অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

प्रधानमन्त्री सुरक्षा बीमा योजना

प्रधानमन्त्री सुरक्षा बीमा योजना

प्रधानमन्त्री सुरक्षा बीमा योजना

प्रधानमन्त्री सुरक्षा बीमा योजना  एक प्रकारको दुर्घटना बीमा पोलिसी हो जसमा दुर्घटनाको समय मृत्यु अथवा अपाङग भएमा बीमाको राशिका लागि क्लेम गर्न सकिन्छ। प्रधानमन्त्री सुरक्षा बीमा योजनाको वार्षिेक प्रिमियम मात्र 12 रूपैयाँ छ। यस बीमा योजनाको अन्तर्गत 12 रूपैयाँ वार्षिक प्रिमियममा दुर्घटना बीमा गरिनेछ। प्रधामन्त्री सुरक्षा बीमा योजना 1 सालसम्म वैध रहन्छ जसलाई हरेक एक वर्षपछि रिन्यू गर्नु पर्छ । यो योजना 18–70 सालको व्यक्तिका लागि हो। प्रधानमन्त्री सुरक्षा बीमा योजनाको तहत मृत्यु एवम पूर्णतः विकलाङ्ग भएमा 2 लाख रूपैयाँ एवम आंशिक तौरमा अपाङ्ग भएमा 1 लाख रूपैयाँ  बीमा राशि दिइनेछ ।

प्रधानमन्त्री सुरक्षा बीमा योजनाको मुख्य कुराहरू

1

प्रिमियम राशि

12 रूपैयाँ हरेक वर्ष

2

कवरेज नियम

एक्सिडेन्टल कवरेज (पूर्ण 2 लाख / आंशिक 1 लाख )

3-

आयु सीमा

18 वर्षभन्दा अधिक

4

कवरेज अवधि

जबसम्म सुचारू रख्ने

योजनाका लागि योग्यता

प्रधानमन्त्री सुरक्षा बीमा योजना बाट 18 देखि 70 वर्षको व्यक्ति जोडिन सक्छन् । प्रधानमन्त्री सुरक्षा बीमा योजनासित जोडिएमामा 12 रूपैयाँ हरेक वर्षको राशि प्रिमियमको तौरमा धारकले दिनु पर्छ।

जोडिनका लागि के गर्ने

प्रधानमन्त्री सुरक्षा बीमा योजनाको हिस्सा बन्नका लागि धारकले सर्व प्रथम आफ्नो आधार कार्डलाई बेङ्कसित जोडिनु पर्छ यसको पछि हरेक वर्ष 1 जुनभन्दा पहिले एउटा फर्म भरेर बेङ्कमा दिनु पर्छ।

प्रधानमन्त्री सुरक्षा बीमा योजना प्रिमियम भुगतान

यस योजनाका लागि धारकलाई केवल 12 रूपैयाँ हरेक वर्ष दिनु पर्छ ताकि खाताबाट बेङ्कद्वारा सिधै नै काटिनेछ ।

प्रधानमन्त्री सुरक्षा बीमा योजनाको कवरेज

  1. दुर्घटनाको समय मृत्यु अथवा पूर्ण रूपले शारीरिक विकलाङ्गता भएमा 2लाख रूपैयाँ दिइनेछ ।
  2. आंशिक विकलाङ्गताका लागि 1 लाख रूपैयाँको कवरेज दिइनेछ ।
  3. प्रधानमन्त्री सुरक्षा बीमा योजनाको तहत योजनासित जोडिने  दुई अप्सन
  4. हरेक वर्ष 1 जुनभन्दा पहिला फर्म भर्नुहोस् । फर्म जमा गरेपछि बेङ्क प्रिमियम राशि खाताबाट  काटिनेछ ।
  5. दोस्रो अप्सन हो 2 देखि 4 वर्षको लामो समयको कवरेज । यदि धारकले यसलाई चुन्छ भने प्रिमियम राशि हरेक वर्ष स्वतः बेङ्कद्वारा खाताबाट काटिनेछ ।

प्रधानमन्त्री सुरक्षा बीमा योजना को सुविधा

प्रधानमन्त्री सुरक्षा बीमा योजना सबै प्रकारको नामित बीमा कम्पनीहरू एवम बेङ्कमा सुरु गरिएको छ । यसको अलावा अन्य बीमा कम्पनी ताकि सबै प्रकारको सर्तका साथ यस प्रधानमन्त्री सुरक्षा बीमा योजनालाई सुचारू गरी रहेको छ त्यो यो योजनामा सामेल छ । वर्तमान समयमा यो योजना एस.बी.आई. बेङ्कद्वारा सुरु गरिएको छ। पछि यसलाई अन्य निजी बेङ्क अथवा एल.आई.सी.को साथ पनि जोडिनेछ ।

प्रधानमन्त्री सुरक्षा बीमा योजनामा सरकारको योगदान

यस योजनाका लागि सरकारद्वारा हरेक वर्ष निर्णय लिइनेछ साथै बीमा राशि पब्लिक वेलफेयर फण्ड द्वारा दिइनेछ ।

प्रधानमन्त्री सुरक्षा बीमा योजनामा कर सुविधा

अहिले यो योजना 80 C को तहत टैक्स फ्री छ । यदि बीमा पालिसीको तहत 1 लाख रूपैयाँ दिइदै छ तर फर्म 15G या फर्म 15H जमा गरिएको छैन भने तब कूल आयको 2 % TDS काटिने छ ।

प्रधानमन्त्री सुरक्षा बीमा योजना को लाभ

  1. प्रधानमन्त्री सुरक्षा बीमा योजनाको तहत धारकलाई 2 लाख रूपैयाँ  दुर्घटना जीवन बीमा दिइनेछ ।साथै आंशिक नोकसानमा एक लाखको बीमा दिइनेछ ।
  2. यस बीमा राशिका लागि धारकलाई केवल 12 रूपैयाँ हरेक वर्ष अर्थात 1 रूपैयाँ हरेक महिनाको राशि प्रिमियमको रूपमा दिनु पर्नेछ ।
  3. भविष्यमा प्रधानमन्त्री सुरक्षा बीमा योजना प्रधानमन्त्री जन धन योजनासित जोडिनेछ।
  4. यो प्रधानमन्त्री सुरक्षा बीमा योजना बेङ्कसित जुडिएको कारणले धारकलाई प्रिमियम दिने चिन्ताबाट मुक्ति पाइन्छ किनकि यो राशि सोझै खाताबाट काटिनेछ ।

प्रधानमन्त्री सुरक्षा बीमा योजना प्रधानमन्त्री जीवन ज्योति बीमा योजनामा फरक

क्रम.स.

मुख्य बिन्दु

प्रधानमन्त्री सुरक्षा बीमा योजना

 

प्रधानमन्त्री जीवन ज्योति बीमा योजना

1

प्रिमियम राशि

12 रूपैयाँ हरेक वर्ष

330 रूपैयाँ हरेक वर्ष

2

कवरेज नियम

एक्सिडेन्टल कवरेज (पूर्ण 2 लाख / आंशिक 1 लाख )

मृत्यु कवरेज (एक्सिडेन्टल/ सामान्य )

3

आयु सीमा

18 वर्षदेखि अधिक

18 वर्षदेखि 50 वर्ष

4

कवरेज अवधि

जबसम्म सुचारू रख्ने

50 वर्षसम्म

 

स्त्रोत-

Last Modified : 10/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate