অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

मृगौलाले अचानक काम नगर्ने अवस्था

मृगौलाले अचानक काम नगर्ने अवस्था

मृगौलाले अचानक काम गर्न छोड्नु भनेको के हो ?

मृगौलाले अचानक काम गर्न छोड्ने समस्यामा छोटो अवधि अर्थात् केही घण्टा, दिन वा हप्तामा मृगौलाको कार्यक्षमता कम वा नास हुन्छ । या अस्थायी हुन्छ र प्रायः मृगौला पुरानो अवस्थामा फर्कन्छ ।

केले गर्दा मृगौलाले अचानक काम गर्न छोड्छ ?

मृगौलाले अचानक काम गर्न छोडनका पछाडि धेरै कारणहरू हुन्छन् । ती मध्ये केही कारणहरू निम्न प्रकारका छन् ः

  • मृगौलामा रक्तप्रवाह कम हुनुः झाडापखालाका कारण शरीरमा कम पानी हुनु, रगत कम हुनु, रक्तचाप घट्नु ।
  • गम्भीर संक्रमण, गम्भीर बिरामी वा कुनै ठूलो शल्यक्रियाको पछाडि ।
  • पिसाबको प्रवाहमा अकस्मात अवरोध आउनुः मुत्रनलीमा हुन अवरोधको आम कारण भनेको मुत्रनलीको पत्थरी हो ।
  • अन्य कारणहरूः औलो, सर्पदश, केही खास मृगौला रोगहरू, गर्भावस्था, केही औषधीले निम्त्याउने जटिलता वा साइड इफेक्ट ।

मृगौलाले अचानक काम गर्न छोड्ने रोगका लक्षण हरू

मृगौलाले अचानक काम गर्न छोड्ने रोगमा, मृगौलाको कार्यक्षमतामा अकस्मात अवरोध हुन्छ र शरीरमा विषालु पदार्थ जम्मा हुन्छ । त्यसैगरी तरल पदार्थ र इलेक्ट्रोलाइटको सन्तुलन बिग्रन्छ । त्यसैले गदा विरामीहरूमा निम्न लक्षणहरू देखिन्छन् ।

  • मृगौला विफल गराउने (जस्तै, झाडापखाला, रगत बग्नु, ज्वरो, आदि) रोगका लक्षणहरू,
  • पिसाबको मात्रा कम हुनु (केही बिरामीमा पिसाब कम नहुन सक्छ) ।
  • गोलीगाँठो वा खुट्टा सुन्निनु र शरीरको तौल बढ्नु ।
  • भोक कम लाग्नु, वाकवाकी हुनु, बान्ता लाग्नु, बाडुली लाग्नु, थकाइ लाग्नु ।
  • श्वास रोकिने, छाती दुख्ने, मस्तिष्कले काम गर्न छोड्ने, रगत बान्ता गर्ने र मुटुको धड्कन असामान्य हुने जस्ता गम्भीर र ज्यान लिन लक्षणहरू ।
  • मृगौलाले अचानक काम गर्न छोड्ने रोगको प्रारम्भिक चरणमा केही बिरामीहरूमा लक्षण देखिँदन र कुनै अर्कै कारणले रगत जाँच गराउँदा यो रोग थाहा हुन्छ ।

मृगौलाले अचानक काम गर्न छोड्ने रोगको निदान

मृगौलाले अचानक काम गर्न छोडने समस्याका धेरै बिरामीहरूको विशिष्ट लक्षण हुँदन वा कुनै लक्षणै नहुन सक्छ । त्यसैले मृगौलाले अचानक काम गर्न छोडने सम्भावना भएको कुनै पनि अवस्थामा वा लक्षण सम्बन्धी कुनै पनि शंका भएमा तुरुन्त त्यसको निदानका लागि परीक्षण गराइहाल्न पर्छ ।

रक्त परीक्षण (क्रिएटिनिन र युरियाको मात्रा बढ्न), पिसाबको मात्रा नाप, पिसाबको विश्लेषण र अल्ट्रासाउन्डबाट निदानको पुष्टि हुन्छ । मृगौलाल अचानक काम गर्न छोड्ने समस्यामा बिरामीहरूको विस्तृत इतिहास, जाँच र विभिन्न अनुसन्धानहरू गरी कारण, जटिलता र रोगका प्रभावबारे थाहा पाउने कोसिस गरिन्छ ।

मृगौलाले अचानक काम गर्न छोड्ने बिरामीको उपचार

अधिकांश बिरामीहरूको सही व्यवस्थापनबाट मृगौलाले अचानक काम गर्न छोडेको समस्यालाई निको पार्न सकिन्छ । तर मृगौलाले अचानक काम गर्न छोड्ने रोगको उपचारमा ढिलाइ भए ज्यानै जान सक्छ । मृगौलाले अचानक काम गर्न छोड्ने समस्याको व्यवस्थापनका लागि चाल्नुपर्ने प्रमुख कदमहरू

  • रोगको कारणको उपचार ।
  • इलेक्ट्रोलाइट तथा तरल पदार्थमा सन्तुलन ।
  • आहार सम्बन्धी सल्लाह ।
  • डायलाइसिस

रोगको कारणको उपचार गने

  • मृगौलाले अचानक काम गर्न छोड्ने समस्याको व्यवस्थापनका लागि समस्याको जड कारणको पहिचान र उपचार सबैभन्दा महत्वपूण
  • न्यून रक्तचाप, संक्रमण, मुत्रनलीमा अवरोध जस्ता जड कारणका विशिष्ट उपचार ।
  • त्यस्ता उपचारले मृगौलालाई थप क्षति हुनबाट जोगाउँछ र अन्ततोगत्वा मृगौलालाई ठीक पार्छ ।

थप उपायहरूः

संक्रमणको उपचार र मृगौलालाई हानिकारक तथा विषालु औषधीहरूबाट बच्ने । थप उपचारः उच्च वा न्यून रक्तचापलाई सुधार गर्ने, वाकवाकी लाग्न र बान्ता हुने समस्यालाई नियन्त्रण गर्ने, रगतको पोटासियम नियन्त्रण गर्ने आदि ।

आहार सम्बन्धी सल्लाह

  • सही रूपमा मुख बा¥यो भने अचानक मृगौलाले काम गर्न छोड्ने रोगको लक्षण वा जटिलतालाई रोक्न वा कम गर्न सकिन्छ ।
  • तरल पदार्थ नापेर पिउने ः पिसाबको मात्रा र शरीरमा रहेको तरल पदार्थको अवस्थालाई ध्यानमा राखेर तरल प्रदार्थ कति लिने भन्न कुराको योजना बनाउनुपर्छ । गोडा सुन्निने र श्वास फेर्न गाह्रो हुने जस्ता जटिलतालाई रोक्न तरल पदार्थ बार्नु आवश्यक हुन्छ ।
  • पोटासियम कम गर्ने ः रगतमा पोटासियमको मात्रा कम गर्न फलफूल, फलफूलको रस, खाने मसला जस्ता पोटासियम युक्त खानेकुरा नखाने । यस्ता खानेकुराले गम्भीर र ज्यानै लिने जटिलता उत्पन्न गराउँछ ।
  • नुन कम खाने ः नुन कम खानाले तिर्खा, गोडा सुन्निने र उच्च रक्तचाप तथा श्वास फेर्न गाह्रो हुने जस्ता जटिलता कम गर्न मद्दत गर्छ ।
  • पर्याप्त पोषण र क्यालोरीयुक्त खानेकुरा लिने ।

डायलाइसिस

मृगौलाले आफ्नो कार्यक्षमता अनुसार काम नगरेसम्म मृगौलाले अचानक काम गर्न छोड्ने समस्या भएका केही बिरामीहरूलाई छोटो अवधिका लागि डायलाइसिस गर्न आवश्यक हुन सक्छ ।

डायलाइसिस भनेको के हो ?

डायलाइसिस भनेको क्षति पुगेको मृगौलाको कार्यपुर्ति गर्ने एउटा कृत्रिम प्रक्रिया हो । यसले गम्भीररूपमा मृगौलाले काम गर्न छोड्ने समस्या भएका मानिसहरूको जीवन रक्षाको काम गर्छ । डायलाइसिसको सबैभन्दा महत्वपूर्ण कार्य भनेको विषालु पदार्थ र बढी भएको तरल पदार्थ फाली अम्ल र क्षारको गडबडीलाई सुधार गर्ने हो । डायलाइसिसका दुइवटा मुख्य प्रकार छन् ः हेमोडायलाइसिस र पेरिटोनियल डायलाइसिस । मृगौलाल अचानक काम गर्न छोड्ने समस्या भएका बिरामीलाई उचित उपचार भयो भने मृगौलाले फेरि पूर्णतया काम गर्न थाल्छ । डायलाइसिसको आवश्यकता केही दिनको लागि मात्र हुन्छ, तर डायलाइसिस गर्न ढिलाई भयो भने ज्यानै जान सक्छ ।

मृगौलाले अचानक काम गर्न छोड्ने बिरामीलाई कहिल डायलाइसिस गर्नु पर्छ ?

  • औषधी उपचार गर्दा पनि बारम्बार बान्ता भएमा
  • श्वास फेर्न गाह्रो भएमा
  • अत्यधिक शरीर सुन्निएमा
  • पिसाब पुरै बन्द भई राखेमा
  • शरीरमा पोटासियमको मात्रा वृद्घि भई मुटुलाई असर गरेमा
  • शरीरमा अम्लपन अत्यधिक भएमा

मृगौलाले अचानक काम गर्न छोड्दा कति समयसम्म डायलाइसिस गरी रहनु पर्दछ ?

  • मृगौलाले अचानक काम गर्न छोड्ने समस्या भएका बिरामीहरूलाइ मृगौलाको कार्यक्षमता पहिलेकै अवस्थामा नआएसम्म डायलाइसिस गर्नुपर्छ ।
  • मृगौलाले अचानक काम गर्न छोड्ने समस्या भएका बिरामीहरू १ देखि ४ सातामा ठीक हुन्छन्, त्यति समय सम्म डायलाइसिस गनुपन पनि हुन सक्छ ।
  • मृगौलाले अचानक काम गर्न छोड्ने समस्या हुँदा डायलाइसिसका उपचार प्राय अस्थायी रूपमा गरिन्छ किनभने अधिकांश बिरामीका मृगौला उपचार पछि ठीक हुन्छन् ।

मृगौलाले अचानक काम गर्न छोड्ने समस्याको रोकथाम

  • यस्ता बिरामीहरूको मृगौलाको कार्यक्षमतामा समस्या आउन सक्न सम्भावित कारणको समयमै उपचार गर्ने र बारम्बार मृगौलाका परीक्षण गर्ने ।
  • रक्तचाप धेरै कम भएमा त्यसको तुरुन्त उपचार गर्ने ।
  • संक्रमण र पिसाबको मात्रा कम भएको समस्यालाई तत्काल उपचार गर्ने ।

स्रोत : Kidney Education Foundation

Last Modified : 1/28/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate