অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

तेल उत्पादनको हरेक भाग हानीकारक हुन्छ

तेल उत्पादनको हरेक चरणमा स्वास्थ्यमा र वातावरणमा हुने असरको बारेमा थाहा पाउनाले तपाईलाई प्रतिक्रिया दिन मद्दत गर्छ ।

अनुसन्धान

जब कम्पनीहरूले पहिलो तेलको खोजी गरे, जंगलहरू काटे र घरहरू भत्काए । बाटोहरू बनाइयो र नदि नालालाई थुनियो । तेल कम्पनीहरूलाई जमीनमुनी के छ भनेर थाहा पाउन तेलेको खोजी गर्दा लगातार विस्फोटन पनि गरियो । यसलाई सिस्मिक जाँच भनिन्छ । सिस्मिक जाँचले घर, जंगली जीवन र जमीनमा क्षति पु¥याउँदछ ।

कम्पनीहरूले तेल खोजी गर्नु अगाडि, सामुदायिक समूहले सरकारी प्रनिनिधिकहाँ गएर रोक लगाउन सक्छन् । गैरसकारी संस्था र तेलबाट क्षतिग्रस्त समुदायको अनुभवबाट केही गर्न सक्छन् र सबैजनालाई सामुदायिक स्वास्थ्यमा पर्ने असरको बारेमा सिकाउन सक्छन् । तेल कम्पनीहरूले वातावरणीय प्रभाव मूल्यांकन ( गर्नु नै पर्छ (अनुसूची २) । यदि वातावरणीय प्रभाव मूल्यांकनमा फोहर व्यवस्थापन, जमीनमुनी र माथिको पानीको सुरक्षा र अप्रिय घटना घटेको खण्डमा नजिकैको बस्तीलाई पूर्वसूचना दिने अथवा खाली गराउने योजना समावेश गर्नुपर्छ ।

तेल खन्ने

तेलका इनारहरू तेल जमीनबाट निकाल्नको लागि खनिन्छ । तेल खन्ने प्रक्रियाले आगजनी, विष्फोटन र अरु घटनाहरू हुन सक्छ । जसले गर्दा कामदार र समुदायलाई खतरा पु¥याउँछ । जब तेल पोखिन्छ वा चुहावट हुन्छ, त्यसले जमीनमुनीको पानी वा पानी हिंड्ने बाटो प्रदूषित गर्छ । विरुवा, जनावर र शिकार, कृषि, माछा आदिको स्रोतलाई नष्ट गर्छ । तेल खन्दा हुने असरहरूलाई देखाउन समुदायले क्यामरा, भिडियो, रेडियो, लिखित प्रतिवेदन र बच्चाहरूले गरेको चित्र पनि प्रयोग गर्न सक्छन् । यदि कुनै समुदायले तेल खन्न र वातावरणमा हुने क्षतिमा रोक लगाउनु परेमा वातावरणीय प्रभाव मूल्यांकनको नियम लागू गर्न परेमा वा तेल कम्पनीविरद्ध कानुनी प्रक्रियाको लागि यस्ता दस्तावेजहरू प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ ।

छुट्याउनु

जमीनबाट तेल निस्कदा ग्याँस, गह्रो धातु र विषालु पानीसँगै मिसिएर निस्कन्छ । यी अरु वस्तुबाट तेललाई छुट्याउनु पर्छ । प्रदूषणको मुख्य कारण विषालु पानीको विसर्जन हो । धनी मुलुकको कानुनमा तेल खन्दा आउने विषालु पानीलाई जमीनमुनी नै फर्काउनु पर्ने नियम छ । यस्तो प्रक्रिया सबै ठाउँमा लागू हुन जरुरी छ ।

अरु फोहरहरूलाई छुट्याइन्छ र प्रदूषित पोखरीमा फ्याँकिन्छ । तेल कम्पनीहरूले तेल खनेर निक्लेको कच्चा तेल, विषालु पानी र अरु फोहरलाई खाल्डो खनेर रसाएर जमीन मुनीको पानी, नदि र जमीनलाई प्रदूषित गर्छन् । यस्ता खाल्डोको वरीपरी ढुङ्गा र गिट्टि लगाउनु पर्छ । यस्ता खाल्डोमा चुहिने र पोखिने प्रक्रिया रोक्न निरीक्षण गर्न र तेलको काम सक्नुभन्दा पहिला सफा गर्नु जरुरी हुन्छ ।

ग्याँस फ्लेयर

ेलसँग भेटिएका ग्याँसहरूलाई बालेर छुट्याइन्छ । ग्याँस फ्लेयर (पृष्ठ ५११ देखि ५१२) ले कामदार, समुदाय र जंगली जीवनलाई प्रदूषित गर्छ र क्यान्सर, छालाको रोग, दम, ब्रोन्काइटिस र अरु स्वास्थ्य समस्या निम्त्याउँछ । फ्लेयरले बादललाई समेत प्रदूषित गरी कालो वर्षा द्यबिअप हुन्छ जसले पानीका स्रोतहरूलाई विषालु बनाउँछ ।

ढुवानी र भण्डार

पाइप, ट्रक र पानीजहाजबाट तेल ढुवानी गर्दा पोखिन सक्छ । ट्यांकरहरूमा भण्डार गर्दा तेल चुहिन सक्छ । यस्तो चुहावटले धेरै वर्षसम्म माटो, पानी, जनावर र मानिसहरूलाई असर गर्न सक्छ । तेल कम्पनीहरूले चुहावट हुनासाथ समुदायलाई चेतावनी दिनुपर्छ, चुहावट रोक्नुपर्छ र सोही समयमा सफा गरिहाल्नु पर्छ । (तेल चुहावटबाट हुने असरलाई कम गर्न र सफा गर्ने तरीकाको बारेमा जान्न पृष्ठ ५१४ देखि पृष्ठ ५१९ हेर्नुहोस्) तेलसम्बन्धी कार्यको वातावरणीय प्रभाव मूल्यांकन गर्दा पाइपलाइन बनाउने र प्रयोग गर्ने योजना पनि समावेश गरिनु पर्छ । तेल कम्पनीहरूको असुरक्षित कार्यको विरुद्ध जान तपाइहरूले पाइपलाइन नजिकैको समुदायलाई संगठित गरेर क्षेत्रिय सहयोग जुटाउन सक्नुहुन्छ ।

शुद्धीकरण

तेललाई विभिन्न पदार्थ जस्तैः ग्याँसोलिन ९न्बकयष्लिभ०, डिजेल, हिटिङ्ग फ्युल ९ज्भबतष्लन ँगभकि०, असफाल्ट ९ब्कउजबति०, लुब्रिकेटिङ्ग तेल ९ीगदचष्अबतष्लन इष्०ि र प्लाष्टिकमा परिणत गर्ने कारखाना ९ँबअतयचथ० लाई रिफाइनरिज ९च्भाष्लभचष्भक० भनिन्छ । यस्ता कारखानाहरूले विषाक्त फोहरहरू पानी, माटो र हावामा छोड्छन् । यस्तो प्रदूषणले दम, ब्रोन्काइटिस, क्यान्सर, प्रजनन् समस्या र मष्तिस्क र नशाहरूको विकासमा कमी ल्याउँछ । यस्तो प्रदूषणले विश्व उष्णीकरण पनि गराउँछ (शुद्धीकरणबाट हुने असर र त्यसको न्यूनीकरणबारे जान्न पृष्ठ ४५५ देखि ४५८ र पृष्ठ ५१३ हेर्नुहोस्) ।

तेललाई इन्धनको रूपमा बाल्नु

तेल र ग्याँसलाई कारखाना र सवारी साधनमा बाल्नाले धेरै किसिमको वायु प्रदूषण हुन्छ । उत्पन्न हुने एउटा ग्याँस हो कार्वन डाइअक्साइड, जसले हावामा तातोपनलाई सोसेर राख्छ । यो विश्व उष्णिकरण (ग्लोबल वार्मिङ्ग) को ठूलो कारण हो जसले गर्दा अरु क्षति जस्तै बाढी, हावाहुरी, सुख्खापन र समुन्द्रसतह बढ्ने गर्छ । यसले अन्नबाली, जनावर र किराहरूलाई पनि असर पार्छ, जसले गर्दा मलेरिया जस्तो रोग नयाँ ठाउँमा फैलिन्छ । ग्यासोलिन स्टेसन र भिडभाड भएको शहरमा मानिसहरू विषाक्त धुवाँमा बस्ने गर्छन् जसले गर्दा क्यान्सर र अरु विरामी फैलन्छ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 1/28/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate