पोषक तत्व सन्तुलित मात्रा तथा सुलभ अवस्थामा उपलब्ध गराउँछ। वर्मीकम्पोस्टमा गोबरको खादको (FYM) अपेक्षा 5 गुणा नाइट्रोजन, 8 गुणा फास्फोरस, 11 गुणा पोटाश र 3 गुणा मेग्निसियम तथा अनेक सूक्ष्म तत्व (Micro-nutrients) सन्तुलित मात्रामा पाइन्छ।
यद्यपि गडेउला लामो समयदेखि किसानको अभिन्न मित्र हलीका (Ploughman) रूपमा जानिन्छ। सामान्यतः गडेउलाको महत्व भूमिलाई खाएर मलिलो बनाइदिनेको रूपमा जानिन्छ जसले कृषि भूमिको उर्वरता बनी रहन्छ। यसले सानो एवम् मझौला किसानहरू तथा भारतीय कृषिको योगदानमा महत्वपूर्ण भूमिका निभाउँछ। गडेउला कृषि योग्य भूमिमा प्रतिवर्ष 1 देखि 5 मि.मि. मोटो सतहको निर्माण गर्छ। यसको अतिरिक्त गडेउला भूमिमा निम्न ढंगले उपयोगी एवम् लाभकारी छ।
गडेउलाले भूमिमा उपलब्ध फसल अवशेषहरूलाई भूमिको भित्रसम्म लैजान्छ र सुरूङमा यी अवशेषहरूलाई खाएर खादको रूपमा परिवर्तित गरिदिन्छ तथा आफ्नो मल रातिराति भू सतहमा छोडिदिन्छ। जसले माटोको वायु सञ्चार क्षमता बढदछ। एक विशेषज्ञको अनुसार गडेउलाले 2 देखि 250 टन माटो प्रतिवर्ष मलिलो गर्दछ जसको फलस्वरूप भूमिको 1 देखि 5 मि.मि. सतह प्रतिवर्ष बढदछ। गडेउला द्वारा निरन्तर जोताइ र उलट-पलटको कारण स्थायी माटाको कणहरूको निर्माण हुन्छ जसले मृदा संरचनामा सुधार एवम् वायु सञ्चार राम्रो हुन्छ जुन चाहिं भूमिमा जैविक क्रियाशीलता, ह्युमस निर्माण तथा नाइट्रोजन स्थिरिकरणका लागि आवश्यक छ।
बिरूवाहरूलाई आफ्नो बृद्धिका लागि पोषक तत्व भूमिबाट प्राप्त हुन्छ तथा पोषक तत्व उपलब्ध गराउने भूमिको क्षमतालाई भूमि उर्वरता भनिन्छ। यी पोषक तत्वहरूको मुख्य स्रोत मृत पैतृक पदार्थ फसल अवशेष एवम् सूक्ष्म जीव आदि हुन्छन्। जसको सम्मिलित प्रक्रियाको फलस्वरूप पोषक तत्व बिरूवाहरूलाई प्राप्त हन्छ। सबै जैविक अवशेषलाई पहिले सूक्ष्मजीवहरूद्वारा अपघटित गरिन्छ। अर्द्ध-अपघटित अवशेष गडेउलाद्वारा वर्मीकास्टमा परिवर्तित हुन्छ। सूक्ष्म जीवहरू तथा गडेउला सम्मिलित अपघटनबाट जैविक पदार्थ उत्तम खादमा परिवर्तन हुन्छ र भूमिको उर्वरा शक्ति बढाउछ।
भूमिको जैविक गुणस्तरमा सुधार भूमिमा उपस्थित कार्बनिक पदार्थ, भूमिमा पाइने सूक्ष्म जीव तथा गडेउलाको संख्या एवम् मात्रा भूमिको उर्वरताको सूचक हो। भूमिमा उपलब्ध फसल अवशेष यी दुवैको सहायताले विच्छेदित भएर कार्बनलाई उर्जा स्त्रोतका रूपमा प्रदान गरी निरन्तर पोषक तत्वहरूको आपूर्ति बनाउनुको साथ-साथ भूमिमा एन्जाइम, विटामिन्स, एमिनो एसिड एवम् ह्युमसको निर्माण गरी भूमिको उर्वरा क्षमतालाई यथावत राख्नमा महत्वपूर्ण भूमिका निभाउँछ।
स्त्रोत :डा. डी कुमार एवम् डा. धर्म सिंह, जगत सिंहद्वारा लिखित, इन्डिया वाटर पोर्टल,राष्ट्रीय जैविक खेती केन्द्र,गाजियाबाद
Last Modified : 3/5/2020