অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

तेल र सामुदायिक स्वास्थ्य

ैनिक उपभोग्य वस्तु मध्ये पेट्रोलियम पदार्थ पनि एक हो । जस्तैः ग्याँस, प्रोपेन मट्टीतेल, हिटिङ्ग आयल र एसफाल्ट साथै धेरै प्लाष्टिक, रंग, रसायन, सौन्दर्य सामग्री । केही लुगा र औषधि पनि तेलबाट बन्छन् । तर तेल विषाक्त हुन्छ र हाम्रो स्वास्थ्य र वातावरणको लागि हानीकारक हुन्छ, जसको सुरुवात तेलको खोजी गर्ने तरीका, ढुवानी र शुद्ध गर्ने तरीका साथसाथै यसको प्रयोग गर्ने विधिबाट शुरु हुन्छ । तेल खानी भएको ठाउँमा मानिसहरू तेलले समृद्धि ल्याउने कुरामा आशावादी छन् ।

तर धेरै जस्तो घटना हेर्दा पैसा जति तेल कम्पनीलाई गएको र साधारण मानिसलाई गरिबी, प्रदूषण, विरामी र तेल चुहावटका कारण हुने त्रासमा छोडिएको पाइन्छ । संसारको अर्थतन्त्र तेलमा निर्भर भएको हुँदा तेल कम्पनीसँग सरकार र अन्तर्राष्ट्रिय नियमलाई प्रभावित पार्ने शक्ति हुन्छ । यसको फलस्वरूप तेल खानी भएको समुदायका गरिब मानिसहरू आफ्नो जमीन बचाउन संघर्ष गरिरहेका हुन्छन् र विकसित र धनी समुदायका मानिसहरू वायु प्रदूषणसँग संघर्ष गरिरहेका हुन्छन् ।

तेल, कोइला र प्राकृतिक ग्याँस खनिज तेल हुन् । यी सबै हजारौं वर्ष अघि मरिसकेका विरुवा र जनावरबाट बनेको हुन्छ र सीमित मात्रामा मात्र छ । गएको १०० वर्षमा तेल विश्वकै सबैभन्दा बढी ठाउँहरूमा ऊर्जाको स्रोत भएको छ । अहिले संसारको धेरैजस्तो तेल खानी प्रयोग भैसकेको छ । धेरै मात्रामा तेल र अरु इन्धन बाल्नाले विश्व उष्णीकरण बढेको छ, जुन संसारले भोग्नु परिरहेको सबैभन्दा ठूलो वातावरणीय समस्या हो (पृष्ठ ३३ हेर्नुहोस्) । संसारको धेरै भन्दा धेरै मानिसहरू तेलमा आधारित अर्थतन्त्रमा रोक लगाइयोस् भन्ने चाहन्छन् र सफा र दिगो ऊर्जाको विकास होस् भन्ने चाहन्छन् (अध्याय २३ हेर्नुहोस्) ।

तेल फेला परेका ठाउँमा अर्थतन्त्र छिट्टै विकास हुन्छ तर त्यस्तो अर्थ भनेको दुःखको अर्थ हो । कमजोर तरीकाले बनेका तेल खानीहरू जमीनको बाहिरसम्म हुन्छन् र यसले आफूसँग सामाजिक समस्या पनि लिएर आउँछ । जस्तैः स्थानान्तर, जाँडरक्सीको, यौन रोग र एचआइभी÷एड्स (पृष्ठ ४७४ हेर्नुहोस्) । तेल कम्पनी र सरकार प्रायःजसो तेल बनाउने प्रक्रियाबाट हुने नोक्सानीबाट आफ्नो हात हटाउँछन् । तेलबाट भएको नोक्सानीले कति र कस्तो खालको हानी भएको छ र त्यसबाट आफ्नो सामुदायिक स्वास्थ्यलाई कसरी पुनस्र्थापना गर्ने भनेर समुदायलाई आफ्नै भरमा छोडिन्छ ।

प्राकृतिक ग्या“सले पनि स्वास्थ्य समस्या ल्याउ“छ

तेल बाल्नुभन्दा प्राकृतिक ग्याँस बाल्नाले कार्वनडाइअक्साइड (ग्लोबल वार्मिङ्गको कारण) कम उत्पादन हुन्छ । तर प्राकृतिक ग्याँसको लागि जमीन खोप्नु तेलको लागि खोप्नु जस्तै हो, जसले उस्तै उस्तै खालको सामाजिक समस्या ल्याउँछ । यो पाठमा भएको तेलको लागि जति सत्य तथ्य प्रस्तुत गरेको छ त्यो प्राकृतिक ग्याँसको लागि पनि सत्य छ ।

तेलबाट प्रभावित समुदायले स्वास्थ्यसम्बन्धी अध्ययनको आयोजना गरे

सन् १९९२ मा स्वास्थ्यकर्मीहरूको एउटा समूहले इक्वाडर मा रहेको अमेजोन जंगलमा तेल निकाल्दा स्थानीय समुदायमा भएको प्रभावको बारेमा अध्ययन गरे । उनीहरूलाई तेल कम्पनीले आफ्नो जमीन नष्ट पारिरहेको कुरा थाहा थियो तर मानिसको स्वास्थ्यमा यसको असरको बारेमा थोरै मात्र थाहा थियो । त्यसैले स्वास्थ्यकर्मीहरूले उनीहरूको शहर र गाउँबाट जानकारी बटुल्न थाले । यो स्वास्थ्य अध्ययनले धेरै काम गर्नुप¥यो र धेरै समय लियो । शुरुआतमा उनीहरूले के सिक्छन् भनेर स्वास्थ्यकर्मीलाई थाहा थिएन । यो पाठमा उनीहरूले आफ्नै शब्दमा आफ्नै कथा भनेका छन् ।

हजारौ वर्षदेखि यो क्षेत्र त्यहाँका आदिबासी मानिसहरूको घर हो । हाम्रो भागको अमेजोन जंगलमा धेरै थरीका मानिसहरू बस्छन्ः क्जगबच(ब्अजगबच, च्गलब, त्तगष्अजब, ज्गबयचबलष्, क्ष्यलब(क्भअयथब र ऋयाबल । यी मध्ये हरेक संस्कृतिको आफ्नै भाषा, कलाकौशल र आफ्ना दृष्टिकोण छ । आधुनिक समय अगाडि यी सबै जनजातिहरू प्रकृतिसँग समन्वय बनाएर बस्थे । त्यसपछि यो सन्तुलन भङ्ग भयो । यदि हामीलाई के भएको छ, भनेर थाहा पाउनु छ भने हामीले हाम्रो इतिहास हेर्नुपर्छ ।

ले सुन र चाँदीको लागि हाम्रो जमीन खोजे । हाम्रो पूर्वजलाई सुन र चाँदी जमीनबाट खन्न बाध्य बनाइयो । त्यसपछि अंग्रेज आए र सुनको सट्टा उनीहरूलाई रबर ९च्गददभच० चाहियो । उनीहरूले हामीलाई जमीनबाट रबर निकाल्न कामदार बनाए । त्यसपछि तेल कम्पनीहरू आए । उनीहरूले पनि पहिलाको जस्तै गरे । हामीलाई थाहा छ, तेल कम्पनीहरूले हाम्रो स्वास्थ्य विगार्दै छन् । यसै कारणले हाम्रो स्वास्थ्कर्मीहरूले प्रदूषण र यसले कसरी असर पार्दछ भन्ने कुरा अध्ययन गर्ने निधो गरे । हामी एकजुट भएर राम्रो आर्थिक, राजनीतिक संस्कृतिक परिस्थितिको लागि मिलेर काम गर्न चाहन्छौं ।

स्वास्थ्यकर्मीहरूले प्रदूषणरहित समुदाय भन्दा तेलबाट प्रदूषण भएको समुदायमा मानिसहरू धेरै विरामी भएको कुरा थाहा पाए र यस्तो समुदायमा प्राय महिलाहरूमा गर्भ तुहिने समस्या धेरै रहेछ । बच्चाहरू कुपोषणको शिकार भएर सानै उमेरमा मर्ने गर्छन् । धेरै मानिसहरूमा छालासम्बन्धी रोगहरू हुन्छन्, जुन सजिलै जाँदैन । (तेलबाट हुने समस्याको लागि जान्न पृष्ठ ५०६ र ५०७ हेर्नुहोस्) यी समस्याहरू उनीहरूले सिकेको मध्ये केही मात्र हो । अध्ययनपछि उनीहरूले ूऋगतिगचभक द्यबतजभम ष्ल इष्ूि नामक पुस्तक प्रकाशन गरे ताकि अरु मानिसहरूले उनीहरूले गरेको कामबाट केही सिक्न सकोस् ।

यहा हाम्रो अध्ययनमा अपनाएका केही चरणहरू व्याख्या गरिएको छ ।

१. हामीले जानकारी संकलन गयौं ।

हामीले हाम्रो ठाउँमा प्रयोग हुने तेलेको प्रकार, रसायन र यसको स्वास्थ्य असरको बारेमा जानकारी संकलन गयौं । त्यहाँबाट हामीले रसायनले बच्चा खेर जाने, जन्मसम्बन्धी समस्या, क्यान्सर र अरु विरामी हुने कुरा थाहा पायौं । हामीले अरु के पनि थाहा पायौं भने मानिसहरू रसायनले प्रदूषित भएको पानी पिएर विरामी हुने गरेका छन् ।

२. हामीले कुनचाहिं समुदायमा अध्ययन गर्ने भनेर छान्यौं ।

हामीले सातवटा तेल निकाल्ने र बनाउने कारणले प्रदूषित भएका समुदाय छान्यौं । प्रदूषित समुदाय छान्न सजिलो थियो किनभने हाम्रो ठाउँको सबै समुदाय तेलको इनार, फोहरको पोखरी र कारण प्रदूषित थियो । हामीले तेलसम्बन्धी केही कार्य नभएको तर अरु तरीकामा भने पहिलेको ७ वटा समुदाय जस्तै भएको अरु ३ वटा समुदाय पनि छान्यौं ।

३. हामीले यस समुदायका मानिसहरूको स्वास्थ्यसम्बन्धी इतिहास पनि जम्मा गयौं ।

हामीले एक वर्षदेखि अर्कोमा लगातार भैरहेको विरामी थाहा पाउनु पछिल्लो ४ वर्षको जानकारी जम्मा गर्यौ । हामीले धेरै भन्दा धेरै मानिसहरू घटना र विरामीबाट प्रभावित हुने थाहा पायौं । हामीले यो जानकारी जम्मा गर्नुभन्दा पहिले हामी मध्ये यति धेरै विरामी छौं भनेर थाहा थिएन ।

४. हामीले वैज्ञानिकहरूस“ग मद्दतको लागि सम्पर्क गयौं तर उनीहरूल मद्दत गरेनन् ।

हामी स्वास्थ्य शिक्षाको स्थानीय केन्द्रमा गएर एउटा प्रचलित अध्ययन प्रक्रियाको कक्षा मिलाइदिन भन्यौं । पहिला त उनीहरूले उत्सुकता देखाए तर अन्त्यमा उनीहरूले मद्दत गरेनन् । त्यसपछि हामीले नजिकैको मेडिकल स्कूलमा ९ःभमष्अब िक्अजयय०ि गएर मद्दतको लागि भन्यौं तर उनीहरूले पनि मद्दत गरेनन् । त्यहाँका विद्यार्थीहरूले खानेपानीमा भएको रसायनको अध्ययन गर्ने सल्लाह दिए र यो महङ्गो हुने भएकोले अरु देशबाट पैसा उठाउने सल्लाह पनि दिए ।

५. हामीले हाम्रो ठाउ“को सबै समुदायको मानिसहरूको भेला गयौं

हामीले किन यो अध्ययन गर्न खोजेको हो, त्यो कुरा भन्यौं र समुदाय हाम्रो मद्दत गर्न तयार छ भनेर सोध्यौं । भेलाको अन्त्यमा सबैजनाले मद्दत गर्ने निधो गरे । हामीले एउटा समूह गठन ग¥यौं जसमा स्वास्थ्यकर्मी, विभिन्न समुदायका मानिसहरू र रसायनबाट मानिस र वातावरणमा हुने असरको बारेमा ज्ञान भएको व्यक्तिलाई राख्यौं । त्यसपछि, परिणामको विश्लेषण ग¥यौं ।

६. हामीले कार्ययोजना बनायौं

हामीले ५ महिना अध्ययन गर्ने योजना बनायौं । हामी हरेक १५ दिनपछि भिन्दै समुदायमा जाने र ३–४ दिन त्यहाँ बस्ने भयौं । हामीले त्यहाँ समुदायको सर्वेक्षण ग¥यौं र रगत, दिसा, पिसाबको नमूना लिएर जाँचको लागि संकलन ग¥यौं । जब हामीसँग शहरको प्रयोगशालाबाट आएको जाँचको परिणाम हुन्थ्यो, हामी पुनः समुदायमा गएर परिणाम बारे छलफल गथ्र्यौं । एकैचोटी निर्णय गर्नको लागि यो धेरै महत्वपूर्ण थियो । हामीले हरेक २ महिनामा भेला राख्ने योजना बनायौं जसमा काम गर्ने समूह र समुदायका प्रतिनिधि बसेर अध्ययन कस्तो भइरहेछ भनेर कुरा गर्नेछन् ।

७. हामीले हाम्रो काम र प्रयोगशालाको खर्चको लागि आर्थिक सहयोग खोज्यौं ।

हामीले पैसा खोज्न एउटा समिति गठन ग¥यौं । धेरै खोजेपछि हामीले स्पेनको डाक्टरहरूको समूहबाट पैसा पायौं ।

८. हामीले समुदायको नक्सा बनायौं ।

हरेक समुदायका मानिसहरूले तेलको कुवा, प्रदूषित पानी र गाउँ र खेतको ठाउँ देखाउँदै नक्सा बनाए र त्यसैबेला हामीले हरेक, समुदायमा बस्ने मानिसहरूको सूची तयार पा¥यौं । सूचीमा मानिसको नाम, उमेर र महिला वा पुरुषको विवरण समावेश गरिएको थियो ।

९. हामी समुदायमा जाने र अध्ययन गर्न थाल्यौं ।

नमूनाहरूलाई शहर पठाउनुको सट्टा हामीले एउटा सामुदायिक स्कूलमा प्रयोगशाला खोल्यौं, मानिसहरूको दिशा, पिसाव र रगत जाँच्न थाल्यौं । यसको लागि तपाईलाई प्रयोगशालाको सामान र तालिमको जरुरत पर्छ, त्यसैले हामी यहाँ त्यसको व्याख्या गर्ने छैनौं । विहान हामी घर घरमा गएर नमूना बटुल्ने सर्वेक्षण ग¥थ्यौं र स्वास्थ्यकर्मीहरू मानिसहरूको स्वास्थ्य परीक्षण गर्थे ।

१०. एकचोटी सबै जानकारी बटुलेपछि हामी त्यसलाई क्रमबद्ध गरेर राख्थ्यौं ।

त्यसपछि हामी प्रदूषित र प्रदूषणरहित समुदायको जानकारी दाँजेर हे¥थ्यौं । हामी धेरै कुरा दाज्थ्यौं– आर्थिक अवस्था, राजनीतिक अवस्था, स्थानीय संस्कृति र सबैभन्दा बढी मानिसको स्वास्थ्य ।

११. अन्तिम कार्य भनेको सबैकुरा लेखेर सबैजनास“ग छलफल गर्नु हो ।

यसले सबै आवद्ध समुदायलाई स्वास्थ्य स्थितिमा सुधार गर्न कस्तो कदम चाल्नु पर्छ भन्ने कुरामा मद्दत गर्छ ।

स्वास्थ्य अध्ययनले सामुदायिक कार्य गर्न जागरुक गरायो

स्वास्थ्यकर्मीहरूको कामले मानिसहरूलाई धेरैजसो उनीहरूको विरामी तेलबाट हुने प्रदूषणले भएको हो भनेर देखायो । तेलको हानीकारक रसायन मानिसको रगत, दिसा र पिसावको नमूनमा र पानी, माटोमा पनि भेटियो । यो थाहा भएपछि उनीहरूलाई समाधानको लागि काम गर्न मद्दत ग¥यो । उनीहरूलाई थाहा थियो कि जबसम्म प्रदूषण रहिरहन्छ, सुरक्षित पानी, स्वास्थ्य खाना र सफा हावा पाउन गाह्रो छ ।

प्रभावित मानिसहरूको समिति गठन गरियो, जसले एउटा समूह बन्यो जसले मद्दतको लागि सरकारलाई दबाब दिन्छ । स्वास्थ्यकर्मीहरूको संगठनले मानिसहरूको स्वास्थ्यमा र तेलले कसरी स्वास्थ्य समस्या ल्याउँछ भनेर देखाउन निरन्तर मद्दत गरिरहे ।

अर्को संगठन “फ्रन्ट फर डिफेन्स अफ् द या तजभ नामक संस्थाले तेल कम्पनीहरूलाई उनीहले गरेको क्षतिको लागि मुद्दा दायर ग¥यो । (कानुनसम्बन्धी जानकारीको लागि पृष्ठ ५२२ हेर्नुहोस्) रेन फोरेष्टको ठूलो भूभाग नाशीसकेको थियो, वातावरणीय कानुन जसले क्षतिपूर्ति कसरी भर्ने भनिएको हुन्छ त्यसको बेवास्ता गरिंदै थियो । विदेशी तेल कम्पनीले आफ्नो नाफा लिएर छोडिदिए ।

सामुदायिक अध्ययन र कानुनी प्रक्रियाले अरु संगठनलाई पनि रेन फरेष्ट र त्यहाँका मानिसहरू बचाउने अभियानमा जागरुक गरायो । तेलले भयानक स्वास्थ्य समस्या ल्याउँछ भनेर देखाउन र तेल कम्पनीविरुद्धको मुद्दामा साथ दिन इक्वाडोर , बेलायत र अमेरिका का विश्वविद्यालय र मेडिकल स्कूलले अझै विस्तृत अध्ययन गरे । यी अध्ययनहरूले यस किताबका लेखकलाई पनि तेलका स्वास्थ्य समस्याको बारेमा जान्न मद्दत ग¥यो ।

तर सबैभन्दा महत्वपूर्ण काम भने स्वास्थ्यकर्मीहरूले गरे । उनीहरूलाई तेलबाट हुने स्वास्थ्य असरको बारेमा कसरी अध्ययन गर्ने भनेर सिकाएर उनीहरूले स्थानीय तवरमा संसारको महत्वपूर्ण विषयमा काम गरे । बहुराष्ट्रिय तेल कम्पनीहरूले रेन फरेष्ट नाश गरेपछि आफ्नो छिमेकीको स्वास्थ्यमा परेको असर देखाएर उनीहरूले स्थानीय विषयलाई अन्तर्राष्ट्रिय स्तरसम्म लिएर आए । हामीले यो पुस्तक लेख्दा उनीहरू हाम्रो लागि प्रेरणाको स्रोत थिए ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 1/28/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate