हैजा, एउटा सामुदायिक स्वास्थ्य समस्या हो जुन वातावरणीय कारणले प्रदूषित पानीबाट फेलिनेबारे ग्लोरिया र उसका अन्य स्वास्थ्य प्रवर्द्धक साथीहरू सजिलै पहिचान गर्न सफल भए । जसको कारण मंगलाराल्टो र त्यस क्षेत्र वरिपरिका अधिकांश मानिसहरू बिरामी पर्ने गर्थे । यस समस्या एवं समाधानबारे गाउँका सबैलाई शिक्षा दिन स्वास्थ्य प्रवर्द्धक एवं गाउँले स्वास्थ्य शिक्षाकर्मी घरघर गए । एक पटक प्राथमिक उपचारको कारण सबैको मन जित्न सफल भएपछि गाउँमा अन्य स्वास्थ्य समस्याको साथै हैजाको मूल जरोको उन्मूलनतर्फ काम गर्न थालियो ।
सामुदायिक सहभागिता तथा शिक्षा कार्यक्रमद्वारा हैजाको मूल कारण पत्ता लगाई उन्मूलनतर्फ काम गर्नुको साथै गाउँमा अन्य धेरै वातावरणीय स्वास्थ्यमा सुधार आउन ु सुधारका स्नान गान्तमा आफ्नो जीवन प्रितष्ठा पिन सन्त िस्थत दै गयो ।
स्वास्थ्य समस्याको कारणहरूको बारेमा जान्नका लागि धेरै थरीका प्रश्नहरू सोध्नुपर्छ र बढीभन्दा बढी जानकारी विभिन्न प्रकारले जम्मा गर्नुपर्दछ । समुदायमा प्रायःजसो निकै ठूलो र बलियो द्वन्द्वहरू हुन्छ जसलाई सामाधन गर्न निकै लामो छलफल तथा प्रयास गर्नुपर्ने हुन्छ । हरेक समुदायमा फरक फरक तरीका एवं कार्यक्रले परिवर्तन ल्याउन सकिन्छ । “सबैका लागि स्वास्थ्य" कार्यक्रमले यस्ता केही वातावरणीय र स्वास्थ्य समस्यको मूल जडो पत्ता लगाउन र यसलाई परिवर्तन गर्न सक्ने केही सफल उदाहरणहरू प्रस्तुत गरेका छन् ।
वर्षौंदेखि इक्वाडोरकेा तटिय क्षेत्रका हिल्लामे पहाडमा गरिबी र विकट क्षेत्रमा बस्दै आएकोले धेरै मानिसहरू दुखी थिए । उनीहरूलाई आफ्नो जीवन कसरी उकास्ने बारे जानकारी थिएनन् । हरेक दिन कठिन थियो र मानिसमा नयाँ र राम्रो भविष्यको कल्पना गर्न पनि विश्वास गर्न सक्ने स्थिति थिएन ।
ग्लोरिया र सबैका लागि स्वास्थ्य कार्यक्रमका अन्य स्वास्थ्यकर्मी साथीहरूले हैजा जस्तो तत्काल स्वास्थ्य समस्या समाधानका लागि काम गर्ने क्रममा धेरै जनाको ज्यान जोगाएको थियो । स्वास्थ्य प्रवर्द्धक, स्थानीय संघ संस्था र गाउँलेहरूको सहकार्यबाट प्राप्त गरेको हैजा जस्तो महामारी रोक्न पाएको सफलताले गर्दा उनीहरूलाई अन्य समस्याहरूसँग लड्न सक्ने अझ बढी विश्वस्त एवं तयार हुन बल पुग्यो । जुनबेला ठूलो समुद्री आँधीले गरेका सबैजसो कामलाई क्षति पुयाई दिएका बेला गाउँलेहरू समूहगत तरीकाले परिचालित भएर ती क्षतिको पीडाबाट मुक्ति पाउन सफल भए । त्यसपछि उनीहरू अन्य समस्या समाधानका लागि अग्रसर भए । उनीहरूको कामले नै आज एउटा स्वस्थ्य समुदायको रूपमा परिणत भईकन सबै उज्जवल भविष्य बनाउनेतर्फ लागिरहेको छ ।
वातावरणीय स्वास्थ्यमा सुधार चाँडै हुँदैन । मंगलाराल्टोमा स्वास्यकर्मीहरूले पहिले हैजालाई पुनर्जलीय झोल दिएर उपचार गयो र पछि पानीको स्रोत नै सफा पार्ने काम गरेर रोकथाम गर्ने प्रयास गरियो । पछि आएर उनीहरूले समूहगत रूपले खानेपानी प्रणाली र खाल्टी चपी निर्माण गरेर दीर्घकालीन रूपले समस्या समाधान गरे । तर यी सबै काम धेरै समय पछाडि जब उनीहरूको गाउँमा ठूलो समुद्री आँधी आएर सबै विकासका पूर्वाधारहरूलाई बगाएर लगिसकेपछि भूक्षय र बाढीको कारणले भएको भन्ने बुझे । जुनचाहिं अति वन फडानीको कारणले भएको भनेर थाहा पाए । दीर्घकालीन परिवर्तन ल्याउनका लागि उनीहरूलाई समस्याको मूल कारण बुझन आवश्यक भयो ।
कहिलेकाहीं सफल हुनका लागि हामीले धेरै संघर्ष र धेरै पटकको असफलता पछि मात्र सफलता प्राप्त हुन्छ । प्रायः हामीले केकेले राम्रो काम किन गर्दछ भन्ने कुरा केकेले काम गर्दैन भन्नेबाट सिक्दछौं। वातावरणीय स्वास्थ्यमा सुधार ल्याउन समय लाग्दछ जसको लागि निम्न चारवटा परिवर्तन ल्याउनु आवश्यक पर्छ ।
• पूर्वाधारहरूको विकासमा परिवर्तनः खानेपानी प्रणाली, घर वा अन्य निर्माणहरूमा परिवर्तन ।
• उपभोगशैलीमा परिवर्तनः सामग्री किनमेल गर्दा बट्टामा प्याक गरेका सामानहरू नकिन्ने, हानीकारक सफाई गर्ने रसायनहरू र प्लाष्टिकहरूको खोलमा राखेको सामानहरू नकिन्ने र उपभोग नगर्ने प्रवृत्तिको विकास गरेर ।
• व्यवहारमा परिवर्तन हाम्रो व्यवहारमा परिवर्तनु जरुरी छ । जस्तै: सँधै सावुन पानीले हात धुने, पुनः प्रशोधनको लागि फोहरलाई स्रोतले छुट्याउने वा नयाँ तरीकाबाट बालीनाली उब्जाउने प्रवृत्तिको विकास गर्ने ।• राजनैतिक परिवर्तनः निर्णय प्रक्रियामा स्थानीय मानिस, संस्थाहरू, केन्द्रीय सरकार र अन्यबीचमा शक्ति बाँडफोडमा परिवर्तन जसले वातावरणलाई असर पार्दछ ।
सामूहिक रूपमा गरेको कामले मानिसलाई स्वास्थ्य समस्याको मूल कारण बुझन र परिवर्तनका लागि योजना बनाउन सहयोग पुयाउँदछ । कुन कार्यक्रम लागू गर्ने भन्ने कुरा, के जान्नु पर्ने ? के गर्न खोजिएको छ ? के गर्न खोजिएको र यसका लागि के के स्रोत उपलब्ध छ, आदि कुरामा निर्भर गर्दछ । कार्यक्रमहरू यसप्रकार हुन सक्दछ ।
प्रायःगरी वातावरणीय स्वास्थ्य एउटा सामुदायिक मुद्दा हुने गरेको पाइन्छ । जसको सुधारको लागि मानिसहरू सँगै मिलेर काम गर्नुपर्ने हुन्छ । जहाँसम्म लक्ष्य एउटा महामारीबाट हुने क्षतिलाई कम गर्नुहोस्, सामुदायिक बगैंचा बनाउनलाई होस्, खानी वा उद्योग नजिक बसोबास गरिरहेको मानिसको स्वास्थ्य वा सुरक्षाको लागि होस् वा अन्य कुनै वातावरणीय स्वास्थ्यको मुद्दा नै किन नहोस्, धेरै मानिसको समस्याप्रतिको साझा सामूहिक बुझाई र समाधानका लागि सामूहिक प्रतिबद्धता जाहेर भएमा धेरै सफलता पाउन सकिन्छ ।
पुरुषको भन्दा छुट्टै समूहमा सहभागी भैरहेको बेला कुनै कुनै समुदायमा महिला र केटी संगठित रूपले सञ्चालन गरेको कार्यक्रममा बढी सक्रिय सहभागिता जनाउँदछन् । त्यसपछि महिला समूहले आफ्नो विचारहरू ठूलो समूहको अगाडि प्रस्तुत गर्दछ । यसरी महिला र केटीहरूले सम्पूर्ण समुदायको अगाडि संगठित बलियो स्वरमा आफ्नो कुरा राख्ने अवसर पाउँदछ । महिला एवं केटीहरूको आवाजलाई बुलन्द बनाएर र उनीहरूलाई नेतृत्वसम्बन्धी सीप सिकाए भने एउटा सम्पूर्ण समुदाय नै बलियो बन्दछ ।
स्वास्थ्य समस्याबारेमा एउटै साझा समझदारी बनाउन मानिसहरू एक आपसमा कुरा गर्नुपर्दछ । निर्देशित छलफल समूहगत रूपमा भएमा मानिसहरू एक आपसमा प्रश्न उत्तर गरेर एउटा निश्चित प्रश्नको उत्तर पहिल्याउन सकिन्छ ।
“तर किन ?” अभ्यास (पृष्ठ ७, १२, ३८, ४८ र ४२२ हेर्नुहोस्। एक किसिमको निर्देशित छलफल हो । छलफलको लागि नक्सा बनाउनु (पृष्ठ ५९ र २६०) र संरचनाको नक्सा बनाउनु (पृ. सं. २६६) पनि एक किसिमको निर्देशित छलफल हुन् ।
व्यक्ति जसले छलफललाई निर्देशित गर्छ। सहजकर्ता वा एनिमेटर भनेर जनाउँदछ । यस पुस्तकमा समावेश गरिएका धेरैजसो कार्यक्रमहरूमा सहभागी सबैको आफ्नो ज्ञान, सीप र योग्यताको आधारमा सक्रिय सहभागिता सुनिश्चित गर्न र छलफललाई एउटा निचोड र खास कार्यतिर लक्षित गर्नेतर्फ लग्नलाई सहजकर्ताको आवश्यक पर्दछ ।
सामुदायिक नक्सा एउटा कार्य हो जसमा मानिसहरूले आफ्नो समुदायमा भएका कुराहरू देखेको र जानेको आधारमा नक्सा कोर्दछ ।
सामुदायिक स्वास्थ्य नक्सा तयार पारेर मानिसहरूले निम्न कुरा थाहा पाउन
नक्सा बनाएर मानिसहरूलाई स्वास्थ्य समस्याको प्रकृति हेर्नमा मद्दत पुयाउनुको साथै समस्याको मूल कारणहरू पहिचान गर्न र समुदायमा यी स्थितिहरू समयअन्तरालमा कसरी परिवर्तन भएको छ आदिबारे जानकारी प्रदान गर्दछ ।
एउटा नक्साले मानिसहरूलाई आफ्नो समुदायभित्र रहेको सामूहिक स्रोत र थाहै नपाएका समुदायको सक्षमताबारे पहिचान गराउन मद्दत गर्दछ र नक्सा कोर्ने अभ्यासले यी महत्वपूर्ण परम्परागत र पवित्र स्थान र स्रोतहरूलाई बचाउन पनि मद्दत पुयाउँदछ। (पृ. ६८, १६४, ४४३ हेर्नुहोस्) ।
प्रायःजसो मानिसहरूमा सामुदायिक समस्याबारे र त्यसको समाधानबारे फरक फरक मत हुन्छ । सबैलाई समुदायमा रहेको समस्याहरूबारे एक आपसमा जानकारी गराउन र ती समस्याहरूलाई समाधान गर्न अल्पकालीन र दीर्घकालीन रूपले काम गर्नेतर्फ मानिसहरूलाई
प्राथमिकता क्रम निर्धारण गर्ने प्रक्रियालाई “आवश्यकता मूल्याङ्कन" भनिन्छ (आवश्यकता मूल्याङ्कनको उदाहरणको लागि पृष्ठ ७२, ११० र २२१ हेर्नुहोस् । एउटा राम्रो आवश्यकता मूल्यांकन प्रक्रियाले सबैको आवश्यकता र योग्यतालाई योजनामा समायोजन गर्न मद्दत पुयाउने सुनिश्चित गर्नुपर्दछ ।
जस्तै: असुरक्षित खानेपानीको स्रोत, प्रदूषण फैलाउने व्यवसाय वा इन्धनको कमी आदि पत्ता लगाउन कोशिस गर्दछ । सामूहिक रूपमा स्वास्थ्य भ्रमण गर्दा समुदायका मानिसहरू एक आपसमा समस्याबारे जानेको कुरा आदान प्रदान गर्दछ । पछि उनीहरू सम्भाव्य समाधानको लागि सँगै मिलेर काम गर्दछन् । बढीभन्दा बढी मानिसको सहभागिता हुनु धेरै राम्रो हुन्छ (उदाहरणको लागि पृष्ठ ३९१ र ४४३ हेर्नुहोस् ।
समुदायको समस्या र आवश्यकतालाई राम्ररी बुझन अर्को उपाय चाहिं पहिले र अहिलेको अवस्थालाई तुलना गर्दा थाहा पाउन सकिन्छ । त्यसपछि भविष्यमा कस्तो हेर्न चाहन्छ भन्ने बारे सोच्नु पर्दछ । यसको लागि एउटा उपाय चाहिं गाउँका बुढापाकाहरूसँग समुदायकोबारेमा थाहा भएका कथाहरू एकत्रित गर्नुपर्दछ ।
यस कार्यमा युवाहरूले अगुवाइको भूमिका निर्वाह गरेमा पुरानो र नयाँ पुस्ताबीचमा मान मर्यादा र समझदारी बढाउँदछ । यसले सबैले चाहेको समुदायको पुरातत्व, मूल्य र मान्यतालाई संरक्षण गर्न पनि मद्दत पुयाउँदछ ।
एउटा समुदाय समय सीमा जस्तै: सडक निर्माण गरेकेा समय, एउटा उद्योग खुलेको समय, एउटा बाँध बनाएको बेला आदिले एक पिढीदेखि अर्को पिढीसम्म कसरी परिवर्तन भएको रहेछ बारे जान्न मद्दत पुयाउँदछ ।
चित्र र नक्साको आधारमा स्थानीय ठाउँमा भएको खेतवारी, वन जंगल, बसोबास, नदीनाला, ताल तलैयामा समय अन्तरालमा आएको परिवर्तनलाई वातावरणीय नक्साको प्रयोगबाट पनि बुझन र एक आपसमा जानकारी गराउन सकिन्छ (पृ. १६४ मा हेर्नुहोस् ।
नक्सा बनाएर वा हेरेर समस्याको समाधान पहिल्याउन मद्दत पुग्दछ । जुन अरु अवस्थामा थाहा पाउन गाह्रो हुन्छ । नक्साले निर्देशित छलफल गर्न मुद्दत पुयाउनुको साथै र लेख्न पढ्न नजान्ने मानिसलाई पनि आफ्नो मनको कुरा राख्न र छलफलमा भाग लिएर नेतृत्व निर्वाह गर्न मद्दत पुयाउँदछ (उदाहरणको लागि पृ. ५०,५४, र २७५ मा हेर्नुहोस् ।
कुनैकुनै समुदायहरूमा मानिसहरू मिलेर घरको भित्तामा चित्र कोरेर समस्या दर्शाउँछन् र भविष्यमा स्वस्थ्य र राम्रोको आशा गर्दछ । सामुदायिक शिक्षामा नक्सा कोरेर काम गरेको बारे जान्न हेस्पेरियनको "Helping Health Workers Learn" नामक पुस्तक हेर्नुहोस् ।
सामुदायिक सर्वेक्षण एउटा जानकारी संकलन गर्ने व्यवस्थित उपाय हो । सामुदायिक सर्वेक्षण मानिसहरूको स्वास्थ्य समस्याहरू पत्ता लगाउन, मानिसहरूको सोच र विश्वास रहेको समानता र भिन्नता पत्ता लगाउन वा विभिन्न योजनाहरूका लागि सहयोगको मापन गर्नका लागि उपयोग गरिन्छ ।
सर्वेक्षणको बेला एउटै प्रश्न सबै सहभागी मानिसहरूसँग एकै किसिमले गरिन्छ । सर्वेक्षण घरमा, कार्यालयमा, स्कूलमा, मन्दिर, मस्जिद, अन्य मानिसहरू भेला हुने ठाउँमा वा टेलिफोनमार्फत् र चिट्ठीपत्रको माध्यमबाट पनि गर्ने गरिन्छ । सार्वजनिक बैठकमा भाग नलिएर मानिसले आफ्नो व्यक्तिगत सोचलाई सर्वेक्षणको दौरान बाँड्न सक्छ । कहिले पनि बाहिरी बैठक वा सार्वजनिक सरोकारको मुद्दामा सहभागी हुनबाट बञ्चित मानिसको विचार तथा चासो समावेश गर्ने एउटा अवसरको रूपमा सर्वेक्षणलाई लिन सकिन्छ (सामुदायिक स्वास्थ्य सर्वेक्षणको लागि “तेलबाट प्रभावित समुदायको स्वास्थ्य अध्ययन" पृष्ठ ५०० देखि ५०५ सम्म हेर्नुहोस् ।
नाटक एउटा मानिसलाई रमाइलो तथा मजाकिलो पाराले समस्या र समाधानको उपाय पहिचान गर्ने माध्यम हो । मानिस आफ्नो अनुभव कलाको माध्यमबाट प्रस्तुत गर्दै अरुको अनुभवबारे सोच्दछ । कुनै मुद्दा वा द्वन्द्वबारे नाटकीय रूपमा अन्य समय र स्थानमा प्रस्तुत गरेर सजिलै मानिसलाई समाधानार्थ सोंच्न सक्षम बनाउन सक्दछ ।
सामाजिक नाटकले मानिसलाई एउटा समस्याको बारेमा र यसको कारण र असरबारे प्रस्तुतीकरण गर्न मद्दत गर्दछ । वनजंगल स्रोतमा आधारित द्वन्द्वबारे गरिएको सामाजिक नाटक बारे पृष्ठ १८६ देखि १८८ मा प्रस्तुत गरिएको छ । सामाजिक नाटकले धेरै सम्वेदनाहरू प्रस्तुत गर्न मद्दत पुयाउँदछ । कोही कोही सामुदायिक कार्यक्रमको अन्त सबैजना मिलेर एउटा सामूहिक गीत गाएर समापन गर्दछन् वा अन्य कुनै आपसी सहयोगी किसिमको कार्यक्रमको आयोजना गरी अन्त्य गर्दछन् ।
अन्तरक्रियात्मक नाटक एक किसिमको सामाजिक नाटक हो, जसमा सबैजना सहभागी हुनुको साथै एक अर्काले रोकेर आफू स्वयं अभिनय गर्न शुरु गरी समस्याको अकॉ समाधानको बारेमा o अभिनय गर्दछ । यो प्रक्रिया खासगरी - निमखा निर्वलको सहयोगी क नाटकको रूपमा पात्रहरू एवं समस्या समाधान यसमा आफ्ना आफ्ना मनको कुरा अभिनयको माध्यमबाट सबैलाई सजिलै जानकारी दिन सकिन्छ ।
यसमा सामाजिक नाटक जस्तो पूर्व तयारी चाहिँदैन र विभिन्न विषय वस्तुहरूलाई प्रष्ट गर्दै द्वन्द्व समाधानकोलागि मद्दत पुयाउँदछ । मानिसहरू विभिन्न भूमिकामा वास्तविक जीवनका स्थितिमा के गर्ने गरेको कुराबारे अभिनय गर्दछन् । मानिसहरू किन एउटा निश्चित प्रकारको भूमिका खेल्दछन् भन्ने कुरा अभिनयको माध्यमबाट छलफल एवं पुनः अभिनय गरेर बुझन सक्दछन् ।
रंगमञ्चमा दरिलो भूमिका प्रस्तुत गरेर मानिसको जीवन पद्धतिमा परिवर्तन ल्याउने भन्दा वास्तविक जीवनमा परिवर्तन ल्याउन साह्रै कठिन हुन्छ । शक्तिशाली व्यक्तिहरूसँग कसरी व्यवहार र छलफल गर्ने कुराबारे पूर्वतयारीको लागि अभियन गर्ने क्रियाकलापले जान्न मद्दत गर्दछ । यसले मानिसलाई वास्तविक जीवनमा शक्तिशाली व्यक्तिहरूसँग संघर्ष गर्न बल पुग्दछ र अन्य तरीका अपनाउन मद्दत पुग्दछ ।
कठपुतली नाच मानिसको ठाउँमा कठपुतलीको प्रयोग गरी सामुदायिक द्वन्द्रसम्बन्धी कथामा अभिनय गराउँदछ । यसले मानिसलाई हसाउँदछ र नजानिँदो पारामा विषयवस्तुसम्बन्धी जान्न र हेर्न मद्दत पुयाउँदछ । कतिपय मानिसहरूलाई कठपुतली नाचको माध्यमबाट मञ्चमा अभिनय गर्नुभन्दा बढी सजिलो हुने गर्दछ ।
यस पुस्तकको विभिन्न अध्यायमा उल्लेखित कामहरू वातावरणीय स्वास्थ्यसम्बन्धी निश्चित सवालहरूलाई रोज्नका लागि राम्रो छ । यसले हामीलाई राम्रो मुदायमा परिचालित हुन पनि मद्दत गर्दछ । यसलेः • कुनै निश्चित विषयका समस्याहरूको पहिचान गर्न वा वार्तालाप गराउन मद्दत पुयाउँदछ Wi (पृष्ठ ५९, ६९, ७२, २६० र ४६८ मा हेर्नुहोस् । • समूहलाई निर्णयहरू लिन र विभिन्न जरुरी र उपायहरू छान्न मद्दत पुयाउँदछ । • सूचना संकलन, ज्ञान आदान-प्रदान र हामी आफैंलाई र वातावरणलाई हेर्ने दृष्टिकोण (हेराई) मा परिवर्तन ल्याउँदछ। (पृष्ठ ५०, ५४,९०, ३९१ र ४४३) ।
जस्तै: स्वास्थ्य भ्रमण गर्ने बेला वा पछि सामुदायिक नक्सा बनाउन, आवश्यक निर्धारण गर्ने क्रममा नाटकीय भूमिका निर्वाह सामूहिक रूपमा गर्न सकिन्छ । सबभन्दा महत्वपूर्ण कुरा के हो भने यसले मानिसलाई आवश्यक जानकारी जम्मा गर्न, ज्ञान बाँड्ने र बुझाइलाई निखार्ने आदिका लागि मद्दत पुयाउँदछ । यसले वातावरणीय समस्याको मूल कारणको समाधान गर्ने काम, संगठीत हुने काम र हौसला बढाउने काममा प्रोत्साहन गर्दछ ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका ।
Last Modified : 3/5/2020