অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

तेलले गम्भीर स्वास्थ्य समस्या

अरु विषालु रसायनको तुलनामा तेलले हुने स्वास्थ्य समस्या प्रमाणित गर्न गाह्रो हुन्छ । किनभने यसले मानिसलाई असर गर्न धेरै समय लिन्छ । तर धेरै जस्तो मानिसहरू जो तेल निकाल्ने र शुद्धीकरण गर्ने ठाउँ नजिक बस्छन् उनीहरूलाई तेलबाट हुने हावा र पानी प्रदूषणको बारेमा थाहा हुन्छ । तेल निकाल्न खन्ने प्रक्रिया, शुद्धीकरण प्रक्रिया र तेल बाल्दा गम्भीर स्वास्थ्य समस्या आउँछ । ती मध्ये कुनै तल दिइएको छ र कुनै आउने पृष्ठहरूमा चर्चा गरिएको छः

  • धमिलो दृष्टि र अरु आँखासम्बन्धी समस्या
  • टाउको दुख्ने, दृष्टि भ्रम (अचानक खुसीको अनुभव हुनु), थकान, अस्पष्ट बोली, दिमागमा हानी, बेहोसी ।
  • मांसपेशी अचानक कडा हुने र अचानक मृत्यु ।
  • कानमा संक्रमण
  • नाक दुख्ने र नाकबाट रगत आउने ।
  • दम, ब्रोन्काइटिस निमोनिया र अरु श्वासप्रश्वाससम्बन्धी रोग ।
  • घाँटी र फोक्सोको संक्रमण र क्यान्सर
  • टी.बी. को बढ्दो खतरा ।
  • हृदयघात
  • पाचनसम्बन्धी समस्या जस्तै उल्टी हुने, अल्सर र पेटको क्यान्सर ।
  • कलेजो , मृर्गौला र द्ययलभ ःबचचयध नष्ट हुने ।
  • महिनावारीसम्बन्धी समस्या, बच्चा खेर
  • जाने , मरेको शिशु जन्मने , र जन्मसम्बन्धी दोष
  • छालामा दाग देखिने, ढुसी लाग्ने र क्यान्सर ।

केही ठाउँमा मानिसहरू नशाको लागि पेट्रोलको गन्ध सुँघ्ने गर्छन् जुन अत्यन्त खतरनाक हुन्छ । कसैको लागि पहिलो चोटी पेट्रोलको गहिरो श्वास लिनु पनि मृत्युको कारण हुनसक्छ ।

दीर्घकालीन स्वास्थ्य असरहरू

तेलले प्रजनन स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउ“छ

तेलबाट प्रदूषित धुवाँमा श्वास फेर्नाले अथवा खाना वा पानी निल्नाले प्रजनन् समस्या हुने गर्छ । जस्तै अनियमित महिनावारी चक्र, बच्चा खेर जाने, मरेको शिशु जन्मने र जन्मसम्बन्धी दोष । यस्ता समस्याको पूर्व संकेतहरू हुन्छन् । जस्तै पेट दुख्ने वा अनियमित रक्तश्राव (अधिक जानकारीको लागि अध्याय १६ हेर्नुहोस्) ।

तेलले क्यान्सर हुन्छ

तेल र ग्याँसको नियमित सम्पर्कमा आउनाले क्यान्सर हुन सक्छ । तेल शुद्धीकरण गर्ने ठाउँको नजिक बस्ने बच्चाहरूमा रगतको क्यान्सर हुने सम्भावना त्यस्तो ठाउँबाट टाढा बस्ने बच्चाहरूको तुलनामा धेरै हुन्छ । अरु ठाउँमा भन्दा तेल खन्ने ठाउँमा बस्ने मानिसहरूमा पेट, मूत्राशय र फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । तेल शुद्धीकरण गर्ने ठाउँमा काम गर्ने मानिसहरूमा ओठ, पेट, कलेजो, आँखा, दिमाग, रगत, संयोजक तन्तु, ग्रन्थीहरू र ठूलो आन्द्राको क्यान्सर हुन सक्छ । (क्यान्सरसम्बन्धी जानकारीको लागि अध्याय १६ हेर्नुहोस्

जब टाक्सोको ले इक्वाडोर मा तेल खन्न थाल्यो, तब क्यान्सरको बारेमा थाहा थिएन । चालिस वर्षप्छि अमेजोनको २ वटा सबैभन्दा धेरै तेल प्रयोग हुने ठाउँको ८० वटा समुदायमा स्वास्थ्यकर्मीहरूले सर्वेक्षण गरे । त्यहाँ उनीहरूले हरेक ३ जना मध्ये एकजनालाई क्यान्सर भएको थाहा पाए ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 12/26/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate