অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

अटल पेन्सन योजना

परिचय

भारत सरकार द्वारा कामगार गरिबको वृद्धावस्था आय सुरक्षा लाई ध्यानमा राख्दै र उनीहरूलाई राष्ट्रीय पेन्सन प्रणाली (एनपीएस) मा सामेल हुनका लागि प्रोत्साहित गर्ने तथा समर्थ बनाउनेमा ध्यान केन्द्रित गरिएको छ। असंगठित क्षेत्रमा कामगारहरूको बिच दीर्घ जीवन सम्बन्धी जोखिमलाई समाधान गर्न तथा उनीहरूको सेवानिवृत्तिका लागि स्वैच्छिक बचत, जुन 2011-12 को एनएसएसओ सर्वेको 66औं राउन्डको अनुसार 47.29 करोडको कुल श्रम बल को 88% छ, तर जसका लागि कुनै औपचारिक पेन्सन प्रावधान छैन, तथापि, मुख्य रूपमा 60 वर्षको आयु पछि पेन्सन लाभहरूको स्पष्टताको अभावको कारण सुरु गरिएका स्वावलंबन योजनाको तहत कवरेज अपर्याप्त थियो।

लक्षित समूह

अटल पेन्सन योजनाको तहत, अभिदाता अफ्नो अंशदान जो एपीवाईमा सामेल हुने आयुका लागि अलग-अलग छ, को आधार मा 60 वर्ष को आयुमा 1000 रूपैयाँ हरेक महिना, 2000 रूपैयाँ हरेक महिना, 3000 रूपैयाँ हरेक महिना, 4000 रूपैयाँ हरेक महिनाको निर्धारित पेन्सन प्राप्त हुनेछ। एपीवाई मा सामेल हुने न्यूनतम आयु 18 वर्ष तथा अधिकतम् आयु 40 वर्ष हो। अतः एपीवाईको तहत अंशदाता दवारा अंशदानको न्यूनतम् अवधि 20 वर्ष या अधिक छ।

एपीवाईको लाभ

अभिदाताहरू लाई 1000 रूपैयाँदेखि 5000 रूपैयाँको बिचमा निर्धारित पेन्सन, यदि ऊ 18 वर्ष दखि 40 वर्षको आयुको भित्र सामेल हुन्छ तथा अंशदान गर्छ भने अंशदान स्तर भिन्न हुनेछ तथा यदि अभिदाता शीघ्र सामेल हुन्छ भने त्यो कम हुनेछ तथा ढिलो सामेल भएमा त्यो बढ्ने छ।

एपीवाईको पात्रता

अटल पेन्सन योजना (एपीवाई) सबै बेङ्क खाताधारकहरूका लागि खुल्ला छ। केन्द्र सरकार प्रत्येक पात्र अभिदाता, जो 1 जुन, 2015 तथा 31 दिसम्बर, 2015 को बिचको अवधिमा एनपीएसमा सामेल हुन्छन् र जो कुनै सांविधिक सामाजिक सुरक्षा योजनाको सदस्य हुँदैन तथा जो आयकर दाता हुँदैन, को खाताहरूमा 5 वर्षको अवधिका लागि, अर्थात् वित्तीय वर्ष 2015-16 देखि 2019-20सम्म, कुल अंशदानको 50% या 1000/- रूपैयाँ, जति पनि कम होस, को सह-अंशदान गर्नेछ।

सामेल हुने आयु तथा अंशदान अवधि

एपीवाई मा सामेल हुने न्यूनतम आयु 18 वर्ष तथा अधिकतम आयु 40 वर्ष हो। छोडने तथा पेन्सन प्रारम्भ हुने आयु 60 वर्ष हो। यस प्रकार, एपीवाईको अन्तर्गत अभिदाता द्वारा अंशदानको न्यूनतम् अवधि 20 वर्ष अथवा त्योभन्दा अधिक हुनेछ।

एपीवाईको फोकस

मुख्यतया असंगठित क्षेत्रको कामगारहरूमा लक्षित छ।

नामाङ्कन तथा अभिदाता भुगतान

पात्र श्रेणीको अन्तर्गत स्वतः नाम सुविधावाला खाताहरूको सबै बेङ्क खाताधारक एपीवाईमा सामेल हुन सक्छ  जसको परिणास्वरूप अंशदान सङ्ग्रहण प्रभारहरूमा कमी आउनेछ। ढिलो भुगतानको दण्डबाट बच्नका लागि अभिदाताहरूलाई विनिर्धारित देय तिथिहरूमा तिनको बचत खाताहरूमा अपेक्षितशेष राशि राख्नु पर्छ। मासिक अंशदान भुगतान गर्नका लागि देय तिथिहरूको गणना पहिलो अंशदान राशिलाई जमा गर्नेको आधारमा गरिन्छ। नामाङ्कन गर्न दीर्घावधिमा पेन्सन अधिकारहरू तथा पात्रता सम्बन्धित विवादहरूबाट बच्नका लागि लाभार्थीहरू, पति-पत्नी तथा नामिनीहरूको पहिचान गर्न, आधार मूलभूत केवाईसी दस्तावेज हुनेछ।

नामाङ्कन एजेंसिहरू

स्वावलम्बन योजनाको अन्तर्गत सबै उपस्थिति बिन्दु (सेवा प्रदाता) तथा एग्रिगेटर नेसनल पेन्सन प्रणालीको ढाँचाको माध्यमले अभिदाताहरूलाई नामाङ्कित गरिनेछ। बेङ्क पीओपी अथवा एग्रिग्रेटरहरू को रूपमा परिचालन गतिविधिहरूका लागि सक्षमकर्ताहरूको रूपमा बीसी/विद्यमान गैर बेङ्किङ एग्रिग्रेटरहरू, सूक्ष्म बीमा अभिकर्ताहरू तथा म्युचुअल फण्ड एजेन्टहरूको सेवाहरू लिन सकिन्छ।

चूककालागि दण्ड

एपीवाईको अन्तर्गत, व्यक्तिगत अभिदाताहरूसित मासिक आधारमा अंशदान दिने विकल्प हुनेछ। ढिलोबाट हुने भुगतानहरूका लागि  बेङ्कहरूलाई अतिरिक्त राशि सङ्ग्रह गराउन अपेक्षित हुन्छ। यसतो राशि न्यूनतम् 1 रूपैयाँ हरेक महिनाबाट 10 रूपैयाँ हरेकमहिनाको बिच हुन्छ। जस्तै तल दर्शाइएको छ:-

  • 100 रूपैयाँ हरेकमहिनाको अंशदानका लागि-1 रूपैयाँ हरेकमहिना
  • 101 रूपैयाँ देखि 500 रूपैयाँ                        2 रूपैयाँ हरेक महिना
  • 501 रूपैयाँ देखि 1000 रूपैयाँ                       5 रूपैयाँ हरेक महिना
  • 1001 रूपैयाँ देखि ज्यादा                          10 रूपैयाँ हरेक महिना

ब्याज/दण्डको निर्धारित राशि अभिदाताको पेन्सनको कार्पसको भाग बन्नेछ।

  • 6 महिना पछि खाता फ्रिज गरिने छ।
  • 12 महिना पछि खाता निष्क्रिय गरिने छ ।
  • 24 महिना पछि खाता बन्द गरिने छ ।
  • ढिलो गरिएको भुगतानहरूका लागि अतिरिक्त राशि प्रश्नारित गर्ने
  • एपीवाई माड्यूलमा देय तिथिको माग हुनेछ तथा अभिदाताको खाताबाट राशि उसुल हुन्जेलसम्म माग भई रहन्छ।

अभिदाताहरूलाई सतत सूचना एलर्ट

एपीवाई अभिदाताहरूलाई उनको खातामा शेष राशि, अंशदान जमा इत्यादिको सम्बन्धमा आवधिक सूचना एसएमएस एलर्टको माध्यमबाट सूचित गरिन्छ।

छोड्ने तथा पेन्सन भुगतान

60 वर्ष पूरा गरेको उपरान्त अभिदाता ग्यारन्टी मासिक पेन्सन आहरित गर्नका लागि सम्बद्ध बेङ्कलाई अफ्नो आवेदन प्रस्तुत गर्ने।  60 वर्षको आयुभन्दा पहिले छोड्ने अनुमति छैन, तथापि, त्यसको अनुमति केवल अपवादिक परिस्थितिहरू, अर्थात् लाभार्थीको मृत्यु अथवा बिमारी भएमा दिइनेछ।

थप जानकारीका लागि हेर्नुहोस्

स्त्रोत: पेन्सन निधि विनियामक र विकास प्राधिकरण

Last Modified : 10/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate