लामखुट्टेले निकै खतरनाक रोगहरू जस्तैः मलेरिया, डेङ्गु र पहेँलो ज्वरो निम्त्याउँदछ । यी रोगहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै र चाँडै सर्दछ । लामखुट्टे नबग्ने पानी (स्थिर पानी) भएको ठाउँमा बढी प्रजनन् गर्दछ । कहिलेकहीँ यसलाई स्थिर पानी पनि भनिन्छ । लामखुट्टेबाट सर्ने रोगको रोकथाम गर्नः
द्रूत गतिमा भएको भू–उपयोगितामा परिवर्तन जस्तैः धेरैको संख्यामा रुखको कटानी गर्ने, बाँधको निर्माण गरी नदीको बहाव परिवर्तन गर्ने, ठूलो क्षेत्रको रुख विरुवा हटाउने आदिले लामखुट्टे प्रजनन्मा मद्दत पु¥याउँदछ । लामखुट्टेले फैलाउने बिरामी आपतकालीन समय जस्तै युद्ध, मानिसहरूको ठूलो आवतजावत र प्राकृतिक प्रकोप र जब मानिसलाई साधारण सावधानी अपनाउन कठिन भैरहेको बेला तब चाँडो फैलिन्छ ।
लामखुट्टेबाट मुख्यतया तीन किसिमको बिरामी हुन्छ । जस्तैः मलेरिया, डेङ्गु ज्वरो र पित्त ज्वरो । यी सबै विरामीको फरक फरक लक्षणहरू हुन्छन् र विभिन्न प्रजातिको लामखुट्टेहरूबाट सर्दछ । जसको प्रजनन् हुने ठाउँ फरक फरक हुन्छ । (मलेरियाको लागि पृष्ठ १४४, डेङ्गु ज्वरोको लागि पेज १४७ र पहेंलो ज्वरोको लागि पृष्ठ १४८ हेर्नुहोस्) तर यी बिरामीहरूलाई एउटै तरीकाबाट रोकथाम गर्न सकिन्छ किनकी यी सबै बिरामी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ ।
लामखुट्टेबाट लाग्ने हरेक किसिमको बिमारीलाई यसको टोकाईबाट बाँचेर रोक्न सकिन्छ । लामखुट्टेको प्रजनन् रोकथामको लागि पृष्ठ १४९ हेर्नुहोस्) । लामखुट्टेको टोकाईबाट बँच्ने उपायहरू :
नोटः झुल मलेरियाको लागि एकदमै असरदार उपाय हो । तर डेङ्गु ज्वरो र पहेंलो ज्वरोको लागि भने कम असरदार हो (पृष्ठ १४६ हेर्नुहोस्)
मलेरिया रगतमा हुने एउटा संक्रमण हो, जसले गर्दा विरामीलाई एकदमै बढी ज्वरो र जाडो हुन्छ । यो एउटा प्लाज्मोडियम नाम परजीवी, जुन मानिसमा खासगरी रातीको समयमा मात्र टोक्ने एक किसिमको लामखुट्टेको टोकाइबाट सर्दछ । मलेरियाको कारण लाखौं मानिसहरू वर्षमा मर्ने गरेको पाइन्छ र अन्य लाखौं मानिसहरू यसको टोकाईबाट विरामी भएर बाँच्ने गर्दछ ।
मलेरिया खासगरी ५ वर्ष मुनिका बालबालिकाहरूको लागि, गर्भवति महिला र एच.आइ.भि. तथा एड्सबाट संक्रमित मानिसहरूको लागि अति खतरनाक हुन्छ ।
गर्भधारण गरेकोले महिलाको विरामी वा संक्रमणविरुद्ध लड्ने क्षमतामा कमी ल्याउँदछ । मलेरियाबाट प्रभावित गर्भवति महिलामा रक्त अल्पता पनि हुने निकै बढी सम्भावना हुन्छ । जसको कारण बच्चा जन्मिनु पूर्व वा पछाडि मृत्यु हुने बढी सम्भावना हुन्छ । मलेरिया भएको महिलामा गर्भ तुहिने र छिटो बच्चा जन्मिने, सानो र मृत बच्चा जन्मिने पनि हुन्छ ।
मलेरिया विभिन्न थरिका हुन्छन् । कुनै प्रकारको मलेरिया लागेको व्यक्ति वर्षौसम्म पनि बाँच्न सक्दछ र अन्य धेरै प्रकारको मलेरियालाई रोकथाम पनि गर्न सक्दछ । तर सेरेवेरल मलेरियाले एक दुई दिनमै मृत्यु समेत गराउन सक्दछ । सेरेवेरेल मलेरिया लागेको ठाउँमा मान्छे विरामी हुने शंका लाग्ने वित्तिकै जचाउँने र उपरचार गरिहाल्नु पर्दछ
मलेरिया लागेको मानिसमा २ देखि ३ दिनसम्म ज्वरो आउँदछ तर शुरुमा हरेक दिन ज्वरो आउँदछ तर कोहीकोहीमा लामो समयसम्म बुझ्नै नसक्ने किसिमको ज्वरो आयो भने तुरुन्त रगत परीक्षण गराउनु पर्दछ । यो प्रायः प्रत्येक स्वास्थ्य केन्द्रमा गराउन मिल्दछ । रगत परीक्षणमा मलेरियाको संकेत फेला प¥यो वा रगत परीक्षण उपलध नहुने ठाउ“ छ भने तत्काल उपचार गराउनु पर्दछ।
मलेरियाको आक्रमण तीन चरणमा हुने गर्दछ ।
१. पहिलो लक्षणहरूमा निकै जाडो हुने र अक्सर टाउको दुख्ने गर्दछ । मानिस करिब १५ मिनेटदेखि लिएर १ घण्टासम्म थरथर काम्ने गर्दछ ।
२. निकै जाडोपछि एकदमै बढी ज्वरो आउँदछ । मानिस निकै कमजोरी महसुस गर्दछ र अचेत अवस्थामा रहन्छ । यस्तो ज्वरो केही घण्टादेखि दिनभरी नै लाग्ने गर्दछ ।
३. अन्तमा अत्यधिक पसिना आउँदछ र ज्वरो घटेर जान्छ । ज्वरो घटेपछि मानिसले कमजोरीको महसुस गर्दछ ।
सम्भव भएमा रगत परीक्षण गर्नुहोस् । पहिलो लक्षण देखा पर्ने बित्तिकै उपचार गर्न थाल्नुहोस् । किनभने मलेरिया लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्दछ । तसर्थ बिरामीलाई उपचार गर्नाले अन्यलाई पनि संक्रमित हुनबाट बचाउँदछ । मलेरिया लागेको व्यक्तिलाई उपचार गरेपछि लामखुट्टेले टोकेर अर्को व्यक्तिमा यो सर्दैन । स्थानीय स्वास्थ्य अधिकारीले मलेरियाको रोकथामको लागि के औषधि सुझाउ“दछ भन्ने बुझ्नुहोस्
धेरैजसो मुलुकहरूमा मलेरियाको परजीवि मा औषधी निरोधात्मक क्षमता विकास भैसकेको हुन्छ । यसको अर्थ भनेको औषधि जसले मलेरिया रोक्न प्रयोग गरिन्थ्यो, अब यसको कुनै असर हुँदैन । एक क्षेत्रमा मलेरियाको उपचारमा काम लाग्ने औषधी अर्को क्षेत्रमा यसको उपचारमा उपयोगी नहुन पनि सक्दछ । विभिन्न क्षेत्रमा नयाँ औषधी वा विभिन्न औषधीहरू मिलाएर अब मलेरियाको उपचार गर्नुपर्ने हुन्छ । त्यस मध्ये एउटा आरटेमिसिनिन ९ब्चतझष्कष्लष्ल० (चीनमा धेरै वर्षदेखि उपभोगमा आएको), प्रायःजसो अर्को मलेरिया विरोधी औषधीसँग वा एउटा एन्टिबायोटिकसँग मिलाएर लिनु पर्दछ । केही ठाउँमा क्लोरोक्विन ९ऋजयिचयत्रगष्लभ० नामक औषधि (मलेरियामा उपयोग गरिने आम औषधी) अझै पनि प्रभावकारी देखिन्छ । तसर्थ तपाईको क्षत्रेमा मलेरियाको रोकथामको लागि कुन औषधीले राम्रो काम गर्दछ भनि जान्नलाई स्थानीय स्वास्थ्यकर्मीसँग समपर्क एवं सुझाव लिनु पर्दछ ।
महत्वपूर्ण कुराः डाक्टरले सुझाएअनुरूपको सबै औषधीहरू नछुटाइकन पुरै अवधिभर निको भए पनि खानु पर्दछ । औषधी खान छोडेको खण्डमा मलेरिया पुनः फेरी दोहोरिन सक्दछ र खाएको औषधीले फेरी कुनै काम गर्दैन ।
मलेरिया प्रायःजसो गर्मीको बेला वा वर्षात्को बेला लाग्दछ । किनभने मलेरिया निम्त्याउने लामखुट्टे प्रायःजसो गर्मीमा वा स्थिर पानीमा अत्यधिक प्रजनन् हुने गर्दछ । तर संसारको केही भागहरूमा मलेरिया सुख्खा समयमा पनि लाग्ने गरेको पाइन्छ । जब लामखुट्टेले प्रजनन् गर्ने ठाउँ पाउँदछ । जस्तै स्थिर भएको सानो पानी पोखरी । डेङ्गु वा पहेंलो ज्वरो, मलेरियाबाट बाँच्ने उपाय चाहिँ लामखुट्टेको टोकाईबाट बाँच्नु हो (पृष्ठ १४३ मा हेर्नुहोस्) र सामुदायिक लामखुट्टे नियन्त्रणका उपायहरूको उपयोग गर्नुपर्दछ (पृष्ठ १४९ देखि १५३ हेर्नुहोस्) । कीटनाशक विषादीबाट प्रशोधित झुल मलेरियालाई रोकथाम गर्ने एउटा राम्रो उपाय हुन सक्दछ । यो झुलहरू पाइरेथ्रीरिन ९उथचभतजष्चष्लक० नामक कीटनाशक विषादीबाट प्रशोधित हुन्छ जसलाई मलेरिया हुनुभन्दा सापेक्षिक रूपमा सुरक्षित मानिन्छ ।
कीटनाशक विषादीबाट प्रशोधित झुलको सबैभन्दा खतरा चाहिँ जब यसलाई विषादीमा डुबाइन्छ, छालाको माध्यमबाट शरीरमा प्रवेश गर्दछ । जब बच्चाले यसलाई मुखले तान्ने वा चपाउनाले यो बच्चाको शरीरभित्र जान्छ । जब यो विषादीयुक्त झुललाई धुँदा पानी प्रदूषित भई यसमा पाइने माछा, कीरा, जनावर र तलको भागको मानिसलाई समेत यसबाट प्रभावित गर्दछ । झुलमा कुनै किसिमको प्वाल वा च्यातेको छ भने तुरुन्तै टाल्नु पर्दछ अनिमात्र यसले बचाउन सक्दछ । साथै झुलमा लागेको रसायन विस्तारै ६ देखि १२ महिनामा ह्रास हुँदै जान्छ । छिटोछिटो धोएमा छिटो नै ह्रास हुन्छ । झुल राम्रै अवस्थामा छ भने नयाँ विषादीको झोलमा यसलाई चोपेर सुकाउनु पर्दछ । तर धेरै च्यातेको वा प्वाल परेको झुललाई हटाएर पुनः नयाँ झुल नै बनाउनु उपयुक्त हुन्छ । यसरी विषादीको पुनः प्रयोग गर्दा पञ्जा लगाउनु पर्दछ र दिएको निर्देशनमा उचित ध्यान पु¥याउनु पर्दछ ।
गरिब मानिसहरूमाझ मलेरिया एक सामान्य बिमारी हो र हरेक वर्ष यसबाट हुने गरेको मृत्यु बढ्दो छ । मानिसहरूले रगत परीक्षण एवं औषधीको खर्च जुटाउन नसकेपछि मलेरियाको विरामीबाट ग्रसित भएर बस्दछन् वा मृत्यु हुन्छ । जहाँसम्म एक जना मानिसमा मलेरिया छ भने यो अर्को मानिसमा सरेर जान्छ । मलेरिया प्रायःजसो गरिब समुदायमा र सामाजिक अन्याय परेको समुदायमा देखापर्दछ । तसर्थ यसको रोकथामको लागि यसको मूल कारण गरिबी र सामाजिक अन्यायलाई निर्मुल पार्नुको साथै सबैको लागि उपचारको व्यवस्था मिलाउनु पर्दछ ।
डेङ्गु ज्वरो एक किसिमको भाइरस ९ख्ष्चगक० बाट सर्ने गर्दछ जुन एउटा जिउमा सेतो टाटो भएको कालो, टाढाबाट हेर्दा झ्वाट्ट सेतो धर्को जस्तो देखिने लामखुट्टेको टोकाइबाट सर्दछ । यिनीहरूको खुट्टामा पनि सेतो धर्को देखिन्छ । यो लामखुट्टेलाई “पहेँलो ज्वरो लामखुट्टे” पनि भनिन्छ । किनभने यसले पहेँलो ज्वरो पनि निम्त्याउँछ (पृष्ठ १४८ मा हेर्नुहोस्) । डेङ्गु ज्वरो साधारणतया गर्मी र वर्षात्को मौसममा सर्दछ । यो प्रायःजसो शहरबजारमा हुने गर्दछ । पानी जम्ने ठाउँहरूमा र ढल निकासको राम्रो व्यवस्था नभएको ठाउँमा यो ज्वरो लाग्ने गर्दछ । पहिलो पहिलो पटक डेङ्गु ज्वरो लागेको मानिस आराम गरेर र अत्यधिक झोल पदार्थ खाएर निको हुने गर्दछ । तर दोस्रो पटक जब यो ज्वरो दोहरिन्छ यो निकै खतरनाक हुन सक्दछ र मृत्यु समेत निम्त्याउँन सक्दछ
पहिलो पटक यो ज्वरो लागेको मानिसमा एक्कासी अत्यधिक ज्वरो लाग्न सक्दछ र निकै जाडो समेत लाग्ने गर्दछ । जिउहात निकै दुख्ने (डेङ्गु ज्वरोलाई कहिलेकहीँ हाड तोर्ने ज्वरो पनि भनिन्छ), टाउको दुख्ने र घाँटी दुख्ने हुन्छ । मानिस धेरै कमजोर तथा विरामी देखिन्छ । तीन चार दिनपछि, केही घण्टादेखि २ दिनसम्म मानिस साधारणतया राम्रो अनुभव गर्दछ । त्यसपछि पुनः बिरामी १–२ दिन बढीसम्म लाग्छ । अक्सर हात र खुट्टामा घाउ हुन्छ र पछि पैतला, खुट्टा र शरीरभरी घाउ बढेर जान्छ तर अनुहारमा भने घाउ आउँदैन । बच्चा, स–साना उमेरका बालबालिका र बुढापाका वा यो रोगसँग लड्ने क्षमता नभएको व्यक्तिहरूमा पनि यो रोग धेरै हदसम्म लाग्दछ । जस्तै एचआइभी÷एड्स लागेको व्यक्तिलाई यो रोग निकै प्रभावित गर्दछ । यसलाई हेमोराजिक ९ज्झयचचबजबनष्अ० डेङ्गु ज्वरो पनि भनिन्छ । यसलाई बेलैमा उपचार नगरेमा यसले छालामा रगत बग्न थाल्छ र पछि मान्छेको मृत्यु समेत गराउँदछ ।
डेङ्गु ज्वरोलाई उपचारको लागि कुनै औषधी छैन र यसलाई रोक्न सक्ने कुनै खोपको विकास पनि भएको छैन । प्रायःजसो डेङ्गु ज्वरोको उपचार र दुखाई कम गर्न घरमै गरिन्छ । लामो समयसम्म आराम गरेर र अत्यधिक रूपमा झोल पदार्थ पिउनुको साथै, क्ष्दगउचयाभलर एबचबअभतब होइन) खाएर उपचार गरिन्छ । महत्वपूर्ण कुराः हेमोराजिक डेङ्गु ज्वरोलाई मानिसको शरीरमा भएको तरल पदार्थ एवं रगत बदलेर चाँडै निको पार्न सक्दछ । छालाबाट रगत निस्कने बेला, खान र पिउन कठिन भए, सुद्धिबुद्धि हराए (ज्वरो, दुर्वलता र छिनछिनमा उठ्ने कारणले) जस्ता लक्षणहरू देखा परेपछि तुरुन्त अस्पताल लग्नु पर्दछ । यस्ता विरामी भएको बच्चा साना केटाकेटी वा वृद्ध वा अन्य कुनै खतरनाक स्वास्थ्य समस्या जस्तैः सुगरको बिरामी, मुटुसम्बन्धी रोगी वा एचआइभी÷एड्स लागेको भएमा ठीक तरीकाले सहयोग पु¥याउनु पर्दछ ।
डेङ्गु ज्वरो निम्त्याउने लामखुट्टेले सफा जमेको पानीमा प्रजनन गर्दछ । मलेरिया सार्ने लामखुट्टे भन्दा फरक दिनको समयमा डेङ्गुको लामखुट्टेले टोक्दछ । तसर्थ झुलले दिउँसोको समयमा बच्चा र बुढो जसले दिनमा सुत्ने गर्छन्, उनीहरूलाई मात्र सहयोग पु¥याउँछ । डेङ्गुको लामखुट्टे प्रायः छाहारीमा, अँध्यारोमा जस्तै टेबुलको तल, खाटको तल र कोठाको अँध्यारो कुनामा बस्दछ । तसर्थ डेङ्गु ज्वरोको रोकथाम गर्न लामखुट्टेको टोकाईबाट बँच्नु पर्दछ (पृष्ठ १४३) र सामुदायिक स्तरमा लामखुट्टेको नियन्त्रण गर्नुपर्दछ (पृष्ठ १४९–१५३ हेर्नुहोस्) ।
अफ्रिका एवं दक्षिण अमेरिकाको केही भागमा पहेंलो ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । पहेंलो ज्वरो खासगरी दुई किसिमको हुन्छ र भिन्नाभिन्न तरीकाले सर्ने गर्दछ ।
जंगली पहेंलो ज्वरोः जंगली पहेंलो ज्वरो संक्रमित लामखुट्टेबाट बाँदरमा र फेरी बाँदरबाट लामखुट्टेमा सर्दछ । यसरी बाँदरबाट संक्रमित लामखुट्टेले मानिसलाई टोकेको खण्डमा मानिसमा यो पहेंलो ज्वरो लाग्दछ । जंगली पहेंलो ज्वरो एकदमै कम हुने गर्दछ र उष्ण जंगलहरूमा काम गर्ने मानिसहरूमा लाग्ने गर्दछ ।
शहरी पहेंलो ज्वरोः शहरी पहेंलो ज्वरो खासगरी धेरै पहेंलो ज्वरोको महामारीको कारण हो । मलेरिया र डेङ्गु ज्वरो जस्तैः शहरी पहेंलो ज्वरो पनि लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यसमा लामखुट्टे पहिले संक्रमित मानिसलाई टोक्दा रगत चुस्दछ र पछि अरु मानिसलाई टोकेर संक्रमित गर्दछ । शहरी पहेंलो ज्वरो डेङ्गु ज्वरो फैलाउने कालो लामखुट्टेले नै सार्दछ । जसको खुट्टा र पिठ्युँमा सेतो धब्बाहरू हुन्छ । यी लामखुट्टेहरू पनि शहर, बजार, गाउँमा जमिरहेको पानीमा बस्ने र प्रजनन् गर्ने गर्दछ ।
पहेंलो ज्वरोमा ज्वरो, जाडो, मांसपेशी दुख्ने (खासगरी पिठ्युँको दुखाई), टाउको दुख्ने, भोक नलाग्ने, वाकवाक लाग्ने, वान्ता हुने, अत्यधिक ज्वरो र नाडी कम चल्ने हुन्छ । धेरै मानिसहरूमा यो बिरामी ३ देखि ४ दिनसम्म आफैं हराएर जान्छ ।
तर केही मानिसहरूमा भने हरेक ७ दिनमा एकपटक ज्वरो हराएर गएको २४ घण्टामा ज्वरो दोहरिन्छ । जण्डिस (पित्त ज्वरो), पेट दुख्ने र वान्ता हुन्छ । त्यसपछि मुख, नाक, आँखा र पेटबाट रगत बग्ने गर्दछ । १० देखि १४ दिनमा मृत्यु पनि हुन सक्दछ । तर यो पहेंलो ज्वरोबाट प्रभावित व्यक्तिमा ज्वरो दोहरिएको खण्डमा आधि जति मानिस विना कुनै स्वास्थ्यजन्य समस्या बाँच्न सक्दछन्
पहेंलो ज्वरोको सबभन्दा राम्रो उपचार भनेको आराम गर्ने र अत्यधिक झोल पदार्थहरूको सेवन गर्नु हो । धेरै मानिसहरू केही समय पछि पूर्णयता ठीक भएर आउँदछ र त्यस रोगविरुद्ध प्रतिरोधात्मक क्षमताको विकास गर्दछ । एकदमै थोरै मानिसहरूमा यो रोग एकपटक निको भैसकेपछि दोहरिने गर्दछ । तैपनि यो निको भएर जान्छ ।
मलेरिया र डेङ्गु ज्वरो जस्तै पहेंलो ज्वरोको पनि राम्रो रोकथामको उपाय भनेको लामखुट्टेको टोकाइबाट बाँच्नु नै हो र लामखुट्टेको नियन्त्रण गर्नु हो (पृष्ठ १४३ देखि १५३ सम्म हेर्नुहोस्) । खोपको प्रयोगबाट पहेंलो ज्वरोलाई रोकथाम गर्न सकिन्छ तर यसको लागि चाहिने उपयुक्त खोप चाहिं सजिलै उपलब्ध नहुनुको साथै महङ्गो पनि पर्दछ ।
लामखुट्टेले जमिरहेको पानीमा फूल पार्दछ । लामखुट्टेको फूलबाट बच्चा कोरल्न करिब ७ दिन लाग्दछ । तसर्थ जमिरहेको पानीबाट मुक्ति पाउने, साताको एकचोटी सरसफाई गर्नुपर्दछ र पानीलाई जम्न नदिई बग्ने बनाउनु पर्दछ । यसले लामखुट्टेको प्रजनन् दरलाई बाधा पु¥याउँदछ जसले गर्दा लामखुट्टेको वृद्धिमा रोकावट आउनुको साथै रोगहरू पनि फैलिन पाउँदैन ।
लामखुट्टेको प्रजनन् रोकथाम गर्ने तरीकाहरू
सामुदायिक रूपमा लामखुट्टे रोकथाम कार्यक्रममा निम्नलिखित कुराहरू समावेश गराउन सकिन्छः
वर्षको केही महिनामात्र लामखुट्टेको प्रजनन् हुने ठाउँहरूमा कीटनाशक विषादीको उपयोग गरी छिट्टै नष्ट गर्न सकिन्छ । पहिलेपहिले डीडीटी नामक विषादीको उपयोग गरी मलेरियाको लामखुट्टे मार्न व्यापक उपयोग गरिन्थ्यो र लामखुट्टे प्रजनन् हुने ठाउँहरूमा बाहिर पनि छर्ने गरिन्थ्यो । तर डीडीटी एक प्रकारको दीर्घायी जहरीलो विष भएको कारण यसले मानिस, जनावरहरूमा क्यान्सर र जन्मसम्बन्धी विभिन्न रोगहरू निम्त्याउँछ (अध्याय १६ मा हेर्नुहोस्) । डीडीटी धेरै टाढासम्म पानी तथा धुवाँको माध्यमबाट फैलिन्छ र वातावरणमा धेरै वर्षसम्म रहिरहन्छ र अझै बढी खतरनाक रसायनमा परिणत हुन्छ । यसको कारणले अचेल कम खतरनाक कीटनाशक विषादीको उपयोग गर्न सुझाव दिने गरिन्छ ।
एउटा अर्को किसिमको विषादी जसलाई पाइरेथ्रिन भनिन्छ, कम समयसम्म मानिस, जनावर र जमीनमा असर गर्दछ । यस पाइरेथ्रिनको डीडीटी वा मालाथियन भन्दा अर्को फाइदा भनेको यो उस्तै खालको ठाउँमा प्रयोग गर्न निकै कम मात्रा चाहिन्छ । पाइरेथ्रिन वातावरणमा जम्मा पनि हुँदैन । तर मानिसहरू यसको सम्पर्कमा आएपछि खतरा हुन्छ र यसको उपयोग बडो सावधानीपूर्वक गरिनु पर्दछ । पाइरेथ्रिनले मानिसको आँखा, छाला चिलाउनुका साथै यसमा घाउहरू आउन र श्वासप्रश्वासमा पनि अप्ठ्यारो गराउँदछ । खासगरी बच्चा र गर्भवती महिलाहरू र बच्चालाई दूध खुवाउने महिलाहरूले यसको सिधा सम्पर्कमा आउनुबाट बँच्नु पर्दछ । पाइरेथ्रिन पानीको स्रोतको लागि निकै विषाक्त हुन्छ ।
पाइरेथ्रिनको प्रयोग पानीको स्रोतको नजिकमा कहिले पनि गर्नु हु“दैन ।
हालैमा डीडीटीको प्रयोग पहिलेको भन्दा फरक रूपमा फेरी दोहरिन थालेको छ । यसलाई घरभित्रको उपयोगको लागि थोरै मात्रामा सिफारिस गरेको पाइन्छ । जुन तरीकालाई चाहिँ घरभित्रको अवशेषको रूपमा छर्ने ९क्ष्लमययच च्भकष्मगब ि क्उचबथष्लन (क्ष्च्क्० को एउटा तरीकाको रूपमा लिइन्छ । यसअन्तर्गत एकदमै थोरै मात्रामा डीडीटी घरभित्रको पर्खालमा छरिन्छ जसले त्यसमा बस्ने लामखुट्टे मर्छन् । यस तरीकाले थोरै विषको प्रयोग सानो क्षेत्रमा प्रयोग गर्नाले यसलाई पानीको स्रोतमा मिसिनबाट बचाउँदछ र यसबाट लामखुट्टेमा विषविरुद्धको प्रतिरोधात्मक क्षमताको विकास हुने सम्भावनालाई पनि रोक्दछ
डीडीटी तथा पाइरेथ्रिन वा अन्य कुनै विषादीको उपयोग गर्दा निम्नलिखित कुरामा ध्यान दिनुपर्दछ :
कीटनाशक विषादीको अत्यधिक प्रयोगबाट लामखुट्टेमा यसप्रतिको प्रतिरोधात्मक क्षमताको विकास हुन्छ र त्यसपछि यसको लामखुट्टेमाथि कुनै असर गर्दैन । (कीटनाशक विषादीको उपयोगबाट हुने हानीसम्बन्धी विस्तृत जानकारी पाउन अध्याय १४ मा हेर्नुहोस्) लामखुट्टेको संख्या नियन्त्रण गर्न कीटनाशक विषादीको उपयोग गर्नु एउटा आकस्मिक उपायमात्र हो । तर कीटनाशक विषादीले खाली लामखुट्टेजन्य रोगलाई नियन्त्रण मात्र गर्दछ । लामखुट्टेबाट हुने रोग नियन्त्रण कार्यक्रममा सबैलाई उपचार, समुदाय स्तरमा लामखुट्टे प्रजनन केन्द्रहरूको रोकथाम र सामुदायिक शिक्षाको एउटा अभिन्न अंगको रूपमा प्रयोग गरिएमा यसले लामखुट्टेको टोकाइबाट हुने समस्याको रोकथाम गर्न मद्दत पु¥याउँदछ । साथै समुदायमा यसबारे शिक्षा पनि दिन्छ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 3/4/2020