स्वास्थ्यमा सुधारको आवश्यकता सबैलाई प्रष्ट छ । तर तपाईंले वातावरणीय स्वास्थ्य कसरी सुधार गर्नुहुन्छ ?
वातावरणीय स्वास्थ्यको करा गर्दा विश्वव्यापी रूपमा हाम्रो स्वास्थ्यमा असर परिरहेको कुरालाई सम्झिनु पर्दछ । साथै हाम्रो क्रियाकलापले स्वास्थ्यमा विश्वव्यापी रूपमा कसरी असर परिरहेको भन्ने कुरालाई सम्झिनु पर्दछ । प्रदूषित खाना, पानी र हावा सेवनले हामीलाई बिरामी तुल्याउँदछ। यदि हामी हावापानी तथा जमिन कसरी प्रयोग गरिन्छ त्यसबारे सचेत नभए हामीले आफूलगायत आफ्नो वरीपरीका सबैजनालाई बिरामी तुल्याउँदछौं। आफ्नो वातावरणको संरक्षण गरेर हामीले हाम्रो स्वास्थ्यको संरक्षण गछौं।
वातावरणीय स्वास्थ्यमा सुधार प्रायः एकजना वा एउटा समूहको स्वास्थ्य समस्याको पहिचानले गर्दा मात्र शुरु नभइकन पूरै समुदायको स्वास्थ्यमा समस्या देखा परेपछि हुने गरेको पाइन्छ। जब हामी समस्याको बारेमा एक अर्कासँग कुरा गछौं त्यतिखेर मानिसहरू प्रायःजसो समूहगत रूपमा परिवर्तन ल्याउने काम गर्दछन्।
यो अध्यायमा एउटा एक्वाडोरको मंगलाराल्टो शहरमा रहेको स्वास्थ्य केन्द्रको कथा सुनाउँदछौं जहाँ स्वास्थ्यकर्मीहरूले हैजा जस्तो भयानक बिरामीलाई रोक्न सकेका छन्। त्यसपछि मानिसहरूले फेरी समूहगत रूपमा काम गरेर अन्य स्वास्थ्य समस्याहरूलाई निराकरण गर्ने उपाय अपनाए।
एक्वाडोरको एउटा समुन्द्री किनारमा ६ महिना पूरै सुख्खा एवं ६ महिना पूरै पानी पर्ने भएको कारण खाद्यान्न उत्पादन गर्न निकै कठीन पर्दछ । त्यहाँ बजारहरू पनि निकै थोरै मात्र छन्। सरकारले पनि अति आवश्यक सेवाहरू जस्तै: सफा पानी, सरसफाई, शिक्षा, स्वास्थ्य सेवा राम्ररी पुयाउन सकेको छैन। जब सन् १९९१ मा हैजाले त्यस क्षेत्रलाई ग्रसित पायो धेरैजसो मानिसहरू यस रोगसँग लड्न तयार थिएनन् र धेरै मानिसहरू बिरामी भए।
दिनप्रतिदिन मानिसहरूले बिरामीलाई नजिकैको मंगलारातो स्थानीय स्वास्थ्य सेवा केन्द्रमा ल्याउन थाले। बिरामीहरू साह्रै कमजोर, काम्ने, ज्वरो लागेका र निकै पातलो पानी जस्तो दिसा (पखाला) लागेको देखिन्थे। प्रायको शरीरबाट एकदमै पानी बगेको शरीर सुख्खा भएको थियो। स्वास्थ्यकर्मीहरूले यो बिरामी भयानक हैजाको महामारी भएको विश्वास गरे र उनीहरूले तुरुन्तै केही रोकथामको उपाय नअपनाए निकै ठूलो संख्यामा मानिसहरूको मत्यु हुने निश्चित थियो।
हैजाले खानेपानीलाई प्रदूषित पार्नुको साथै एक व्यक्तिबाट अर्को व्यक्तिमा सजलै सर्ने भएकोले स्वास्थ्यकर्मीहरूले केवल बिरामीको उपचारमात्र पर्याप्त नहुने महसुस गयो । हैजा फेलिनबाट रोक्न त्यस मंलाराटो शहर र वरिपरिको गाउँमा सबैले सफा खानेपानी तथा सुरक्षित चर्षीको व्यवस्था मिलाउनु पर्दछ। स्वास्थ्यकर्मीहरूले गाउँका स्वस्थ व्यक्तिहरूलाई परिचालन तथा समूहगत ढंगबाट स्थानीय समूहको सहयोग माग्यो। विदेशमा पनि संस्था भएको संगठनसँग पैसाको माग गरेर स्वच्छ खानेपानी तथा शौचालयसम्बन्धी कार्यक्रम सञ्चालन गर्न पैसा माग गयो ।
उनीहरूले त्यस परियोजनाको नाम Salad para el pueblo (स्पानिस भाषामा: मानिसको लागि स्वास्थ्य) राखे । स्वास्थ्यकर्मीहरूले प्रत्येक गाउँमा जनस्वास्थ्य समितिको गठन गरे । समुदायका सदस्यहरूबाट “ग्रामीण स्वास्थ्य शिक्षाकर्मी” का चयन गरियो र उनीहरूलाई मानिसहरूलाई पानी र सरसफाईको बारेमा सिकाउन तालिम दिइयो (सरसफाई शौचालय बनाउने, व्यवस्थित गर्ने र जीवाणुहरू सर्नबाट रोक्न दिसा गरेपछि हात सावुन पानीले धुने बानी आदि) । यसरी स्वास्थ्यकर्मीहरूले गाउँलेहरूलाई हैजा र अन्य वातावरणीय स्वास्थ्यसम्बन्धी महत्वपूर्ण जिम्मेवारी आफॅ बहन गर्न सक्ने सक्षम तुल्याए ।
ग्रामीण स्वास्थ्य शिक्षाकर्मीले सर्वप्रथम गाउँलेहरूलाई हैजा (Cholera) र अन्य रोगहरू जसले हैजा फैलाउन मद्दत गर्दछ, बारे जानकारी गरायो (पृष्ठ ४७ देखि ५१ सम्म) । त्यसपछि प्रत्येक व्यक्ति एवं घरधुरीलाई पानी सफा र स्वच्छ भए नभएको सुनिश्चित गराउन मद्दत गरियो (पृष्ठ ९२ देखि ९९ सम्म)। उनीहरूले मानिसहरूलाई धेरै पानी जस्तो पखाला लागेको, ज्यान समेत लिने बिरामीलाई कसरी रोकथाम गर्न सकिन्छ भन्नेबारे पनि शिक्षा प्रदान गरे । यो घरमै नुन, चिनी, पानी मिलाएर पुनः पानी ल्याउने झोल बच्चा वा जो कुनै हैजा लागेको बिरामीलाई प्रशस्त मात्रामा खुवाउनु पर्दछ (पृष्ठ ५३)। उनीहरूले स्कूल,चर्च, सामुदायिक केन्द्र र मानिसहरू जम्मा हुने ठाउँमा हैजा जस्तो रोगबाट हात धोएर सुरक्षित चर्पी बनाएर र प्रयोग गरेर बंच्न सकिन्छ भनेर सिकाए ।तर स्वास्थ्यकर्मीहरूलाई हैजा फेरी नदोहरियोस् भनेर सुनिश्चित गर्न अझै बढी काम गर्नुपर्ने कुरा थाहा थियो ।
स्थानीय इन्जिनियरहरूको सहयोगमा, पाइपबाट पानी लाने प्रणाली बनाउन, खाल्डो। भएको चर्षीको सुधार गर्न र हरेक घरधुरीलाई पुग्दो नुहाउँने पानी भएको सुनिश्चित गर्न एकजुट भए। गाउँलेहरूले आफैं काम गरे र कसरी पानी र चर्पी सफा राख्ने र गर्ने भनेर सिके। उनीहरूले जनावरहरूलाई बारभित्र राखिएको वा नराखिएको सुनिश्चित गरे (जनावरको फोहर पानीबाट टाढा राख्न) र पानी राखिएको भाडा विमारी फैलाउने लामखुट्टेबाट बचाउने छोपेर राख्नु पर्ने कुरा पनि सुनिश्चित गरियो । यो कार्य भैरहेको बेलामा अरु गाउँका मानिसहरूले पनि सहकार्य गरे । २२ वटा गाउँबाट सुरु भएर सलुद पारा ल पूब्लो (Salud Pra el Pueblo) धेरै समय नवित्दै १०० वटा गाउँमा पुग्यो । चाँडै नै सम्पूर्ण क्षेत्रमा हैजा नियन्त्रित भए र अरु विमारी पनि घटिसकेको थियो ।
सबैको लागि स्वास्थ्य अभियान हैजा रोकथामको लागि एउटा एकदमै सक्षम अभियानको रूपमा मात्रै परिचित नभई अन्य समस्याहरूको पनि समाधान प्रदान गयो । यो सबै सफलता सक्रिय स्वास्थ्य प्रवर्द्धकको कारण हाँसिल भयो । यसका लागि स्वास्थ्य प्रवर्द्धकले यी निम्न कुराहरू अपनाए ।
मानिसहरूसँगै घरघरमा काम गरेर: सबैको लागि स्वास्थ्य प्रवर्द्धकहरूले गाउँलेहरूलाई घरैपिच्छे खानेपानी सफा राख्ने उपायबारे तालीम प्रदान गथ्र्यो । यसले स्वास्थ्यकर्मी र प्रवर्द्धकहरूलाई समुदायका अन्य समस्याहरूको बारेमा जानकारी प्राप्त हुनुको साथै समुदायको मन जित्न पनि मद्दत गयो ।
धेरै मानिसह्रूलाई सम्हमा आावद्ध गराएरः अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरू र स्वास्थ्य मन्त्रालय सबैसँग मिलेर काम गर्दै गए । जसले गर्दा सबैसँग भएको स्रोत तथा अनुभवहरूको सदुपयोग गरेर हैजा जस्तो महामारी रोकथाम गर्न मद्दत पुग्यो । सबै संस्थाहरूसँगै काम गरेकोले काममा दोहरोपना नआउनुको साथै एक आपसमा विरोधाभाष पनि भएन ।
मानिसलाई महत्वपूर्ण स्रोतको रूपमा उच्च मूल्यांकन गरेरः उनीहरूले गाउँलेहरूलाई स्वास्थ्य समस्याको बारेमा कुनै दोष लगाएनन् र साथै समुदायभन्दा बाहिरको मानिसहरूमाथि आश्रित नै नभइकन गाउँमै भएको अनुभवहरूको आधारमा एउटा साझा उद्देश्य प्राप्तिको लागि काम गर्दै गए । उनीहरूले खेलहरू, पुत्ला, गीतहरू, कुराकानीका साथै प्रचलित शिक्षाजन्य कार्यहरू आत्माविश्वास र जागरणले उनीहरूकै ज्ञान, सीप र सहभागितामा अलि सम्वेदनशील स्वास्थ्य समस्याको समाधान गर्न मद्दत गयो ।
समय अन्तरालमा स्वास्थ्यकर्मी/प्रवर्द्धकहरूले बिरामी सार्ने कीटाणु, र जताततै थुपारिएको फोहरमा प्रजनन् गरी धेरै संख्यामा उत्पन्न भैरहेको महसुस गरे । उनीहरू समुदायमा बाटोघाटो, गल्ली सफा सुग्घर राख्ने र फोहर व्यवस्थित तरिकाले तह लगाउने बारे बैठक बसे । प्रत्येक गाउँले “वातावरणीय स्वास्थ्य प्रवर्द्धक" समूह गठन गरी प्रत्येक दिन घरघरबाट निक्कने फोहर संकलन गर्ने जिम्मा तोकियो । इन्जिनियर प्राविधिकको सहयोगले वातावरणीय स्वास्थ्य प्रवर्द्धक फोहर व्यवस्थापनको लागि सुरक्षित स्यानीटरी ल्याण्डफिलको व्यवस्थापन गयो (पृष्ठ ४१२) । ल्याण्डफिलमा फाल्नु पर्ने फोहरको मात्रा घटाउन प्रवर्द्धकहरूले फोहरको पुनः प्रशोधन कार्यक्रम (पृष्ठ ४०४) गर्नुपर्ने कुरा गर्न थाले । जब एउटा अन्तर्राष्ट्रिय संस्थाले फोहर संकलन र ढुवानी गर्न एउटा ठूलो ट्रक प्रदान गयो, तब उनीहरूले त्यो काम गर्न सक्षम भयो। पुनः प्रशोधन गर्न शुरु गरेपछि त्यसबाट आर्जित रकमले ट्रकको तेल र मर्मत सम्भार एवं व्यवस्थापनमा खर्च गर्न थाले।
सन् १९९६ सम्मा “सबैको लागि स्वास्थ्य" कार्यक्रमअन्तर्गत सैयौं। शौचालय, खानेपानी प्रणाली दुईवटा सुरक्षित ल्याण्डफिल साइट बनाउनुको साथै सामुदायिक बगैचा वृक्षारोण गर्न पनि मद्दत गच्यो ।
सन् १९९७ मा एउटा ठूलो दुर्घटना हुन पुग्यो। पानी, हुरी, बतास जसलाई "इल नाइनो” भनेर पनि चिनिन्छ, इक्वाडोरको तटिय इलाकालाई नराम्ररी प्रभावित पायो । करिब ६ महिनासम्म त्यहाँ प्रायःजसो दैनिक रूपमा ठूलो आँधी र पानी पर्न थाले । हुरीले रुखहरू ढाले, वर्षाले ठूलाठूला पहिरोहरू आए । उपत्यका पूरै फोहर पानीको नदीमा परिणत भए । नदीहरूमा पानीको सतह बढेर अर्कैतर्फ बगेकोले पूरा गाउँलाई क्षति पुयायो । शौचालय, पानी वितरण प्रणालीको साथै वर्षों को कडा परिश्रमलाई बगाएर लगे । सबैका लागि स्वास्थ कार्यक्रमअन्तर्गत बनेका विकास निर्माण तथा संरचनाहरू वर्षात्को भेलसँगै आएको पहिरोसँग पुरिँदै गए । यी सबै घटनाक्रमलाई राम्रोसँग बुझन हामीले त्यस क्षेत्रको इतिहासलाई हेर्नुपर्ने जरुरी हुन्छ ।
एकताका इक्वाडोरको तटिय क्षेत्रका डाँडाकांडा र पहाडहरू घना सदाबहार जंगलले ढाकेको थियो। म्याङ्ग्रेोभका रुखहरू नदीको सफा पानी समुन्द्रको नुनिलो पानीसँग मिसिएको ठाउँहरूमा उम्रिएको पाइन्थ्यो। म्याङ्ग्रेोभका जंगलले तटिय क्षेत्रलाई आँधीबेरीबाट बचाउनुको साथै विभिन्न प्रजातिका माछा, सेलमाछाको लागि बासस्थानको रूपमा पनि परिचित थियो।
खोलाको छेउछाउमा लगाएका बाँसका रुखहरूले किनारालाई भूक्षयबाट जोगाउन मद्दत पुयाइरहेको थियो। जंगल ठूलो सिवो रुखले भरिएको थियो जसले छायाँ प्रदान गथ्र्यो । यसको तलसम्म पुगेको जराले माटो र पानी समाइरहेको हुन्छ। क्यारोब रुख भिरालो पाखामा हुर्कन्छ र यसको जराले माटो समातेको कारण पहाडको भीरलाई खस्नबाट बचाउँदछ। रुखका पातहरू माटोमा खसेर मलमा परिणत भई माटोको उर्वरा शक्ति बढाउन मद्दत पुयाउँछ ।
जंगल मानिस, जरायो, चरा, कीराहरू, छेपारो र अन्य बहुसंख्यक जनावरहरूको बासस्थान थियो । मानिसहरूले आफ्नो घर, बाँस र तारको रुखको पातको प्रयोग गरी बनाउँथे। वन जंगलमा शिकारको लागि जनावर थिए, खानको लागि फलफूलहरू थिए र बगैचा एवं स-साना खेतीको लागि पानी र मलिलो माटो पनि थिए।
तर विगत १०० वर्षदेखि धेरैजसो रुख विरुवाहरू रेलको लिक र घर बनाउन काटिसकिएको थियो । त्यसपछि जापानको एउटा कम्पनी आएर बाँकी अन्य सबै रुखहरू काटेर तटिय क्षेत्रसम्म रेलमार्गको प्रयोग गरी काठ जापानसम्म लिएर गए। सदाबहार वनका काठहरू निकै राम्रो र बलिया हुने भएकोले राम्रो मूल्यमा उनीहरूले बिक्री गरे। जब सबै रुखहरू नासिए, कम्पनी पनि उठेर गयो, रेलमार्गहरू पनि विस्तारै मर्मत सम्भारको अभावमा काम नलाग्ने स्थितिमा पुग्यो।
अब, इक्वाडोरको तटीय क्षेत्रको रुखबिनाको जंगल पूर्णरूपेन ऊर्जाड भैसकेको र मरुभूमिमा परिणत भएको छ। पहाडहरू उजाड खैरा देखिन्छ र त्यहाँ कुनै सेपिलो ठाउँ छैन।
सुख्खा मौसममा माटो उडेर पूरै वायुमा धुलोको कणहरू हुन्छ र वर्षायाममा माटो हिलोमा परिणत भई पहिरोहरू खस्ने गरेको हुन्छ। जब सन् १९९७ मा इल नाइनो नाउँको समुन्द्री आँधी आयो त्यसबेला गाउँलेहरूलाई आँधीको प्रभावबाट बचाउने कुनै पनि रुख विरुवाहरू थिएनन् ।
"सबैका लागि स्वास्थ्य” कार्यक्रमका स्वास्थ्यकर्मीहरूले भारी वर्षाका कारण पूरै गाउँलाई पुयाइरहेको क्षति, जस्तै: नयाँ खानेपानी प्रणालीसँगसँगै शौचालयलाई बगाएको देख्दा अब भविष्यमा यस्ता क्षति रोक्न अर्को कार्यनीति अवलम्बन गर्नुपर्ने कुरा महसुस गरे । खानेपानी प्रणाली एवं सुरक्षित सरसफाईको प्रवर्द्धनले समस्याको एउटा भागको मात्र समाधान गयो। गाउँमा चलनचल्तिको उखान “रुखबिनाको पहाड, छतबिनाको घर" भन्नुको तात्पर्य चाहीं रुखले पहाडलाई हावा र पानीको कारण हुने भूक्षयबाट बचाउँछ। जसरी घरको छतले मानिसलाई जोगाउँदछ। स्वास्थ्यकर्मीहरू एउटा बिरामीलाई बचाउनु सरह नै वृक्षरोपण र प्राकृतिक स्रोतको सुरक्षा गर्नु हो भन्ने विश्वास गर्न थाले। किनभने दुवै एउटै कुरा जस्तो हो।
यो कुरा ध्यानमा राखी स्वास्थ्य प्रवर्द्धकहरूले पनि वृक्षारोपण कार्यक्रम गर्न शुरु गयो। तर केही गाउँलेहरूले वृक्षारोपण गर्न मन पराएनन्। इडराडो नाउँ गरेको एक व्यक्तिले त वृक्षारोपण कार्यक्रममा भाग समेत लिन मानेनन् ।
इडाराडोले भने यो त “अति नै धेरै काम हो” उनीहरू हामीलाई बिनाआम्दानीको काममा लाग्न भनिरहेका छन् । उसले अरु पनि गाउँलेहरूलाई स्वास्थ्य प्रवर्द्धन कामको विरोधमा उत्रिन विश्वस्त पायो।
एकजना ग्लोरिया नाम गरेकी स्वास्थ्यकर्मी इडाराडोको गाउँलेहरूलाई एकत्रित गरी एउटा “तर किन?” नाउँको छलफल कार्यक्रम सञ्चालन गरी सबैलाई हाम्रो खानेपानी
प्रणाली एवं शौचालय किन गुमाउनु परेको कारणबारे गम्भीर भएर अझै गहिरिएर सोच्न मद्दत गर्ने अभिप्रायले छलफल गराए ।
सबैलाई “तर किन?” भनी प्रश्न सोधेर गलोरियाले स्वास्थ्य समस्याको मूल जरो चाहि वातावरणसँग गाँसिएको रहेछ भनी प्रमाणित गर्न सफल भएर छलफलको अन्तमा धेरैजसो गाउँलेहरू जब हामीसँग खानलाई अन्न र पैसा हुँदैन तब वृक्षारोपणमा धेरै काम हुन्छ। हामीले तत्काल खुवाउने केही चाहिन्छ नकी १० वर्षमा।
भूक्षयबाट माटोलाई जोगाउन वृक्षारोपण गर्नुपर्ने महत्वपूर्ण काम हुँदो रहेछ भनी विश्वस्त भए । तर इडाराडो चाहिँ अझै पनि यस कुरामा सहमत थिएन।
यद्यपि मानिसहरू रुखको महत्वलाई बुझी अझैपनि गाउँलेहरू वृक्षारोपण कार्यक्रममा भाग लिदैनन् भन्ने सोचाई लिएर गलोरिया स्वास्थ्य केन्द्रमा खिन्न मुद्रामा फर्कीन् । ऊ मनमनै गाउँलेहरूललाई कसरी सहमत गराउने विचार गर्दै थिए। त्यत्तिकैमा एउटा माहुरी घरभित्र आएर ग्लोरियाको वरिपरि फन्को मारेर धपाएपछि माहुरी पुनः बाहिर निस्केर बाहिरको क्यारोब रुखमा भएको रातो फुलमा गएर बसेको देखेर उसको मनमा अर्को नयाँ उपायबारे सोंच आयो।
अर्को दिन पनि ग्लोरिया पुनः सबै गाउँलेहरूलाई भेला गयो र प्रथम उत्तर दिने मानिस इडाराडो थियो।
अन्य गाउँलेहरूले गाह्रो हुने कुरा सोचे, उनीहरूबीच भएको कुराकानी यसप्रकार थियो:
ग्लोरियाले भनी यदि हामीले माहुरीलाई मनपर्ने फुल रोप्यो भने माहुरी पालन कार्यक्रम सञ्चालन गरी मह पनि बेच्न सक्दछौं । एक वर्षमै धेरै ढकमक्क फूल फुल्छ होला। गाउँलेहरू यो विचारसँग सहमत भए। साथै मह उत्पादन गर्ने सीपबारे जानकारी पाएमा इडाराडो पनि वृक्षारोपण गर्ने कुरामा सहमति जनाए।
ग्लोरिया त्यहाँबाट फर्कन लाग्दा इडाराडोले रोकेर नातीलाई हैजा लागेको बेला क्यारोब रुखको कोसाबाट झोल पदार्थ बनाएर खुवाउँदा निको भएको कुरा सुनायो। यसले मेरो नातीलाई डाक्टरले दिएको औषधीभन्दा पनि राम्रो निको बनायो । तसर्थ मेरो विचारमा क्यारोबको रुख नै रोप्नु बढी उपयुक्त हुन्छ। जसले गर्दा हामी निको पार्ने झोल औषधी र महको प्रयोग गरेर यसलाई मीठो पनि बनाउन सकिन्छ।
ग्लोरिया नयाँ आयोजनाका साथ खुशीले स्वास्थ्य केन्द्रमा फर्किन्। उनले केन्द्रमा फर्केर आजको छलफल बैठकबारे सोच्दा कहिले पनि आफ्नो कुरा वा विचार गाउँलेलाई गर्न भन्नुभन्दा पनि स्थानीय परिस्थितिलाई गाउँलेकै आँखाले हुनुपर्ने रहेछ, उनीहरूको विचार सुन्नु पर्नेरहेछ र उनीहरूकै आवश्यकतालाई नै बुझनु पर्ने रहेछ भन्ने कुरा एउटा प्रभावकारी वातावरणीय स्वास्थ्य प्रवर्द्धकले सिक्नुपर्ने रहेछ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका ।
Last Modified : 6/12/2020