प्रदूषित पानी खानी खनन् कार्यमा धेरै मात्रामा पानी प्रयोग गरिन्छ र साथै फोहर पनि धेरै मात्रामा नै छोडिन्छ जसले पानीका मुहान पानीमा निर्भर धेरै मानिसलाई दूषित बनाउँदछ । सबै उत्खनन कार्यले पानी प्रदूषण गर्छ र ठूला कम्पनीहरूले प्रायः ठूला समस्याहरू ल्याउँदछ । उत्खनन क्षेत्रका सतह र सतहमुनिका पानी कयौं वर्षसम्म दूषित रहन्छ । खेर गएका पानीले खेत बाँझो बनाउने, खेती र वस्तुभाउका लागि अयोग्य हुन्छ । दूषित पानीको असर उत्खनन कार्यबाट हुने छोटो अवधिको आर्थिक फाइदाभन्दा दीर्घकालीन क्षति धेरै लामो समयसम्म रहन्छ । पानी प्रदूषण कम गर्ने र जोगाउने विधि खानी खनन्को फोहरको पोखरी चुहावट हुनु नै उत्खननबाट हुने पानी प्रदूषणको मुख्य कारण हो । प्रदूषण हुन नदिन फोहर पोखरी : पानीको स्रोत वा जलाधारको निकास क्षेत्रभन्दा पर बनाउने । सतहमुनि चुहावट हुन नदिन भित्तामा परत लगाउने । उत्तम अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउनुपर्छ । चुहावट र पोखावटबाट जोगिन निरीक्षण गर्नुपर्दछ । उत्खनन कार्य सकिएपछि फोहरको पोखरी खाली गरी सुरक्षितसाथ बन्द गर्नुपर्छ । खनन्बाट एकपटक पानी दूषित भएपछि यसलाई सफा बनाउन गाह्रो, महंगो हुनुको साथै र सधैँ सफल पनि हुँदैनन् । खानी उत्खननमा अम्ल (एसिड) निकास जब पानी र हावा सतहमुनिको सल्फरसँग मिसिएर गह्रौं धातुहरू र अन्य विषाक्त खानीका फोहर धुलाउन सक्ने एसिड बन्दछ, भूमिगत खानीबाट एसिड (अम्ल) निस्कन्छ । यस विषाक्त अम्लिय मिश्रणले चट्टान खियाउँछ र माटो, भूमिगत पानी, नदी र तालमा मिसिन्छ । शुरुमा यसका खतराका केही मात्रै संकेत देखा पर्नसक्छ तर बिस्तारै यी विषयुक्त पानीले मानिस, वनस्पति, माछा र जनावरलाई बिरामी बनाउँछ । खानीबाट हुने अम्ल निकासले सयौं वा हजारौं वर्षसम्म पनि तल्लो भेगका जीवनलाई असर गर्दछ । सबैजसो खानीले एसिड (अम्ल) निकाल्न सक्छ । यसलाई रोक्न नसकिने भएकाले उद्योगहरूले खानी सञ्चालनपूर्व त्यहाँबाट अम्ल ननिस्कने प्रमाणित गर्नुपर्दछ । खानीबाट अम्ल निष्कासनलाई रोक्ने, सफा गर्न वा यसको मात्रालाई कम गर्न धेरै महंगो हुने हुँदा यसविरुद्धको अभियानले उद्योग सञ्चालन हुनुपूर्व नै यसलाई रोक्न सक्छ । खानीबाट हुने अम्ल निष्कासनविरुद्ध कदम खाली छोडिएको खानीलाई पहिचान गरेर विश्वासनीय वैज्ञानिकहरूलाई परीक्षण गर्न लगाउनुहोस् । खानी उद्योगलाई परीक्षण गर्न दिनु हुन्न किनकि उनीहरूले परिणाम मात्रै भन्छन् र झुटो बोल्न सक्छन् । खानी उद्योगसँग वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्ट देखाउन माग गर्ने जसमा अम्ल निष्कासनको बारेमा लेखिएको हुन्छ (पृष्ठ ५६० मा हेर्नुहोस्) । खानी कसरी परीक्षण गर्ने भन्ने कुरा सिक्नुहोस् र समुदायलाई तिनीहरू सुरक्षित भए, नभएको कुराको जानकारीका लागि समुदायले सम्मिलित गर्नुहोस् । खानीबाट अम्ल निष्कासन रोक्न एक मात्र उपाय पहिलो काम भनेको खानीबाट अम्ल निष्कासन हुन नदीने कुरा आग्रह गर्ने । खानी उत्खननमा प्रयोग गरिने रसायनहरू खानी उत्खनन र खनिज प्रशोधनमा प्रयोग गरिने रसायनले जमीन, पानी र हावालाई दूषित पार्दछ जसले कामदार र खानी नजिकका मानिसमा स्वास्थ्य समस्या उत्पन्न हुन्छ । उत्खननमा प्रयोग गरिने विषाक्त रसायनहरूमाः सायनाइड, सल्फ्युरिक एसिड र घोलकहरू कच्चा धातुबाट खनि छुटाउनका लागि नाइट्रिक एसिड सुरुङ्ग विष्फोट गर्न एमोनियम नाइट्रेट र इन्धन तेल गह्रौं धातुहरू जस्तैः पारो, युरेनियम र सिसा गाडी र सरसामानहरूबाट न्बकयष्लिभ, डिजेल र जोड्न र रसायनको लागि एसिटाइलिन । साइनाइड साइनाइड, कच्चा धातुबाट सुन छुट्ट्याउन प्रयोग गरिन्छ । शुद्ध अवस्थामा साइनाइडको रंग हुँदैन र तीतो बदामको जस्तो गन्ध हुन्छ । जब साइनाइड अन्य रसायनहरूसँग मिसिन्छ यसको गन्ध हराउँछ । यो धुलो, तरल वा ग्याँसको रूपमा प्रयोग गर्न सकिन्छ । साइनाइड निल्यो भने मृत्युजनक हुन्छ । चामलको गेडा जति साइनाइडले मानिसको मृत्यु गराउनलाई पर्याप्त हुन्छ । लामो समयसम्म थोरै मात्रामा साइनाइडको संलग्नमा रह्यो भने घाँटीमा गलगाँठो ९न्यष्तभच० हुन सक्छ जुन कुपोषणबाट पनि हुन्छ । सुन उत्खननको क्रममा वा खानीका फोहरयु्क्त पोखरी फुट्दा वा पोखिंदा साइनाइड पानीको स्रोतमा मिसिन सक्छ । खानी उद्योगहरूले पानीमा साइनाइड मिसिएमा तुरुन्तै खतरामुक्त हुन्छन भन्छन् । तर यो तब मात्रै सत्य हुन्छ यदि त्यहाँ प्रशस्त मात्रामा सूर्यको किरण र अक्सिजन हुन्छ भने । यसो हुँदा पनि साइनाइड अरु हानिकारक रसायनहरूसँग बाँकी रहन्छ । यदि साइनाइड सतहमुनि चुहियो भने वा यदि मौसम बादल लागेको वा वर्षा भइरहेको भए साइनाइड धेरै समयसम्म हानिकारक हुन सक्छ जसले माछा र वनस्पतिलाई मार्नुको साथै पानी पिउन र नुहाउन अयोग्य बनाउँछ । सल्फुरिक एसिड सल्फुरिक एसिड तामा उत्खननमा प्रयोग गरिने विषाक्त रसायन हो । अन्य विभिन्न उत्खनन, पानी र गह्रौ धातुहरू मिसिएर अम्ल निष्कासन हुँदा सल्फुरिक एसिड पनि निस्कन सक्छ । सल्फुरिक एसिडको कुहेको अण्डाको जस्तै गन्ध हुन्छ । सल्फुरिक एसिडको सम्पर्कले जलन, अन्धोपन वा बहिरोपन हुन सक्छ । उपचार खानी क्षेत्रमा प्रयोग गरिने रसायनहरू छाला र लुगामा पोखिन सक्छ, आँखामा पर्न सक्छ र फ्यूम श्वास लिन सक्छ । यदि कसैलाई चोट लाग्यो भने सकेसम्म तुरुन्तै औषधि उपचार गर्ने (रसायन पोखिएमा वा रसायनको सम्पर्कबाट जलन भएमा सहयोगको लागि अनुसूची १ हेर्नुहोस्) । रोकथाम गह्रौं धातुहरू लगायत विषाक्त रसायनहरूको हानीबाट बचावको सबैभन्दा उत्तम उपाय भनेको यसलाई प्रयोग नगर्नु नै हो । यदि विषाक्त रसायनहरू प्रयोग गरिरहेको छ भने यसबाट जोगिने वा यसको हानी कम गर्ने उपायहरू पनि छन् : सुरक्षा गर्ने सबै सामानहरू सम्भव भएसम्म प्रयोग गर्ने । दिनको धेरै पटक हात धुने । हात नधोइकन विषाक्त ठाउँमा काम गरिरहँदा अनुहारमा नछुने, धूमपान नगर्ने, अरु व्यक्तिलाई नछुने । खानी सञ्चालकहरूसँग धुलो र पानी प्रदूषण कम गर्न माग गर्ने । साथै समय समयमा स्वास्थ्य जाँच गराउने । रसायनहरू प्रयोग गरिरहँदा, मिसाइरहँदा वा भण्डारण गरिरहँदा कहिल्यै केही नखानुहोस् । रसायनहरू सुरक्षित तरीकाको भण्डारण गर्ने । रसायनहरूको भण्डारण धेरै रसायनहरूले आगलागी, विष्फोटन वा विषाक्त रसायनहरू छोड्न सक्छ । रसायनहरूको सुरक्षित भण्डारणले दुर्घटनाबाट जोगाउनुका साथै खानी क्षेत्रमा हानी कम गर्न समेत मद्दत गर्दछ । रसायनहरूको भण्डारणः विष्फोटक पदार्थ, विद्युतीय स्रोतहरू, सबै पानीका स्रोतहरू र गाडीहरूबाट पर राख्नुहोस् । मानिसहरूले खाने ठाउँभन्दा टाढा गर्नुहोस् । राम्ररी सूचीकृत गरिएको भाँडामा राख्नुहोस् । यदि तपाईले रसायनहरू एउटा भाँडाबाट अर्कोमा सार्नुभयो भने नयाँ नामाकरण गर्नुहोस् । खानेकुरा र पानी पिउन प्रयोग गर्ने भाँडामा रसायनहरू कहिल्यै राख्नुहुन्न । किनभने दुर्घटनावश कसैले त्यो रसायन खान वा पिउन सक्छ । रसायनको भाँडो खाली भइसकेपछि यसलाई राम्ररी सफा गरिए तापनि खान वा पिउन त्यो भाँडा प्रयोग गर्न हुन्न । बलियो ताल्चा लगाउन सकिने र राम्ररी सूचीकृत गरिएको भाँडामा रसायन भण्डारण गर्नुहोस् । स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका