धुवाँयुक्त पकाउने चूलाहरूले धेरै गम्भीर स्वास्थ्य समस्याहरू सृजना गर्दछन् । भान्सामा चूलोबाट धुवाँ घटाउनु पारिवारिक स्वास्थ्य सुधारको एउटा महत्वपूर्ण उपाय हो । मानिसहरूले प्रयोग गर्ने चूलोको प्रकार, के खानेकुराहरू पकाइन्छन्, कुन इन्धन र चूलो बनाउने कस्ता सामानहरू उपलब्ध छन् र परम्परागत पकाउने तरीकाहरूमा निर्भर रहन्छ । चूलो सुधार र घरभित्रको वायु प्रदूषणका समस्याहरू समाधानका लागि विकासका कर्मचारी र स्वास्थ्य प्रवद्र्धनकर्ताहरूले चूलो प्रयोग गर्ने मानिसहरूसँग काम गर्न जरुरी छ । एउटा सुधारिएको चूलो जसले कम इन्धन खपत गर्छ र धुवाँ घटाउँछ प्रयोगकर्ताको खुशीको लागि एउटा वास्तविक सुधारको रूपमा लिनु पर्दछ ।
ग्वाटेमालाका धेरै महिलाहरूले झैं इनेजले उनको पारिवारको लागि खानेकुराहरू धेरै दाउराहरू लाग्ने र भान्सालाई धुवाँले भरिदिने हातले नै बनाइएको चूलोमा पकाउने गर्दथिन् । जब उनको नगरमा सुधारिएको चूलोहरू बनाउने एउटा संस्था आयो, उनी अन्य महिलाहरूसँगै उक्त संस्थाले भनेको सुन्न गइन् ।
संस्थाका मानिसहरूले कम दाउरा खपत गर्ने, थोरै धुवाँ निकाल्ने र बनाउन कम खर्च लाग्ने एउटा नयाँ चूलोको ढाँचा बनाएका थिए । उनीहरूले नयाँ चूलो कसले प्रयोग गर्न चाहेको छ भने सोध्दा इनेजले इच्छा जाहेर गरिन् ।
आइनेज र उनका छिमेकीहरूले पराल र बालुवासँग चिम्टाइलो माटो चूलोको आवरण बनाउनका निम्ति मिसाउँदै आयोजकहरूसँग काम गरे । संस्थाले एउटा धातुको तावा उपलब्ध गरायो । जुन चूलोको माथिल्लो भागमा त्यचतष्ििब (अण्डा र पिठो मिसाएर बनाइने मेक्सिकोको एक प्रकारको केक पकाउन प्रयोग गरियो) तिनीहरूले दाउराका स–साना टुक्राहरू काटे र चूलो बाले । यसले साच्चै नै राम्रोसँग काम ग¥यो । इनेजले यसले उनको पुरानो चूलो भन्दा साह्रो थोरै दाउरा खपत गरेको र चिम्नीले घर बाहिर धुवाँ पठाएको देखिन् । तर चूलोमा पकाइएको मात्र केही भोजनहरू खाइसकेपछि इनेज र उनको परिवारले धातुको तावामा पकाइएको त्यचतष्ििब मा स्वाद नभएको महसुस गरे ।
महिनौपछि चूलो सुधार समूहका मानिसहरू फर्किसकेपछि इनेजले उनीहरूलाई धन्यवाद दिइन् । त्यसपछि सानो स्वरमा उनले भनिन् “चूलोमा एउटा समस्या छ । यसले त्यचतष्ििब को स्वादलाई बिगार्छ जस्तो मलाई लाग्छ ।” आयोजकहरूले सुने र त्यचतष्ििब को स्वाद यो चूलोमा किन फरक छ भनी सोधे । “पुरानो तावा माटोले बनेको थियो” उनले भनिन् “त्यो नै फरक हुन सक्छ ।”
त्यस दिन दिउँसो इनेज, उनका छिमेकीहरू र आयोजकहरूले स्थानीय माटोबाट तावा बनाए । उनीहरूले त्यसलाई साँचाँमा आकृति दिएर त्यसलाई केही दिन सुक्न दिई धातुको तावालाई माटोको ले विस्थापित गरे । उनकी छोरीले त्यचतष्ििब बनाउँदै गर्दा इनेजले चूलोलाई विस्तारै तात्न दिइन् । चूलो पर्याप्त मात्रामा तातिसकेपछि उनले त्यचतष्ििब लाई तावामा हालिन् । तयार भइसकेपछि उनले उनको परिवारसँग बाँडीचुँडी खाइन् । तिनीहरू स्वादिला थिए र अहिले, इनेज र उनको परिवारसँग साँच्चै नै एउटा सुधारिएको राम्रो चूलो उपभोग गर्ने खालको छ ।
यहाँ चूलो सुधारका साधारण उपायहरू छन् जसले गर्दा कम इन्धनको खपत गर्ने र थोरै धुवाँ निकाल्नेछन् र खानालाई धेरै चाँडो पकाउनेछन् ।
खुल्ला आगो एउटा सबैभन्दा आधारभूत चूलो हो । कहिलेकाहीं यो ३ ढुङ्गे आगो पनि भनिन्छ । किनकि विश्वका धेरैजसो स्थानहरूमा बल्ने इन्धन घेर्न र खाना वा पकाउने भाँडोलाई अड्याएर राख्न आगोलाई चौकाको ३ ढुङ्गाहरूले बनाइन्छ । थोरै परिवर्तनका साथ खुल्ला आगो बाल्ने प्रविधिलाई सुरक्षित, धुवाँ कम निकाल्ने र कम इन्धन खपत गर्ने बनाउन सकिन्छ । उदाहरणका लागि काठका साना टुक्राहरू जुन सुख्खा छन् र काँचो छैन, तिनीहरू मात्र बाल्नाले कम धुवाँ बनाउँछन् । तपाईको अगेना को वरिपरि माटो वा ढुङ्गाका एउटा सानो भित्ता बनाउनाले घर आगलागी वा जलनबाट हुने घाउचोटहरू हुन सक्ने खालको दुर्घटनाहरूको रोकथाम गर्न सक्छ ।
इन्धनलाई भूइँमाथि उठाउनका लागि धातुको जाली सहितको एउटा साधारण माटोको चूलो बनाउन थोरै मात्र सामानहरू चाहिन्छन् । यो तातो र सफा बल्दछ र एउटा खुल्ला अग्नि भन्दा कम दाउरा खपत गर्दछ । एउटा साधारण माटोको चूलो बनाउन निम्न कुराहरू मिसाउनुहोस् ः
हेबक्स कुकर बिस्तारै पाक्ने खानाहरू (जस्तैः क्तभध , सिमीहरू र भात) बनाउन र इन्धनलाई जोगाएर खानालाई तातो राख्ने एउटा उपाय हो । हेबक्स कुकर सुकेका घाँसपात वा तपाईलाई उपलब्ध कुनै पनि ताप निरोधक पदार्थहरू बाट बनेको हुन्छ । दह्रो कागज बक्सबाट, पराल वा पत्रपत्रिकाले भरिएको टोकरीबाट वा तपाईको पकाएको भाँडोलाई ब्लाङ्केट वा कपडाले सामान्यतः बेरेर यो बनाउन सकिन्छ । केही मिनेटसम्म चूलोमा खाना उम्लिसकेपछि भाँडोलाई निकालेर हेबक्समा राख्नुहोस् । २ घण्टा वा त्यो भन्दा बढी खाना पाकी नै रहनेछ । भाँडोमा जति बढी खाना हुन्छ, त्यत्ति नै बढी तातो हुन्छ । हेबक्स कुकरहरूले थोरै मात्राको खानाका लागि त्यत्ति राम्रोसँग काम गर्दैनन्
रकेट स्टोभ एउटा सानो धाुतुको चूलो हो जसलाई अस्थाई बसोबासको परिस्थितिहरूमा (जस्तैः शरणार्थी शिविरहरू वा अन्य क्षेत्रहरू जहाँ मानिसहरूसँग पूर्ण आकारको चूलो बनाउने स्रोतहरू छैनन् त्यहाँ प्रयोगमा ल्याउन सकिन्छ । यसले थोरै धुवाँ सहित इन्धनलाई स्वच्छ तवरले जलाउँछ । रकेट स्टोभलाई सस्तो, स्थानीय रूपमै उपलब्ध सामग्रीहरूबाट बनाउन सकिन्छ । रकेट स्टोभ कसरी बनाउने भन्ने थप विस्तृत ज्ञानका लागि हेर्नुहोस् स्रोतहरू र ध्जभचभ ध्यmभल ज्बखभ ल्य म्यअतयच , पृष्ठ ३९६
दाउरा, बालीनालीको अवशेष कोइला, गुइँठो र अंगारहरू सर्वत्र प्रयोग हुने पकाउने हुन् । तर तिनीहरू बल्दा प्रदूषण गर्दछन् र श्वासप्रश्वास सम्बन्धी समस्या सृजना गर्दछन् । धेरै जसो क्षेत्रहरूमा दाउरा र अंगारहरू दुर्लभ स्रोतहरू हुन् । धेरै मानिसहरू अन्य पकाउने इन्धनहरू प्रयोग गर्नेतिर लागिरहेका छन् जस्तैः सौर्य प्रकाश, प्रशोधित वनस्पतिजन्य (धानको भूस र अन्य बालिनालीका फोहरहरूबाट बनाइएको पिलेट वा ब्रिकेट र बायोग्याँस (कुहिने वनस्पतिजन्य चिजहरू र मानिसका र जनावरका फोहर गोवरबाट निकालिएको ग्याँस)
सुकेका अनाजका अवशेषहरू जस्तैः मकै र धानका भूसहरू र नरिवलका खोस्टाहरू धेरै स्थानहरूमा इन्धनको रूपमा प्रयोग गरिन्छन् । प्रशोधन बिना नै यस्ता सामग्रीहरू प्रयोग गरिएमा तिनीहरूले धुवाँ निकाली स्वास्थ्य समस्याहरू उत्पन्न गर्दछन् । ती सामग्रीहरूलाई सानो सानो टुक्रा पारी थिचेर काष्ठखण्ड जस्तो (ब्रिकेट) बनाएमा लामो समयसम्म र स्वच्छ तवरले बल्दछ । ब्रिकेट इन्धान बनाउन केही औजारहरू र ऊर्जाको स्रोत चाहिन्छ जुन खर्चिलो हुन सक्दछ । केही मानिसहरू ब्रिकेटहरूमा पकाएको खानाको स्वाद रुचाउँदैनन् । तर त्यस्ता क्षेत्रहरू जहाँ इन्धनको अभाव छ वा जहाँ मानिसहरू कोइला र अंगारको प्रयोग कम गर्न चाहन्छन् त्यहाँ ब्रिकेटहरू राम्रो छनौट हुन सक्दछन् ।
काठ इन्धनका स्रोतहरूमध्ये सर्वोत्तम हो तर यो धेरै क्षेत्रहरूमा दुर्लभ छ । मूल्यवान वनजंगलको स्रोतहरू संरक्षण गर्न र धुुँवा घटाउन सुकेको दाउरा प्रयोग गर्नुहोस्, साना सानो टुक्रा पार्नुहोस्
बायोग्याँस (धेरैजसो मिथेनयुक्त प्राकृतिक ग्याँस) एउटा महत्पूर्ण ऊर्जाको स्रोत हो । मानव, जनावर, वनस्पतिका अवशेषहरूका जैविक पदार्थहरूलाई ऊर्जामा परिणत गरी बायोग्याँसले फोहरमैलालाई अन्य इन्धहरूभन्दा वातावरण र सामुदायिक स्वास्थ्यलाई कम हानिकारक स्रोतमा परिवर्तन गर्दछ । (बायोग्याँसबारे बढी जान्नका लागि पृष्ठ ५४० र स्रोतहरू हेर्नुहोस् ।
तपाईले सूर्यको तापलाई सोलार कुकरको माध्यमबाट खाना पकाउन प्रयोग गर्न सक्नुहुन्छ । सोलार कुकर प्रयोग गर्नका लागि तपाईको नियमित पकाउने बानीहरूमा परिवर्नत गर्नुपर्ने हुन्छ र धेरै सोलार कुकरहरूले आगो वा एउटा स्टोभभन्दा धेरै ढिलो खाना पकाउँछन् । तर रातको समयमा वा बादल लागेको बखत घरको सधैं प्रयोग गर्ने चूलो र सूर्यको चम्किलो प्रकाश दिएको समयमा सोलार कुकर प्रयोग गरेर तपाईले इन्धन बचाउन सक्नुहुन्छ । केही कुकरहरूले केही महिनाभित्र नै आफ्नो खर्च आफै उठाउँछन् किनकि तिनीहरूले अंगार, ग्याँस वा दाउराको खर्च घटाउँछन् । सोलार कुकरहरूलाई पिउनका लागि पानी शुद्धिकरण गर्न समेत प्रयोग गर्न सकिन्छ ।
तपाईले बनाउन वा किन्न सक्ने धेरै किसिमका सोलार कुकरहरू छन् (स्रोतहरू हेर्नुहोस्) । ती सबैले आधारभूत रूपमा एउटै तरीकाले काम गर्दछन् ।
महत्वपूर्णः सूर्यतिर वा खाना पाकिरहेको बेला सोलार कुकरको चम्किलो सतहमा प्रत्यक्ष कहिल्यै पनि नहेर्नुहोस् । त्यसले तपाईको आँखा खराब गर्न सक्दछ । सोलार कुकर बनाउँदा क्तथचयायबm, एयथिखष्लथब िवा केही प्लाष्टिकहरू जस्ता पग्लने वा धुवाँ दिने खालका सामग्रीहरू प्रयोग गर्नहुन्न ।
कालो वा रङ्गहिन सिसाको तह भएको कालो भाँडाको प्रयोग गर्नुहोस् । यसमा चाँडो पाक्नका लागि खाद्य सामग्रीहरूलाई सानो टुक्रामा काट्नुहोस् र थोरै मात्रामा पानी पनि मिसाउनुहोस् । ओभन मुन्तिर ब्लाङ्केट वा अन्य ताप निरोधक राख्नुहोस् र ओभनलाई पूर्ण प्रकाशमा दिनको तातो समयमा र त्यो भन्दा अघि राख्नुहोस् । सोलार कलेक्टरका मुखहरू सूर्यपट्टि फर्केका छन् भन्ने कुरामा निश्चिन्त हुनुहोस् । प्रत्येक ३० मिनेट जतिमा ओभनलाई सूर्यपट्टि नै पर्ने गरी फर्काउनुहोस् । सूर्यलाई बादलले छेकेमा ओभनलाई ताप निरोधकले बेर्नुहोस् । यदि खाना तातो तर नपाकेको स्थितिमा छ भने चूलो वा आगोमा खानालाई पकाइसक्नुहोस्
आगोको रोकथाम एउटा स्वच्छ घरको महत्वपूर्ण पक्ष हो ।
महत्वपूर्णः खाना पकाउने चिल्लो पदार्थ ले लागेको आगोमा पानी कहिल्यै नहाल्नुहोस् । यसले आगोलाई फैलाइदिन्छ । चिल्लो पदार्थमा लागेको आगो लाई त्यसमा हावा पस्नबाट रोकेर निभाउनु पर्दछ । आगो निभाउन त्यसलाई ब्लाङ्केट वा बाक्लो कपडाले छोप्नुहोस् वा ग्रीजमा बालुवा वा धूलो खन्याउनुहोस् ।
थोरै बिजुलीले पनि मानिसको जीवनमा खाना पकाउन, उज्यालो, चिस्यान र अन्य त्यस्तै उल्लेखनीय सुधार ल्याइदिन्छ । तर असुरक्षित बिजुलीका तराहरूले बिजुलीको धक्का र आगो निभ्याउन सक्छ । बिजुलीबाट हुने क्षतिलाई रोक्नः
बढी भोल्टेज भएका बिजुलीका केबलहरूले ठूलो मात्रामा विद्युतीय विकिरण छोड्ने हुँदा त्यसले टाउको दुख्ने, तनाब , चिड्चिडाहट जस्ता समस्याहरू पैदा गर्छन् र रगतको क्यान्सर जस्ता धेरै गम्भीर स्वास्थ्य समस्याहरू समेत गराउँन सक्दछन् । मैनबत्तिको उज्यालो हाम्रो आँखाहरू त्यसबाट टाढा हुँदा फिक्का भए झैं दूरीसँगै बिजुलीबाट हुने हानी कम हुँदै जान्छ । खतरालाई घटाउनका लागि
स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका
Last Modified : 10/23/2019