तेल शुद्धीकरण गर्ने ठाउँ भनेको कारखानाहरू हुन् जहाँ तेललाई ग्यासोलिन र अरु इन्धन र अस्फाल्ट र प्लाष्टिक जस्ता पदार्थमा परिणत गरिन्छ । तेल शुद्धीकरण गर्ने ठाउँ, नजिकै बस्ने वा काम गर्ने मानिसहरूको लागि वायु प्रदूषणको ठूलो कारण हो कारखानामा वा वरीपरी हुने रसायनले क्यान्सर, प्रजनन स्वास्थ्यमा असर, श्वासप्रश्वासको समस्या साथै अरु स्वास्थ्य समस्या जस्तैः टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाक आउन सक्छ । शुद्धीकरण गर्ने ठाउँहरू विश्व उष्णिकरण बढाउने ग्याँसहरूको मुख्य स्रोत पनि हो । शुद्धीकरण गर्ने ठाउ“लाई सुरक्षित बनाउने तेल शुद्धीकरण गर्ने ठाउँले यस्तो ठूलो स्वास्थ्य समस्या ल्याउनु पर्दैन । तेल शुद्धीकरण गर्ने विधिमा यदि तेल कम्पनीहरूले घटना र विषाक्त ग्याँस र तरलपदार्थबाट जोगाउन सक्दो प्रयास गरेमो प्रदूषणबाट बँच्न सकिन्छ । यदि तपाई र तपाईको समुदाय तेल कारखानालाई सुरक्षित बनाउन काम गर्दै हुनुहुन्छ भने तपाई आफ्नो कार्यको लागि तल दिइएको केही विचारहरूमा ध्यान दिन सक्नुहुन्छ । वायु प्रदूषणको परीक्षणले समस्यालाई चिनाउने र आकस्मिक घटना हुनुभन्दा पहिले नै त्यसमा रोक लगाउँछ । कम्पनीले वायुको निरीक्षण र समस्याको तत्काल समाधान गर्नुपर्छ । यदि उनीहरूले नगरेमा समुदायले गर्न सक्छ (पृष्ठ ४५५ देखि ४५७ हेर्नुहोस्) । ग्याँस फ्लेयरलाई सुरक्षित प्रक्रियाले विस्थापन गर्न सकिन्छ । जस्तैः ग्याँसलाई पुनः प्रयोगको लागि निकाल्ने (पृष्ठ ५११ हेर्नुहोस्) । कच्चा तेल, ग्याँसोलिन र अरु पदार्थ भण्डारण ट्यांकर सफा गर्दा, खाली गर्दा वा भर्दा विषाक्त धुवाँ निस्कन सक्छ । यस्ता धुवाँलाई राम्रो प्रक्रियाले एउटा राम्रो उपकरणमा राख्न सकिन्छ । ट्यांकरहरूबाट पानीमा र हावामा चुहावट रोक्नको लागि बारम्बार निरीक्षण गर्नुपर्छ । तेल र ग्याँसोलिनले भरिएको ट्यांकर र ढुवानी गर्ने साधान ९द्यबचनभक० बाट हावामा धुवाँ निस्कन सक्छ वा पानीमा चुहावट हुन सक्छ । विषाक्त धुवाँ र चुहावटबाट बँच्न सुरक्षा प्रणाली सँधै अपनाउनु पर्छ । ट्यांकरको बाहिरी भाग बाक्लो हुनुपर्छ । विषाक्त रसायनयुक्त फोहर पानी अक्सर पानीमा पोखिने वा चुहावट हुने गर्छ । फोहर पानी शुद्ध गर्ने प्रणाली अपनाएर यसबाट बँच्न सकिन्छ । फोहर कच्चा तेलले बढी फोहर उत्सर्जन गर्छ र जलवायु प्रदूषण गर्छ । मुख्यतया यदि कारखानाले सफा र हलुका तेलको प्रकार बनाउनु छ भने सफा तेललाई शुद्धीकरण गर्दा कम प्रदूषण हुन्छ । तेल पोखिनु जहाँ तेल हुन्छ, त्यहाँ तेल चुहावट पनि हुन्छ । पानीजहाज र ट्रकहरू घटनामा पर्न सक्छन् र पाइपलाईन रसाउन सक्छन् । चुहावटबाट बचाउनु र त्यसलाई सफा गर्नु तेल कम्पनीहरूको जिम्मेवारी हो । एउटा भनाई छ, “तेल र पानी कहिले मिसिदैन”, तर विषाक्त रसायन पानीमा मिसिन्छ र लामो समयसम्म रहिरहन्छ । तेलको बाक्लो भाग पानीको सतहमा फैलिन्छ र हावालाई पानीभित्र पस्नबाट रोक्छ । पानीमा बस्ने माछा, जनावर र विरुवाहरूले श्वास लिन सक्दैनन् । जब तेल पानीमा पोखिन्छ, त्यसको रसायनले पानीलाई पिउन लायकको छोड्दैन् । जबकी हामीले देख्न सक्ने तेल निकाली सकिएको हुन्छ । जब तेल जमीनमा पोखिन्छ, यसले माटोमा हावा पस्न दिंदैन र माटो स्वस्थ्य राख्ने जीवनहरूलाई मारिदिन्छ । जब मानिस वा जनावरको छालामा तेल पर्छ यस्तै यस्तैगरी यसलाई मारिदिन्छ । तेलले छाला ढाक्छ र हावालाई भित्र पस्न दिंदैन । विषाक्त पदार्थहरू पनि छालाबाट शरीरमा पसेर विरामी उत्पन्न गर्छ । के पानी र तेल मिसिन्छ ? यो कार्यले तेल पानीमा पोखिएपछि के असर गर्छ भनेर बुझ्न मद्दत गर्छ । समयः १.५ घण्टा सामग्रीः सिसाको सफा भाडा, पानी र तरकारी पकाउने तेल भाडालाई पानीले भर्नुहोस् । दुई चम्चा तेल मिसाउनुहोस् । दुवैलाई मिसाउन भाडालाई हल्लाउनुहोस् । १ घण्टा भाडालाई त्यत्तिकै राखिदिनुहोस् । त्यसपछि तपाईले धेरैजस्तो तेलमाथि तैरिएको देख्न सक्नुहुन्छ । तरकारी पकाउने तेलले असर गर्दैन तर सोच्नुहोस् यदि भाडा खोला भएको भए र त्यसमा तेल भएको भए । त्यसपछि समूहमा छलफल गर्नुहोस् यसका असर के हुन सक्थे । कल्पना गर्नुहोस् माछा तेलको तह भएको र हावा र सूर्यको किरण नभएको खोलामा बाँच्न कोसिस गरिरहेको छ । कल्पना गर्नुहोस् जब चरा माछा मार्न यस्तो खोलामा जान्छ । चम्चाको प्रयोग गरेर सतहबाट तेल झिक्ने कोसिस गर्नुहोस् । तपाईले सक्ने जति तेल झिकेपछि हेर्नुहोस् तेलका फोका पानीमा छन् कि भनेर । यो तेल पानमिा डुब्छ । पुरानो भनाइलाई विचार गर्नुहोस्, “तेल र पानी कहिले मिसिंदैन” । समूहमा छलफल गर्नुहोस् यदि तेल र पानी मिसियो भने के हुन्छ । तेलबाट जल प्रदूषण तेल भएको पानी पिउनु हानीकारक हुन्छ । तेल निकाल्दा जमीनबाट आउने पानी पनि विषाक्त हुन्छ । तेल शुद्ध गर्ने र विषाक्त रसायन पानीबाट निकाल्ने फिल्टर महङ्गो हुन्छ । पानी उमाल्ने सो डिस को प्रयोग गर्नाले र क्लोरिन (पृष्ठ ९२ देखि ९९ हेर्नुहोस्) हाल्नाले कीटाणु मर्छ तर तेल प्रदूषणबाट छुटकारा मिल्दैन । क्लोरिनले तेल प्रदूषणलाई अझ खराब पार्छ किनभने यो यसले फिनोल भन्ने रसायनसँग मिलेर अझै बढी विषाक्त रसायन “क्लोरोफिनोल” बनाउँछ । यदि तेल सफा गरिसकिएको छ, तपाईले पानीमा तेल, देख्न सक्नुहुन्न भने पनि अझै पनि सुरक्षित हुँदैन । धेरै विषाक्त पदार्थहरू पानीमा डुब्छन् र लामो समयसम्म बसिरहन्छन् । पानी सुरक्षित छ भनेर थाहा पाउने एउटा तरीका भनेको परीक्षण गर्नु हो । तेल पोखिएपछि कसरी सुरक्षित राख्ने तेलसँग सम्पर्क नआउने । बच्चाहरू र जनावरहरूलाई तेल पोखिएको ठाउँबाट टाढा राख्ने । सम्भव भएमा वरीपरी घेरेर खतराको चिन्हो लगाउने । तेल पोखिएको भन्दा माथिको भागको पानीको स्रोत प्रयोग गर्नुहोस् । लामो दुरी हिंड्नु परे पनि स्वास्थ्य समस्याबाट जोगिनका लागि यो कम नै हुन्छ । जहाँ तेल पोखिएको हुन्छ त्यहाँ वर्षाको पानी पिउनको लागि सबैभन्दा सुरक्षित हुन्छ । तेल पोखिएको ठाउँमा वा त्यो भन्दा पनि तलका पानीमा बस्ने जनावर जस्तैः गंगटो, झिंगे माछा र शंखे किरा नखानुहोस् । यी जीवले विषाक्त पदार्थहरूलाई स्पञ्जले जस्तै सोस्ने गर्दछन् । तेलबाट प्रभावित भएको पानीमा नुहाउनुहुन्न । यदि कोही पानीमा खसेमा, तुरुन्ते साबुन पानीले सफा गर्नुपर्छ । सरकारी प्रतिनिधि, पत्रकार, छिमेकी र स्वास्थ्य र वातावरणसँग सरोकार राख्नेहरूलाई खबर गर्नुहोस् । सामुदायिक भेला र विद्यालयहरूमा तेलको खतराबारे शिक्षा दिनुहोस् । पोखिएको तेललाई सफा गर्ने पोखिएको तेल सफा गर्नु तेल कम्पनीको जिम्मेवारी हो । कम्पनीहरूले कुनै पनि चुहावट सफा गर्न सक्छौं भनेर दावी गर्छन् । तर सत्य के हो भने सबैभन्दा राम्रो उपकरणबाट पनि पोखिएको तेल सफा गर्न कठिन र खतरापूर्ण हुन्छ । धेरै जस्तो घटनामा चुहावटबाट बँच्न मानिसहरूसँग उपकरण हुँदैन । तेल कम्पनीहरूले तेल पोखिनासाथ सफा गर्न सुरु गर्नुपर्छ । किनभने विषाक्त पदार्थहरू पानी र माटोमा गएर बस्छन् र त्यसपछि कालो बाँकी भएको पदार्थलाई जमीनबाट सफा गर्दैमा खतराको स्रोत मेटिंदैन (पृष्ठ ५१४ हेर्नुहोस्) । तेल सफा गर्नाले कामदारहरूलाई विरामी पार्छ सन् १९८९ मा अलास्का समुद्री तटमा जब एक्सोन भाल्देज नाम गरेको तेल ट्यांकर चलाइन्थ्यो, हजारौं ग्यालन तेल पानीमा पोखिने गर्दथ्यो । यो चुहावटले अनगिन्ती चरा र जनावरलाई मा¥यो र स्थानीय मत्स्य व्यवसाय नष्ट भयो । तेलको असर आजसम्म पनि देखिन्छ । एक्सोन कम्पनीले १०,००० कामदारहरूलाई तेल सफा गर्न र जनावरलाई बचाउँन लगायो । सबैभन्दा राम्रो उपकरण लिएर, तेललाई सफा गर्न र फैलिन नदिन उनीहरूले दिनको १२ देखि १६ घण्टासम्म कैयौं महिनासम्म काम गरे । उनीहरूले छालामा तेल पस्न नदिन सुरक्षित लुगा लगाए र विषाक्त धुवाँ नपसोस् भनेर मुखमा मास्क लगाए । हरेक दिनको अन्त्यमा कामदारहरूले आफ्नो वर्षादी र पञ्जा फुकाल्थे । लुगा र कामदार आफूलाई पनि रसायनले सफा गर्थे । अर्को दिन उनीहरू त्यही लुगा लगाएर काममा जान्थे । तर सुरक्षित प्रक्रियाको बाबजुद धेरै कामदारहरूले खोकी, टाउको दुख्ने, नाक बगिरहने र आलस्यपनको सिकायत गरे । “राती सुत्ने ठाउँमा सबैजना खोक्थे । त्यो क्षयरोग ९त्गदभचअगयिकष्क० को वार्ड जस्तो थियो” एउटा कामदारले भने । १० वर्षपछि धेरै कामदारहरूमा स्मरण शक्तिको कमी, फोक्सोमा हानी र क्यान्सर देखियो । ती मध्ये सयौंजना मारिसके । एकसोन कम्पनीमाथि क्षतिपूर्तिका लागि मुद्दा चलाइयो तर केही वर्षपछि उनीहरूलाई केही पनि क्षतिपूर्ति प्रदान गरिएन । यदि तपाईले पोखिएको तेल सफा गर्नुहुन्छ भने आफूलाई सुरक्षित राख्नुहोस् । यदि तपाईले वा तपाईको समुदायले पोखिएको तेल आफैंले सफा गर्नुहुन्छ वा तेल कम्पनीले सफा गर्न पैसा दिएको छ भने तपाईले थाहा पाउनु पर्ने कुराः तेल सँधै विषाक्त हुन्छ । छुनाले वा श्वास लिनाले गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन्छ (पृष्ठ ५०६ हेर्नुहोस्) । तेल सफा गर्न प्रयोग हुने घोलक पनि विषाक्त हुन्छन् र यसले पनि गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छ (पृष्ठ ५१६ हेर्नुहोस्) । धेरै दबाब भएको ज्यकभक, ढुङ्गामा भएको तेल निकाल्न प्रयोग हुन्छ त्यसले गर्दा तेल वाफमा परिणत हुन्छ (ग्याँस बन्छ) जुन श्वास लिंदा शरीरमा पस्छ । यसले घाँटी र फोक्सोको समस्या उत्पन्न गर्छ । तेल पोखाउने र सफा गराउने कम्पनीले तपाईलाई सुरक्षित लुगा दिनुपर्छ जसमा जीउमा लगाउने पोशाक, पञ्जा, जुत्ता, श्वास लिने उपकरण, चस्मा र टाउको छोप्नु पर्छ (अनुसूची १ हेर्नुहोस्) । तेलले प्रदूषित भएको पानीमा वा घोलकमा लामो समयसम्म बस्दा काम गर्दा गम्भीर स्वास्थ्य समस्या हुन सक्छ । थोरै समय काम गर्ने र कामको बीच बीचमा विषाक्त धुवाँबाट केही समयको लागि टाढा बस्नु सबैभन्दा उत्तम हो । स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका