অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

प्रधानमन्त्री मुद्रा ब्याङ्क योजना

मुद्रा ब्याङ्कको परिकल्पना

वित्त वर्ष २०१५-१६ को आफ्नो बजट भाषणमा केन्द्रीय मन्त्री श्री अरूण जेटलीले २०,००० करोड रुपियाको राशि तथा ३,००० करोड रुपियाको ऋण ग्यारेन्टी राशिको साथ एक सुक्ष्म इकाई विकास पुनर्वित्ति एजेन्सी (मुद्रा) ब्याङ्कको सृजनको प्रस्ताव राखेका थिए। मुद्राको गठन एक कानून बनाएर गरिनु पर्ने हुन्छ। यो एक प्रधानमन्त्री मुद्रा योजना, सबै सुक्ष्म वित्त संस्थानहरू (एमएफआई)-जो विनिर्माण, व्यापार एवं सेवा गतिविधिहरूसित जोडिएका सुक्ष्म/लघु व्यवसाय इकाइहरूलाई ऋण दिने व्यवसायमा छन्- तिनीहरूकै माध्यमबाट विकास एवं पुनर्वित्तिको निम्ति जवाबदेही हुनेछ।

‘मुद्रा’को उद्गम

एनसीएसबीएसमा उद्यमिता-विकासको सबैभन्दा ठुलो बाधा हो यस क्षेत्रको निम्ति वित्तीय सहायताको अनुपलब्धता। यस क्षेत्रको निम्ति ब्याङ्कहरूद्वारा उपलब्ध सहायता धेरै कम छ, जसमा १५% भन्दा कम ब्याङ्क सुक्ष्म, लघु एवं मध्यम उद्यमहरूलाई मिल्दछ।

मुद्राको उद्देश्य

प्रधानमन्त्री मुद्रा ब्याङ्कको प्रमुख उद्देश्य यस प्रकारको छ-

 

  1. सुक्ष्म वित्तको ऋणदाता अनि कर्जागृहिताको नियमन अनि सुक्ष्म वित्त प्रणालीमा नियमन अनि समावेशी भागीदारीलाई सुनिश्चित गर्दै त्यसलाई स्थायित्व प्रदान गर्नु।
  2. सुक्ष्म वित्त संस्थाहरू (एमएफआई) अनि सानो व्यापारीहरू, रिटेलर्स, स्वसहायता समूहहरू अनि व्यक्तिहरूलाई उधारो दिने एजेन्सीहरूको वित्त अनि उधारो गतिविधिहरूमा सहयोग दिनु।
  3. सबै एमएफआईलाई रेजिस्टर गर्नु अनि पहिलो चोटी प्रदर्शनको स्तर (पर्फर्मिङ रेटिङ) अनि अधिमान्यताको प्रणाली शुरू गर्नु। यसले ऋण लिनुभन्दा पहिले आँकलन अनि त्यस एमएफआईसम्म पुग्नमा सद्द मिल्दछ, जसले उनीहरूको जरुरतहरूलाई पुरा गर्दछ अनि जसको पुरानो रेकर्ड सबैभन्दा धेर सन्तोषजनक छ। यसले एमएफआईमा प्रतिस्पर्धात्मकता बढ्नेछ। यसको फाइदा ऋण लिनेहरूलाई मिल्दछ।
  4. ऋण लिनेहरूलाई ढाँचागत दिशानिर्देश उपलब्ध गराउनु, जसलाई लागु गर्दा-गर्दै व्यापारको असफलताबाट बाँच्न सकियोस् या समयमा उचित कदम उठाउन सकियोस्। डिफल्टको मुद्दामा तिर्नपर्ने पैसाको असुल्नको निम्ति कुन स्वीकार्य प्रक्रिया या दिशानिर्देशहरूलाई पालन गर्नु पर्छ, त्यसलाई बनाउनमा मुद्राले मदद गर्छ।
  5. मानकीकृत नियम-पत्र तैयार गर्नु, जो भविष्यमा सुक्ष्म व्यवसायको मेरुदण्ड बन्नेछ।
  6. सुक्ष्म व्यवसायहरूलाई दिईने ऋणको निम्ति ग्यारेन्टी दिनको लागि क्रेडिट ग्यारेन्टी स्किम बनाउनेछ।
  7. वितरित गरिएको पुँजीको निगरानी, ऋण लिने अनि दिने प्रक्रियामा मददको निम्ति उचित तक्निक उपलब्ध गराउनेछ।
  8. सानो अनि सुक्ष्म व्यवसायहरूलाई प्रभावी ढंगले सानो ऋण उपलब्ध गराउने प्रभावी प्रणाली विकसित गर्नुको निम्ति प्रधानमन्त्री मुद्रा योजनाको मातहत उपयुक्त ढाँचा तैयार गर्नु।

 

मुद्राको प्रमुख उत्पाद

मुद्रा ब्याङ्कले ऋण लिनेहरूलाई तिन हिस्सामा बाँडेको छ: व्यवसाय शुरू गर्नेहरू, मध्यम स्थितिमा ऋण खोज्नेहरू अनि विकासको अघिल्लो स्तरमा जाने चाहना राख्नेहरू।

यी तिन हिस्साहरूको जरुरतलाई पुरा गर्नको निम्ति मुद्रा ब्याङ्कले तीन ऋण उपकरणहरूको शुरुवात गरेको छ:

 

  1. शिशु: यसको सिमाभित्र ५० हजार रुपियासम्मको ऋण आउँदछ।
  2. किशोर: यसको सिमामा ५० हजारदेखि ५ लाख रुपियासम्मको ऋण आउँदछ।
  3. तरुण: यसको सिमाभित्र ५ देखि १० लाख रुपियासम्मको ऋण आउँदछ।

 

शुरूवातमा केही मात्र क्षेत्रहरूमा योजनाहरू सिमित छन्, जस्तै-“जमीन, परिवहन, सामुदायिक, सामाजिक एवं वयक्तिक सेवाहरू, खाद्य उत्पाद अनि टेक्सटाईल प्रोडाक्ट सेक्टर”। समयसित नै नया योजनाहरू शुरु गरिनेछ, जसमा अझ धेरै क्षेत्रहरूलाई शामिल गरिनेछ।

शुरूमा पेश गरिएका उत्पाद निम्नलिखित हुन्-

भूमि परिवहन, समुदाय,सामाजिक अनि व्यक्तिगत सेवाहरू, खाद्य उत्पाद तथा वस्त्र उत्पाद क्षेत्रमा व्यवसाय गतिविधिहरू जस्तो/ गतिविधि विशिष्ट योजनाहरू। अन्य क्षेत्रहरू/गतिविधिहरूमा यसै प्रकारको योजनाहरू शामिल गरिनेछन्।

मुद्राबाट लाभ

शीर्षस्थ पुनर्वित्ति-प्रदाता

  • मुद्राको संरचना- भारतको परिप्रेक्ष्यलाई ध्यानमा राख्दै स्वदेशी संकल्पना
  • अन्तिम बिन्दुको वित्तदाताहरूको समवेशन- दाव बद्लिने प्रकारको विचार
  • सुक्ष्म उद्यमहरूको निम्ति वित्तसम्म पहुँचलाई विस्तार गर्नमा मददगार
  • कम लागत भएको वित्त
  • ऋण भन्दा धेर प्रदायगीको दृष्टिकोण
  • जन-जनव्यापी उद्यमिता विकास एवं सम्वृद्धि
  • रोजगार सृजन, सकल घरेलु उत्पादमा उच्चतर वृद्धि

‘मुद्रा’ ब्याङ्कको भूमिका अनि दायित्व

माइक्रो युनिट्स डेभलोप्मेन्ट एण्ड रिफाइनेन्स एजेन्सी लिमिटेड (मुद्रा) ब्याङ्क प्रमुख हिसाबले निम्न कुराहरूको निम्ति उत्तरदायी रहनेछ:

  • सुक्ष्म उद्यम वित्तपोषण व्यवसायको निम्ति नीतिगत दिशा-निर्देशहरूको निर्धारण
  • अल्प वित्त संस्था निकायहरूको पञ्जीकरण
  • अल्प वित्त संस्था निकायहरूको पर्यपेक्षण
  • अल्प वित्त संस्था निकायहरूलाई मान्यता/रेटिङ प्रदान गर्नु
  • वित्तियनको उत्तरदायित्वपूर्ण कार्य-पद्धतिहरूको निर्धारण, ताकि अति ऋणग्रस्तताबाट बाँच्न सकियोस् अनि ग्राहक संरक्षणको उचित सिद्धान्त वा असुली-पद्धतिहरू सुनिश्चित गर्न सकियोस्।
  • अल्प उद्यमहरूलाई अन्तिम बिन्दुमा ऋण प्रदायगीको अभिशासनको निम्ति मानक सिद्धान्तहरूको विकास।
  • अन्तिम बिन्दुको निम्ति सठीक प्रौद्योगिकी समाधानहरूलाई बढावा दिनु
  • सुक्ष्म उद्यमहरूलाई उपलब्ध गराइँदै आएको ऋण/सम्विभागहरूलाई ग्यारेन्टी प्रदान गर्नको निम्ति ऋण ग्यारेन्टी योजना बनाउनु अनि चलाउनु
  • क्षेत्रमा विकास एवं सम्वर्धनपरक गतिविधिहरूलाई सहायता प्रदान गर्नु
  • प्रधानमन्त्री मुद्रा योजनाको अन्तर्गत सुक्ष्म व्यवसायहरूलाई अन्तिम बिन्दुमा ऋण प्रदायगीको अद्देश्यभन्दा राम्रो व्यवस्था निर्मित गर्नु।

प्रधानमन्त्री मुद्रा ब्याङ्क योजनाको विशेषताहरू

  1. यस योजना मातहत साना उद्यमीहरूलाई कम ब्याज दरमा ५० हजारदेखि १० लाख रुपियासम्म ऋण दिईनेछ।
  2. केन्द्र सरकारले यस योजनामा २० हजार करोड रुपिया लगाउनेछ। साथै यसको निम्ति ३००० करोड रुपियाको क्रेडिट ग्यारेन्टी राखिएको छ।
  3. मुद्रा ब्याङ्क सानो फाईनेन्स संस्थानहरू (माइक्रो फाइनेन्स इन्स्टिट्युसन) लाई री-फाइनेन्स गर्नेछ ताकि उसले प्रधानमन्त्री मुद्रा योजना अन्तर्गत साना उद्यमीहरूलाई ऋण दिन सकोस्।
  4. मुद्रा ब्याङ्कको तहत अनुसूचित जाति/जनजातिका उद्यमिहरूलाई प्राथमिकतामा ऋण दिईनेछ।
  5. यसको पहुँच धेर भन्दा धेरमा पुराउनको निम्ति डाक विभागको विशाल नेटवर्कलाई प्रयोग गरिनेछ।
  6. मुद्रा ब्याङ्क देशभरिका ५.७७ करोड सानो व्यापारिक इकाईहरूको मदद गर्नेछ। जसलाई अहिले ब्याङ्कबाट ऋण लिनुमा धेरै मुश्किल पर्दछ।
  7. यस व्यवस्थाको तहत तिन प्रकारको ऋण दिईनेछ: शिशु, किशोर अनि तरुण
  8. व्यापार शुरू गर्नेहरूलाई ‘शिशु’ श्रेणीको ऋण दिईनेछ। ‘किशोर’ श्रेणीको तहत ५० हजारदेखि ५ लाख रुपियासम्मको ऋण दिईनेछ। त्यहीँ  ‘तरुण’ श्रेणीको तहत ५ लाखदेखि १० लाख रुपियाको ऋण दिईनेछ।

भविष्यमा युवा या रोजगार सृजनमा मुद्राको भूमिका

भारत संसारकै त्यो सबैभन्दा युवा देशहरूमा हो जहाँ २५ वर्षभन्दा कम उमेरकाहरूको जनसंख्या ५४ प्रतिशत भन्दा धेरै छ। हाम्रो युवाहरूलाई एक्काइसौँ शताब्दीको नौकरीहरूको निम्ति शिक्षित अनि नौकरीहरूको लायक बनाउनु पर्नेछ। हाम्रो यहाँ काम गर्ने लायक ५ प्रतिशतभन्दा पनि थोरै मानिसलाई औपचारिक कौशल प्रशिक्षण मिल्दछ जसबाट उनीहरू नौकरीको लायक बन्न सकुन् अनि नौकरीहरू गर्न सकुन्।

कमजोर वर्गहरूलाई प्रोत्साहन

मुद्रा ब्याङ्कको भूमिकाले न केवल ति मानिसहरूलाई ऋण प्राप्त हुन्छ जसको पहुँच ब्याङ्कसित छैन साथ-साथै अनौपचारिक क्षेत्रसित जोडिएका अधिकतर सुक्ष्म/लघु उद्यमहरूको तल्लो स्तर सम्म ऋण वितरित गर्न सकिन्छ। यस ब्याङ्कको माध्यमले दलितहरू अनि आदिवासी उद्यमीहरूलाई प्राथमिकता दिईनेछ जसबाट सामाजिक न्यायलाई मजबुती प्रदान गरोस्।

योजनाको अधिक जानकारीको निम्ति कृपया क्लिक गर्नुहोस्।

श्रोत: भारत सरकारको मुद्रा ब्याङ्क, पत्र सूचना कार्यालय, उद्योग जगत समाचार या भारत सरकारको वित्त मन्त्रालय।

Last Modified : 6/25/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate