অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

मृगौला रोग सम्बन्धी गलत धारणा र तथ्यहहरू

मृगौला रोग सम्बन्धी गलत धारणा र तथ्यहहरू

  1. गलत धारणाः सबै मृगौला रोग निको नहुने हुन्छन् ।
  2. गलत धारणाः एउटा मृगौलाले काम गर्न छोड्यो भने मृगौला विफल हुन्छ ।
  3. गलत धारणाः मृगौला रोगमा गोडा सुन्निनु मृगौलाले काम गर्न छोड्नु हो ।
  4. गलत धारणाः मृगौला रोग भएका सबै बिरामीका गोडा सुन्निन्छन् ।
  5. गलत धारणाः मृगौला रोग भएका सबै बिरामीले अत्यधिक मात्रामा तरल पदार्थ पिउनु पर्छ ।
  6. गलत धारणाः मेरो सबै कुरा ठीक छ । त्यसैले, मलाई मृगौलाको समस्या छ जस्तो लाग्दैन ।
  7. गलत धारणाः मलाई राम्रै छ, त्यसैले मैले मृगौलाको समस्याको उपचार जारी राख्नुपर्दैन ।
  8. गलत धारणाः मेरो रगतको क्रिएटिनिनको मात्रा अलिकति बढी छ । तर म एकदम ठीक छु, त्यसैले चिन्ता गर्नुपर्ने कुनै कारण छैन ।
  9. गलत धारणाः मृगौलाले काम गर्न छाडेका बिरामीहरूलाई एक पटक डायलाइसिस गराएपछि त्यो स्थायी रूपमा गर्नुपर्ने हुन्छ ।
  10. गलत धारणाः डायलाइसिसले मृगौलाले काम गर्न नसकेको समस्या ठीक पार्छ ।
  11. गलत धारणाः मृगौला प्रत्यारोपणमा पुरुषले महिलालाई र महिलाले पुरुषलाई मृगौला दान गर्न सक्दैनन् ।
  12. गलत धारणाःमेरो रक्तचाप अहिले सामान्य भएकाले मैले उच्च रक्तचाप कम गर्ने औषधी लिइरहनुपर्दैन । मैले औषधी नलिँदा पनि मलाई राम्रो अनुभव भइरहेको छ भने अब किन त्यस्तो औषधी लिइरहनु ?

गलत धारणाः सबै मृगौला रोग निको नहुने हुन्छन् ।

तथ्यः होइन, सबै मृगौला रोग निको नहुने हुँदैनन् । चाँडो निदान र उपचार गरियो भने धेरै मृगौला रोग निको हुन सक्छन् । अधिकांशतः मृगौला रोग चाँडो निदान र उपचार गरियो भने मृगौला रोगको बढ्ने क्रम कम हुने वा रोकिने हुन्छ ।

गलत धारणाः एउटा मृगौलाले काम गर्न छोड्यो भने मृगौला विफल हुन्छ ।

तथ्यः होइन, दुईवटै मृगौलाले काम गर्न छोडे भने मात्र मृगौला विफल हुन्छ । अधिकांशतः एउटा मृगौलाले पूर्णतया काम गर्न छोड्यो भने पनि प्रभावित व्यक्तिमा कुनै समस्या नदेखिन सक्छ । त्यस्तो घटनामा रगतमा युरिया र क्रिएटिनिन रक्त परीक्षणमा बढेको पाइँदैन । तर दुईवटै मृगौलाले काम गर्न छोडे भने शरीर भित्र नै विषालु पदार्थ थुप्रिन्छन् र रक्त परीक्षणमा देखिएको बढी युरिया र क्रिएटिनिनले मृगौलाले काम गर्न छोडेको संकेत गर्दछन् ।

गलत धारणाः मृगौला रोगमा गोडा सुन्निनु मृगौलाले काम गर्न छोड्नु हो ।

तथ्यः केही खास मृगौला रोगमा गोडा सुन्निन्छन्, तर मृगौलाले सामान्य रुपमा काम गर्न सक्छ (उदाहरणका लागि, नेफ्रोटिक सिन्ड्रोम) । के कुरा बुझ्नु आवश्यक छ भने गोडा सुन्निनु भनेको शरीरमा भएको तरल पदार्थको मात्रा बढी भएको अवस्था हो र मृगौला रोग त्यस्तो अवस्थाको एउटा कारण मात्र हो । मुटु, कलेजो आदिको रोगले पनि गोडा सुन्निन्छन्

गलत धारणाः मृगौला रोग भएका सबै बिरामीका गोडा सुन्निन्छन् ।

तथ्यः होइन । मृगौला रोग भएका अधिकांश बिरामीका गोडा सुन्निन्छन्, तर सबका सुन्निदैन । मृगौलाले काम गर्न नसक्ने अवस्थाको अन्तिम चरणमा पुगेका केही बिरामीका गोडा सुन्निदैन । त्यसैले गोडा सुन्निएको छैन भन्दैमा मृगौला रोग भएको छैन भन्न मिल्दैन ।

गलत धारणाः मृगौला रोग भएका सबै बिरामीले अत्यधिक मात्रामा तरल पदार्थ पिउनु पर्छ ।

तथ्यः होइन । केही मृगौला रोगमा पिसाबको मात्रामा कमी आउँछ । त्यसैले, त्यस्ता बिरामीहरूमा पानीको सन्तुलन कायम गर्न नियन्त्रित रूपमा पानी पिउनु आवश्यक हुन्छ । तर मृगौलामा पत्थरी भएका तथा पिसाबमा संक्रमण भएका रोगीहरू जसको मृगौलाले राम्ररी काम गरिरहेको अवस्था हुन्छ, उनीहरूले धेरै पानी पिउनुपर्ने हुन्छ ।

गलत धारणाः मेरो सबै कुरा ठीक छ । त्यसैले, मलाई मृगौलाको समस्या छ जस्तो लाग्दैन ।

तथ्यः मृगौलाका दीर्घरोगीहरूको प्रारम्भिक चरणमा बिरामीहरूमा कुनै लक्षण देखिँदैन । यस चरणमा प्रयोगशालामा गरिने मृगौलाका परीक्षणबाट प्राप्त हुने परिणामबाट मात्र मृगौला रोग भएको वा नभएको थाहा हुन्छ ।

गलत धारणाः मलाई राम्रै छ, त्यसैले मैले मृगौलाको समस्याको उपचार जारी राख्नुपर्दैन ।

तथ्यःमृगौलाका दीर्घरोग भएका धेरै बिरामीहरू सही उपचारबाट राम्रो भएको अनुभव गर्छन्, त्यसैले उनीहरू दिएको औषधी खान र आहारमा नियन्त्रण गर्न छाड्छन् । मृगौलाका दीर्घरोगीहरूका लागि उपचार रोक्नु खतरनाक हुनसक्छ, किनभने यसले मृगौलाको कार्यक्षमता तीव्र गतिमा खराब भई डायलाइसिस वा मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पु¥याउन सक्छ ।

गलत धारणाः मेरो रगतको क्रिएटिनिनको मात्रा अलिकति बढी छ । तर म एकदम ठीक छु, त्यसैले चिन्ता गर्नुपर्ने कुनै कारण छैन ।

तथ्यः रगतको क्रिएटिनिनमा अत्यन्त हल्का वृद्धि पनि मृगौलाको खराबीको संकेत हुनसक्छ र त्यसलाई थप ध्यान दिनुपर्ने हुन्छ । विभिन्न प्रकारका मृगौला रोगहरूले मृगौलालाई हानि पु¥याउन सक्छन्, त्यसैले ढिलो नगरी मृगौला विशेषज्ञलाई देखाउनु पर्छ । मृगौलाको दीर्घरोगको प्रारम्भिक चरणमा कुनै लक्षण देखिँदैन र यस्तो अवस्थामा क्रिएटिनिनको बढेको मात्रा मृगौला रोगको एकमात्र संकेत हुन सक्छ । रगतमा क्रिएटिनिनको मात्रा १.५ मिलिग्राम प्रति डेसिलिटर हुनुको अर्थ मृगौलाको कार्यक्षमता ५० प्रतिशत कम भइसकेको हो, यो गम्भीर कुरा हो । दीर्घरोगको निदान हुनु र यस चरणमा उपयुक्त उपचार सुरु गर्नु अत्यन्त लाभदायी हुन्छ । नेफ्रोलोजिस्टको हेरविचारमा मृगौलाको उपचार गर्दा लामो समयसम्म मृगौलाको बाँकी कार्यक्षमता जोगाएर राख्न सकिन्छ । रगतको क्रिएटिनिनको मात्रा ४–५ मिलिग्राम प्रति डेसिलिटर हुँदासम्म मृगौलाको ८० प्रतिशत कार्यक्षमता ह्रास भइसकेको हुन्छ । यसले मृगौलामा गम्भीर रूपमा क्षति भएको बुझिन्छ । मृगौलाको बाँकी कार्यक्षमतालाई बचाइ राख्न यस चरणमा उचित उपचार अत्यन्त जरुरी हुन्छ । तर के बुझ्नु जरुरी छ भने यो मृगौला खराब भएको धेरै ढिलो अवस्था हो र मृगौलालाई जोगाउन धेरै गर्न सक्ने अवस्था रहन्न । क्रिएटिनिनको मात्रा श्र ७–८ मिलिग्राम प्रति डेसिलिटर हुनुको अर्थ ९० प्रतिशत मृगौलाले काम गर्न छोडिसकेको भन्ने हो र यसले मृगौला रोगको अन्तिम चरणको संकेत गर्छ । यस चरणमा औषधीबाट बिरामीको उपचार गर्ने मौका प्रायः सकिएको हुन्छ । यस चरणमा अधिकांश बिरामीहरूलाई डायलाइसिस वा मृगौला प्रत्यारोपण आवश्यक पर्छ ।

गलत धारणाः मृगौलाले काम गर्न छाडेका बिरामीहरूलाई एक पटक डायलाइसिस गराएपछि त्यो स्थायी रूपमा गर्नुपर्ने हुन्छ ।

तथ्यः होइन । डायलाइसिस स्थायी रूपमा चाहिने हो कि अस्थायी हो भन्ने कुरा धेरै पक्षहरूमा भर पर्छन् । अचानक मृगौलाले काम गर्न छोड्ने अवस्था अस्थायी हुन सक्छ र मृगौलाले पुन काम गर्ने हुन सक्छ । अचानक मृगौलाको समस्या भएका बिरामीहरूलाई छोटो अवधिका लागि डायलाइसिस गर्नुपर्ने हुन्छ । त्यस्तो समस्या हुँदा उचित उपचार र केही पटक डायलाइसिस पश्चात् मृगौलाले पूर्णतया काम गर्न थाल्न सक्छ । स्थायी रूपमा डायलाइसिस गर्नुपर्ने हो कि भन्ने डरले डायलाइसिस गर्न ढिलाइ ग¥यो भने त्यो प्राणघातक हुन सक्छ ।

गलत धारणाः डायलाइसिसले मृगौलाले काम गर्न नसकेको समस्या ठीक पार्छ ।

तथ्यः होइन । डायलाइसिसबाट मृगौलाले काम गर्न नसकेको समस्या ठीक हुँदैन । डायलाइसिस भनेकोे रगत सफा गर्ने उपचार प्रविधि हो । मृगौलाले काम गर्न नसक्ने अवस्थामा यो एउटा प्रभावकारी र जीवन रक्षक उपचार हो, जसले शरीरमा भएका बिषालु पदार्थ, बढी भएको तरल पदार्थलाई हटाई इलेक्ट्रोलाइट र अम्लपनमा आउने खराबीलाई सुधार गर्छ । कुनै पनि व्यक्तिमा त्यस्ता पदार्थ शरीरमा जम्मा भई रहे भने त्यसबाट मृत्यु हुन सक्छ । मृगौलाले काम गर्न नसकेको अवस्थामा मृगौलाले गर्ने काम डायलाइसिसले गर्छ । मृगौला विफल भएका बिरामीहरूको जीवन बचाउन डायलाइसिस प्रभावकारी हुन्छ ।

गलत धारणाः मृगौला प्रत्यारोपणमा पुरुषले महिलालाई र महिलाले पुरुषलाई मृगौला दान गर्न सक्दैनन् ।

तथ्यः होइन । दुवै लिङ्गका व्यक्तिहरूको मृगौलाको संरचना र कार्यक्षमता उस्तै छ भने पुरुषले महिलालाई र महिलाले पुरुषलाई मृगौला दान गर्न सक्छन् ।

गलत धारणाःमेरो रक्तचाप अहिले सामान्य भएकाले मैले उच्च रक्तचाप कम गर्ने औषधी लिइरहनुपर्दैन । मैले औषधी नलिँदा पनि मलाई राम्रो अनुभव भइरहेको छ भने अब किन त्यस्तो औषधी लिइरहनु ?

तथ्यः उच्च रक्तचापका धेरै बिरामीहरूले आफ्नो रक्तचाप नियन्त्रणमा आयो भने र उच्च रक्तचापको कुनै लक्षण छैन भने वा औषधी नलिँदा पनि आफूलाई स्वस्थ महसुस भइरहेको छ भने उच्च रक्तचाप नियन्त्रण गर्ने औषधी लिन छोड्छन् । तर अनियन्त्रित उच्च रक्तचापले बिस्तारै खराबी गर्छ र यसले भविष्यमा हृदयाघात, मृगौला विफल गर्न सक्ने र मस्तिष्काघात जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । शरीरका महत्वपूर्ण अङ्गको सुरक्षा गर्न नियमित रूपमा लिइरहेको औषधी लिइरहनु र कुनै लक्षण नहुँदा पनि रक्तचाप नियन्त्रण गर्नु अत्यावश्यक हुन्छ ।

स्रोत : Kidney Education Foundation



© 2006–2019 C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate