অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

मृगौलाको दीर्घरोग : लक्षण र निदान

मृगौलाको दीर्घरोग : लक्षण र निदान

मृगौलाको दीर्घरोगमा मृगौलाको कार्यक्षमता क्रमशः कम हुँदै जान्छ । दीर्घरोगको प्रारम्भिक चरणमा अधिकांश बिरामीहरूमा अपेक्षाकृत कुनै लक्षण देखिँदैन् । क्रमश शरीरमा जम्मा हुंदै गएको विषालु पदार्थहरूका असन्तुलन प्रति शरीर एक किसिमले अभ्यस्त भइसक्छ । मृगौलाका कार्यक्षमता अत्यन्त कम भएपछि मात्र विषालु पदार्थ र तरल पदाथ जमेको कारणले हुने लक्षणहरू देखिन थाल्छन् ।

मृगौलाको दीर्घरोगका लक्षणहरू के के हुन् ?

मृगौलाको दीर्घरोगका लक्षणहरू मृगौला खराब भएको गम्भीरताको मात्रा अनुसार फरक हुन्छन् । मृगौलाको दीर्घरोगलाई मृगौलाको कार्यक्षमता वा ग्लोमेरुलर फिल्ट्रेसन रेट (मृगौला शुद्घिकरण दर)का आधारमा पाँच चरणमा विभाजन गर्न सकिन्छ ।

पहिलो चरण (मृगौलाको कार्यक्षमता ९०–१०० प्रतिशत)

यस चरणमा मृगौलाको कार्यक्षमता ९० प्रतिशतभन्दा बढी हुन्छ । प्र यो ग शालामा पिसाबमा प्र ा ेटिन दे खिनु, एक्सरे, अल्ट्रा साउन्ड, एम.आर.आई. वा सीटी स्क्यानबाट मृगौलाको संरचनामा गडबडी देखिन वा परिवारको कोही सदस्यमा पोलिसिस्टिक मृगौला रोग भएको हुनु आदिबाट यो चरणको समस्या थाहा हुन्छ ।

दोस्रो चरण (मृगौलाको कार्यक्षमता ६०–८९ प्रतिशत)

दीर्घरोगको यो चरणमा मृगौलाको कार्यक्षमता ६० देखि ८९ प्रतिशत सम्म हुन्छ । प्राय बिरामीहरूलाई कुनै लक्षण देखिदैन तर कोही कोहील राति बढी पिसाब हुने सिकायत गर्न सक्छन् । उच्च रक्तचाप, पिसाबका परीक्षणमा केही असामान्यपन वा केही बढी क्रिएटिनिन यसका संकत हुन सक्छन् ।

दीर्घकालीन मृगौला रोगमा जी.एफ.आर.का श्रेणीहरू
चरण विवरण जी.एफ.आर
अत्यन्तै बढी जोखिममा मृगौलाको दीर्घरोगको जोखिम हुनु (मधुमेह, उच्च रक्तचाप, वंशाणुगत, बुढ्यौली, आदि) ९० भन्दा माथि
मृगौला बिग्रिनु (पिसाबमा प्रोटिन) र जी.एफ.आर. सामान्य हुनु ९० भन्दा माथि
मृगौला बिग्रिनु र जी.एफ.आर.हल्का घट्नु ६०–८९
३क हल्का देखि मध्यम अवस्थामा जी.एफ.आर. घट्नु ४५–५९
३ख मध्यम अवस्था देखि गम्भीर रूपमा जी.एफ.आर. घट्नु ३०–४४
गम्भीर रूपमा जी.एफ.आर.घट्न १५–२९
मृगौला विफल हुनु १५ भन्दा कम

तेस्रो चरण (मृगौलाको कार्यक्षमता ३०–५९ प्रतिशत)

मृगौलाको दीर्घरोगको तेस्रो चरण दीर्घरोगमा बिरामीहरूलाई अझै पनि कुनै लक्षण नदेखिन सक्छ वा सामान्य लक्षणहरू देखिन सक्छ । पिसाबमा असामान्यता आउन वा रगतको क्रिएटिनिन बढ्न सक्छ ।

चौथो चरण (मृगौलाको कार्यक्षमता १५–२९ प्रतिशत)

यस चरणमा केही लक्षणहरू देखिन सक्छन । मृगौला बिग्रिने कारक तत्वले पनि यो चरणमा देखिने रोगलाई प्रभाव पार्छ ।

पाँचौँ चरण (मृगौलाको कार्यक्षमता १५ प्रतिशत भन्दा कम)

पाँचौँ चरण अत्यन्त गम्भीर दीर्घरोगको अवस्था हो । यसलाई अन्तिम चरणको मृगौला रोग पनि भनिन्छ । यस चरणमा अधिकांश बिरामीलाइ डायलाइसिस वा मृगौला प्रत्यारोपण आवश्यक हुन्छ । लक्षणहरू सामान्यदेखि कठोर हुदै ज्यानै जान सक्ने जटिलता पनि आउन सक्छ ।

मृगौला रोगका सामान्य लक्षणहरू

  • भोक कम लाग्नु, वाकवाकी लाग्नु र बान्ता हुनु,
  • कमजोरी, थकाइ र तौल कम हुनु,
  • खुट्टाको तल्लो भाग सुन्निनु (एडेमा),
  • अनुहार वा आँखाको वरिपरि खासगरी बिहान सुन्निनु,
  • अनियन्त्रित उच्च रक्तचाप,
  • सुताइमा समस्या, चक्कर लाग्नु, कुनै कुरामा मन केन्द्रित हुन नसक्नु,
  • चिलाउनु, मांसपेशी बाउँडिनु,
  • धेरैपटक पिसाब हुनु (खासगरी राति),
  • हड्डी दुख्नु र वयस्कहरूमा हड्डी भाँच्चिनु र बालबालिकाको उचाइ वृद्धिमा समस्या हुनु,
  • यौन चाहना कम हुनु, लिब्ग उत्तेजनामा समस्या र महिलामा महिनावारीमा गडबढी ।

उच्च रक्तचाप भएको व्यक्तिलाई मृग ौल ाको दीर्घर ोग भएका आशब्का कहिले गर्ने ?

  • उच्च रक्तचाप भएको निदान भएको बेला उमेर ३० वर्षभन्दा कम वा ५० वर्षभन्दा बढी छ भने ।
  • निदान भएको बेला उच्च रक्तचाप अत्यन्त बढी भए (उदाहरणका लागि, २००÷११० mmज्न भन्दा बढी भए) ।
  • नियमित रूपमा उपचार गरे पनि उच्च रक्तचाप अनियन्त्रित भए ।
  • समानान्तर रूपमा दृष्टिमा गडबडी भएमा ।
  • पिसाबमा प्रोटिन भएमा ।
  • सुन्निएको, खाना अरुचि भएको, कमजोरी भएको जस्ता मृगौलाका दीर्घरोगका लक्षणहरू देखिएमा ।

अन्तिम अवस्थाको मृग ौलाको दीर्घर ोग का जटिलताहरू के क हुन् ?

  • फोक्सोमा तरल पदार्थ जम्नाले श्वासप्रश्वासमा कठिनाइ ।
  • छाती दुखाई ।
  • अत्यन्त उच्च रक्तचाप ।
  • वाकवाकी लाग्नु र बान्ता हुनु ।
  • अत्यन्त कमजोरी ।
  • असमन्जसता, धेरै निद्रा, मूच्र्छा पर्नु र अचेत हुनु ।
  • रगतमा पोटासियमको उच्च मात्राले गर्दा काम गर्न सक्ने मुटुका क्षमतामा ह्रास आई ज्यानै जाने खतरा ।
  • मुटुलाई ढाक्ने थैलो पोल्ने समस्या (छाती दुख्नु) ।

Last Modified : 12/15/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate