सेयर
Views
  • State: Open for Edit

स्‍तनपान

यस आलेखमा स्तनपानलाई सूचना प्रसारित गर्ने र त्यसमा कार्रवाई गर्न महत्वपूर्ण किन छ ? यस विषयमा विस्तारमा जानकारी दिइएको छ।

स्‍तनपानको सूचना प्रसारित गर्न र यसमा कार्रवाई गर्न महत्त्वपूर्ण किन छ ?

जुन शिशुहरूलाई स्‍तनपान गराइएको छ, उनीहरू अरू शिशुहरूको तुलनामा कम बिरामी हुन्छन् र कुपोषित पनि जसलाई अन्‍य पेय र खाद्य पदार्थ दिइएको हुन्छ। यदि सबै शिशुहरूलाई उनीहरूको शुरुवाती छ महिनाहरूमा मात्र आमाको दुध दिइन्थ्यो भने, अनुमानित प्रत्‍येक वर्ष 15 लाख नानीहरूको जिन्दगी बचाउन सकिन्थ्यो र लाखौ अन्यको स्‍वास्थ्‍य र विकास पनि धेरै राम्रो रहन्थ्यो। स्‍तनपानको विकल्‍पको प्रयोग गर्ने जस्तो नवजात फर्मुला या पशुहरूको दुध नानीहरूको स्‍वास्‍थ्‍यलाई प्रभावित गर्न सक्छ। यो खासगरी ती मामलाहरूमा हुन्छ जब आमा-पिता पर्याप्‍त वैकल्पिक व्‍यवस्‍था गर्न सक्दैनन् जुन महङ्गो हुन्छ या फेरि त्यसमा मिसाउनको लागि सधैं सफा पानीको प्रयोग गर्दैनन्।

लगभग हरेक आमा सफलतापूर्वक स्‍तनपान गराउन सक्छिन्। जुन आमाहरूलाई स्‍तनपान गराउनमा आत्‍मविश्‍वासको कमी छ, उनीहरूलाई नानीको पिताको व्यवहारिक सहयोग र परिवारको अन्य सदस्‍यहरू, साथीहरू र नातेदारहरूको प्रोत्‍साहनको जरूरी हुन्छ। स्‍वास्‍थ्‍य कार्यकर्ता, महिला संस्‍थाहरू, जन संचार माध्‍यम र कर्मचारीले पनि सहयोग उपलब्‍ध गराउन सक्छन्। स्‍तनपानको फायदाहरूको सूचना पाउनु प्रत्‍येकको पहुँच हुनु पर्छ र यो सूचनालाई उपलब्‍ध गराउनु प्रत्‍येक सरकारको कर्त्‍तव्‍य हो।

स्‍तनपान मुख्‍य सन्देश-१

मात्र आमाको दुध नै यस्तो खाद्य र पेय हो जुन शिशुका लागि सुरुवाती छ महिनाहरूमा आवश्‍यक हुन्छ। सामान्यत: यस बेला धेरै अन्‍य खाद्य या पेय पदार्थ कहाँ सम्म भने पानीको पनि आवश्‍यकता हुँदैन।आमाको दुध सानो शिशुका लागि सर्वोत्‍तम भोजन हुन्छ जसलाई ऊ सजिलै खान सक्छ। पशुको दुध, नवजात फर्मुला, पाउडरको दुध, चिया, मिठो पेय, पानी र ब्रेकफास्‍टमा लिनेवाला खाद्य आमाको दुधको अपेक्षा कम पौष्टिक हुन्छ। आमाको दुध शिशुलाई सजिलै पच्छ। यसले सर्वोत्तम बृद्धि वा विकास र बिरामीहरूको विरुद्ध प्रतिरक्षा प्रदान गर्छ। गर्मी र सुख्खा मौसममा पनि आमाको दुधबाट नवजात शिशुका लागि द्रव्‍यको आवश्यकता पुरा हुन्छ। पानी र अन्‍य पेय पदार्थ शुरुवाती छ महिनाभित्र आवश्‍यक हुँदैन। शिशुलाई आमाको दुधको अपेक्षा कुनै पनि अन्‍य खाद्य या पेय पदार्थ दिँदा झाला-पखाला र अन्‍य बिमारीहरूको खतरालाई बढाउछ। आमाको दुधको साटोमा जुन चिजहरू दिइन्छ र जसमा पर्याप्‍त पोषक पनि हुन्छ, त्यो अत्‍यन्‍त महङ्गो हुन्छ। उदाहरणका लागि, एक वर्षमा एउटा शिशुलाई खानका लागि 40 किलो (लगभग 80 टिन) नवजात फर्मुलको आवश्‍यकता हुन्छ। स्‍वास्‍थ्‍य कार्यकर्ताहरूले ती सबै आमालाई जो आमाको दुधको साटो अन्‍य चिजहरूको प्रयोगका बारेमामा सोची रहेका छन्, ती चिजहरूको दामका बारेमा सूचना दिनु पर्छ।

यदि नियमित वजन मापनले छ महिनाहरूका लागि आमाको दुध खाने शिशु ठिक तरिकाले बृद्धि भइरहेको छैन भने-

शिशुलाई सानो-सानो अन्तरालमा धेरैपल्ट स्‍तनपानको आवश्यकता हुन सक्छ। 24 घण्टाको समयमा कमसे कम 12 पल्ट स्‍तनपान गराउन आवश्यक हुन सक्छ । शिशुलाई कमसे कम 15 मिनटसम्म स्‍तनपान गराउनु पर्छ।  शिशुलाई मुखको भित्र दुध खान आमाको सहायताको आवश्यकता हुन सक्छ।

  • शिशु बिरामी छ भने उसलाई प्रशिक्षित स्‍वास्‍थ्‍य कार्यकर्ताकहाँ लैजानु पर्छ।
  • पानी र अन्‍य द्रव्‍यले आमाको दुध खाने मात्रालाई कम गर्न सक्छ।
  • आमाले पनि अन्‍य द्रव्य दिन हुँदैन र मात्र स्‍तनपान नै गराउनु पर्छ।

छ महिनाभन्दा अधिकको कुनै पनि नवजात शिशुलाई अन्‍य खाद्य र पेयहरूको पनि जरूरी हुन्छ। जबसम्म शिशु 2 वर्ष या त्योभन्दा अधिकको नभएसम्म स्‍तनपान निरन्तर गराई राख्नु पर्छ।

स्‍तनपान मुख्‍य सन्देश-२

एउटा खतरा के रहन्छ भने एच.आई.भी संक्रमित महिलाले स्‍तनपानको माध्यमले आफ्नो नानीलाई पनि संक्रमित गर्न सक्छ। जो महिला एच.आई.भीबाट संक्रमित छिन् या यसबाट संक्रमित हुने आशंका छ, उनीहरूलाई प्रशिक्षित स्‍वास्‍थ्‍य कर्मचारीबाट शिशुलाई संक्रमित हुने खतरालाई कम गर्नका लागि जाँच, काउन्सिलिङ र परामर्श लिनुपर्छ । एच.आई.भी संक्रमणलाई कम गर्ने बारेमा जान्नु प्रत्‍येकका लागि महत्त्वपूर्ण छ। गर्भवती महिलाहरू र नयाँ आमाहरूलाई यस बारेमा कस्तो जागरूक रहनु पर्छ भने यदि ऊ एच.आई.भीबाट संक्रमित छ भने उनीहरू गर्भावस्‍थाको समयमा आफ्नो नवजात शिशुको जन्‍मको समयमा या स्‍तनपानको माध्यमले उसलाई संक्रमित हुन सक्छ। संक्रमणलाई फैलिने खतराबाट बचाउने सबैभन्दा राम्रो तरिका उसलाई संक्रमित हुनबाट बचाउनु नै हो। अनजान मानिसहरूसित यौन सम्‍बन्‍ध नबनाएर एच.आई.भी-को प्रसारक खतरालाई कम गर्न सकिन्छ, यदि संक्रमित साथी एक-अर्कासित असुरक्षित सम्‍बन्‍ध बनाउन छाहेमा सावधानीको साथ वा गर्भनिरोधकको प्रयोग गरी सम्‍बन्‍ध बनाए भने यस बिरामी तथा संक्रमणबाट बच्न सकिन्छ। गर्भवती महिला र नयाँ आमाहरू जो यसबाट संक्रमित छन् वा जसलाई यसबाट संक्रमित हुने आशंका छ, उनीहरूलाई प्रशिक्षित स्‍वास्‍थ्‍य कार्यकर्तासित जाँच, काउन्सिलिङका लागि सर-सल्लाह गर्नुपर्छ।

स्‍तनपान मुख्‍य सन्देश-३

नवजात शिशुहरूलाई उसको आमाको नजिक राख्नु पर्छ र जन्‍मको एक घण्टाको भित्र स्‍तनपान सुरु गराउनु पर्छ। एक नवजात शिशुलाई जति सम्भव हुन सक्छ त्यति आमाको शरीरको सम्‍पर्कमा राख्नु पर्छ। एउटा कोठामा या ओछ्यानमा आमा र शिशुका लागि एक साथ रहनु सबैभन्दा राम्रो हुन्छ। शिशु जतिपल्ट चाहन्छ, त्यतिपल्ट उसलाई स्‍तनपान गराउनु पर्छ। जन्‍मको पछि नानीलाई छिटोभन्दा छिटो स्‍तनपान सुरु गराउँदा दुधको मात्रा बढ्दछ। यसले आमाको गर्भाशयलाई संकुचित हुनमा मदत गर्छ, जसले अधिक रक्‍तस्राव या संक्रमणको खतरालाई कम गर्दछ। कोलोस्‍ट्रोम, गाढा-पहेलो दुध, जुन शिशुको जन्‍मको सुरुवाती केही दिनहरूमा आमाको स्‍तनबाट निस्कन्छ, नवजात शिशुका लागि त्यो सर्वोत्‍तम हुन्छ। यो अत्‍यधिक पौष्टिक हुन्छ र शिशुलाई संक्रमणहरूबाट रक्षा गर्छ। कहिले-काहीँ आमाहरूलाई आफ्नो शिशुहरूलाई कोलेस्‍ट्रोम नदिने सल्लाह दिइन्छ। यो सल्लाह गलत हो।

आमाको दुधको सप्‍लाईलाई बढाउने प्रतीक्षा गर्ने समय शिशुलाई कुनै अन्‍य खाद्य या पेय पदार्थको आवश्यकता हुँदैन। यदि महिलाले अस्‍पताल या क्‍लिनिकमा नानीलाई जन्‍म दिन्छिन् भने उनलाई एक दिन चौबीसै घण्टा एउटै कोठामा शिशुलाई आफ्नो साथ राक्ने अपेक्षा गर्ने अधिकार हुन्छ र यदि उनी स्‍तनपान गराई रहेकी छिन् भने शिशुलाई कुनै फर्मुला या पानी दिने आवश्‍यकता हुँदैन।

स्‍तनपान मुख्‍य सन्देश-४

छोटो-छोटो समयमा स्‍तनपान गराउँदा अधिक दुध बन्न सक्छ। लगभग प्रत्‍येक आमा सफलतापूर्वक स्‍तनपान गराउन सक्छिन्। अधिकतर नयाँ आमाहरूलाई स्‍तनपान सुरु गराउनमा मदत या प्रोत्‍साहनको आवश्यकता हुन्छ। अन्य महिलाहरू जसले सफलतापूर्वक स्‍तनपान गराई सकेकी छिन् वा परिवारको सदस्य, साथी या महिलाहरूको स्‍तनपान सहयोग समूहको सदस्‍य आमाको अनिश्चितता र कठिनाइहरूलाई रोक्नमा मदद गर्न सक्छ। आमाले आफ्नो शिशुलाई कसरी पकड्ने र शिशुको मुखमा स्‍तनको टुप्पो कसरी पसाइदिने धेरै महत्वपूर्ण छ। सही अवस्‍थामा शिशुलाई पकड्नाले शिशुले स्‍तनलाई आफ्नो मुखमा लिन र चुस्न आरामदायक हुन्छ।

स्‍तनपानका लागि शिशुको सही अवस्‍थामा हुने केही सङ्केत:

  • शिशुको पूरा शरीर आमाको तर्फ मोडिएको होस्।
  • शिशु आमाको नजिक होस्।
  • शिशु आरामदायक अवस्‍थामा र खुस होस्।

गलत तरिकाबाट शिशुलाई पकड्नु केही समस्याहरूको कारण बन्न सक्छ जस्तै

  • निप्‍पल दुख्नु र फुट्नु।
  • पर्याप्‍त दुध नहुनु।
  • चुस्न नमान्नु।

शिशुले राम्रो तरिकासित दुध खाने सङ्केत

  • शिशको मुख चौडाइमा खुलेको होस्।
  • शिशुको चिउडो आमाको स्‍तनको सम्‍पर्कमा होस्।
  • आमाको निप्‍पलको चारैतर्फ अधिकतर कालो ठाउँ शिशुको मुखसित तलको तुलनामा माथि धेरै देखियोस्।
  • शिशुद्वारा गरी रहेको चुस्ने क्रिया लामो र गहिरो होस्।
  • आमाको आफ्नो निप्‍पल दुखेको नहोस्

लगभग प्रत्‍येक आमा पर्याप्‍त दुध खुवाउन सक्छिन् जब

  • उनी स्‍तनपान पूरा गराउँछिन्।
  • शिशु सही अवस्‍थामा होस् र निप्‍पल उसको मुखमा सही तरिकाले पसोस्।
  • शिशु जतिपल्ट चाहन्छ र जति बेरसम्म चाहन्छराति पनि त्यति नै समयसम्म स्‍तनपान गराउँछिन्।

जन्‍मबाट नै शिशु जब चाहन्छ उसलाई स्‍तनपान गराउनु पर्छ। यदि नवजात शिशुलाई स्‍तनपान गराएपछि तिन घण्टाभन्दा अधिक सुत्छ भने उसलाई उठाएर दुध खुवाउन सकिन्छ।

  • शिशुको रूवाइले के सङ्केत गर्दैन भने उसलाई अन्‍य खाद्य या पेय पदार्थको जरूरी छ। यसको सामान्‍य अर्थ के हो भने शिशुले अझ धेरै तपाईलाई समातोस् र तपाईसित रहन चाहोस्।

  • केही शिशुलाई आरामका लागि स्‍तन चुस्ने आवश्यकता हुन्छ। धेरै चुस्दा अधिक दुध पैदा हुन्छ।
  • जुन आमालाई के डर हुन्छ भने उनी पर्याप्‍त दुध दिन सक्दिनन्प्रा यस जीवनको शुरुवाती केही महिनाहरूमा आफ्नो शिशुहरूलाई अन्‍य खाद्य या पेय पदार्थ दिन्छिन्। तर यसको कारण शिशु द्वारा कम चुसाइ हुन्छ जसले कम दुध बन्दछ। आमाको दुध अधिक बन्छ यदि उनी शिशुलाई अन्‍य खाद्य या पेय दिन्नन् र स्‍तनपान नै गराउँछिन्।
  • पेसिफियर्स विकल्‍प या बोतल स्‍तनपान गरी सकेका शिशुलाई दिन हुँदैन किनकि उनको चुस्ने तरिका स्‍तनबाट दुध खानेभन्दा धेरै अलग हुन्छ। पेसिफियर्स र बोतलको प्रयोग आमाको दुधलाई कम बनाउने कारण हुन सक्छ र शिशुले स्‍तनपान कम गर्न सक्छ या छोड्न सक्छ।
  • आमाहरूलाई निश्चिन्त हुने के आवश्‍यकता छ भने उनी आफ्नो सानो शिशुलाई आफ्नो दुध पूरै खुवाउन सकून्। उनीहरूलाई शिशुको पिताउनको परिवार छिमेकी साथी र स्‍वास्‍थ्‍य कार्यकर्ता कर्मचारी र महिला संस्‍थाहरूको सहयोग र प्रोत्‍साहनको आवश्यकता हुन्छ।
  • स्‍तनपानले एउटा महिलालाई आराम गर्ने अवसर उपलब्‍ध गराउन सक्छ। पिता र परिवारको अन्य सदस्‍य महिलाद्वारा स्‍तनपान गराउने समय उसलाई आराम गर्नका लागि प्रोत्‍साहित गरी मदत गर्न सक्छन्। उनीहरूले के पनि सुनिश्चित गर्न सक्छन् भने आमालाई पर्याप्‍त भोजन र घरको कामहरूमा सहायता हुन सकोस्।

स्‍तनपान मुख्‍य सन्देश-५

स्‍तनपानले शिशुहरू र सानो शिशुहरूलाई गम्भीर बिरामीसित भिड्नमा मदत गर्छ। यसले आमा र शिशुको बिच एक विशिष्‍ट सम्‍बन्‍ध पनि बनाउछ। आमाको दुध शिशुको 'पहिलो टीकाकरण' हो। यसले झाला-पखाला, कान र छातीको संक्रमण तथा अन्‍य स्‍वास्‍थ्‍य समस्‍याहरूको विरुद्ध प्रतिरोधक क्षमता प्रदान गर्छ। जब शिशुलाई शुरुवाती महिनाहरूमा मात्र आमाको दुध दिइन्छ र अर्को वर्ष या त्यो भन्दा अधिक समय सम्म स्‍तनपान जारी रहन्छ भने उसको प्रतिरोधक क्षमता गजबको हुन्छ। अन्‍य कुनै पेय र खाद्य पदार्थले यस्तो प्रतिरोधक क्षमता उपलब्‍ध गराउन सक्दैन। सामान्यत: स्‍तनपान गरिरहेका शिशु, ती शिशुहरूको अपेक्षा जो बोतलको भरमा छोडिएको छ अधिक ध्‍यान प्राप्‍त गर्छन्। हेरचाहले नवजातको बृद्धि र विकास तथा उसलाई अधिक सुरक्षित महसुस गराउनमा मदत गर्छ।

स्‍तनपान मुख्‍य सन्देश-६

नानीलाई बोतलबाट दुध खुवाउँदा बिरामी र मृत्‍युको सम्भावना बढ्न सक्छ। यदि एउटा महिला आफ्नो नवजात शिशुलाई स्‍तनपान गराउन सक्दिनन् भने शिशुलाई आमाको दुधको विकल्‍पलाई सामान्‍य सफा कपले खुवाउनुपर्छ । फोहर बोतलहरू र स्‍तनाग्र झाला-पखाला र कानको संक्रमण जस्तो बिरामीको कारण बन्न सक्छ। झाला-पखाला शिशुहरूका लागि घातक हुन सक्छ। यदि बोतललाई हरेकपल्ट शिशुलाई दुध खुवाउनुभन्दा पहिले उम्लेको पानीले सफा गरिन्छ र स्‍तनाग्र पनि सफा हुन्छ अनि बिरामीको खतरा कम हुन सक्छ, तर बोतलबाट खाने शिशु स्‍तनपान गरिरहेको शिशुहरूको अपेक्षा झाला-पखाला र अन्‍य सामान्‍य संक्रमणहरूको खतराप्रति ज्यादा अरक्षित हुन्छन्। जुन शिशुले स्‍तनपान गर्न सक्दैन उसका लागि सर्वोत्‍तम भोजन आमाको स्‍तनबाट निकालेको दुध या कुनै अन्‍य स्‍वस्‍थ आमाको दुध हो। आमाको दुध सफा र खुल्ला कपमा दिनु पर्छ। कहाँ सम्म भने नवजात शिशुलाई पनि खुल्ला कपबाट खुवाउन सकिन्छ जुन सजिलैसित सफा पनि हुन सक्छ। कुनै पनि शिशुका लागि जसलाई आफ्नो आमाको दुध उपलब्‍ध छैन, उसका लागि कुनै अन्‍य आमाको दुध सर्वोत्‍तम भोजन हो। आमाको दुध उपलब्‍ध छैन भने, आमाको दुधलाई एक पौष्टिक र पर्याप्‍त विकल्‍प कपद्वारा दिनु पर्छ। नवजात जसलाई आमाको दुधको विकल्‍प दिइएको छ, उनीहरू स्‍तनपान गरेका नवजातको अपेक्षा बिरामी र मृत्‍युको गम्भीर खतरा हुन्छ। शिशुलाई आमाको दुधको विकल्‍प दिनु कम पिलाउनु बृद्धि र बिरामीको कारण हुन सक्छ, यदि अधिक पानी या धेरै कम पानी त्यसमा मिलाइन्छ या पानी सफा छैन। पानीलाई उमाल्ने र फेरि पानीलाई ठण्डा गर्ने तथा आमाको दुधको विकल्‍पमा सावधानीपर्वूक मिश्रित गर्नका लागि निर्देशहरूको पालन गर्न महत्त्वपूर्ण छ। पशुको दुध र नवजात फर्मुला खराब हुन सक्छ यदि त्यसलाई केही घण्टाका लागि कोठाको तापमानमा छोडिन्छ। आमाको दुध कोठाको तापमानमा आठ घण्टासम्म राक्न सकिन्छ। त्यसलाई सफा र ढाकेको भाँडामा राख्नुपर्छ।

स्‍तनपान मुख्‍य सन्देश-७

छ महिना पछि शिशुलाई विभिन्‍न पूरक भोजनको आवश्‍यकता हुन्छ, तर जबसम्म शिशु 2 वर्ष या त्योभन्दा अधिकको हुँदैन तबसम्म स्‍तनपान निरन्तर गराइरहनु पर्छ। शिशुहरू छ महिनाको भएपछि जबकि उनीहरूलाई पूरक भोजनको आवश्‍यकता हुन्छ, तर पनि आमाको दुध उर्जा, प्रोटिन र भिटामिन ए र लौह पदार्थ जस्तो अन्‍य महत्त्वपूर्ण पोषक तत्‍वहरूको एक महत्त्वपूर्ण स्रोत हुन्छ। शिशु जबसम्म स्‍तनपान गर्छ, तबसम्म आमाको दुध बिरामीसित भिड्नमा उसलाई सहायता गर्छ। छ महिना देखि 1 वर्षसम्म अन्‍य भोजन दिनुभन्दा पहिले स्‍तनपान गराउनु पर्छ ताकि शिशुले प्रत्‍येक दिन पहिले आमाको दुधको पर्याप्‍त मात्रा प्राप्‍त गरोस्। शिशुको भोजनमा छिलका समेत छिलेको र थिचेको सब्जी, गेडागुडी, दाल र फल, थोरै तेलमा तारेको माछा, अण्‍डा, कुखुराको मासु, खसीको मासु या भिटामिन र खनिज पदार्थ उपलब्ध गराउने डेयरीको उत्‍पादन सामेल हुनु पर्छ। दोस्रो वर्षमा स्‍तनपान, भोजनको पछि र अलग समयमा पनि गराउनु पर्छ। आमा जबसम्म शिशु र ऊ चाहन्छ, तबसम्म स्‍तनपान गराउन जारी राख्न सक्छिन्।

पूरक भोजनका लागि सामान्‍य निर्देश:

6 महिना देखि 12 महिना सम्म:

  • स्‍तनपान छोटो-छोटो अन्तरालमा र एक दिनमा अन्‍य भोजन तीन देखि पाँचपल्ट सम्म दिने।

12 देखि 24 महिना सम्म :

  • स्‍तनपान छोटो छोटो अन्तरालमा र परिवारका लागि बन्ने भोजनलाई दिनमा पाँचपल्ट दिने।

24 महिना पछिको लागि :

  • यदि आमा र शिशु दुवै चाहन्छन् भने स्‍तनपान गराउन जारी राख्ने र नानीको परिवारका लागि बन्ने भोजनलाई दिनम पाँचपल्ट दिने।
  • जब शिशु घुडाको बलले हिड्ने खुट्टाले हिड्नेखेल्ने र आमाको दुधभण्दा अन्‍य खाद्य पदार्थ खान सुरु गर्छ भने ऊ छिटोछिटो बिमारि हुन्छ। एउटा बिरामी शिशुलाई पर्याप्‍त मात्रामा आमाको दुध चाहिन्छ। जब शिशुलाई अन्‍य भोजन लिने इच्‍छा हुँदैन आमाको दुध पौष्टिकसजिलैसित पच्ने भोजन हुन्छ। जुन शिशु दुखमा हुन्छ स्‍तनपानले ती शिशुलाई आराम दिन सक्छ।

स्‍तनपान मुख्‍य सन्देश-८

घरभन्दा टाढा एउटा कामकाजी महिलाले आफ्नो शिशुलाई स्‍तनपान गराउन जारी राख्न सक्छिन् उनी जब सम्भव हुन्छ र जब उनी शिशुको साथ रहेकी हुन्छिन्, तब स्‍तनपान गराउन सक्छिन्। आमा कामका बेला घण्टौ आफ्नो शिशुको साथ रहन सक्दिन्न् भने, उनले जब ऊ साथ हुन्छ तब बिच-बिचमा स्‍तनपान गराउनु पर्छ। छोटो-छोटो अन्तरालमा स्‍तनपान गराउनाले दुध राम्ररी बन्दछ। कुनै महिला कार्यस्‍थलमा स्‍तनपान गराउन सक्दिनन् भने, उनले दिनमा दुई-तीनपल्ट आफ्नो दुधलाई कुनै सफा भाडोमा निकाल्नु पर्छ। आमाको दुधलाई कोठाको तापमानमा नबिग्रिने गरी आठ घण्टासम्म राख्न सकिन्छ। निकालिएको दुध शिशुलाई सफा कपद्वारा खुवाउन सकिन्छ। परिवार र समुदायले महिलालाई बिना तलब काटेर मातृ अवकाश दिन वा क्रेस र समय तथा जहाँ महिलाहरू स्‍तनपान गराउन सक्छन् या आफ्नो दुधलाई निकालेर सुरक्षित राख्न सकुन्, यस्तो स्‍थान उपलब्‍ध गराउनका लागि प्रोत्‍साहित गर्न सक्छ।

स्‍तनपान मुख्‍य सन्देश-९

स्‍तनपानले एउटा महिलालाई कमसे कम छ महिनाहरूका लागि गर्भव‍ती नहुन 98 <प्रतिशत सुरक्षा प्रदान गर्छतर यो तब मात्र हुन्छजब उनको मासिकधर्म फेरि सुरु भएको हुँदैनयदि शिशु बिहानबेलुका स्‍तनपान गरी रहेको छ र शिशुलाई अन्‍य कुनै खाद्य र पेय पदार्थ या वैकल्पिक पेय दिइएको छैन भने।

जबसम्म शिशु स्‍तनपान गर्छ आमाको मासिक धर्म पुन सुरु हुनमा त्यतिकै समय लाग्छ। आमा 24 घण्टामा आठपल्टभन्दा कम स्‍तनपान गराउछिन् या अन्‍य खाद्य या पेय दिन्छिन्,या पेसिफियर या वैकल्पिक पेय दिन्छिन् भने,नानीले कम मात्रामा दुध प्राप्‍त गर्छ जुन आमाको मासिक धर्मलाई छिटो शुरुवातको कारण हुन सक्छ। के सम्भव हुन सक्छ भने उनको मासिक-चक्र फिर्ता आउनुभन्दा पहिले नै उनी फेरि गर्भवती हुन सक्छिन्। यसको खतरा जन्‍मको छ महिनापछि बढ्दछ।/p>

एक महिला जो अर्को शिशु ढिलो जन्माउने इच्‍छा राख्छिन् उनलेपरिवार नियोजनको कुनै अन्‍य तरिका छान्नु पर्छ यदि निम्‍न मध्ये केही पनि भएको छ

  • उनको मासिक धर्म पुन शुरुवात भएको छ।

  • उनको शिशु अन्‍य खाद्य या पेय लिई रहेको छ या पेसिफियर या वैकल्पिक पेयको प्रयोग गरी रहेको छ।
  • उनको शिशु छ महिनाको भएको छ।

जब सम्म शिशु दुई वर्षको हुँदैन या त्यो भन्दा ठुलो हुँदैनमहिलालाई दोबारा गर्भवती हुनबाट बचाउनु पर्छ यसो गर्नु आमा र बच्‍चे दुवैको स्‍वास्‍थ्‍यका लागि राम्रो हुन्छ। सबै नयाँ आमापितालाई स्‍वास्‍थ्‍य कार्यकर्ता या प्रशिक्षित सुसारेद्वारा परिवार नियोजनको सल्लाह लिनु पर्छ।

गर्भावस्‍थालाई रोकने कुनै पनि उपायहरूले आमाको दुधको गुणस्तरमा कुनै प्रभाव पार्छ कि भन्ने डर मान्नु पर्दैन। बरू केही ओस्‍ट्रेजनसहित केही गर्भनिरोधक गोलीहरूले आमाको दुधको मात्रालाई घटाउन सक्छ। प्रशिक्षित स्‍वास्‍थ्‍य कार्यकर्ताले स्‍तनपान गराई रहेको महिलाका लागि सबैभन्दा राम्रो गर्भ निरोधकको तरिकाहरूको सल्लाह उपलब्‍ध गराउन सक्छ।

स्त्रोत : यूनीसेफ

3.22222222222
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top