निजी विशिष्ट सङ्ख्या आधार-१२ अङ्कहरूको एउटा निजी विशिष्ट संस्था हो जसलाई भारतीय विशिष्ट पहिचान प्राधिकरण, भारत सरकारको तर्फबाट सबै निवासीहरूलाई जारी गर्दछ। यो सङ्ख्या भारतमा कहीँ पनि, व्यक्तिको परिचय अनि ठेगानाको प्रमाण हुन्छ। भारतीय डाकद्वारा प्राप्त अनि यु. आइ. डी. ए. आइ.-को वेबसाइटबाट डाउनलोड गरिएको ई-आधार दुवै नै समान रूपले मान्य छ। कुनै पनि व्यक्ति जो भारतका निवासी हुन् अनि जो यु. आइ. डी. ए. आइ.-द्वारा निर्धारित सत्यापन प्रक्रियालाई पुरा गर्दछ, त्यो आधारका लागि नामाङ्कन गर्न सक्तछ चाहे उसको उमेर अनि लिङ्ग जे पनि होस्। प्रत्येक व्यक्तिले केवल एकपल्ट नामाङ्कन गराउन सक्तछ। नामाङ्कन निशुल्क हुन्छ। आधार सङ्ख्या प्रत्येक व्यक्तिको जीवनभरको पहिचान हो। आधार सङ्ख्याबाट तपाईँलाई ब्याङ्किङ, मोबाइल फोन कनेक्सन अनि सरकारी र गैर सरकारी सेवाहरूका सुविधाहरू प्राप्त गर्नलाई सजिलो हुन्छ। आधारको लाभहरू सस्तो प्रकारले र सरलतासित अनलाइन विधिद्वारा सत्यापन योग्य। सरकारी र निजी डाटाबेसमा डुप्लिकेट एवम् नकली पहिचानलाई धेरै सङ्ख्यामा समाप्त गर्नलाई अनौठो एवम् ठोस प्रयास। एउटा क्रम जो कुनै पनि जाति उत्पन्न सङ्ख्या (रेन्डम) रहित, पन्थ, क्षेत्र एवम् भौगोलिक क्षेत्र आदिको वर्गीकरणमा आधारित हुँदैन। आधार छ आधार छैन १. आधार एउटा १२ अङ्कहरूका प्रत्येक भारतीयको एक विशिष्ट पहिचान हो। नानीहरूसित मात्र एउटा अर्को कार्ड। २. भारतको प्रत्येक निवासीको पहिचान हो। प्रत्येक परिवारका लागि केवल एउटै आधार कार्ड पर्याप्त। ३. डेमोग्राफिक र बायोमेट्रिकको आधारमा प्रत्येक व्यक्तिको विशिष्ट पहिचान सिद्ध हुन्छ। जाति, धर्म अनि भाषाको आधारमा सूचना एकत्र गर्दैन। ४. यो एउटा स्वैच्छिक सेवा हो जसको फाइदा प्रत्येक निवासीले उठाउन सक्छन् चाहे वर्तमानमा उसँग कुनै पनि दस्तावेज होस्। प्रत्येक भारतीय निवासीका लागि अनिवार्य छ जससित पहिचानको दस्तावेज हुन्छ। ५. प्रत्येक व्यक्तिलाई केवल एउटा मात्र विशिष्ट आधार पहिचान आधार नम्बर दिइएको हुन्छ। एकजना व्यक्तिले मल्टीपल (धेरै) पहिचान नम्बर प्राप्त गर्न सक्तछ। ६. आधार वैश्विक इन्फ्रास्ट्रक्चर पहिचान प्रदान गर्दछ जस्तैः रासन कार्ड, पासपोर्ट आदि जस्ता पहिचान आधारित एप्लिकेसनद्वारा पनि प्रयोगमा ल्याउन सकिन्छ। आधारले अरू पहिचान पत्रहरूका स्थान लिन्छ। ७. यु. आइ. डी. ए. आइ., कुनै पनि प्रकारको पहिचान प्रमाणीकरणसित सम्बन्धित प्रश्नहरूका पक्षमा उत्तर दिन्छ। यु. डी. आइ. ए. आइ. को सूचना पब्लिक अनि प्राइवेट एजेन्सीहरूले लिन सक्छ। स्रोत :भारतीय विशिष्ट पहिचान प्राधिकरण।