অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

स्कुलमा सक्रिय तथा औपचारिक साधन

स्कुलमा सक्रिय तथा औपचारिक साधन

स्कुलको अर्थ तथा परिभाषा

स्कुलको अर्थ – स्कुल शब्दको उत्पत्ति  ग्रीक शब्दबाट भएको हो| यस शब्दको अर्थ हो- अवकाश| यद्यपि स्कुलको अर्थ विचित्र लाग्छ तर यो वास्तविकता हो किनभने प्राचीन यूनानमा ती अवकाशको स्थानलाई नै स्कुलको नामले सम्बोधित गरिन्थ्यो| सुन्दा अचम्म लाग्छ कि त्यस युगमा अवकाश काललाई नै ‘आत्म विकास’ सम्झिन्थ्यो र त्यसको अभ्यास अवकाश नामक निश्चित स्थानमा गरिन्थ्यो| अत: अवकाश शब्दको अर्थ  आत्मविकास अथवा शिक्षा हो | बिस्तारै-बिस्तारै यो अवकाशालय यस्तो स्थान बन्दै गयो  जहाँ शिक्षकले कुनै निश्चित योजना अनुसार एक निश्चित पाठ्यक्रमलाई  निश्चित समयभित्र समाप्त गर्नलागे| आधुनिक युगमा स्कुल एउटा भौतिक अस्तित्व भएको ठाउँ हो  जसको चारदिवारभित्र बाल-बालिकालाई शिक्षा प्रदान गरिन्छ| अवकाश शब्दलाई स्पष्टीकरण गर्दै ए०एफ०लीचले लेखेका छन् – “ वाद-विवाद वा वार्ताको स्थान जहाँ एथेन्सका युवक आफ्नो अवकाश समय खेल-कूद, व्यायाम र युद्धको प्रशिक्षणमा बिताउँथे, बिस्तारै-बिस्तारै दर्शन तथा उच्च कक्षामा स्कुल बदलिए| एकेडेमीका सुन्दर उद्योगमा व्यतीत गरिने र अवकाशका  माध्यमबाट स्कुलको विकास भयो|”

स्कुलको परिभाषा

स्कुलको अर्थ अरु अधिक स्पष्ट गर्नको लागि हामीले निम्नलिखित पङ्क्तिहरूमा केही परिभाषाहरू दिएका छौं–

  1. जन डीवी- “ स्कुल एउटा यस्तो विशिष्ट वातावरण हो, जहाँ बालकको वाञ्छित विकासको  दृष्टिले उसलाई विशिष्ट क्रियाहरू तथा व्यवसायको शिक्षा दिइन्छ|”
  2. जे०एम०रास – स्कुल त्यो संस्था हो - जसलाई सभ्य मानवले यस दृष्टिले स्थापित गरेका हुन् जहाँ समाजमा सुव्यवस्थित तथा योग्य सदस्यताको लागि बालकको तयारीमा सहायता मिल्छ|”

स्कुल युगमा मानव जीवन अत्यन्त सरल थियो | त्यस युगमा ज्ञान त्यति वृद्धि भएको थिएन जति आज भएको छ| यसको कारण हो कि त्यस युगमा मान्छेका आवश्यकता सीमित थिए तथा तिनलाई परिवार एवं अन्य अनौपचारिक साधनद्वारा पूरा गर्थे| परन्तु जनसङ्ख्याको वृद्धि तथा जीवनको आवश्यकताहरूको बाहुल्यताका कारण शैने-शैने संस्कृतिको रूप यति जटिल भयो कि उसलाई सम्पूर्ण ज्ञान बालकका परिवार तथा अन्य अनौपचारिक साधनद्वारा दिन कठिन भयो| यता माता-पिता पनि  जीविकोपार्जनको चक्करमा फस्न लागे | उनीहरूसित बालकलाई शिक्षा दिनको लागि न त समय थियो न उनीहरू त्यति शिक्षित नै थिए। उनीहरूसित बालकलाई भाषा, भूगोल, इतिहास, समाजशास्त्र, अर्थशास्त्र, शरीर-रचना, वैज्ञानिक अनुशन्धानको सम्पूर्ण ज्ञान दिने शिक्षा शक्तिनै थिएन| अत: एउटा यस्तो नियमित संस्थाको आवश्यकता अनुभव हुनलाग्यो जुन सामाजिक तथा सांस्कृतिक सम्पति सुरक्षित राख्न सकियोस् तथा त्यसलाई विकसित गरेर भावी पीढीलाई हस्तान्तरण गर्न सकियोस्| यस दृष्टिले स्कुलको जन्म भयो| आरम्भमा स्कुलहरूमा केवल उच्चवर्गका मान्छेले नै लाभ उठाए| जनसाधारणको लागि स्कुलको स्थापना केवल आधुनिक युगको देन हो| जसै-जसै जनतन्त्रवादी दृष्टिकोण विकसित हुँदै गयो, त्यसै-त्यसै स्कुलको रूपमा पनि परिवर्तन हुँदैगयो| चीन, मिस्र, यूनान, रोम, बैबिलोनिया तथा भारत अदि सबै देशहरूमा स्कुलको जन्मको यही कथा छ|

स्कुलको महत्त्व

निम्नलिखित पङ्तिमा हामीले स्कुलको महत्त्वमाथि प्रकाश पार्ने छौं –

  1. विशाल सांस्कृतिक सम्पति – वर्तमान युगमा ज्ञान अधिक विकसित भएर गयो तथा सांस्कृतिक सम्पति पनि धेरै विशाल भयो। अब शिक्षा दिन परिवार तथा अन्य अनौपचारिक साधन पनि सामर्थ भन्दा बाहिर भइसकेको छ| अब संस्कृतिको सुरक्षा, विकास तथा यसलाई प्रचार गर्नको लागि स्कुल भन्दा अर्को कुनै राम्रो साधन छैन| यस दृष्टिले बालकको शिक्षाको लागि स्कुल एउटा महत्वपूर्ण साधन हो |
  2. परिवार तथा विश्वलाई जोड्ने साधन– परिवारमा बालकले प्रेम, दया, सहानभूति, सहनशीलता, सहयोग, सेवा तथा अनुशासन एवं नि:स्वार्थता आदि गुण विकसित गर्छ | तर परिवारको चारदीवारीको चक्करमा परेर बालकले यी सबै गुण उसका निजी सम्बन्धीहरूतक सीमित रहन्छन्| यसले उसको दिष्टिकोण सङ्कुचित हुन्छ| स्कुल बालक र पारिवारिकको जीवनलाई बाह्य जीवनलाई जोड्ने एउटा महत्वपूर्ण साधन हो | यसको कारण हो बालक स्कुलमा पढ्दै अन्य बालकहरूसित सम्पर्क स्थापित गर्छ| यसले उसको दृष्टिकोण विशाल हुन्छ र उसलाई बाह्य समाजसित सम्पर्क स्थापित गर्न कुनै कठिनाई हुँदैन|
  3. विशिष्ट वातावरणको व्यवस्था – अनौपचारिक संस्थाद्वारा दिएको शिक्षा कुनै निश्चित योजनामा आधारित हुँदैन| परिणामस्वरूप यी संस्थाहरूको वातावरण यति अस्पष्ट तथा विरोधी हुन्छ र त्यसले बालकको व्यक्तित्वमाथि विपरीत प्रभाव पार्छ| स्कुलमा एउटा निश्चित योजना अनुसार एक विशिष्ट वातावरण प्रस्तुत गरिन्छ जुन अत्यन्त सरल, शुद्ध, नियमित, सुरुचिपूर्ण तथा सामान्य एवं व्यवस्थित हुन्छ| यस्तो वातावरणमा बस्दै बालकको शारीरिक, मानसिक, नैतिक एवं व्यवसायिक सबै प्रकारको विकास हुन सम्भव छ | अत: स्कुल बालकको शिक्षाको एउटा महत्वपूर्ण साधन हो |
  4. व्यक्तित्वको सामञ्जस्यपूर्ण विकास – परिवार, समुदाय, तथा धर्म आदि अनौपचारिक साधनको कुनै पूर्व-निश्चित उद्देश्य तथा पूर्व नियोजित कार्यक्रम हुँदैन| यसकारण कहिलेकाहीं यी साधन बालकको सामु यस्तो वातावरण प्रस्तुत गर्छन् जसले गर्दा उसको व्यक्तित्वमाथि नराम्रो प्रभाव पर्छ स्कुलमा यी सबै कुरा हुँदैनन्| स्कुलमा पूर्व निश्चित उद्देश्य तथा पूर्व नियोजित कार्यक्रम हुन्छन् | अत: बालकको व्यक्तित्व सामञ्जस्यपूर्ण ढङ्ले विकास हुँदै जान्छ| यस्तो अवस्थामा स्कुलको महत्त्व कम हुँदैन|
  5. बहुमुखी सांस्कृतिक चेतनाको विकास – स्कुल एउटा उत्तम स्थान हो जहाँ विभिन्न परिवार, सम्प्रदाय तथा संस्कृतिका बालक शिक्षा प्राप्त गर्न आउँछन्| साथ-साथमा बस्दै बालकहरूमा सामाजिकता, शिष्टाचार, सहानभूति, निष्पक्षता तथा सहयोग अदि वाञ्छनीय गुण, आदत तथा रुचिको विकास स्वत: हुन्छ | यति मात्र होइन उसमा एक-अर्काको सांस्कृतिक गुण विकसित हुन्छ| यसकारण स्कुललाई बालकको बहुमुखी संस्कृति विकसित गर्ने महत्वपूर्ण साधन मानिन्छ|
  6. राज्यमा आदर्श तथा विचारको प्रसार – प्रत्येक राज्यमा आदर्श र विचार चाँडै प्रसारित गर्ने स्कुल एक महत्वपूर्ण साधन हो | यही कारण हो कि जनतन्त्रीय, फासिस्टवादी तथा साम्यवादी सबै प्रकारका सरकारले स्कुलको महत्त्वलाई स्वीकारेका छन्|
  7. समाजमा निरन्तरताको विकास – स्कुल सामाजिक वातावरणको रूपमा एउटा यस्तो संस्था हो  जसद्वारा समाज आफ्ना आवश्यकताहरूको पूर्ति गर्दै निरन्तर विकसित हुन्छ| स्कुलले समाजको परिवर्तनको प्रतिनिधित्व पनि गर्छ तथा अधिकतम एवं श्रेष्ठ लक्ष्यप्राप्तिमा सुधार पनि गराउँछ|
  8. सामुदायिक जीवनमा प्रोत्साहन – स्कुल एउटा सामाजिक संस्था हो तथा शिक्षा एक सामाजिक प्रक्रिया | अत: यी दुवैले सामाजिक विकास तथा सामुदायिक जीवन विकसित गर्नमा सहयोग प्रदान गर्छन् | सामाजिक विकासले सामाजिक गुण प्राप्त हुन्छ तथा सामुदायिक जीवनमा बालकले स्वतन्त्रता समानता एवं मातृत्व आदि आदर्शको महत्त्वलाई प्रोत्साहित गराउँछ |
  9. शिक्षित नागरिकहरूको निर्माण – जनतन्त्रमा स्कुलको विशेष महत्त्व हुन्छ | स्कुलद्वारा बालकलाई नागरिकमा हुनुपर्ने कर्तव्य तथा अधिकारको ज्ञान हुन्छ तथा उसमा प्रेम, सहानभूति, सहनशीलता, सहयोग तथा अनुशासन एवं उत्तरदायित्व आदि अनेक गुण विकसित हुन्छन् | यी गुणरूले सुसज्जित भएर बालक प्रौढ व्यक्तिका रूपमा उपयोगी नागरिक सिद्ध हुन्छ|
  10. स्कुल घरको अपेक्षा शिक्षाको उत्तम स्थान – स्कुलमा विभिन्न परिवार, समुदाय तथा संस्कृतिहरूका बालकले शिक्षा प्राप्त गर्न आउँछन् | वहाँ ती सबै साथ-साथमा बस्दै ती सबै बात  स्वत: नै सिक्छन् जुन परिवारको प्राङ्गणमा सिक्नसक्दैनन्| अत: यदि बालकहरूमा सामाजिक शिष्टता, सहानभूति एवं निष्पक्षता आदि गुणहरू विकसित गराउनु छ भने तिनीहरूलाई शिक्षा प्राप्त गर्नको लागि स्कुल नै पठाउनुपर्छ|
  11. विभिन्न साधनहरूको सहयोग – स्कुल नै एउटा यस्तो साधन हो जसद्वारा परिवार, समुदाय तथा राज्य आदि सबै साधनहरूको उचित सहयोग प्राप्त गर्नसकिन्छ| यही कारण हो कि सबैले स्कुलमा आँखा लगाएका हुन्छन् तथा यसको विकासमा यथाशक्ति सहयोग प्रदान गर्ने प्रयास गर्छन्| यी साधनको सहायता बिना स्कुलले उन्नति गर्नसक्दैन| अत: जनतान्त्रिक दृष्टिले पनि स्कुल एउटा महत्वपूर्ण साधन हो |

स्कुलको धारणा

स्कुलको विषयमा दुईवटा धारणा छन् | पहिलो प्राचीन तथा दोस्रो नवीन| प्राचीन धारणा अनुसार परम्परागत स्कुलको जन्म भएको थियो तथा नवीन धारणा अनुसार प्रगतिशील स्कुलहरू स्थापित गरिएका हुन् | अग्रलिखित पङ्तिमा हामीले यी दुवै प्रकारका स्कुलहरूको अलग-अलग चर्चा गर्दै छौं–

