অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

कीटनाशकहरूको सुरक्षित उपयोग

किन्ने बेलामा ध्यान दिने कुरा:

के गर्ने

के नगर्ने

  • कीटनाशक र जैव कीटनाशक चाहिं वैध लाइसेन्स भएको पञ्जीकृत कीटनाशक डिलरबाट मात्र खरीद गर्ने ।

  • एक विशिष्‍ट क्षेत्रमा एक पल्टको छर्काइ जति आवश्‍यकता हुन्छ, त्यतिकै कीटनाशक सामग्री किन्ने।

  • कीटनाशकहरूको कन्टेनर या पेकेटमा मान्‍यता प्राप्‍त लेबल हेर्ने।

  • लेबलमा बेच संख्‍या, पञ्जीकरण संख्‍या, मेन्‍युफेक्‍चर र एक्‍सपाइरी तिथि हेर्ने।

  • कन्टेनरमा राम्ररी पेक भएको कीटनाशक मात्र किन्ने ।

  • फुटपाथको डिलर या यस्तो डिलर जो सित लाइसेन्स छैन, तिनीहरूसित कीटनाशक सामग्री नकिन्ने।

  • एक साथ अधिक मात्रामा कीटनाशक नकिन्ने।

  • कन्टेनरमा पञ्जीकृत लेबल नभएमा कीटनाशक नकिन्ने।

  • कहिले पनि कीटनाशकको एक्‍सपाइरी तिथि खत्‍म भएको कुनै पनि सामग्री नकिन्ने।

  • कीटनाशकहरूको यस्तो कन्टेनर जो लिक छ या खुल्ला छ या जसमा सिल छैन्, त्यसलाई नकिन्ने।

संग्रहणको समयमा द्यान दिने कुरा:

के गर्ने

के नगर्ने

  • कीटनाशकहरूको संग्रहण घरदेखि टाढा गर्नु पर्छ।

  • कीटनाशकहरूलाई तिनीहरूकै कन्टेनरमा राख्नु पर्छ।

  • कीटनाशकहरू अलग र खरपतवारनाशकलाई अलग संग्रहित गरिनु पर्छ।

  • जुन क्षेत्रमा कीटनाशकहरूलाई संग्रहित गरिएको हुन्छ, त्यही स्‍थानमा चेतावनीको सङ्केत दिनु पर्छ।

  • कीटनाशकहरूको संग्रहण यस्तो स्‍थानमा गरिनु पर्छ जहाँ बच्‍चाहरू र पशुहरूको पहुँचभन्दा टाढा होस्।

  • संग्रहणको स्‍थानलाई सीधा घाम र पानीबाट बचाउनु पर्छ।

  • कहिले पनि कीटनाशकहरूको संग्रहण घरको आँगनमा नगर्ने।

  • कीटनाशकहरूलाई तिनीहरूको कन्टेनर बाट निकालेर कहिले पनि अर्को कन्टेनरमा नराख्ने।

  • कीटनाशकहरू र खरपतवार नाशकको संग्रहण एक साथ गर्न हुँदैन।

  • बच्‍चाहरूलाई संग्रहणको स्‍थानमा प्रवेश गर्ने अमुमति नदिने।

  • कीटनाशकहरूलाई घाम र पानीमा निकाल्नु हुदैन्।

प्रबन्धनको समयमा

के गर्ने

के नगर्ने

  • परिवहनको बेला कीटनाशकहरूलाई अलग अलग राख्ने

  • प्रयोग गर्ने स्थानमा अधिक मात्रामा कीटनाशक पुर्याउनका लागि अत्‍यधिक सावधानी अपनाउनु पर्छ।

  • कहिले पनि कीटनाशकहरूलाई खाद्य पदार्थहरूलाई खाद्य या अन्य/ दानाहरू/का साथ नलैजाने

  • कहिले पनि अधिक मात्रामा कीटनाशकलाई आफ्नो सिर, काँध या पीठ्युमा नलैजाने।

छर्किने घोल तयार गर्दा

के गर्ने

के नगर्ने

  • सधैँ सफा पानीको मात्र व्यवहार गर्ने।

  • पञ्जा, मास्‍क, टोपी, एप्रन, पूरा पेन्ट आदि सुरक्षात्‍मक कपडाहरूको व्यवहार आफ्नो शरीरलाई कभर गर्नका लागि गर्ने।

  • छर्किने घोलबाट जोगिन सधै आफ्नो नाक, आँखा, कान र हातहरू जोगाउने।

  • प्रयोग गर्नुभन्दा पहिले कीटनाशकको कन्टेनरमा लेखिएको निर्देशनहरूलाई सावधानीपूर्वक पढ्ने।

  • आवश्‍यकता अनुसारको छर्किने सामग्रीलाई तयार गर्ने।

  • दानादार कीटनाशकलाई त्यसै रूपमा प्रयोग गर्नुपर्छ।

  • स्‍प्रे टेङ्कलाई भर्दा छर्किन कीटनाशकको घोललाई खस्नबाट बचाउने।

  • सधै कीटनाशकहरूको प्रयोग बताइएको मात्रामा नै गर्ने।

  • यसतो कुनै पनि गतिविधिहरू गर्न हुँदैन, जसले तपाईको स्‍वास्‍थ्‍यलाई प्रभावित गर्न सक्छ।

  • हिलो या फोहोर पानीको व्यवहार कहिले पनि नगर्ने।

  • सुरक्षात्‍मक कपडाहरू बिना कहिले पनि छर्किने घोल तयार नगर्ने।

  • कीटनाशकको घोल शरीरको कुनै पनि भागमा पर्न नदिने।

  • प्रयोगका लागि कन्टेनरको लेबलमा निर्देशनहरूलाई पढ़्न कहिले पनि अल्छी नगर्ने

  • कीटनाशकको घोललाई तयार गरिसकेपछि कहिले पनि 24 घण्टापछि प्रयोग गर्न हुँदैन।

  • दानाहरूको प्रयोग पानीसित नगर्ने।

  • छर्किने टेङ्कलाई नसुँध्ने।

  • कीटनाशकहरूको अत्‍यधिक मात्रा प्रयोग गर्न हुँदैन। यसले बिरूवाको स्‍वास्‍थ्‍य र पर्यावरणलाई प्रभावित गर्न सक्छ।

  • कीटनाशकहरूको छर्किने बेलामा कहीं पनि खामपिन धूम्रपान या केही पनि गरेको हुनु हुँदैन।

उपकरणहरूको छनौट

के गर्ने

के नगर्ने

  • सही प्रकारको उपकरणहरूको चयन गर्ने।

  • सही आकारको नलिकाहरूलाई चयन गर्ने।

  • खरपतवारनाशक र कीटनाशकको छर्किन अलग स्प्रेको प्रयोग गर्ने।

  • लिक गरिरहेको या खराब उपकरणको प्रयोग नगर्ने।

  • खराब कुनै बताइएको भन्दा अन्य/नालिकाको प्रयोग नगर्ने। बन्द नालिकालाई आफ्नो मुखले सफा नगर्ने, त्यसको साटो दाँत सफा गर्ने ब्रसको प्रयोग गर्ने।

  • खराब र जसलाई प्रयोग नगर्ने सलाह दिइएको छ त्यस्ता नोजलहरूको प्रयोग गर्न हुँदैन। नोजलमा मुखले हावा नहाल्ने र न हावाले फुक्ने। त्यसको सफाइका लागि स्‍प्रेयर वाला टुथब्रसको प्रयोग गर्ने।

  • खरपतवारनाशक या कीटनाशक दुवैका लागि कहिले पनि एउटै स्‍प्रे उपकरणको प्रयोग नगर्ने।

छर्किने बेलामा

के गर्ने

के न गर्ने

  • मात्र बताइएको मात्रा र पानीको मात्र प्रयोग गर्ने।

  • ठन्डा र सही मौसमवाला दिनमा मात्र छर्किनुपर्छ।

  • सामान्यत छर्किने काम घाम लागेका दिन गर्नुपर्छ।

  • हरेक छर्काइका लागि बताइएको स्‍प्रे उपकरणको प्रयोग गर्ने।

  • छर्किने काम हावाको दिशामा गर्नु पर्छ।

  • छर्काइपछि स्‍प्रे उपकरण र बाल्टिनहरूलाई डिटर्जेन्टहरूको प्रयोग गरी सफा पानीले धुनु पर्छ।

  • छर्किने साथ त्यो स्थानमा पशुहरू र मजदूरहरूलाई प्रवेश गर्न दिनु हुँदैन।

  • बताइएको मात्राभन्दा अधिक कीटनाशकको उपयोग नगर्ने।

  • छर्काइ टन्टलापुर घाम लगेका दिन या तेज हावा लागेका दिन गर्नु हुँदैन।

  • झरीको तुरन्त पहिले र झरीको तुरन्तपछि छर्किने काम गर्न हुँदैन।

  • बेटरीबाट सञ्चालित युएलवी स्‍प्रे उपकरणको साथ छर्किनु हुँदैन।

  • इमल्सिफाएबल कन्‍सन्ट्रेट फार्म्‍युलेसन्सलाई बेटरीबाट चल्ने युएलवी स्‍प्रेअरले छर्नु हुँदैन।

  • हावाको विपरीत दिशामा छर्किनु हुँदैन।

  • कीटनाशकलाई मिलाउनका लागि प्रयोग गरिएको बाल्टिनहरू र कन्टेनरलाई धोएपछि पनि घरेलू काममा प्रयोग गर्नु हुँदैन।

  • सुरक्षात्‍मक कपडाहरूको बिना घोलको छर्काइको तुरन्त पछि खेतमा प्रवेश गर्नु हुँदैन।

छर्किएपछि

के गर्न

के नगर्ने

  • उब्रिएको स्‍प्रे सामग्रीलाई बञ्जर भूमि जस्तो स्‍थानमा फ्याक्नु पर्छ।

  • प्रयोग गरिएको कन्टेनर या खाली कन्टेनरलाई नष्‍ट गर्नुपर्छ र तिनीहरूलाई जल संसाधनहरूबाट टाढा माटोमा गाडिदिनु पर्छ।

  • केही पनि खानु या धू्म्रपान गर्नुभन्दा पहिले हात र मुख साबुनले राम्ररी धुनु पर्छ।

  • जहरको लक्ष्ण देखिएमा सर्वप्रथम प्राथमिक उपचार गर्ने र बिमारीलाई डक्‍टरलाई देखाउने। डक्‍टरलाई खाली कन्टेनर पनि देखाउने।

  • उब्रेको स्‍प्रे सामग्रीलाई नाला या नजिकको तलाउ या पानीमा बगाउनु हुँदैन।

  • कीटनाशकहरूको खाली कन्टेनरलाई अन्‍य सामग्रीको संग्रहणका लागि प्रयोग गर्न दिनु हुँदैन।

  • कपडा धुनु या नहाउनुभन्दा पहिले कहिले पनि खाना/धूम्रपान गर्नु हुँदैन।

  • डाक्‍टरलाई बिखको लक्ष्ण नबताउने खतरा उठाउन हुँदैन, किनकि यो बिमार स्वास्थ्यका लागि खतरनाक हुन सक्छ।

स्रोत:ppqs.gov.in

Last Modified : 1/5/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate