भारतवर्ष कृषि प्रधान देश हो। मेरूदण्डको शरीरमा जुन स्थान छ त्यही स्थान कृषिको अर्थव्यवस्थामा पाइन्छ। हाम्रो देश वा राज्यहरूमा कमाइको मूल साधन नै कृषि हो। पहिलेदेखि लिएर अहिलेसम्म कृषि उत्पादनमा बिजको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ। बिज नै खेतीको मूलआधार वा मूलमन्त्र हो। अतः राम्रो गुणवत्ता भएको बिजबाट फसल उत्पादन पनि राम्रै हुन्छ।
कृषि उत्पादनामा बिजको महत्त्वपूर्ण योगदान छ । एकातर्फ "जस्तो रोप्नेछौ, त्यस्तै काट्नेछौ" यो मर्म किसानहरूले याद गर्नु पर्दछ र त्यसका लागि राम्रो प्रकारको बिजको उत्पादन आवश्यक छ। अर्को प्रकारले हेर्दा सर्वगुणयुक्त उत्तम प्रकारको बिजको कमी देखिन्छ। यस कारण बिज उत्पादानलाई उद्योगको रूपमा अपनाएर कृषक जहाँ स्वयंका लागि उत्तम बिजको माग पुर्ती गर्न सक्दछन्, त्यही यसलाई खेतीका साथसाथैँ रोजगारका रूपमा अपनाएर अतिरिक्त आयको साधन बनाउन सक्तछन् तथा राज्यको कृषि उत्पादन बढाउनमा सहयोग गर्न सक्तछन्।
देशमा अझ राम्रो लक्षणयुक्त बिजको माग बढाउन र यसको उपलब्ध गराउनमा, राज्यमा स्तरीय बिज प्रामाणिकरण संस्थाहरूले महत्त्वपूर्ण भुमिका पालन गरेका छन्, तर अब कस्तो समय आएको छ भने बिज उत्पादनलाई कृषक र वैज्ञानिकहरूको नजरबाट नहेरेर उद्धमी नजरबाट हेरियोस्। अनुसन्धानद्वारा प्राप्त नयाँ उन्नत किसिमको मूल बिज बहुत कम मात्रमा उपलब्ध हुन्छन्। कृषकहरूलाई यसका उत्तरोत्तर प्रकारहरू पर्याप्त रूपमा उपलब्ध हुने गर्दछन् र यसका लागि निम्न स्तर अनुसार बिजको गुणवत्ता गरिन्छ। यी स्तर अनुसार ती उत्तरोत्तर प्रकारहरू पर्याप्त मात्रामा उपलब्ध हुने गर्दछन् र यसका लागि निम्नस्तर अनुसार ती उत्तरोत्तर लक्षण एवम् गुणवत्ता गरिन्छ। अनुसन्धान गरिएका मूल बिजबाट प्रथमत: विभिन्न अधिकृत प्रजनकहरूद्वारा प्रजनक श्रेणीका बिज तैयार गरिन्छ, तथा प्रजनक बिजबाट आधार बिज पनि तयार गरिन्छ र यो प्रक्रिया राज्यका लागि प्रामाणिकरण संस्थाको रेखदेखमा प्रजनकका लागि आधार एवम् प्रमाणित बिजका श्रेणीसम्म तथा बिजको उत्पादनसम्म निर्धारित रहन्छ। प्रमाणित उत्तम बिजलाई श्रोतका आधारमा निम्न तीन श्रेणीमा राखिएको छ।
उत्तम गुणवत्ता भएको का लागिले सामान्य बिजको अपेक्षमा २० देखि २५ प्रतिशत अधिक कृषि उत्पन्न दिने गर्दछ भन्ने कुरा कृषकहरू राम्ररी जान्दछन्। अतः शुद्ध एवम् स्वस्थ "प्रमाणित बिज" राम्रो उत्पादनको आधार हुने गर्दछ। प्रमाणित बिज उपयोग गर्नाले जहाँ एकातर्फ राम्रो उत्पादन दिने गर्दछ र त्यही अर्कोतर्फ समय तथा पैसाको बचत पनि हुन्छ। किसानहरूले यदि अशुद्ध बिज रोप्ने वा छर्ने गरे भने, न त राम्रो उपार्जन हुन्छ न बजारमा राम्रो मूल्य पाइन्छ। अशुद्ध बिज रोप्ता उत्पादनको साथसाथैँ राम्रो बिज पनि प्राप्त हुँदैन।
बरू, अशुद्ध बिजको कारणले खेतमा लगानि उठाउने बेलासम्ममा धेरै पैसा खर्च गर्नु पर्ने हुन्छ एवम् उव्जाउको दाम पनि कम्ति हुन्छ, जसबाट किसानलाई आफ्नो उव्जाउको उचित मूल्य पनि प्राप्त हुँदैन्। यदि किसानहरू आफ्नो अनावश्यक खर्च घटाउन र बडी मात्रामा उपार्जन गरेर आय मिलोस् भन्ने चाहन्छन् भने प्रमाणित बिजको उपयोग एवम् उत्पादन गर्नु पर्छ।
अनुवंशिक शुद्धताका बिज उत्पादन र ती कृषकहरूलाई उपलब्ध हुनु, उत्तम प्रजनक बिजहरूको उत्पादान निर्भर गर्दछ। प्रजनक बिज उत्पादनको कार्य भारतीय कृषि अनुसन्धान केन्द्र एवम् राज्यहरूको कृषि विश्वविद्यालयद्वारा गरिन्छ। प्रजनक बिज अधिकृत प्रजनक विशेषज्ञका रेखदेखमा तैयार गरिन्छ। यी आधारका लागि उत्पादानको मूल श्रोत हो। यो बिजको बोरामा सुनौलो पहेँलो रङका बिजको विवरणको चिट्ठा लगाएको हुन्छ। जसमाथि फसल प्रजनक विशेषज्ञको हस्ताक्षर हुन्छ।
यो बिज प्रजनक बिज उत्तरोत्तर बिज हो। यो बिज प्रमाणिकरण संस्थाको रेखदेखमा निर्धारित मानकमा प्राप्त भएपछि प्रमाणित गरिन्छ । आधार बिजको बोरा माथि सेतो रङको प्रामाणिक चिट्ठा (लेबल) लगाएको हुन्छ। यस माथि संस्थाको अधिकारीको हस्ताक्षर हुन्छ।
आधार बिजको दोबर स्तरमा प्रमाणित बिज तैयार गरिन्छ। यो बिज प्रामाणिकरण संस्थाद्वारा निर्धारित मानक प्राप्त भएमा प्रमाणित गरिन्छ। प्रमाणित बिजको बोरा माथि निलो रङको प्रमाणिकरण चिट्ठा लगाइएको हुन्छ। यस माथि संस्थाको अधिकृत अधिकारीको हस्तारक्ष हुन्छ।
श्रोत: मध्यप्रदेश कृषि, किसान कल्याण एवम् कृषि विकास विभाग, मघ्य प्रदेश सरकार।
Last Modified : 1/7/2020