परम्परागत स्कुल

परम्परागत स्कुलमा केवल औपचारिक शिक्षा दिइन्छ | यी स्कुलहरूको जन्म त्यस समयमा भएको थियो जब परिवारले आप्ना कार्यहरू गर्न समर्थ थिए| अघि धर्म तथा राज्य अलग-अलग संस्थाहरू थिएनन्| अत: त्यस युगमा धार्मिक नेताहरू नै शिक्षक हुन्थे| ती शिक्षकहरूले परम्परागत शिक्षालाई यति मूल्यवान बनाएका थिए त्यसको लाभ केवल उच्च वर्गका मान्छेले मात्र प्राप्त गर्थे| कालान्तरमा धर्म तथा राज्य अलग-अलग संस्थाहरू बने| बिस्तारै-बिस्तारै राज्यमा जनतन्त्रवादी दृष्टिकोण विकसित हुनलाग्यो| तेह्रौं शताब्दीमा कागज तथा पन्ध्रौं शताब्दीमा छाप्ने यन्त्रको अविष्कार भयो जसको परिणामस्वरूप जन-साधारणलाई पनि यी स्कुलमा शिक्षा प्राप्त गर्ने अवसर प्राप्त हुनथाल्यो | तर वर्तमान परिस्थितिमा यी सबै परम्परागत स्कुल यस्ता दोकान बनेका छन् जहाँ ज्ञानको किनबेच हुन्छ| शिक्षक ज्ञान बेच्छन् तथा बालक किन्छन्| अर्को शब्दमा शब्दमा ज्ञानका विक्रेता अर्थात शिक्षक यी स्कुलमा पकाएको ज्ञान बालकहरूको मस्तिष्कमा बलपूर्वक घिचाउने प्रयास गर्छन्| यसप्रकार स्कुलका समस्त दिनचर्या बडो कठोर हुन्छन् यसले गर्दा शिक्षाको प्रक्रिया नीरस तथा निर्जीव भएको छ| सङ्क्षेपमा, परम्परागत स्कुलको वातावरण कृतिम तथा अमनोवैज्ञानिक हुन्छ परिणामस्वरूप शिक्षाको सच्चा उद्देश्य प्राप्त गर्न सकिंदैन| पेस्टालजीले स्कुल सम्बन्धमा ठीक लेखेका छन् – “ हाम्रा अमनोवैज्ञानिक स्कुलले बालकलाई अनके प्राकृतिक जीवनदेखि टाढा गरिदिन्छन्, उनीहरूलाई अनाकर्षक बात याद गर्नको लागि भेडा समान हाँकिन्छ तथा घण्टा, दिन, हप्ता, महीना तथा वर्षसम्म दुःखदायी जन्जिरमा बाँधेर राखिन्छ”|

नवीन अथवा प्रगतिशील स्कुल

पेस्टालजी जस्तै फ्रोबिल, हरबर्ट, मन्टेसरी, नन्न, पार्कहर्स्ट, एवं टेगोर आदि शिक्षाशास्त्रीले शिक्षा बालकलाई होइन बालक शिक्षाका लगि हुनुपर्छ भनेका छन्| यी सबै शिक्षाशास्त्रीहरूले परम्परागत नीरस तथा निर्जीव स्कुलको शिक्षाको विरोध गरे यिनीहरूका अनुसार बालकको व्यक्तिगत विभिन्नताको अवहेलना गरेर उसको मस्तिष्कमा ज्ञान बलपूर्वक घुसाउने प्रयास गरिन्थ्यो| उनीहरूले नयाँ-नयाँ शैक्षिक प्रयोग गरे जसले गर्दा नवीन अथवा पगतिशील स्कुलरूको जन्म भयो| यस प्रकार प्रगतिशील स्कुलको विकास परम्परागत स्कुलको विरोधी प्रवृतिका कारण भयो|

प्रगतिशील स्कुलका प्रमुख विशेषताहरू

प्रगतिशील स्कुलका निम्नलिखित प्रमुख विशेषताहरू छन् –

  1. बालकको व्यक्तित्वको महत्त्व – परम्परागत स्कुलमा बालकको अपेक्षा पाठ्यवस्तुलाई अधिक महत्त्व दिइन्छ| यी स्कुलहरूमा बालकका स्वतन्त्र रुचि, अभिरुचि तथा क्षमता एवं स्वतन्त्र चिन्तन दमन गरेर  उसको मस्तिष्कमा पाठ्यवस्तु बलपूर्वक घुसाइन्छ| यसको विपरीत प्रगतिशील स्कुलमा पाठ्यवस्तुको अपेक्षा बालकलाई अधिक महत्व दिइन्छ तथा उसको व्यक्तित्वलाई आदर गरिन्छ| बालकलाई अधिक महत्व दिनुको तात्पर्य हो कि उसका आवशयकता, रुचि तथा क्षमताहरूलाई ध्यानमा राख्दै उसको जन्मजात शक्ति तथा योग्यतालाई स्वतन्त्रतापूर्वक विकसित गर्नु | यस प्रकार प्रगतिशील स्कुल समृद्ध, सक्रिय तथा उल्लासपूर्ण वातावरणमा बालकले अपनो इच्छा, रूचि तथा क्षमता अनुसार चुनेका पुस्तक तथा विषयको अध्ययन आफ्नै गतिका गर्छन्|
  2. शिक्षामा क्रियाशीलताको सिद्धान्तको महत्त्व – परम्परागत स्कुलमा बालकलाई निष्क्रिय रूपमा शिक्षित गरिन्छ| यसको विपरीत प्रगतिशील स्कुलमा बालकलाई क्रियाका आधारमा शिक्षा प्राप्त गर्नको लागि प्रोत्साहित गरिन्छ| वस्तुस्थिति के हो भने “ एउटा प्रगतिशील स्कुलको वातावरण सरलीकृत, शुद्ध, तथा सन्तुलित हुन्छ | यस्तो वातावरणमा बालकलाई विभिन्न प्रकारका क्रिया गर्दै  अनेक सामाजिक अनुभव प्राप्त गर्ने अवसर प्रदान गरिन्छ| यस दृष्टिले प्रगतिशील स्कुल एउटा प्रयोगशाला हो जहाँ बालक क्रियाको माध्यमबाट सबै कुरा आफ्नो अनुभवद्वारा सिक्छ | यस्तो ज्ञान सार्थक, पक्का तथा दृढ हुन्छ |
  3. शिक्षाको व्यावहारिक ज्ञानमाथि बल – परम्परागत स्कुलले बालकका रुचि, शारीरिक क्रिया तथा रचनात्मक एवं सामाजिक भावनाहरूको दमन गरेर केवल पुस्तकीय ज्ञानमा  बल दिन्छन्| तर प्रगतिशील स्कुलले पुस्तकीय ज्ञानको अपेक्षा जीवन उपयोगा, लाभप्रद, रचनात्मक तथा व्यावहारिक ज्ञान दिन्छ | यी स्कुलको पाठ्यक्रम जीवनको अनुभवमा आधारित हुन्छ| अत: बालक जुन अनुभवलाई क्रियाशील भएर प्राप्त गर्छ त्यो व्यवहारिक जीवनमा लाभप्रद सिद्ध हुन्छ | यस प्रकार प्रगतिशील स्कुलमा बालकका आवश्यकतालाई ध्यान राख्दै  शिक्षा दिइन्छ| पश्चिमी देशमा यस प्रकारका स्कुलले निकै उन्नति गरेका छन्| हाम्रो देशमा पनि अब पाठ्यसहयोगी क्रियाहरूमाथि बल दिन थालिएको|
  4. सामाजिक गुणको विकासमाथि बल – परम्परागत स्कुल अत्यधिक शैक्षणिक तथा जीवन देखि  पृथक छन् | यी स्कुलले आफ्नो शिक्षणकार्य सामाजिक तथा धार्मिक जीवनभन्दा अलग ढङ्ले गर्छन्| यस दृष्टिले यस्ता स्कुलको वास्तविक जीवनसित कुनै सम्बन्ध हुँदैन| यसको विपरीत प्रगतिशील स्कुलमा बालकको व्यक्तित्वको विकास सामाजिक वातावरणमा हुन्छ| यी स्कुलले आफ्ना बालकलाई समाज-केन्द्र तथा पुस्तकालय आदि सामाजिक संस्थासित सम्बन्ध स्थापित गर्न तथा अनेक प्रकारका सामाजिक कार्यमा भाग लिनको लागि प्रोत्साहित गर्छन्| यसले स्कुलको सानो दुनियाँबाट बाहिर निस्केर ठुलो दुनियाँसित घनिष्ट सम्बन्ध स्थापित हुन्छ तथा बालकमा वास्तविक जीवनको लागि  अनेक सामाजिक गुणहरूको विकास हुन्छ| यस प्रकार प्रगतिशील स्कुलमा बालकलाई यस प्रकार शिक्षाको व्यवस्था गरिन्छ कि आफ्नो कर्तव्य तथा अधिकार सम्झँदै जनतान्त्रिक शासन व्यवस्था बुझेर आफ्नो समाज र संस्कृति विकसित गर्दै जीवन सङ्घर्षका लागि तयार हुन्छन्|
  5. व्यक्तित्व विकासमाथि बल – परम्परागत स्कुलले बालकलाई केवल मानसिक विकासमाथि  बल दिन्छ | यसको विपरीत प्रगतिशील स्कुलमा बालकको शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक सबै प्रकारको विकासमा बल दिएर उसको सन्तुलित व्यक्तित्वको विकास गरिन्छ|
  6. सामुदायिक जीवनको केन्द्र – प्रत्येक समाजले आफ्नो आवश्यकता पूर्ति गर्नको लागि स्कुल खोल्छ | अत: स्कुलले  बालकलाई यस प्रकाले  शिक्षा देवोस् कि ऊ आफ्नो समूहको जीवनमा कुशलतापूर्वक भाग लिन सकोस्| परम्परागत स्कुलले आफ्नो शिक्षणकार्य वास्तविक जीवनदेखि  अलग रहेर गर्छन्| यसको विपरीत प्रगतिशील स्कुल सामुदायिक जीवनको यस्तो केन्द्र हुन्छ जहाँ बालकले समाजको आवश्यकता, माँग तथा आदर्श अनुसार विकसित गरियोस्| के०जी० सैयदेनको मत छ – “ समाजको सदैव बदलिरहन्छ, बढिरहन्छ तथा यसमा सुधार भइरहन्छ, यसकारण स्कुललाई बाहिरी जीवनसित सजीव सम्बन्ध बनाउनुपर्छ”| ध्यान दिनुपर्ने कुरा के छ भने छ भारतमा अहिलेसम्म पनि परम्परागत स्कुलकै बोलबाला छ | आशा छ जसै-जसै शिक्षामा जनतान्त्रिक पद्धतिको प्रसार हुन्छ त्यसै-त्यसै प्रगतिशील स्कुल पनि खुल्दै जानेछन्|

स्कुलका कार्य

ब्रुबेकरका अनुसार स्कुलका तीन कार्य छन् –

  1. संरक्षण कार्य,
  2. प्रगतिशील कार्य तथा
  3. निष्पक्ष कार्य
यस्तै नै टमसनका अनुसार स्कुलका पाँच कार्य छन् –
  1. मानसिक प्रशिक्षण,
  2. चारित्रिक प्रशिक्षण,
  3. सामुदायिक जीवनको प्रशिक्षण,
  4. राष्ट्रीय गौरव एवं देशप्रेमको प्रशिक्षण, तथा
  5. स्वास्थ्य एवं स्वच्छताको प्रशिक्षण

सरलताको लागि हामी स्कुलका कार्य औपचारिक तथा अनौपचारिक गरी दुई भागमा विभाजित गरेर अग्रलिखित पङ्क्तिमा अलग-अलग प्रकाश पार्दै छौं|

स्कुलका औपचारिक कार्य

स्कुलको औपचारिक कार्यको सम्बन्ध बालकको मानसिक विकाससित छ| यस सम्बन्धमा स्कुलका निम्नलिखित कार्य छन् –

  1. मानसिक शक्तिको विकास – स्कुलको प्रथम औपचारिक कार्य बालकको मानसिक शक्तिको विकास गराउनु हो | जसले ऊ आफ्नो स्वतन्त्र विचार-शक्तिले सोच्ने, सम्झिने तथा कार्य गर्नमा सफलतापूर्वक प्रयोग गर्न सकोस्| यस महान कार्य गर्नको लागि स्कुलले बालकको सामु यस्तो वातावरण प्रस्तुत गराउँछ जसले उसमा जिज्ञासा एवं उत्सुकता उत्पन्न हुन्छ तथा उसमा आफ्ना आवशयकता, रुचि, योग्यता एवं सङ्केत अनुसार विकसित हुन्छ|
  2. गतिशील तथा सन्तुलित मस्तिष्कको निर्माण – स्कुलको दोस्रो औपचारिक कार्य बालकलाई यस्तो ज्ञान दिनु हो जुन स्वयं साध्य नभएर साधन हुन्छ| यस्तो गतिशील तथा सन्तुलित मस्तिष्क प्रत्येक परिस्थितिमा साधनपूर्ण  तथा साहसपूर्ण हुन्छ एवं अज्ञात भविष्यका लागि नवीन मूल्यको निर्माण गर्नसक्छ|
  3. संस्कृतिको सुरक्षा, सुधार तथा हस्तान्तरण – स्कुलको कार्य संस्कृतिको सुरक्षा, उसमा सुधार, तथा उसलाई भावी पीढीलाई हस्तान्तरित गराउनु हो| अत: स्कुलले ध्यान दिनुपर्छ कि त्यसले संस्कृतिको रक्षा तथा सुधार गर्न सकोस् एवं उसमा भावी पीढीका विभिन्न सामाजिक एवं वैज्ञानिक विषयहरू हस्तान्तरित गरोस् जसले बालकको प्राकृतिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक सबै प्रकारको वातावरणसित परिचित हुनसकोस् |
  4. व्यवसायिक तथा औद्योगिक शिक्षा स्कुलको चौथो कार्य बालकलाई व्यवसायिक तथा औधोगिक शिक्षा दिनु हो | अत: यो आवश्यक छ कि स्कुल बालकलाई व्यवसायिक तथा औधोगिक शिक्षा प्रदान गरोस् जसले गर्दा अघि गएर ऊ समाज तथा अन्य व्यक्तिमा भार नबनेर  आफ्नो जीविकाको समस्या स्वयं नै  सुल्झाउन सकोस् | भारत जस्तो निर्धन देशले स्कुलमा यस सम्बन्धमा विशेष ध्यान दिन आवश्यकता छ |
  5. मानवीय अनुभवको पुनर्गठन तथा पुनर्रचना स्कुलको कार्य मानवीय अनुभवको पुनर्गठन तथा पुनर्रचना गराउनु पनि हो| वास्तविकता के हो भने स्कुलको सम्बन्ध केवल समाजको निरन्तर होइन यसको विकास हेतु प्रयत्नशील हुनु पनि हो | अत: स्कुलले सदैव मानवीय अनुभवहरूको पुनर्गठन तथा पुनर्रचना गराउनुपर्छ किनभने स्कुलले समाजको पुनर्रचना गराउँछ , यसकारण उसले उच्च प्रकारका संस्कृतिको निकट पनि रहनु पर्छ| यसको लगि ज्ञानका उच्च शाखामा शोधको आवश्यकता छ | यस कार्यलाई केवल स्कुलले नै पूरा गर्नसक्छ|
  6. नागरिकताको विकास स्कुलको छटौं औपचारिक कार्य बालकभित्र नागरिकताको गुण विकसित गराउनु हो यसले ऊ वर्तमान जनतन्त्रको उत्तम तथा उतरदायित्वपूर्ण नागरिक बन्न सकोस् | एक उत्तम नागरिकलाई आफ्नो कर्तव्य तथा अधिकारको ज्ञान हुनु एवं तिनको उचित प्रयोग गर्न परम आवशयक छ | यस दृष्टिले स्कुलले बालक समक्ष बनाउँदै यस्तो वातावरण प्रस्तुत गर्नुपर्छ जसभित्र बस्दै उसले आफ्नो कर्तव्य तथा अधिकारको ज्ञान जानोस्|
  7. चरित्रको विकास स्कुलको सबैभन्दा महत्वपूर्ण कार्य बालकमा नैतिक तथा चारित्रिक विकास गराउनु हो | प्राचीन युगमा परिवार तथा चर्च (धर्म) दुवै संस्थाले बालकका नैतिक तथा चारित्रिक विकास सरलतापूर्वक गराउँथे| तर समाजको जटिलताका कारण यो महान कार्य गर्न अब यी दुवै संस्था असमर्थ छन् | यस्तो अवस्थामा अब यो महत्वपूर्ण कार्य गराउने उत्तरदायित्व केवल स्कुलसित छ| ध्यान दिन योग्य बात छ कि नैतिक एवं चारित्रिक विकास सामाजिक वातावरणमा सामाजिक क्रियाद्वारा नै सम्भव छ | यसकारण स्कुलले बालको सामु यस्तो शुद्ध तथा पवित्र सामाजिक वातावरण प्रस्तुत गर्नुपर्छ जसभित्र बस्दै र आध्यात्मिक स्वतन्त्रताको अनुभव गर्दै सामाजिक क्रिया प्रशंसनीय ढङ्गले भाग लिंदै आफ्नो नैतिक तथा चारित्रिक विकास गर्न सकोस्|

स्कुलको अनौपचारिक कार्य

स्कुलको अनौपचारिक कार्य बालकको शारीरिक, सामाजिक तथा संवेगात्मक विकास गर्नु हो| यस सम्बन्धमा स्कुलका निम्नलिखित कार्य छन् –

  1. शारीरिक विकास- स्कुलको अनौपचारिक कार्य बालकलाई स्वस्थ तथा शक्तिशाली बनाउनु हो| वर्तमान युगमा बालकको स्वास्थको अवस्था हेरेर स्कुलले यस कार्यमा विशेष ध्यान दिनुपर्छ| अर्को शब्दमा, स्कुलको सम्पूर्ण वातावरण यस्तो हुनुपर्छ कि बालकले त्यहाँ स्वयं  स्फूर्ति अनुभव गरोस् |
  2. सामाजिक भावनाको विकास स्कुलको दोस्रो अनौपचारिक कार्य बालकमा सामाजिक भावना  विकसित गराउनु हो | वास्तविकता यो हो कि स्कुल समाजको एउटा लघु रूप हो | अत: स्कुलले बालकका सामु छात्र सङ्गठन, समाजसेवा केम्प, सामाजिक उत्सव तथा अभिभावक-शिक्षक-सङ्घ आदि व्यवस्था गराएर सामूहिक प्रवृति तथा सामाजिक दृष्टिकोण उत्पन्न गराउनुपर्छ तथा उसमा सामाजिक चेतना, सहानभूति, सहयोग, सामाजिक सेवा, सहनशीलता तथा अनुशासन आदि विभिन्न सामाजिक गुण विकसित गराउनुपर्छ|
  3. संवेगात्मक विकास स्कुलको तेस्रो अनौपचारिक कार्य बालकको संवेगात्मक विकासव गराउनु हो| यसका लागि स्कुलको समस्त वातावरण कलात्मक हुनुपर्छ| अर्को शब्दमा, स्कुलमा उद्यान, फूलका क्यारी तथा प्राकृतिक निरिक्षणको व्यवस्था हुनुपर्छ| कक्षाका कमराहरू पनि बालकहरूद्वारा सुन्दर ढङ्गले सजाउनुपर्छ तथा कलाकारहरूद्वारा बालकलाई विभिन्न कलाको शिक्षा दिनुपर्छ| समय-समयमा यात्रा, देशाघटन, सङ्गीत सम्मेलन, नाटक, वाद-विवाद प्रतियोगता, प्रदर्शिनी तथा चित्रशाला आदिको आयोजनबाट बालकलाई संवेगात्मक विकासमा सहयोग मिल्छ तथा उनको सौन्दर्य अनुभूति जागृत हुन्छ | यसले बालकलाई अघि गएर सत्यम, शिवम् तथा सुन्दरमका लागि पनि  प्रेरित गर्न सकिन्छ|

भारतीय स्कुल तथा तिनीहरूको दोष

उपर्युक्त पङ्क्तिमा हामीले स्कुलको आवश्यकता, त्यसको महत्त्व, धारणा एवं कार्यमाथि प्रकाश पारिसकेका छौं | हामीले माथि बताइएका विषयहरू हेर्यौं भने भारतीय स्कुलका कैयौं दोषहरू देखिन्छन्| प्रेफेसर के०जी० सैयदनको मत छ कि भारतीय स्कुलमा भूगोल र विज्ञान आदिको अनौपचारिक शिक्षा दिइन्छ | यहाँ यस्ता स्थान छैनन् जहाँ, जहाँ बालकको उल्लास तथा कार्यप्रति प्रेमको गला रेटिन्छ| यस दृष्टिले भारतीय स्कुलका लागि ती बात पूर्णतया: सत्य छन् जुन इङग्लेण्डका गैर-सरकारी स्कुलका विषयमा एच०जी०वेल्सले सत्य लेखेका छन् – “ यदि तपाईँ जान्न चाहनुहुन्छ  भने स्कुलका नयाँ पीढिलाई हेर्नुपर्छ जुन पहाडी नदीको वेग जस्तै विनाशतिर बगिरहेको छ। तपाईंले यो विषय जान्नु छ भने कुनै पनि गैर-सरकारी स्कुललाई ध्यानले हेर्नुहोस्”|

भारतीय स्कुलहरूका दोष निम्न प्रकार छन् –

  1. स्कुलको स्वरुप- भारतीय स्कुलहरूको सङ्गठन ब्रिटिश शासनको आवशयकता पूरा गर्नको लागि भएको थियो| यद्यपि अब भारत एउटा सर्वसत्ता लोकतन्त्त्रात्मक गणराज्य हो, तर हाम्रा स्कुलको स्वरुप जनतान्त्रिक विचारधारामा आधारित भएर अहिले पनि त्यही अङ्ग्रेजकालीन  शासनमा छ|
  2. अन्य साधनको सहयोग स्कुलको रूप तथा क्षेत्र केही भए पनि त्यसले परिवारको स्थान लिन सक्दैन| आफ्नो कार्य सुचारू रूपले चलाउनको लागि स्कुल परिवार, समुदाय तथा राज्य आदि सबै शैक्षिक साधनहरूको सहयोग लिन परम आवशयक छ | भारतीय स्कुलमा यतातिर कुनै ध्यान पुगेको छैन|
  3. पाठ्य-वस्तुमाथि बल – भारतीय स्कुलहरूमा बालकको अपेक्षा पाठ्य-वस्तुमाथि अधिक बल दिइन्छ| स्कुलमा बालकहरूको आवश्यकता, रुचि, अभिरुचि तथा क्षमताको दमन गरेर उनको मस्तिष्कमा विषयवस्तु बलपूर्वक ठुसाउने प्रयास गरिन्छ|
  4. एकाङ्गी विकास स्कुलहरूमा बालकको सर्वाङ्गीण विकास हुँदैन| सबै स्कुलमा प्राय: अधिक भन्दा अधिक राम्रो परीक्षाफल प्राप्त गर्ने होडमा लागेका देखिन्छन्| यस कारण बालकको सर्वाङ्गीण विकास नभएर केवल एकाङ्गी अर्थात मानसिक विकास मात्र हुन्छ।
  5. अमनोवैज्ञानिक वातावरण स्कुलहरूको वातावरण नीरस निर्जीव तथा भयङ्कर हुन्छ| अधिकतर स्कुलसित त भवननै छैनन्| केवल घाँस-पातका छाप्रोमा चलाइन्छ| यदि कुनै स्कुलसित भवन छ  भने त्यो यति सानो हुन्छ कि त्यसमा सबै बालक अटाउँदैनन्| कति स्कुलहरूमा कमरा नै छैनन् तथा भएकामा पनि स्वच्छ वायु, प्रकाश तथा धुप आदि आउने झ्याल पनि छैनन्| बालक  कमरामा बसेर उङ् थाल्छन्| अधिकांश स्कुलसित फर्नीचर, प्रयोगशाला, पुस्तकालय एवं वाचानालय तथा शिक्षणका सामग्री, खुला खेल मैदानको पनि आभाव छ | स्कुल यस्ता दोकान हुन जहाँ ज्ञानको किनबेच हुन्छ| ज्ञानका विक्रेतले (शिक्षक) बालकलाई केही गिने-चुनेका घिसेपिटेका प्रश्नोत्तर विधिद्वारा औपचारिक शिक्षा दिइन्छ र बालकलाई परीक्षामा उतीर्ण गराइन्छ| यस प्रकार भारतीय स्कुलको समस्त वातावरण यति अमनोवैज्ञानिक छ कि जसद्वारा शिक्षाको वास्तिविकता उद्देश्य प्राप्त गर्न असम्भव छ |
  6. स्थायी तथा कठोर पाठ्यक्रम- भारतीय स्कुलहरूमा जुन पाठ्यक्रम अनुसार शिक्षा दिइन्छ त्यसको निर्माण राजकीय शिक्षा विभागले गर्छ| पाठ्यक्रमको निर्माण गर्दा स्थानीय दशा, जीवनको आवश्यकता तथा समस्याअनुसार कुनै प्रकारको संशोधन गर्न शिक्षकलाई कुनै सुविधा छैन| यस दृष्टिले भारतीय स्कुलहरूको पाठ्यक्रम अस्थायी तथा कठोर हुन्छ | यस प्रकारको पाठ्यक्रम द्वारा बालकहरूको आवश्यकता, आकाङ्क्षा तथा सम्भावना पूरा गर्न सकिंदैन|
  7. दोषपूर्ण शिक्षण पद्धति भारतीय स्कुलहरूमा अहिले पनि प्राचीन दोषपूर्ण शिक्षण-पद्धति प्रचलित छन् जसले बालका रुचि, आवश्यकता, योग्यता तथा क्षमताको पूर्णरूपले अवहेलना गरिन्छ|
  8. व्यक्तिगत विभिन्नताको उपेक्षा भारतीय स्कुलहरूमा व्यतिगत विभिन्नताको सिद्धान्तलाई कुनै स्थान दिइन्न| व्यक्तिगत विभिन्नताको अर्थ हो प्रत्येक बालकको रुचि, अभिरुचि तथा क्षमतालाई ध्यानमा राख्दै उसको जन्मजात शक्ति तथा योग्यतलाई स्वतन्त्रतापूर्वक विकसित गराउनु| हाम्रा स्कुलमा प्रत्येक बालकलाई एकै प्रकारको पाठ्यवस्तु पढाइन्छ| यस प्रकार भारतीय स्कुलहरूमा व्यक्तिगत विभिन्नताको अवहेलना गरिन्छ|
  9. चरित्र निर्माण तथा नैतिकता विकासक आभाव भारतीय स्कुलको सम्पूर्ण वातावरण यति दूषित छ कि यस्तो वातावरणमा बसेर बालकहरूको चरित्र निर्माण एवं उसको नैतिक विकास आसम्भव मात्रै होइन कठिन पनि हुन्छ|
  10. व्यवसायिक शिक्षाको भाव भारतीय स्कुलमा व्यवसायिक शिक्षाको कुनै व्यवस्था नै छैन| व्यवसायिक शिक्षाको आभावमा बालक ठुलो भएर पनि आफ्नो आर्थिक आवश्यकताको पूर्तिका लागि अर्कोमाथि निर्भर हुनुपर्छ अथवा रुईको गोलोजस्तै जहाँ कहीं टाँसिन्छ त्यसैमा सन्तोष प्राप्त गर्छ|
  11. पुस्तकीय ज्ञानमाथि बल पाश्चात्य देशहरूमा खेल तथा अन्य शैक्षणिक क्रियाहरूमाथी बल दिइन्छ तर हाम्रा स्कुलहरूमा यस्तो महत्वपूर्ण बातको अवहेलना गरेर  पुस्तकीय ज्ञानलाई मात्र प्रोत्साहित गरिन्छ| यस प्रकार हाम्रो समस्त शिक्षा केवल पुस्तकमाथि मात्र आधारित छ |
  12. रचनात्मक तथा सृजनात्मक क्रियाहरूको आभाव वर्तमान शिक्षाले रचनात्मक तथा सृजनात्मक क्रियाहरूमाथि बल दिन्छ, तर भारतीय स्कुलमा क्रियाहरूलाई व्यर्थ मान्दै प्रत्येक बालकलाई निष्क्रिय रूपले शिक्षित गरिन्छ| यस्तो अवस्थामा बालकको सुसुप्त शक्ति विकसित हुँदैन| परिणामस्वरूप उसले राष्ट्रीय जीवनका कुनै रचनात्मक कार्यमा सफलतापूर्वक भाग लिन सक्दैन|
  13. सुप्रशिक्षित शिक्षकको आभाव- भारतीय स्कुलहरूमा सुप्रशिक्षित शिक्षकहरूको आभाव छ| यसको कारण के हो भने देशमा जनसङ्ख्याको वृद्धिका कारण स्कुलहरूको सङ्ख्या त बढेका छन् तर स्कुलमा बढ्दो सङ्ख्याकको अनुपातमा प्रशिक्षण संस्थाहरू शिक्षकलाई प्रशिक्षित गर्न असमर्थ छन् | सुप्रशिक्षित शिक्षकहरूको आभावले सम्पूर्ण शिक्षाव्यवस्था नीरस, निर्जीव तथा अव्यवस्थित भएको छ|
  14. आर्थिक तथा शैक्षणिक जीवनबाट पृथक - भारतीय स्कुल अत्यधिक शैक्षणिक छन्| ती वास्तविक जीवनबाट अलग छन् | यी स्कुलले आफ्नो शिक्षण कार्य सामाजिक तथा आर्थिक जीवनबाट अलग राखेर गराउँछन्| अर्को शब्दमा, यी स्कुलको वास्तविक जीवनसित कुनै सम्बन्ध छैन|
  15. सामाजिक उन्नतिको विकासमा असमर्थ- प्रत्येक समाजले आफ्नो आवश्यकताको पूर्तिको लागि स्कुल खोल्छन्| यस दृष्टिले स्कुले समाजका आवश्यकताहरू पूरा गर्नुपर्छ| खेदको विषय आजसम्म हाम्रा स्कुल अहिलेसम्म समाजको लघु रूप बन्नसकेका छैनन्| ती अहिलेससम्म बालकमा सामाजिक भावना उत्पन्न गराउन, सामाजिक समस्या समाधान गर्न तथा सामाजिक क्रियाहरू गर्न एवं सामाजिक प्रगति विकसित गराउनमा असमर्थ छन्।

भारतीय स्कुलको शिक्षा प्रभावशाली साधन बनाउनको लागि सुझाव

भारतीय स्कुलको शिक्षा प्रभावशील साधन बनाउनको लागि निम्नलिखित सुझाव दिइएका छन्–

  1. स्कुलको स्वरुप- भारत अब विदेशी नियन्त्रणबाट मुक्त भएको छ| यो एउटा जनतान्त्रिक राष्ट्र हो| अब भारतवर्षका प्रत्येक बालकले जनतान्त्रिक ढङ्ले बस्नसिक्नुपर्छ|  कुनैपनि बालक जनतान्त्रिक ढङ्गले बस्न केवल त्यति बेला सक्छ जतिबेला उसलाई जनतान्त्रिक ढङ्गले बस्न सिकाइन्छ र उचित अवसर प्रदान गरिन्छ| यसकारण बालकलाई जनतन्त्रको शिक्षा दिनको लागि भारतीय स्कुलको स्वरुप अब जनतान्त्रिक विचारधारामा आधारित हुनुपर्छ तथा तिनीहरूलाई संस्कृतिको संरक्षण, विकास, एवं हस्तान्तरण पनि जनतान्त्रिक ढङ्गले गराउनुपर्छ जसले गर्दा बालकले वातावरणका साथ अनुकूलन तथा आवश्यकतानुसार त्यसमा सुधार गर्न सकोस्|
  2. अन्य साधनको सहयोग- भारतीय स्कुलको शिक्षा प्रभावशाली साधन बनाउनको लागि  परिवार, समुदाय, तथा राज्य आदि सबै शैक्षिक साधनलाई अधिक भन्दा अधिक सहयोग प्राप्त गर्नसक्ने गराउनुपर्छ |
  3. बालकको व्यक्तिगतमा बल – भारतीय स्कुलहरूमा अब पाठ्यवस्तुका साथ-साथै बालकलाई पनि अधिक महत्त्व दिनुपर्छ| बालकको व्यक्तित्वमा ध्यान दिनु भनेको तात्पर्य के हो भने उसका आवश्यकता, रुचि, अभिरुचि, तथा क्षमतालाई ध्यानमा राख्दै उसका जन्मजात शक्ति तथा योग्यतालाई स्वतन्त्रतापूर्वक विकसित गराउनु |
  4. व्यक्तित्वको सर्वाङ्गीण विकास – भारतीय स्कुलका बालकलाई मानसिक विकासका साथ-साथै  शारीरिक, सामाजिक तथा संवेगात्मक सबै प्रकारको विकास गराउनुपर्छ| कुनै पनि अङ्ग अधिक अथवा कम विकसित हुँदा व्यतित्वको सर्वाङ्गीण विकास हुनसक्दैन। अत: भारतीय स्कुलले यसमा विशेष ध्यान दिनुपर्छ |
  5. मनोवैज्ञानिक वातावरण – भारतीय स्कुलका बालकहरूको सामु समृद्ध, सक्रिय तथा उल्लासपूर्ण मनोवैज्ञानिक वातावरण प्रस्तुत गर्नुपर्छ। उसले आफ्नो रुचि तथा क्षमता अनुसार आफूले रोजेको  क्रिया आफ्नै गति अनुसार गर्न पाउनुपर्छ| यसले गर्दा बालकलाई आफ्नो उन्नति गर्ने पूर्ण अवसर प्राप्त हुन्छ तथा ऊ आफ्नो कार्यको लागि स्वयं नै उत्तरदायी बन्छ|
  6. लचिलो पाठ्यक्रम – भारतीय पाठ्यक्रमको रचना स्थानीय दशा, जीवनको आवश्यकता एवं बौद्धिक विकास आदि महत्वपूर्ण तथ्यलाई ध्यानमा राखेर बनाउनुपर्छ| यस दृष्टिले पाठ्यक्रम लचिलो हुनुपर्छ तथा शिक्षकलाई यस विषयमा स्वतन्त्रता दिनुपर्छ अनि आवश्यकतानुसार उसले परिवर्तन गर्न पनि पाउनुपर्छ|
  7. प्रगतिशील शिक्षण पद्धति- कुनै पनि पाठ्यक्रम राम्रो अथवा नराम्रो हुन शिक्षण-पद्धति अथवा पद्धतिहरूमा निर्भर गर्छ | राम्रो शिक्षण-पद्धतिले पाठ्यक्रमलाई सफल बनाउन सक्छ| यस शिक्षण-पद्धति अन्तर्गतको योजना, डाल्टन, मान्टेसरी आदि शिक्षण-पद्धातिहरूमा आउँछन् | भारतीय स्कुलले यी सबै शिक्षण-पद्धतिहरूको आवश्यकतानुसार प्रयोग गर्नुपर्छ|
  8. व्यक्तिगत विभिन्नतामा बल – भारतीय स्कुलहरूमा व्यक्तिगत विभिन्नताको सिद्धान्तलाई दृष्टिमा राख्दै प्रत्येक बालकका आवश्यकता, रुचि, अभिरुचि, योग्यता, तथा क्षमता अनुसार यस्तो वातावरणको निर्माण गर्नुपर्छ जसद्वारा बालकको सन्तुलित एवं प्रगतिशील मस्तिष्कको निर्माण हुन सकोस् र ऊ साधनपूर्ण तथा सहासपूर्ण बनेर अज्ञात भविष्यको लागि नवीन मूल्यको निर्माण गर्नसकोस् |
  9. चरित्र निर्माण तथा नैतिक विकास- स्वतन्त्रता प्राप्त गर्नु तथा स्वतन्त्रताको रक्षा गर्नु दुई अलग-अलग बात हुन् | हामीले आफ्नो त्याग तथा तपको बलमा स्वतन्त्रता प्राप्त गरेका हौं| सबै मिलेर पनि यस स्वतन्त्रताको रक्षा गर्नु पनि आज एउटा समस्या बनेको छ| यसको मुख्य कारण हो हाम्रो देशमा चरित्र तथा नैतिकताको दिन-प्रतिदिन पतन हुनु| कुनै समयमा मार्कोपोलो तथा फाहियान आदि विदेशी यात्रीहरूले भारतीय चरित्रको मुक्त कण्ठले प्रशंसा गरेका थिए| तर आज हामी स्वयंले अनुभव गर्दैछौं कि हाम्रो देशमा नैतिकताका रक्षकले नै अनैतिकतालाई प्रोत्साहित गर्दैछन् | यो सबै शिक्षाको कमीले गर्दा भएको हो | भारतीय स्कुलमा बालकको चारित्रिक विकासका लागि बालचर सङ्घ, समाज सेवा समिति तथा सहायता कोष आदि कार्यमा भाग लिन प्रोत्साहित गर्नुपर्छ तथा यस्तो वातावरणको निर्माण गर्नुपर्छ जसले उनीहरूको  नैतिकता विकास हुँदै जावोस्|
  10. व्यवसायिक शिक्षाको व्यवस्था- भारतीय स्कुलहरूमा बालकको व्यवसायिक कुशलता एवं भौतिक सम्पन्नता प्राप्ति तथा क्षमताको विकास गर्न व्यवसायिक शिक्षाको व्यवस्था गर्नुपर्छ यसले गर्दा उनीहरू ठुला भएर आफ्नो जीविका आफै चलाउन सकुन् र आत्मनिर्भर भएर सामाजिक दृष्टिले कुशल नागरिक बन्न सकुन्|
  11. व्यावहारिक ज्ञानमा बल – भारतीय स्कुलमा पुस्तकीय ज्ञान भन्दा जीवन उपयोगी, लाभप्रद, रचनात्मक तथा व्यावहारिक ज्ञानमाथि बल दिनुपर्छ| यसको लागि पाठ्यक्रम जीवनको अनुभवमा आधारित हुनुपर्छ जसले गर्दा बालक अनुभवी,क्रियाशील बनेर स्वयं लक्ष्य प्राप्त गर्न सकोस् र व्यावहारिक जीवनमा लाभप्रद सिद्ध होस्| सङ्क्षेपमा हाम्रा स्कुलहरूमा जीवनका आवश्यकताहरूलाई ध्यानमा राख्दै शिक्षा दिनुपर्छ|
  12. रचनात्मक तथा सृजनात्मक क्रियामा बल – भारतीय स्कुलमा क्रियाको सिद्धान्तमाथि विशेष बल दिनुपर्छ| यसको लागि स्कुलको समस्त वातावरण सरलीकृत, शुद्ध तथा सन्तुलित हुनुपर्छ जसले गर्दा बालकलाई विभिन्न क्रिया एवं प्रयोगद्वारा अनके प्रकारका अनुभव प्राप्त गर्ने अवसर मिलोस् | वास्तवमा स्कुल एउटा प्रयोगशाला हो जहाँ बालकले अनुभव र क्रियाको माध्यमबाट धेरै कुरा सिक्छ| यसरी सिकेको ज्ञान सार्थक तथा दृढ हुन्छ| सङ्क्षेपमा, भारतीय स्कुलहरूमा पुस्तकीय ज्ञानको अपेक्षा रचनात्मक तथा सृजनात्मक क्रियामा विशेष बल दिनुपर्छ| साथै बालकका  मूल प्रवृति शोधन तथा मर्गान्तिकरण गर्नको लागि अनेक प्रकारका पाठान्तर क्रियाहरूमाथि प्रोत्साहित गर्नुपर्छ|
  13. शिक्षकलाई प्रशिक्षणको व्यवस्था- भारतीय सरकारले देशमा सुप्रशिक्षित शिक्षकहरूको बढ्दो माँग अनुसार विभिन्न राज्यमा शिक्षकलाई प्रशिक्षणको व्यवस्था गर्नुपर्छ साथै राज्य सरकारले महँगाइ ध्यानमा राख्दै वेतन वृधि तथा उनीहरूको सुरक्षा पनि गर्नुपर्छ| यसले शिक्षा जगतका सबै सङ्कट हटेर जानेछन् र राष्ट्रको उन्नतिमा सक्रिय रूपले जुट्नेछन्|
  14. सामुदायिक जीवनको केन्द्र- भारतीय स्कुलमा बालकहरूलाई जीवनमा कुशलतापूर्वक भाग लिने खालको शिक्षा दिनुपर्छ यसले गर्दा उनीहरूले जीवनका कुनै काममा सफलतापूर्वक भाग लिन सकुन् | यस दृष्टिले भारतीय स्कुललाई सामुदायिक जीवनको केन्द्र बनाउनु पर्छ जसले बालकमा समाज अथवा राष्ट्रको विकास, राष्ट्रीय एकता, संवेगात्मक एकता, राष्ट्रीय अनुशासन, सच्चरित्रता, नैतिकता, आत्म-निर्भर,आफ्नो हितको रक्षा, राष्ट्रीय हित आदिलाई प्राथमिकता दिने भावना, सामाजिक कुशलता, उत्तम नागरिक तथा नेतृत्वको गुण विकसित हुन सकुन् र आफ्नो भावी जनतान्त्रिक जीवनको कर्तव्य तथा अधिकारको उचित प्रयोग गर्नु सकुन् |
  15. सामाजिक मूल्यमा बल – भारतीय स्कुलका बालकहरूको व्यक्तित्वको विकास सामाजिक वातावरणका आधारमा राखेर गर्नुपर्छ| अत: स्कुलले बालकलाई सामाजिक केन्द्र तथा पुस्तकालय आदि सामाजिक संस्थासित सम्बन्ध स्थापित गर्न तथा अनके प्रकारका सामाजिक कार्यमा भाग लिन प्रोत्साहित गर्नुपर्छ| यसले स्कुलको सानो दुनियाँ बाहिरको ठुलो दुनियासित सम्बन्ध स्थापित हुनसक्छ तथा बालकमा पनि सामाजिक गुण विकसित हुनसक्छ जुन जनतन्त्रमा निकै आवश्यक हुन्छ|

स्त्रोत: शिक्षाको सिद्धान्त, जेवियर समाज सेवा संस्थान

Last Modified : 3/4/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate