অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

स्वस्थ घर के समस्याहरू

स्वस्थ घर के समस्याहरू

कार्बन मोनोक्साइडको विष लाग्नु

प्राकृतिक ग्याँस ग्याँस, तेल, मट्टीतेल, कोइला, अंगार वा दाउरा बाल्ने उपकरणहरू वा स्टोभहरूले एउटा रङ्गरहित, स्वादरहित वा बासनारहित विषालु ग्याँसः कार्वन मोनोक्साइड उत्सर्जन गर्दछन् । कारहरूबाट समेत कार्वन मोनोअक्साइड उत्सर्जन हुन्छन् । मानिसहरू प्रायः तातो राख्न वा कम इन्धन प्रयोग गर्न कोठालाई कसेर बन्द गर्दछन् । तर भेन्टिलेसन बिनाको कोठा तातो बनाउने प्रक्रिया खतरनाक हुन सक्दछ । राम्रोसँग भेन्टिलेसन हुन नसकेको स्थानमा कार्वन मोनोक्साइड ले गम्भीर बिरामी वा अझै मृत्यु समेत गराउन सक्दछ ।

लक्षणहरू

कार्वन मोनोक्साइडको विषको लक्षणहरूमा शुरुमा ज्वरो बिनाको फ्लु भएको देखिन्छ । यसका लक्षणहरूमा टाउको दुख्नु , थकान श्वासप्रश्वास बढ्नु वाकवाकी र रिङ्गटा पर्दछन् ।

रोकथाम

कार्वन मानोक्साइडको विष लाग्नुबाट बच्ने उत्तम उपाय भनेको तपाईको घरमा राम्रो भेन्टिलेसन को सुनिश्चित गर्नु हो । चर्केको, टालिएको, खिया र खुकुलो जोर्नीको लागि चिम्नी र धुवाँ निस्कने प्वालहरूको परीक्षण गर्नुहोस् । भेन्टिलेसनको अवस्था राम्रो नभएका घर, सवारी वा शिविरभित्र अंगार, ग्याँस, दाउरा वा अन्य इन्धन कदापी, नजलाउनुहोस् । तपाईको कोठा तताउन ग्याँसजन्य उपकरणहरू जस्तैः स्टोभ, ओभन वा लुगा सुकाउनेको प्रयोग नगर्नुहोस् । घरभित्र इन्धनबाट चल्ने उपकरणहरू र यन्त्रहरूको प्रयोग नगर्नुहोस् । तपाईले तिनीहरूको प्रयोग नगरी नहुने अवस्थामा निष्कासित धुवाँ घर बाहिर जान सक्ने गरी त्यहाँ राम्रो भेन्टिलेसन र स्थान छ भन्ने कुराको सुनिश्चितता गर्नुहोस् ।

चुरोटको धुवा

तमाखुको धूमपानले धूमपानकर्ता र धुवाँको संसर्गमा आउने अन्य मानिसहरूमा धेरै स्वास्थ्य समस्याहरू उत्पन्न हुन निम्नप्रकारका सकदछन् । धूमपानबाट हुने स्वास्थ्य समस्याहरू हुन्ः

  • फोक्सोको अर्वुदरोग शरीरको विभिन्न अङ्गमा धुवाँ भरिने र ब्रोन्काइटिस जस्ता गम्भीर फोक्सोका रोगहरू हुने ।
  • मुटु रोग हृदयघात स्नायु प्रणालीमा असर र उच्च रक्तचाप द्ययियम
  • मुख, गला, घाँटी र पाचननली का क्यान्सर

चुरोट (सिगरेट), पाइपहरू र सिगारबाट निस्कने धुवाँ र धूमपानकर्ताले बाहिर फ्याँक्ने धुवाँको मिश्रणलाई क्भअयलम ज्बलम क्यपभ भनिन्छ । प्रत्येक धूमपानकर्तासँग बस्ने (विशेषगरी बच्चाहरू) को लागि क्भअयलम(जबलम ले धूमपानलाई जोखिमयुक्त बनाउँदछ । यसले धूमपान ले गर्ने जस्तैः स्वास्य समस्याहरू गराउँछ ।

धूमपान रोक्नु वा कसैलाई धूमपान रोक्न सहयोग गर्नु

धूमपान गर्ने मानिसहरू तमाखु मा भएको निकोटिन भनिने लागू औषधसँग दुव्र्यसनग्रस्त हुने गर्दछ । सिगरेटबिना उनीहरू बिरामी वा डराउने महसुस गर्न सक्दछन् । सबै धूमपानकर्तालाई थाहा भए झैं धूमपान बन्द गर्ने कार्य गाह्रो काम हो किनकि निकोटिन एउटा दुव्र्यसनयुक्त लागू औषध हो । तमाखु कम्पनीहरूले तिनीहरूका उत्पादनहरूको बजार प्रवद्र्धन उत्तेजनात्मक तवरले गर्ने हुँदा धेरै मानिसहरू युवा अवस्थामै धूमपान शुरु गरी निकोटिनको दुव्र्यसनका कारण धूमपानलाई निरन्तरता दिइरहन्छन् । चुरोट कम्पनीहरूले धूमपान दुव्र्यसन नभई व्यक्तिगत छनौट हो भनी भन्दन् । तर यो साँचो होइन । धूमपान व्यक्तिगत छनौट नभई खतरनाक दुव्र्यसन हो भनी बुझ्नु, धूमपान रोक्ने प्रथम कदम हुन सक्दछ । मानिसहरूलाई “धूमपान नगर्नुहोस्” भनेर भन्नु धूमपानकर्तालाई धूमपान रोक्नका लागि सहयोग गर्न बिरलै सफल हुन्छ । दुव्र्यसनलाई तोडी धूमपान रोक्ने केही उपायहरू भित्र निम्न कुराहरू पर्दछन्

  • दैनिक रूपमा व्यायाम गर्नुहोस् ।
  • स्वस्थकर बानीहरू (जस्तैः एक कप चिया पिउने वा हिंडडुल गर्ने) द्वारा धूमपान लाई विस्थापित गर्नुहोस् ।
  • निकोटिनलाई शरीर बाहिर निकाल्नका लागि प्रशस्त पानी पिउनुहोस् ।
  • साथीहरू र परिवारलाई सहयोगको लागि भन्नुहोस् ।

क्षयरोग (टी.बी.)

ायरोग (टी.बी.) त्यस्तो रोग हो जसले धेरैजसो फोक्सोलाई असर गर्छ । यो सजिलै एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ किनकि टी.बी. भएको कुनै व्यक्तिले खोक्दा कीटाणुहरू हावामा जान्छन् र धेरै घण्टासम्म जीवितै रही अन्य मानिसहरूमा श्वासप्रश्वासबाट भित्र शरीरमा प्रवेश गर्दछन् । भिडयुक्त घरहरू र छिमेकमा, कलकारखानामा, कामको शिविरमा, जेलहरूमा, शरणार्थी शिविरहरू र मानिसहरू सँगसँगै र नजिकै रहेर काम गर्ने ठाउँहरूमा र कम भेन्टिलेसन भएको ठाउँहरूमा टी.बी. चाँडो फैलिन्छ

टी.बी.का कीटाणुहरूबाट को बिरामी हुन्छ ?

धेरै मानिसका शरीरहरूमा टी.बी.का कीटाणुहरू हुन्छन् तर तिनीहरू १० जना मध्ये १ जना मात्र टी.बी.का बिरामी हुन्छन् । यदि मानिसहरू दम, मलेरिया वा एच.आई.भी. का बिरामीबाट पहिले नै कमजोर छन् वा तिनीहरू साह्रै साना, धेरै बुढा वा कुपोषणयुक्त छन् भने उनीहरूमा टी.बी.को बिरामी हुने सम्भावना बढी हुन्छ । धूमपान र प्रदूषित हावाको श्वासप्रश्वासले टी.बी.को खतरालाई बढाउँछ ।

लक्षणहरू

शुरुमै र पूर्ण रूपमा उपचार गरेमा क्षयरोग निको हुन्छ । बिरामी हुँदा पहिले व्यक्तिमा तल उल्लेखित वा तिनीहरूमध्ये केही लक्षणहरू देखिन सक्दछन् ।

  • ३ हप्ताभन्दा लामो समयसम्म खोकी, उठ्ने बित्तिकै झनै बढी खोकी
  • साँझमा सामान्य ज्वरो र रातमा पसिना आउने
  • छाती र पिठ्यूँमा दुखाई ।
  • क्रमिक रूपमा तौलमा कमी र कमजोरी बृद्धि हुँदै जाने ।

साना बच्चाहरूमा बारम्बार ज्वरो, क्रमिक रूपमा तौलमा कमी, घाँटी वा पेट सुन्निने वा छालाको रङ्गमा फिक्कापन जस्ता समस्याहरू देखिन्छन् ।

उपचार

यदि तपाईलाई टी.बी. छ जस्तो लाग्छ भने अन्य मानिसहरूका आसपास खोक्नु पर्दा तपाईको मुख छोप्नु वा कमिजभित्र खोक्नुहोस् र तपाईका हातहरू बारम्बार जनाउनुहोस् । छिट्टै सिधा अस्पताल, क्लिनिक वा नजिकको स्वास्थ्य चौकीमा जानुहोस् । यदि स्वास्थ्य कार्यकर्ताले तपाईमा टि.वी. छ भन्ने पत्ता लगाएमा तपाईले औषधिहरू लिन शुरु गर्नुपर्ने हुन्छ । टी.बी. निको पार्न मानिसहरू ६ देखि १२ महिनाका लागि प्रत्येक दिन ३ वा ४ वटा औषधिहरू लिने गर्दछन् । यदि घरमा कसैलाई टी.बी. छ भनेः

  • पुरा परिवारलाई टी.बी. को परीक्षण गर्नुहोस् र जो बिरामी छन् तिनीहरूका लागि उपचार शुरु गनुृहोस् ।
  • सबै बच्चाहरूलाई टी.बी. बिरुद्धको खोप लगाउनुहोस् ।
  • टी.बी. भएको व्यक्तिले बच्चाहरूबाट टाढै खाने र सुत्ने गर्नुपर्दछ । (यदि उक्त व्यक्तिले खोक्ने गर्दछ भने)

घरहरू र काम गर्ने क्षेत्रहरू राम्रोसँग भेन्टिलेसनयुक्त छन् भने टी.बी. सानो समस्या हो । तर समुदायका मानिसहरूमा टी.बी.का कीटाणुहरू रहुन्जेल यो डरलाग्दो नै हुन्छ । अन्य उपायहरूमध्ये गरिबी न्यूनीकरण र टी.बी.को पहिचान र उपचार गर्नको लागि प्रशिक्षणले धेरै हदसम्म टी.बी. सर्नबाट रोकथाम गर्न सक्दछन् । टि.वी.का लक्षणहरू र त्यसको रोकथाम एवं उपचारका उपायहरूका बारेमा धेरै सिक्न वा जान्न ूध्जभचभ त्जभचभ ष्क ल्य म्यअतयचू जस्तो एउटा साधारण स्वास्थ्य सेवासम्बन्धी पुस्तक हेर्नुहोस् वा स्वास्थ्य कार्यकर्तासँग भेट्नुहोस् ।

एलर्जीहरू

एलर्जीहरू शरीरले सहन नसक्ने पदार्थहरूसँग शरीरले देखाएको प्रतिक्रियाका संकेतहरू हुन् । एलर्जीहरू प्रायः पहिचान गर्न र उपचार गर्न गाह्रो हुन्छ किनकि तिनीहरूका लक्षणहरू प्रायः लागिरहने साधारण रोगहरू जस्तैः हुन्छन् । एलर्जीका साधारण लक्षण वा प्रतिक्रियाहरूभित्र श्वासप्रश्वासमा गाह्रोपन, खोकी, घाँटी चिलाउने, नाकबाट पानी आउने, थकान, आँखा रातो हुने वा चिलाउने र छालामा फोका हुने पर्दछन् । घरभित्रका धेरै चिजहरूले एलर्जी गराउन सक्दछन् जस्तैः सरसफाइका पदार्थहरू ९ऋभिबलष्लन एचयमगअतक० , कार्पेट र फर्निचरका रसायनहरू, ढुसी, परागकण, जनावरका प्याँखहरू, फोहर, धूलो र धूलोका कणहरू, साङ्गला, मुसा र अन्य हानिकारक जीवहरू, हानिकारक रसायनहरू सँगको सम्पर्कले बहुरसायन सचेतना सम्वेदनशील गर्न सक्छ जुन एलर्जीहरू जस्तै हुन्छ (पृष्ठ ३३३ हेर्नुहोस्) । एलर्जीका प्रतिक्रियाहरूको रोकथामका केही निम्न उपायहरू छन्ः

  • घरभित्र हावाको प्रवाहमा सुधार गर्नुहोस् ।
  • प्रदूषकहरूसँगको सम्पर्कलाई घटाउनुहोस् ।
  • घरलाई स्वच्छ र धूलो रहित राख्नुहोस् ।

धूलो र धूलाका सूक्ष्म कणहरू

धूलोमा पाइने कीराहरू साना, नदेखिने रोगहरू हुन जुन घर भित्रका एलर्जीहरूका प्रमुख कारक हुन् (पृष्ठ ३३१ हेर्नुहोस्) । यी कीराहरू धूलोले घेरिएका तातो आद्र्धता भएको स्थानहरू जस्तैः ओछ्यानको सिरानीहरू , डसना÷गद्दा , कार्पेट, सजाएर राखिएको खेलौना, लुगा र फर्निचरहरूमा रहेका हुन्छन् ।

धूलो र धूलाका कीराहरूबाट मुक्त हुनु

सुत्ने क्षेत्र र ओछ्यानहरूको सरसफाइले धूलो, कीरा र जनावरका रौंहरू घटाउनमा मद्दत गर्दछ । डसना र सिरानीलाई कसिएर बुनेको कपडा वा प्लाष्टिकद्वारा ढाक्नाले र ती ढाकिएको कपडाहरूलाई नियमित रूपमा तातो पानीमा धुनाले कीराबाट मुक्त हुन सकिन्छ । घरमा यदि कोही धूलो वा कीरासँग एलर्जी हुन सक्ने छ भने कार्पेटहरू, कम्बलहरू वा अन्य बुनेको कपडाहरू नराख्नुहोस् ।

ढुसी

ढुसी एक प्रकारको फंगस हो जुन एउटा माटो र अन्य बिरुवाहरूमा उम्रने साधारण वनस्पति हो । घरमा यो भित्ताहरू, लत्ता कपडा, बासी वा बिग्रेको खानाहरू र कुनै पनि चिस्यानयुक्त स्थानमा उम्रिन्छ । ढुसीलाई पनि भनिन्छ । धेरै ढुसी र हरू कालो वा पहेंलो धूलो सूक्ष्म धोगो वा सेतो र नीलो सूक्ष्म कण जस्ता देखिन्छन् । घरबाहिरका ढुसीहरू वातावरणका लागि उपयोगी छन् । ढुसीले मृत चिज वस्तुलाई कुहिन र माटोमा नै परिणत गर्न सहयोग गर्दछ । तर ढुसीले सूक्ष्म बीज निकाल्दछ जसले तिनीहरूलाई मानिसहरूले श्वासप्रश्वास गर्दा स्वास्थ्य समस्याहरू निम्त्याउन सक्दछन् । ढुसीहरूले तिनीहरू बसिरहेका चिजहरूलाई समेत बिगार्दछन् । त्यसकारण घरभित्र ढुसी हुनु कदापी राम्रो होइन । ढुसीले श्वासप्रश्वाससम्बन्धी समस्याहरू , टाउको दुख्नु , छाला चिलाउने र दम र एलर्जी लाई बढाउने जस्ता समस्या निम्त्याउँदछ । केही ढुसीहरूसँगको सम्पर्कले भने कहिलेकाहीं विशेषगरी नाबालकहरूमा गम्भीर स्वास्थ्य समस्याहरू ल्याउने र मृत्यु समेत हुन सक्दछ । एच.आई.भी द्वारा संक्रमित मानिसहरू ढुसीले निम्त्याउने स्वास्थ्य समस्याहरू प्रति निकै जोखिमयुक्त हुन्छन् ।

ढुसीबाट मुक्त हुनु वा त्यसको रोकथाम गर्नु

ढुसीहरू उचित भेन्टिलेसन नभएको चिस्यानयुक्त स्थानहरूमा पाइन्छन् । ढुसीको रोकथाम गर्न र त्यसबाट छुटकारा पाउन तल उल्लेखित उपायहरू मध्ये एउटा वा एकभन्दा बढी उपायहरू अपनाउने कोशिस गर्नुहोस्ः

  • भित्ता, छाना र पाइपहरूका प्वालहरू वा चुहावटहरू टाल्नुहोस् ।
  • भेन्टिलेसनमा सुधार ल्याउनुहोस् । जब घरभित्र धेरै हावा पस्दछ, त्यसले सबै चिजहरूलाई सुख्खा राख्छ र ढुसी उम्रनबाट रोक्न सहयोग गर्दछ ।
  • ढुसीहरू पाइने÷उम्रने क्षेत्रहरूलाई ब्लिचिङ्ग झोल जस्तो क्लोरिनयुक्त झोलले पखाल्नुहोस् ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

Last Modified : 1/28/2020



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate