होम / ऊर्जा / पर्यावरण / विषाक्त रसायनबाट असर र व्यवस्थापन / कसरी हामीलाई विषाक्त रसायनले असर गर्छ ?
सेयर
Views
  • State: Open for Edit

कसरी हामीलाई विषाक्त रसायनले असर गर्छ ?

यस भागमा कसरी हामीलाई विषाक्त रसायनले असर गर्छ ? जानकारी दिइएको छ ।

कुनै व्यक्तिलाई विषालु रसायनले असर गर्छ वा गर्दैन र कुन प्रकारको स्वास्थ्य समस्या हुन्छ भन्ने कुरा अरु धेरै कुराहरूमा भरपर्छ ।

  • कुन प्रकार र मात्राको रसायनहरूको सम्पर्कमा आएको छ ।
  • सम्पर्क कति समयसम्म भयो ।
  • उनको वर्ष, शरीरको तौल, उचाईं र लिङ्ग
  • उनको सम्पर्क हुँदा स्वास्थ्यको अवस्था जब हाम्रो शरीरमा छिटोछिटो परिवर्तन र बढिरहेको हुन्छ, विषालु रसायनको असर अझ बढी हुने गर्दछ ।
  • जब गर्भमा बच्चा बन्दछ ।
  • जब बच्चा कलिलो र छिटो बढ्दछ ।
  • जब बयस्को शरीर चाँडो परिवर्तन हुन्छ ।
  • जब बुढो मानिसको शरीर कमजोर हुँदै जान्छ र शरीरको विष छान्ने शक्ति कमजोर हुन्छ ।

विषाक्त रसायनको मानव शरीरमा गम्भीर असर हुन सक्छद । जस्तैः जन्मदोष वा क्यान्सर । अरु असरहरू महसुस गर्न गाह्रो हुन्छ जस्तैः पढ्न गाह्रो हुने, विस्तारै बढ्ने, एलर्जी, बच्चा जन्माउनमा कठिनाई र बारम्बर विरामी पर्ने आदि । कुनै पनि स्वास्थ्य समस्या विषाक्त रसायनले गर्दा भएको हो वा त्यसले गर्दा झन् बढी असर भएको हो भनेर थाहा पाउन कठिन हुन्छ । विषाक्त रसायनले विरामी हुने कुरा प्रमाणीत भए तापनि हामी धेरै रसायनको सम्पर्कमा आउने भएकोले, कुनै एक रसायनको कारणले विरामी भएको हो भन्न गाह्रो हुन्छ । मानिसहरू विषाक्त रसायनको सम्पर्कमा आउने ठाउँमा धेरै विरामीहरू दोहोरिएको पाइन्छ ।

सानो मात्राले पनि असर पु¥याउ“छ

परम्परागत रूपमा डाक्टर र वैज्ञानिकहरूले एउटा नियम पालना गर्छन्, “मात्राले पनि विष गराउँछ” । यसको मतलब धेरै मात्राले कडा असर गर्छ र थोरैले कम असर गर्छ । उदाहरणको लागि मानिसहरूले आर्सेनिक वा साइनाइड अधिक मात्रामा खाएमा विषाक्त हुने गर्छ । धेरैजसो औषधिहरू जस्तैः एस्प्रीन थोरै खाए लाभदायक हुन्छ र धेरै खाए खतरानाक हुन्छ ।

तर कुनै रसायनको थोरै मात्राले पनि धेरै हानी गर्न सक्छ । केही रसायन जस्तैः चिर स्थायी प्रदूषक र पी.सी.बी. कुनै पनि मात्रामा सुरक्षित हुँदैन (पृष्ठ ३४० देखि ३४२ हेर्नुहोस्) ।

रसायनले बालबालिकालाई कसरी असर गर्छ ?

बयस्कलाई भन्दा रसायनले बालबालिकामा विशेष गरेर स–साना बच्चाहरूलाई सजिलै र गम्भीर रूपमा असर गर्छ ।

  • स–साना बालबालिकाहरू बढीजसो जमीनको सम्पर्कमा रहेर खाने, श्वासप्रश्वास गर्ने र जमीनमा भएको रसायहरूको सम्पर्कमा आएर समाउने पनि गर्छन् ।
  • बालबालिकाहरूले बयस्कको तुलनामा छिटो श्वास फेर्छन् जसले गर्दा सजिलै वायु प्रदूषणबाट बिरामी हुन्छन् ।
  • बालबालिकाहरूले धेरैजसो हात, खेलौना र अरु चिजहरू मुखमा राख्छन् र खान्छन् पनि जसले तिनीहरूलाई असर गर्छ ।
  • हानीकारक रसायनको असरबाट बचावट गर्ने शरीरका केही अङ्गहरू बयस्कमा जस्तैः बालबालिकामा राम्रोसँग विकास भएको हुँदैन ।
  • जब स–साना बच्चाहरूको अङ्गहरूको विकास अथवा वृद्धि भैराखेकको बेला रसायनबाट बढी असर हुनसक्छ ।

बालबालिकाहरूको वृद्धिको विभिन्न अवस्थामा विषाक्त रसायन

बालबालिकाहरूको शरीर वृद्धि भैराख्दा थोरै रसायनले पनि बालबालिकाहरूको शरीरमा धेरै लामो समयसम्मको असर गर्छ ।

गर्भधारणभन्दा अगाडि

बालबालिका जन्मनुभन्दा अगाडि यदि प्रजनन प्रणाली, आमा बुबाको जीन (वंशाणु) रसायनको सम्पर्कमा आएमा स–साना बच्चाहरूलाई असर गर्छ ।

गर्भभित्र

आमाको शरीरभित्र रहेको रसायनहरू गर्भावस्थामा बच्चामा आमाबाट सर्छ । उदाहरणको लागि यदि कुनै महिला सिसा ९ीभबम० को सम्पर्कमा आएकी थिइन् भने बच्चाको हड्डीमा लिड हुन्छ । उनी गर्भवती अवस्थामा बच्चामा लिड सर्दछ । धेरैजसो विषाक्त रसायनहरू जब गर्भवती अवस्थामा सम्पर्कमा आउँछन् जस्तोः पी.सी.बी., सिसा, पारो, सालनालबाट छिरेर बढ्दो बच्चामा पुत्री असर गर्छ । चुरोट, खैनी, रक्सीले पनि गर्भमा रहेको बच्चालाई असर गर्छ यसकारण गर्भवती अवस्थामा यस्ता कुलतहरूमा लाग्न हुँदैन ।

जन्मदेखि २ वर्षसम्म

स–साना बालबालिकाहरूको छाला र पाचन प्रणालीबाट बढी मात्रामा रसायन बच्चाहरूको शरीरमा जान्छ । केही रसायन जसको सम्पर्कमा आमा आएको हुन्छ, त्यो आमाको दुधमा जम्मा भएर बस्छ र स्तनपान गराउँदा बच्चामा सर्दछ । कृत्रिम दुध बनाउन प्रयोग गरेको विषाक्तयुक्त पानीबाट पनि बच्चाहरूमा रसायन सर्दछ । आमाको दुध बच्चाहरूको लागि सबैभन्दा राम्रो खाना हो । बच्चाहरूमा स्तनपान गराउँदा नराम्रो रसायन सर्ने हुँदा अहिले महिलाहरूले उक्त रसायनलाई नै आमाके दुधबाट हटाउन खोजिरहेका छन् । स–साना बालबालिकाहरूले कुनैपनि चिज मुखमा राख्दछन् । यसले गर्दा बालबालिकाहरूले हानीकारक पदार्थ सजिलै निल्न सक्दछ ।

२ वर्षदेखि १२ वर्षसम्म

जब बालबालिकाहरू दैनिक हेरचाह केन्द्र र विद्यालय जान्छन्, तिनीहरू विभिन्न नयाँ रसायनहरूको सम्पर्कमा आउँछन् । उदाहरणको लागि यदि उनीहरूको विद्यालयको परिसरमा कीटनाशक विषादी छरिएको हुन्छ । बालबालिकाहरू जो जुत्ता टल्काउने, फोहरमैला बिक्री हुने वस्तु टिप्ने, अथवा अरु पैसा कमाउने विभिन कामहरू गर्दा पनि हानीकारक रसायनको सम्पर्कमा आउँछन् । रसायन बालबालिकालाई बिरामी गर्नुको अलावा उनीहरूको सिक्ने क्षमतामा पनि कमी ल्याउँछ ।

१२ देखि १८ वर्षसम्म

१२ देखि १८ वर्षको समयमा हर्मोनका कारण छिटोछिटो शरीरको वृद्धि र विभिन्न परिवर्तनहरू हुन्छ (पाना ३२५ हेर्नुहोस्) । विस्तारै हानीकारक रसायनले मानिसको स्वस्थ बालबालिका जन्माउने क्षमतामा असर गर्दछ ।

जन्म असर

मानिसको जीन (वंशाणुगत) बिग्रनाले जन्म असर हुन्छ किनभने जीन आमाबुबाबाट बच्चामा सर्छ, यसले गर्दा हानीकारक रसायनको असर रसायनको सम्पर्कमा आउने व्यक्तिलाई मात्र होइन उसको सन्तान र सन्तान पनि सन्तानलाई सर्दछ । सबै जन्ममा हुने असर हानीकारक रसायनका कारण मात्र हुँदैन तर जन्म असर ९द्यष्चतज म्भाभअत० धेरैजसो त्यस्तो क्षेत्रमा हुन्छ जहाँ कलकारखानाहरूले विभिन्न हानीकारक रसायन र हानीकारक फोहरहरू उत्सर्जन गर्दछ । जन्म असर विभिन्न प्रकारको हुन्छ, कुनै साधारण खालको (जस्तो नवजात शिशुको शरीरमा कुनै चिन्ह० र अर्को धेरै कडा खालको (जस्तो दिमागको विकास नहुनु) ।

यदि तपाईको बच्चा जन्मदा जन्म असर देखियो भने

यदि तपाईको बच्चाको जन्म असर भयो भने तपाईलाई अब बच्चाको कसरी ख्याल राख्ने भन्ने अनिश्चित अनुभव हुन सक्दछ । तर तपाई यस्तो समस्यालाई सोचे एक्लो हुनुहुन्न ।

आफ्नो उत्साहलाई चिन्नुहोस् । अभिभावकहरूले धेरै दुःख, पीडा र रिसको पनि अनुभव गरेको हुन्छ । सबैजनालाई बाँड्नुस्, भन्नुस् कि कसरी तपाईले एउटा स्वस्थ्य बच्चालाई गुमाउनु भएको छ । त्यस्ता व्यक्तिहरू समक्ष आफ्नो भावना र कुरा राख्नुहोस् जसले तपाईको भावना बुझेर सुनिदिने छन् । समाजमा सहयोग खोज्नुस् । तपाईको स्वास्थ्यकर्मी अथवा सामाजिक कार्यकर्तासँग सोध्नुहोस् कि यस्तै अवस्थाका बालबालिकाहरू भएका अभिभावकहरू तपाईको क्षेत्रमा थाहा छ । अरु अभिभावकहरूको सहयोगको लागि सहयोगी समूह सुरु गर्नुपर्छ । तपाई र तपाईको बच्चाले एउटा सहयोगी ठूलो समाज पाउनु हुनेछ ।

बच्चा भएकोमा खुसी मनाउनुहोस्ः सम्झनुहोस् तपाईले आफ्नो बच्चालाई राम्रोसँग खेलाएर, घुमाएर, राम्रोसँग रमाएर हुर्काउनु र आफ्नै तरीकाले विकास हुनु दिनुहोस् । तपाई आफ्नो खुशी परिवार र साथीभाइसँग पनि बाँड्नुहोस् । तपाईको बच्चाबाट सिक्नुहोस् । तपाईको बच्चाको जन्म असरका बारेमा विभिन्न जानकारीहरू खोज्नुहोस् र बालबालिकाहरू हुर्कँदै गर्दाको परिवर्तनलाई पनि अनुभव गर्नुहोस् ।

शारीरिक व्यायामले पनि सहयोग गर्छ । धेरै शारीरिक असक्षमताहरू कसरत र व्यायाम गरेर पनि राम्रो हुन्छ । बालबालिकाको जन्म असर अरु असक्षमताको लागि विभिन्न शारीरिक व्यायाम र अरु तरीकाबाट सहयोग गर्नको लागि हेर्नुहोस् । हिस्पेरियन बुक्सः डिस्एबल भिलेज चिल्ड्रेन, हेल्पिङ्ग चिल्ड्रेन हु आर डिफ् र हेल्पिङ्ग चिल्ड्रेन हु आर ब्लाइन्ड)

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

2.86111111111
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top