অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

राष्ट्रीय शिक्षुता प्रशिक्षण योजना-एक परिचय

राष्ट्रीय शिक्षुता प्रशिक्षण योजना-एक परिचय

यस भागमा कुशल मानव शक्ति विकासका लागि प्रारम्भ प्रशिक्षण योजनाको जानकारी दिइएको छ ।

शिक्षुता प्रशिक्षण उद्योगका लागि कुशल मानव शक्ति विकसित गरिने स्रोतमा एउटा हो, जसमा प्रशिक्षण बुनियादी ढाँचाका लागि राजकोषमाथि अतिरिक्त बोझ नहाली प्रतिष्ठानमा उपलब्ध सुविधा उपयोग गरिन्छ। अवलोकन

राष्ट्रीय प्रशिक्षुता प्रशिक्षण योजना एक वर्षको कार्यक्रम हो जुन चाहिँ तकनीकीको दृष्टिले शिक्षित युवालाई ती व्यावहारिक ज्ञान तथा ती कौशलयुक्त बनाउँछ जसको आवश्यकता तिनीहरू आफ्नो कार्यक्षेत्रमा पर्छन्। यसको अन्तर्गत प्रशिक्षुहरूलाई विभिन्न सङ्गठनद्वारा उनीहरूको कार्यस्थलमा नै प्रशिक्षण दिइन्छ । यसमा सुविकसित प्रशिक्षण मड्युल उपयोग गरी प्रशिक्षित प्रबन्धकले को सुनिश्चित गर्छन् भने प्रशिक्षुगण आफ्नो काम चाँडै पूर्णताका साथ सिकून्। प्रशिक्षण अवधिमा प्रशिक्षुहरूलाई वृत्तिका राशि दिइन्छ जसको आधी राशि भुगतान चाहिँ भारत सरकारद्वारा नियोजकद्वारा गरिन्छ। प्रशिक्षणको अन्तमा प्रशिक्षुहरूलाई भारत सरकार द्वारा प्रवीणता प्रमाणपत्र दिइन्छ जसको मान्य कार्यानुभवका रूपमा देशभरको सबै नियोजनालयमा पञ्जीकृत गराउन सकिन्छ। प्रशिक्षुहरूलाई प्रशिक्षण केन्द्र सरकार, राज्य सरकार र निजी क्षेत्रका ती संस्थानमा दिइन्छ जोसित अत्युत्तम प्रशिक्षण सुविधा उपलब्ध हुन्छन्। राष्ट्रीय प्रशिक्षुता प्रशिक्षण योजना भारत सरकारको एउटा अग्रणी कार्यक्रम हो जो भारतीय युवावर्गलाई कुशल बनाउन लागू हुन्छ।

प्रशिक्षणको आवश्यकता किन ?

प्रशिक्षुता कुनै उस्ताद कारिगरको मातहतमा कुनै कला या व्यवसाय सिक्न खासै सजिलो भयो अनि यो पुरानो तरिका हो। प्रशिक्षुता प्रशिक्षण योजना एउटा यस्तो कार्यक्रम हो जसमा तकनीकी दृष्टिले शिक्षित युवा एक मुख्य प्रशिक्षकको मातहतमा यस्तो प्रशिक्षण प्राप्त गर्छन् जुन चाहिँ आधुनिक परिदृश्यमा रोजगारका लागि उपयुक्त हुन्छन्। यसमा ‘सिक र कमाऔ जस्तो अर्को लाभ पनि हुन्छ। प्रशिक्षुता कुनै कौशल सिक्ने इच्छुक एउटा प्रशिक्षु र कुशल कर्मीलाई आवश्यकता हुने रोजगार प्रदाताबिचको एउटा समझौता हो। यसमा प्रशिक्षुहरूलाई कार्य क्षेत्रसित सम्बन्धित नवीनतम अनुप्रयोग, प्रक्रिया र पद्धतिको शिक्षा देशका केही अति प्रसिद्ध संस्थाद्वारा प्रदान गरिन्छ। यो विद्यालय/महाविद्यालयको छात्रका लागि कक्षाबाट कार्यक्षेत्रमा प्रवेश गर्ने समय हुने गर्छ। यस प्रशिक्षण अवधिमा प्रशिक्षुलाई शिष्ट व्यवहारको कौशल, कार्य संस्कृति, नैतिक मूल्य तथा सङ्गठनात्मक व्यवहारको शिक्षा पनि दिइन्छ। यो सब भविष्यमा स्थाई रोजगार प्राप्त गर्न तिनीहरूको काम आउँछ। एक वर्षको प्रशिक्षण अवधिको अन्तमा प्रशिक्षुलाई कुनै क्षेत्र विशेषमा उसको दक्षतासित सम्बन्धित प्रमाण पत्र पनि दिइन्छ।

छात्र–एनएटीएस किन ?

राष्ट्रीय प्रशिक्षुता प्रशिक्षण योजना छात्रलाई केन्द्र सरकार, राज्य सरकार तथा निजी क्षेत्रका केही सर्वोत्कृष्ठ संस्थानमा प्रशिक्षण प्राप्त गर्ने अवसर प्रदान गर्छ। जो छात्र अभियाञ्त्रिकीमा डिग्री या डिप्लोमा प्राप्त गरिसकेका हुन्छन् वा +2 को व्यावसायिक योग्यता रहेको हुन्छ तिनीहरूले आफ्नो नामाङ्कन/पञ्जीयन एनयाँ टीएसको वेब पोर्टलमा गराएर प्रशिक्षुता प्रशिक्षणका लागि आवेदन गर्न सक्छन्। अभियाञ्त्रिकीमा डिग्री/डिप्लोमा धारकका लागि 126 र +2 व्यावसायिक योग्यता धारकका लागि 128 विषय-क्षेत्र छन् जसमा प्रशिक्षण प्रदान गरिन्छ। प्रशिक्षण अवधि एक वर्षे हो । प्रशिक्षणार्थीलाई वृत्तिका पनि दिइन्छ जसको 50% राशिको भुगतान भारत सरकारद्वारा नियोजक/रोजगारदातालाई गरिन्छ। छात्रगण एनयाँ टीएस वेब पोर्टल माध्यमले प्रशिक्षुता प्रशिक्षणका लागि आफ्नो पञ्जीकरण गराउन सक्छन्। छात्रहरूलाई के पनि सल्लाह दिइन्छ भने ती ‘प्रशिक्षुता मेलामा सामेल होऊन् जसको नियमित आयोजनमा यस प्रशिक्षणका लागि चयन गरिन्छ। यस प्रशिक्षण योजनाका लागि प्रशिक्षणार्थीको चयनको विशेषाधिकार नियोजक/ रोजगारदातामा हुन्छ।

संस्थानलाई प्राप्त हुने केही लाभ यी हुन्

  • कामको प्राप्ति
  • प्रशिक्षुता प्रशिक्षणका लागि आवेदन गर्नु
  • रोजगार प्राप्त गर्दा सम्बन्धित युक्तिको प्राप्ति हुन्छ

उद्योग–छात्र–एनएटीएस किन ?

राष्ट्रीय प्रशिक्षुता प्रशिक्षण योजना भारत सरकारको एउटा अग्रणी कार्यक्रम हो जसको लक्ष्य हो – आउने समयको माग पूरा गर्नका लागि भारतीयलाई कुशल बनाउनु हो। यो योजना रोजगारदाताको आवश्यकता र बाजारमा उपलब्ध छात्रहरूको मेधाको मध्यको अन्तराललाई घटाउँछ। यो सङ्गठनलाई के सुविधा दिन्छ भने तिनीहरू तकनीकी दृष्टिले शिक्षित नयोँ प्रत्याशीको नियुक्ति गरिओस्, भारत सरकारको अनुदानमा उनीहरूलाई एक वर्षसम्म प्रशिक्षित गरिओस् तथा आवश्यकता भएमा उनीहरूको नियमित कर्मचारीका रूपमा नियोजित गरिओस्। यी प्रशिक्षुहरूको पूर्ण नियन्त्रण प्रशिक्षु अधिनियम 1961 द्वारा हुने गर्छ। प्रशिक्षुहरूलाई नियोजित गर्ने सङ्गठनमा आवश्यक आधारभूत संरचना हुनै पर्छ अनि यस्तो प्रशिक्षित प्रबन्धक हुनुपर्छ जसले चाहिँ यी प्रशिक्षुहरूलाई प्रशिक्षित गर्न सकून्। यस प्रकारको राष्ट्रीय प्रशिक्षुता योजनाले यस्तो प्रतिभाको एक सतत निधि तयार गर्न सहायता प्रदान गर्छ जो इष्टतम लागतमा उद्योगमा तत्काल खपने लायक होस् अनि जो कुनै सङ्गठनको मानव-संसाधन सम्बन्धी आवश्यकता पूर्तिमा सहायक हुन सकोस्। प्रशिक्षुहरूको चयन नियोजकको विशेषाधिकार हो।

उद्योग जगतलाई हुने केही लाभ निम्नलिखित छन् :

  • आफ्नो रिक्तिस्थानको विज्ञापन गरिओस्।
  • प्रशिक्षु प्रशिक्षणार्थीको चयन गरिओस् ।
  • रोजगार प्राप्तिले गर्दा सम्बन्धित युक्ति दर्शाइओस्।

संस्थान- छात्र–एनएटीएस किन?

राष्ट्रीय प्रशिक्षुता प्रशिक्षण योजना शिक्षण संस्थानलाई सहायता गर्नु छ ताकि उसले आफ्नो उत्तीर्ण छात्रहरूलाई नियोजन अग्रणी संस्थामा प्रशिक्षु प्रशिक्षण का लागि गराउन सकून्। केन्द्र सरकार, राज्य सरका एवम् निजी क्षेत्रको संस्थाहरूले यस प्रशिक्षु प्रशिक्षणका लागि प्रत्याशी नियोजन गर्छन्। यस योजनाको लाभ लिने इच्छुक संस्थालेई के चाहिन्छ भने उनीहरूले आफ्नो पञ्जीकरण एनयाँ टीएस वेब पोर्टलमा गराऊन्। जिल्ला, ब्लक आदिमा स्थित संस्थानलाई आफ्ना उत्तीर्ण छात्रहरूलाई नियोजित गराउन गारो हुन्छ किनभने उहाँ औद्योगिक समुच्चको अभाव हुन्छ। यो योजनाले यस्तो संस्थानको सहायता गर्छ ताकि उनीहरूले आफ्नो छात्रहरूको पहुँच उत्तम अवसर बनाउन सकिओस् जुन चाहिँ अहिलेसम्म सिर्फ शहरी छात्रहरूलाई मात्र उपलब्ध थियो। प्रशिक्षुता प्रशिक्षण परिषद/व्यावहारिक प्रशिक्षण परिषदका साथ सम्बन्धित हुने हुँदा संस्थानलाई बजार तथा उद्योगको तात्कालिक आवश्यकताको थाहा लागोस् जसद्वारा उनीहरूले वर्तमान परिदृश्यको अनुरूप आफ्नो पाठ्यक्रम तथा प्रशिक्षण कार्यक्रम निर्माण गर्न सकून्।

संस्थानलाई हुने लाभबाट केही निम्नलिखित छन् अनि यसलाई आफ्नो छात्रहरूका लागि सम्बन्धित सूचना अपलोड गरिओस्।

  • उद्योगको साथ संवाद बनाइओस्।
  • नियोजन सम्बन्धी युक्ति दर्शाइओस्।

स्त्रोत : राष्ट्रीय शिक्षुता प्रशिक्षण योजना, मानव संसाधन विकास मन्त्रालय,भारत सरकार



© 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate