यदि तपाई तेल निकाल्ने ठाउँ वा कारखाना नजिक बस्नुहुन्छ भने आफ्नो समुदायसँग मिलेर आपत्कालीन समयको (जस्तैः चुहावट र लागि सुरक्षा योजना बनाउनुहोस् ।
सुरक्षा योजनाको एउटा भाग भनेको कुन ठाउँबाट समस्या शुरु हुन सक्छ र कुन स्रोतलाई आपत्कालीन समयमा जोगाउनु पर्छ भनेर थाहा पाउनु हो समुदायको नक्साले यसमा मद्दत गर्न सक्छ ।
समुदायको अरु मानिसहरूसँग मिलेर तपाई बस्ने ठाउँको नक्सा बनाउनुहोस् । त्यसमा तेलको इनार, तेल निकाल्ने ठाउँ, पाइप लाइन, फोहर हाल्ने खाल्डो, कारखाना र अरु प्रदूषणको स्रोतहरू समावेश गर्नुहोस् । साथै तपाईले पानी ल्याउने ठाउँ, अन्न उमार्ने र ल्याउने ठाउँ, जनावर राख्ने ठाउँ र सामुदायिक स्रोतहरू पनि समावेश गर्नुहोस् ।
विगतमा भएको घटना, चुहावट र प्रदूषणको कुरा गर्नुहोस् । त्यसको असर के थियो ? नक्सामा असर भएका ठाउँमा चिन्ह लगाउनुहोस् । त्यसपछि तपाईसँग भएको स्रोतको सूची र आपत्कालीन समयमा यसको कसरी प्रयोग गर्ने भनेर योजना बनाउनुहोस् ।
हामीलाई केको जरुरत छ
तेल कम्पनीहरूले तेल निकाल्नु भन्दा पहिले वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्छ । वातावरणीय प्रभाव मूल्यांकनले तेल चुहावटको बेला कम्पनी केके को लागि जिम्मेवार छ भनेर पुष्टि गर्छ । तपाईको समुदायले वातावरणीय प्रभाव मूल्यांकनको प्रयोग गरेर आपत्कालीन समयको बेला कम्पनीलाई कसरी जिम्मेवार बनाउने भनेर छलफल गर्नुहोस् ।
उदाहरणको लागि चुहावट भएको पाइपलाई सफा नगरेसम्म बन्द गर्ने माग राख्न सक्नुहुन्छ । के समुदायलाई खाने पानीको आपूर्ति र नोक्सानीको लागि क्षतिपूर्ति तथा स्वास्थ्य सेवाको लागि पैसा कम्पनीले दिन सक्छ ? (वातावरण प्रभाव मूल्यांकनको लागि अनुसूची २ हेर्नुहोस्) ।
तेलको चुहावटले लामो समयसम्म जमीनलाई नराम्रो असर पु¥याउँछ । यदि तेल सफा गरेर जमीनलाई पहिलाकै स्थितिमा आउन धेरै वर्ष छोड्ने हो भने जमीनलाई पुनस्र्थापना गर्न सकिन्छ । तर यसको लागि धेरै समय लाग्छ । (जमीन पुनस्र्थापनाको बारेमा जान्न अध्याय ११ र पृष्ठ ४९६ हेर्नुहोस्)
अमेरिकामा डिजेल पोखिएपछि धेरै कम्पनीहरूलाई सफा गर्न के गर्न सकिन्छ भनेर हेर्न आग्रह गरियो । माटो, जहाँ तेल पोखिएको थियो, त्यसलाई थुप्रो बनाइयो र हरेक कम्पनीलाई एउटा थुप्रो दिइयो ।
एउटा कम्पनीको सानो व्यवसाय थियो जसले च्याऊ उमारेर बेच्ने गथ्र्यो । व्यापार चलाउने मानिसलाई जंगलमा आगो लागेपछि र अरु प्राकृतिक घटना घटेपछि च्याऊ उम्रेको देखेको थिए । च्याऊमा नष्ट भएको जमीन पुनस्थापना गर्ने शक्ति भएको उनको विश्वास थियो । उनको समूहले त्यस थुप्रोमा च्याऊ लगाए । त्यसपछि त्यसलाई छोपे र प्रतिक्षा गरे । ६ हप्तापछि जब उनीहरूले त्यसलाई खोले अनि जे देखे त्यो आश्चर्यजनक थियो । माटो ठूलो ठूलो च्याउले भरिएको थियो र कुनै ३० से.मी. सम्म पनि थिए । उनीहरूले च्याऊ र माटोलाई प्रयोगशालामा लगी जाँच गराए । च्याऊमा तेल वा अरु कुनै विषाक्त पदार्थ थिएन । च्याऊले पूर्ण रूपमा माटोलाई सफा गरेको थियो ।
त्यसपछि जे भयो कथाको त्यो महत्वपूर्ण भाग हो । च्याऊ बढेपछि झिङ्गाहरू आएर त्यहाँ अण्डा पार्न थाले । किराहरूको बच्चा देखिन थाले । चराहरू उडेर आउन थाले र अरु जनावरहरूले च्याऊ र किराहरू खान थाले । चरा र जनावरहरूले बीउहरू ल्याउन थाले र विरुवाहरू उम्रन थाले । प्रदूषित माटोको थुप्रो अब जीवन भएको बगैंचामा परिणत भैसकेको थियो ।
प्रयोगमा यो तरीकाले काम ग¥यो, तर कसैलाई थाहा छैनकी यो तरीकाले सबै स्थिति र ठाउँमा काम गर्छ भनेर । च्याऊ र अरु प्राकृतिक वस्तुले तेलको चुहावट सफा गर्छ भनेर थाहा पाउन अझै धेरै काम गर्न जरुरी छ ।
तेलको धनी ठाउँमा बस्ने मानिसहरूको स्वास्थ्यको सुरक्षा गर्ने एउटै तरीका भनेको कसैले पनि तेलको स्रोतलाई प्रयोग गर्छ उसले मानिसको स्वास्थ्यमा खतरा नहुने गरी र उनीहरूलाई फाइदा पुग्ने गरी काम गर्नु नै हो । किनभने तेल धेरै महत्वपूर्ण छ र यसको काममा धेरै पैसा पनि हुन्छ ।
नाइजेरियाको नाइजेर रिभर डेल्टामा कुनै समय माछा, जनावर र खेती भएका उब्जाउ जमीन थियो । जब तेल कम्पनी पहिले यहाँ आए उनीहरूलाई आर्थिक फाइदा दिने आश्वासन दिए । तर तेल निकालिएको ३० वर्षपछि पनि कम्पनीले आफ्नो बचन पूरा गरेन । एक नाइजेरियन महिलाको अनुसार “हामी रिसाएका छौं । सन् १९७० देखि कम्पनी आएपछि उनीहरूले हाम्रो जीवनको लागि केही पनि राखेनन् । हामीसँग नदिनालाको प्रदूषण, जंगल र खेतमा भएको नोक्सानी र ग्याँस फ्लेयरिङ्ग बाट हुने आवाज बाहेक देखाउनलाई केही छैन । हामीसँग केही आशा छैन, तर हामीलाई भगवानले दिएको बरदानबाट उनीहरू लाखौं कमाइरहेका छन् । उनीहरू हाम्रो रोदन सुन्दैनन र वास्ता पनि गर्दैनन् ।” नाइजेरियाका महिलाहरूले सबै समुदायको मानिसहरू समावेश गरेर शान्तिपूर्ण विरोध सुरु गरे । महिलाहरूले चेभरोन टेक्साको नामक मुख्य कम्पनीलाई जागिर, शिक्षाको लागि स्रोत, पानी, बिजुली र सामुदायिक विकास गरिदिन माग गरे । उनीहरूले तेल कम्पनीले गरेको सबै नोक्सानीको क्षतिपूर्ति पनि मागे ।
चेभरोन टेक्साकोले सरकारलाई बलियो भएर जवाफ दिन बोलाए । प्रहरी र सिपाहीहरूले अश्रु ग्याँस हानेर, महिलाहरूलाई पिटेर र दुःख दिएर आक्रमण गरे । धेरै घाइते भए र केही मारिए । तर महिलाहरूले आत्मबल र कलाकासाथ जवाफ दिए । केहीले तेल कम्पनीको मुख्य कार्यालयमा अवरोध गरे । अरुले मुख्य निकास ओगटे र सैयौंले नाइजर नदिबाट तेल लगिने स्टेशनमा अवरोध गरे । महिलाहरूले नाका र स्टेशन ओगटेको हरके दिन कम्पनीलाई १ लाख को घाटा प¥यो ।
तेल कम्पनीका पदाधिकारले अन्त्यमा हारे । चेभरोन टेक्साकोले जागिर र महिलाहरूलाई आफ्नो व्यवसाय सुरु गर्न थोरै सहयोग गर्ने भयो । उनीहरूले विद्यालय, अस्पताल, पानी र बिजुली दिने बाचा पनि गरे ।
तेल कम्पनी र नाइजेरियाको सरकारको रुखो व्यवहारले आफ्नो नाफा बढाउन उनीहरू केही पनि गर्न सक्छन् भन्ने कुरा देखायो । नाइजेरियाक महिलाहरूले संसारको मानिसहरूलाई तेलको विकासबाट हुने दुःख होइन बरु त्यसको फाइदाको हिस्सा लिन प्रोत्साहित गरे । नभए, उनीहरूले तेलको विकास रोक्नेछन् ।
धेरै देशहरूले आफ्नो जनता, पानी, जंगली जीवलाई प्रदूषणबाट बचाउन र सुरक्षित काम गर्ने वातावरण बनाउनको लागि कानून बनाउँछन् । तेल कम्पनीहरूलाई चुहावटको जिम्मेवारी दिलाउन स्थानीय र अन्तर्राष्ट्रिय कानुन छन् । तर जब मानिसहरू एकजुट भएर कानुनलाई लागू गर्छन् तब मात्र त्यो प्रभावकारी हुन्छ (अन्तर्राष्ट्रिय कानुनको लागि अनुसूची २० ।
जब इक्वाडोर मा टेक्साकोले तेल खन्न थाल्यो तब कोफेन ९ऋयाबल० मानिसहरूलाई अमेरिकी कम्पनीहले उनीहरूको जीवन नष्ट गर्छन् भनेर सोचेका थिएनन् । २० वर्षभन्दा बढी कम्पनीले तेल र विषाक्त फोहर पानी लाखौं लिटर वातावरणमा फ्याँके ।
कोफेनलाई कैयौं पुस्तादेखि खानको लागि स्रोत बन्दै आएको खोला प्रयोग गर्न लायकको भएन । मानिसहरू हरेक दिन धेरै समय खाने पानी, शिकारको लागि जनावर खोज्न थाले । धेरै मानिसले विनाशको कारण ठाउँ छाडे । कोफेनका नेताहरूको अनुसार टेक्साकोले उनीहरूको परम्परागत जीवनशैलीलाई नष्ट र हजारौं मानिसलाई विरामी बनायो । कोफेनको जनसंख्या १५,००० बाट घटेर जम्मा ५०० मा झ¥यो ।
टेक्साकोको प्रदूषणको असर परेका मानिसहरूले अमेजोनको बचावको लागि एउटा समूह बनाए । उनीहरूले गम्भीर विरामीबाट ग्रस्त भएका मानिसहरूको लागि औषधीको व्यवस्था गरे । टेक्साकोको तेल कार्यबाट भएको स्वास्थ्य असरको बारेमा जान्न शिक्षाको व्यवस्था गरे । उनीहरूले राजधानी क्योटो का वातावरणकर्मी र अमेरिकाका वकिलहरूसँग कुरा गरे । उनीहरू सबैजना एउटा योजनासहित अगाडि आए । नेता, वातावरणकर्मीहरू हिँडेर, पानीजहाजबाट र हवाईजहाजबाट न्यूयोर्क शहरमा आई टेक्साको विरुद्ध करोडौंको मुद्दा दायर गरे ।
टेक्साकोले मुद्दा हटाउने कोसिस ग¥यो । कम्पनीले मुद्दा इक्वाडोरकै अदालतमा हुनुपर्ने माग ग¥यो किनभने प्रदूषण इक्वाडोरमै भएको भन्ने कुरा अगाडि बढायो । तर सहभागीहरू इक्वाडोरमा न्याय नपाउने कुरामा चिन्तित भए । उनीहरूले अमेजोनलाई प्रदूषित गर्ने निर्णय अमेरिकामै भएको कुरा पुष्टि गरे । न्यायाधीश उनीहरूको कुरा सुन्न तयार भए । अन्तर्राष्ट्रिय मुद्दा अमेरिकाको अदालतमा हेरिएको यो पहिलो घटना थियो । कोफेनका नेताहरू अति नै खुशी थिए ।
टेक्साकोले मुद्दा हटाउने १० वर्ष प्रयास ग¥यो । नयाँ न्यायाधीशले मुद्दा इक्वाडोरमै कोशिस गर्नुपर्ने कुरा गरे तर यदि परिणाम नआएको खण्डमा त्यसलाई फेरी न्यूयोर्कमै कोशिस गरिने कुरा पनि राखे । मुद्दा अझै पनि सकिएको छैन । रेन फरेष्टबाट तेल निकालिंदै छ त्यसैले मानिसहरू अझै स्वास्थ्य समस्या खेपिरहेका छन् । टेक्साकोकम्पनीबाट न्याय पाउने उनीहरूको अभियानले धेरै मानिसहरूलाई तेलबाट भएको असरको बारेमा र टेक्साकोलगायत अरु कम्पनीहरूलाई सुरक्षित तरीकाले तेल निकाल्नु पर्ने कुरा सिकायो ।
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 12/21/2019