অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

पञ्जीकरण

पञ्जीकरण

  1. जी.एस.टी.मा पञ्जीकरण गराउँदा के के लाभ हुन्छ?
  2. के जी.एस.टी. पञ्जीकरण नगरेको व्यक्तिले आई.टी.सी. र कर एकत्र गर्न सक्छ ?
  3. पञ्जीकरणको प्रभावी तिथि के हुन्छ?
  4. मोडेल जी.एस.टी. कानून अन्तर्गत कुन व्यक्तिले पञ्जीकरण लिनका लागि उत्तरदायी हुन्छ?
  5. कुल बिक्री के हो?
  6. कुनचाहिँ मामिलाहरूमा पञ्जीकरण अनिवार्य हुन्छ?
  7. वस्तु एवं सेवाकर अधिनियम अन्तर्गत पञ्जीकरण लिने समय सीमा के हो?
  8. यदि एकजना व्यक्तिले एउटै पेन नम्बरका साथै भिन्ना-भिन्नै राज्यहरूमा व्यवसाय संचालित गरिरहेको हुन्छ, के त्यो एउटै पञ्जीकरणका साथै व्यवसाय संचालित गर्न सक्छ?
  9. एकजना व्यक्ति जसको एउटा राज्यमा धेरै व्यापारिक व्यवसाय हुन्छन् के त्यसले भिन्नै पञ्जीकरण प्राप्त गर्न सक्छ?
  10. के पञ्जीकरण प्राप्त गर्नका लागि स्थायी खाता संख्या (पेन) अनिवार्य हुन्छ?
  11. के सक्षम अधिकारीका माध्यमले विभाग, यस अधिनियम अन्तर्गत स्वतः एकजना व्यक्तिका पञ्जीकरणलाई अगि बढाउन सकिन्छ?
  12. के एकजना सक्षम अधिकारीले पञ्जीकरणका लागि गरिएको आवेदनलाई अस्वीकार गर्न सक्छ?
  13. के कुनै व्यक्तिलाई प्रदान गरिएको पञ्जीकरण स्थायी हुन्छ?
  14. के संयुक्त राष्ट्र निकायहरूका लागि जी.एस.टी. अन्तर्गत पञ्जीकरण प्राप्त गर्नु आवश्यक हुन्छ?
  15. संयुक्त राष्ट्र निकायहरूलाई आपूर्ति गर्ने कराधीन व्यक्तिको के जिम्मेदारी हुन्छ?
  16. के सरकारी सङ्गठनका लागि पञ्जीकरण गर्नु आवश्यक हुन्छ ?
  17. एक अस्थायी कराधीन व्यक्ति को हो?
  18. अप्रवासी/एन.आर.आई. कराधीन व्यक्ति को हो?
  19. एक आकस्मिक कराधीन व्यक्ति र अप्रवासी कराधीन व्यक्तिलाई जारी गरिएको पञ्जीकरण प्रमाण पत्रको वैधताको अवधि के हुन्छ?
  20. के यस विशेष श्रेणी अन्तर्गत पञ्जीकरण प्राप्त गर्ने बेलामा एक “आकस्मिक कराधीन व्यक्ति’ र "अप्रवासी कराधीन व्यक्ति' ले कुनै अग्रिम करको भुग्तान गर्नु आवश्यकता हुन्छ ?
  21. के पञ्जीकरण प्रमाणपत्रमा संशोधन गर्ने अनुमति हुन्छ?
  22. के पञ्जीकरण प्रमाणपत्रलाई रद्दीकरण गर्ने अनुमति हुन्छ?
  23. के सी.जी.एस.टी.अधिनियम अन्तर्गत पञ्जीकरण रद्द गर्नुको अर्थ एस.जी.एस.टी.अधिनियम अन्तर्गत पनि रद्द गर्न सकिन्छ?
  24. के एकजना सक्षम अधिकारी स्वयंले पञ्जीकरण रद्द गर्न सक्छ?
  25. के हुन्छ जब पञ्जीकरण जानिबूझी गलत बयान, धोखाधडी वा तथ्यहरू दबाएर प्राप्त गर्दा?
  26. के जी.एस.टी. अधिनियम अन्तर्गत सेवाहरको पञ्जीकरणका लागि केन्द्रीकृत विकल्प उपलब्ध हुन्छ?
  27. यदि करदाताको एउटा राज्यमा विभिन्न व्यावसायिक कार्यक्षेत्र छन् भने, के त्यस राज्यमा यस खालका प्रत्येक व्यावसायिक कार्यक्षेत्रका लागि भिन्ना-भिन्नै पञ्जीकरण प्राप्त गर्नु पर्छ?
  28. एकजना आई.एस.डी. को हो?
  29. के आई.एस.डी.लाई मौजूदा करदाता पञ्जीकरणका अतिरिक्त पृथक पञ्जीकृत गर्नु आवश्यक हुन्छ?
  30. के एकजना करदाताका धेरै आई.एस.डी. हुन सक्छन्?
  31. एउटा व्यवसायको हस्तान्तरणमा  के दायित्व (जहाँसम्म पञ्जीकरणको सम्बन्ध हुन्छ) हुन्छ?
  32. के ती सबै निर्धारित/डीलरहरू जुन पहिलेदेखि नै मौजूदा केन्द्रीय उत्पाद/ सेवा कर/वेट कानून अन्तर्गत पञ्जीकृत भएका छन् तिनले नयाँ पञ्जीकरण प्राप्त गर्नु पर्छ?
  33. के जब वर्कर/कार्यकर्ताहरूको पञ्जीकृत हुनु अनिवार्य हुन्छ?
  34. के वस्तुहरूको आपूर्तिको अनुमति जब कार्यकर्ताको व्यवसाय स्थलबाट दिइन्छ?
  35. पञ्जीकरणका बेलामा निर्धारितीलाई आफ्ना सबै व्यवसायिक स्थल  घोषित गर्नु पर्छ?
  36. के ती साना डीलरहरू वा जुन डीलरहरूसँग कुनै बुनियादी आई.टी. सुविधाहरू छैनन, तिनको सुविधाका लागि कुनै प्रणाली छ ?
  37. के जी.एस.टी.आई.एन. पञ्जीकरणमा डिजिटल हस्ताक्षरका लागि कुनै सुविधा उपलब्ध हुन्छ?
  38. अनलाइन आवेदनमा निर्णय गर्नका लागि समय सीमा के हुन्छ?
  39. यदि अनलाइन आवेदनमा कुनै प्रश्न गरियो भने तब आवेदकद्वारा उत्तर दिनका लागि कति समय रहन्छ?
  40. पञ्जीकरणलाई नकार्ने प्रक्रिया के हो?
  41. के आवेदन निपटानसँग सम्बन्धी कुनै प्रकारको संचार हुन सक्छ?
  42. के जी.एस.टी.एन. पोर्टलद्वारा पञ्जीकरण प्रमाणपत्र डाउनलोड गर्न सकिन्छ?
  43. के रजिस्ट्रेशन रद्दीकरणको आदेशलाई फिर्ता लिन सकिन्छ?
  44. के पञ्जीकरण रद्द गर्दा त्यस व्यक्तिमाथि कुनै कर दायित्व लागू हुन्छ जसको पञ्जीकरण रद्द भएको  हुन्छ?
  45. अस्थायी र अनिवासी कर योग्य व्यक्तिहरूका बीच के फरक हुन्छ?

जी.एस.टी.मा पञ्जीकरण गराउँदा के के लाभ हुन्छ?

वस्तु एवं सेवा कर (जी.एस.टी.) अन्तर्गत पञ्जीकरण गराउँदा व्यवसायमा निम्नलिखित लाभ हुन्छ –

  • वस्तुहरू वा सेवाहरूको आपूर्तिकर्तालाई कानूनी रूपमा मान्यता प्राप्त हुन्छ।
  • इनपुट वस्तुहरू वा सेवाहरूलाई समुचित कर भुग्तानको लेखालाई जसलाई वस्तुहरू वा सेवाहरूको आपूर्ति वा व्यापारद्वारा दुवैमा देय जी.एस.टी. भुग्तानका लागि प्रयोग गर्न सकिन्छ।
  • आफ्ना खरीदारहरूले कानूनी तबरमा कर जमा गर्नु र वस्तुहरू वा सेवाहरूको आपूर्तिमा खरीदार वा प्राप्तकर्ताहरूलाई देय करहरूलाई क्रेडिट गर्नका लागि अधिकृत गरेको हुन्छ।
  • वस्तु एवं सेवा कर कानून अन्तर्गत प्रदान गरेका धेरै अन्य लाभहरू र विशेषाधिकारहरूको लाभ उठाउनेको पात्र हुनका लागि ।

के जी.एस.टी. पञ्जीकरण नगरेको व्यक्तिले आई.टी.सी. र कर एकत्र गर्न सक्छ ?

होइन, जी.एस.टी. पञ्जीकरण नगरी  कुनै पनि व्यक्तिले न त आफ्ना ग्राहकमध्ये जी.एस.टी. कर एकत्रित गर्न सक्छ र न त आफुद्वारा भुग्तान गरिएको जी.एस.टी.को कुनै पनि इनपुट ट्याक्स क्रेडिटको दावा गर्न सक्छ ।

पञ्जीकरणको प्रभावी तिथि के हुन्छ?

पञ्जीकरणका लागि जहाँ आवेदन गरिएको हुन्छ त्यसको 30 दिनभित्र व्यक्तिले पञ्जीकरण गर्नका लागि आफ्नो दायित्व रहन्छ, जुन दिन त्यो पञ्जीकरणका लागि उत्तरदायी हुन्छ।

जहाँ आवेदकद्वारा पञ्जीकरणको आवेदन प्रस्तुत गरिसकिएको हुन्छ त्यसको 30 दिन पछि त्यो पञ्जीकरणको उत्तरदायी बनिन्छ, पञ्जीकरणको प्रभावी तिथि त्यसलाई पञ्जीकरण प्रदान गर्ने तारिख हुन्छ।

स्वत: पञ्जीकरणका मामिलामा,अर्थात् स्वेच्छाले पञ्जीकरण लिनु जबकि कर भुग्तानका लागि सीमामा छुटको सीमा भित्र हुन्छ, पञ्जीकरणको प्रभावी तिथि पञ्जीकरणको आदेशको तिथि हुन्छ।

मोडेल जी.एस.टी. कानून अन्तर्गत कुन व्यक्तिले पञ्जीकरण लिनका लागि उत्तरदायी हुन्छ?

सी.जी.एस.टी./एस.जी.एस.टी.अधिनियम 2017को धारा 22 अनुसार सबै आपूर्तिकर्ता (आफ्नो एजेन्ट सहित) जसले कर योग्य आपूर्ति गर्दछ अर्थात् वस्तुहरू र/वा सेवाहरूको आपूर्ति जुनचाहिँ वस्तु एवं सेवा कर कानून अन्तर्गत करका लागि कर योग्य हुन्छ र त्यसको कुल बिक्री एउटा वित्त वर्षमा बीस लाख रूपियाँको सीमा भन्दा अधिक हुन्छ, त्यो राज्य वा दिल्ली वा पुदुचेरीको संघ राज्य क्षेत्रमा जहाँबाट त्यो कर योग्य आपूर्ति गर्दछ उसले आफूलाई पञ्जीकृत गर्नका लागि उत्तरदायी हुन्छ।

एघार विशेष श्रेणीका राज्यहरूका मामिलामा (जस्तो कि भारतको संविधानको अनुच्छेद 279ए (4) (जी) मा वर्णित छ, पञ्जीकरणको उत्तरदायित्वका लागि यो सीमा दस लाख रूपियाँ हुन्छ।

यसका साथै अधिनियमको धारा 24 मा आपूर्तिकर्ताहरूको केही श्रेणीहरूको उल्लेख गरिएको छ जो पञ्जीकरण लिनका लागि उत्तरदायी हुनेछ, जबकि उनको कुल/समुचित कारोबार 20 लाख रूपियाँको सीमाभन्दा तल किन नहोस् ।

अर्कातिर अधिनियमको धारा 23 अनुसार कृषि उत्पादहरूको आपूर्तिको सम्बन्धमा एकजना कृषक, विशेष रूपले वस्तु एवं सेवा कर कानून अन्तर्गत बिना कर योग्य वा पूर्णतः छुट भएका सामानहरू र/वा सेवाहरूको आपूर्ति गर्ने कुनै पनि व्यक्ति पञ्जीकरणका लागि उत्तरदायी हुँदैन।

कुल बिक्री के हो?

सी.जी.एस.टी./ एस.जी.एस.टी. अधिनियमको धारा 2(6) अनुसार सकल व्यापारको मात्रा (टर्न ओवर) मा कुल मूल्य शामिल हुन्छ -

(i) सबै कर योग्य आपूर्तिहरू,

(ii) छुट प्राप्त भएका आपूर्तिहरू,

(iii) वस्तुहरू र/वा सेवाहरूको निर्यात र

(iv) एउटै पेन भएको व्यक्तिद्वारा सबै अऩ्तरराज्यीय आपूर्ति।

उपरोक्तको अखिल भारतीय आधारमा गणना गरिनेछ र सी.जी.एस.टी. अधिनियम, एस.जी.एस.टी. अधिनियम, यू.टी.जी.एस.टी. अधिनिम एवं आई.जी.एस.टी. अधिनियम अन्तर्गत लगाइएका करहरूलाई शामिल गरिने छैन। कुल कारोबारमा कर योग्य व्यक्तिद्वारा गरिएका सबै सामान शामिल हुन्छन् चाहे त्यो आफ्नो खातामा होस् वा आफ्ना सबै प्रिन्सीपलहरूका तर्फबाट गरिएको होस्।

सकल टर्नओवरमा आपूर्ति जसमा रिवर्स चार्ज आधारमा कर लगाइएको हुन्छ र फिर्ता आपूर्तिको मूल्य, शामिल हुँदैन।

जब वर्क कार्य पूरा भए पछि मालको मूल्य जब वर्करको टर्नओवरमा शामिल गर्ने योग्य हुन्न। यो प्रिन्सीपलद्वारा मालको आपूर्तिका रूपमा मानिन्छ र तदनुसार प्रिन्सीपलको टर्नओवरमा शामिल हुन्छ।

कुनचाहिँ मामिलाहरूमा पञ्जीकरण अनिवार्य हुन्छ?

सी.जी.एस.टी./ एस.जी.एस.टी. अधिनियमको धारा 24 अनुसार निम्नलिखित वर्गहरूका व्यक्तिहरूलाई सीमित सीमाको वावजूद अनिवार्य रूपले पञ्जीकृत हुनु आवश्यक हुन्छ;

क.  व्यक्ति जो कुनै प्रकारकै अन्तर-राज्य कराधीन आपूर्ति कर रहेको हुन्छ;

ख.  अस्थायी कराधीन व्यक्ति;

ग.  ती व्यक्ति जसले रिवर्स प्रभावका अन्तर्गत कर भुग्तान गर्नु आवश्यक हुन्छ,

घ.  धारा 9को उपधारा (5) अन्तर्गत दर भुग्तान हेतु उत्तरदायी इलेक्ट्रोनिक कमर्स अपरेटर,

ङ.  गैर निवासी कर योग्य व्यक्ति,

च. व्यक्ति जुनचाहिँ धारा 51 अन्तर्गत कर कटौती हेतु उत्तरदायी हुन्छ ।

छ. व्यक्ति जुन अन्य पञ्जीकृत कर योग्य व्यक्तिहरूका तर्फबाट वस्तुहरू र वा सेवाहरूको आपूर्ति गर्दछ, चाहे एजेन्टको रूपमा वा अन्य ।

ज.  इनपुट सेवा वितरक (चाहे अधिनियमका अन्तर्गत भिन्नै पञ्जीकृत हुन्छ वा हुँदैन)

झ.  व्यक्ति जुन धारा 52 अन्तर्गत कर एकत्र गर्नका लागि अपेक्षित हुन्छ ।

ञ.  प्रत्येक इलेक्ट्रोनिक वाणिज्य अपरेटर

ट. भारतमा एकजना पञ्जीकृत व्यक्तिभन्दा, प्रत्येक व्यक्ति जो भारत बाहिरबाट भारतमा कुनै व्यक्तिले अनलाइन जानकारी र डाटाबेस पूर्नप्राप्ति सेवाहरूको आपूर्ति गर्दछ।

ठ.  यस्ता अन्य व्यक्ति वा व्यक्तिहरूको वर्ग जसलाई केन्द्र सरकार वा राज्य सरकारद्वारा परिषदको सिफारिशमा अधिसूचित गर्न सकिन्छ।

वस्तु एवं सेवाकर अधिनियम अन्तर्गत पञ्जीकरण लिने समय सीमा के हो?

कुनै व्यक्तिले पञ्जीकरण गरेको तीस दिन भित्र लिनु पर्ने हुन्छ जुन दिन देखि त्यो पञ्जीकरण लिनका लागि उत्तदायी हुन्छ यसखाले तरिकाले तथा नियमहरूका अधीनमा जस्तै कि पञ्जीकरण नियमहरूमा निर्धारित हुन्छ, लिनु पर्छ। एकजना आकस्मिक कर योग्य व्यक्ति र अनिवासी कर योग्य व्यक्तिले व्यापार प्रारम्भ गर्नुभन्दा कम से कम 5 दिन पहिले पञ्जीकरणका लागि आवेदन गर्नु पर्छ।

यदि एकजना व्यक्तिले एउटै पेन नम्बरका साथै भिन्ना-भिन्नै राज्यहरूमा व्यवसाय संचालित गरिरहेको हुन्छ, के त्यो एउटै पञ्जीकरणका साथै व्यवसाय संचालित गर्न सक्छ?

होइन। प्रत्येक त्यो व्यक्ति जो पञ्जीकरण लिनका लागि उत्तरदायी हुन्छ उसले प्रत्येक ती राज्यहरूमा भिन्ना-भिन्नै पञ्जीकरण लिनु आवश्यक हुन्छ जहाँ त्यो व्यवसाय संचालित गरिरहेको हुन्छ र सी.जी.एस.टी./एस.जी.एस.टी.को धारा 22 को उपधारा (1) अनुसार जी.एस.टी. भुग्तानका लागि उत्तरदायी हुन्छ।

एकजना व्यक्ति जसको एउटा राज्यमा धेरै व्यापारिक व्यवसाय हुन्छन् के त्यसले भिन्नै पञ्जीकरण प्राप्त गर्न सक्छ?

धारा 25 को उपधारा (2) को प्रावधानका सन्दर्भमा एकजना व्यक्तिलाई एउटा राज्यमा धेरै व्यापार व्यवसाय/कार्यक्षेत्रको संचालनका लागि प्रत्येक एकाइका लागि भिन्नै पञ्जीकरण प्राप्त गर्नु पर्छ, यी शर्तहरूका अधीनमा जसलाई निर्धारित गर्न सकिन्छ।

के यस्तो कुनै प्रावधान हुन सक्छ कि एकजना व्यक्तिले आफ्नो स्वेच्छाले पञ्जीकृत गरोस् जबकि उसले जी.एस.टी. भुग्तान गर्नका लागि उत्तरदायी नहुन पनि सक्छ?

हो। धारा 25को उप-धारा (3)का सन्दर्भमा, जबकि, एकजना व्यक्तिको अनुसूची धारा 22 अन्तर्गत पञ्जीकरण गर्नका लागि उत्तरदायी नहुँदा पनि, आफ्नो स्वेच्छाले स्वयंलाई पञ्जीकृत गर्न सक्छ, र यस अधिनियमका सबै प्रावधानहरू, जुन एकजना पञ्जीकृत कराधीन व्यक्तिमा लागू हुन्छ, त्यस व्यक्तिमा पनि लागू हुन्छन्।

के पञ्जीकरण प्राप्त गर्नका लागि स्थायी खाता संख्या (पेन) अनिवार्य हुन्छ?

हो। प्रत्येक व्यक्तिसँग सी.जी.एस.टी./एस.जी.एस.टी अधिनियमको धारा 25(6) अन्तर्गत पञ्जीकरण प्राप्त गर्ने पात्रताको क्रममा आयकर अधिनियम, 1961 (1961 को 43) का अधीनमा जारी गरिएको स्थायी खाता संख्या (पेन) राख्नु अनिवार्य हुन्छ।

जबकि उपरोक्त धारा 25(6)का प्रावधानहरूका अनुसार धारा 51 अन्तर्गत कर कटौती गर्नका लागि एकजना व्यक्तिले पेनको बदलामा आयकर अधिनियम अन्तर्गत एउटा कर कटौती र सङ्ग्रह खाता पञ्जीकरणका लागि पात्र हुनका लागि लिन सक्तछ।

यसका अतिरिक्त, धारा 25 (7)का अनुसार एकजना अनिवासी कर योग्य व्यक्तिका लागि पेन अनिवार्य हुँदैन। जसले कुनै पनि अन्य दस्तावेज, जसलाई निर्धारित गर्न सकिन्छ, का आधारमा पञ्जीकरण प्रदान गर्न सकिन्छ।

के सक्षम अधिकारीका माध्यमले विभाग, यस अधिनियम अन्तर्गत स्वतः एकजना व्यक्तिका पञ्जीकरणलाई अगि बढाउन सकिन्छ?

हो। धारा 25को उप-धारा (8) अनुसार, जहाँ एकजना व्यक्तिले यस अधिनियम अन्तर्गत पञ्जीकृत गर्नका लागि उत्तरदायी हुन्छ र पञ्जीकृत गराउनमा विफल रहन्छ, सक्षम अधिकारीले, कुनै पनि कार्रवाई बिना पक्षपात गरी गर्न सक्छ अर्थात्, वा एम.जी.एल. वा कुनै अन्य प्रचलित कानून अन्तर्गत गर्न सकिन्छ, यस्ता व्यक्तिलाई त्यस ढङ्गले पञ्जीकृत गर्नका लागि कार्यवाही गर्न सक्छ पञ्जीकरण नियमहरूमा, जसलाई निर्धारित गर्न सकिन्छ।

के एकजना सक्षम अधिकारीले पञ्जीकरणका लागि गरिएको आवेदनलाई अस्वीकार गर्न सक्छ?

हो, सी.जी.एस.टी./एस.जी.एस.टी. अधिनियमको धारा 25 को उपधारा 10 अनुसार सक्षम अधिकारीलो पञ्जीकरणका लागि आवेदनको सत्यापन गरेपछि अस्वीकार गर्न सक्छ।

के कुनै व्यक्तिलाई प्रदान गरिएको पञ्जीकरण स्थायी हुन्छ?

हो, एकपल्ट पञ्जीकरण प्रमाणपत्र प्रदान गर्दा त्यो स्थायी हुन्छ जबसम्म कि त्यसलाई रद्द, निलम्बित वा फिर्ता लिन सकिन्न।

के संयुक्त राष्ट्र निकायहरूका लागि जी.एस.टी. अन्तर्गत पञ्जीकरण प्राप्त गर्नु आवश्यक हुन्छ?

हो, सी.जी.एस.टी./एस.जी.एस.टी. अधिनियमको धारा 25 (9) का सन्दर्भमा सबै अधिसूचित संयुक्त राष्ट्र निकायहरू, वाणिज्य दूतावास वा विदेशी देशहरूका दूतावास र अधिसूचित कुनै पनि अन्य वर्गका व्यक्तिको जी.एस.टी. पोर्टल एक अद्वितीय पहिचान संख्या (यू.आई.एन.) प्राप्त गर्नु आवश्यक हुन्छ। कथित आई.डीको संरचना  जी.एस.टी.आई.एन.का अनुरूप सबै राज्यहरूमा एक समान हुनेछ र त्यो केन्द्र र राज्यहरूका लागि पनि एकसमान हुनेछ। यस यू.आई.एन.लाई  उनीद्वारा प्राप्त गरिएको माल र सेवाहरूलाई अधिसूचित आपूर्तिमा भुग्तान गरिएको करको धन फिर्ताको दावा गर्नका लागि र कुनै पनि अन्य उद्देश्यका लागि जसलाई अधिसूचित गर्न सकिन्छ को आवश्यकता हुनेछ।

संयुक्त राष्ट्र निकायहरूलाई आपूर्ति गर्ने कराधीन व्यक्तिको के जिम्मेदारी हुन्छ?

यी संगठनहरूलाई आपूर्ति गर्ने कराधीन आपूर्तिकर्तासँग चालान/बिलमा यू.आई.एन. उल्लेखित गर्ने अपेक्षा गरिन्छ र यस्ता आपूर्तिलाई अर्का पञ्जीकृत व्यक्ति (बी2बी) लाई गरिने आपूर्ति मानिने छ र यी बिलहरूलाई आपूर्तिकर्ताद्वारा अपलोड गरिने छ।

के सरकारी सङ्गठनका लागि पञ्जीकरण गर्नु आवश्यक हुन्छ ?

सरकारी प्राधिकरणहरू/सार्वजनिक क्षेत्रका उपक्रमहरू (पी.एस.यू) लाई जो जी.एस.टी. माललाई अघि आपूर्ति नगरेको (र यसैले जी.एस.टी. पञ्जीकरण प्राप्त गर्नका लागि उत्तरदायी हुँदैन) तर अन्तर-राज्यीय खरीद कर रहन्छ, तिनलाई सम्बन्धित राज्य कर प्राधिकारीहरूद्वारा जी.एस.टी. पोर्टलका माध्यमले एक विशिष्ट पहिचान संख्या (आई.डी.) प्रदान गरिन्छ।

एक अस्थायी कराधीन व्यक्ति को हो?

अस्थायी कर योग्य व्यक्तिलाई सी.जी.एस.टी./एस.जी.एस. टी. अधिनियमको धारा 2 (20) मा परिभाषित गरिएको छ जसको मतलब हुन्छ त्यो व्यक्ति जसले कहिलेकाहिँ माल एवं सेवाहरूको क्रम वा व्यापारलाई अगिबढाउन खोजेमा प्रमुख (प्रिन्सीपल) वा एजेन्ट वा कुनै अन्य क्षमतामाथि कुनै राज्य वा एक संघीय क्षेत्रमा उसको कुनै निश्चित स्थान हुँदैन, सौदा गर्दछ।

अप्रवासी/एन.आर.आई. कराधीन व्यक्ति को हो?

सी.जी.एस.टी./एस.जी.एस.टी अधिनियमको धारा 2(77) अनुसार अनिवासी कर योग्य व्यक्तिको मतलब कुनै पनि व्यक्तिद्वारा हुन्छ जुन कहिलेकाहिँ सामानहरू र/वा सेवाहरूको आपूर्ति चाहे प्रमुख वा एजेन्टका रूपमा वा कुनै अन्य क्षमतामा तर जसको भारतमा व्यवसाय वा निवासको निशचित स्थान छैन, लेन-देन गर्दछ।

एक आकस्मिक कराधीन व्यक्ति र अप्रवासी कराधीन व्यक्तिलाई जारी गरिएको पञ्जीकरण प्रमाण पत्रको वैधताको अवधि के हुन्छ?

धारा 27(1)का सन्दर्भमा जुन कि प्रावधानहरूका साथ पठनीय हुन्छ 'आकस्मिक कर योग्य व्यक्ति वा अनिवासी कर योग्य व्यक्ति' लाई जारी गरिएको पञ्जीकरण प्रमाण पत्र, पञ्जीकरण हेतु दिइएको आवेदनपत्रमा निर्दिष्ट अवधि वा पञ्जीकरणलाई प्रभावी तारिखदेखि 90 दिन, जुनचाहिँ पहिले हुन्छ, का लागि वैद्य हुन्छ। जबकि उचित अधिकारी उक्त कर योग्य व्यक्तिको अनुरोधमा अवधिलाई जुन 90 दिनको अवधिभन्दा धेर हुँदैन उपरोक्त 90 दिनको पूर्व अवधिको वैद्यताभन्दा अगि बढाउन सकिन्छ।

के यस विशेष श्रेणी अन्तर्गत पञ्जीकरण प्राप्त गर्ने बेलामा एक “आकस्मिक कराधीन व्यक्ति’ र "अप्रवासी कराधीन व्यक्ति' ले कुनै अग्रिम करको भुग्तान गर्नु आवश्यकता हुन्छ ?

हो । जबकि एक सामान्य कराधीन व्यक्तिले धारा 19 को उपधारा (1) अन्तर्गत पञ्जीकरणका आवेदन जमा गर्ने बेलामा पञ्जीकरण प्राप्त गर्नका लागि राशि जमा गर्नु आवश्यक हुँदैन, तर एकजना आकस्मिक कराधीन व्यक्ति वा एकजना अप्रवासी कराधीन व्यक्ति, धारा 19 को उप-धारा (1) का अन्तर्गत पञ्जीकरणका लागि आवेदन गर्ने बेलामा त्यस अवधिका लागि अनुमानित कर देयताको बराबरको राशिमा करको अग्रिम राशि जमा गर्नेछ जुन अवधिका लागि उक्त व्यक्तिले पञ्जीकरणको माँग गर्दछ । यदि पञ्जीकरणको अवधिको प्रारम्भिक नब्बे दिनको अवधिभन्दा अगिबढ़ाउन सकिन्छ, अनुमानित कर देयताका लागि अग्रिम करका अतिरिक्त राशिको बराबरको उत्तिनै रकम जमा गरिन्छ जति समयका लागि त्यस अवधिलाई नब्बे दिनभन्दा अगि लाने माँग गरेको हुन्छ।

के पञ्जीकरण प्रमाणपत्रमा संशोधन गर्ने अनुमति हुन्छ?

हो। धारा 20 अनुसार, सक्षम अधिकारी, यसखालका जानकारी जुन त्यसलाई पञ्जीकृत व्यक्तिद्वारा दिइएको हुन्छ वा यसले स्वयं उसको टुङ्गो लगाएको हुन्छ, पञ्जीकरण विवरणहरूमा यस ढङ्गले संशोधन स्वीकार वा अस्वीकार गर्न सक्छ र त्यस अवधि भित्र जस्तो निर्धारित गर्न सकिन्छ। यसमा ध्यान दिनु आवश्यक हुन्छ कि सक्षम अधिकारीद्वारा जानकारीलाई संशोधन गर्ने अनुमति केवल केही प्रमुख क्षेत्रहरूका लागि मात्रै आवश्यक हुन्छ, जबकि अन्य क्षेत्रहरूका लागि, पञ्जीकृत व्यक्ति स्वयंले पनि संशोधन गर्न सक्छ।

के पञ्जीकरण प्रमाणपत्रलाई रद्दीकरण गर्ने अनुमति हुन्छ?

हो । सी.जी.एस.टी./एस.जी.एस.टी. अधिनियमको धारा 29 मा व्यक्त स्थितिहरूमा यस अधिनियम अन्तर्गत प्रदान गरिएको पञ्जीकरणलाई सक्षम अधिकारीद्वारा रद्द गर्न सकिन्छ। सक्षम अधिकारी, कि त आफ्नो स्वयंको प्रस्तावमा वा आवेदन गर्दा, निर्धारित तरिकाले,पञ्जीकृत कराधीन व्यक्तिद्वारा वा यस्ता व्यक्तिको मृत्युका मामिलामा त्यसको कानूनी उत्तराधिकारीहरूद्वारा, पञ्जीकरणलाई यो तरिका र त्यस अवधि भित्र रद्द गर्न सक्छ, जुन रूपमा त्यो निर्धारित गर्न सकिन्छ। पञ्जीकरण नियमहरूका अनुसार रद्दीकरणका लागि आदेश एस.सी.एन.को जबाब प्राप्त भएको 30 दिन भित्र जारी गर्नु पर्ने हुन्छ (ती मामिलाहरूमा त्यस्ता रद्दीकरणलाई उचित अधिकारीद्वारा स्वयं बनाउने प्रस्ताव गरिएको छ) वा रद्दीकरणका लागि  आवेदन प्राप्त भएको तारिखबाट (ती मामिलाहरूमा जहाँ करयोग्य व्यक्ति/कानून उत्तराधिकारीले यस खालका रद्दीकरणका लागि आवेदन गर्दछ। तीस दिनभित्र जारी गर्नु पर्ने हुन्छ।)

के सी.जी.एस.टी.अधिनियम अन्तर्गत पञ्जीकरण रद्द गर्नुको अर्थ एस.जी.एस.टी.अधिनियम अन्तर्गत पनि रद्द गर्न सकिन्छ?

हो। एउटा अधिनियम अन्तर्गत पञ्जीकरण रद्द (जस्तै सी.जी. एस.टी. अधिनियम) गर्नु दोस्रो अधिनियम (अर्थात् एस.जी.एस.टी.अधिनियम) अन्तर्गत पनि रद्द मानिन्छ। (धारा 29(4))

के एकजना सक्षम अधिकारी स्वयंले पञ्जीकरण रद्द गर्न सक्छ?

हो, सी.जी.एस.टी./एस.जी.एस.टी. अधिनियमको धारा 29(2)मा उल्लिखित कतिपय निश्चित परिस्थितिहरूमा सक्षम अधिकारी आफू स्वयंको विवेकले पञ्जीकरण रद्द गर्न सक्तछ। यस्ता परिस्थितिहरूमा सी.जी.एस.टी.अधिनियमका कुनै पनि निर्धारित प्रावधान वा यसका सन्दर्भमा बनाइएका नियमहरूको उलङ्घन, एकजना रचना व्यापारी (कम्पोजीशन डीलर)द्वारा लगातार तीनवटा करहरूका लागि रिटर्न विवरणी दाखिल नगर्नु वा छ: महिनाको निरन्तर अवधिका लागि नियमित करदाताद्वारा रिटर्नको गैर प्रस्तुति र स्वैच्छिक पञ्जीकरणको तारिखबाट छः महिना भित्र व्यवसाय शुरू नगर्नु, शामिल हुन्छ। जबकि, पञ्जीकरण रद्द गर्नुभन्दा पहिले सक्षम अधिकारीले प्राकृतिक न्यायका सिद्धान्तहरू पालन गर्नु पर्दछ (धारा 29 (2)(इ) को प्रावधान)।

के हुन्छ जब पञ्जीकरण जानिबूझी गलत बयान, धोखाधडी वा तथ्यहरू दबाएर प्राप्त गर्दा?

यसखाले मामिलामा सक्षम अधिकारीद्वारा पूर्व प्रभावले पञ्जीकरण रद्द गर्न सकिन्छ। धारा 29(2)(e) ।

के जी.एस.टी. अधिनियम अन्तर्गत सेवाहरको पञ्जीकरणका लागि केन्द्रीकृत विकल्प उपलब्ध हुन्छ?

हुँदैन, हरेक राज्यमा कराधीन आपूर्तिका लागि करदाताले भिन्ना-भिन्नै पञ्जीकरण गर्नु पर्छ।

यदि करदाताको एउटा राज्यमा विभिन्न व्यावसायिक कार्यक्षेत्र छन् भने, के त्यस राज्यमा यस खालका प्रत्येक व्यावसायिक कार्यक्षेत्रका लागि भिन्ना-भिन्नै पञ्जीकरण प्राप्त गर्नु पर्छ?

होइन। जबकि सी.जी.एस.टी. अधिनियम 2017 को धारा 25(2) अनुसार करदातासँग यी व्यवसायहरूका लागि स्वतन्त्र रूपले यसखाले भिन्ना-भिन्नै पञ्जीकरण प्राप्त गर्ने विकल्प उपलब्ध हुन्छन् ।

एकजना आई.एस.डी. को हो?

आई.एस.डी.आगत (इनपुट) सेवा वितरक/डिस्ट्रीब्यूटरबाट जानिन्छ र सी.जी.एस.टी./एस.जी.एस.टी. अधिनियमको धारा 2(61) अनुसार यस रूपमा परिभाषित गरिएको छ। मूल रूपले यो एउटा कार्यालय हो जसको प्रमुख काम हुन्छ इनपुट सेवाहरूको प्राप्तिका दिशामा कर चालान/बिल प्राप्त गर्नु र अगाडि आपूर्तिकर्तालाई अनुपातमा क्रेडिट वितरित गर्नु पर्छ (पेन एक समान हुनु पर्छ)।

के आई.एस.डी.लाई मौजूदा करदाता पञ्जीकरणका अतिरिक्त पृथक पञ्जीकृत गर्नु आवश्यक हुन्छ?

हो।आई.एस.डी. पञ्जीकरण करदाताको एउटा कार्यालयका लागि हो जुन कि सामान्य पञ्जीकरणभन्दा भिन्ना-भिन्नै हुन्छ।

के एकजना करदाताका धेरै आई.एस.डी. हुन सक्छन्?

हो। एकजना करदाताका विभिन्न कार्यालय आई.एस.डी.का पञ्जीकरणका लागि आवेदन गर्न सक्तछ।

एउटा व्यवसायको हस्तान्तरणमा  के दायित्व (जहाँसम्म पञ्जीकरणको सम्बन्ध हुन्छ) हुन्छ?

हस्तान्तरणीय वा उत्तराधिकारीले यसखालको हस्तान्तरण वा उत्तराधिकारका प्रभावले पञ्जीकृत गर्नका लागि उत्तरदायी हुन्छ र त्यसलाई हस्तान्तरण वा उत्तराधिकारीले प्रभावी तारिखबाट नयाँ पञ्जीकरण प्राप्त गर्नु पर्छ। (धारा 22(3)।

के ती सबै निर्धारित/डीलरहरू जुन पहिलेदेखि नै मौजूदा केन्द्रीय उत्पाद/ सेवा कर/वेट कानून अन्तर्गत पञ्जीकृत भएका छन् तिनले नयाँ पञ्जीकरण प्राप्त गर्नु पर्छ?

होइन,जीएसटीएन यसखाले सबै निर्धारित/डिलरहरूलाई जी.एस.टी.एन नेटवर्कमा स्थानान्तरित गरिदिन्छ र उक्त दिन जी.एस.टी. आई.एन. नम्बरका साथ एउटा अस्थायी पञ्जीकरण प्रमाण पत्र जारी गर्दछ जुन विभागीय अधिकारीहरूद्वारा सत्यापन पछि छ: महिना भित्र अन्तिम पञ्जीकरण पत्रमा परिवर्तित कर दिइन्छ। अस्थायी पञ्जीकरणलाई अन्तिम रूपमा परिवर्तित गर्नका लागि पञ्जीकृत व्यक्तिले पञ्जीकरणसँग सम्बन्धित आवश्यक दस्तावेज एवं सूचनाहरू निर्धारित अवधिमा जमा गर्न भनिन्छ। यस्तो गर्नमा विफल भएको परिणाम त्यसको अस्थायी जी.एस.टी.आई.एन नम्बर रद्दिमा परिणत हुन्छ। सेवा करदाता जोसँग केन्द्रीकृत पञ्जीकरण हुन्छ तिनले आफ्नो सम्बन्धित राज्यहरूमा जहाँबाट उसले आफ्नो व्यापार संचालित गरिरहन्छ।  नयाँ तरिकाले पञ्जीकरणका लागि आवेदन गर्नु पर्छ।

के जब वर्कर/कार्यकर्ताहरूको पञ्जीकृत हुनु अनिवार्य हुन्छ?

होइन, एकजना जब वर्करले सेवाहरूको आपूर्ति गर्छ र पञ्जीकरणका लागि सबै बाध्य हुन्छन् जब उसको कारोबारले 20/10 लाखको निर्धारित सीमा पार गर्दछ।

के वस्तुहरूको आपूर्तिको अनुमति जब कार्यकर्ताको व्यवसाय स्थलबाट दिइन्छ?

हो। तर केवल ती मामिलाहरूमा जहाँ जब कार्यकर्ता पञ्जीकृत हुन्छ वा यदि होइन भने, व्यवसायका प्रमुखद्वारा यो घोषित गरिन्छ कि जब कार्यकर्ताहरूको कार्यस्थल उसको आफ्नो अतिरिक्त व्यापारिक स्थल हुन्छ ।

पञ्जीकरणका बेलामा निर्धारितीलाई आफ्ना सबै व्यवसायिक स्थल  घोषित गर्नु पर्छ?

हो। सी.जी.एस.टी./एस.जी.एस.टी. अधिनियमको धारा 2(89) र 2(85) मा प्रमुख व्यवसायिक स्थल र व्यावसायिक स्थललाई क्रमश: भिन्ना-भिन्नै परिभाषित गरिएको हुन्छ। करदाताले पञ्जीकरण प्रपत्रमा प्रमुख व्यवसायिक स्थलका साथ-साथै आफ्ना सबै अतिरिक्त व्यावसायिक स्थलहरूको ब्यौरा घोषित गर्नु पर्छ ।

के ती साना डीलरहरू वा जुन डीलरहरूसँग कुनै बुनियादी आई.टी. सुविधाहरू छैनन, तिनको सुविधाका लागि कुनै प्रणाली छ ?

यस्ता करदाता जो आई.टी.-कुशल छैनन्, उनीहरूको आवश्यकतालाई ध्यानमा राख्तै तिनलाई निम्नलिखित सुविधाहरू उपलब्ध गराइने छ—

्याक्स रिटर्न प्रिपेयरर (टी.आर.पी)

एकजना कराधीन व्यक्ति स्वयंले आफ्नो पञ्जीकरण आवेदन तयार गर्न सक्छ/ रिटर्न भर्न सक्छ वा टी.आर.पी.सँग सम्पर्क गर्न सक्छ। टी.आर.पी. कथित पञ्जीकरण दस्तावेज/निर्धारित प्रारूपमा रिटर्न कराधीन व्यक्तिद्वारा दिइएको सूचनाका आधारमा तयार गर्छ। टी.आर.पी. द्वारा तयार गरिएको प्रारूपमा सम्मिलित जानकारीहरूको शुद्धता र कानूनी जिम्मेदारी केवल कराधीन व्यक्तिमा रहन्छ र टी.आर.पी. कुनै त्रुटि वा गलत जानकारीका लागि उत्तरदायी हुने छैन।

सुविधा केन्द्र (एफ.सी.)

दस्तावेजहरूको विधिवत अधिकृत हस्ताक्षरकर्ताद्वारा हस्ताक्षरित कराधीन व्यक्तिद्वारा प्रस्तुत सारांश शीट सहित प्रारूपहरू र दस्तावेजहरूको डिजिटलीकरण र/वा अपलोडिङ्गका लागि जिम्मेदार हुनेछ। एफ.सी.आई.डी र पासवर्डको उपयोग गर्दै साधारण एफ.सी. पोर्टलमा डाटा अपलोड गरे पछि, स्वीकृति/फिर्ताको एउटा प्रिन्ट-आउट लिन्छ र एफ.सी.द्वारा हस्ताक्षर गरेपछि त्यो कराधीन व्यक्तिलाई त्यसको रेकर्डका लागि दिइने छ। अधिकृत हस्ताक्षरकर्ताद्वारा विधिवत हस्ताक्षर गरिएको सारांश शीटलाई एफ.सी. स्केन गरेपछि अपलोड गरिदिन्छ ।

के जी.एस.टी.आई.एन. पञ्जीकरणमा डिजिटल हस्ताक्षरका लागि कुनै सुविधा उपलब्ध हुन्छ?

करदाताहरूसँग मान्य डिजिटल हस्ताक्षरको उपयोग गर्दै प्रस्तुत गरिएको आवेदन पत्रमा हस्ताक्षर गर्ने विकल्प रहन्छ । आधार नम्बरका माध्यमले डिजिटल हस्ताक्षर प्रमाण पत्रलाई दर्जा गराएर वा डी.एस.सी.का माध्यमले इ-हस्ताक्षर गरी आवेदन पत्र एवं अन्य कागजातहरूमा हस्ताक्षर गरेपछि दुइटा विकल्प हुन्छन् । जबकि कम्पनीहरू वा सीमित देयता भागीदारी समस्याहरूलाई केवल डी.एस.सी.का माध्यमले अनिवार्य रूपमा हस्ताक्षर गर्नु पर्छ । हस्ताक्षर उद्देश्यका लागि केवल स्तर-2 र स्तर-3 डी.एस. सी. प्रमाण पत्र स्वीकार्य हुनेछ ।

अनलाइन आवेदनमा निर्णय गर्नका लागि समय सीमा के हुन्छ?

यदि सूचनाहरू तथा अपलोड गरिएका दस्तावेज़ सही क्रममा पाइयो भने, राज्य र केन्द्रीय प्राधिकारीले आवेदनलाई स्वीकृति दिन्छन् र त्यस स्वीकृतिलाई तीन सामान्य कामका दिनभित्रमा साधारण पोर्टलमा संचारित गरिदिँदा तिनले जवाब दिनु पर्छ।  यदि उसले यस अवधिमा आवेदन पत्रमा कुनै कमी वा विसङ्गति देखाउछ भने त आवेदकले यस्तो संचारको सात दिन भित्रमा कमी वा विसङ्गतिलाई हटाउनु पर्ने हुन्छ। यसका उपरान्त यसलाई संचारको सात दिन भित्रमा प्राधिकारीसँग आवेदनलाई  मन्जुरी दिन वा अस्वीकार गर्ने  समय रहन्छ। जब कर योग्य व्यक्तिले कमीहरू हटाउन संचार गर्दछन्। यदि विभागीय अधिकारीहरूद्वारा कथित समय रेखा भित्र कुनै जवाब दिइदैन भने। पोर्टलले स्वत: पञ्जीकरण उत्पन्न गर्दछ।

यदि अनलाइन आवेदनमा कुनै प्रश्न गरियो भने तब आवेदकद्वारा उत्तर दिनका लागि कति समय रहन्छ?

यदि सत्यापनको प्रक्रियाका समयमा, कुनै कर प्राधिकारीले कुनै प्रश्न गऱ्यो भने वा कुनै त्रुटि सूचित गऱ्यो भने, तब उसका बारेमा तीन सामान्य कार्य दिन भित्रमा जी.एस.टी. को साधारण पोर्टलको माध्यमले आवेदक र अन्य कर प्राधिकरहरूलाई सूचित गरिन्छ। आवेदकले कमीको विवरण प्राप्तिको तारिखदेखि सात दिनभित्रमा प्रश्नको उत्तर दिनु पर्छ/त्रुटिलाई सुधारिन्छ /प्रश्नको उत्तर दिइन्छ।

अतिरिक्त दस्तावेज वा स्पष्टीकरण प्राप्त गर्दा, प्रासङ्गिक कर प्राधिकरणले सातवटा सामान्य कार्य दिन भित्र आफ्नो उत्तर दिनेछ।

पञ्जीकरणलाई नकार्ने प्रक्रिया के हो?

यदि पञ्जीकरणलाई नकारिन्छ भने, आवेदकलाई बोल्ने आदेश (स्पीकिङ अर्डर्स) का माध्यमद्वारा यसखाले नकारात्मक कारणहरूका बारेमा सूचित गरिन्छ। आवेदकलाई प्राधिकारीको निर्णयका विरूद्ध अपील गर्ने अधिकार प्राप्त हुन्छ। सी.जी.एस.टी. अधिनियमको धारा 26 को उपधारा (2) अनुसार, एकजना प्राधिकारीद्वारा पञ्जीकरणका लागि गरिएको आवेदनलाई कुनै पनि अस्वीकृतिलाई अन्य कर प्राधिकरण (अर्थात् एस.जी.एस.टी. अधिनियम/सी.जी.एस.टी. अधिनियम अन्तर्गत)द्वारा पञ्जीकरणका लागि गरिएको आवेदनलाई अस्वीकृति मानिन्छ। (अर्थात् एस.जी.एस.टी अधिनियम/यूटीजी.एस.टी.अधिनियम/सी.जी.एस.टी अधिनियमका अन्तर्गत)।

के आवेदन निपटानसँग सम्बन्धी कुनै प्रकारको संचार हुन सक्छ?

आवेदकले जी.एस.टी. साधारण पोर्टलद्वारा इ-मेल र एस.एम.एस.का माध्यमले उसको पञ्जीकरण आवेदनलाई स्वीकृति दिन वा नकार्ने तथ्यका बारेमा सूचित गर्दछ यस चरणमा आवेदकलाई क्षेत्राधिकारीक विवरण सूचित गरिन्छ।

के जी.एस.टी.एन. पोर्टलद्वारा पञ्जीकरण प्रमाणपत्र डाउनलोड गर्न सकिन्छ?

यदि पञ्जीकरण प्रदान गरिएको छ भने त आवेदकले जी.एस.टी. साधारण पोर्टलद्वारा पञ्जीकरण प्रमाणपत्र डाउनलोड गर्न सक्छ।

के रजिस्ट्रेशन रद्दीकरणको आदेशलाई फिर्ता लिन सकिन्छ?

हो, तर केवल ती मामिलाहरूमा जुन प्रारम्भिक रद्दीकरणलाई उचित अधिकारीद्वारा स्वयं गरिएको हुन्छ र न त कर योग्य व्यक्ति वा त्यसको कानूनी उत्तराधिकारीहरूको अनुरोधमा एकजना व्यक्ति जसको अधिकारी लाई उक्त रद्दीकरणक आदेश संचारित गरेका तीस दिनभित्र पञ्जीकरणलाई रद्दीकरणको आदेश फिर्ता गर्नका लागि आवेदन गर्न सक्छ। उचित अधिकारीले पञ्जीकरणको रद्दीकरण आदेशलाई फिर्ता गर्न हेतु गरेको आवेदन प्राप्तिको वा सूचना/स्पष्टीकरणको प्राप्तिको तीस दिन भित्रमा पञ्जीकरण रद्द गर्ने आदेशलाई वा पञ्जीकृत व्यक्तिको आवेदनलाई निरस्त गर्न सक्छ।

के पञ्जीकरण रद्द गर्दा त्यस व्यक्तिमाथि कुनै कर दायित्व लागू हुन्छ जसको पञ्जीकरण रद्द भएको  हुन्छ?

हो, सी.जी.एस.टी./एस.जी.एस.टी. अधिनियमक धारा 29(5) अनुसार सबै पञ्जीकृत कर योग्य व्यक्ति वा जसको पञ्जीकरण रद्द गरिन्छ स्टकमा राखिएको इनपुट र अर्धनिर्मित मालमा निहित इनपुट वा स्टकमा राखिएको मालमा निहित इनपुट वा पुँजीगत माल वा प्लान्ट एण्ड मशीनरी मा निहित इनपुट ट्याक्स क्रेडिटको इलेक्ट्रोनिक नकद/ केश लेजरमा डेबिटद्वारा राशिको भुग्तान गर्नेछ वा मालहरूमा देय आउटपुट ट्याक्स, यिनमा जुनचाहिँ धेर हुन्छ, को भुग्तान गर्छ।

अस्थायी र अनिवासी कर योग्य व्यक्तिहरूका बीच के फरक हुन्छ?

अस्थायी र अनिवासी करयोग्य व्यक्तिहरूलाई सी.जी.एस. टी. एवं एस.जी.एस.टी. अधिनियममा भिन्ना-भिन्नै अनुभाग 2(20) एवं 2(77) मा क्रमश: परिभाषित गरिन्छ। केही फरक दिइएको छ।

अस्थायी कर योग्य व्यक्ति

निवासी कर योग्य व्यक्ति

कहिलेकाहिँ कुनै राज्य वा यूटी.मा सामानहरू वा सेवाहरूको आपूर्तिसँग जडित लेन-देनको कार्य गर्दछ जुनचाहिँ उनको व्यवसायको कुनै निश्चित स्थान छैन।

कहिलेकाहिँ समसामयिक मालको आपूर्ति वा सेवाहरूसँग सम्बधित लेन-देन गर्दछ। तर भारतमा व्यापारको कुनै निश्चित स्थान र निवास हुँदैन।

एउटै पेन नम्बर राख्ता हुन्छ ।

पेन नम्बर नराख्ता हुन्छ एकजना अनिवासी व्यक्ति यदि पेन नम्बर वाला हुन्छ तब आकस्मिक कर योग्य व्यक्तिका रूपमा पञ्जीकरण लिन सक्छ।

सामान्य कर दाता व्यक्ति जस्तो भए पनि आवेदन पत्र जस्तै जी.एस.टी. रजिस्ट्रेशन -01

अनिवासी कर योग्य व्यक्तिका लागी भिनै आवेदन पञ्जीकरण फर्म जस्तै जी.एस.टी. रजिस्ट्रेशन – 10

व्यापारको अनुक्रम वा बढोत्तरीमा लेन-देन गर्दा हुन्छ ।

परिभाषामा व्यापार परिक्षण उपलब्ध हुँदैन।

साधारण जी.एस.टी. आर -1, जी.एस.टी. आर-आर -2, जी.एस.टी. आर - 3 दाखिल गर्नु पर्छ ।

प्रारूप आर- 5 मा भिन्न सरलीकृत रिटर्न दाखिल गर्नु पर्छ।

सबै आवश्यक आपूर्तिहरूले आई.टी.सी.को दावा गर्न सक्छ।

आई. टी. सी. केवल माल र वा सेवाहरूका आयातमा मात्र पाइन्छ।

स्रोत: भारत सरकारको केन्द्रीय उत्पाद वा सीमा शुल्क बोर्ड, राजस्व विभाग, वित्त मंत्रालय

Last Modified : 10/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate