हामी शहर वा गाउँ जहाँ गएपनि एउटा जलाधार क्षेत्रभित्र हुन्छौं । जलाधार क्षेत्र भन्नाले एउटा यस्तो ठाउँ हो जहाँ चारैतिरबाट परेको पानी वा हिउँ कुनै एक निश्चित ठाउँ भएर तल्लो पानीको श्रोत जस्तैः नदी, झरना, ताल वा सिमसार क्षेत्रमा बग्ने गर्दछ । यसलाई पानी संकलन हुने क्षेत्र पनि भनिन्छ । किनकी पहाडमाथिका क्षेत्र र उपल्लो क्षेत्रका पानी संकलन गरी तलतिर बग्ने गर्दछ ।
एउटा जलाधार निकै ठूलो हुन सक्दछ जसको क्षेत्रफल हजारौं वर्गकिलोमिटर क्षेत्र ओगटेको हुन्छ । भनौं यो एउटा निकै सानो क्षेत्र पनि हुन सक्दछ । एउटा ठूलो जलाधार क्षेत्रभित्र निकै धेरै स–साना जलाधार क्षेत्रहरू हुन्छन् जसमा माथिबाट पानी संकलन भई तलतिर संकलित हुन्छ ।
एउटा स्वस्थ एवं सम्बृद्ध जलाधार क्षेत्रले पानीको श्रोतलाई बचाउँदछ, वनजंगल, रुखविरुवा, जीवजन्तु, जनावरहरूलाई जोगाउँदछ भने माटोलाई मलिलो बनाउन मद्दत पु¥याउँदछ र आफैंमा समृद्ध समुदायको स्थापना गराउँदछ । जलाधारमा भएका ठूला र एक्कासी परिवर्तन जस्तैः निकै संख्यामा रुख विरुवाको कटानी, झारपातहरूको कटानी फोहरमैला फाल्नुु, बाटो बनाउनु, घरहरू र बाँधहरू बनाउनाले जलाधार क्षेत्रमा क्षति पुग्दछ र यसले पानीको स्रोतलाई पनि क्षति गर्दछ । यसले गर्दा जमीनको अन्य सम्भावनाहरू जस्तै स्वस्थ्य समुदायको स्थापना, अन्य विभिन्न स्वास्थ्य समस्याहरू, भोकमरी तथा बसाई–सराई जस्ता समस्याहरू निम्त्याउँदछ । तसर्थ जलाधार क्षेत्रको व्यवस्थापकीय योजनाबाट पानी कसरी बगाउने, जमीन के–केका लागि प्रयोग गर्ने र विकास गर्ने आदिबाट भविष्यमा हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।
जलाधार क्षेत्रमा क्षति पुगेमा सबैको स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ । वातावरणको लागि जलाधार क्षेत्रको महत्वलाई बुझ्नको लागि नदी, झरनाहरू पृथ्वीका नशाहरू हुन् भनि बुझ्नु पर्दछ । यसले हाम्रो शरीरमा रगत बगेजस्तै पानी जमीनको माध्यमबाट बग्ने गर्दछ । हाम्रो जीवन रगतमा भरपरे जस्तै वातावरण जीवनको लागि पानीमा भर पर्दछ ।
पानी सदैव घुमिरहेको हुन्छ । कहिले यो नदीको रूपमा बग्दछ भने कहिलेकाहीँ यो तरल अवस्था (पानी) बाट ग्याँस (वाष्प वा जलवायु) को रूपबाट ठोस (बरफ वा हिउँ) को रूपमा परिणत भैरहन्छ । तर कूल पानीको मात्रा चाहिँ परिवर्तन हुँदैन । सम्पूर्ण पानी आकाशबाट पृथ्वीसम्म, जमीनमा सोसिएर, नदीको रूपमा बगी, ताल र समुन्द्र हुँदै फेरी वाष्पीकरण प्रक्रियाबाट आकाशमै फर्कन्छ । पानीको यो परिवर्तन तथा घुमिरहने प्रक्रियालाई जलचक्र भनिन्छ ।
जलाधार क्षेत्रमा पाइने पानी प्रायःजसो नदी वा तालमा नभई माटोमै रहेको हुन्छ । एउटा स्वस्थ्य जलाधार क्षेत्रले सफा पानी तथा मलिलो माटो प्रदान गर्दछ । रुख विरुवाहरू र खासगरी घाँस, जलाधार क्षेत्रको माथिल्लो एवं नदी किनारामा भएमा भूमिगत पानीको मात्रा तथा गुणस्तरमा सुधार आउँदछ । पानी, रुख विरुवा र माटोको संरक्षणबाट हामी जलाधारको संरक्षण गर्न सक्दछौं ।
रुख विरुवा, वनज ङ्ग लको विनासको कारण माटोले कम पानी धारण गर्छ । इनार र खोलाहरू सुक्दै जान्छन् । सुख्खा मौसमहरू लम्बिदैं जानु र चाँडै चाँडै आउनाले पर्याप्त पानीको अभावमा हुने सबैखाले स्वास्थ्य समस्याहरू आउन थाल्छ (अध्याय ५ मा हेर्नुहोस्) । वन विनासले माटोको क्षय हुन्छ (भू–क्षय पृष्ठ २०० हेर्नुहोस्) जसले गर्दा खेती गर्न झन गाह्रो हुन्छ र यसले भोकभरी एवं बसाई सराईको अवस्था सृजना गर्छ ।
जब सिमसार क्षेत्रहरूको विनास हुन्छ, यसले विषाक्त वस्तुहरूलाई पानीबाट छान्न सक्दैन र फलस्वरूप पानी प्रदूषित भएर जान्छ । सिमसार क्षेत्र एवं वन विनास दुवैको कारण बाढी पहिरो आएर धनजनको क्षति लगायत मृत्यु र झाडापखाला जस्तो विरामीहरू बढ्न थाल्छ ।
लामखुट्टेले विस्तारै बग्ने पानी वा जमेको पानीमा प्रजनन् गर्दछ । भू–उपयोग तथा पानीको बहावमा एक्कासी एवं ठूलो परिवर्तन ल्याउनेवित्तिकै लामखुट्टे बृद्धि गर्न सक्ने अवस्थाको सृजना हुन्छ । निम्न अवस्थामा लामखुट्टेको संख्या बृद्धि हुने सम्भावनाहरू हुन्छ ।
यदि हामीले पानीको बहावलाई नरोकी बग्न दिएमा जलाधार क्षेत्रमा भएको परिवर्तनले लामखुट्टेजन्य स्वास्थ्य समस्याहरू जस्तैः डेङ्गु, कालाज्वरो र पहेंलो ज्वरो आदि धेरै आउँदैन । (लामखुट्टेबाट हुने स्वास्थ्य समस्यालाई रोकथाम गर्ने उपायबाट बढी जान्न अध्याय ८ मा हेर्नुहोस् ।)
जलाधार क्षेत्रभित्रका जग्गाहरू वास्तवमा विभिन्न मानिसहरूको स्वामित्वमा हुन्छ । तसर्थ जलाधार क्षेत्रको पुनस्र्थापना तथा सुधार गर्न सबैको समझदारी तथा सहयोग जुटाउन कठीन हुन्छ । तर जलाधार क्षेत्रभित्र सबै पर्ने भएकोले सकेसम्म बढीभन्दा बढी मानिसहरूको सहभागिता जुटाई जलाधार क्षेत्रको संरक्षण गर्नुपर्दछ ।
