किन्ने बेलामा ध्यान दिने कुरा: के गर्ने के नगर्ने कीटनाशक र जैव कीटनाशक चाहिं वैध लाइसेन्स भएको पञ्जीकृत कीटनाशक डिलरबाट मात्र खरीद गर्ने । एक विशिष्ट क्षेत्रमा एक पल्टको छर्काइ जति आवश्यकता हुन्छ, त्यतिकै कीटनाशक सामग्री किन्ने। कीटनाशकहरूको कन्टेनर या पेकेटमा मान्यता प्राप्त लेबल हेर्ने। लेबलमा बेच संख्या, पञ्जीकरण संख्या, मेन्युफेक्चर र एक्सपाइरी तिथि हेर्ने। कन्टेनरमा राम्ररी पेक भएको कीटनाशक मात्र किन्ने । फुटपाथको डिलर या यस्तो डिलर जो सित लाइसेन्स छैन, तिनीहरूसित कीटनाशक सामग्री नकिन्ने। एक साथ अधिक मात्रामा कीटनाशक नकिन्ने। कन्टेनरमा पञ्जीकृत लेबल नभएमा कीटनाशक नकिन्ने। कहिले पनि कीटनाशकको एक्सपाइरी तिथि खत्म भएको कुनै पनि सामग्री नकिन्ने। कीटनाशकहरूको यस्तो कन्टेनर जो लिक छ या खुल्ला छ या जसमा सिल छैन्, त्यसलाई नकिन्ने। संग्रहणको समयमा द्यान दिने कुरा: के गर्ने के नगर्ने कीटनाशकहरूको संग्रहण घरदेखि टाढा गर्नु पर्छ। कीटनाशकहरूलाई तिनीहरूकै कन्टेनरमा राख्नु पर्छ। कीटनाशकहरू अलग र खरपतवारनाशकलाई अलग संग्रहित गरिनु पर्छ। जुन क्षेत्रमा कीटनाशकहरूलाई संग्रहित गरिएको हुन्छ, त्यही स्थानमा चेतावनीको सङ्केत दिनु पर्छ। कीटनाशकहरूको संग्रहण यस्तो स्थानमा गरिनु पर्छ जहाँ बच्चाहरू र पशुहरूको पहुँचभन्दा टाढा होस्। संग्रहणको स्थानलाई सीधा घाम र पानीबाट बचाउनु पर्छ। कहिले पनि कीटनाशकहरूको संग्रहण घरको आँगनमा नगर्ने। कीटनाशकहरूलाई तिनीहरूको कन्टेनर बाट निकालेर कहिले पनि अर्को कन्टेनरमा नराख्ने। कीटनाशकहरू र खरपतवार नाशकको संग्रहण एक साथ गर्न हुँदैन। बच्चाहरूलाई संग्रहणको स्थानमा प्रवेश गर्ने अमुमति नदिने। कीटनाशकहरूलाई घाम र पानीमा निकाल्नु हुदैन्। प्रबन्धनको समयमा के गर्ने के नगर्ने परिवहनको बेला कीटनाशकहरूलाई अलग अलग राख्ने प्रयोग गर्ने स्थानमा अधिक मात्रामा कीटनाशक पुर्याउनका लागि अत्यधिक सावधानी अपनाउनु पर्छ। कहिले पनि कीटनाशकहरूलाई खाद्य पदार्थहरूलाई खाद्य या अन्य/ दानाहरू/का साथ नलैजाने कहिले पनि अधिक मात्रामा कीटनाशकलाई आफ्नो सिर, काँध या पीठ्युमा नलैजाने। छर्किने घोल तयार गर्दा के गर्ने के नगर्ने सधैँ सफा पानीको मात्र व्यवहार गर्ने। पञ्जा, मास्क, टोपी, एप्रन, पूरा पेन्ट आदि सुरक्षात्मक कपडाहरूको व्यवहार आफ्नो शरीरलाई कभर गर्नका लागि गर्ने। छर्किने घोलबाट जोगिन सधै आफ्नो नाक, आँखा, कान र हातहरू जोगाउने। प्रयोग गर्नुभन्दा पहिले कीटनाशकको कन्टेनरमा लेखिएको निर्देशनहरूलाई सावधानीपूर्वक पढ्ने। आवश्यकता अनुसारको छर्किने सामग्रीलाई तयार गर्ने। दानादार कीटनाशकलाई त्यसै रूपमा प्रयोग गर्नुपर्छ। स्प्रे टेङ्कलाई भर्दा छर्किन कीटनाशकको घोललाई खस्नबाट बचाउने। सधै कीटनाशकहरूको प्रयोग बताइएको मात्रामा नै गर्ने। यसतो कुनै पनि गतिविधिहरू गर्न हुँदैन, जसले तपाईको स्वास्थ्यलाई प्रभावित गर्न सक्छ। हिलो या फोहोर पानीको व्यवहार कहिले पनि नगर्ने। सुरक्षात्मक कपडाहरू बिना कहिले पनि छर्किने घोल तयार नगर्ने। कीटनाशकको घोल शरीरको कुनै पनि भागमा पर्न नदिने। प्रयोगका लागि कन्टेनरको लेबलमा निर्देशनहरूलाई पढ़्न कहिले पनि अल्छी नगर्ने। कीटनाशकको घोललाई तयार गरिसकेपछि कहिले पनि 24 घण्टापछि प्रयोग गर्न हुँदैन। दानाहरूको प्रयोग पानीसित नगर्ने। छर्किने टेङ्कलाई नसुँध्ने। कीटनाशकहरूको अत्यधिक मात्रा प्रयोग गर्न हुँदैन। यसले बिरूवाको स्वास्थ्य र पर्यावरणलाई प्रभावित गर्न सक्छ। कीटनाशकहरूको छर्किने बेलामा कहीं पनि खामपिन धूम्रपान या केही पनि गरेको हुनु हुँदैन। उपकरणहरूको छनौट के गर्ने के नगर्ने सही प्रकारको उपकरणहरूको चयन गर्ने। सही आकारको नलिकाहरूलाई चयन गर्ने। खरपतवारनाशक र कीटनाशकको छर्किन अलग स्प्रेको प्रयोग गर्ने। लिक गरिरहेको या खराब उपकरणको प्रयोग नगर्ने। खराब कुनै बताइएको भन्दा अन्य/नालिकाको प्रयोग नगर्ने। बन्द नालिकालाई आफ्नो मुखले सफा नगर्ने, त्यसको साटो दाँत सफा गर्ने ब्रसको प्रयोग गर्ने। खराब र जसलाई प्रयोग नगर्ने सलाह दिइएको छ त्यस्ता नोजलहरूको प्रयोग गर्न हुँदैन। नोजलमा मुखले हावा नहाल्ने र न हावाले फुक्ने। त्यसको सफाइका लागि स्प्रेयर वाला टुथब्रसको प्रयोग गर्ने। खरपतवारनाशक या कीटनाशक दुवैका लागि कहिले पनि एउटै स्प्रे उपकरणको प्रयोग नगर्ने। छर्किने बेलामा के गर्ने के न गर्ने मात्र बताइएको मात्रा र पानीको मात्र प्रयोग गर्ने। ठन्डा र सही मौसमवाला दिनमा मात्र छर्किनुपर्छ। सामान्यत छर्किने काम घाम लागेका दिन गर्नुपर्छ। हरेक छर्काइका लागि बताइएको स्प्रे उपकरणको प्रयोग गर्ने। छर्किने काम हावाको दिशामा गर्नु पर्छ। छर्काइपछि स्प्रे उपकरण र बाल्टिनहरूलाई डिटर्जेन्टहरूको प्रयोग गरी सफा पानीले धुनु पर्छ। छर्किने साथ त्यो स्थानमा पशुहरू र मजदूरहरूलाई प्रवेश गर्न दिनु हुँदैन। बताइएको मात्राभन्दा अधिक कीटनाशकको उपयोग नगर्ने। छर्काइ टन्टलापुर घाम लगेका दिन या तेज हावा लागेका दिन गर्नु हुँदैन। झरीको तुरन्त पहिले र झरीको तुरन्तपछि छर्किने काम गर्न हुँदैन। बेटरीबाट सञ्चालित युएलवी स्प्रे उपकरणको साथ छर्किनु हुँदैन। इमल्सिफाएबल कन्सन्ट्रेट फार्म्युलेसन्सलाई बेटरीबाट चल्ने युएलवी स्प्रेअरले छर्नु हुँदैन। हावाको विपरीत दिशामा छर्किनु हुँदैन। कीटनाशकलाई मिलाउनका लागि प्रयोग गरिएको बाल्टिनहरू र कन्टेनरलाई धोएपछि पनि घरेलू काममा प्रयोग गर्नु हुँदैन। सुरक्षात्मक कपडाहरूको बिना घोलको छर्काइको तुरन्त पछि खेतमा प्रवेश गर्नु हुँदैन। छर्किएपछि के गर्न के नगर्ने उब्रिएको स्प्रे सामग्रीलाई बञ्जर भूमि जस्तो स्थानमा फ्याक्नु पर्छ। प्रयोग गरिएको कन्टेनर या खाली कन्टेनरलाई नष्ट गर्नुपर्छ र तिनीहरूलाई जल संसाधनहरूबाट टाढा माटोमा गाडिदिनु पर्छ। केही पनि खानु या धू्म्रपान गर्नुभन्दा पहिले हात र मुख साबुनले राम्ररी धुनु पर्छ। जहरको लक्ष्ण देखिएमा सर्वप्रथम प्राथमिक उपचार गर्ने र बिमारीलाई डक्टरलाई देखाउने। डक्टरलाई खाली कन्टेनर पनि देखाउने। उब्रेको स्प्रे सामग्रीलाई नाला या नजिकको तलाउ या पानीमा बगाउनु हुँदैन। कीटनाशकहरूको खाली कन्टेनरलाई अन्य सामग्रीको संग्रहणका लागि प्रयोग गर्न दिनु हुँदैन। कपडा धुनु या नहाउनुभन्दा पहिले कहिले पनि खाना/धूम्रपान गर्नु हुँदैन। डाक्टरलाई बिखको लक्ष्ण नबताउने खतरा उठाउन हुँदैन, किनकि यो बिमार स्वास्थ्यका लागि खतरनाक हुन सक्छ। स्रोत:ppqs.gov.in