जलाधार क्षेत्रमा हुने केही परिवर्तनहरू जस्तैः सडकको निर्माण, बाँध बनाएर सिचाइँ वा विजुली उत्पादन गर्नु वा सिमसार क्षेत्रको पानी बगाएर विभिन्न किराहरूको संख्या बृद्धिमा रोकावट ल्याउन आदिबाट जलाधार क्षेत्रभित्रका मानिसहरूको जीवनशैलीमा सुधार ल्याउन मद्दत गर्दछ । तर यस्ता परिवर्तनहरू पानीको प्राकृतिक बहावलाई ख्याल नगरी गरिएमा यसले राम्रो गर्नुभन्दा बढी क्षति पु¥याउँदछ ।
जलाधार क्षेत्रलाई वर्तमान तथा भविष्यमा स्वस्थ्य राखी विभिन्न तरीकाबाट जलाधार क्षेत्रमा क्षति नपु¥याई जनजीवनमा सुधार ल्याउन सकिन्छ ।
जलाधार संरक्षण कार्यभित्र जमीनमाथिको विवाद सुल्झाउने, सीमाना नक्शांकन गर्ने, पानीको बहावको योजना गर्ने, जमीन र पानीको उपभोगसम्बन्धी छिमेकीसँग सम्झौता गर्ने र काम गर्न चाहिने श्रोतको संकलन तथा साझेदारी गर्ने आदि कुराहरू पर्दछन् ।
धेरैजसो समुदायमा यो त्यत्ति सजिलो योजना चाहिं होइन । स्थानीय र क्षेत्रीय सरकार चाहिं विवाद सुल्झाउनमा संलग्न हुन सक्दछ । जुन कहिले काहीँ राम्रो पनि हुन्छ र नराम्रो पनि हुन सक्दछ । तर यदि सबै मानिसहरू सँगै मिलेर जलाधारको संरक्षण गरेमा बढी पानी प्राप्त हुन सक्दछ । पानीको कमीको कारण हुने विवाद चाहिँ पानी बढी प्राप्त भएमा सुधार आउन सक्दछ र सामुदायिक स्वास्थ्यलाई पनि संरक्षण गर्दछ ।
बढी पानीबाट बढी उत्पादन हुन्छ । जसले गर्दा मानिसहरूको आम्दानी बढ्दछ र उनीहरूलाई घर छोडेर कामको खोजीमा जानु पर्ने बाध्यता हुँदैन ।
अगुवान नदी उपत्यकाको जलाधार टोली निम्न तरीकाहरू अपनाएर जलाधार क्षेत्रको संरक्षण प्रारम्भ गरे ।
समुदायको नेता, शिक्षक र अन्यसँग समूहगत रूपले जलाधारको स्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण ठाउँहरूको भ्रमण गर्नुपर्दछ । जलाधारको क्षेत्रफलको आधारमा यो कार्यको लागि एक दिन वा कैयौं साता लाग्न सक्छ ।
पानीको मुख्य स्रोत भ्रमण गर्नुहोस् र यो कहाँकहाँ अर्कोसँग जोडिन्छ भन्ने कुराको टिपोट गर्नुहोस् । जलाधार क्षेत्रभित्र को कहाँ बस्दछ, त्यहाँको जमीन र अन्य श्रोतहरू के के मा कसरी उपभोग भएको छ, मानिसले पानी संकलन गर्ने ठाउँहरू, पानी प्रदूषित भएका ठाउँहरू जस्तैः उद्योग, चरण र फोहर संकलन गर्ने ठाउँ र अन्य सरोकारको कुराहरू टिपोट गर्नुहोस् । मानिसहरूसँग भेटेर समय अन्तरलामा भएका परिवर्तनहरूबारे कुरा गर्नुहोस् । शिकारी र माछा मार्ने माझीलाई वर्षको कुन समयमा जनावर र चराचुरुङ्गीहरू कुन ठाउँमा हुन्छन् भन्ने कुरा थाहा हुन्छ । समुदायमा जलाधार क्षेत्रबारे जानकार व्यक्तिहरू धेरै पाइन्छन्
भ्रमणपछि तपाईहरूले के थाहा पाउनुभयो र समुदायका सबैसँग पाएका सूचनाहरू राम्रो तरीकाले आदान प्रदान कसरी गर्ने भनेर छलफल गर्नुहोस् । जमीन र पानीलाई क्षति पु¥याइरहेको कुराहरूबारे छलफल गर्नुहोस् । यसले गर्दा जलाधार क्षेत्रको नक्सा तयार पार्नुको साथै ध्यान दिनु पर्ने सरोकारका विषयहरू पनि पहिचान गरी चिनो लगाउन मद्दत पुग्दछ ।
ठूलाठालाहरूले नक्सा बनाउन र पहिले र अहिलेमा आएका परिवर्तनहरूबारे जानकारी गराउन मद्दत गर्दछ । नक्सा बनाउने बारे जानकारीको लागि पृष्ठ १५ हेर्नुहोस् ।
जलाधार क्षेत्रको हरेक समुदायहरूबाट मानिसहरूलाई बोलाएर सामुदायिक बैठक बसाल्नुहोस् । यसमा खासगरी स्वास्थ्यकर्मी, पानी वितरण र सरसफाईमा काम गर्ने, जग्गाधनी, व्यापारी र पानी संकलन गर्ने व्यक्तिहरूलाई अनिवार्य रूपमा बैठकमा डाक्नुहोस् ।
नक्साको प्रयोग गरी पहिचान गरेका समस्याहरूबारे जानकारी गराउनुहोस् । मानिसहरूलाई आ–आफ्नो सरोकारका कुरा राख्न उत्साही गरेर स्वास्थ्य समस्या र पानी प्रदूषित भएको कारण, वन विनास, भूक्षय र जलाधारसम्बन्धी अन्य मुद्दामा छलफल गर्नुहोस् ।
यो छलफलको मुख्य उद्देश्य भनेको समस्याहरूको पहिचान गर्न सुरुवात गरी विस्तारै त्यसको साधान पहिल्याउने हो । यहाँ प्रायः सबैजसो समस्याहरू उठिसकेकोले यसलाई समाधान कसरी गर्ने भन्नेबारे सोध्नुहोस् । के यसलाई समाधान गर्न प्राविधिक सहयोग,आर्थिक सहयोग वा अन्य सहयोग एवं श्रोत चाहिन्छ भन्ने बारे छलफल गर्नुहोस् । साथै को–को यसमा संलग्न गरिनुपर्दछ भन्नेबारे पनि छलफल गर्नुहोस् ।
जलाधार क्षेत्रभित्र बैठक र जलाधार क्षेत्रको भ्रमण साझेदारी बढाउन सकिने तरीकाहरू हुन् । जलाधारको तल्लो भागमा र माथिल्लो भागमा बस्ने मानिसहरूसँग छुट्टाछुट्टै बैठक बस्नुपर्दछ । त्यसपछि विभिन्न समूहको प्रतिनिधिहरूसँग बैठक बस्नु पर्दछ । यसरी सबैको साझा लक्ष्यको पहिचान गर्ने र त्यसको प्राप्तिको लागि काम गर्दै जाँदा सबैलाई फाइदा पुग्ने गरी कार्य गर्नुपर्दछ ।
साझेदारी बढाउन कहिलेकाहीँ एकदमै कठीन हुन्छ, खासगरी ठूला जलाधार क्षेत्रहरूमा । अक्सर गरेर विभिन्न समुदाय र समूहरूको आ–आफ्नै विचार हुन्छ र आ–आफ्नो फरक फरक बुझाइ हुन्छ र अर्कोको विचार तथा समस्यालाई बुझ्न वा मनन् गर्न कठीन हुन्छ । शक्ति, श्रोत र प्रभावकारितामा भएको भिन्नताले निकै नराम्रो विवाद ल्याउँदछ । तर जब सबैको आवश्यकता र योगदानलाई कदर गरिन्छ, के गरिब र के धनीका बीच एकमदै राम्रो बलियो साझेदारी बढाउन सकिन्छ । काममा खुल्लापना र इमान्दारीताले विश्वास बढाउँदछ र यदि सबै साझेदारहरूले सहभागितमा योगदान पु¥याउँदछन् भने उनीहरूले त्यसबाट फाइदा पनि पाउनु पर्दछ ।
अगुवान नदी उपत्यकामा बनाइएको केही सम्झौताहरूको बारेमा सोच्नुहोस् । एउटा समूहले अर्को मानिसको जमीनमा रुख रोपे । धनी व्यक्तिहरूले खोलानालाहरूमा छेकबार लगाउन राजी भए । केही मानिसहरूले जमीन बेचविखन पनि गरे । धेरै र सफा पानीप्रतिको प्रतिबद्धता, धैर्यता र फाइदाले सहकार्य बढ्यो र सफल पनि भयो ।
एउटा लक्ष्य राख्नुहोस् र कार्य योजना बनाउनुहोस् । एउटा लक्ष्य पाँच वर्षमा पानीको स्रोत नजिक रुखहरू उमार्ने हुन सक्छ । अर्को लक्ष्य नदी संरक्षण गर्ने हुन सक्छ ताकी ५० वर्षमा यो पिउनको लागि सुरक्षित होस् ।
कार्य योजनामा केही जमीनको संरक्षणको लागि त्यो कुनै हालतमा प्रयोग नगर्ने विशेष गरी नदीको नजिक र डाँडाको टुप्पोको जमीन समावेश गरिन सकिन्छ । “जलाधार संरक्षितः प्रयोग नगरौं” भनेर सूचना राख्न सक्नुहुन्छ वा रुखलाई रंगले चिन्ह लगाउन सक्नुहुन्छ ।
जलाधारको तल्लो भागमा बस्ने मानिसहरूले सर्वप्रथम फाइदा पाउने गर्छन् (धेरै पानी र सुधार भएको माटो पाएर) । जलाधारको माथिल्लो भागमा बस्ने मानिसहरू जो सबैभन्दा पछाडि फाइदा पाउँछन् उनीहरूको लागि योजना बनाउनुहोस् । जब समुदायको सबैजना एकजुट भएर काम गर्छन् अनि योजना सफल हुन सक्छ ।
पानी बग्ने जमीन वा बाटोलाई ढल भनिन्छ । राम्रो ढलको व्यवस्थापनबाट बाढी र भूक्षयको खतरा घटाउँदछ र बढी पानी जमीनमा सोसिने मौका प्रदान गर्दछ । कमजोर ढल व्यवस्थापनले भूक्षय र पानी जम्ने गराउँदछ ।
ढलको अवस्थामा सुधार ल्याउने राम्रो उपायहरूमा वर्षातको सतही पानीलाई बग्ने भन्दा पनि विस्तारै हिंड्ने गराउनु हो ताकि यो विस्तारै भुईतिर, चारैतिर र भूमिगत पानीतिर सोसिएर जाओस् । यसो गर्नलाई निम्नलिखित कार्यहरू गर्नुपर्दछ ।
(क) भिरालो पहाड, नदी र खोला किनारका रुख विरुवाहरूलाई नकाट्नुहोस् ।
(ख) वर्षातको सतही पानीलाई रुख विरुवातिर, सिचाइँ कुलोतिर र बगैंचामा लगाएर वा खाल्डोमा जमाएको पानीमा माछापालन गर्नुहोस् (पृष्ठ ३०९ मा हेर्नुहोस्) ।
(ग) जैविक प्रतिरोधात्मक छेकबारहरू बनाउनुहोस्, अन्य भूक्षय नियन्त्रणका संरचनाहरू जस्तैः स–साना पर्खाल बनाएर सतही पानीलाई डो¥याउनुहोस् (पृष्ठ २९३ हेर्नुहोस्) ।
(घ) दिगो खेती प्रणालीबाट माटोको क्षमता सुधार गरी पानीलाई जमीनमुनी पठाउनुहोस् (पृष्ठ २८२ देखि २८९ सम्म)
(ङ) इनार वा धाराको उपयोगबाट निस्कने फोहर पानीलाई ढल, खाडल वा सोस्ने खाल्टोमा पठाउनुहोस् (पृष्ठ ८२ मा हेर्नुहोस्) ।
(च) वर्षातको पानी छतबाट पाइपको सहायताले भाँडोमा राखी खानेपानीको लागि प्रयोग गर्नुहोस् (पृष्ठ ८६ हेर्नुहोस्) वा पोखरी, खेत वा बगैंचामा लगाउनुहोस् ।
(छ) सडकको पेटीहरूमा रुख विरुवा लगाउनुहोस् वा पानी निकास हुने गल्छी बनाएर सफा र अवरोधहरू सदैव हटाउनुहोस् ।
जलाधार क्षेत्रभित्र शहर वा बजार बसेमा यसले पानीको प्राकृतिक बहावलाई परिवर्तन गरिदिन्छ । शहरी विकासले गर्दा धेरै कडा जमीनहरूमा जस्तैः सडक, प्लाष्टर गरेको भुई र छानाहरू जहाँ पानी भेलको रूपमा बढी बग्दछ र जमीनमा सोसेर जाने सम्भावना कम हुन्छ । यसले गर्दा पानी जम्मा भई एक ठाउँमा स्थिर हुन्छ, जसबाट लामखुट्टेको प्रजनन् गर्ने ठाउँको सृजना हुन्छ । यसले बाढी पनि ल्याउन सक्छ । धेरै मानिसहरू बस्ने ठाउँ र उद्योगधन्दाहरू विकास हुने ठाउँमा, पानी निकै प्रदूषित भएर जान्छ । शहर बजारमा सिमसार क्षेत्र एवं नदीका किनाराहरूलाई स्वस्थ्य राख्ने कठिन कार्य हो तर यस्तो गर्र्नु निकै महत्वपूर्ण कार्य हो । जसले गर्दा प्रदूषित पानी संकलन हुनबाट रोक्न, गाईबस्तु र रुखविरुवाहरूलाई प्रदूषित हुनबाट बचाउन र स्वास्थ्यलाई हानी हुनबाट रोक्न सकियोस् ।
आ–आफ्नो ठाउँको जलाधार क्षेत्रलाई बचाउनको लागि शहर बजारका मानिसहरूले निम्नलिखित कार्यहरू गर्न सक्दछन् ।
बाँध एउटा नदीको बीचमा बनाइने पर्खाल हो । बाँध बनाएर नदीको बहावलाई रोकी मानव निर्मित ताल बनाउनु हो । जसलाई जलाशय पनि भनिन्छ । जलाशयमा पानी जमाएर बाढीलाई नियन्त्रण गर्न सकिन्छ, सिँचाइको लागि र पिउने पानी दिन सकिन्छ । विजुली निकाल्न र मनोरञ्जलको लागि उपयोग गर्न सकिन्छ । बाँधले विभिन्न आधुनिक शहरहरू बसाउनका साथै धेरैको जनजीवनमा सुधार ल्याउन योगदान पु¥याएको छ तर कहिलेकाहीं १५ मिटर अग्ला र कहिलेकाहीँ २५० मिटर अग्ला बाँधहरूले मानिसलाई र जमीनलाई विभिन्न तरीकाले ठूलो क्षति पनि पु¥याउँदछ ।
पहिला बाँधले माथिल्लो क्षेत्रमा बस्ने मानिसहरू जहाँबाट नदीलाई बाँधको माध्यमबाट अवरोध गरिन्छ, उनीहरूलाई समस्या उत्पन्न गर्छ ।
बाँधले मानिसहरूलाई विस्थापन हुन बाध्य बनाउँछ । धेरैजना नराम्रो जमीनमा वा शहरी क्षेत्रमा सुकुम्बासी हुन बाध्य हुन्छन् । विस्थापित मानिसहरूलाई जमीन र पैसा दिने प्रतिबद्धता गरिएको हुन सक्छ । तर कुनै समय स्थानीय कार्यालयबाट पैसा दिइएको हुँदैन । धेरै पटक बाँधले जमीन बगाएको मानिसलाई मात्र पैसा वा अरु जमीन दिइन्छ । कुनै बेला दिइएको जमीन पनि खेतीयोग्य हुँदैन । बाँधले गर्दा डुब्न सक्ने सहरहरूलाई सरकारबाट विकासको लागि बजेट मिल्दैनथ्यो र यस कारणले विद्यालय, बाटो र स्वास्थ्य सेवातर्फ त्यत्ति ध्यान दिइँदैनथ्यो । कुनै नहरहरू बग्नुभन्दा पहिला यही स्थितिमा धेरै वर्ष रहने गर्थे । बाँधले नदीको प्राकृतिक बहाव नष्ट गर्छ । यसले नदीको बहावलाई कि बढाउँछ वा घटाउँछ जुन बाँधमा निर्भर हुन्छ । बाढी र सुख्खा प्राकृतिक चक्रमा अवरोध ल्याई यसले सम्पूर्ण नदी र ठूलो भूमिलाई असर पार्न सक्छ ।
लामखुट्टेहरू सिँचाइ नहरको घाम लाग्ने ठाउँमा वा बाँधको छेउछाउमा हुर्कने गर्छन् । लगातार बाँधको तह घटाउनाले वा बढाउनाले लामखुट्टे मर्न सक्छन् । तर बाँधको निरीक्षण गर्ने मानिसले यसलाई महत्व दिंदैनन् । ब्ल्याक फ्लाइस जसले रिभर व्लाइण्डनेस द्यष्लिमलभकक० गराउँदछ त्यसले अण्डा धेरै बहाब भएको पानीमा पार्छ जस्तैः बाँधबाट निस्कने पानी । बाँध र सिँचाइ योजनामा जमाइएको पानीमा शंक किराहरू हुर्कन्छन् जसले ब्लड फ्ल्यूक बोक्छ (पृष्ठ ५६ हेर्नुहोस्) ।
जब बाँधले नदीलाई रोकिन्छ, केही माटो र ढुङ्गा नदीको तल अथवा पानी जमाइएको ठाउँमा बस्छ, नदीको छेउछाउमा भने बस्दैन । जब पानीलाई बाँधबाट निकालिन्छ, त्यसमा बालुवाका कण हुँदैनन् । यसले खेतीको लागि जमीन राम्रो बनाउँछ, त्यसकारण बाँधको तल्लो भागको जमीन राम्रो हुँदैन । किनकी बाँधबाट निस्कने पानीले बालुवा संकलन गर्ने हुनाले नदी जति गहिरो भयो यसले भूक्षय त्यत्ति नै ल्याउँछ ।
जब बाँध बनाउने योजना हुन्छ तब सोध्नुपर्ने पहिला प्रश्न भनेकोः के यो बनाउन जरुरी छ ? बाँध बाढी रोक्न, विजुली निकाल्न, सिँचाई गर्न र बढ्दो शहरको लागि पानी दिन बनाइन्छ । यो सेवा कम खतरनाक तरीकाले पनि प्रदान गर्न सकिन्छ ।
संसारभरका समुदायहरू नयाँ बाँधप्रति रोक लगाउँदै छन् । पुराना बाँध हटाउन खोज्दैछन् र गरिएको क्षतिको लागि पैसा र जमीनको माग गर्दैछन् । केही समुदायहरू बाँध सञ्चालन गर्ने तरीकाको परिवर्तनको पनि माग गर्दैछन् ताकी नदी प्राकृतिक रूपमा बगोस् र बाँधबाट हुने खतरा घटोस् (अधिक जानकारीको लागि स्रोत हेर्नुहोस्)।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 12/20/2019